बिहिबार, १८ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KW22A7477NXATAQMQHQA9HFT.png

रास्वपाको उपसभापतिमा सोविता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको पदाधिकारी निर्वाचनबाट सोविता गौतम उपसभापति र विपिनकुमार आचार्य महामन्त्री पदमा निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न मतदानमा उपसभापति पदकी उम्मेदवार सोविता गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।

त्यसैगरी, चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य महामन्त्रीमा निर्वाचित भएका छन्। महामन्त्री पदका लागि विपिन आचार्यसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की प्रतिस्पर्धामा थिए।

यसअघि महामन्त्रीका आकांक्षी गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिन आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

प्रकाशित मितिः शुक्रबार, १२ असार २०८३
https://jawaaf.com/storage/01KVWQ8N31KHR0M5B3SAPPTMAA.jpg

चीनमा विश्वकपको रौनक :अर्जेन्टिना, जर्मनी र स्पेनका जर्सीहरू रोजाइमा

एजेन्सी । प्रत्यक्ष उपस्थित भएर फिफा विश्वकप फुटवल प्रतियोगिता हेर्न नपाएका चिनिया समर्थकहरु व्यापारिक सामग्री किनमेलमा व्यस्त भएका छन् । 

विश्वकपका धेरैजसो सामग्रीहरू चीनमा उत्पादन गरिन्छ, त्यसैले खुद्रा डिलरहरू र अस्थायी रुपमा संचालनमा रहेका(पप–अप) स्टोरहरूले धेरैको ध्यान आकर्षित गरिरहेको छ । 

विश्वकप सुरु भएको पहिलो दिनमै बेइजिङमा, किनमेल गर्नेहरूको भीड देखिन्थ्यो । ‘म विश्वकपसँग सम्बन्धित केही रचनात्मक उत्पादनहरू किन्न चाहन्छु । यो एउटा यस्तो कार्यक्रम हो जुन हरेक चार वर्षमा मात्र हुन्छ । उत्पादित डिजाइन गरिएका सामग्रीहरु निकै राम्रा छन् । मस्कटहरू एकसाथ जोडिएका छन्, र मेरो झोलामा राम्रो देखिनेछ,’ एक ग्राहकले भने ।

प्रमुख ई–कमर्स प्लेटफर्महरूको तथ्यांकअनुसार, हालै विश्वकप सम्बन्धी अनलाइनमार्फत खोजी गर्नेहरु बढेसँगै खेलौना तथा सङ्कलनयोग्य सामग्रीको बिक्रीमा १५० प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

करिब ४० दिनसम्म खेलहरू जारी रहने भएकाले अनलाइन र अफलाइन दुवै बजारमा यो उत्साह अझ बढ्ने अपेक्षा गरिएको छ ।

पसलमा समर्थकहरूले आफ्नो मनपर्ने खेलाडीको नाम र जर्सी नम्बर छापेर जर्सीलाई व्यक्तिगत रूपमा प्रयोग पनि गरिरहेका छन् । 

पसलमा सबैभन्दा धेरै बिक्री हुने जर्सीहरूमा अर्जेन्टिना, जर्मनी र स्पेनका जर्सीहरू छन् । विश्वकपको फाइनल खेल जुलाई १९ मा हुनेछ।(सीसीटीभीप्लस)

एजेन्सी । प्रत्यक्ष उपस्थित भएर फिफा विश्वकप फुटवल प्रतियोगिता हेर्न नपाएका चिनिया समर्थकहरु व्यापारिक सामग्री किनमेलमा व्यस्त भएका छन् । 

विश्वकपका धेरैजसो सामग्रीहरू चीनमा उत्पादन गरिन्छ, त्यसैले खुद्रा डिलरहरू र अस्थायी रुपमा संचालनमा रहेका(पप–अप) स्टोरहरूले धेरैको ध्यान आकर्षित गरिरहेको छ । 

विश्वकप सुरु भएको पहिलो दिनमै बेइजिङमा, किनमेल गर्नेहरूको भीड देखिन्थ्यो । ‘म विश्वकपसँग सम्बन्धित केही रचनात्मक उत्पादनहरू किन्न चाहन्छु । यो एउटा यस्तो कार्यक्रम हो जुन हरेक चार वर्षमा मात्र हुन्छ । उत्पादित डिजाइन गरिएका सामग्रीहरु निकै राम्रा छन् । मस्कटहरू एकसाथ जोडिएका छन्, र मेरो झोलामा राम्रो देखिनेछ,’ एक ग्राहकले भने ।

