महिला संघ (समाजवादी)को राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा
काठमाडौं । अखिल नेपाल महिला संघ समाजवादीको सातौ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले सातांै राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । सम्मेलन यहि जेठ ३ र ४ गतेसम्म चल्नेछ ।
‘समाजवाद निर्माणको आधार तयार गरौं, राज्यको सम्पूर्ण क्षेत्रमा समानुतिक सहभागिता सुनिश्चित गरौं’ भन्ने मुलनाराका साथ उक्त सम्मेलनको सम्पन्न हुन लागेको हो ।
उक्त सम्मेलनमा देशभरबाट ५९८ जना प्रतिनिधिहरूको सहभागिता रहनेछ । सम्मेलनको उदघाटन नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले गर्नेछन् ।
त्यस्तै, सम्मेलनलाई पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भूसाल लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।
साथै, सम्मेलनको उदघाटन सत्रमा नेपाली कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र महिला आन्दोलनका अग्रणी व्यत्तित्वहरूलाई सम्मान पनि गरिने छ ।
चिया टिप्न र वृद्धवृद्धाको हेरचाहमा रोबोटको प्रयोग
एजेन्सी । चीनमा रोबोटको प्रयोग विस्तार हुँदै गएको छ । वृद्धवृद्धाको हेरचाहदेखि कृषि कर्मका लागि रोबोटहरुको प्रयोग गराउन थालिएको छ ।
पूर्वी चीनको हाङझाउ शहरमा चिया बगानमा रोबोटहरू प्रयोग भइरहेका छन् । जसले चियाको पात टिप्ने काम गरिरहेका छन् ।
त्यस्तै वृद्ध हेरचाह गर्न र मानिसहरुलाई ओछ्यानबाट उठाउन पनि रोबोटको प्रयोग भइरहेका छन् । हेबेई प्रविधि विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले विकास गरेको रोबोटले आफ्नो हात फैलाएर कसैलाई ओछ्यानबाट सुरक्षित रूपमा उठाउन सक्छ।
हेबेई युनिभर्सिटी अफ टेक्नोलोजीका सह–प्राध्यापक मेकानिकल इन्जिनियरिङ लिउ जिक्सियाओका अनुसार रोबोटहरु मानिसजस्तै झुक्न र घुम्न सक्ने भएका छन् । ‘दुई पाखुराहरूले कुल ९० किलोग्राम भार बोक्न सक्छन्। रोबोटको प्रत्येक जोर्नीले मानिस जस्तै झुक्न र घुम्न सक्छ ।’
हालैको एक उद्योग प्रतिवेदन अनुसार, चीनको ह्युमनोइड रोबोट क्षेत्रको मूल्य वर्षको अन्त्यसम्ममा १.१४ अर्ब अमेरिकी डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ, जुन विश्वव्यापी बजार हिस्साको आधा हिस्सा हो । (सीसीटीभीप्लस)
समाजवादी विद्यार्थी युनियन सुनसरीको भित्तेपात्रो विमोचन
धरान । समाजवादी विद्यार्थी युनियन सुनसरी जिल्ला समितिद्धारा प्रकाशित भित्तेपात्रो विमोचन गरेको छ । सोमवार धरान ३ स्थित जनता समाजवादी पार्टी धरान नगर पार्टी कार्यालयमा युनियनको आफ्नो भित्तेपात्रो विमोचन साथै सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
गत चैत्र ५ मा सम्पन्न स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थी युनियनको तर्फबाट निर्वाचित सदस्यहरूलाइ सम्मान गरिएको युनियनका अध्यक्ष दिपेश राईले बताए ।
