सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JY6CYGZY6GHR6537W541GPSS.jpg

अख्तियारको टोलीद्वारा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ ।

काठमाडौँबाट खटिएको आयोगको टोलीले श्रीवास्तवलाई विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गरी अवैध रूपमा घुस लिएको आरोपमा शुक्रवार पक्राउ गरेको हो ।

आयोगका अनुसार, श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको छ। अख्तियारले  श्रीवास्तवविरुद्ध कानुनी कारबाही अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले श्रीवास्तव पक्राउ परेको पुष्टि गरेका छन् ।

उनका अनुसार अख्तियारको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई  पक्राउ हो । अख्तियारले पक्राउ परेका श्रीवास्तवलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

घटनामा संलग्न अन्य व्यक्तिबारे पनि छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०६ असार २०८२
https://jawaaf.com/storage/01JY6CC85A8BCT9JXTJPTA347R.jpg

फागुन २० गते १८ स्थानका लागि निर्वाचन गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने  विषयमा आज परामर्श गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो ।

प्रतिनिधिसभाका सदस्यको रूपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ ।  यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए ।

उनले संवत् २०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझाव पनि दिएका छन् । भेटका अवसरमा आयुक्तहरू डा जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

प्रकाशित मितिः शुक्रबार, ०६ असार २०८२
https://jawaaf.com/storage/01JY654BHGP9Q8WWG7KSY1XG5D.jpg

प्रेमीमाथि छुरा प्रहार : युवतीको आक्रमणबाट युवक घाइते

सिरहा । सिरहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेका युवक र युवतीबीचको विवाद हिंसात्मक बन्दै गएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन् । 

छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोक कुमार महतो हुन्, जो गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् र हाल गोलबजार–४ मा भाडाको कोठामा बस्दै आएका थिए । घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको बताइएको छ ।

प्रहरीका अनुसार, युवती अचानक कोठामा पुगेकी थिइन् र अशोकमाथि छुरा प्रहार गरेपछि आफैँ घरको छतबाट हामफालेर भाग्न खोजेकी थिइन् । हामफाल्दा उनी पनि घाइते भएकी छन् । अशोकको उपचार गोलबजारस्थित भूमिजा अस्पतालमा भइरहेको छ भने युवती पनि सामान्य घाइते भएकी छन् । 

स्थानीयहरूका भनाइ अनुसार ती युवक–युवतीबीच पहिलेबाट नै प्रेम सम्बन्ध थियो, तर पछिल्लो समय उनीहरूबीच झगडा बढ्दै गएको बताइएको छ ।

हाल युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ । घटनाको पछाडि के कारण थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०६ असार २०८२
https://jawaaf.com/storage/01JY627H1Y8RW4P3MFB9MPTYMG.jpg

रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबन लगाएर सदनमा

काठमाडौं । प्रतिनिधि सभा बैंठक सुरु हुनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले शुक्रबार कालो पोशाक र निलो रिबन लगाएर प्रदर्शन गरेका छन् । मानव तस्करीको विरोध स्वरुप कालो पोशाक र निलो रिबन लगाएर संसद् बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका उनीहरुले सामूहिक तस्विर पनि खिचाए ।

भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरु मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’प्रतिकका रुपमा रहेको जनाएका छन् । 

यसअघि पनि उनीहरुले निलो रिबन लगाएर सदनमा उपस्थित भएपछि नेपाली कांग्रेसले ‘अमर्यादित’ पोसाक भन्दै टिप्पणी गरेको थियो । 

यता, सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेपनि रास्वपाले अवरोध जारी रहने जनाएको छ । 

सोही क्रममा रास्वपाका सांसद मनिष झाले नेपालमा भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी सम्बन्धी संगठित अपराधको विरोध स्वरुप कालो कपडा र निलो रिबन लगाएको बताए ।

उनले भने, ‘प्रतिनिधि सभाको बैठकमा विरोध स्वरुप सबैले कालो कपडा र निलो रिबन लगाएका छौ । निलो रिबन मानव तस्करी विरुद्धको विश्वव्यापी संकेत हो । अहिले नेपालमा भइरहेको भिजिट भिसाको नाममा जुन मानव तस्करी सम्बन्धी संगठित अपराध भइरहेको छ त्यसको विरोध विगत २२ दिनदेखि १५ वटा बैठकमा गरिरहेका छौ र त्यो विरोधको आज पनि निरन्तरता दिएका छौ ।’

प्रकाशित मितिः शुक्रबार, ०६ असार २०८२
https://jawaaf.com/storage/01JY5P8DDMJ4TFHQZD9YBCWE1W.jpg

नेपाल प्रहरीमा ६७७ जवानको पदपूर्ति थपियो: कुल १,८४२ नयाँ भर्नाका लागि बाटो खुल्यो!