प्रमुख ई–कमर्स प्लेटफर्महरूको तथ्यांकअनुसार, हालै विश्वकप सम्बन्धी अनलाइनमार्फत खोजी गर्नेहरु बढेसँगै खेलौना तथा सङ्कलनयोग्य सामग्रीको बिक्रीमा १५० प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

करिब ४० दिनसम्म खेलहरू जारी रहने भएकाले अनलाइन र अफलाइन दुवै बजारमा यो उत्साह अझ बढ्ने अपेक्षा गरिएको छ ।

पसलमा समर्थकहरूले आफ्नो मनपर्ने खेलाडीको नाम र जर्सी नम्बर छापेर जर्सीलाई व्यक्तिगत रूपमा प्रयोग पनि गरिरहेका छन् । 

पसलमा सबैभन्दा धेरै बिक्री हुने जर्सीहरूमा अर्जेन्टिना, जर्मनी र स्पेनका जर्सीहरू छन् । विश्वकपको फाइनल खेल जुलाई १९ मा हुनेछ।(सीसीटीभीप्लस)

प्रकाशित मितिः बुधबार, १० असार २०८३
https://jawaaf.com/storage/01KVW3AS99R626SXNPKBA2KYWM.jpg

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध र गैरकानुनीपूर्ण भएको एमालेको ठहर

काठमाडौं । नेपाल एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधबाट प्रेरित र गैरकानुनी कदम भएको ठहर गरेको छ । 

मंगलबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पौडेलको गिरफ्तारीको राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

पार्टीले सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको उक्त गिरफ्तारीमा कुनै वस्तुपरक तथ्य वा प्रमाण प्रस्तुत नगरिएको दाबी गरेको छ । एमालेले यस घटनालाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको परिणामका रूपमा व्याख्या गरेको छ ।

बैठकले विशेष अदालतले अनुसन्धानका क्रममा पूर्वापक्षका लागि थुनामा राख्न दिएको आदेशप्रति पनि असहमति जनाएको छ । पार्टीका अनुसार उक्त आदेश न्यायसम्मत नरहेको निष्कर्ष निकालिएको छ ।

सचिवालय बैठकले उपाध्यक्ष पौडेलको बिनासर्त तथा अविलम्ब रिहाइको माग गरेको छ । 

प्रकाशित मितिः बुधबार, १० असार २०८३
https://jawaaf.com/storage/01KVSV61WR3NY1Q01DPBFTX4EW.jpeg

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनले जलमार्गको व्यवस्थापन अब पूर्व–युद्ध अवस्थामा फर्किन नसक्ने दाबी गरे ।

उनले इरान र अमेरिका बीच आपतकालीन अवस्थाहरूमा तत्काल सम्पर्क र समन्वयका लागि एक संयुक्त सम्पर्क केन्द्र स्थापना गर्ने सहमति भएको पनि जानकारी दिए । तर यो सम्पर्क प्रणाली केवल आपतकालीन समुद्री घटनाहरू व्यवस्थापनका लागि मात्र हुने र जहाजहरूको ट्रान्जिट अनुमति प्रक्रिया भने पुरानै प्रणालीअनुसार चल्ने उनले स्पष्ट पारे ।

यसैबीच, फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार युरोपेली अन्तरिक्ष एजेन्सीको स्याटेलाइट तथ्यांकले आइतबार दिउँसो ओमानको सोहार पोर्ट र संयुक्त अरब इमिरेट्सको फुजाइराह पोर्ट नजिकै करिब ४४१ वटा ठूला कच्चा तेल ढुवानी जहाज (ख्ीऋऋ) प्रतीक्षारत अवस्थामा रहेको देखाएको छ । इरान–अमेरिका वार्तापछि पुनः खुल्ने अपेक्षामा जहाजहरू जम्मा भएका थिए, जुन पाँच दिनअघिको तुलनामा ४२ वटा कम भए पनि सामान्य अवस्थाभन्दा धेरै बढी हो ।