केन्द्रीय प्रविधि क्याम्पस धरानको स्ववियु सहसचिवमा निर्वाचित मुईङहाङ्ग लावती, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सदस्य सुदिपहाङ्ग राई,सप्तकोसी बहुमुखी क्याम्पस बराहक्षेत्र सदस्य अतित निरौला लाई सम्मान तथा बधाई दिइएको उनले जानकारी गराए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि युनियनका केन्द्रीय अध्यक्ष प्रकाश चाम्लिङ राईले सम्मान पत्र प्रदान गर्दै बधाई शुभकामना दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयतामा आधारित शिक्षा प्रणाली हुनुपर्ने बताएका छन । भूगोल,समुदाय सुहाउँदो शिपयुत्त शिक्षा अबको आवश्यकता बताउँदै त्यो समाजवादी विद्यार्थी युनियन मार्फत मात्र सम्भव हुन सक्ने उनले दाबी गरे ।
अध्यक्ष राई सहित समाजवादी विद्यार्थी युनियन केन्द्रीय सचिव पनन चाम्लिङ राई, प्रदेश न १ अध्यक्ष चन्द्र किराँती,उपाध्यक्ष मदन हाङ्खिम,मुख्य सचिव युवराज राई अलौकिक, जसपा सुनसरी जिल्ला सहसचिव सुमन राई,जसपा बराहक्षेत्र नगर अध्यक्ष जिवन राईले संयुक्त सवियु सुनसरीको भित्तेपात्रो विमोचन गरेका थिए ।
सगरमाथा जाने बाटोमै पर्ने शिवालय बजार सुनसान, होटलहरू रित्तै
रामेछाप । कुनैबेला विदेशी पर्यटकले भरिभराउ हुने रामेछापको शिवालय बजार अहिले सुनसान भएको छ ।
दोलखाको जिरीबाट रामेछापको शिवालय, बाम्तीभण्डार हुँदै सोलु जाने पर्यटकहरू सो रुटबाट हिँड्न छाडेपछि अहिले शिवालय बजार सुनसान भएको छ ।
सोलुको सदरमुकाम सल्लेरीसम्म सडक नपुग्दा यो रुट विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म पुग्ने प्रमुख पैदल मार्ग थियो । दोलखाको जिरीसम्म बसमा आएका पर्यटक यही बाटो हुँदै सोलु जाने गर्दथे ।
सल्लेरी सडक पुगेपछि धेरै पर्यटकहरू अहिले काठमाडौँबाट गाडी सोझै सल्लेरी जान गर्दछन् । रामेछापको मन्थली विमानस्थलबाट हवाई मार्ग प्रयोग गरेर जाने पर्यटकहरूको सङ्ख्या पनि निक्कै रहेको छ ।
विदेशी पर्यटकहरूलाई लक्षित गरी शिवालय बजारमा बनाइएका होटेलहरू अहिले खाली छन्, बजार सुनसान छ । फाट्टफुट्ट पैदल हिँड्न चाहने पर्यटकहरू सो रुट भएर हिँड्ने बाहेक विदेशी पर्यटकको सङ्ख्या अति न्यून रहेको गोकुलगंगा गाउँपालिकाकी पूर्वउपाध्यक्ष समेत रहेकी होटेल व्यवसायी राधिका श्रेष्ठ बताउँछिन् ।
कुनै समय विदेशी पर्यटकले बाटो नपाइने शिवालय बजारमा अहिले विदेशी पर्यटक देख्नु पनि नयाँ जस्तो हुन लागेको छ । ‘पहिला बाटो पाई नसक्नुहुन्थ्यो, होटलमा बस्ने ठाउँ नपुगेर कतिपय पर्यटकहरू बाहिर टेण्ट टाँगेर बस्थे, अहिले सबै होटल खाली छन्, होटल नचलेपछि कतिपयले त छाडिसके’, स्थानीय ललिता श्रेष्ठले भनिन् ।
एकै सिजनमा सयौँ विदेशी पर्यटकहरूले यात्रा गर्ने शिवालय क्षेत्रमा अहिले वर्षभरिमा मुस्किलले एक हजार पर्यटक पनि नआई पुग्ने राधिकाले बताइन् । पर्यटकलाई आकर्षण गर्न कसरी नयाँ खालका प्याकेजहरू दिन सकिन्छ भन्ने विषयको स्थानीय व्यवसायीहरू खोजीमा लागेका छन् ।
सो रुट भएर सोलु जाने पर्यटकसँग गौरीशङ्कर संरक्षण क्षेत्रले अनावश्यक शुल्क उठाएको कारण पनि पर्यटकको सङ्ख्या घटेको स्थानीयको गुनासो छ । शिवालयबाट अघि बढ्ने पर्यटकले संरक्षण क्षेत्रको कार्यालयमा शुल्क नतिरी प्रवेश नपाउने भएकोले पनि उनीहरू सोझै सोलु जान लागेका छन् ।
प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने छ ।
यसैगरी आजकै बैठकमा अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।
आर्थिक वर्ष २०८२ र ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ ।
