सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JR9P1RDHGR89S7PJ6VFVYSBB.jpg

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ

काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समुहको  प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सर्लाही घर भएका ललितपुर टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारु पक्राउ परेका हुन् । 

यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर(ऐनी), सन्धुपाल्चोकका ३० बर्षका ३० कुमार तामाङ पक्राउ परेका हुन् । 

उनीहरुलाई काठमाडौंको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ । प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भईरहेको छ । 

प्रकाशित मितिः मङ्गलबार, २६ चैत २०८१
https://jawaaf.com/storage/01JR85422PD1B2J5V47VP7ESP8.avif

हर्क साम्पाङको व्यङ्ग्य : ‘मेलम्चीको पानी नआए पनि श्रमदान गरेर ल्याउँछु’

काठमाडौँ ।सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र प्रधानमन्त्री  केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरुबिच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन्  ।

NOW.gif 152.32 KB

उनले भने,‘धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला ।’

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ ।

ad_news_shatyashisu.gif 688.4 KB

यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिल्डसाइट बनाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै साम्पाङले आफूले धरानको खानेपानीको समस्या राखेको र समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको जानकारी गराए ।

उनले मेलम्चीमा नै पानी नआएकोमा व्यङ्ग्य गर्दै भने, ‘मेलम्चीको कुरामा पनि म एकदिन श्रमदान गर्न आउँछु, सोचिरहेको छु । मैले श्रमदान गरेपनि म ल्याउँछु फेरी,म चाही त्यस्तो हो । गर्छु भनेपछि गर्छु । कोसिस गर्दा गर्दै ज्यान गएपनि जाओस् ।’

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः सोमबार, २५ चैत २०८१
https://jawaaf.com/storage/01JR7HH38J9GSS509ZXXSKG6MM.avif

अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित, व्यवसायी निराश

काठमाडौं । अहिलेसम्मकै उच्च वायुप्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलहरूबाट नियमित हुने हवाई उडान प्रभावित भएका छन् । दर्जनौँ उडान रद्द समेत भइरहेका छन् ।

धुवा, धुलो र वायु प्रदूषणका हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुवाँलो लागेपछि उडान डीले हुने मात्र नभइ धमाधम रद्द पनि भइरहेका छन् । विमान कम्पनीहरूका अनुसार एक सातामा करित दुई सय बढी उडान रद्द भएका छन् । 

सोमवार बिहान मात्रै बुद्ध एयरको पोखरा र भरतपुर उडान पनि प्रभावित भएको कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए । कर्णले भने, ‘वायुप्रदूषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित हुन पुगेको छ । सोमवार धेरै उडानहरू प्रभावित नै भएका छन् ।  

सोमवार बिहान मात्र पोखरा, भरतपुर उडान पनि प्रभावित भएको छ । ४ बजेसम्म पनि यस्तै अवस्था रह्यो भने सबै उडान रद्द हुने सम्भावना छ । यसरी उडानहरू प्रभावित हुँदा कम्पनीहरूलाई नोक्सान त हुने नै भयो ।’

साथै  कर्णले काठमाडौं–तुम्लिङटार उडानको रुट रद्द  भएको जानकारी दिए ।  उनले यसरी वायु प्रदूषणले हवाई उडान प्रभावित हुँदा आउँजाउँ गर्ने यात्रुहरूले सास्ती ब्यहोर्नुपरेको बताए ।

मुख्य पर्यटकीय सिजनमै उडानहरू रद्द हुँदा आर्थिक क्षतिसँगै नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ ।  पर्यटकीय सिजनमा वायुसेवा अपरेटरहरूले पोखरा, जोमसोम र लुक्ला क्षेत्रका उडानबाट राम्रो आम्दानी गर्ने गर्छन् ।

‘डलरफेयर’ मा आम्दानी गर्ने कम्पनीहरू यही बेला उडानहरू रद्द हुँदा वायुसेवा कम्पनीहरूको मुख्य आम्दानीको सिजनमा निराश हुनुपरेको छ । 

प्रकाशित मितिः सोमबार, २५ चैत २०८१
https://jawaaf.com/storage/01JR7G9J09P9DQ72C4FGTWSQZG.avif

रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पु¥याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो ।

उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जनाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा लगिएको थियो ।

भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।

प्रकाशित मितिः सोमबार, २५ चैत २०८१
https://jawaaf.com/storage/01JR7D9HD0HG97KA4F6A5CJS14.avif

नेपाल बार एसोसिएसनको चुनावको मतगणना आजदेखि सुरु हुँदै

कामठाडौं । नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना आज देखि हुँदै छ।  शनिबार बारको नयाँ कार्यसमितिका लागि मतदान भएको थियो। बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो। 

काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो। कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो।
बारको नयाँ नेतृत्वका लागि अध्यक्ष पदको उम्मेदवारमा बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ रहेका छन् । 

प्रकाशित मितिः सोमबार, २५ चैत २०८१
https://jawaaf.com/storage/01JR7BAKRDH8FP38N1SEHDB23X.avif

धरानमा आजदेखि ‘न्यू इयर फुड फेस्टिवल’ सुरु

धरान I धरानमा आजदेखि ‘न्यू इयर फुड फेस्टिवल’ सुरु भएको छ । धरान बारट्रेनिङ एण्ड बारिस्टा एकेडेमी तथा डेल्लि डोज क्याफेको  आयोजनामा धरान-३ माछाभौडि स्थित डेल्लि डोज क्याफे परिसरमा फेस्टिवल भइरहेको कार्यक्रम संयोजक जिवन राईले बताएका छन ।

ad_news_shatyashisu.gif 688.4 KB

उनका अनुसार आजदेखि सुरु भएको फेस्टिवल आगामी बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । फेस्टिवलमा मौलिक खानाका परिकार साथै डेल्लि डोज क्याफेका कफि,किचन परीकार,बार ट्रेनिङ एण्ड बारिस्टा एकेडेमि को पेयपदार्थ सहितको स्टल साथमा स्वस्थकर मासु बिक्रीको स्टल समेत रहनेछ ।  

बिहान १० बजेदेखी  रातीको १० बजेसम्म सञ्चालन हुने फेस्टिवलमा प्रत्येक दिन धरानका स्थानीय ब्यान्डहरूको प्रस्तुति रहने साङ्गीतिक कार्यक्रमका संयोजक सन्तोष थापा मगरले बताए । 

Bantawa Hardware.gif 828.52 KB

युवाहरूलाई स्वरोजगार बनाउने साथै धराशयी अवस्थामा गुज्रदै गरेको व्यापारिक गतिविधिलाई टेवा पुर्‍याउने हिसाबले उत्त फेस्टिबल आयोजना गर्नुको मुख्य उदेश्य रहेको एकेडेमीका सन्चालक रणजित राईले बताए ।  

नयाँ वर्षको अवसर पारेर पहिलो पटक फेस्टिबलको आयोजना गरिएको हो ।

NOW.gif 152.32 KB

प्रकाशित मितिः सोमबार, २५ चैत २०८१
https://jawaaf.com/storage/01JR70Z1FSTPEGAJH4ASYVW6FF.jpg

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । रिसालको गएराती बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको ९७ वर्षको उमेरमा निधन भएको हो । 

वरिष्ठ पत्रकार भैरव रिसाल पत्रकारितामा उत्कृष्ट योगदान पुर्याएवापत राष्ट्रिय पत्रकारिता पुरस्कार, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार, प्रजातन्त्र स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान तथा वातावरण पत्रकारितामा योगदान गरेवापत डब्लूडब्लूएफको अब्राहम कन्जभेसन अवार्ड, विज्ञान प्रविधि प्रवद्र्धन पुरस्कार, जगदम्बाश्री पुरस्कारलगायतका अनेकौँ साना ठूला पुरस्कारबाट सम्मानित भएका थिए । 

उनको जन्म वि.सं. १९८५ सालमा भएको थियो । भक्तपुरको गुण्डु गाविसमा जन्मिएका रिसालको त्यहाँबाट तीन किलोमिटर नजिकलुभु पाठशालामा संस्कृतको प्रारम्भिक अध्ययन गरेका थिए । निम्न माध्यमिक तहको अध्ययन पूरा गरेपछि तीनधारा पाठशाला हुँदै बनारसबाट संस्कृतमा आचार्यसम्मको अध्ययन गरेका थिए । 

विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा लागेका रिसाल केही समय नेपाल मजदूर किसान पार्टीसँग आवद्ध पनि भएका थिए । उनको ‘साधुलाई सूली’, ‘सुशीला भैरव’ जस्ता कृतिहरु प्रकाशित छन् । 

प्रकाशित मितिः सोमबार, २५ चैत २०८१
https://jawaaf.com/storage/01JR5M30YSWM9T69MTMA7DJVA4.avif

पत्रकार सुरेश रजकको निवासमा शुभेच्छुक र विशिष्टहरूको भीड

काठमाडौँ । राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनका क्रममा चैत्र १५ गते शुक्रवार काठमाडौँको तीनकुनेमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकका शोकमा रहेका परिवारलाई शान्ताना दिन शुभेच्छुकदेखि विशिष्ट व्यक्तिहरूको भीड देखिएको छ ।