काठमाडौं । नेपाल प्रहरीमा जागिर खोज्ने युवाहरूका लागि यस वर्ष सुनौलो अवसर सिर्जना भएको छ। प्रहरी जवान पदमा अब कुल १ हजार ८४२ जनाको नयाँ भर्नाका लागि बाटो खुलेको छ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार जारी गरेको एक महत्त्वपूर्ण सूचना अनुसार, यसअघि माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थपिएको हो। यो वृद्धि सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भएको पनि सूचनामा स्पष्ट पारिएको छ।

नयाँ पद संख्या थपिएसँगै धेरै युवाहरूका लागि सरकारी सेवामा प्रवेश गर्ने ढोका फराकिलो भएको छ। इच्छुक र योग्य उम्मेदवारहरूलाई समयमै आवेदन दिई यस प्रतिस्पर्धामा सहभागी हुन आह्वान गरिएको छ।

Magsangkhya.jpg 272.3 KB

पदहरूको वर्गीकृत विवरण यसप्रकार छ:

खुला प्रतिस्पर्धा: ९९३ जना

आदिवासी/जनजाति: २६० जना

मधेसी: २२८ जना

महिला: १६२ जना

दलित: १२२ जना

पिछडिएको क्षेत्र: ४० जना

अमर अशक्त प्रहरी परिवार: ३७ जना

नेपाल प्रहरीमा आफ्नो करियर बनाउन चाहनेहरूका लागि यो एउटा महत्वपूर्ण अवसर हो। थप जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट हेर्न सकिन्छ।

प्रकाशित मितिः शुक्रबार, ०६ असार २०८२
https://jawaaf.com/storage/01JY5HBS06RAWKMJB5R4TFAGEX.jpg

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक शुक्रवार बिहान ११ बजे बस्दै छ । आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत छवटा मन्त्रालयको समूहीकृत रूपमा छलफल हुने कार्यसूची छ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा अमरेश कुमार सिंहले विनियोजन विधेयक, २०८२ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, प्रेम सुवालले विनियोजन विधेयक, २०८२ मन्त्रालयहरूको शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा रेखा शर्माले विनियोजन विधेयक, २०८२ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई एक सय रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रभु साहले विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने आजको कार्यसूची रहेको छ ।

चित्र बहादुर के.सी.ले विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

शक्तिबहादुर बस्नतेले विनियोजन विधेयक, २०८२ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको शीर्षकको खर्च रकममा एक रुपैया घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । हितराज पाण्डेले विनियोजन विधेयक, २०८२ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको शीर्षकको खर्च रकममा घटाई एक रुपैयाँ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राम कुमार राईले विनियोजन विधेयक, २०८२ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको शीर्षकको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

देवेन्द्र पौडेलले विनियोजन विधेयक, २०८२ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय घटाई एक रुपैयाँ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मितिः शुक्रबार, ०६ असार २०८२
https://jawaaf.com/storage/01JY5F8MSD8NDPJHGYBK216X6A.jpg

यी प्रदेशहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । 

साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहनुका साथै भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव समेत रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरुमा तथा बाँकी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका तराइका भू–भागहरुका थोरै स्थानहरुमा हावा हुरिको सम्भावना रहेको छ ।

आज राती भने देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरुमा तथा बाँकी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, ०६ असार २०८२
https://jawaaf.com/storage/01JY44CPXDPFZ5AK0BBEV4ZT0W.jpeg

जन्मकैदको फैसलालाई उल्ट्याउने न्यायाधीशहरू माथि छानविन सुरु

रौतहट । पूर्वमन्त्री मोहम्मद आफताब आलमलगायतलाई दिएको जन्मकैदको फैसलालाई उल्ट्याउने न्यायाधीशहरूमाथि नै छानबिन थालिएको छ । राजपुर बमकाण्डमा मारिएका त्रिलोकप्रताप सिंहका बुवा ८४ वर्षीय श्रीनारायण सिंह र अधिवक्ता युवराज सफलले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि नै छानबिनको माग गर्दै न्याय परिषद्मामा निवेदन दर्ता गराएका थिए । 

न्याय परिषदको बिहीबार बसेको बैठकले न्यायाधीशद्वयलाई  इजलासमा बस्नबाट रोक लगाउँदै सर्वोच्चमा हाजिर हुन बोलाइएको हो ।

०६४ चैत्र २८ गते भएको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै ईंटाभट्टामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलम सहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेको थियो । 

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले  आलमसहित उनका भाई मोहम्मद महताद आलम, शेख सराज र बद्रि सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

पाँच बर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासंगै रिहाई भएका थिए ।

प्रकाशित मितिः बिहिबार, ०५ असार २०८२
https://jawaaf.com/storage/01JY33HPYWAX76EX7MSVS5VEK9.jpg

