सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JVSAYKTHHH2MZV9T6YX1Y581.jpg

लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की

काठमाडौं  । सार्वजनिक लेखा समितिमा सांसदहरूबीच चर्काचर्की भएको छ ।  बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणसम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सत्तापक्ष र विपक्ष दलका सांसदहरूबीच चर्काचर्की  भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सत्तापक्ष तथा नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सांसदहरूले फरक प्रस्ताव राखेको भन्दै उनले अन्तर्राष्ट्रिय परम्परा अनुसार जुन पार्टीको प्रधानमन्त्री हुन्छ, सोही दलको सभापति लेखा समितिमा हुन नहुने विषय उठाएका थिए । 

उनले भने, ‘म आरोप लगाउन त चाहन्न, तर तपाईंहरूको पार्टीको प्रधानमन्त्री हुनुहुन्छ, लेखा समितिको सदस्य पनि तपाईंहरूको पार्टीकै हुनुहुन्छ अनि फरक मत पनि, पुरक प्रश्न पनि तपाईंहरू नै राख्नुहुन्छ । तपाईंहरू सिधा रुपमा गिजोलि राख्नुभएको छ । अनि प्रश्न उठ्दैन त ?’

सोही क्रममा एमालेका सांसद गोकुल बास्कोटाले समितिमा सबै सांसदको हैसियतमा रहेको भन्दै एमालेको नाम लिइएकोमा आपत्ति जनाएका थिए । 

एमालेबाट गोकुल बास्कोटा र योगेश भट्टराईले आक्रोश पोखिरहँदा एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पनि आक्रोश पोखेका थिए ।

प्रकाशित मितिः बुधबार, ०७ जेठ २०८२
https://jawaaf.com/storage/01JVRDC5R22VED9YSH2763JZK0.jpg

बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुप्रती सत्तारुढ दलहरूकै सांसदहरूको गुनासो

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुप्रती सत्तारूढ दलहरूकै सांसदहरू निकै गुनासो गर्न थालेका छन् ।  सरकारमा गएपछी मुख्यमन्त्री र मन्त्रीहरूले पार्टीमा र पार्टीकै सांसदहरूलाई वेवास्ता गरेर काम गरिरहेको उनीहरूको गुनासो छ ।

सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले चालु आर्थिक वर्षमा मात्र लाखौका महंगा गाडी खरिद गर्ने, सुविधाका सामान धेरै खरिद गर्ने तर, विपदमा परेका नागरिकका समस्यामा सरकारको उपस्थिति देखाउन नसकेको नेकपा एमालेका बागमती प्रदेशका एक सांसदले गुनासो गरे ।

अहिलेका मुख्यमन्त्री र मन्त्रीहरू सधै स्थायीरुपमानै अहिलेको पदमा बस्न पाइन्छ भन्ने सोचका साथ काम गरेको बताउँदै ती सांसदले भने–‘पद अस्थायी चिज हो । अहिले सरकारमा गएर रवाफ देखाएपनि पछि हामी जस्तै अवस्थामा बस्नुपर्ने हुन्छ । त्यसैले सुविधामा रमाउने भन्दा पनि जनताको सेवा गर्नुपर्छ ।’

विशेषगरी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री, भौतिक पूर्वाधार मन्त्री र अरू मन्त्रीहरु प्रदेशभरीका जनताको मन्त्री भएकाले आफ्ना निर्वाचन क्षेत्रको मात्र मन्त्री भन्ने मानसिकता त्याग गरेर काम गर्नका लागि प्रदेशका सांसदहरूको सुझाव रहेको छ । मन्त्री प्रदेशको भन्ने तर, आफ्ना निर्वाचन क्षेत्रमा बजेट हाल्ने र सरकारमा रहेका सांसदहरू पनि जनप्रतिनिधि भएकाले उनीहरूप्रति पनि जनताको अपेक्षा रहन्छ भन्ने कुरा नबुझ्ने परिपाटी रहेको नेपाली कांग्रेसका सांसदले बताए ।

