सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JN3592WQ8HB3WP2RDG5PVDAF.jpg

शेर्पा परिकार काटेर राष्ट्रपतिबाट ग्याल्पो लोसारको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ बर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा फेमार (शेर्पा परिकार) काटेर राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसारको शुभारम्भ गरेका हुन् । 

सो क्रममा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास लिएको बताएका छन् । 

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको र यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका  बताए ।

राष्ट्रपति पौडेलले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा शेर्पा समुदायको आफ्नै र विशिष्ट पहिचान रहेको बताउदै शेर्पा तथा हिमाली आदिवासीले नेपालको हिमाली क्षेत्रको भाषा, धर्म, कला, संस्कृति र परम्पराको निरन्तरता, संरक्षण, सम्वर्धन र विकासमा आफ्नो पहिचान कायम राख्दै पर्यटन तथा आफ्नो व्यवसायमार्फत मुलुकलाई आर्थिक रुपमा सबल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका उल्लेख गरे । 

कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष ग्याल्जे शेर्पाले स्वागत गरेका थिए भने खेम्पो लामा आचार्यले ल्होसारका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा ल्होसार सम्बन्धी गित तथा स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः बिहिबार, १५ फागुन २०८१
https://jawaaf.com/storage/01JN2VT3N8SB32NJ97ANZH7RCC.jpg

पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्नेछ : प्रचण्ड

बर्जु (सुनसरी) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताएका छन् ।

जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको उनले बताए । 

जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र  मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने उनले विश्वास व्यक्त गरे।

पार्टीले उत्पीडित वर्गको पक्षमागरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको, आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा थालेको काममा अवरोध गर्न सरकार नै बदलिएको र अहिलेको सरकारले भ्रष्ट, दलाल र विचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरु कुनै काम नगरेकाले जनतालाई सचेत बनाउँदै आफ्नो खबरदारी र जागरणमा अघि बढेको उनले स्पष्ट गरे ।

आफूले सरकारको नेतृत्व गर्दा धेरै मेहनत गरेर रासायनिक मलको आपूर्ति सगज गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले फेरि समस्या देखिन थालेको बताए । 

आफूले धेरै नै मेहनत गरेर विद्यालय शिक्षा विधेयक संसदमा पुर्याइएको उल्लेख गर्दै उनले यसलाई पारित गरेर शैक्षिक क्षेत्र सुधारमा पूरै जोड दिनुपर्ने बताउनुभयो। कार्यक्रममा सुनसरीका स्थापित कृषि व्यवसायी राधाकृष्ण राई माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

अभियान टोली आज दिनभरि सुनसरीमा रहेछ । आज बर्जु ताल अवलोकन, उखु किसानसँग छलफल, मुस्लिम समुदायसँग भेटघाट, गढी र जाल्पपुरमा सभा, कोशी,भोक्राह र मधुवनमा जनभेटघाट लगायतका कार्यक्रम रहेको माओवादी केन्द्र सुनसरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, १५ फागुन २०८१
https://jawaaf.com/storage/01JMZZFQF4CFYND1A58BXE0MGS.avif

आज महाशिवरात्री पर्व देशभर मनाइँदै, बिहान दुई बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला

काठमाडौँ । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो ।

महाशिवरात्री पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति आजैदेखि वृद्धि भएको छ ।

नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ । व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्थाका लागि बुधवार बिहान २ बजेदेखि नै मन्दिरका चार वटै ढोका खुला रहेका छन् ।  कोषले प्राथमिकता भक्तजनको सुविधा र सहजता भएकाले त्यसै अनुरुप काम गरिएको छ । दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ ।

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षा निकायसँगै कोषको आफ्नो सुरक्षा टोली पनि पशुपति क्षेत्रमा खटाइएको छ ।

प्रकाशित मितिः बुधबार, १४ फागुन २०८१
https://jawaaf.com/storage/01JMYNA4FKKMB95RXMZS3676AM.avif

