सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JQXSPWPPFGPHB1WXGJ03PG77.avif

जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्र संचालन गर्न तत्काल १० करोड चाहिने

काममाडौं । वन तथा वातावराणमन्त्री ऐन बहादुर शाहीले चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरेका छन् । 

बिहीबार अवलोकनपछि सञ्चाकर्मीहरुसँगको कुराकानीमा उनले आगलागीपछि निरन्तर रुपमा त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अत्यन्तै जटिल रहेको बताए । त्यस्तै उनले प्रारम्भिक क्षति मुल्याङकनमा करिब २८ करोडको हाराहारीमा क्षतिको बिवरण आएको र भोलि घटबढ हुनसक्ने पनि जानकारी दिए । 

उनले भने,‘घटनापछि निरन्तर रुपमा कम्पनीको व्यवस्थापन र कर्मचारीहरुको परिस्थिति अत्यन्तै जटिल छ । हामीले त्यो बुझिरहेका छौं । अब यसलाई छिटो भन्दा छिटो सञ्चालन गर्न, प्रारम्भिक क्षति मुल्याङकन गर्न सम्बन्धित प्राविधिकहरु,  विज्ञहरु राखेर प्रारम्भिक मूल्याङकन गरेको छ । करिब २८ करोडको हाराहारीमा क्षति भएको र यसमा घटबढ हुनसक्छ ।’

त्यस्तै उनले केन्द्रलाई तत्काल सञ्चालन गर्नको लागि १० करोड जतिको रकम आवश्यकता देखिएको भन्दै सञ्चालनको लागि मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको पनि बताए । 

‘तत्काल सञ्चालन गर्नको लागि १० करोड जतिको रकम भयो भने अस्थायी रुपमा सञ्चालन गर्न सक्छौं भन्ने कुरा आएको छ । त्यो सबै मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको छ । प्रकृयागत रुपमा अगाडि बढ्दै छौं ।’

उनले केही दिनभित्र चाँडै सबै प्रकृया पूरा गरेर केन्द्र सञ्चालन गर्ने पनि जानकारी गराए ।

प्रकाशित मितिः बिहिबार, २१ चैत २०८१
https://jawaaf.com/storage/01JQXNZ8PQPNXSF0GJ71C4WG5T.avif

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबिच भेटवार्ता

बैङकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरासुरियाबिच आज भेटवार्ता भएको छ ।

थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरू सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त थिए । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थियो ।

प्रकाशित मितिः बिहिबार, २१ चैत २०८१
https://jawaaf.com/storage/01JQXMFD67EX1PBAVSKE62QCH7.avif

काठमाडौं महानगर भित्रको विवाद सतहमा, गुरागाईँ हाजिर गर्न जाँदा घम्साघम्सी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र कर्मचारीहरू बिचको विवाद सतहमा देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बिहीबार कार्यालय प्रवेशका क्रममा देखिएको दृश्यले यसलाई पुष्टि गरेको छ ।

तीन महिना १४ दिनपछि कार्यालय फर्केका गुरागाईलाई मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्न खोजेपनि उपमेयर सुनिता डंगोल, कर्मचारी र वडाध्यक्षहरूको सहायतामा हाजिरी गराइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामा हाजिर गर्ने वातावरण बनाइदिन पत्र पठाएको ट्याक्कै एक महिनापछि विहीबार उनी महानगरपालिका पुगेका हुन् ।

गुरागाईं कार्यालय पुग्दा मेयर साहले गुरागाईंलाई रोक्नको लागि नगरप्रहरी परिचालन गरेका थिए भने उनको कार्यकक्ष ताल्चा पनि लगाइ दिएका थिए ।


सोही क्रममा कर्मचारी र नगरप्रहरीबीच नै मुठभेड पनि भएको थियो । उपप्रमुख डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारीले उनलाई स्वागत गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा प्रवेश गर्नखोज्दा केहीबेर ठेलमठेल भएको थियो । कार्यकक्षमा लगाइएको ताला फुटाउन खोज्दा नगर प्रहरीले अवरोध गरेका थिए ।

वडाध्यक्ष र प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई नगरप्रहरीलाई रोकेपछि बोर्ड बैठक हलमा उपप्रमुख डंगोल, वडाध्यक्षहरू सहित कर्मचारी बैठक बसेका थिए ।  अनौपचारिक बैठकमा डंगोलले मेयर साहको आलोचना गरेकी थिइन् ।

उनले हरेक घटनाक्रममा आफूहरू जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह समेत गरिन् ।