अहिले प्रदेश सरकारका मन्त्रीहरू बजेट बनाउने तरखरमा लागेकाले बजेट आवश्यकताका आधारमा योजना बैक मार्फत बजेट हाल्ने भन्दा पनि बिचौलियाको सेटिङमा बजेट पार्नका लागिपरेको एमालेका एक सांसदले बताए । यता मन्त्रीहरूले भने आफूहरूले प्रदेशका जनताको समग्र हितका निम्ति काम गरिरहेको बताएका छन् ।

प्रकाशित मितिः बुधबार, ०७ जेठ २०८२
https://jawaaf.com/storage/01JVRB2ZVPDK3YY3AX2M5Q5XQE.jpg

नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा प्रस्थान

काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई देश छाडेर क्यानाडा पुगेका छन् । स्रोतका अनुसार उनी २०८१ साल जेठ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फिलिपिन्समार्गी क्यानाडा पुगेका हुन् ।

गत २०८० चैत १ गतेदेखि नेपाल स्काउट शुद्धिकरण अभियानले भट्टराईविरुद्ध विभिन्न आर्थिक तथा नैतिक अनियमितताका आरोप लगाउँदै छानबिनको माग गर्दै आन्दोलन सुरु गरेको थियो । सोही आन्दोलनको अन्त्यमा खेलकुद मन्त्री तेजुलाल चौधरीको रोहबरमा सहमति कायम भएको थियो, जसअनुसार छानबिन समितिको प्रतिवेदन आउन्जेलसम्म उनलाई कामकाजबाट अलग राख्ने निर्णय गरिएको थियो।

तर छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुँदै भट्टराईलाई पुनः कार्यमा फर्काइएको थियो । अहिले उनी कार्यालयमा अनुपस्थित छन् । स्रोतका अनुसार हाल उनी क्यानाडामा छन् ।

भट्टराईमाथि नेपाल स्काउटका आन्तरिक व्यवस्थापनमा वित्तीय अनियमितता, महिला कर्मचारीहरूमाथि यौन दुर्व्यवहार, अनियमित तलबभत्ता लिने, र कार्यक्रमका नाममा व्यक्तिलाई विदेश पठाउने नाममा मानव बेचबिखनस्ता गम्भीर आरोपहरू लागेको जनाइएको छ ।

यिनै आरोपहरूका छानबिनका लागि खेलकुद मन्त्रालयकी उपसचिव रमा भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो । तर छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुँदै भट्टराईलाई कार्यमा पुनः फर्काउने निर्णय गरिएको थियो । स्रोतका अनुसार यो निर्णय तत्कालीन प्रमुख आयुक्त देवराज घिमिरेद्वारा गरिएको हो, जसमा मन्त्री चौधरीको दबाब रहेको आरोप लागिएको छ ।

नेपाल स्काउटका एक कर्मचारीका अनुसार छानबिनको प्रक्रियामा रहेका एकजना उच्च पदस्थ व्यक्ति सजिलै विदेश जान सक्नु राज्यको नियमन क्षमतामाथि गम्भीर प्रश्न हो ।

यसैबिच, शुद्धिकरण अभियान समितिका सदस्यहरूले छानबिन प्रतिवेदन चाँडै सार्वजनिक नभए नयाँ चरणको आन्दोलन घोषणा गर्ने तयारी गरिरहेका छन्। 

प्रकाशित मितिः बुधबार, ०७ जेठ २०८२
https://jawaaf.com/storage/01JVR9W5QPE6AF4F6FZE6S2A7G.jpg

पानीमा डुबेर दूई बालकको मृत्यु

जनकपुर । धनुषाको कमला नगरपालिकास्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । दुबै बालक दाजुभाई भएको जनाइएको छ ।

मृत्यु हुनेमा कमला नगरपालिका वडा नम्बर २ सराबे टोलका रामबाबु साहका ७ वर्षिय छोरा रितिक साह र उनकै भाई श्यामबाबु साहका ५ वर्षिय छोरा रितिश साह रहेका छन् ।

मंगलबार सडकको छेउमा खनिएको खाल्डोमा डुबेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । खाल्डोमा बर्षा भएपछि पानी जमेको थियो । नुहाउनको लागि दाजुभाई जाँदा डुबेर मृत्यू भएको धनुषा प्रहरीको भनाई छ ।

