सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JQTV5S55803WX4J1AGQ0MAKQ.avif

भाटभटेनीको तोडफोडमा प्रतिकार गर्ने सुरक्षाकर्मी ५ लाख नगद र पाँच ग्रेड बढुवासहित सम्मानित

काठमाडौं । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड हुँदा प्रतिकार गर्ने सुरक्षाकर्मी दुलप्रसाद पराजुली सम्मानित भएका छन् । 

बुधवार भाटभटेनीले एक कार्यक्रमका बीच उनलाई चैत १५ गतेको घटनामा देखाएको बहादुरीको कदर गर्दै सम्मान गरेको हो । उनको योगदानका लागि भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको छ । उनीसँगै घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका अन्य कर्मचारीहरूलाई पनि सम्मानित भएका छन् । 

सोही क्रममा पराजुलीले चैत्र १५ प्र्रदर्शनकारीहरू आएर फलफूल, बियर, वाइनहरू सबै बोकेर हिन्न थाले त्यसपछि सबैजना मिलेर उनीहरूलाई रोक्न भनेर गएको भन्दै प्रतिकार गर्दै गर्दा आफूलाई डर नलागेको पनि बताए । 

उनले भने, ‘चैत्र १५ गतेको कुरामा आतङ्ककारी आए, ढुङ्गामुढा गर्न थाले, त्यसपछि भित्र पसेर फलफूल, बियर, वाइनहरू सबै बोकेर हिन्न थाले त्यसपछि भएन भनेर सबै जना साथिहरू मिलेर उनीहरूलाई रोक्न थाल्यौँ, अरू साथिले भित्रबाट लखेट्ने गरेका थिए भने मैले बाहिर बसेर हानेको थिए । मलाई डर भने लागेन ।’ 

यस्तै, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीको तर्फबाट चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजतको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 

उनले भने, ‘चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजतको परिवारलाई ५ लाख रुपैयाँ भाटभटेनीको तर्फबाट सहयोग गर्ने छौ र अर्को सविन महर्जनको परिवारलाई पनि ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दछु ।’ 

उनले एउटा व्यवसायी र नेपालीको हैसियतले अब नेपालमा राजा आउन सम्भव नभएको भन्दै उद्घोष पनि गरेका थिए । 

उनले भने, ‘हामीलाई राजा गयो अब फेरि आउँछ भन्ने छ अब आउँदैन् । राजा आउदैँन् मैले उद्घोष गरे, म एउटा व्यवसायी र एउटा नेपाली भएर भन्दै छु राजा आउदैँन् । भाटभटेनीमा ढुङ्गा हान्ने काम गर्नु हुदैँन् । नेपाल सरकारलाई के भन्न चाहान्छु भने कुनै एउटा डनले थर्काउदा थर्किनु पर्ने त्रासको वातावरणबाट हामीलाई मुक्त गर्नु ।’

प्रकाशित मितिः बुधबार, २० चैत २०८१
https://jawaaf.com/storage/01JQT5T5NC09PTH8VKSWAM0SS9.avif

रतुवा मृग मारेको आरोपमा दुई जना पक्राउ

पोखरा । दुर्लभ वन्यजन्तु रतुवा मृग मारेको आरोपमा स्याङ्जाबाट दुई जना सिकारी पक्राउ परेका छन् ।  जिल्लाको पुतलीबजार नगरपलिका वडा नं.–११ माझी डाँडा जङ्गलमा मंगलबार मध्यराति रतुवा मृग मारेको आरोपमा दुई जना सिकारी पक्राउ परेका हुन् ।

रतुवा मृग मारेको आरोपमा पक्राउ परेका अभियुक्तहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.–१० का अन्दाजी ४४ वर्षको खर्क बहादुर गुरुङ र सोही नगरपालिकाको वडा नं.–११ बस्ने वर्ष अन्दाजी ४३ को सौबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

प्रहरीले उनीहरूको साथबाट एक थान भरुवा बन्दुक र एउटा मारिएको रतुवा मृग पनि बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनाको बारेमा आवश्यक अनुसन्धान भैइरहेको र मृत रतुवा मृग थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, २० चैत २०८१
https://jawaaf.com/storage/01JQT4HJXZHBRK2CXJ79B2CVSJ.avif

कोशी सरकारले २०८२ मा सार्वजनिक विदा थप ६ दिन गर्यो

विराटनगर । २०८२ सालमा कोशी प्रदेश सरकारले थप ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले संघीय सरकारले दिएको भन्दा बाहेक ६ दिन थप विदा दिने निर्णय गरेको हो ।

जसअनुसार वैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने) का लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।

भदौ १२ गते ऋषि पञ्चमी (महिलाका लागि), असोज २० गते कोजाग्रत पूर्णिमा र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, २० चैत २०८१
https://jawaaf.com/storage/01JQRXVGTQF310PRSNYWYN4NPK.jpg

प्रधानमन्त्री ओलीको थाइल्यान्डमा उपप्रधानमन्त्रीबाट स्वागत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय  प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक पुगिसकेका छन् । 

प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६.१५ बजे बैंकक पुगेका हुन् । 

उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती  र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरे । 

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।

प्रकाशित मितिः मङ्गलबार, १९ चैत २०८१
https://jawaaf.com/storage/01JQR8X29EFDFKWF4C034PC8GE.avif

रवि लामिछानेले राखे सांसद पद फुकुवाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् ।  मंगलबार सिंहदरबारमा भएको भेटमा सभापति लामिछानेले  आफ्नो सांसद पदको फुकुवाको माग राखेको जानकारी दिए ।  


त्यस्तै उनले अदालत टेकाएको आधारमा सांसद पदको निलम्बन राजनीतिक हतियारको रुपमा प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुने चिन्ता सभामुख घिमिरेले देखाएको पनि उनले जानकारी दिए । 


उनले भने,‘राजनीतिक प्रतिसोधका कारणले सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भनेर दुषित मनसाय राखि अदालतमा टेकाएका आधारमा निलम्बन हुनुहुँदैन् भन्ने कुरा मैंले राखें । राजनीतिक हतियार प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुन्छ भन्ने कुरामा उहाँ गम्भीर हुनुहुन्छ ।’  आफूलाई चितवनबासीले दुई दुई पटकसम्म जिताएर पठाएको भन्दै थुनामा नरहेको अवस्थामा आफ्नो पद खाली हुन नसक्ने उनको दाबी छ । 

प्रकाशित मितिः मङ्गलबार, १९ चैत २०८१
https://jawaaf.com/storage/01JQQMGGWW1QYVJ801013FZ400.avif

एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क सात लाख

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना हुन गइरहेको एकता महाधिवेशनको नेतृत्व चयनका लागि बन्ने उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क तोकिएको छ ।

सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिको १३ औँ बैठकले उम्मेदवार बन्नका लागि मनोनयन शुल्क निर्धारण गरेको हो ।

समितिको बैठकले अध्यक्ष पदको उम्मेदवार बन्नका लागि रु ७ लाख रुपैयाँ मनोनयन शुल्क तोकेको छ । यसैगरी उपाध्यक्ष पदका लागि ५ लाख रुपैयाँ तय गरिएको छ भने महासचिवको उम्मेदवार बन्न ४ लाख रुपैयाँ मनोनयन शुल्क तिर्नु पर्ने छ ।

त्यस्तै, सचिव र कोषाध्यक्ष पदको उम्मेदवारले ३–३ लाख रुपैयाँ तिर्नुपर्ने निर्णय भएको उच्चस्तरीय समितिकी सदस्यसचिव जानकी गुरुङले जानकारी दिइन् । यसैगरी, सह कोषाध्यक्षदेखि संयोजक पदका उम्मेदवारको शुल्क रु २ लाख निर्धारण गरिएको छ भने उप संयोजकदेखि आइसिसी सदस्य बन्नका लागि एक एक लाख रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको पनि सदस्य सचिव गुरुङले बताइन् ।

उच्चस्तरीय समितिले यसअघि नै ३ सदस्यीय निर्वाचन समिति गठन गरी सकेको छ । वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे संयोजक रहेको समितिमा सेवानिवृत्त मेजर डमर घले र अधिवक्ता आशिष उप्रेती सदस्य रहेका छन् । निर्वाचन समितिलाई उच्चस्तरीय समितिले सदस्यता र डेलिगेट्सको सूची बुझाएपछि औपचारिक काम अघि बढाउने जनाइएको छ । यसैगरी, निर्वाचन समितिलाई सहजीकरण गर्नका लागि आवश्यक कार्यविधि (टिओआर) पनि एक साताभित्र बनाउने बैठकले निर्णय गरेको छ ।

सर्वोच्च अदालतको परमादेशद्वारा गठित उच्चस्तरीय समितिले सदस्यता वितरणको समय एक साता थप गरेर अप्रिल ७ तारिखसम्म पु¥याएको छ भने डेलिगेट्स (प्रतिनिधि) बन्नका लागि अप्रिल १ देखि २२ सम्म निवेदन दिन समय सीमा तोकेको छ । काठमाडौँमा डेलिगेट्स बन्नका लागि भने १ सय डलर वा सो बराबरको नेपाली रकम बुझाउनु पर्ने छ ।

एमआइस सिस्टममा पहुँच नपाएपछि उच्चस्तरीय समितिले आफ्नै वेबसाइटमार्फत सदस्यता आह्वान गरेको हो । उक्त वेबसाइट www.nrnahlc.com  मा गएर एनआरएनएका आजीवन सदस्यहरूले पनि अनिवार्य दर्ता गर्नु पर्ने व्यवस्था गरिएको उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले जानकारी दिए ।

प्रकाशित मितिः मङ्गलबार, १९ चैत २०८१
https://jawaaf.com/storage/01JQQH6GY7P6VVW5Q1E16KCZQ8.jpg

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन् ।  मंगलबार प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन्।

उनको भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ । 

मंगलबार दिउँसो १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर ओली थाइल्याण्ड प्रस्थान गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओली २३ गते शनिवार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मितिः मङ्गलबार, १९ चैत २०८१
https://jawaaf.com/storage/01JQP8X66KQPTAHE8N1X96NZKG.jpg

