बुधबार, १० असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JXFC9FPVAACQR2Z9CPDKK27D.jpeg

प्रतिनिधि सभा बैठक २९ गते बस्नेगरि स्थगित

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ । 

बुधबार जेठ २८ गते १ बजे बस्ने गरि तय भएको बैठक प्रतिपक्षको विरोधका कारण जेठ २९ गते बिहिबार दिनको ३ बजे बस्ने गरि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन् । 

प्रतिपक्षको दलको सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्च स्तरिय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेका हुन् ।

प्रकाशित मितिः बुधबार, २८ जेठ २०८२
https://jawaaf.com/storage/01JXF1XAKRXAM1QBAC15NVXD85.jpg

अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द

इटहरी । कोशी प्रदेशका तराईका जिल्लाहरूमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जसका कारण इटहरी लगायत प्रदेशका विभिन्न पालिकाले विद्यालय बन्द गर्ने निर्णय नै गराएका छन् ।

तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेपछि बालबालिकाको स्वास्थ्यमा असर पर्ने चिन्तासहित स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय लिएका हुन् । विराटनगर महानगरपालिकाले जारी गरेको सूचनामा आज (२८ गते) सहित भोलि र पर्सि विद्यालय बन्द गर्न निर्देशन नै दिएको छ ।

यसैगरी इटहरी उपमहानगरपालिकाले समेत आजका लागि दिएको विदा थप गरेर भोली र पर्सिसम्मै कायम गरिरिदिएको छ । प्राप्त जानकारी अनुसार सुनसरीकै इनरुवा नगरपालिका र झापाको कमल गाउँपालिकाका विद्यालय समेत बन्द गर्ने निर्णय भएको हो ।  

कोशी प्रदेशका तराईका जिल्लाहरूमा पछिल्ला केही दिनदेखि लगातार गर्मी बढिरहेको छ । मौसममा हावा नचल्ने र आकाश खुलेकै अवस्थामा तापक्रम उच्च हुने क्रम जारी रहेकाले सर्वसाधारणको दैनिकीसमेत प्रभावित भएको देखिन्छ ।

प्रकाशित मितिः बुधबार, २८ जेठ २०८२
https://jawaaf.com/storage/01JXEWBNGMFHSFCK6FGY5CKRS5.jpeg

धरानमा असार ५ देखि कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता सुरु हुने

धरान । धरानमा आगामी असार ५ गतेदेखि कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। धरान बास्केटबल संघको आयोजनामा, कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, धरान उपमहानगरपालिकाको विशेष सहयोग तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। 

धरान–१८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा असार ५ देखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगनाबारे संघले सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। आयोजकका अनुसार प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहनेछ। 

प्रतियोगितामा कोशी प्रदेशभित्रका जिल्लाका टिमहरू मात्र सहभागी हुन पाउने छन् भने बाह्य जिल्लाबाट आएका खेलाडीहरूका लागि खाना तथा बसोबासको व्यवस्था गरिएको छ। वि.सं. २०५९ देखि विद्यालयस्तरबाटै बास्केटबलको प्रवर्धनमा सक्रिय धरान बास्केटबल संघले प्रतियोगितामार्फत नयाँ खेलाडी उत्पादन, खेलको विकास तथा धरानलाई प्रदेशस्तरीय खेलकुद केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। 

Bantawa Hardware.gif 828.52 KB

प्रतियोगिताको अनुमानित बजेट २० लाख रुपैयाँ रहेको छ। संघले विगतमा काठमाडौंमा आयोजना हुने विभिन्न उमेर समूहका राष्ट्रिय प्रतियोगितामा धरानका खेलाडीलाई सहभागी गराउँदै आएको छ। 

त्यस्तै, १३औं दक्षिण एशियाली खेलकुदमा धरानका खेलाडी तथा प्राविधिकहरूले कास्य र रजत पदक जितेका थिए। धरानमा ब्रिटिस क्याम्पमार्फत प्रवेश गरेको बास्केटबल खेल अहिले व्यावसायिक बन्दै गएको संघको भनाइ छ। प्रतियोगितामार्फत युवामाझ खेलप्रतिको आकर्षण, भाइचाराको भावना तथा सकारात्मक सोचको विकासमा योगदान पुग्ने अपेक्षा आयोजकले व्यक्त गरेका छन्। 

प्रतियोगिताका विजेता टिमलाई नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेताले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, उत्कृष्ट खेलाडी (एभिपी) लाई १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