वार्तापछि केही समय तनाव कम हुँदा केही शिपिङ कम्पनीहरूले आफ्नो सेवा पुनः सुरु गरेका थिए । तर इजरायलको लेबनानमाथिको आक्रमणपछि अवस्था फेरि तनावपूर्ण बनेको र त्यसपछि इरानले पुनः जलसन्धि बन्द गर्ने घोषणा गरेको उल्लेख छ । त्यसपछि सोमबार बिहान चार वटा कतारी तरल प्राकृतिक ग्यास बोक्ने जहाजहरूले स्ट्रेट अफ होर्मुज पार गरेका छन् । यो पछिल्ला महिनाहरूमा देखिएको सबैभन्दा ठूलो एकदिने जहाज आवागमन भएको बताइएको छ, जुन अमेरिका–इजरायल–इरान तनाव सुरु भएयताकै उच्च हो । सीसीटीभी

प्रकाशित मितिः मङ्गलबार, ०९ असार २०८३
https://jawaaf.com/storage/01KVQKNRBQDQ0FB30MA3ZSXMAW.jpg

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण

रौतहट । प्रधानमन्त्री वालेन्द्र शाहले चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको विशेष निरीक्षण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका प्रधानमन्त्री शाह सोमबार परिवार सहित तालिम केन्द्र पुगेका हुन्।

पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहको यो भ्रमण राजनीतिक व्यस्तताका बीच प्रकृति, वन्यजन्तु संरक्षण र स्थानीय पर्यटनको अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ। हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री शाहले केन्द्रको स्थलगत वस्तुस्थितिबारे चासोपूर्वक जानकारी लिएका थिए। निरीक्षणका क्रममा उनले केन्द्रको व्यवस्थापन, हात्तीहरूको स्वास्थ्य अवस्था र सुत्केरी तथा बच्चा हात्ती (छावा) हरूको स्याहार–सुसार कसरी भइरहेको छ भन्नेबारे प्रत्यक्ष अवलोकन गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा सञ्चालन भइरहेको छ। महाधिवेशनमा भाग लिन देशभरका नेता तथा कार्यकर्ताहरू चितवनमा केन्द्रित भएका छन्। सोही क्रममा चितवन आएका प्रधानमन्त्री शाहले महाधिवेशनका महत्त्वपूर्ण राजनीतिक सत्रहरूका बीच समय निकालेर वन्यजन्तु संरक्षणको क्षेत्रमा चासो देखाउँदै खोरसोर पुग्नुलाई स्थानीय पर्यटन व्यवसायी र संरक्षणकर्मीहरूले उत्साहजनक रूपमा लिएका छन्।

प्रधानमन्त्रीको यस निरीक्षणले चितवनको पर्या–पर्यटन प्रवर्धन र दुर्लभ वन्यजन्तुको संरक्षणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः सोमबार, ०८ असार २०८३
https://jawaaf.com/storage/01KVPQ3R4SDX5Y1YHMNE3GHZC5.jpg

रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आज (सोमबार) पनि चितवनको भरतपुरमा जारी छ । आइतबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिन बन्द सत्र सुरु हुँदैछ ।  

पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम रहेको छ । 

प्रकाशित कार्यतालिकाअनुसार बिहान ७ बजे खाजाको समय रहेको छ । बिहान ८ः३० बजे पार्टी सभापति रवि लामिछानेले दोस्रो सत्र प्रारम्भ गर्नेछन् । सत्र सुरु भएलगत्तै ८ः३० देखि ८ः५० सम्म अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुने कार्यक्रम छ । बिहान ९ बजेदेखि ९ः३० सम्म पार्टीका कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने र छलफल गर्ने तालिका रहेको छ ।

यसैगरी, बिहान १० बजेबाट १०ः४५ सम्म पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा छलफल हुनेछ । 

त्यसपछि १०ः४५ देखि ११ः४५ सम्म पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित ‘विधान संशोधन प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

विधान संशोधन प्रस्ताव अनुमोदन भएपछि बिहान ११ः४५ देखि दिउँसो १२ः१५सम्म पार्टीका सभापतिले राजनीतिक प्रतिवेदन पेश तथा छलफल गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मितिः सोमबार, ०८ असार २०८३
https://jawaaf.com/storage/01KVMPXB80FV1RZHS4QK1QZVV7.jpeg

रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा सुरू हुँदैछ । महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन कार्यक्रस्थलमा पुगिसकेका छन् ।

रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।

कार्यक्रम स्थलमा रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटी, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रवक्ता मनिष झा लगायत केही नेताहरू भने छन् । महाधिवेशनमा प्रधानमन्त्री बालेन शाह, सभापति रवि लामिछानेलगायत पदाधिकारीहरू आइपुगिसकेका छैनन्।

