मङ्गलबार, १६ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K0TJZWSKJCXYEACV953YZ4RJ.jpg

'पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ’

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति कै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन् । 

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने बताएको जानकारी गराएका हुन् । 

उनले भने, ‘अधिकांश बोल्नुहुने केन्द्रीय कमिटीका सदस्यहरुले विधानको संशोधित प्रस्तावलाई समर्थन गर्नुभएको छ । पूर्वराष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ । कोशी प्रदेशका कमरेडहरूले बोलिसक्नुभएको छ । अहिलेसम्म बोल्नुहुने केन्द्रीय कमिटीको सदस्यहरूले अधिकांशले पूर्वराष्ट्रपति, पूर्वराष्ट्रपति कै हैसियतमा बस्न उपयुक्त हुन्छ । पार्टी राजनीतिमा आउने कुरा प्रणाली र व्यवस्थाको लागि स्वभाविक नहुने कुरामा आफ्ना मत राख्नुभएको छ । यसका बारेमा पार्टीले आवश्यक निर्णय लियो्स् भन्न सुझाव पनि राख्नुभएको छ ।’

त्यस्तै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीबारे एमालेले आज निर्णय गर्ने जानकारी दिए । 

उनले भने ‘बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्युले अन्तिम बैठकको अन्तिमता सम्बोधन गदै केही महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार आजको बैठकमा अहिलेसम्म ५८ जनाले आफ्नो धारणा राखेका छन् । 

प्रकाशित मितिः बुधबार, ०७ साउन २०८२
https://jawaaf.com/storage/01K0S6FR4XPGKFH7H1CPSD8PRF.jpg

गैरकानुनी रूपमा विदेश जानेहरूका कारण बढी समस्या: मन्त्री साह

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले गैरकानुनी रूपमा विदेश जानेहरूकै कारण बढी समस्या उत्पन्न भएको बताएका छन्।

मंगलबार सिंहदरबारमा आयोजित वैदेशिक रोजगारीमा रहेका महिलाका विषयमा छलफल कार्यक्रममा बोल्दै मन्त्री साहले गैरकानुनी तरिकाबाट वैदेशिक रोजगारमा जाने महिलाहरू नै सबैभन्दा धेरै समस्यामा पर्ने गरेको स्पष्ट पारे।

"यो समस्या केवल कानुनी मात्र होइन, सामाजिक उपचारको पनि खाँचो छ," मन्त्री साहले भने, "हामीले मन्त्रालयबाट धेरै उद्धारका कामहरू गरिसकेका छौं र अझै पनि त्यसतर्फ गम्भीर ध्यान दिइरहेका छौं।"

उनले वैदेशिक रोजगारीमा देखिएका समस्याका दीर्घकालीन समाधानका लागि सम्बन्धित विधेयकहरू संसदमा प्रक्रियामा रहेको जानकारी पनि दिए। "संसदमा विधेयकहरू पास भएपछि चाँडै समस्याको स्थायी समाधान सम्भव हुनेछ," उनले विश्वास व्यक्त गरे।

प्रकाशित मितिः मङ्गलबार, ०६ साउन २०८२
https://jawaaf.com/storage/01K0RT2SG6ZS5SFJZW18BJCE98.jpeg

भावनाको गीतमा शिल्पा र नबिनको रोमान्स

काठमाडौं । गायिका भावना आचार्य  र  गायक रामचन्द्र काफ्लेको स्वर रहेको सोच सोच बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । गायिका आचार्य स्वयमको शब्द तथा संगीत सृजना रहेको सार्वनिजक गीतमा हेमन्त शिशिरको एरेन्ज रहेको छ ।  हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा सार्वजनिक गीतको भिडियोमा गायिका भावनाले समयमा नै विबाह गर्न भन्दै रमाइलो शैलीमा आग्रह गरेकी छिन् ।

भिडियोमा नायिका शिल्पा पोखरेल र नबिन किशोरको जोडी खुबै सुहाएको छ । लामो समयपछि नायिका शिल्पा भावनाकै भिडियोबाट फेरी काममा फर्किएकी हुन् । भिडियोमा शिल्पा र  नबिनका अलावा गायक काफ्ले र गायिका भावना स्वयमको पनि अभिनय देख्न सकिन्छ । 

निर्देशक नितिन चन्दको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी  सुरेन्द्र बसेलले गरेका हुन् । सौखिन तिमल्सेनको सम्पादन रहेको भिडियोको छायांकन  बिनोद विष्टले  गरेका हुन् ।

गायकनसँगसँगै अभिनयमा पनि औधी रुची राख्ने गायिका भावना पछिल्ला भिडियोमा आँफै पनि मोडलका रुपमा देखा पर्दै आएकी छिन् ।

भावनाका बग्ने खोला,  मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी उडी आ सुवा, मलाई दिउँ दिउँ झै लाउने, लगायतका गीतहरु बजारमा आइसकेका छन् ।