घरबाट बाहिर निस्केका दाजुभाई अबेरसम्म घर नआएपछि खोजिकार्य सुरु भएको थियो । सो क्रममा दुबै बालक मृत अवस्थामा तैरिरहेको भेटिएका थिए ।

प्रकाशित मितिः बुधबार, ०७ जेठ २०८२
https://jawaaf.com/storage/01JVQ3YRY812T6P6H97AYGF69T.jpg

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । 

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको प्रवक्ता एंव सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । 

उनले भने, ‘डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको मध्यबाट नियुक्त गर्ने निर्णय भएको छ । एकदमै लामो प्रतिक्षामा रहेको विषयको आज टुङ्गो भएको छ ।’ 

पौडेल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त भएका हुन् । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो, जसमा पहिलो नम्बरमा पौडेल रहेका थिए भने दोस्रोमा निलम ढुंगाना र तेस्रोमा दिनेश भट्टराई रहेका थिए । 

प्रकाशित मितिः मङ्गलबार, ०६ जेठ २०८२
https://jawaaf.com/storage/01JVPXEA91NZGVBM33QQNNER21.jpg

एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागुऔषध बरामद

रौतहट । पर्सा सशस्त्र प्रहरीले ट्रामोल ५० एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वार्टर पर्साबाट खटिएको गस्ती टोलिले वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित भकुवा नाकाबाट ८१ हजार ४९० ट्याब्लेट बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा टाउकोमा बोकेर नेपालतर्फ आइरहेका दुई जना व्यक्ति गस्ती टोलिलाई देख्नसाथ लागुऔषध छाडेर भागेको पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताए । 

फरार रहेका तस्करहरूको खोजी कार्य जारी रहेको उनको भनाइ छ ।बरामद गरिएको लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । यस घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः मङ्गलबार, ०६ जेठ २०८२
https://jawaaf.com/storage/01JVPVWGY802QQ23TJ3A5RG471.jpg

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा

काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा राखिएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ भइरहेको हो ।

आज रवि पक्षका १० जना वकिलहरूले बहस गरेको वरिष्ठ अधिवक्ता सुशिल पन्तले जानकारी दिए । 

उनका अनुसार पूर्वडिआइजी छविलाल जोशीका वकिलहरूले पनि बहस गरेपछि सरकारी पक्षबाट पनि बहस हुने छ र आदेश आउने छ । 

उनले भने, ‘आज रवि लामिछानेको पक्षमा १० जना वकिलहरूको वहस भएको छ । भोली एक जना वरिष्ठ अधिवक्ताको बहस हुने छ । त्यसपछि छविलाल जोशीको बहस हुन्छ अनि सरकारी पक्षको बहस भएपछि आदेश हुन्छ ।’ 

यो मुद्दा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको थियो । 

प्रकाशित मितिः मङ्गलबार, ०६ जेठ २०८२
https://jawaaf.com/storage/01JVPQWME302ZZQFG9DJN0H2FZ.jpg

'जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य’

पञ्चपुरी । खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य र सङ्कल्प साकार हुँदै गएको बताएका छन् । 

मंगलबार सुर्खेत शिवशक्ती धाम, पञ्चपुरीस्थित पञ्चपुरी नगरपालिका वडा नं. १, २ र ३ मा रहेको सालकोट बृहत खानेपानी आयोजनाको उदघाटन गर्दै मन्त्री यादवले नेपाली जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य रहेको बताए । 

उनले भने, ‘यो आयोजना पूरा भएसँगै स्थानीय बासिन्दालाई स्वच्छ र पर्याप्त पानीको सहज पहुँच हुनेछ, जसले स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमै सकारात्मक प्रभाव पार्नेछ ।’

यसैगरी उनले नेपाली नागरिकका आधारभूत आवश्यकतालाई पुरागर्ने सरकारको उद्देश्य र सङ्कल्प साकार हुँदै गएको भन्दै खानेपानीको समस्याका कारण आजित भएका नागरिकहरुलाई सुरक्षित खानेपानी वितरण सहित उनीहरुका समस्या समाधान हुँदै गएका जानकारी गराए । 

