सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JXSR7SA9A53QN030E16S1JAQ.jpeg

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सुशासनलाई प्राथमिकता दिएको बताएका छन् ।

उनका अनुसार बजेटको ५२ प्रतिशत चालु खर्च, ४७।७ प्रतिशत पुँजीगत खर्च र बाँकी वित्तीय हस्तान्तरणको रूपमा विनियोजन गरिएको छ । 

बजेट स्रोतमा ५ अर्ब ५० करोड आन्तरिक आम्दानी, १२ अर्ब ४० करोड ६० लाख राजस्व बाँडफाँट, ८ अर्ब ९८ करोड ३४ लाख वित्तीय समानीकरण अनुदान, ४ अर्ब ५७ करोड १० लाख सशर्त अनुदान, ५५ करोड ७२ लाख विशेष अनुदान र ३९ करोड १७ लाख समपुरक अनुदान रहनेछ ।

बजेटमा कृषि तथा सहकारी क्षेत्रका लागि २ अर्ब १८ करोड विनियोजन गरिएको छ । प्रांगारिक मल उत्पादन, गुणस्तरीय विउ उत्पादन, व्यवसायिक कृषकको सम्मान, सहकारी संस्थाको सुधार, चिया र कफी प्रवद्र्धन लगायत कार्यक्रम समेटिएका छन् । अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि छुट्टै दुई करोड विनियोजन गरिएको छ ।

वन, पर्यटन तथा वातावरण क्षेत्रका लागि २ अर्ब ९७ करोड ६६ लाख विनियोजन गरिएको छ । संरक्षित जलाधार र चुरे संरक्षण, जलवायु सम्मेलन, खेल पर्यटन, तथा विराटनगरलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्ने योजना बजेटमा समावेश छ । पर्यटन वर्षका लागि १० करोड छुट्याइएको छ ।

शिक्षा, खेलकुद, रोजगार र समावेशीताका कार्यक्रम समेट्दै सामाजिक विकास मन्त्रालयका लागि २ अर्ब ५ करोड ५५ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख छुट्याइएको छ ।

सैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविका सम्मान तथा सामुदायिक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम बजेटमा छन् । खानेपानी तथा सिंचाइ क्षेत्रका लागि चार अर्ब ७३ करोड ३० लाख बजेट प्रस्ताव गरिएको छ । भूमिगत सिंचाइ, सौर्य उर्जा उपयोग तथा कृषियोग्य जमिनको संरक्षण र सिंचाइ सुविधा विस्तार गर्ने योजना छ ।

सबैभन्दा धेरै १० अर्ब ५७ करोड ५१ लाख बजेट भौतिक पूर्वाधार तथा सहरी विकासतर्फ विनियोजन गरिएको छ । कोशी जनता आवास कार्यक्रम, स्वच्छ सहर निर्माण, वृहत विराट क्षेत्र अवधारणा कार्यान्वयन, वेलीब्रिज निर्माण लगायतका योजना अगाडि सारिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ९६ करोड विनियोजन गरिएको छ ।‘म अघि बढ्छु’ कार्यक्रम, पत्रकारिता सुदृढीकरण, सूचना प्रविधिको विकास, विपद व्यवस्थापन, एकीकृत बस्ती निर्माण तथा सुशासन प्रवद्र्धनमा बजेट केन्द्रित गरिएको छ ।

मन्त्री मगरले कोशी प्रदेशलाई समावेशी, दिगो र आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजाने उद्देश्यका साथ बजेट तयार पारिएको बताएका छन् । बजेटमार्फत रोजगारी सिर्जना, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन र आधारभूत पूर्वाधार विकासमा सन्तुलन कायम गरिने उनको भनाइ छ ।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXSQQJ5B46XD83GB7GVA799K.jpg

रास्वपा र राप्रपाको आरोप : संसद बिचौलियाको पक्षमा उभियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरुलाई बोल्न नदिएको आरोप लगाएका छन् ।  संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्न दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भए पनि त्यस विपरित सभामुखले आफूहरुलाई बोल्न नदिएको बताएका हुन् ।

उनले भने, ‘बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्न दिने भन्नु भएको थियो । तर बैठक सुरु भैइसकेपछि रास्वपालाई पहिले बोल्न दिइएन सभामुखले पनि झुटो बोल्नुभयो ।’  

झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको उल्लेख गरे । प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग उधारो सहमति गरेकाले आफूहरुले आन्दोलनलाई निरन्तरता दिएको उनले बताए ।

उनले भने, ‘मानव तस्करी जुन भैइरहेको छ संगठित अपराध, त्यसमा गृहमन्त्रालयको केही जिम्मेवार कर्मचारी र गृहमन्त्रीको संलग्नताबारे हामीले आवाज उठाएर जुन बैठक अवरोध गर्ने र त्यसमा आवाज राख्ने  र केही मागहरु हाम्रो छ स्पष्ट छ पाँच बुँदे । प्रमुख प्रतिपक्ष दलले दुई बुँदे सम्झौता गर्नुभयो तर हाम्रो यो उधारो सहमति भएन ।’ 

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद र सभामुख बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन् । शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्ती सदन चलाएर संसद र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरुले सदन बहिष्कार गरेको बताए ।

उनले भने, ‘संसद र सभामुख विचौलियाको पक्षमा उभिएको छ । हामीले संसद बहिष्कार गरेका छौं यो भन्दा अरु विकल्प केही छैन । भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्ती सदन चलाएर संसद र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरुले सदन बहिष्कार गरेको हौँ । सांसदले उठाएका आवाजलाई सम्बोधन नगर्ने संसदमा बस्नुको कुनै औचित्य हुँदैन ।’

शाहीले भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष प्रचण्डले छेपारो प्रवृत्तिमा काम गरेको टिप्पणी पनि गरे ।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXSBRA464BVBKGFPKW21V9YE.jpeg

हेवा खोलाको पुल भाँचिएको घटनाबारे छानविन गर्न समिति गठन

काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ । 

मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरि पाँच सदस्यीय अध्ययन तथा छानविन समिति गठन गरेका हुन् ।

सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन् । 

IMG_7744.gif 586.81 KB

समितिलाई सो पुल भत्कनुको कारण, भविश्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थाई रुपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानविन गरि ७ दिन भित्रमा प्रतिवेदन पेश गर्ने कार्यभार दिईएको छ । समितिले आईतबार देखिनै काम शुरु गरि सकेको छ । 

मन्त्री दाहालले उक्त अप्रत्याशित घट्नाप्रति दुःख व्यक्त गर्नुको साथै घाइते मजदुरहरुको ज्यान गएकोप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 

उनले उपचारात घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिने गरि व्यवस्था मिलाउन मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. बिजय जैसीलाई निर्देशन समेत दिएका छन् ।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXS5407WE9ZSDRWZSTK6Y14H.jpg

धरानमा ‘राजवृक्षको हाँगो’ विमर्शसहित प्रगतिशील साहित्यिक कार्यक्रम सम्पन्न

धरान । प्रगतिशील लेखक सङ्घ नेपाल, सुनसरीको आयोजनामा हिजो शनिवार धरान–१८ बुद्धचोकस्थित कवि विमल स्मृति पुस्तकालयमा ‘राजवृक्षको हाँगो’ कथासङ्ग्रहमाथि विमर्शसहितको एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अग्रगामी रचना वाचन र विशिष्ट स्रष्टाहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ प्रा. डा. खेमराज खनालले धरानमा प्रगतिशील साहित्यिक धार अझै सशक्त रहेकोमा जोड दिँदै यस्तो धारालाई जीवन्त राख्न साहित्यिक जमातको भूमिका अपरिहार्य रहेको बताए। विशिष्ट अतिथि बम देवानले प्रगतिशील साहित्यको संरक्षण र प्रवर्धनका लागि राज्यको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रमको मुख्य आकर्षण प्रगतिवादी साहित्यकार टीका मिलनको कथासङ्ग्रह ‘राजवृक्षको हाँगो’ माथि साहित्यकार रेखा सुवेदीले प्रस्तुत गरेको गहिरो समीक्षात्मक विमर्श थियो। यस अवसरमा प्रगतिशील साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै प्रा. डा. भोलानाथ पोखरेल, लता कार्की, राजेन्द्र किराँती, टीका मिलन र जमुना श्रेष्ठलाई सम्मान गरिएको थियो।

