फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
काठमाडौं । फिलिपिन्सको दक्षिणी टापु मिन्दानाओ नजिक केन्द्रविन्दु भएर आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि प्रशान्त क्षेत्रका धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । अल जजिराका अनुसार भूकम्प सोमबार बिहान सबेरै गएको हो, जसले फिलिपिन्समा ठूलो संरचनागत क्षति पु¥याएको प्रारम्भिक विवरण प्राप्त भएको छ । भुकम्पका कारण हालसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले प्रारम्भिक झट्कापछि एक घण्टाभन्दा बढी समयसम्म परकम्पहरू आएको जनाएको छ । भूकम्पपछि फिलिपिन्समा आपत्कालीन निकायहरू सक्रिय गरिएको छ । नागरिक सुरक्षा कार्यालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्लाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको छ ।
अधिकारीहरूले सराङ्गानी, दाभाओ ओक्सिडेन्टल, तावी–तावी र सुलु लगायत नौ प्रान्तका बासिन्दालाई तत्काल सुरक्षित स्थान वा उच्च भूभागतर्फ जान आग्रह गरेका छन् । यसैबीच, इन्डोनेसियाका उत्तरी सुलावेसी, गोरोंतलो प्रान्त र साङ्गीहे टापुहरूमा पनि सुनामी चेतावनी जारी गर्दै बासिन्दालाई उच्च स्थानमा जान निर्देशन दिइएको छ । जापान, फिलिपिन्स र इन्डोनेसियाका अधिकारीहरूले समुद्री क्षेत्रमा खतरनाक छालाको जोखिमबारे चेतावनी जारी गरेका छन् ।
अमेरिकास्थित प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक रूपमा एक मिटरसम्मका छालहरू फिलिपिन्सका तटीय क्षेत्रमा पुग्न सक्ने र इन्डोनेसिया तथा मलेसियाका केही भागमा पनि जोखिम रहने जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार पहिलो सुनामी लहरहरू फिलिपिन्स र इन्डोनेसियामा स्थानीय समयअनुसार बिहान करिब १० बजे पुग्नसक्ने अनुमान गरिएको छ । त्यसपछि दक्षिणी जापान, ताइवान, माइक्रोनेसिया, पपुवा न्यू गिनी र सोलोमन टापुहरूमा समेत प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ ।
अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले भने उक्त भूकम्पले संयुक्त राज्य अमेरिकाको तटीय क्षेत्रमा कुनै ठूलो खतरा नरहेको जनाएको छ । यद्यपि जापानका केही दक्षिणी टापुहरूमा सुनामी चेतावनी कायम राखिएको छ । त्यस्तै, उत्तरी मारियाना टापु र गुआममा पहिले जारी गरिएको चेतावनी हटाइए पनि समुद्री धार र खतरनाक समुद्री अवस्था कायम रहन सक्ने बताइएको छ । एएनआई
परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ मा चीन भ्रमणमा जाने समय तय भएको छ । असार १ र २ गते उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
भ्रमण सकेर मन्त्री खनाल १७ तारिखमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
शेष घलेले निर्माण गरिरहेको होटल र ‘द लक्जरी कलेक्सन होटल’बीच सम्झौता, अध्यक्ष म्यारियटद्वारा अवलोकन
काठमाडौं । नेपाली मूलका अस्ट्रेलियन व्यवसायी शेष घलेले काठमाडौंको केशरमहलमा निर्माण गरिरहेको होटलसँग अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लक्जरी ब्राण्ड ‘द लक्जरी कलेक्सन’सँग सम्झौता गरेका छन्।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष घलेले निर्माण भइरहेको होटलको व्यवस्थापनमा म्यारियटअन्तर्गतको लक्जरी होटल ‘द लक्जरी कलेक्सन होटल’ ल्याउने गरी म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको उपस्थितिमा सम्झौता गरेका हुन् ।
