सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JXMR57GNMG1STZKJWZFKP8GW.jpeg

मुख्यमन्त्री कार्की र चीनका राजदूतबिच भेट, किमाथांका–जोगबनी सडकको चर्चा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालका लागि चिनियाँ राजदूत चेन सोंगबीच विराटनगरमा शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न उक्त भेटमा दुईपक्षीय हितका विविध विषयमा छलफल गरिएको थियो ।

भेटका क्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पछिल्लो समय सञ्चालन गरिरहेको विकास परियोजनाबारे जानकारी गराउँदै कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सहयोगका लागि आग्रह गरेका छन् ।

उनले किमाथांका–जोगबनी सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उक्त सडकले नेपालमा पर्यटन प्रवर्धन र व्यापार विस्तारमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

राजदूत चेन सोंगले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय र बजारीकरणयोग्य बनाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

चीनले कोशी प्रदेशसँग सहकार्यका लागि चासो राखिरहेको उल्लेख गर्दै किमाथांका क्षेत्रमा चीनतर्फका निर्माण कार्य सम्पन्न भइसकेको तर नेपालतर्फ ढिलाइ भएकोप्रति चासो व्यक्त गर्दै निर्माणमा तीव्रता दिनुपर्नेमा उनले जोड समेत दिएका छन् ।

प्रकाशित मितिः शुक्रबार, ३० जेठ २०८२
https://jawaaf.com/storage/01JXMQ0TP9BRG1C85R2GW8T04R.jpg

'प्रकाश' लाई 'अँध्यारो' को उपमा

धरान, जेठ ३० । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई 'अँध्यारो' को उपमा दिएका छन्। मन्त्री सिंहले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा १५ वटा पार्क निर्माणका लागि करिब २८ करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको भन्दै पुनले सामाजिक सञ्जालमार्फत आलोचना गर्दै उक्त उपमा दिएकाहुन । अमृत साइन्स कलेजका पूर्व सहपाठीसमेत रहेका पुनले मन्त्री सिंहको नाम 'प्रकाश' भए पनि काम भने 'अँध्यारो' भएको बताएका छन्। 

पुनका अनुसार, मन्त्री सिंहले आफ्नो स्वर्गीय बुबाको दीर्घकालीन स्मृति कायम राख्न भन्दै देशभर १५ वटा पार्क निर्माण गर्ने  योजना अघि सारेका छन् र यसका लागि सरकारी कोषबाट २८ करोड रुपैयाँको ठूलो रकम छुट्याइएको उल्लेख गरेका छन् ।

पुनले आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक स्टाटसमा उनले लेखेका छन्, "अँध्यारोमान ज्यू, तपाईँले तपाईँकै स्वर्गीय बुबाको स्मृति लामो समयसम्म रहोस् भनेर मन्त्रीको हैसियतले बुद्धिमा बिर्को लागेर १५ वटा पार्कहरू बनाउनको लागि मात्र करिब २८ करोड रुपैयाँ छुट्याउनु भएछ। ती पार्कहरू बनाउनुको सट्टा प्रतिभाशाली र सृजनशील युवाहरूको लागि तपाईँकै बुबाको नाममा एउटा अत्याधुनिक नवप्रवर्तन केन्द्र खोल्ने बुद्धि आएको भए सुनमा सुगन्ध हुने थियो। त्यसैले रीसको झोंकमा तपाईँको नाम 'प्रकाश' अनुसारको काम नभएकोले 'अँध्यारो' भनेर नाम राखिदिएँ। तपाईँ र म अमृत साइन्स कलेजमा सँगै पढेका थियौँ। साथीलाई यत्ति भनें ल। माफ गर्नुहोला।"

पुनले मन्त्रीको निर्णयलाई 'बुद्धिमा बिर्को लागेको' भन्दै सिर्जनशील र दूरगामी प्रभाव पार्ने वैकल्पिक परियोजनामा लगानी गर्नुपर्ने सुझाव दिएका छन्। उनको भनाइमा, नवप्रवर्तन केन्द्रले युवाहरूलाई अवसर प्रदान गर्ने र देशको बौद्धिक विकासमा टेवा पुर्याउने छ।

मन्त्री सिंहमाथि यसअघि पनि आफ्नो पार्टीको युवा भ्रातृ संगठनलाई कार्यालय बनाउन राज्यकोषबाट बजेट छुट्याइदिएको आरोप लाग्दै आएको थियो। उक्त आलोचना सेलाउन नपाउँदै महाविर पुनले आज आफ्नो फेसबुकमार्फत सार्वजनिक कोषको दुरुपयोगमाथि फेरि प्रश्न उठाउँदै अर्को आलोचना गरेका छन्।  

प्रकाशित मितिः शुक्रबार, ३० जेठ २०८२
https://jawaaf.com/storage/01JXMHC744X5Q9CTP67VQNQ3RP.jpg

विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण कठिन परिस्थितिमा रहेको बताएका छन् । शुक्रवार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरण अहिले बीच बाटोमा रहेको बताए ।

उनले प्राधिकरणलाई अहिले अगाडि बढ्नुपर्ने बाध्यात्मक आवश्यकता रहेको बताए ।  अहिले ३ हजार ५ सय मेगावाट उत्पादनलाई समेत व्यवस्थित गर्न नसकिएको अवस्थामा सरकारले लिएको २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न धेरै चुनौती रहेको उनले बताए । अहिले विभिन्न कारण र कमजोर प्रसारण लाइनको कारण बेलाबेलामा ट्रिप भइरहेको उनले बताए ।

‘आज नेपाल विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ । कठिन परिस्थिति यस अर्थमा होइन कि नेपाल विद्युत् प्राधिकरण घाटामा छ । त्यो होइन । प्राधिकरण एउटा यस्तो बाटोको बीचमा उभिएको छ, जहाँ अगाडि बढ्न हामीलाई बाध्यात्मक अवस्था छ,’उनले भने ।

‘पछाडि २८ हजार ५ सय मेगावाट सरकारले तोकेको उन्नति प्रगतिको लक्ष्य छ । ३ हजार ५ सय मेगावाटको प्रसारण प्रणाली र वितरण प्रणालीलाई धान्न सकिरहेका छैनौँ । हाम्रो प्रसारण प्रणाली कमजोर छ । ट्रिप भइरहेको छ । किन ट्रिप भइरहेको छ ?आज एउटा रुख ढल्यो, ट्रान्समिसन लाइन ट्रिप भयो । सिस्टम ट्रिप भइरहेको छ । हाम्रो आर्थिक अवस्था र हामीले त्यसमा पर्याप्त लगानी गर्न सकेनौँ । विगतमा जति गर्यौँ, त्यसले पुगेन,’उनले भने ।

प्रकाशित मितिः शुक्रबार, ३० जेठ २०८२
https://jawaaf.com/storage/01JXMDYNJS9QQ5SW221HC34J11.jpg

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् ।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण) लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभइ ‘इमान्दार, मेहनती र शालीन व्यक्तिको देश’भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गरेका हुन् ।

नेपाल कहिल्यै कुनै मुलुकको अधीनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उनले नेपाल सानो राष्ट्र भएपनि स्वाधीनताका साथ बसेको स्पष्ट गरे ।

‘दुनियाँमा नेपाल नेभर कोलोनाइज्ड हो । यो कसैको मातहतमा रहेन र रहँदैन पनि । हामी सानो देश भए पनि विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पुर्खाले चक्कुको सहरमा हराएर देशको स्वाधीनता बचाएका हुन् ।’ विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका ओलीले भने, ‘नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ ।’

उनले इतिहासका तथ्यहरूले पहिले देखि नै नेपालमा ‘रिसर्चर’भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपललगायत जस्ता बनस्पतीको महत्व पुर्खाले नै पत्ता लगाएको बताए ।

प्रधानमन्त्री ओलीले विश्व–पृथ्वी, जल, नक्षत्र, ब्रम्हाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोहीअनुसार कर्म गर्नुपर्ने बताए ।

‘पूर्वजदेखिनै पनि सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो,’उनले भने ।

प्रकाशित मितिः शुक्रबार, ३० जेठ २०८२
https://jawaaf.com/storage/01JXMBAY511XH0Q1QF083EYBE8.jpg

जनता समाजवादी पार्टीको संघीय परिषद् बैठक असार ६ र ७ गते बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् बैठक यही असार ६ र ७ गते ललितपुरको च्यासलस्थित ज्यापु समाज भवनमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय समितिका सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, प्रादेशिक निकायका पदाधिकारीहरू, राष्ट्रिय समितिका पदाधिकारीहरू, जिल्ला समितिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू तथा मनोनीत संघीय परिषद् सदस्यहरूको उपस्थिति रहनेछ।

संघीय परिषद्को बैठकबारे जानकारी गराउँदै पार्टीले आज एक सूचना सार्वजनिक गर्दै सम्पूर्ण सम्बन्धित सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ। बैठकमा अनुपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा जानकारी गराउनुपर्ने पनि पार्टीले जारी गरेको सूचनामा उल्लेख छ।

बैठकको पहिलो दिन असार ६ गते बिहान १० बजेबाट सुरु हुनेछ भने दोस्रो दिन असार ७ गते बिहान ८ बजेदेखि बैठक अगाडि बढ्ने जानकारी गराइएको छ।

प्रकाशित मितिः शुक्रबार, ३० जेठ २०८२
https://jawaaf.com/storage/01JXKX2AHM23T7GSMKP0WJ5TQ7.jpg