Pathiara_adv.gif 586.81 KB

प्रकाशित मितिः बुधबार, २८ जेठ २०८२
https://jawaaf.com/storage/01JXEVH339ZC7XGCCWVFENC633.jpeg

कोशी गाउँपालिकामा नैतिक शिक्षा तथा सशक्तीकरण कार्यक्रम सम्पन्न

सुनसरी २८ जेठ : सुनसरीको कोशी गाउँपालिका–६ मा ‘नैतिकवान मधेस तथा सशक्तीकरण शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ। स्थानीय युवामा नैतिक चेतना विकास गर्ने र मधेसी समुदायको सशक्तीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। 

कार्यक्रमको अध्यक्षता आयोजक संस्था प्रतिनिधि रेणु साहले गरेका थिए भने कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल तथा कोशीटापु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत भूपेन्द्र यादवले प्रशिक्षण प्रदान गरेका थिए । 

कार्यक्रममा विद्यार्थी तथा युवालाई नेतृत्व विकास, नैतिक मूल्य, आत्मनिर्भरता र सामाजिक जिम्मेवारीका विषयमा अभिमुखीकरण प्रदान गरिएको आयोजक संस्थाका प्रतिनिधि रेणु शाहले जानकारी दिए । कोशी गाउँपालिकाका अध्यक्ष अन्सारीले यस्ता कार्यक्रम युवाको सशक्तीकरणका लागि आवश्यक रहेको उल्लेख गर्दै आगामी वर्षको बजेटमा नैतिक शिक्षा तथा सीप विकासमूलक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । 

उनले पालिकाबाट लोकसेवा तयारी कक्षा, नेतृत्व विकास तथा दीर्घकालीन क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सहभागीहरूले विशेषगरी बेरोजगार युवा, महिला तथा समुदायका कमजोर वर्गलाई आत्मनिर्भर बनाउने यस्ता प्रयासहरू सराहनीय रहेको धारणा व्यक्त गरेका छन् । लामो समयदेखि समुदायमा क्रियाशील रहँदै आएको आयोजक संस्थाले यस्तो अर्थपूर्ण कार्यक्रम सञ्चालन गर्न पाउनु गौरवको विषय भएको प्रतिक्रिया दिएको छ। कार्यक्रमले स्थानीय तहमा नैतिक शिक्षा प्रवर्धन, युवामा नेतृत्व विकास तथा सामाजिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजक तथा सरोकारवालाले व्यक्त गरेका छन ।

प्रकाशित मितिः बुधबार, २८ जेठ २०८२
https://jawaaf.com/storage/01JXESTPFGQ2YDFR90NEE2AMRM.jpeg

बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ

बारा । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६स्थित टाँगियाबस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जितेजस्तो अनुभव गरेको बताएका छन् । 

प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौँदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीका बासिन्दा अँध्यारोमा बस्न बाध्य थिए । प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा प्रसारण लाइन विस्तार गरी २०७९ असोजबाट टाँगियाबस्तीमा वत्ति बलिएको थियो । टाँगिया बस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन् । 

विद्युतीकरणपछि पहिलोपल्ट जेठ २७ गते मङ्गलबार टाँगियाबस्तीमा पुगेका निवर्तमान कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा वत्ति बाल्दा एउटा सरकारी निकायले अन्य सरकारी निकायसँग युद्ध जितेजस्तो अनुभव रहेको स्मरण गरे । 

प्राधिकरण त्यतिवेला टाँगियाबस्तीमा वत्ति बाल्नुपर्छ भन्ने पक्षमा रहेको तर पर्यटन तथा नागरिक उड्डयनलगायतका मन्त्रालयहरू प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा विस्थापित हुने बस्तीमा विद्युतीकरण गर्न नहुने अडानमा रहेका कारण सरकारी निकायबिच नै द्वन्द्व रहेको उनले उल्लेख गरे । 