प्रकाशित मितिः मङ्गलबार, ०६ साउन २०८२
https://jawaaf.com/storage/01K0QVWAC8SVW2KPZKP6VD7YHX.jpeg

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको जानकारी दिएको छ ।

जसका कारण हाल मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भने हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार, आज दिउँसो देशभरको मौसम साधरणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति भने देशभर मौसम बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

साथै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ भने देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, ०६ साउन २०८२
https://jawaaf.com/storage/01K0PJ617MT39RGR38092M7VSP.jpg

‘विद्या भण्डारीको आग्रहमा भेट भएको हो, पार्टीभित्र मतभेद छैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको भेटबारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन् । 

च्यासलमा जारी बैठकमा ओलीले पूर्वराष्ट्रपति भण्डारीको आग्रहमा नै भेटघाट भएको जनाइएको छ । उनले एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोदेखि सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए  ।

उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा नै हिजो पार्टी कार्यालयमा भेट भएको हो । भेटका क्रममा एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोबारे र सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको छ ।’

त्यस्तै बैठकमा ओलीले मिसन ०८४ एमालेलाई निर्णायक शक्ति बनाउनेगरी पार्टीपंक्तिलाई प्रस्तुत हुन निर्देशन दिए । 

गौतमले भने, ‘पार्टीकको सिंगो पंक्तिलाई एउटा निर्णायक शक्ति बनाउनेगरी मिसन ८४ मा प्रस्तुत हुनुपर्ने भएकोले पार्टीमा कुनै वैचारिक र नीतिगत विभाजन नभएको हुनाले कुनै मतभेद भए खुलस्त गर्न निर्देशन दिनुभएको छ ।’

बैठकमा चौतर्फी आक्रमणबाट पार्टीलाई जोगाउनको लागि सिंगो पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा ओलीले राखेको उनले जानकारी गराए । 

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने विषयमा आफ्नो तर्फबाट अहिले चलिरहेको अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको बताउँदै उनले पार्टी सदस्यताका विषयमा पनि धेरै विवाद गर्नुपर्ने नभएकाले आवश्यक छलफल गरेर केन्द्रीय कमिटीबाटै निर्णय लिने बताए ।

प्रकाशित मितिः सोमबार, ०५ साउन २०८२
https://jawaaf.com/storage/01K0PHN4M6WVR207D40WXPZC40.jpg

कोशी प्रदेशमा असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी(सीमा), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई  ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।

प्रहरी निरीक्षक चौहानले लागूऔषध नियन्त्रणमा देखाएको सक्रियता र साहसिक कार्यका लागि पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चौहानको नेतृत्वमा भद्रपुर नगरपालिका–५ मा गरिएको चेकजाँचमा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित एक व्यक्ति र कार नियन्त्रणमा लिइयो। भद्रपुर–७ मा प्रहरीले ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित २ जना पक्राउ गरे। त्यस्तै, झापा गाउँपालिका–४ मा साइकलबाट लागूऔषध ओसारपसार गरिरहेको अवस्थामा १६७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका थिए ।

यता, नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ मा ज्यान मारी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेका थिए। त्यस्तै, जन्मकैदको सजाय पाएका र अन्य विभिन्न मुद्दामा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए। लागूऔषध दुव्र्यसन नियन्त्रणमा पनि उनले उल्लेखनीय भूमिका खेलेको प्रहरीले जनाएको छ ।

उल्लेखित दुवै प्रहरी अधिकृतको उत्कृष्ट कार्य, विभागीय मूल्य–मान्यता तथा निर्देशनको प्रभावकारी कार्यान्वयनको उच्च मूल्याङ्कन गर्दै असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गर्दै सम्मान गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, ०५ साउन २०८२
https://jawaaf.com/storage/01K0P2RK4WZJXTJCEYVZ5YS5EV.jpg

युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ

धनुषा । धनुषा प्रहरीले एक जना युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका  ०४ बस्दै आएकी २१ वर्षीया जुली झा रहेकी छन् ।

पक्राउ परेकी झाले महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका ३२ वर्षिय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । उनीहरुबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेन समेत रहेको पाइएको छ ।

गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका २३ स्थित रहेको एस पी एण्ड गेस्ट हाउसको कोठा नं. १०२ मा अभियुक्त झा र मृतक यादव बसेका थिए ।

सोही राती करिब ३ बजे मृतक यादव नग्न अवस्थामा होटलको पहिलो तल्लाबाट शरीर भरि काटिएर रगत निस्किरहेको अवस्थामा तल झरेको सिसिटिभी फुटेजमा देखिएको धनुषा प्रहरीको भनाइ छ । त्यस्को केही मिनेटपछि अभियुक्त झा होटलको पछाडि गेटबाट भागेकोसमेत सीसीिटभी फुटेजमा देखिएको जनाइएको छ ।

घटनाको जानकरी प्राप्त भएलगत्तै प्रहरी चौकी जिरोमाइलबाट खटिएको टोलीले छटपटाइरहेको अवस्थामा रहेका यादवलाई एम्बुलेन्समा राखी अस्पताल पुर्याएका थिए । तर यादवको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । 