अनेरास्ववियुको अध्यक्षमा कडरिया र महासचिवमा धामी विजयी(नतिजासहित)

काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नयाँ नेतृत्व पाएको छ । उक्त संगठनको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् । महासचिवमा भने दीपक धामी निर्वाचित भए ।

अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत अध्यक्षमा कडरियाले ७३२ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी प्रकाश पौडेलले भने ७२५ मत पाए ।

उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ विजयी भए । उपमहासचिवमा कमल जोशी विजयी भए भने सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।

विद्युतीय मेसिनमार्फत भएको मतदान १५५१ मतदातामा रहेकोमा १४५० मत खसेको थियो । निर्वाचन समितिले सम्पूर्ण नतिजाको अन्तिम तयारी गरेको छ ।    

प्रकाशित मितिः शुक्रबार, ३० जेठ २०८२
https://jawaaf.com/storage/01JXKWKNC3WG4KT0B3C3ZJ3AZB.jpg

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार १०० कायम भएको छ । यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।

यसैगरी आज चाँदी  पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको रु दुई हजार १६५ मा कारोबार भइरहेको छ।

प्रकाशित मितिः शुक्रबार, ३० जेठ २०८२
https://jawaaf.com/storage/01JXKSQ1FN0DF3ZD1MQT467RG7.jpg

नयाँ दल गठनको हल्ला निराधार, मेयर साम्पाङले फेसबुकबाट गरे खण्डन

धरान । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई सहित २० जनाले नयाँ राजनीतिक दल गठनका लागि भर्चुअल बैठक गरेको भनि सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा फैलिएका खबरहरू पूर्णतया असत्य र भ्रामक रहेको मेयर साम्पाङले स्पष्ट पारेका छन्।

Pathiara_adv.gif 586.81 KB

मेयर साम्पाङले आज (शुक्रवार) बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस सार्वजनिक गर्दै उक्त हल्लाको खण्डन गरेका हुन्। उनले लेखेका छन्, "हर्क बालेन सहित नयाँ पार्टी खोल्न २० जनाको सहमति भएको भन्ने असत्य खबरले बजार पिटेको रैछ, त्यस्तो कुनै भर्चुअल मिटिङ नबसेको सबैलाई जानकारी गराउँदछु।"

Bantawa Hardware.gif 828.52 KB

धरान र काठमाडौँका दुई मेयरहरूलाई जोडेर नयाँ राजनीतिक दल गठनको हल्ला चलेको यो पहिलो पटक भने होइन। यसअघि पनि विभिन्न समयमा यस्ता हल्लाहरू फैलिँदै आएका थिए, जसलाई मेयर साम्पाङले खण्डन गर्दै आएका छन्।

प्रकाशित मितिः शुक्रबार, ३० जेठ २०८२
https://jawaaf.com/storage/01JXJ73YZN433AH5HTHNFZ3PR8.jpg

एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

काठमाडौँ । भारतको अअहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०४ पुगेको छ । २३० यात्रु र १२ जना क्रु मेम्बरसहित २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।

अहमदावाद प्रहरीले २०४ जनाको शव फेला परेको जनाएको छ । साथै ४१ जनाको अस्पतालमा उपचार भइरहेको समेत जनाएको छ । सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो । त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।

प्रकाशित मितिः बिहिबार, २९ जेठ २०८२
https://jawaaf.com/storage/01JXJ6T40C7FMJS11WBZNVKPR7.jpg

पत्रकार नारायण अर्याल प्रहरी निगरानीमा

काठमाडौं । सञ्चारकर्मी दिलभुषण पाठकले सञ्चालन गरेको युट्युब च्यानल ‘टफ टक’मा आबद्ध पत्रकार नारायण अर्याल प्रहरी निगरानीमा छन् । अर्यालले आफूलाई प्रहरीले पिछा गरिरहेको बताए । बिहीबार बिहानदेखि ललितपुर कुपोन्डोल निवास नजिक प्रहरीले निगरानी बढाएको नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पुष्टि गरे । अर्याललाई पक्राउ गर्न खोजीरहेको लम्सालले जनाए ।

उनले भने,‘प्रेस स्वतन्त्रता दबाउने र पत्रकारमाथि मुद्दा लगाउने सरकारको यो कदम लोकतन्त्रको लागि खतरा हो।’

पाठकलाई काठमाडौँ जिल्ला अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । सञ्चारकर्मी पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको एक भिडिओ सामग्रीलाई लिएर उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए ।

लामो समय कान्तिपुर टेलिभिजनमा आबद्ध भएका पत्रकार अर्याल पछिल्लो समय ‘टफ टक’मा सम्पादकीय नेतृत्व गरिरहेका थिए । उनलाई बिहीबार बिहान देखि नै प्रहरीले पिछा गरिरहेको थियो ।

प्रकाशित मितिः बिहिबार, २९ जेठ २०८२