‘तीनकुनेमा मण्डले अराजकता देखियो, राजावादीहरुले चरित्र देखाए’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा अराजकता देखाएर राजावादीहरुको आफ्नो चरित्र देखाएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले १२ वर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेको जस्तै राजावादीहरुले तीनकुनेका अहिले मण्डले अराजकता देखाएको बताए ।
उनले भने, ‘मैले आज यहाँ बोल्दैगर्दा मंैले सुरक्षा निकायसँग लगातार बुझिराखेको छु । १२ वर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेकोजस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ । तीनकुने अहिले मण्डले अराजकताको । सबै प्रतिगामी निरङ्कुश्तावादीहरुको एउटा प्रतिक जस्तो बनेको छ । त्यहाँ घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा प्रहार गरेका छन्, मण्डलेहरुले । उनीहरुले चाहेका छन् केही मान्छे मरुन् र देशैभरी आतंक मच्चियोस् भन्ने चाहेका छन्, त्यो राजावादीहरुको चरित्र हो ।’
यस्तै, उनले राजावादीहरु वातावरणलाई धमिलाउन, उत्तेजित र आतंकित पार्ने मनसायले आएको पनि बताए ।
उनले भने, ‘एकातिर गणतन्त्रवादीहरुको विरोध सभा अर्कोतिर राजावादीहरुको प्रतिगामी सभा एकै दिन पारियो, आजको दिन सबैभन्दा पहिला गणतन्त्रवादी मोर्चाको हैसियतले हाम्रो मोर्चाबाट चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने र सभा गर्ने घोषणा गरिएको थियो । हामीले घोषणा गरेपछि राजावादीहरुले पनि आजकै दिन प्रदर्शन र सभा राख्ने घोषणा गरे । त्यसबाट उनीहरु कही न कही वातावरणलाई धमिलाउन चाहने, उत्तेजित र आतंकित पार्ने मनसाय देखिएकै थियो ।’
यसको साथै, उनले ज्ञानेन्द्र शाहलाई विगतमा धेरै गल्ती गरेको परिणाम उनले भोगिरहेको भन्दै अब अर्को गल्ती गरेभने उनले भोग्न केही पनि बाँकी नरहने भन्दै खबरदारी गरेका छन् ।
उनले भने, ‘म चुनौतीको साथ फेरि भन्न चाहन्छु । नेपाली जनता र नेपालको राजनीतिक दलहरुको उद्धारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडी फर्काउने दुष्साहस नगरियोस, मैले ज्ञानेन्द्र शाहलाई मधेशमा अभियानमा अगाडि बढ्दै गर्दा भनेको थिए विगतमा उनले धेरै गल्ती गरे र त्यसको परिणाम उनले भोगि रहेका छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाकी रहदैँन् खबरदार ।’
जनकपुरधाममा मन्दिरको जग्गा कब्जा प्रदेश सांसदको प्रत्यक्ष मिलेमत्तोको आरोप
जनकपुर । सत्तारुढ कांग्रेसका मधेश प्रदेश सांसद जंगीलाल राय यादवले जनकपुरधामस्थित विहार कुण्ड मन्दिरको जग्गा आफ्नो छोरा अमित यादवको नाममा मनखप भनी कब्जा गरेको आरोप लागेको छ ।
महन्थ रामसागर दासले करोडौं मूल्यको जग्गा वार्षिक ४० किलो धान मनखप दिने सम्झौतामा अमितलाई दिएका थिए, तर वास्तवमा २०–२२ लाख रुपैयाँमा बिक्री भएको महन्थ दासले स्वयम स्वीकारेका छन् ।
विहार कुण्डस्थित विजय राघव कुञ्ज मन्दिरको ६ कट्ठा ५ धुर ३ कन्मा जग्गा पुजारी दासले मनखप भनी अमितलाई दिएका छन् । पुजारी दासको नाममा रहेको सिट नम्बर १६९–१२७५–२४ को कित्ता नम्बर ३० को सो जग्गामा अहिले धमाधम माटो पुर्ने काम भइरहेको छ ।
उक्त जग्गामा निर्माण कार्य सुरु भएपछि स्थानीयवासीले सार्वजनिक प्रयोजनका लागि प्रयोग हुनुपर्ने भन्दै विरोध जनाएका छन् । मन्दिरको जग्गामा नीजि प्रयाजनको लागि निर्माण कार्य भइरहेको भन्दै स्थानीयले विरोध गर्नुका साथै प्रहरीमा उजुरी दिए पनि प्रहरीले देबानी जग्गामा अदालतको निर्णय बमोजिम मात्र कारबाही गर्न सकिने भन्दै कुनै चासो नलिएको देखिएको छ ।