धनुषा प्रहरीले अभियुक्त जुली झालाई आइतबार १२ बजे धनुषाबाट महोत्तरीको परौल स्थानतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, ०५ साउन २०८२
https://jawaaf.com/storage/01K0NN4XCV6MF7HW023NVR4SVD.JPG

अविरल वर्षाले पोखराका विभिन्न स्थान डुबानमा

पोखरा । गत शनिवार देखि भइरहेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका भित्रका खोलाहरूमा पानीको बहाब बढेसँगै विभिन्न स्थानहरू डुबानमा परेका छन् । पोखरा महानगरपालिका–१३ स्थित काहुँखोला बजार, शुभकामना टोल र ढल्के पुल आसपासका क्षेत्रमा लेदो र पानीसहितको बाढी पसेको हो ।

काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ । ढल्के पुलकी ५१ वर्षीय दीपा लामाको दुई कोठाको कच्ची घर खोलाले कटान गर्दा पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

पोखरा–१८, पोखरा–२० तथा अन्नपूर्ण गाउँपालिकाका केही वडामा पनि पहिरोले घरमा क्षति पु¥याएको उनले बताए । हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

पोखरा–१३ का वडाध्यक्ष किरण बरालका अनुसार माथिल्लो क्षेत्रमा पर्खाल भत्किएर कटान हुँदा ढल्के पुलनजिकैको एक घरमा क्षति पुगेको हो । ‘खोलाको धार मिलाउने काम भइरहेको छ,’उनले भने, ‘क्षति भएको घरमा जाली लगाउने कार्य पनि थालिएको छ ।’

काहुँखोला बजार क्षेत्रमा नहरमार्फत पूर्वतर्फ विजयपुर खोलामा मिसिने तथा दक्षिणतर्फ सिँचाइ नहरमा जाने व्यवस्था रहेको छ । तर, शुभकामना टोलस्थित कांग्रेसका स्थानीय नेता दीपक गुरुङ र उनका आफन्तले प्लटिङ गर्दा बनाइएको रिटेनिङ पर्खालका कारण सिँचाइ नहर साँघुरिएको छ । यसले गर्दा पानीको निकास अवरुद्ध भई शुभकामना टोलका घरहरू डुबानमा परेको बताइएको छ । अत्यधिक चापका कारण २०३८ सालतिर निर्माण गरिएको पर्खाल भत्किएको हो, जसले बाढीको बहाव एकतर्फ केन्द्रित भएपछि आसपासका घरमा बाढी पसेको हो।

बाढी पीडितहरूलाई हाल सुरक्षित स्थानमा राखिएको छ । वडा कार्यालय, सामुदायिक विकास संस्था र अन्य स्थानीय संघ–संस्थाको सहकार्यमा पीडितहरूको अस्थायी बसोबासको व्यवस्था गरिएको छ । बाढीबाट प्रभावित स्थानीयवासीलाई हाल पोखरा–१३ स्थित समाज घरमा खाद्यान्न तथा आवासको अस्थायी प्रबन्ध मिलाइएको वडाध्यक्ष बरालले जनाएका छन् ।

हाल प्रभावित क्षेत्रका परिवारलाई तत्कालका लागि सुरक्षित राख्न र आवश्यक सहयोग पु¥याउन स्थानीय तह सक्रिय रहेको पनि उनले बताए ।

प्रकाशित मितिः सोमबार, ०५ साउन २०८२
https://jawaaf.com/storage/01K0NB6TZ0EF0ZFW4HMA082QQN.jpeg

आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । 

मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो, देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशकको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राती भने देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ । 

प्रकाशित मितिः सोमबार, ०५ साउन २०८२
https://jawaaf.com/storage/01K0KZNJAX23YC6VNP4CQFHWWG.jpg

राष्ट्रिय राजनीतिमै कुराकानी भयो, अन्य कुरा आधिकारिक च्यानलबाट आउँछ : भण्डारी

काठमाडौं ।  प्रधानमन्त्री एंव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको वान टु वान भेटवार्ता सकिएको छ । आइतबार च्यासल पार्टी कार्यालयमा भएको भेटवार्ता सकिएको हो । 

उक्त भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको बताइन् । साथै उनले राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भएको र अरू विषयको जानकारी आधिकारिक च्यानलमार्फत आउने जिकिर गरिन् । 

उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पार्टी सदस्यता पहिले नै भइसकेको छ । आज राष्ट्रिय राजनीतिक विषयमा मात्र कुराकानी भयो अरु विषय आधिकारिक च्यानलबाट आउँछ ।’

भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेको आन्तरिक राजनीति तरंगित बनेको छ । हालै सम्पन्न एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा भण्डारीको सदस्यता नवीकरणको विषयले बहस निम्त्याएको थियो ।

प्रकाशित मितिः आइतबार, ०४ साउन २०८२