१२ वर्षअघिबाट केशरमहलमा निर्माण भइरहेको उक्त होटल परिसरमा अध्यक्ष डेभिड म्यारियटलाई स्वागत गरेका थिए। उनले होटलको भ्रमण गर्दै नयाँ रुपमा अघि बढ्ने प्रतिवद्धता पनि जनाएका छन् ।
घलेले हालसम्मकै सबैभन्दा लक्जरी ब्राण्ड नेपाल भित्र्याउने र होटल २०२६ को अक्टोबरदेखि सञ्चालनमा आउने जनाइएको छ ।
घलेले यसअघि नेपालमा हालसम्मकै सबैभन्दा लक्जरी ब्राण्ड ल्याएर नेपालमा महँगा पर्यटकलाई ल्याउने घोषणा गरेका थिए। सबैभन्दा लक्जरी ब्राण्ड ल्याएर धेरैभन्दा धेरै खर्चालु पर्यटक नेपालमा ल्याउने चाहनाअनुसार म्यारियटको द लक्जरीसँग सम्झौता गरेको जनाइएको छ ।
निर्माणधीन होटलमा यसअघि म्यारियटअन्तर्गतकै सेराटन ल्याउने गरी सम्झौता गरेका थिए। तर, निर्माण अवधि लम्बिएको भन्दै सेराटन बीचमै फर्किएको थियो। १३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटल विभिन्न कारणले ढिलाई हुँदा लगानीसमेत बढेको जनाइएको छ ।
२२५ वटा कोठा रहने होटल बेसमेन्टबाहेक १७ तलाको रहेको छ। होटलमा दुई हजार जना अट्ने क्षमताको बैक्युट हल, दुई वटा सभाहल, तीन वटा बैठक हल, चार वटा रेष्टुरेन्ट, फिटनेस क्लब, स्पा, इन्फिनिटिभ स्विमिङलगायतका सुविधाहरु सञ्चालन हुनेछ। म्यारियट बोनभोयको सबैभन्दा लक्जरी ब्राण्डको रुपमा द लक्जरी कलेक्सन रहेको छ।
ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट तयार गरिएको आफ्नै प्रशंसामा आधारित एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उक्त भिडियो सेयर गरेपछि यसले विभिन्न डिजिटल प्लेटफर्ममा व्यापक चर्चा पाएको छ ।
एक मिनेट लामो उक्त भिडियोमा ट्रम्पलाई विश्वभर लोकप्रिय नेताका रूपमा प्रस्तुत गरिएको छ । गीतका शब्दमा मेक्सिको, इटाली, चीन र भारतलगायत विभिन्न देशका नागरिकहरूले ‘डोनाल्ड ट्रम्पलाई माया गर्छन्’ भन्ने दाबी गरिएको छ भने ट्रम्पको नाम पटक–पटक दोहोरिएको छ ।
भिडियोमा एआई प्रविधिको प्रयोग गरी ट्रम्पलाई विभिन्न काल्पनिक दृश्यमा देखाइएको छ । उनी प्याराग्लाइडिङ गरिरहेको, चन्द्रमामा अन्तरिक्ष पोसाक लगाएर उभिएको, सिंह र ऊँट चढेको, भारतको सडकमा मोटरसाइकल चलाएको तथा इटलीको प्रसिद्ध ‘लिनिङ टावर अफ पिसा’ अगाडि उभिएको दृश्य समावेश गरिएको छ । साथै, आफ्नै अनुहार अंकित पिज्जा खाइरहेको दृश्य पनि भिडियोमा राखिएको छ ।
उक्त गीत न्यूयोर्कबाट रिपब्लिकन पार्टीका कंग्रेस उम्मेदवार तथा ट्रम्प समर्थक एन्थोनी कन्स्टान्टिनोले तयार गरेका हुन् । ट्रम्पले भिडियोसँगै कन्स्टान्टिनोको सन्देश पनि पुनः सेयर गरेका छन् ।
जसमा उनले आफूले राष्ट्रपति ट्रम्पका लागि यो गीत तयार पारेको र उनको समर्थन पाएकोमा गर्व लागेको उल्लेख गरेका छन् । अनौठा दृश्य र ट्रम्पको प्रशंसामा केन्द्रित गीतका कारण भिडियोले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया बटुलिरहेको छ ।
ट्रम्पले आफ्नो राजनीतिक छवि र लोकप्रियतालाई उजागर गर्ने उद्देश्यले ट्रुथ सोसलमार्फत यस्ता मिम, भिडियो तथा प्रयोगकर्ताले बनाएका डिजिटल सामग्रीहरू नियमित रूपमा सेयर गर्दै आएका छन् । एएनआई
कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक
काठमाडौं । सामाजिक अभियन्ता तथा शिक्षाविद सोनम वाङचुक शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् ।
प्रारम्भिक जानकारीअनुसार उनी आन्दोलनकारीहरूसँगै आन्दोलनमा सहभागि भएको देखिएका हुन् । यद्यपि, कार्यक्रममा उनले दिएको विस्तृत अभिव्यक्ति वा आन्दोलनको उद्देश्यबारे थप आधिकारिक विवरण सार्वजनिक भएको छैन ।
यस विषयमा थप आधिकारिक जानकारी सार्वजनिक भएपछि आन्दोलनको उद्देश्य र वाङचुकको भूमिकाबारे थप विवरण स्पष्ट हुने अपेक्षा गरिएको छ ।
भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘धर्मेन्द्र प्रधान इस्तीफा दो र हामीले ‘मेक इन इन्डिया’ माग्यौं, तपाईंहरूले ‘लिक इन इन्डिया’ दिनुभयो’ जस्ता नाराहरू लगाएका छन् ।
सीजेपीका संस्थापक अभिजित दिपके अमेरिकाको बोस्टनबाट दिल्ली पुगेर आन्दोलनको नेतृत्व गरिरहेका छन् । दिल्ली विमानस्थलमा उनी भारतीय संविधानका निर्माता डा. भीमराव अम्बेडकरसँग सम्बन्धित पुस्तक बोकेको अवस्थामा देखिएका थिए । एएनआई
भारतमा कक्रोच जनता पार्टीको प्रदर्शन, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग
काठमाडौं । भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘धर्मेन्द्र प्रधान इस्तीफा दो र हामीले ‘मेक इन इन्डिया’ माग्यौं, तपाईंहरूले ‘लिक इन इन्डिया’ दिनुभयो’ जस्ता नाराहरू लगाएका थिए ।
सीजेपीका संस्थापक अभिजित दिप्के अमेरिकाको बोस्टनबाट दिल्ली पुगेर आन्दोलनको नेतृत्व गरिरहेका छन् । दिल्ली विमानस्थलमा उनी भारतीय संविधानका निर्माता डा. भीमराव अम्बेडकरसँग सम्बन्धित पुस्तक बोकेको अवस्थामा देखिएका थिए ।
सामाजिक सञ्जाल एक्समार्फत सीजेपीले दिल्ली प्रहरीले जन्तर–मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको जनाएको थियो । पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानमाथि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन आयोजना गरिएको बताएको छ ।
दिल्ली प्रहरीको अतिरिक्त कार्यालयले जारी गरेको आदेशअनुसार सीजेपीलाई शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जन्तर–मन्तरमा प्रदर्शन गर्न एकपटकका लागि विशेष अनुमति प्रदान गरिएको थियो । आदेशमा सर्वोच्च अदालतका निर्देशिका तथा सम्बन्धित कानुनी प्रावधानअनुसार अनुमति दिइएको उल्लेख गरिएको छ ।
भारतमा पछिल्लो समय विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा देखिएका अनियमितताका कारण विवाद चुलिएको छ । विशेषगरी नीट–यूजी परीक्षा प्रश्नपत्र चुहावट, प्रशासनिक कमजोरी तथा परीक्षा व्यवस्थापनसम्बन्धी विवादका कारण चर्चामा रहेको छ । यस वर्षको परीक्षा जुन २१ मा पुनः सञ्चालन गर्ने निर्णय गरिएको छ ।
प्रश्नपत्र चुहावट प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले अनुसन्धान जारी राखेको छ । घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरू पक्राउ परिसकेका छन् । सीबीआई निर्देशक प्रवीण सूद र राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए) का महानिर्देशक अभिषेक सिंहले हालै संसदीय स्थायी समितिलाई अनुसन्धानको प्रगतिबारे जानकारी गराएका थिए ।