समाचार संकलनका लागि सञ्चारकर्मीहरु उक्त जग्गामा पुग्दा केही व्यक्तिहरुले धम्की दिनुका साथै सञ्चारर्कीहरुसंग समेत असभ्य व्यवहार गरेका छन् ।
स्थानीययसअघि पनि स्थानीयले निर्माण रोक्ने प्रयास गर्दा सफल भएका थिए, तर अहिले बुवा प्रदेश सांसद भएपछि प्रहरी र उपमहानगरपालिकाको प्रभावमा परेर बाउन्सर लगाएर पर्खाल निर्माण सुरु गरिएको स्थानीयको आरोप छ ।
सडकमा सेनाले बढायो सक्रियता (फोटोहरू)
काठमाडौँ I काठमाडौँमा राजावादीहरूको प्रदर्शन नियन्त्रण बाहिर गएपछि नेपाली सेनाको टोली काठमाडौँका सडकमा सक्रियता देखाएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेना सडकमा आएको हो । सेनाले आन्दोलनलाई नियन्त्रण गर्ने भन्दापनि लुटपाट र आगजनीका घट्ना बढेकाले विभिन्न गणहरूको अगुवाइमा सेनाले सक्रियता बढाएको जनाएको छ ।
दुर्गा प्रसाईं कारबाहीको दायरमा आउँछन्, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ : गृह मन्त्रालय
काठमाडौँ । राजावादीहरूको प्रदर्शनको कमान्डर दुर्गा प्रसाईं प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ । गृहका प्रवक्ता सहसचिव छवि रिजालका अनुसार आन्दोलनका नाममा आपराधिक क्रियाकलाप गर्ने जोकोहीलाई कारबाहीको दायरमा ल्याइने जानकारी दिए ।
शुक्रवार साँझ पत्रकार मन्त्रालयमा सम्मेलन गर्दै सरकारको उक्त आन्दोलनका कमान्डर प्रसाईंलाई कारबाहीको दायरमा ल्याइने जनाए । प्रदर्शनका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको पनि पत्रकार सम्मेलनमा पुष्टि गरे ।
महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यता, समाजवादी मोर्चाको कार्यक्रम भने शान्तिपूर्ण भएको र १८ हजार मानिस सहभागी भएको रिजालले जनाए ।
राजावादीहरूको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते
काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको राजवादीहरूको प्रदर्शनमा हालसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकारी दिए ।
उनले भने,अहिलेसम्म तीन जना सुरक्षाकर्मी घाइते हुनुभएको छ । साथै १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।’ उनले कर्फ्यु आदेश गरिसकेको भएपनि अवस्था सामान्य नबनेको बताए ।
आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो ।
तोडफोडपछि राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी
काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् । प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् ।
प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका थिए । तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरुको आमसभा समेत प्रभावित बनेको छ ।
ग्रिसबाट नेपाल आइपुगेकी एन्जिला भन्छिन् : ‘दर्शकको मायाले तान्यो’
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आफ्नो जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म प्रमोसनका लागि नेपाल आइपुगेकी छिन् ।
ग्रिस महिला सुपर कपका लागि निस अट्रोमिटौमा आबद्ध रहेर व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला फिल्म प्रमोसनका लागि नेपाल शुक्रबार आइपुगेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले दर्शकहरुको मायाले नै आफूलाई तानेको भन्दै ग्रिसबाट छोटो समय मिलाएर नेपाल आएको बताइन् ।