दिउँसो १ बजे कार्यक्रम उद्घाटन गर्ने भने पनि अहिलेसम्म सुरू हुन सकेको छैन ।

प्रकाशित मितिः आइतबार, ०७ असार २०८३
https://jawaaf.com/storage/01KVM3SVD1YWA2JKMRHSW6AF3G.jpg

अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । विश्वभर हरेक वर्ष जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । योगको महत्वलाई विश्व समुदायसमक्ष पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको हो ।

सन् २)१४ मा संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय योग दिवस सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो । उक्त प्रस्तावलाई सदस्य राष्ट्रहरूले सर्वसम्मत रूपमा समर्थन गरेपछि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरिएको थियो ।

त्यसपछि सन् २0१५ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष यस अवसरमा योग अभ्यास, जनचेतनामूलक कार्यक्रम, प्रशिक्षण तथा विशेष समारोहहरू आयोजना गरिन्छन् ।

प्रकाशित मितिः आइतबार, ०७ असार २०८३
https://jawaaf.com/storage/01KVHPXK7GA65XTWKPR7S7HF6R.jpg

मुगुको सोरु गाउँपालिकामा खानेपानीको चरम संकट, रातभर लाइन बसेर धमिलो पानी भर्न बाध्य स्थानीय

मुगु । मुगुको सोरु गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभावले विकराल रूप लिएको छ । प्राकृतिक पानीका मुहानहरू सुक्दै गएपछि स्थानीय नागरिक र पशुचौपायालाई दैनिक आवश्यक पानी जुटाउनसमेत कठिन भएको छ ।

सोरु गाउँपालिकाका वडा नम्बर १, २ र ३ का दुई दर्जनभन्दा बढी बस्तीमा रहेका पानीका स्रोत खडेरी, जलवायु परिवर्तन, अव्यवस्थित ग्रामीण सडक निर्माण तथा तीव्र वन फँडानीका कारण क्रमशः सुक्दै गएको स्थानीयको भनाइ छ । जसका कारण करीब ३५० भन्दा बढी घरधुरीलाई प्रत्यक्ष असर पर्नुका साथै कृषि र पशुपालनमा समेत प्रभाव परेको छ ।

यहाँका स्थानिय नागरिक अहिले गाउँदेखि करिब आधा घण्टा टाढा रहेको नाउलाको धमिलो पानी लिन घण्टौं लाइन बस्न बाध्य छन् । विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिक बिहानदेखि रातिसम्म पालो कुर्दै पानी संकलन गरिरहेका छन् ।

स्थानीय डल्ली धामीका अनुसार गाउँका अधिकांश साना पानीका मुहान सुकिसकेपछि एक गाग्री पानी भर्न पनि रातदिन पालो कुर्नुपर्ने अवस्था छ । चुनावका बेला खानेपानी समस्या समाधान गर्ने वाचा गरेर नेताहरू जितेर गए, तर त्यसपछि गाउँ फर्किएनन भन्दै उनले गुनासो गरिन् ।

स्थानीय सरदेवी धामीले २० लिटर पानी लिन तीनदेखि चार घण्टासम्म पालो कुर्नुपर्ने बाध्यता रहेको सुनाइन् । उनका अनुसार बालबालिकालाई पानी लिन पठाउँदा पनि धेरैजसो खाली हात फर्किनुपर्ने अवस्था छ । पर्याप्त पानी नपाउँदा सरसफाइ गर्न नसकिने र पशुचौपायालाई समेत पानीको अभाव भएपछि कर्णाली नदी आसपास खुला चरनमा छाड्नुपर्ने अवस्था आएको उनले बताइन् ।

खडेरीका कारण दुई वर्षयता पानीका मुहान सुकेपछि खेतबारीमा लगाइएका अन्नबाली उम्रन नपाउँदै सुक्न थालेका छन् । असार महिनामा हरियाली हुनुपर्ने खेतबारी अहिले उजाड देखिन्छन, यसले आगामी दिनमा खाद्य संकट र भोकमरीको जोखिम बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।