लागूऔषध सहित हेटौँडाबाट २ जना पक्राउ
हेटौँडा । लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले बुधबार २ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो ३ बजेको समयमा प्रहरी टोलीले हेटौँडा–१५, रातोमाटेमा सुरक्षाजाँच गर्ने क्रममा पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–५ का २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभरलाई लागूऔषध खैरो हेरोइन १८ ग्राम १५० मिलिग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार करण र उपेन्द्रलाई शंका लागी सुरक्षाजाँच गर्दा करण रायले बोकेको झोलामा मोवाइल चार्जरभित्र लुकाएर ल्याएको अवस्थामा लागूऔषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई उनीहरुलाई हिरासतमै राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यी तीन प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशका पहाडी भू—भागमा आंशिक देखी साधारणतया बदली र बाँकी भू—भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू—भागका एक—दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च—पहाडी तथा हिमाली भू—भागका एक—दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आपूर्ति बन्द हुँदा गाजापट्टीमा मानवीय संकट, भोकमरीको खतरा
एजेन्सी । इजरायलको महिनौं लामो नाकाबन्दीका कारण गाजापट्टीमा मानवीय संकट बढ्दै गएको छ । धेरै परिवारहरू दैनिक भोकमरीको सामना गरिरहेका छन् ।
हमाससँग जनवरीमा भएको युद्धविराम सम्झौताको पहिलो चरणको अन्त्यपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेशमा रोक लगाएको थियो। मार्च १८ मा उसले गाजामा पुनः आक्रमण सुरु गरेको थियो।
खाना, आपूर्ति र राहतको कुनै सम्भावना नहुँदा गाजाका बासिन्दाहरू बाँच्नको लागि अथक संघर्ष गरिरहेका छन्।
‘४०० ग्रामको पीठोको झोला–यसले के गर्न सक्छ रु यसले आठ वा नौ टुक्रा रोटी बनाउँछ । दिनको एक छाक मात्र। हामी भोक नलागी सुत्न सकौं भनेर मात्र बेलुकाको खाना खान्छौं, ताकि बच्चाहरू निदाउन सकून्,’विस्थापित गाजाका अशरफ अलसुवैरले भने।
उत्तरी गाजाको बेत लाहियाबाट विस्थापित भएका तहरीर अबु जबलले अलसुवैरको चिन्ताप्रति सहमति जनाउँदै भनिन्–आपूर्तिको अभावले जीवन अत्यन्तै कठिन बनाएको छ । विशेष गरी ठूला परिवारहरूको लागि ।’
‘मेरो परिवारका सात सदस्य छन्। बाह्र वा तेह्र जना भएकाहरूलाई के हुन्छ रु तिनीहरूले कसरी खुवाउने रु त्यहाँ कुनै आपूर्ति छैन, र केही पनि देशमा प्रवेश गरिरहेको छैन,’उनले भनिन् ।
अप्रिलको अन्त्यमा जारी गरिएको एक विज्ञप्तिमा, ‘विश्व खाद्य कार्यक्रमले सीमा नाकाहरू निरन्तर बन्द हुँदा गाजामा खाद्यान्न आपूर्ति सकिएको बताएको छ। नयाँ सहायता ल्याउने कुनै उपाय नभएको कारणले गर्दा यस क्षेत्रमा भोकमरी संकट अझ बढ्ने अपेक्षा गरिएको छ ।
‘गाजामा अनिकाल बढ्दै गइरहेको छ, किनकि दर्जनौं सामुदायिक भान्साहरू, जसले पहिले प्रति दिन ५,००,००० खाना प्रदान गर्थे, ति बन्द गर्ने घोषणा गरेका छन् । किनकि तिनीहरू अब आपूर्तिको अभावका कारण जारी राख्न सक्दैनन्’, गाजामा प्यालेस्टिनी गैरसरकारी संस्था नेटवर्कका निर्देशक अमजद अल शावाले भने।
अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणपछि गाजामा इजरायलको सैन्य अभियान सुरु भएको थियो । जसमा हालसम्म ५२,९२८ प्यालेस्टिनीहरूको मृत्यु भएको गाजा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । ९सीसीटीभीप्लस०
अप्रिलको अन्त्यमा जारी गरिएको एक विज्ञप्तिमा, ‘विश्व खाद्य कार्यक्रमले सीमा नाकाहरू निरन्तर बन्द हुँदा गाजामा खाद्यान्न आपूर्ति सकिएको बताएको छ। नयाँ सहायता ल्याउने कुनै उपाय नभएको कारणले गर्दा यस क्षेत्रमा भोकमरी संकट अझ बढ्ने अपेक्षा गरिएको छ।
‘गाजामा अनिकाल बढ्दै गइरहेको छ, किनकि दर्जनौं सामुदायिक भान्साहरू, जसले पहिले प्रति दिन ५,००,००० खाना प्रदान गर्थे, ति बन्द गर्ने घोषणा गरेका छन् । किनकि तिनीहरू अब आपूर्तिको अभावका कारण जारी राख्न सक्दैनन्’, गाजामा प्यालेस्टिनी गैरसरकारी संस्था नेटवर्कका निर्देशक अमजद अल शावाले भने।
अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणपछि गाजामा इजरायलको सैन्य अभियान सुरु भएको थियो । जसमा हालसम्म ५२,९२८ प्यालेस्टिनीहरूको मृत्यु भएको गाजा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । (सीसीटीभीप्लस)
‘साकेला जाउँ’मा राजेश पायल र मेलिना राई
काठमाडौँ । गायक राजेश पायल राई र मेलिना राईको स्वर रहेको ‘साकेला जाउँ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । किरात समूदायको पीतापूर्खाको सम्झना गर्ने, उनीहरुबाट आशिर्वाद लिने र किरात समूदायमा जन्मदेखि मृत्यूसम्म गरिने कर्म वा संस्कार झल्कने खालको गीतमा दक्षिण राईले संगीत भरेका छन् भने गीतको एरेन्जरका रुपमा सागर संसार राई रहेका छन् ।
सङ्खुवासभाली किराँत युवाहरुको अगुवाइमा उँभौली पर्वको अवसर पारेर सार्वजनिक गीतको भिडियो छायाँकन गंगाराम राईले गरेका छन् । भिडियो निर्मातामा युवराज राई र सरस्वती राई रहेका छन् ।
भिडियो सम्पादन जोन राईले गरेका छन् । गीतको भिडियोमा जोन राई र मनिसा राईको अभिनय देख्न सकिन्छ । किरात समुदायभित्र विभिन्न भाषिक समुदायहरु रहेको र हाल २८ भन्दा बढी भाषिक समुदायहरु रहेको ‘साकेला जाउँ’ गीतका रचनाकार युवराज राईले वताए ।
कीर्ते गरी नक्कली कागजात बनाउने पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी काजी कुमार आचार्यलेकीर्ते गरी नक्कली कागजात बनाउने प्रतिवादी पक्राउ गरेको बताएका छन् ।
बिहीबार काठमाडांैमा पत्रकार सम्मेलन गर्दै उनले जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ७ फुटुङ् स्थितमा विभिन्नं सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली बनाउने गरेको आरोपमा तीन जना प्रतिवादी पक्राउ गरेको बताएका हुन् ।
पक्राउपर्ने मध्येगोरखा भिमसेनथापा गाउँपालिका वडा नं. १ मसेल घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. २ देवीचोक बस्ने बर्ष ४६ को अन्जनी बयलकोटीसहित तीन जनालाई जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ७ फुटुङ्बाट पक्राउ गरिएको हो । अधिकारी आचार्यले विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजात तथा उक्त कार्यसंग सम्बन्धित सामाग्रीसहित पक्राउ गरी थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको बताए ।