डंगोल, वडाध्यक्ष, वडा सदस्य र कर्मचारीको साथ पाएपछि गुरागाई हाजिर गरेर मन्त्रालय आएका थिए ।

मेयर बालेनले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरूको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट बनेका थिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि तलबभत्ता लिन नपाएको गुनासो गरेका छन् ।


प्रकाशित मितिः बिहिबार, २१ चैत २०८१
https://jawaaf.com/storage/01JQXBA3CF60ZSBWMA3JWR7R3G.avif

राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा, तीनकुने घट्नाबारे छानविन आयोग गठन गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरुले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर पाँच बुदे मागसहित ध्यानाकर्षण पत्र बुझाउँदै गृहमन्त्री राजीनामा समेत माग गरेका हुन् ।

राप्रपाले तीनकुने घटनासँग सम्बन्धित रहेर ध्यानाकर्षण पत्र बुझाएको हो । साथै राप्रपाले नेता रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई राज्यविरुद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्ने प्रश्न पनि गरेको छ । त्यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

त्यस्तै राप्रपाले सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन गर्न पनि माग गरेको छ छ ।

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि तीनकुनेमा प्रदर्शन भएको थियो। त्यसक्रममा तोडफोड, आगजनी, लुटपाट भएको थियो भने दुई जनाको मृत्यु भएको थियो ।

ध्यानाकर्षणपत्र बुझाएपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले चैत्र १५ गतेको हिंसात्मक घटनालाई राज्यले एकपक्षीय रुपमा प्रचार गर्ने र राज्यको ज्यादतीलाई ढाकछोप गर्ने क्रियाकलाप बढाएको आरोप लगाए ।

‘सरकारको तर्फबाट मञ्चमा प्रहार गरिएको अश्रुग्यास पनि फेक हो भनेर प्रचार गरियो । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । घटनालाई हिंसात्मक बनाउन सरकार स्वयम् लागि परेको छ । राष्ट्रिय गान बजाउँदै गर्दा अन्धाधुन्धदा अश्रुग्यास किन प्रहार गर्नुपरहेको थियो ?’उनको प्रश्न थियो ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः बिहिबार, २१ चैत २०८१
https://jawaaf.com/storage/01JQX6EEQZ02MP57E6Q3Q3KQ4M.jpg

झापा र सुनसरीमा ब्राउन सुगरसहित १२ जना पक्राउ

विराटनगर । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । चैत्र २० गते दिउँसो सुनसरीको कोशी गाउँपालिका–१ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी उप–महानगरपालिका–१६ का ३४ बर्षीय  मनोज कुमार चौधरीलाई २७ ग्राम २७ मिलिग्राम र इटहरी–६ का २३ बर्षीय  सनम तामाङलाई २६ ग्राम, ईटहरी–२ का २७ बर्षीय निरज लिम्बु, २२ बर्षीय  सन्दिप मगरलाई ३ ग्राम ५६ मिलिग्राम, सुनसरी रामधुनी–९ का १६ बर्षीय आदित्या चौधरीलाई २ ग्राम १ मिलिग्राम, रामधुनीका २६ बर्षीय मनिष चौधरीलाई २ ग्राम ५६ मिलिग्राम, धरान–१७ का २८ बर्षीय बेगराज लिम्बु र ३४ बर्षीय सागर राईलाई ३ ग्राम १३ मिलिग्राम, रानधुनी–५ का २६ बर्षीय बिज्ञान साहलाई ३५ ग्राम ८८ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

त्यस्तै सुनसरी हरिनगर–१ स्थितमा प्रहरी चैकी भुटाहाबाट खटिएको प्रहरी टोलीले सोही स्थनाका २० बर्षीय प्रकाश कुमार दास र २२ बर्षीय रितेश कुमार मण्डललाई प्रतिबन्धित लागू औषधी नाईट्राजेपाम–१२० ट्याब्लेटसहित पक्राउ गरेको छ । 

त्यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का ३२ बर्षीय बिकी साहलाई ३४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मितिः बिहिबार, २१ चैत २०८१
https://jawaaf.com/storage/01JQWWSKZDC7G64750JWYAYN9V.jpg

होटल संचालकलाई धम्की दिएको आरोपमा युवक पक्राउ

रौतहट । सर्लाही प्रहरीले होटल संचालकलाई धाकधम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

आफूलाई नेपाल प्रहरीको व्यूरोको इन्सपेक्टर हुँ भनेर होटल संचालकलाई धाकधम्की दिएको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको हो । 