उनले भनिन्,‘ग्रिसबाट छोटो समय मिलाएर आएको छु । दर्शकहरुको मायाले नै गर्दा तीन चार दिन कति हुन्छ बस्ने छु । मैंले समाचारतिर पनि हेरिरहेको थिए । दर्शकहरुको माया भव्य देखेपछि नै आएको हो । सम्पूर्ण टिलाई धन्यवाद दिन्छु उहाँहरुले गर्दा नै फिल्म राम्रो भइरहेको छ ।’
साथै उनले दर्शकहरुले आफ्नो फिल्म हेरेर भावुक हुँदै गर्दा आफूलाई एकातिर दुःख लागेपनि अर्कोतिर फिल्म मनपराइ दिनुभयो भनेर लागेर खुसी पनि उत्तिकै लागेको पनि बताइन् ।
दक्षिण कोरियामा भीषण डढेलो, २८ जनाको मृत्यु
एजेन्सी । दक्षिण कोरियामा लागेको भीषण डढेलो(आगलागी)मा परी हालसम्म २८ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । लगभग ४८,००० हेक्टर जमिन डढेलोको चपेटामा परेको छ । केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकारक मुख्यालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार दक्षिणपूर्वी क्षेत्रहरूमा लागेको ठूलो आगलागीमा परी थप पाँच जना घाइते भएका छन् ।
गत शुक्रबारदेखि, मध्यम र ठूला आकारका डढेलोहरू १० क्षेत्रहरूमा फैलिएका छन्, जसमध्ये धेरैजसो ग्योङसाङ प्रान्तमा छन् । आगलागी इतिहासकै भीषण रहेको जनाइएको छ ।
आगलागीबाट अहिलेसम्म दक्षिण कोरियाका राष्ट्रिय सम्पदा स्थलहरू क्षतिग्रस्त भएका छन् । ३,४८१ घर, कारखाना र अन्य सुविधाहरू पनि क्षतिग्रस्त भएका छन्।
स्थानीय समय अनुसार शुक्रबार बिहान ५ बजेसम्म, बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म केही प्रभावित क्षेत्रहरूमा हल्का वर्षा भए पनि छ वटा डढेलो अझै बलिरहेको छ ।
अप्रिलको अन्त्यसम्म सुख्खा र तेज हावाको अवस्था कायम रहने अनुमान गरिएको छ । जसले गर्दा ठूलो मात्रामा डढेलो दोहोरिने सम्भावना रहेको केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकारक मुख्यालयले चेतावनी दिएको छ।
स्थानीय अधिकारीहरूका अनुसार डढेलोका कारण ३३,००० बासिन्दाहरू विस्थापित भएका छन् भने ८,००० भन्दा बढी मानिसहरू अझै पनि घर फर्कन सकेका छैनन्।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सूले शुक्रबार आपतकालीन निर्देशन जारी गर्दै केन्द्रीय विपद् तथा सुरक्षा प्रतिरोध मुख्यालयका मन्त्रीलाई आगो पूर्ण रूपमा नियन्त्रण नभएसम्म प्रभावित बासिन्दाहरूको लागि निर्बाध रुपमा राहत प्रयासहरू सुनिश्चित गर्न उत्तरी ग्योङसाङमै रहन निर्देशन दिएका छन्।
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
काठमाडौं । काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्दैछन् । प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई सुस्त बनाएको छ । प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा व्यवस्था तयार पारेका छन् ।
प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए । आचार्यले भने, ‘दुई तीन ठाउँमा मुभमेन्ट हुने भएकाले ट्राफिक जामको सम्भावना छ । त्यसको व्यवस्थापन गर्न ट्राफिक ड्राइभर्सनको व्यवस्था गरेका छौं ।’ विशेषगरी तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिकको व्यवस्थापन गर्दै सुरक्षाकर्मीको संख्या बढाइएको बताए ।
गणतन्त्र पक्षधरको प्रदर्शन समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा विप्लव समूह मिलेर गर्दैछन् भने राजतन्त्रसहितको हिन्दुराज्यको माग राखी राप्रपासहित विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामबाट प्रदर्शनको तयारी गरेको छ ।
राजावादीहरुको प्रदर्शनका लागि प्रहरीले २५ सय सुरक्षाकर्मी, यस्तो छ तयारी
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार १५ गते हुने राजावादी प्रदर्शनका लागि २५ सय सुरक्षाकर्मीलाई खटाउने योजना बनाएको छ ।