प्रलेस, सुनसरीका सचिव कृष्णप्रसाद नेपालले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता विमला पोखरेलले गरेकी थिइन्। डम्बरु बल्लभ अधिकारीले बढ्दो विकृत साहित्यको प्रवृत्तिले प्रगतिशील धार कमजोर बन्दै गएको भन्दै लेखकहरूलाई सजग र सचेत रहन आह्वान गरे। कार्यक्रममा उपस्थित दर्जनौँ साहित्यकारले आफ्ना सशक्त अग्रगामी रचनाहरू वाचन गरेर माहोललाई थप साहित्यिक बनाएका थिए।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXS2E3TNVY769CS1GXS7W8E4.jpg

प्रदेश सरकारहरूले बजेट सार्वजनिक गर्दै, मधेशमा कृषि र गण्डकीमा पर्यटन प्राथमिकता

काठमाडौँ । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले हरेकवर्ष असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । सोही अनुरूप आज सातवटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरूले बजेट प्रस्तुत गर्न लागेका हुन् ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट सँगै आर्थिक विधेयक र विनियोजन विधेयक पनि पेस गर्ने कार्यसूची रहेको छ । कोशी सरकारले गत वर्षकै आकारमा बजेट ल्याउने तयारी गरेको छ । कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

मधेश प्रदेश सरकारले कृषिक्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । मधेशमा गत वर्ष ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट आएको थियो ।

बाग्मती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेश सरकारले गत वर्ष ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको थियो । पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेशले बजेट ल्याउँदै छ ।

बजेट प्रस्तुत गर्नकालागि लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको छ । लुम्बिनी प्रदेश सरकारले ३२ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१/८२ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर यस वर्ष ३२ अर्बको सिलिङ तोकिएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।

कर्णाली प्रदेश सरकारले आगामी आवका लागि पनि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ । आगामी बर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी भएको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले बताएका छन् ।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXRZGZYMY9VVQ0QV18YH4DKQ.jpg

देहरादुनबाट केदारनाथका लागि उडेको हेलिकोप्टर दुर्घटनाग्रस्त

काठमाडौँ । भारतको देहरादुनबाट केदारनाथका लागि उडेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार उत्तराखण्डमा छ जना यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताएका छन् ।

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचारको पुष्टि गर्दै भने, “रुद्रप्रयाग जिल्लामा हेलिकोप्टर दुर्घटना भएको बारेमा धेरै दुखद खबर प्राप्त भएको छ । एसडीआरएफ, स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन्। म सबै यात्रुहरूको सुरक्षाको लागि बाबा केदारलाई प्रार्थना गर्दछु।”

यसअघि बिहीबार दिउँसो भारतको अहमदाबदबाट बेलायतको लन्डन प्रस्थान गरेको एयर इन्डियाको जहाज पनि दुर्घटना भएको थियो । उक्त जहाजमा चालकदलका सदस्य र यात्रु सहित २४२ जना सवार थिए । जसमा एक जना यात्रु मात्रै बाँच्न सफल भएका थिए ।

प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXRT05C72PQGE9MF2CWYJZBV.jpg

नवीन राईको मोटरसाइकल दुर्घटनामा निधन

बराहक्षेत्र, सुनसरी, ३१ जेष्ठ । उदयपुर जिल्ला बेलका नगरपालिका वडा नं. ६ निवासी सामाजिक र राजनीतिक अगुवा, ३९ वर्षीय नवीन राई को शुक्रबार साँझ मोटरसाइकल दुर्घटनामा निधन भएको छ। इलाका प्रहरी कार्यालय, रामपुरका अनुसार, राई जेठ ३० गते राती करिब ११ बजे घरबाट निस्कनुभएको थियो। हिजो (शनिबार) बिहान मदन भण्डारी राजमार्ग सडकभन्दा केही मिटर तल उहाँ मृत अवस्थामा फेला पर्नुभएको थियो। 