ताहचलस्थित निवासमा किरियामा बसेका आफन्त र परिवारजनलाई समवेदना प्रकट गर्न र मृतक रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्न विशिष्टहरूको भीड लाग्ने गरेको छ । आइतवार पनि काँग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरू रजक निवास पुगेका छन् ।

शुभेच्छुकहरूले रजकको परिवारलाई उचित क्षतिपूर्ति तथा मृतक रजकलाई सहित घोषणा गर्नुपर्ने माग समेत गरिरहेका छन् । उक्त प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका रजकको पोस्टमार्टम जलेर मृत्यु भएको पुष्टि भइसकेको छ ।

प्रकाशित मितिः आइतबार, २४ चैत २०८१
https://jawaaf.com/storage/01JR5F84VSGZ2533JA88GJHMQ6.avif

मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा !

काठमाडौं । नेपाल मेडिक कलेज, जोरपाटीका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । आइतवार श्रम शोषणविरुद्ध उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिए । 

आन्दोलनर डा.राजु चौधरीले मन्त्रीपरिषद् बाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए ।  उनले सरकारले तोके अनुसारको तलबको व्यवस्था नभएसम्म आन्दोलनमा जारी राख्ने प्रतिक्रिया दिए । 

उनले भने, ‘मन्त्रीपरिषद् बाट नै पास भइसकेका कुरा अर्थात् न्यूनतम तलब ४८ हजार निजि मेडिकलहरूले लागु गरिरहेका छैनन् । त्यसैका विरुद्धमा हाम्रो शान्तिपूर्ण विरोध हो । अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाउँमा सडकमा आएर आफ्नो कुराहरू राख्ने परिस्थिति छ । यसले हामीलाई चिन्तित बनाएको छ । सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैँन् भन्नेजस्तो भयो । माग सम्बोधन नभएसम्म हामीले सडकमै हुनेछौं । 

यस्तै, डा.अनुशा थापाले सरकार र मेडिकल ऐजुकेशन कमिसनबाट यति तलब दिनुपर्ने भनेर तोकिसक्दा पनि अझैसम्म पनि मेडिकल कलेजहरूबाट कार्यान्वयन नभएको भन्दै धर्नामा आएको बताइन् । 

उनले भनिन्, ‘आन्दोलनको मुख्य कुरा भनेको सरकार र मेडिकल ऐजुकेशन कमिशनबाट ४८ हजार तलब दिनुपर्ने हामीले गरेको कामको आधारमा यति दिनुपर्ने भनेर तोकिसक्दा पनि अझैसम्म पनि माग पूरा नभएकाले धर्नामा आएका हौं ।’

आन्दोलनकारीहरूले ‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेका छन् ।  मन्त्रीपरिषद् बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा आफूहरूलाई १९ हजार ५०० मात्र दिइएको उनीहरूको भनाई छ ।

प्रकाशित मितिः आइतबार, २४ चैत २०८१
https://jawaaf.com/storage/01JR4VRV4E3BYZ4ZFKRCNX6F89.jpg

भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भर्त्सना, तत्काल रिहाइको माग

काठमाडौं ।  संयुक्त राष्ट्र सङ्घका ६ जना विशेष प्रतिवेदकहरूले भुटानमा राजनीतिक बन्दीहरूलाई गैर कानुनी रूपमा लामो समयसम्म बन्दी बनाइएको भन्दै आपत्ति जनाएका छन् ।

 हालै सार्वजनिक गरिएको संयुक्त प्रतिवेदनले भुटानमा गम्भीर मानवअधिकार उल्लघँन एवं राजनीतिक बन्दीहरूलाई गैर कानुनी रूपमा लामो समयसम्म बन्दी बनाइएको व्यवहारप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण समेत गराएको छ ।

उक्त प्रतिवेदनलाई ग्लोबल क्याम्पेन फर द रिलिज अफ पलिटिकल प्रिजनर्स इन भुटान र ह्युमन राइट्स वाचले स्वागत गरेका छन् । प्रतिवेदनमा मनपरी गिरफ्तारी, यातना, अन्यायपूर्ण मुद्दा चलाउने अभ्यास, र अमानवीय जेलका अवस्थाहरू जस्ता गम्भीर दुर्व्यवहारहरू भएको जनाएको छ ।

वर्षौँसम्म भुटानले आफूलाई एक शान्तिपूर्ण हिमाली राष्ट्रको रूपमा चित्रण गर्दै आएको छ, तर यो प्रतिवेदनले त्यसको ट्याक्कै उल्टो तस्बिर  देखाएको बताइएको छ । विशेषगरी ल्होत्साम्पा जातीय समूहका थुप्रै राजनीतिक बन्दीहरूलाई प्रजातन्त्र र मानवअधिकारको पक्षमा आवाज उठाएको भन्दै अनुचित रूपमा जेल हालिएको प्रतिवेदनमा उल्लेख छ ।