प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए ।
उनले भने, ‘दुईवटा स्थलहरुमा प्रर्दशन हुँदैछ । जसमा तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिक ड्राइर्भसन गर्ने व्यवस्था मिलाएका छौं । यसको लागि झण्डै २५ सय जति सुरक्षाकर्मीहरु नेपाल प्रहरीको तर्फबाट खटाइएको छौं । साधारणतया ट्राफिक प्रहरीको अलग्गै व्यवस्था छ ।’
साथै प्रहरी प्रवक्ता आचार्यका अनुसार, प्रदर्शनका कार्यक्रमहरू सडकमा हुने भएकाले त्यसका लागि विशेष सुरक्षा व्यवस्थापन समेत गरेको बताए ।
आचार्यले भने, ‘दुई तीन ठाउँमा मुभमेन्ट हुने भएकाले ट्राफिक जामको सम्भावना छ । त्यसको व्यवस्थापन गर्न ट्राफिक ड्राइभर्सनको व्यवस्था गरेका छौं ।’ विशेषगरी तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिकको व्यवस्थापन गर्दै सुरक्षाकर्मीको संख्या बढाइएको बताए ।
साथै, नेपाल प्रहरीले २४ घण्टा सुरक्षा व्यवस्था कायम राख्ने जनाएको छ । उनले भने, ‘कुनैपनि अवाञ्छित घटना वा उपद्रव नहोस्, हामी सबै ठाउँमा गस्ती र पेट्रोलिङ्ग गरेर सुरक्षा सुनिश्चित गर्दैछौं ।’
यसैगरी उनले प्रायजसो प्रदर्शनका कार्यक्रमहरु माइतीघर र भृकुटीमण्डपमा हुने भएकाले सोही अनुसारको व्यवस्थापन गरिएको बताए । उनले बाटोमा जाम नहोस् भनेर अर्को बाटोको पार्टहरु खुला राख्ने अलग्गै नीति बनाइएको पनि बताए ।
उनले भने, ‘प्रायजसो प्रदर्शनका हिसावले हेर्ने हो भने बढी फोकस हामी माइतीघररमा गर्छौं । किनभने त्यहाँ बढी प्रदर्शन हुने गर्दछ । अलिकति भृकुटीमण्डपमा हुन्छ । ट्राफिकको पनि डाईर्भसन छ । बाटोमा जाम नहोस् भनेर सजक छौं । बाटो खुला नहुने अवस्था भयो र त्यो बाटोसम्मको कभर गर्ने अवस्था भयो भने त्यो ठाउँको ट्राफिकलाई अर्को टाउँमा डाईर्भट गर्ने गरेका छौं ।’
रात्रीकालिन समयको अलग्गै व्यवस्था
साथै उनले ठमेल दरबारमार्गतिर व्यवसायका हिसाबले बढी भीड हुने भएकाले रात्रिकालिन समयमा समेत सुरक्षा व्यवस्थापनमा ध्यान दिने गरेको बताए । उनले आवश्यकता अनुसार गस्ती, पेट्रोलिङको कामहरु सिभिलमा पनि परिचालन भएर त्यहाँ हुन सक्ने सम्भावित सूचनाहरु संकलन गर्ने र त्यही अनुसार प्रहरी परिचालन गर्ने व्यवस्था मिलाएको समेत बताए ।
उनले भने, ‘रात्रीकालिन पनि कुनै इभेन्टवेस छ भने इभेन्टलाई फोकस गरेर काम गर्छौं । २४ घण्टा नै त्यहाँको आवश्यकता अनुसार गस्ती, पेट्रोलिङको कामहरु आवश्यकता अनुसार सिभिलमा पनि परिचालन भएर त्यहाँ हुनसक्ने सम्भावित सूचनाहरु संकलन गर्ने र त्यही अनुसार प्रहरी परिचालन गर्ने व्यवस्था मिलाएका छौं । ’
यसैगरी उनले ट्राफिक उल्लङघनसँगै हरेक दिन विभिन्न किसिमका कारबाहीहरुमा प्रहरीले जोड दिएको बताए ।
उनले भने, ‘ट्राफिक उल्लङघनका विषयमा विभिन्न किसिमको कारबाहीहरु गरिरहेका छौं । त्यसमा पनि कुन कुन उल्लङघन भन्ने छ, रेगुलर प्रोसेसकै कुराहरु छन् । ट्राफिक उल्लङघनमा एक हप्ताको मात्र जरीवाना हेर्ने हो भने झण्डै दुई करोड बराबरको हुन्छन् ।’
राजावादीहरुले भोलि १५ गते प्रदर्शन गर्ने भएका छन् । यता, चार दलको समाजवादी मोर्चाले पनि भोली नै काठमाडौंमा बृहत् जनसभाको घोषणा गरिसकेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत राजसंस्था पक्षधर समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शनको घोषणा गरेको हो ।
यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले पनि चैत १५ गतेको आन्दोलनका लागि तयार रहन आफ्ना समर्थकलाई आह्वान गरेका छन् ।