राईको  असामयिक निधनले स्थानीय समुदाय, राजनीतिक वृत्त र आदिवासी जनजाति आन्दोलनमा गहिरो शोक छाएको छ। दिवंगत राई नेपाल आदिवासी जनजाति महासंघ, उदयपुर जिल्लाका उपाध्यक्ष र जनता समाजवादी पार्टी, उदयपुर जिल्ला सदस्य हुनुहुन्थ्यो। यसका साथै, उहाँ रेडियो बेलका एफएमका संस्थापक तथा सञ्चालक समिति अध्यक्ष पनि हुनुहुन्थ्यो। यी विभिन्न भूमिकामा रहँदै उहाँले सामाजिक जागरण, राजनीतिक सशक्तीकरण र स्थानीय सञ्चार माध्यमको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

राईको निधनप्रति विभिन्न संघसंस्था, जनता समाजवादी पार्टी उदयपुर, नेपाल आदिवासी जनजाति महासंघ उदयपुर लगायतले गहिरो दुःख व्यक्त गरेका छन्। उनीहरूले स्वर्गीय राईको निधनले समाज र राष्ट्रलाई अतुलनीय र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। उहाँको सक्रियता र समर्पणले उदयपुरको सामाजिक र राजनीतिक क्षेत्रमा विशेष छाप छोडेको र उहाँको अभाव सधैँ खड्किरहने उनीहरूको भनाइ छ।
स्वर्गीय राईको पार्थिव शरीरको किराँती संस्कृतिअनुसार हिजो (शनिबार) नै दाहसंस्कार गरिसकिएको छ।

Pathiara_adv.gif 586.81 KB



प्रकाशित मितिः आइतबार, ०१ असार २०८२
https://jawaaf.com/storage/01JXQ0N31ESQ7EYCXRRP6A2Y0R.jpg

माओवादीप्रति जनविश्वास बढ्दा घेराबन्दी र बदनाम गर्ने प्रयास भयोः प्रचण्ड

मोरङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति जनविश्वास बढ्दै गएकाले घेराबन्दी गर्ने र बदनाम गराउने प्रयास भइरहेको बताएका छन्। मोरङको उर्लाबारीमा विभिन्न राजनीतिक दल परित्याग गरी ३७० जना नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले यस्तो भनाइ राखेका हुन्।

नवप्रवेशीहरू सन्देश घिमिरे, सुवास लामा, कर्म लिम्बुसहित ३७० जनालाई प्रचण्डले स्वागत गरे। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रतिको जनविश्वास दिन प्रतिदिन बढ्दै गएको उल्लेख गरे। उनले भने, ‘पार्टीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको छ।’

प्रचण्डले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेको दाबी गरे। षड्यन्त्रपूर्वक सरकारबाट बाहिरिनु परे पनि जनताको घरदैलोमा पुगेर दुःख-सुख बाँडेका कारण माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बनेको उनको भनाइ थियो।

पूर्वी नेपालका झापा र मोरङ जिल्लामा अघिल्लो स्थानीय चुनावमा माओवादी केन्द्रले उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै उनले आगामी निर्वाचनमा पार्टीले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। प्रतिक्रियावादी शक्तिहरू माओवादीको बढ्दो जनआधार देखेर आत्तिएकाले षड्यन्त्र भइरहेको उनले बताए।

अध्यक्ष प्रचण्डले नवप्रवेशी सदस्यहरूलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठनलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताएका छन्।

प्रकाशित मितिः शनिबार, ३१ जेठ २०८२
https://jawaaf.com/storage/01JXPMNHF3G5A0SVFVNKPE73WZ.jpg

सात वर्षदेखि दलित बस्ती विस्तार अलपत्र, निर्माणकर्ता गायब !

मुगु । मुगुको खत्याड गाउँपालिका–२ स्थित गाडेखोलामा रहेको दलित बस्तीको विस्तार तथा पुनःस्थापना योजना सात वर्षदेखि अलपत्र पर्दा स्थानीय दलित समुदाय चरम समस्यामा परेका छन् ।

२०७४/०७५ सालको आर्थिक वर्षमा खत्याड गाउँपालिकाले पहिरोको उच्च जोखिममा रहेका ४४ दलित परिवारको पुनःस्थापना गर्न ‘दलित बस्ती विस्तार कार्यक्रम’ अन्तर्गत सात करोड ३१ लाख ७२ हजार ६५० रुपैयाँ ७६ पैसाको लागतमा पक्की घर निर्माण गर्ने योजना ल्याएको थियो ।

