त्रिकोणात्मक टी–२० : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल साँझ ७:४५बजे सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ ।
दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमाथि १७ रनको जित निकालेको थियो ।
पहिलो खेलमा नेदरल्यान्ड्समाथि ३९ रनको जित निकालेको स्कटल्यान्ड भने दोस्रो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको छ ।
नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्दैछन् । समान दुई अंक भए पनि तालिकामा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।
यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
साथै, पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णयता बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकीका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ।
भिजिट भिसाबारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएकाछन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्री रमेश लेखकले संसद्को भिजिट भिसा प्रकरणका पीडितलाई धम्कीदिएको भन्दै आपत्तिजनाएको छ । गृहमन्त्री लेखकले रास्वपाले नक्कलीपीडितहरू खडाजाहेरी दर्ता गराई नियोजितढंगले आफ्नो विरुद्धषड्यन्त्र गरेको आरोप लगाएकाथिए ।
२ हजार भन्दा धेरै पीडित नेपाली नागरिक रास्वपाको सम्पर्कमा आएको भन्दै प्रवक्ता मनिषझाले त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाणलिएर पार्टी कार्यालयमा आएको बताए ।
उनीहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यासभएको उनले प्रस्ट्याए ।
‘भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो। त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो। हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएकाहौ। र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो।’उनले भने
रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको समेत उनले बताए ।
उनले भने,‘रास्वपाले यसलाई विषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खलामानेको छ। सांसद सुमना श्रेष्ठले निर्देशन दिएको भनेर आएको समाचार गलत छ। यस प्रकारको ब्याहार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रोत्साहन गर्दैन। तथापि, पार्टीमा आबद्ध कोहीब्यक्तीभएनभएको बारे सत्य तथ्य पत्तालगाउन प्रा.डा. माननीय चन्दा कार्की भण्डारीको संयोजकत्वमा बनेको यस समितिमा वरिष्ठ अधिवक्ता डाक्टर नारायण घिमिरे र पूर्व सदस्य रहनुभएको छ।’
नेपाली नागरिकलाई इजरायल पठाएको विरुद्धमा शान्ति समाज धर्नामा
काठमाडौँ । युद्धको वातावरणमा पनि नेपाली नागरिकहरूलाई इजरायल पठाएको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाज नेपालले बुधवार इजरायली दूतावास अगाडि धर्ना दिएको छ ।
सरकारले नेपाली नागरिकलाई द्घन्दग्रस्त मुलुक इजरायल पठाउने काम नरोक्नु अपराध भएको भन्दै धर्नामा उत्रिएको शान्ति समाजले जनाएको छ । सोही क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपाली नागरिकलाई इजरायल पठाउने काम रोक्नु पर्ने बताए । उनका अनुसार युद्ध क्षेत्रमा नेपालीलाई पठाउने भनेको पैसाको लागि जे पनि गर्ने कुरा जस्तो भएको बताए ।
उनले भने, ‘हमास र इजरायलको बीचमा युद्ध भयो हामीले नेपाल सरकारलाई प्रष्ट भनेका थियौँ कि नेपालीहरूलाई त्यहाँ जानबाट रोक्नु तर युद्ध बढ्दै जाँदा पनि नेपाली नागरिकलाई इजरायल पठाउने काम सरकारले रोकेन त्यो अपराध हो ।’
इजरायलले पनि किन नेपालीलाई बोलाई रहेको छ र नेपालले पनि किन यस्तो अवस्थामा नेपालीलाई पठाई रहेको छ भन्ने कुरा चिन्ताको विषय भएको बताउँदै उनले इजरायलले नेपाली नागरिकलाई त्यहाँको सैन्य प्रयोजनको लागि प्रयोग गर्छ भन्ने त्रास पनि रहेको भन्दै युद्धलाई अन्त्य गनुपर्छ भनेर आफुहरू आन्दोलनमा उत्रिएको बताए ।
शान्ति समाजकी सभापति रेनुका पौडेलले आफ्ना नागरिकहरू संसारको जुनसुकै कुनामा भएपनि संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै त्यसप्रति नेपाल सरकारलाई ध्यानाकर्षण गराएको बताइन् ।
उनले भनिन्, ‘जसरी नेपाली नागरिक त्यहाँ रहनु भएको छ परराष्ट्र मन्त्रालयले त्यहाँको बारेमा सूचना जारी गरेको छ । दूतावासले नेपालीहरूलाई केही अप्ठ्यारोमा प¥योभने उद्धार गर्ने सहजिकरण गर्ने प्रयास गरिरहेको छ । सरकारले आफ्नो नागरिकको सुरक्षा दिनै पर्छ । अरुदेश सँग समन्वय गरेर हुन्छ भने राज्यले त्यो नीति अपनाउन पर्छ । आफ्नो नागरिक संसारको जुनसुकै कुनामा भएपनि उस्को संरक्षण गर्नु राज्यको दायित्व हो । त्यसप्रति हामी नेपाल सरकारलाई ध्यानाकर्षण गराउने छौंँ । यो युद्ध हुन हुँदैन युद्धले मानिसको क्षयमात्र गर्ने काम गर्छ । त्यसैले युद्ध गर्न हुँदैन ।’
साथै, उनले पछिल्लो समय इरान र इजराइलबिच बढिरहेको घटनाको विरुद्ध मानव अधिकार शान्ति समाज लगातार प्रदर्शनमा उत्रिरहेको भन्दै युद्ध रोक्ने उद्देश्यका साथ अगाडि बढेको बताइन् ।
आज सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ९ सय रुपैयाँले सुनको मूल्यमा वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बृद्धि भई २ हजार २ सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसी मरे