उनले भने, ‘नागरिकका समस्या समाधान गर्न सरकारले खानेपानीका आयोजनालाई प्राथमिकता दिइ काम सम्पन्न गर्दै आएका छन । खानेपानीमा देखिएका समस्या समाधान गर्न म सहितको हाम्रो टोली हिमाल, पहाड, तराइँका जिल्लाका विकट एवं ग्रामिण बस्तिहरुमा धाइरहेको छु ।’

जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने खानेपानीजस्तो सेवा जनताको पहुँचमा पु¥याउनु आफ्नो प्रमुख प्राथमिकता भएको भन्दै योजनाको निर्माण मात्र नभई तिनको प्रभावकारी कार्यान्वयनमा समेत आफू गम्भीरतापूर्वक लागिपरेको स्पष्ट पारे ।

यस्तै, उनले खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामुकमार श्रेष्ठले जलवायु परिवर्तन लगायतका कारणले नागरिकले सुख्खा समयमा पानीको समस्या र वर्षायाममा पानीबाट हुने समस्या भोगिरहेको भन्दै ती समस्या सामाधानको लागि खानेपानी विभागले अग्रसरताका साथ काम गरिरहेको बताए । 

उनले भने, ‘यस पञ्चपुरी सालकोट बृहत खानेपानी योजनाले पञ्चपुरीवासीको आगामी ३० वर्ष सम्मको खानेपानीको समस्या सामाधान गर्नेछ ।  संघीय खानेपानी कार्यलय, प्रदेश कार्यलय, स्थानीय तह सबैको संयुक्त पहलमा यस योजनाको दीगो सञ्चालन हुने मैले विश्वास लिएको छु ।’

सालकोट बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम निउरले सरकारले आयोजनालाई प्राथमिकता दिई समयमा सम्पन्न गराएकोमा धन्यवाद व्यक्त गरेका छन् । 

उनले आगामी दिनमा यस्तो सेवा अन्य वडामा पनि विस्तार गर्न माग पनि गरेका छन् । 

उदघाटन गरिएको सालकोट बृहत खानेपानी आयोजनाबाट पञ्चपुरी नगरपालिका वडानं १, २, ३ का करिब दुई हजार ७७१ घरधुरीका कम्तिमा पनि १५ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका निमित्त प्रमुख मनिषकुमार राजले जानकारी दिए । 

उक्त आयोजनाको स्वीकृत लागत रु २५ करोड ९१ लाख ८५ हजार ६६५ रहेको र ठेक्का स्वीकृत रकम भ्याट सहित कुल रु दश करोड ३० लाख ७३ हजार ०७३ रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतले जनाएको छ ।

आजको उक्त कार्यक्रममा संघीय सांसद हृदयराम थानी, पूर्वसांसद नवराज रावत, कर्णाली प्रदेशका सांसद विन्दमान विष्ट, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव श्री मीना श्रेष्ठ, जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनार, पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारी, पञ्चपुरी नगरपालिकाका उप प्रमुख मुक्तिदेवी रेग्मी पुरी, प्रमुख जिज्ला अधिकारी जगदिश्वर उपाध्याय लगायत स्थानीयवासी एवं जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्गलबार, ०६ जेठ २०८२
https://jawaaf.com/storage/01JVPHCFKV0Q8VVW8B123V54NW.jpg

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष, चिनियाँ सहयोगको प्रशंसा

काठमाडौं । नीति अनुसन्धान संस्थान र राष्ट्रिय अन्तर्राष्ट्रिय रणनीति संस्थान (नेशनलइन्स्टिच्यूट अफ इन्टरनेशनल स्ट्राटेजी)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमको बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

यस्तै, आजबाट नै नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षको अवसरमा ‘साझा भविष्यतर्फ अघि बढ्ने, नेपालचीन रणनीतिक सहकार्य साझेदारीको दृष्टिकोण र सम्भावना सम्बन्धी’ सेमिनार पनि आयोजना गरिएको छ ।

सोही क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजितसेमिनारको उदघाटन सत्रमा उपस्थित हुन पाउँदा खुशी लागेको बताए । 