उने भने, ‘उज्यालो नेपालअन्तर्गत हरेक नेपालीको घरमा विद्युत् पुर्‍याउने अभियानमा थियौँ, तर पूर्वपश्चिम राजमार्गबाट करिब ५-६ किलोमिटर दूरीमा रहेको टाँगियाबस्तीमा वत्ति छैनभन्दा नरमाइलो लाग्यो, मेरो पहिलो कार्यकालको अन्त्यतिर विद्युतीकरणका लागि टेण्डर गरिएको थियो, यसैबीचमा मेरो कार्यकाल सकियो सरकारी निकाय अवरोध कारण उक्त टेन्डर रद्ध गरिएछ, त्यसपछि मेरो दोस्रो कार्यकालमा यस्तो प्रचण्ड गर्मी हुन ठाउँमा माननीय हिसाबले पनि वत्ति दिनुपर्छ, शरणार्थीलाई त न्यूनतम सुविधा उपलब्ध गराइन्छ भने आफ्नै देशका नागरिकलाई सुविधाबाट वञ्चित गराउनु हुँदैन भनेर प्रक्रिया अगाडि बढाइयो र विद्युतीकरण गर्न सफल भयौँ ।’

टेण्डर लगाएपछि वन कार्यालयबाट विद्युतीकरणका लागि अवरोध भएको तर आवश्यक समन्वय गरी वत्ति बालिएको अनुभव घिसिङले सुनाए ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्व गरिने स्थानान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’सहमति दिएको थियो । त्यसपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सहमति बमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएका नयाँ वत्ति जडान गरिएको थियो । 

प्राधिकरणले करिब ७ किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटरबाटोको छेउबाट तानेको थियो ।रुख नकाट्नका लागि जंगल क्षेत्रमा कभरड कन्डक्टर-इन्सुलेटेड कन्डक्टर प्रयोग गरिएको थियो ।

प्रकाशित मितिः बुधबार, २८ जेठ २०८२
https://jawaaf.com/storage/01JXENGQJSSP1FPS758XPT0E6W.png

निफ्राको हरित ऋणपत्रमा करिब ४ गुणा बढीले दिए आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) को हरित ऋण पत्रमा करीब ४ गुणाभन्दा बढीले आवेदन दिएका छन् । ७ वर्ष अवधि भएको र वार्षिक ६ प्रतिशतको दरले व्याजप्रदान गर्नेगरी निफ्राले जारी गरेको रु. ५ अर्बको हरित उर्जा ऋणपत्रमा उक्त आवेदन परेको हो । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा जेठ १८ गतेदेखि निष्काशन सुरु भएको यस ऋणपत्र निष्काशनको कार्य जेठ २५ गते सम्पन्न भएको थियो ।

उक्त सयमसिमाभित्र सर्वसाधाण तर्फको रु. २ अर्बको लागि सामूहिक लगानी कोषहरु बाहेक जम्मा ३ हजार ३३ योग्य लगानीकर्ताहरुबाट रु. ३ अर्ब ३८ करोड ५४ लाख ७८ हजारको लागि आवेदन परेको थियो । प्राईभेट प्लेसमेन्ट तर्फको रु. ३ अर्बको लागि जम्मा २३ योग्य लगानीकर्ताहरुबाट रु. १५ अर्ब ५९ करोड ५५ लाख को लागि आवेदन परेको थियो । यो ऋण पत्रको प्रारम्भिक बाँडफाँडको कार्य सम्पन्न भई अन्तिम बाँडफाँड हुने चरणमा रहेको छ ।

प्रकाशित मितिः बुधबार, २८ जेठ २०८२
https://jawaaf.com/storage/01JXEK9565G8M42ZNRQ4Y0CB7J.jpg

एमाले सांसद दीपेन्द्र ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर, अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोप

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमालेका मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरसहित १७ जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

धनुषाको औरही गाउँपालिकामा निर्माणाधीन १५ शैयाको अस्पतालको ठेक्का प्रक्रियामा गम्भीर अनियमितता गरेको आयोगको ठहर छ ।

सांसद ठाकुरलाई ठेकेदारको रूपमा मुद्दा दायर गरिएको हो । उनी डी एण्ड एन बिल्डर्स प्रालिका प्रबन्ध निर्देशकसमेत हुन् । अख्तियारको अनुसन्धान अनुसार ठेक्का प्रक्रियामा बदनियतपूर्वक प्रतिस्पर्धात्मक प्रस्तावहरूलाई प्राविधिक मूल्यांकनको नाममा अस्वीकृत गर्दै बढी मूल्यको प्रस्ताव स्वीकार गरिएको थियो ।

अख्तियारले १२ करोड ३५ लाख रुपैयाँको न्यूनतम प्रस्ताव पेस गर्ने प्रतिष्ठा, धुलिखेल र एक्सिस एसियन जेभीलाई प्राविधिक मूल्यांकनमा जानाजानी फेल गराई १९ करोड १४ लाख रुपैयाँको प्रस्ताव पेस गर्ने लुम्बिनी–डी एण्ड एन जेभीलाई ठेक्का दिइएको उल्लेख गरेको छ । यसबाट राज्यलाई ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँको क्षति पुगेको आयोगको ठहर छ ।