८४ को चुनाव अघि नै पार्टीमा नयाँ नेतृत्व आउँछ : महामन्त्री शर्मा

इटहरी । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटनका लागि मङ्गलवार इटहरी आएका नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनाव अघि नै पार्टीको अधिवेशन सम्पन्न हुने बताएका छन् ।

कांग्रेसमा ८४ को चुनाव पछि मात्र महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा महामन्त्री शर्माले ८४ को निर्वाचनमा वडा देखी केन्द्र सम्म नयाँ नेतृत्वका साथ पार्टी चुनावमा होमिने शर्माले बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन ८४ पछि गए हुन्थ्यो भन्ने निर्दोष भावना हो । त्यो भावनाको म मात्रै रेस्पेक्ट गर्छु ।’

उनले थप भने, ‘जिल्लाका साथीहरू विधानले तोकेको नियमावली भित्र रहेर टुङगाउनुस् र हामीले भनेका पनि छौ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बन्नु छ तर क्रियाशील चै नबन्ने अनि महाधिवेशनको मिति तोकेपछि फटाफट गर्नुपर्ने ढोका बन्द भएपछाडि हुदैन । निर्धारित समय भित्र क्रियाशिल सदस्यता नविकरणको कामलाई व्यवस्थित गरौँ । त्यसपछि महाधिवेशनको ढोका खुल्छ । पार्टीका सबै साथीहरु तयार भए हुन्छ । आगामी ८४को निर्वाचनमा नेपाली कांग्रेस पार्टी प्रतिस्पर्धामा  जानुभन्दा अगाडि केन्द्रदेखि लिएर वडा वडासम्म प्रतिस्पर्धा गरी सर्वसम्मतको प्रक्रियाबाट नया नेतृत्व आएर नेपाली कांग्रेस आगामी ८४को निर्वाचनमा जान्छ ।’

प्रकाशित मितिः मङ्गलबार, १३ फागुन २०८१
https://jawaaf.com/storage/01JMYHM3PD2G2N6HDE6VQ2BCG6.avif

'पूर्वराजा जस्तो मान्छे भएर राजनीतिक रूपमा साथ माग्नु उचित हुदैँन्'

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले राजनीतिक रूपमा आह्वान गरेर साथ दिनुपर्यो भन्ने कुरा पूर्वराजा जस्तो मान्छेलाई नसुहाउने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात् उनले पत्रकारले सोधेको प्रश्नको जवाफ दिदैँ नेपालमा राजालाई सम्मानपूर्वक संसदबाट गणतन्त्र घोषणा गरेर संविधान बनाएर बिदा गरेको भन्दै अहिले आएर राजनीतिक रूपमा आह्वान गरेर साथ दिनुपर्यो भनेर भन्नु पूर्व राजालाई नसुहाउने बताए ।

उनले भने, ‘अरू देशमा राजाहरू काटिएका र फालिएका इतिहास छन् । तर हामीले शान्तिपूर्ण तरिकाले, त्यति धेरै दमन गरेपनि राजालाई सम्मानपूर्वक संसदबाट गणतन्त्र घोषणा गरेर संविधान बनाएर बिदा गरेका हौँ । यसको साथै उहाँलाई पूर्व राष्ट्राध्यक्षको सम्मान पनि दिएको छ । त्यो खालको सुरक्षा पनि छ, यो सम्मानलाई त हिजोको राजाले बोक्न सक्नु पर्यो नि त्यो सम्मान बोक्न नसकेर राजनीतिक रूपमा आह्वान गरेर साथ दिनुपर्यो भन्ने कुरा प्रचण्ड जीलाई सुहाउछ, राजेन्द्र लिङदेनजीलाई सुहाउछ अरू राजनीतिक दलहरूलाई सुहाउछ पूर्व राजालाई त्यो सुहाउदैँन् ।’