प्रहरी टोलीले हरिवन नगरपालिका वडा नम्वर ६ का २९ बर्षीय अनुक्रम खरेललाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए । 

उनका अनुसार मलंगवा नगरपालिका वडा न.१० स्थितमा रहेको साहारा गेष्ट हाउसका संचालकलाई धाकधम्की दिएको आरोपमा पक्राउ गरिएको हो । होटल संचालकलाई धाकधम्की दिएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनको भनाइ छ  । 

जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जारी गरेको प्रेस नोटमा पक्राउ परेका खरेल नेपाल प्रहरीको इन्सपेक्टर नभएको र उनको शरिर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध स्मास्मो ३ पत्ता २४ वटा ट्याबलेट फेला परेको उल्लेख गरेको छ । पक्राउ परेका खरेललाई प्रहरी हिरासतमा राखेर अवश्यक अनुसन्धान भईरहेको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, २१ चैत २०८१
https://jawaaf.com/storage/01JQVMC3QJMXQTVQ1E5X603JSJ.jpg

मकवानपुरमा अवैध गाई गोरु तस्करीको घटना बढ्दो क्रममा

हेटौँडा । मकवानपुर जिल्लामा अवैध गाई गोरु तस्करीको घटना फेरि दोहोरिएको छ। 

सशस्त्र प्रहरी बल नेपाल र पशु सेवा कार्यालय मकवानपुरको संयुक्त टोलीले गाई तस्करीको गिरोह सक्रिय रहेको पत्ता लगाउँदै, १५ वटा गाई सहित मिनी ट्रक र तीन जनालाई नियन्त्रणमा लिएको छ ।

चैत्र २० गते राति करिब ३ बजे हेटौँडा–१५ स्थित पूर्व–पश्चिम लोकमार्गको चेकपोइन्टमा शंका लागेपछि प्र.२–०३–०१ ख ३७४९ नम्बरको मिनी ट्रक रोकी जाँच गरिएको थियो। ट्रकमा कोचाकोच पारेर राखिएका गाईहरू फेला परेपछि सुरक्षाकर्मीहरूले थप सोधपुछ गरे। 

जाँचको क्रममा ट्रकमा साथमा रहेको भेटेरिनरी प्रमाणपत्र नेपाल पशु चिकित्सा परिषद्ले पहिल्यै निलम्बन गरिसकेको डाक्टरद्वारा जारी गरिएको खुल्यो। पशु सेवा कार्यालय प्रमुख बज्र किशोर ठाकुरले निलम्बित डाक्टरले जारी गरेको प्रमाणपत्र स्वतः अवैध हुने बताएका छन्।

पक्राउ परेका व्यक्तिहरूले गाईहरू कृषि प्रयोजनका लागि नवलपरासीको गैडाकोट नगरपालिकाबाट महोत्तरी जिल्लाको गौशाला लैजान लागिएको बताए। तर, प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि ट्रक, गाई, र संलग्न तीनजनालाई नियन्त्रणमा लिएको प्रमुख ठाकुरले बताए ।

जाँचका क्रममा ट्रकमा लोड क्षमताभन्दा धेरै गाई राखिएको पाइएको छ। पशु ढुवान मापदण्ड २०६४ अनुसार, मिनी ट्रकमा बढीमा ९ वटा मात्र गाई राख्न मिल्ने भए पनि सो ट्रकमा १५ वटा गाई कोचिएको पशु सेवा कार्यालय प्रमुख ठाकुरले बताए। 

ट्रकमा केही गाई घाइते अवस्थामा पनि भेटिएका छन्, जसले पशु क्रूरता निवारण ऐनको उलंघन भएको उनले जानकारी दिए । प्रमुख ठाकुरका अनुसार, गाईहरूको अमानवीय ढुवानी गरिएकाले संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाहीका लागि प्रहरीसमक्ष पठाइएको छ ।

नेपालको संविधान २०७२ को धारा २६(३) अनुसार, गाई हत्या कानूनी रूपमा प्रतिबन्धित छ। साथै, पशु सेवा ऐन २०५२ अनुसार गाई गोरु तस्करीमा संलग्न व्यक्तिलाई १ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । त्यस्तै, ठगी ऐन २०३२ अनुसार नक्कली प्रमाणपत्र प्रयोग गरी ठगी गर्नेहरूमाथि थप कारबाही हुन सक्छ । पशु ढुवान मापदण्ड उल्लंघन गरेको कारण ट्रक मालिकलाई ५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उनले जानकारी दिए ।