गाउँमा खानेपानी व्यवस्थापनका लागि चौकीदारसमेत राखिएको भए पनि मुहानमै पानी घटेपछि सबै घरपरिवारलाई दैनिक पाँच लिटर पानी उपलब्ध गराउनसमेत कठिन भएको खानेपानी चौकीदार धनवीर बुमीले बताए । उनका अनुसार गाउँ नजिकका अधिकांश मुहान सुकिसकेका छन भने कर्णाली नदी नजिकै बगे पनि बस्तीमा पानी र्पुयाउने व्यवस्था छैन ।

सोरु गाउँपालिका–३ का वडा अध्यक्ष सिंहबहादुर धामीले स्थायी खानेपानी स्रोतको अभाव मुख्य समस्या भएको बताए । उनका अनुसार पुराना खानेपानी आयोजना मर्मत गरी तत्काल समस्या समाधान गर्ने प्रयास भइरहेको छ भने मुगु–हुम्ला कर्णाली नदीबाट लिफ्टिङ प्रणालीमार्फत खानेपानी र सिँचाइ आयोजना सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अघि बढाइएको छ ।

यस्तै, गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले वडा नम्बर १, २, ३ र ६ मा खानेपानीको समस्या अत्यधिक रहेको स्वीकार गर्दै संघीय सरकारको सहयोगमा बृहत खानेपानी आयोजना सञ्चालन भइरहेको जानकारी दिए । उनले निर्माणको काम छिटो सम्पन्न गराउन पहल भइरहेको र विशेषगरी वडा नम्बर ३ का आठ बस्तीका लागि लिफ्टिङ खानेपानी तथा सिँचाइ आयोजना अघि बढाइने बताए ।

स्थानीय सरकारले तत्काल प्रभावकारी व्यवस्थापन गर्न नसके सोरु गाउँपालिकाका धेरै बस्तीमा खानेपानीकै अभावका कारण बसाइँसराइ बढ्ने जोखिम रहेको स्थानीयवासीको चिन्ता छ ।

प्रकाशित मितिः शनिबार, ०६ असार २०८३
https://jawaaf.com/storage/01KVFS3512EMT156TS3ZH83598.jpg

बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ ।

परिवारद्वारा जारी विज्ञप्तिअनुसार होर्हे मेस्सीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहे पनि उनी चिकित्सकको निगरानीमा छन् । पछिल्ला केही घण्टायता सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विभिन्न हल्ला र अड्कलबाजीप्रति परिवारले असन्तुष्टि व्यक्त गर्दै यसलाई पूर्ण रूपमा निजी पारिवारिक विषय भएको जनाएको छ ।

विश्वकपको उद्घाटन खेलमा अल्जेरियाविरुद्ध गोल गरेपछि लियोनल मेस्सी भावुक हुँदै आँसु झारेका थिए । खेलपछि उनले आफू भावुक हुनुको कारण खेलसँग सम्बन्धित नभई व्यक्तिगत विषय रहेको बताएका थिए ।यो खेलसँग सम्बन्धित विषय थिएन । पछिल्ला केही दिन मेरो लागि निकै कठिन र जटिल थिए । टोलीका सबै सदस्य र सहकर्मीहरूले सधैंझैँ साथ र हौसला दिएका छन्, त्यसका लागि म आभारी छु,’ मेस्सीले बताएका थिए ।

परिवारले जारी गरेको वक्तव्यमा होर्हे मेस्सीको वास्तविक स्वास्थ्य अवस्थाबारे नजिकका आफन्तबाहेक अरू कसैलाई जानकारी नभएको उल्लेख गर्दै आधिकारिक स्रोतबाहेकका सूचना सत्य नमान्न आग्रह गरेको छ । साथै व्यक्तिको स्वास्थ्य र परिवारको मानसिक शान्तिलाई अफवाह र गैरजिम्मेवार अड्कलबाजीको विषय नबनाउन आग्रह गर्दै गोपनीयताको सम्मान गर्न सबैसँग अपिल गरिएको छ । आवश्यक जानकारी उचित समयमा परिवारकै आधिकारिक माध्यमबाट सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

यता मेस्सीले हालै फिफा विश्वकपमा आफ्नो पहिलो ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासमा १६ गोलसहित जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान बराबरी गरेका छन्। उनले अर्जेन्टिनाका लागि आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेका छन् । अर्जेन्टिनाले अब जुन २२ मा टेक्सासमा अस्ट्रियाविरुद्ध आफ्नो अर्को खेल खेल्ने तालिका रहेको छ । एएनआई

प्रकाशित मितिः शुक्रबार, ०५ असार २०८३