उनीहरू अमानवीय व्यवहार, लामो समयको पीडा, चिकित्सकीय सेवाको अभाव र न्यूनतम कानुनी सुरक्षाबाट वञ्चित छन्। ‘यो भुटानमा फरक मत राख्नेहरूप्रति गरिएको योजनाबद्ध दमनको सङ्केत हो,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा भुटानी अधिकारीहरूले आतङ्कवाद विरुद्धको कानुन र राष्ट्रिय सुरक्षासम्बन्धी प्रावधानहरूको दुरुपयोग गरी राजनीतिक विपक्षीहरूलाई दमन गर्ने गरेको, राजनीतिक बन्दीहरूलाई  प्रायः मुद्दा नचलाईकनै  लामो समय जेल राखिएको, जबरजस्ती स्वीकारोक्ति गर्न बाध्य पार्ने र आफ्ना परिवारसँग सम्पर्क राख्न पनि रोक लगाइने गरेको  उल्लेख  छ ।

संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदकहरूले यातनाको प्रयोग, निष्पक्ष मुद्दाको अभाव, मौलिक मानवअधिकारको उल्लङ्घन र भुटानी जेलहरूको अमानवीय  अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले राजबन्दीहरूलाई क्षमा दान दिई रिहा गर्न भुटान नरेशलाई आग्रह पनि गरेका छन् ।

भुटानले अहिलेसम्म नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी महासन्धि र  यातनाविरुद्धको महासन्धि जस्ता  प्रमुख अन्तर्राष्ट्रिय सन्धिहरूमा हस्ताक्षर गरेको छैन ।  यद्यपि  प्रचलित अन्तर्राष्ट्रिय मानवअधिकार कानुनहरू पालना गर्न भुटान बाध्य छ ।

प्रतिवेदकहरूले विश्व मानवअधिकार घोषणापत्र तथा सन् २०१९ मा गरिएको युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर) का सिफारिसहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उक्त प्रतिवेदनमा ३२ राजनीतिक बन्दीमध्ये १९ जनाको केस दस्ताबेज गरिएको छ, तर सबै ३२ जना बन्दीहरूका लागि न्यायको माग गरिएको छ।

साथै, भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्व अभियान (जीसीआरपीपीबी) ले  सबै राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डहरू पालना गर्न भुटान सरकारलाई आग्रह गरेको छ ।

उक्त संस्थाले  संयुक्त राष्ट्रसङ्घ, मानवअधिकार संस्थाहरू र लोकतान्त्रिक सरकारहरू सहित सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई भुटानमा भइरहेको गम्भीर मानवअधिकार उल्लङ्घनको अन्त्यका लागि कूटनीतिक दबाब बढाउन आह्वान गरेको  छ ।

जीसीआरपीपीबीका संस्थापक तथा ग्लोबल कोअर्डिनेटर राम कार्कीले  यो  प्रतिवेदनले भुटानका राजनीतिक बन्दीहरूले भोगेका अन्यायहरूलाई प्रमाणित गरेको बताए ।

हाल भुटानका विभिन्न जेलहरूमा रहेका राजबन्दीहरू

१ रिन्जिन वाङ्दी

 २ तेन्जिङ गावा जाङ्पो

३ किन्ले ग्याल्छेन

४ किन्ले पेन्जोर

५ रामलाल रावत

६ विष्णु राई

७ मधुलाल बुढाथोकी

८ एम.बी. भुजेल

९ लोक बहादुर घले

१० शाह बहादुर गुरुङ

११ कुमार राई

१२ प्रेम राई

१३ गङ्गा राम ढकाल

१४ भक्त बहादुर राई

१५ मोनी कुमार प्रधान

१६ प्रकाश मगर

१७ हर्क बहादुर गुरुङ

१८ डम्बर सिंह पुलामी

१९ योगी प्रसाद सुब्बा

२० कुमार गौतम

२१ हस्त बहादुर राई

२२ सुकमान मगर

२३ बिर्ख बहादुर क्षेत्री

२४ गोविन्द निरौला

२५ नन्दलाल बस्नेत

२६ ओमनाथ अधिकारी

२७ खगेन्द्र खनाल

२८ आइता राज राई

२९ सनमान गुरुङ

३० चतुरमान तामाङ

३१ चन्द्र राज राई

३२ भीम बहादुर राई ।

प्रकाशित मितिः आइतबार, २४ चैत २०८१