रौतहट । हावाहुरीले गोठ भत्किँदा सर्लाहीका एक किसानले पालेको दुई वटा भैँसी मरेका छन । गोठमा १३ वटा भैसी रहेकोमा दुई मरेको, दुई घाइते र नौ वटा भैँसी भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।
बागमती नगरपालिका–३, जिरायतमा व्यावसायिक रुपमा भैँसी पालन गर्दै आएका रामप्रताप रायको खपडाले छाएको गोठ बुधबार बिहानीपखको हावाहुरीले भत्किँदा त्यसभित्र च्यापिएर दुई वटा भैँसी मरेका हुन् ।
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार दुईवटा भैँसी मर्दा तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।गाउँले मिलेर भत्किएको गोठका काठ दाउरा हटाएर भित्र सकुशल रहेका भैँसी बाहिर निकालिदिएको उनको भनाइ छ ।
बागमती क्षेत्रमा हावाहुरीसहित राति पानी र ठूलो हावाहुरी चले पनि जिरायतमा यो घटनाबाहेक अन्य क्षतिको बारे जानकारी नआएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा
काठमाडौं । इजरायलले इरानी राजधानी तेहरान नजिकैको रिफाइनरी र तेल डिपोहरूलाई निशाना बनाएर नयाँ आक्रमण गरिरहेको छ । मध्येपुर्वका यी दुई मुलुक िबच चलिरहेको युद्ध छैटौं दिनमा प्रवेश गरेको छ ।
रोयटर्सका अनुसार इजरायली सैन्य प्रवक्ताले तेहरानको तोकिएको क्षेत्र खाली गर्न इरानलाई चेतावनी जारी गरेको केही समयपछि आक्रमण अझ चर्किएको हो । रोयटर्सले उल्लेख गरे अनुसार सामाजिक सञ्जालमा सेयर गरिएका दृश्यहरूले इरानी राजधानीको उत्तरपूर्वमा, ताजरिशको छिमेक नजिकै ठूलो आगो लागेको देखाएको छ ।
बुधबार बिहान इरानले इजरायलतर्फ लगभग १० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि तेल अभिभमा पनि विस्फोटहरू सुनिएका थिए, एक इजरायली सैन्य अधिकारीले भने, धेरैजसो मिसाइलहरू रोकिएका थिए । इजरायल र इरान दुवैले द्वन्द्व बढाउने योजना बनाएको संकेत गरेका छन्, जसका कारण लगातार पाँच दिनसम्म दुवै पक्षले क्षेप्यास्त्र हानाहान गरेका छन् ।
राजपुर बमकाण्ड : न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै निवेदन दर्ता
रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह न्यायको खोजीका लागि काठमाडौं पुगेका छन् । राजपुर बमकाण्डमा नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएपछि न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै न्याय परिषदमा निवेदन दर्ता समेत गराएका छन् ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले सफाइ दिएपछि असन्तुष्ट बनेका सिंहले मंगलवार न्याय परिषद्मामा निवेदन दर्ता गराएका हुन् ।
न्याय परिषदमा दर्ता गराएको निवेदनमा न्यायाधीशद्वयले बदनीयतपूर्वक प्रतिवादीहरूलाई सफाइ दिएको आरोप लगाइएको छ । न्यायाधीशद्वयलाई निलम्बन गरी छानबिन गर्न र न्याय परिषद् ऐन तथा संविधान बमोजिम कारबाही गर्न उनले माग गरेका छन् ।
भारतको सीतामढीमा अध्ययनरत २२ वर्षका छोरा त्रिलोकप्रताप सिंह राजपुर बमकाण्डमा मारिएको र आफू सास रहुन्जेल न्यायका लागि लडिरहने बाबु श्रीनारायणले बताए ।
०६४ चैत्र २८ गते भएको पहिलो संबिधान सभा निर्बाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इँटाभटामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेको थियो ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले आलमसहित उनका भाइ मोहम्मद महताद आलम, शेख सराज र बद्री सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।
पाँच बर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासंगै रिहाई भएपछि अहिले आलम परिवारिक भेटघाटमा ब्यस्त छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार, बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा बिहान ८ः३० बजे बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्न लागेको हो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठकको एजेन्डाबारे भने औपचारिक जानकारी दिइएको छैन् । यद्यपि, पछिल्लो समयको राजनीतिक परिवेशलाई ध्यानमा राख्दै बैठकमा समसामयिक विषयवस्तुहरूमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ ।
३१ दिन पैदल यात्रा गरेर काठमाडौं आएका बोहोराले प्रधानमन्त्री भेट्न पाएनन्
काठमाडौं । ३१ दिन यात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोरा प्रधानमन्त्रीसँग भेट गर्न दिइएन् ।
मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइएको थियो ।
त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँपनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् । उनले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराउनुभएको प्रहरीले जनाएको छ । सिंहदरबारमा संचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो ।
अनियमितता र भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको मुद्दा लिएर उनी जेठ ४ गते सुर्खेतबाट हिँडेका थिए ।
उनी कर्णालीका मुद्दाहरु एवम अनियमितता र भ्रष्ट्राचारका विषयहरु लिएर काठमाडौं आएका हुन् ।