मुद्दामा संलग्न अन्य प्रतिवादीहरूमा तत्कालीन गाउँपालिका अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुर, वडाध्यक्षहरू अशेश्वर यादव, अमित कुमार यादव, गंगाप्रसाद यादव, शिवनाथ साह, परमेश्वर मण्डल, दिलीप प्रसाद साह, साथै तत्कालीन सबइन्जिनियरहरू सन्तोष मण्डल, विनीत कुमार साह, सिभिल इन्जिनियर सोनु साह, खरिदार मनोज यादव र मनोज मण्डल छन् ।

त्यस्तै, लुम्बिनी बिल्डर्सका प्रबन्ध निर्देशक विष्णु प्रसाद शर्मा र लुम्बिनी–डी एण्ड एन जेभी निर्माण कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ । स्वास्थ्य मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत स्वीकृत अस्पताल निर्माण परियोजनामा सुरु देखि नै टेन्डर प्रक्रियामा अनियमितता गरिएको भन्दै अख्तियारले बोलपत्रमा नियतवश संशोधन गरी अन्य प्रतिस्पर्धीलाई हटाउने र मनपर्ने कम्पनीलाई ठेक्का दिने काम गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मितिः बुधबार, २८ जेठ २०८२
https://jawaaf.com/storage/01JXED5S18RW39K3EMBY35G5FC.jpeg

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २५ औँ  बैठक बुधबार दिनको १ बजेका लागि बोलाइएको हो । तर, विपक्षीको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ।व। २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

त्यस्तै राज्य व्वस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।

प्रकाशित मितिः बुधबार, २८ जेठ २०८२
https://jawaaf.com/storage/01JXCQA2PP38WNF1SNRTR4WXXQ.jpg

टोखामा गोली चल्यो, दुईजना घाइते

काठमाडौं । टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले जानकारी दिएको हो । 
घाइतेहरुलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिँदैछ । 

प्रकाशित मितिः मङ्गलबार, २७ जेठ २०८२
https://jawaaf.com/storage/01JXCMFYG3MC2SMFXGD01XJ3YR.jpg

चिनियाँ राजदूतद्वारा झापाको अर्जुनधारामा विभिन्न कार्यक्रमहरूमा सहभागि

झापा । आज चिनियाँ राजदूत झापाको अर्जुनधारा नगरपालिका पुगेर विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुका साथै स्थानीय उद्योगहरूको अवलोकन गरेका छन् ।  अर्जुनधारामा स्थापित सुपारिको पातबाट निर्मित दुना–टपरी उद्योग, मुडा उद्योग लगायतका साना तथा मझौला उद्योगहरूको निरीक्षण गर्दै उनले स्थानीय स्तरमै भएको उद्यमशीलता र सिर्जनशील प्रयासको प्रशंसा गरे ।

राजदूतको आगमनको अवसरमा अर्जुनधारा नगरपालिकाको तर्फबाट बाजागाजा सहित भव्य स्वागत गरिएको थियो । नगरपालिकाका जनप्रतिनिधि, उद्योगी–व्यवसायी, समुदायका अगुवाहरू तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा अर्जुनधारा नगरपालिकाको नगरप्रमुख बलदेव गोमदेनले नेपालमा चीनजस्तै समृद्ध विकासको बाटोमा अघि बढ्न सक्ने सम्भावना रहेको भन्दैै त्यसका लागि आवश्यक सुझाव र सहकार्यको अपेक्षा व्यक्त गरे ।

साथै, उनले नेपाल–चीन मित्रतालाई थप सुदृढ बनाउँदै विकासका साझा प्रयत्नमा जोड दिने प्रतिबद्धता पनि व्यक्त गरे । त्यसैगरी, शनिश्चरे माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा राजदूतले विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरे । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायको उत्साहजनक सहभागिता रह्यो । राजदूतको हातबाट छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरू हर्षित देखिन्थे भने विद्यालय व्यवस्थापन समितिले चिनियाँ पक्षको सहयोगप्रति आभार प्रकट गरे ।

यो भ्रमणले नेपाल–चीन मित्रता तथा स्थानीय विकासका क्षेत्रमा सहकार्यलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः मङ्गलबार, २७ जेठ २०८२