उनले भने, ‘नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘साझा भविष्यतर्फ अघि बढ्ने, नेपालचीन रणनीतिक सहकार्य साझेदारीको दृष्टिकोण र सम्भावना सम्बन्धी’ सेमिनारको उदघाटन सत्रमा उपस्थित हुन पाउँदा खुशी लागेको छ। सुरुमा, नेपालको नीति अनुसन्धान संस्थान र चिनियाँहरू मध्ये एक राष्ट्रिय अन्तर्राष्ट्रिय रणनीति संस्थानलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’

यस्तै, उनले चीनले नेपाललाई पूर्वाधार, स्वास्थ्य, शिक्षाको क्षेत्रमा सहयोग गरेको भन्दै नेपाल र चीनबीच एकदमै लामो आर्थिक सहकार्यको इतिहास पनि रहेको बताए । 

उनले भने, ‘नेपाल–चीनका सम्बन्ध एकदमै राम्रो हुदैँ आएको छ । चीन विश्वासिलो विकास साझेदार हो । हामी पूर्वाधार, स्वास्थ्य, शिक्षाको क्षेत्रमा चिनले गरेको सहयोगप्रति आभार व्यक्त गर्न चाहान्छौ । नेपाल र चीनबीच एकदमै लामोआर्थिक सहकार्यको इतिहास छ । यस्तै चीनबाट आउने पर्यटकहरुले पनि नेपाल–चीनबीचको सम्बन्धलाई राम्रो बनाउदैँ गएको छ ।’

नीति अनुसन्धान प्रतिष्ठानकाकार्यकारी अध्यक्षप्रा.डा.लेखनाथ शर्मालेसेमिनारले दुई देशबीच थप औपचारिक सहकार्यको जग बसालेको भन्दै यसले पारस्परिक हितका क्षेत्रहरूमा संयुक्त अनुसन्धान, प्रकाशन, संवाद, पठन र नीतिगत संक्षिप्त विवरणहरूको तयारीको लागि मार्ग तयार गरेको बताए । 

प्रकाशित मितिः मङ्गलबार, ०६ जेठ २०८२
https://jawaaf.com/storage/01JVPBNX1MDVANHX7FQ5B9ZP2C.jpg

सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड

रूकुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले रूकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया गरेको छ ।

चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी जनयुद्धपीडितहरूले आफूहरूले भोगिरहेका समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा आफ्नो धारणा राखेका छन् । 

घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनुपर्ने माग गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले पनि जनताको पीडा बुझ्ने, संवाद गर्ने र पार्टीभित्रको समीक्षा गर्दै नयाँ रूपमै जनतामा जान अभियान सञ्चालन गरिएको बताए । 

उनले पार्टीले विगतमा सहिद र घाइते परिवारका पक्षमा विभिन्न कामहरू गरेको जानकारी दिंदै सहिद घोषणामा केन्द्रबाट तल तलको आकडा मागिएको भएपनि विवरण पठाउँदा केही त्रुटिका कारण सबैलाई समेट्न नसकेको बताए । 

अध्यक्ष प्रचण्डले (सत्य निरूपण तथा मेलमिलाप आयोग) सम्बन्धी विधेयकमा भएको ढिलाइप्रति दुःख व्यक्त गर्दै हाल बनेको समितिले अब कार्यविधिअनुसार काम गर्नुपर्ने बताए । 

बेपत्ता व्यक्तिहरूलाई पनि सहिदसरह मान्नुपर्ने र तिनको सम्मानसाथ क्षतिपूर्ति राज्यले दिनुपर्ने पनि उनको भनाइ छ । 

उनले भने, ‘हामी क्रान्ति पूरा गरेर होइन, सम्झौताबाट आएको अवस्था हो । अहिलेको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न सबैको साथ आवश्यक छ । म समाजवादी क्रान्तिको यात्रामा कमि कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाउँछु ।’

अभियान टोलीले मुलुकका विभिन्न ठाउँमा पुगेर जनयुद्धका पीडितहरूसँग प्रत्यक्ष संवाद गर्ने, पार्टीको कमजोरीहरूको समीक्षा गर्ने र जनतामा विश्वास पुनःस्थापना गर्ने उद्देश्य रहेको जानकारी गराए ।

प्रकाशित मितिः मङ्गलबार, ०६ जेठ २०८२