नेपाल स्काउटमा भएको अनियमितताबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईलाई पुनःस्थापित गर्ने उद्देश्यसहित छानबिन समितिको प्रतिवेदन बुझाइएको दाबी गरेको छ ।

शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीका अनुसार नेपाल स्काउटभित्र देखिएको विकृति र विसङ्गति विरुद्ध आवाज उठाउँदै गरिएको आमरण अनशनपछि नेपाल स्काउट सँग सम्बन्धित मन्त्रालयको पहलमा छानबिन समिति गठन गरिएको थियो ।  उक्त समिति २०८२ साल वैशाख ५ गतेदेखि सक्रिय भएको हो । 

संयोजक अधिकारीले मन्त्रालयकै दबाबमा समितिले छानबिनको म्याद १५ दिनमै टुंग्याउनुपर्ने अवस्था सिर्जना गरिएको बताएका छन् । साथै स्काउटको तर्फबाट आवश्यक कागजात नदिई समितिको अधिकारक्षेत्रमा नपर्ने भनेर पत्राचारसमेत गरिएको उनले बताए।

‘हाम्रो माग र सुझाव बिना नै समितिमा रहेका हाम्रा प्रतिनिधिहरूको सल्लाह र सहमति बिना, मन्त्रालयको दबाबमा प्रतिवेदन बुझाइएको पाइएको छ,’अधिकारीले भने । 

छानबिन समितिको छलफल र तथ्यहरूको आधारमा निलम्बित निर्देशक रामप्रसाद भट्टराईमाथि लागेको आरोप निराधार नभएको र उनलाई सफाइ दिई ४५ दिनको बिदा स्विकृति गराई विदेश पठाइएको खुलासा गरिएको उनले बताए । 

‘यस्ता गतिविधिहरू ठूलो चलखेल अन्तर्गत भएको अनुमान गर्न सकिन्छ,’संयोजक अधिकारीले भने ।

शुद्धीकरण अभियानले आफ्नो तर्फबाट छानबिन समितिमा सहभागी प्रतिनिधिहरूले तयार पारेको वास्तविक प्रतिवेदन सार्वजनिक गरेको छ ।

‘समितिले तयार पारेको प्रतिवेदन गोप्य हुन सक्दैन, किनभने यो स्काउटका सम्पूर्ण सदस्यको भावनासँग जोडिएको विषय हो,’उनले भने।

उनले प्रतिवेदन अनुसार निलम्बनमा परेका निर्देशक रामप्रसाद भट्टराईमाथि लागेका आरोपहरू गम्भीर रहेकाले उनलाई सफाइ दिने ठाउँ नभएको बताए । साथै, वर्तमान प्रमुख आयुक्त पनि सोही कार्यशैलीमा संलग्न रहेको देखिएको र संस्थामा सुधारको अपेक्षा त्यही नेतृत्वबाट गर्न नसकिने स्पष्ट पारे । 

‘अब हामी वैकल्पिक उपाय अवलम्बन गरेर स्काउट संस्थालाई सुधार गर्ने दिशामा लाग्नेछौं,’संयोजक अधिकारीले बताए।

प्रकाशित मितिः बिहिबार, ०५ असार २०८२
https://jawaaf.com/storage/01JY33A6WCHJ9MDNTB17X6ZCW4.jpg

वडा अध्यक्षमाथि भएको आक्रमणप्रति हेटौँडा उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपानेमाथि भएको संघातिक आक्रमणप्रति हेटौँडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधवार दिउँसो वडाध्यक्षको कार्यकक्षमा पसेर एक समूहले उनलाई शारीरिक रूपमा आक्रमण गर्नुका साथै दुई थान मोबाइल लुटपाट गरेको थियो । घटनापछि उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरी यस्ता आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ ।

नगर प्रमुख मिना लामाले जनप्रतिनिधिमाथिको आक्रमणले उनीहरूको मनोबल गिराउने भन्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्नुभयो। उहाँले यस्ता लुकीछिपी गरिने आक्रमणहरूलाई राजनीतिक गतिविधि नभई अराजक क्रियाकलापको संज्ञा दिइन् ।

Pathivara.gif 82.25 KB

वडाध्यक्ष न्यौपानेले पनि आफूलाई लक्षित गरी गरिएको आक्रमण योजनाबद्ध भएको भन्दै संलग्न समूहलाई चाँडो पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरे ।

उपमहानगरले संघीय, प्रदेश र स्थानीय तहमा रहेको कानुनी संरचनाको परिधिमा रही दोषीलाई कारबाही गर्न, पत्रकारिताको नाममा भइरहेका यस्ता गतिविधिमा नियन्त्रण गर्न तथा संलग्न पक्षविरुद्ध प्रचलित कानुनअनुसार कडा कारबाही गर्न आग्रह गरेको छ ।

प्रकाशित मितिः बिहिबार, ०५ असार २०८२