यसअघि पनि विभिन्न विद्यार्थी संगठनहरूले दिल्लीसहित भारतका विभिन्न शहरमा प्रदर्शन गर्दै परीक्षा प्रणालीमा बारम्बार देखिएका अनियमितताबारे जवाफदेहिता माग गरेका थिए । शिक्षा मन्त्रालय बाहिर प्रदर्शन गर्ने केही विद्यार्थी तथा अभियन्तालाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।
यस विषयमा राजनीतिक प्रतिक्रिया पनि तीव्र बनेको छ । आम आदमी पार्टी (आप)का प्रमुख अरविन्द केजरीवाल तथा कांग्रेसका नेता जयराम रमेश र राहुल गान्धीले परीक्षा प्रणाली व्यवस्थापनमा केन्द्र सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् । एएनआई
अण्डाको मूल्य बढ्यो
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरि अण्डाको नयाँ मूल्य सार्वजनिक गरेको छ । संघले आज (शनिबार)देखि लागू हुने गरि अण्डाको नयाँ मूल्य सार्वजनिक गरेको हो । नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ । यसअघि ४६५ रुपैयाँ रहेको थियो ।
यस्तै, ठूलो अण्डाको ५४५ रुपैयाँ पुगेको छ । यसअघि ४९० रुपैयाँ रहेको थियो । यसैगरी, मध्यम अण्डाको ५१५ रुपैयाँ भएको छ । सानो अण्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ । यसअघि २ हजार ३०० रुपैया रहेको थियो ।
यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब २५ रुपैयाँ पुगेको छ ।
रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला
जनकपुर । नगर अधिविशेनलाई लिएर पार्टीभित्रै किचलो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रास्वपाका नेता, कार्यकर्ताहरुले ताला लगाएका हुन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर अधिवेशनलाई लिएर गुटबन्दी सुरु भएपछि दुई पक्षले छुट्टाछुट्टै अधिवेशन गरेर पदाधिकारी तोकेको थियो ।
पहिलो एक पक्षले अधिवेशन गरी प्रतिक नेपाललसहितको समिति चयन गरिएको थियो भने पछि अर्को पक्षले आफूलाई आधिकारिक रहेको दाबी गर्दै छुट्टै अधिवेशन गरेको थियो । जेठ १७ गत्ते सम्पन्न भएको अधिवेशनमा जिल्ला सभापति र निर्वाचन आयोगको सदस्य सहभागी रहेका थिए ।
अधिवेशनमा राकेश यादवसहितको समिति गठन भएको थियो । यादवसहितको समितिको नाम रास्वपाको वेबसाइटमासमेत अपलोड भएको थियो । पछि फेरि जेठ २० गत्ते वेबसाइटबाट उक्त समितिको नाम हटाइए पछि विवाद सृजना भएको हो ।
आफूहरुको नाम वेबसाइटबाट हटाइएको भन्दै राकेश यादवसहितको समितिका पदाधिकारी र गणेशमान चारनाथ नगरपालिकाका रास्वपाका कार्यकर्ता तथा सदस्यहरुले शुक्रबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
राकेश यादवका अनुसार रास्वपामा गुटबन्दी हुनु नराम्रो हो । उनले दुबै पक्षलाई समेटेर एक पुनः अधिवेशन गर्नुपर्ने माग राखेका छन् । उनले अधिवेशनको विवाद समाधान गर्नका निम्ती केन्द्रीय कार्यालयमा आफूले सम्पर्क गर्दा जिल्लास्थित कार्यालयमार्फत समस्या सामाधन गर्न निर्देशन दिइएको सुनाए । यादवले जिल्ला पार्टी कार्यालयमा कोही नहुनु र जिल्लासभापति सहित अन्य पदाधिकारी पनि सम्पर्कमा आउन नखोज्नु दुखद भएको बताए ।
यादवले निश्पक्ष रुपमा पुनः अधिवेशनको विकल्प नरहेको बताए । उनले पुनः अधिवेशन नभएसम्म आफूहरु ताला नखोल्ने चेतावनी दिएका छन् ।
जनकपुर । नगर अधिविशेनलाई लिएर पार्टीभित्रै किचलो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।
शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रास्वपाका नेता, कार्यकर्ताहरुले ताला लगाएका हुन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर अधिवेशनलाई लिएर गुटबन्दी सुरु भएपछि दुई पक्षले छुट्टाछुट्टै अधिवेशन गरेर पदाधिकारी तोकेको थियो ।
पहिलो एक पक्षले अधिवेशन गरी प्रतिक नेपाललसहितको समिति चयन गरिएको थियो भने पछि अर्को पक्षले आफूलाई आधिकारिक रहेको दाबी गर्दै छुट्टै अधिवेशन गरेको थियो । जेठ १७ गत्ते सम्पन्न भएको अधिवेशनमा जिल्ला सभापति र निर्वाचन आयोगको सदस्य सहभागी रहेका थिए ।
अधिवेशनमा राकेश यादवसहितको समिति गठन भएको थियो । यादवसहितको समितिको नाम रास्वपाको वेबसाइटमासमेत अपलोड भएको थियो । पछि फेरि जेठ २० गत्ते वेबसाइटबाट उक्त समितिको नाम हटाइए पछि विवाद सृजना भएको हो ।
आफूहरुको नाम वेबसाइटबाट हटाइएको भन्दै राकेश यादवसहितको समितिका पदाधिकारी र गणेशमान चारनाथ नगरपालिकाका रास्वपाका कार्यकर्ता तथा सदस्यहरुले शुक्रबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
राकेश यादवका अनुसार रास्वपामा गुटबन्दी हुनु नराम्रो हो । उनले दुबै पक्षलाई समेटेर एक पुनः अधिवेशन गर्नुपर्ने माग राखेका छन् । उनले अधिवेशनको विवाद समाधान गर्नका निम्ती केन्द्रीय कार्यालयमा आफूले सम्पर्क गर्दा जिल्लास्थित कार्यालयमार्फत समस्या सामाधन गर्न निर्देशन दिइएको सुनाए । यादवले जिल्ला पार्टी कार्यालयमा कोही नहुनु र जिल्लासभापति सहित अन्य पदाधिकारी पनि सम्पर्कमा आउन नखोज्नु दुखद भएको बताए ।
यादवले निश्पक्ष रुपमा पुनः अधिवेशनको विकल्प नरहेको बताए । उनले पुनः अधिवेशन नभएसम्म आफूहरु ताला नखोल्ने चेतावनी दिएका छन् ।
सर्लाहीमा सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट
सर्लाही। सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिमाथि प्रहरी जवानले निर्घात कुटपिट गरेको बाहिरिएको छ। कुटपिटबाट धनकौल गाउँपालिका – ५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका छन् ।
दासका अनुसार उनी बुधबार दिउँसो श्रीमतीसहित इलाका प्रहरी कार्यालय हरकठवा पुगेका थिए । उनका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालय सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए ।
सोही निवेदनका विषयमा बुझ्न प्रशासनले प्रहरी कार्यालयलाई पत्राचार गरेपछि आफूलाई बोलाइएको उनले बताए । प्रहरी कार्यालय पुगेपछि आफूलाई एउटा कागजातमा हस्ताक्षर गर्न भनिएको तर विद्यालयको सम्पूर्ण शुल्क बुझाइसकेको भन्दै हस्ताक्षर गर्न नमानेपछि प्रहरी जवान रामजीवन पासवानले कार्यालयभित्रको एक कोठामा लगेर कुटपिट गरेको दासको आरोप छ ।
कुटपिटबाट दासको बायाँ हात, तिघ्रा र पिठ्युँमा चोट लागेको छ । उनलाई उपचारका लागि बरहथवास्थित हनुमन्त अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रेफर गरिएको बताईएको छ ।
इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालयभित्र दास र प्रहरी जवान पासवानबीच विवाद भएको स्वीकार गरे । ‘उहाँहरूबीच विवाद भएको हो । त्यसक्रममा कुटपिट भएको हो,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको र छानबिन सुरु गरिएको बताए ।
इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच जारी कूटनीतिक वार्ता इरानले प्रारम्भिक चरणमै रोकिएको सम्पत्ति (फ्रोजन एसेट्स) फुकुवा गर्नुपर्ने अडान लिएपछि जटिल मोडमा पुगेको छ ।
द जेरुसेलम पोस्टका अनुसार इरानले अरबौं डलर बराबरको रोकिएको सम्पत्तिमध्ये नगद रकम सम्झौताको पहिलो चरणमै उपलब्ध गराउनुपर्ने माग राखेको छ । पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले सहमति खोज्ने प्रयास गरे पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।
इरानी वार्ताकारहरूले कुनै ठोस कदम चाल्नुअघि नै पहिलो चरणमा रकम फुकुवा हुनुपर्ने अडान कायम राखेका छन् । यता वाशिङ्टनले भने आणविक कार्यक्रम र होर्मुज जलमार्ग सम्बन्धी महत्वपूर्ण प्रगतिबिना कुनै आर्थिक सहुलियत नदिने स्पष्ट पारेको छ । यद्यपी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सम्झौता हुने वा नहुनेबारे निश्चितता नभए पनि निकट भविष्यमा सहमति सम्भव रहेको बताए ।
ट्रम्पले इरानको समृद्ध युरेनियम भण्डारलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिन चाहेको पनि दोहो¥याए । उनका अनुसार उक्त सामग्री सुरक्षित रूपमा व्यवस्थापन गर्न सक्ने क्षमता अमेरिका र चीनसँग मात्र छ ।
क्षेत्रीय सुरक्षा अवस्था भने थप तनावपूर्ण बनेको छ । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घातक आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । अप्रिल ८ मा लागू भएको युद्धविरामपछि खाडी क्षेत्रमा भएको यो पहिलो घातक घटना हो ।
भारतको विदेश मन्त्रालयले मृतक भारतीय नागरिक रहेको पुष्टि गर्दै नागरिक पूर्वाधारमाथिको आक्रमणको निन्दा गरेको छ । कुवेती रक्षा मन्त्रालयका प्रवक्ता साउद अब्दुलअजिज अल–अतवानका अनुसार ३० वटा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरी आक्रमण गरिएको थियो, जसबाट विमानस्थल भवनमा ठूलो भौतिक क्षति पुगेको छ । यद्यपि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । आईआरजीसीले अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीमा आएको खराबीका कारण क्षति भएको दाबी गरेको छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले भने इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमण असफल बनाइएको जनाएको छ । सेन्टकमका अनुसार कुवेततर्फ प्रहार गरिएका दुई मिसाइल लक्ष्यसम्म पुग्नुअघि नै निष्क्रिय भएका थिए भने बहराइनतर्फ लक्षित तीन मिसाइल अमेरिकी र बहराइनी सुरक्षाबलले अवरोध गरेका थिए । यसैबीच क्षेत्रीय तनावका बाबजुद अर्को कूटनीतिक मोर्चामा सकारात्मक प्रगति भएको छ । अमेरिकी मध्यस्थतामा भएको पछिल्लो वार्तापछि इजरायल र लेबनान युद्धविराम कार्यान्वयनमा सहमत भएका छन् ।
संयुक्त वक्तव्यअनुसार युद्धविराम पूर्ण रूपमा कार्यान्वयन हुन हिजबुल्लाहले सबै आक्रमण बन्द गर्नुपर्ने तथा दक्षिणी लेबनानबाट आफ्ना सबै लडाकु हटाउनुपर्ने सर्त राखिएको छ । यो सहमति लेबनानमा सम्भावित सैन्य कारबाहीबारे इजरायलले दिएको चेतावनीपछि आएको हो । इरान–अमेरिका वार्ता, खाडी क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र इजरायल–लेबनानबीचको युद्धविराम प्रयासले मध्यपूर्वको राजनीतिक तथा सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको विश्लेषण गरिएको छ । एएनआई