‘गणतन्त्र भनेको ओली र देउवा तन्त्र होईन, जनताको तन्त्र हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभएको बताएका छन् । 

सोमबार केन्द्रीय समितिको बैठकको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र भनेको जनताको तन्त्र भएको भन्दै गणतन्त्रमा सुधार आवश्यक रहेको बताए । 

उनले भने, ‘नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तीनकुनेमा ४ हजारलाई सँभाल्न नसकेको सरकारले सबै शक्ति केवल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेको छ । यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ । तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ । अब पार्टीको संरचनामा काम गरौँ, गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन। गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौ। गणतन्त्रमा पनि सुधार आवश्यक छ ।’

यसको साथै, उनले १५ दिनभित्र के के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्यान आग्रह गर्दै पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार रहेको बताए । 

उनले भने, ‘मैले के गर्नुपर्छ भन्नुस्, १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु ।’ 

साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेलाबाट घोषणा गरेकै समयमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने प्रतिबद्धता सहितको निर्देशन पनि दिएका छन् ।

प्रकाशित मितिः सोमबार, १८ चैत २०८१
https://jawaaf.com/storage/01JQP3Y768KC1KFNDY24KNM4FC.avif

प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् ।  प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने प्रक्रिया सुरु भएको बताए ।

प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने बताए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाइहरू रमेश रजक र दिनेश रजकलगायत सहभागी थिए ।

प्रकाशित मितिः सोमबार, १८ चैत २०८१
https://jawaaf.com/storage/01JQP0JCP36YF425M5WBXDWFQ8.avif

भूकम्प प्रभावित म्यानमार : १७ सय जनाको मृत्यु, चिनियाँ उद्धार टोली सक्रिय

एजेन्सी । शनिबार म्यानमारमा गएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी १,७०० जनाको मृत्यु भएको छ भने ३,४०० जना घाइते भएका छन् । ३०० जना बेपत्ता भएको देशको राज्य प्रशासन परिषद्ले जनाएको छ । 

भूकम्प पश्चात त्यहाँ रहेका चिनियाँ प्रवासी र बासिन्दाहरूले राहत र उद्धारमा विशेष भूमिका निर्वाह गरिरहेका छन् । देशको दोस्रो ठूलो शहर मन्डलेमा गएको विनाशकारी भूकम्पबाट प्रभावित समुदायहरूलाई ठूलो मात्रामा राहत कार्यहरू समन्वय गर्न चिनियाँहरुले स्वयंसेवा गरिरहेका छन् । 

म्यानमारमा बसोबास गर्ने चिनियाँ नागरिकहरूले सहायता सञ्जालहरू व्यवस्थित गरेर मन्डलेलगायत प्रभावित क्षेत्रहरूमा राहत र उद्धारमा क्रियाशील छन् ।

चन्दा सङ्कलनदेखि राजधानी याङ्गुनमा पिउने पानी, खाना र चिकित्सा सामग्रीहरू लगायत राहत सामग्रीहरू व्यवस्थापन भइरहेको छ ।

याङ्गुनमा बसोबास गर्ने धेरै विदेशी चिनियाँहरूले मन्डलेमा उद्धार टोलीहरूलाई एन्टिसेप्टिक्स, पन्जा र मास्क जस्ता अत्यावश्यक सामग्रीहरुको  पु¥याउन रातभर १० घण्टाभन्दा बढी गाडी चलाएका थिए। धेरै रेस्टुरेन्टहरूले उद्धारकर्मीहरूलाई निःशुल्क खाना प्रदान गरेका थिए।

सडकहरूमा गम्भीर क्षति भएका कारण मन्डलेको यात्रा चुनौतीपूर्ण भएको छ, केही मार्गहरूले सामान्य सात घण्टाको सट्टा १० घण्टाभन्दा बढी समय लिएका छन्।

त्यस्तै यता, ७.७ म्याग्निच्युडको भूकम्प गएको ६५ घण्टाभन्दा बढी समयपछि, चिनियाँ उद्धारकर्ताहरूले सोमबार स्थानीय समय अनुसार बिहान ६ः२० बजे मन्डलेबाट एक गर्भवती महिलालाई बाहिर निकालेका छन्। त्यस्तै, मन्डलेस्थित स्काई भिल्ला कन्डोमिनियमको भग्नावशेषबाट चिनियाँ उद्धार टोलीले एक सानो बच्चालाई सफलतापूर्वक बाहिर निकालेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा चिनियाँ उद्धार टोली सबैभन्दा बढी सक्रिय भइरहेको छ । मन्डले शहरमा सोमबार चीनको राष्ट्रिय उद्धार टोलीले भत्किएको होटलको भग्नावशेषबाट एक महिलालाई  पनि जीवितै निकालेको थियो । पाँच घण्टाको अपरेशनपछि ग्रेट वाल होटलको भग्नावशेषबाट जीवित महिलालाई निकालिएको थियो। 

प्रकाशित मितिः सोमबार, १८ चैत २०८१