प्रत्येक घरको भुइँतल्लामा चार कोठा र दोस्रो तल्लामा २ कोठा रहने गरी निर्माण गर्ने भनिएको योजना हालसम्म अधुरै छ ।

योजनाअनुसार पहिलो किस्तामा ८६ लाख ५० हजार रुपैयाँ समेत भुक्तानी भइसकेको छ । तर, स्थानीय समिति, कर्मचारी र जनप्रतिनिधिको लापरवाहीका कारण निर्माणकार्य रोकिएको छ भने योजनाका लागि ल्याइएको सामाग्रीसमेत खेर गएका छन् ।

स्थानीयहरू भन्छन,‘पहिला घर बन्ने भयो भनेर खुसी भयौँ ।  आफ्नो थोरै थोरै भएको जमिन पनि दिन तयार भयौँ । तर अहिले घर त बनेन, बरु बनाइएका पिलर खिया लागेर बिग्रिसके । सिमेन्ट काम नलाग्ने भएको छ । बालुवा, सिमेन्ट, ढुङ्गा आफैँले बोकेका थियौँ, तर न त घर बन्यो, न त कामको पैसा पायौँ । अहिले झन् हाम्रो अवस्था झन् झन् बिग्रिएको छ ।’

हाल दलित समुदाय कच्ची झुपडीमा बस्न बाध्य छन् । स्थानीय सरकारसँग पटक–पटक गुनासो गर्दा पनि कुनै समाधान नआएको उनीहरूको गुनासो छ । निर्माणको जिम्मा लिएका समिति पदाधिकारीहरू गाउँ नै छाडेर फरार भएको स्थानीयहरूको आरोप छ ।

योजना सुरु भएसँगै १ सय ८० बन्डल सरिया, ६ सयभन्दा बढी बोरा सिमेन्ट जस्ता सामग्री निर्माणस्थलमा पुर्‍याइएको थियो। तर, निर्माण कार्य रोकिएसँगै यी सामग्रीसमेत खेर गएका छन् । 

गाडेखोलामा दलित बस्तीको नाममा भएको अनियमितताबारे अख्तियारमा समेत उजुरी दर्ता भइसकेको छ र अहिले अनुसन्धानको प्रक्रिया अघि बढिरहेको स्थानीय सरकारले जनाएको छ ।

गाउँपालिकाका अनुसार अख्तियारको छानबिनपछि मात्रै बाँकी काम अघि बढाइनेछ । योजना सुरु गर्ने पहिलो स्थानीय सरकारकै पालामा यस्तो समस्या आएको भन्दै अहिलेको पालिकाले बस्ती विस्तार कार्यक्रम पुनःसञ्चालन गर्न कानुनी प्रक्रिया टुंगिनुपर्ने स्पष्ट पारेको छ ।

स्थानीय सरकारका अनुसार अनियमितताको छानबिनपछि मात्रै दलित समुदायका लागि घर निर्माणको कार्य पुनः सुरु हुनेछ ।

प्रकाशित मितिः शनिबार, ३१ जेठ २०८२
https://jawaaf.com/storage/01JXP6NZ17FB63CPBCDG6SKNSG.jpg

पोखरामा जारी कोटिहोम आज समापन हुँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आज समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम शनिवार औपचारिक समापन हुने बताएका हुन् ।

शुक्रवार कोटिहोममा महाआरती गरिएको थियो । महाआरतीमा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । कोटिहोममा हिजो देखि नै विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिएको छ । विभूति, तिलक र प्रसाद लिन भक्तजनको भिड लागेको थियो ।

शुक्रवार देखि हवन कुण्डमा रहेका इट्टा वितरण गरिएको छ । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ । त्यसै गरी कोटिहोममा रहेका जल सहितको कलश पनि वितरण भइरहेको छ ।

कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार पनि हिजै वितरण गरिएको छ । प्रतियोगितामा देविस्थान भजन समूह पोखरा–२५  हेमजा प्रथम हुँदै ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्दा  माछापुच्छे सेवा समाज पोखरा–२५ हेमजा द्वितीय हुँदै २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।

त्यस्तै बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय भएर १ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्दा राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना हुँदै ६५-६५ हजार प्राप्त गरे ।

त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भएका थिए ।

प्रकाशित मितिः शनिबार, ३१ जेठ २०८२