पछिल्लो समय मकवानपुरमा गाई तस्करीका घटनाहरू बढ्दै गएका छन् ।

प्रकाशित मितिः बुधबार, २० चैत २०८१
https://jawaaf.com/storage/01JQV8QR1E0VP9MJ60E1ZJXSZC.avif

‘चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली प्रहार’

काठमाडौं । नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको जानकारी गराएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले २० जनामाथि गोली चलेको र गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको जानकारी दिएका हुन् ।

उनले भने, ‘प्रहरीबाट आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको छ । गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन् । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत छन् ।’

त्यस्तै प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको भनेर गलत आरोप लागेको पनि उनले प्रष्ट पारेका छन् । सामाजिक सञ्जालमा आएको उक्त भिडियो फेक भएको उनको दाबी छ ।

उनले भने, ‘कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन । कार्यक्रम सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने होइन । त्यो डिप फेक भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ? एउटा पनि भिडियो जहाँ कार्यक्रम सुरु भइसकेको अवस्था देखिन्छ । राष्ट्रिय गान बजेको भनिएको छ त्यस्तो केही पनि होइन । झडप हुने क्रममा, टियर ग्यास हान्ने क्रममा त्यहाँ पनि पुगेको हो । एउटा टियर ग्यास एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ । प्रहरी कम्फर्टेबल स्थितिमा थिएन । हतारोमा कहिलेकाँही एंगल मिल्दैन ।’

प्रवक्ता आचार्यले ठूलो क्षति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर २ ः५४ मा पहिलो पटक प्रहरीद्वारा गोली प्रहार गरिएको जानकारी गराए ।  त्यस्तै, उनले जम्मा ५८ राउन्ड गोली प्रहार, टियर ग्यास ७४६ राउन्ड, ब्ल्यांक फायर १९२ पटक भएको र दुईवटा गोली पेस्तोलबाट प्रहार भएको पनि जानकारी दिए ।

प्रदर्शनकारीको आक्रमणमा परी ५५ नेपाल प्रहरी २३ सशस्त्र प्रहरी घाइते भएको र प्रहरीको बल प्रयोगबाट प्रदर्शनकारी ५३ जना घाइते भएको आचार्यले बताए ।

यस्तै, भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा रेविका खत्रि र उनका दाजुमाथि झुक्किएर गोली लागेको पनि स्पष्टीकरण उनले बताएका छन् ।

प्रकाशित मितिः बुधबार, २० चैत २०८१
https://jawaaf.com/storage/01JQV7FWP71T0ZC11W1C0KQDVF.avif

रहस्यमय अवस्थामा शव फेला

हेटौँडा । हेटौँडा–१६, हटियाका ३८ वर्षीय मिलन दंगाल बागमती गाउँपालिका–८, देउतीभञ्ज्याङमा रहस्यमय अवस्थामा शव फेला परेका छन् । बुधवार बिहान हेटौँडा–सिन्धुली सडकखण्ड अन्तर्गत देउतीभञ्ज्याङस्थित सडक छेउको नालीमा उनको शव भेटिएको हो।

स्थानीयका अनुसार मृतकको शरीरमा चोट लागेको देखिन्छ र शव फेला परेको स्थान नजिकै रगत लतपतिएको अवस्थामा थियो। घटनाबारे खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार  प्रारम्भिक अनुसन्धानका क्रममा मृतक दंगालसँगै रहेका दुई जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। स्थानीयले मंगलबार राति सोही क्षेत्रको एक होटलमा झगडा भएको जानकारी गराएका छन्।

हाल घटनाको कारणबारे स्पष्ट नखुलाएको भए पनि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइसकेको छ। शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाले दोषी ठहरिएमा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रवक्ता अर्यालले बताएका छन्।

प्रकाशित मितिः बुधबार, २० चैत २०८१
https://jawaaf.com/storage/01JQTW62M65972MZQW9W6MTDBG.avif

नेपाल र थाइल्याण्डबिच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबिच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ । मंगलबार थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएका हुन् ।

नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका हुन् । 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ । महासङ्घ र थाईल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो । दुवै देशका प्रधानमन्त्रीहरूको उपस्थितिमा आज बैङ्ककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङगुबोल्कुलले हस्ताक्षर गरे । 

यस समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ । साथै दुई देशबिचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । त्यस्तै नेपाल उद्योग परिसङ्घ र थाइ उद्योग महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्डको पर्यटन परिषद्बिच हस्ताक्षर भएको छ । काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबिच पनि सम्झौता भएको छ ।

प्रकाशित मितिः बुधबार, २० चैत २०८१