यसको साथै, उनले जनतामा भएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने भन्दै चाहेको जस्तो विकास नभएपनि विकासका काम भने भएको बताए ।

प्रकाशित मितिः मङ्गलबार, १३ फागुन २०८१
https://jawaaf.com/storage/01JMXVFC9QSVEE3YFQ90TBDWC9.avif

काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गाका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा, १८ जना घाइते

रामेछाप । काठमाडौँबाट रामेछापको मन्थली हुँदै ओखलढुङ्गा जानका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा परेको छ । 

रामेछापको मन्थली,धोबी, ढाँडे हुँदै ओखलढुङ्गाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३–००१–००५ ख ९९४२ नम्बरको बस मंगलबार बिहान बिपी राजगमार्गको काभ्रेको धुलिखेल नगरपालिका १० शारदा बतासेमा दुर्घटनामा परेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको छ । दुर्घटनामा बसमा सवार चालक र सहचालक सहित २४ जना सवार मध्ये १८ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको । 

घटनास्थलमा अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट प्रसनि हरिबहादुर काफ्लेको कमाण्डमा ४ जना ट्राफिक सहितको टोली खटिएको काभ्रे प्रहरीले जनाएको छ । यस्तो छ घाइतेको विवरण ः 

१) जिल्ला रामेछाप लिखु तामाकोसी गापा वडा नं ५ बस्ने वर्ष ६१ को प्रेम बहादुर श्रेष्ठको टाउको, छातीमा चोट, अवस्था मध्यम

२) ऐऐ बस्ने वर्ष २९ को गङ्गा भुजेल दुवै हातमा चोट अवस्था मध्यम

३) जिल्ला काभ्रे धुलिखेल नपा १० बस्ने वर्ष ४२ को सानुमाया लामाको निधार, छाती र देब्रे गालामा चोट, अवस्था मध्यम

४) जिल्ला रामेछाप मनपा ६ बस्ने वर्ष ५२ को कलमान माझीको दाहिने खुट्टामा चोट, अवस्था सामान्य

५) ऐऐ बस्ने निजको नाति वर्ष ५ को रित माझी अवस्था सामान्य

६) जिल्ला दोलख मेलुङ गापा ६ बस्ने वर्ष ५८ को ध्यान बहादुर तामाङ घाँटीमा भित्री चोट 

७) जिल्ला ओखलढुङ्गा लिखु गापा वडा नं ९ बस्ने वर्ष ६) की बुद्धिमाया तामाङ देब्रे आँखामा चोट 

 ८) ऐऐ ८ बस्ने वर्ष २६ को रमेश मगरातीको देब्रे हात र अनुहारमा चोट, अवस्था सामान्य 

९) ऐऐ ९ बस्ने वर्ष ४९ की थममाया रुपाचा अवस्था सामान्य 

१०) ऐऐ ९ बस्ने वर्ष ४० की सेतीमाया तामाङ अस्थान सामान्य 

११) ऐऐ ९ बस्ने वर्ष २५ को बलबहादुर तामाङ सामान्य

१२) जिल्ला रामेछाप लिखु तामाकोसी ४ बस्ने वर्ष ५८ को राम बहादुर महतको गालामा चोट अवस्था मध्यम

१३) चालक ऐ ५ बस्ने वर्ष ४९ को छिरिङ तामाङको देब्रे हात ,ढाडमा चोट मध्यम 

१४) सहचालक जिल्ला ओखलढुङ्गा खिजिदेम्बा गापा ३ बस्ने वर्ष १९ को सञ्जीव दर्जीको टाउकोमा चोट, अवस्था मध्यम 

१५) जिल्ला ओखलढुङ्गा लिखु गापा ९ बस्ने वर्ष २८ को लाल माया तामाङ सामान्य

१६) ऐ बस्ने निजकै छोरी वर्ष ६ की एरिसा तामाङ सामान्य 

१७) ऐ ऐ बस्ने वर्ष ३० की रञ्जिता लामा सामान्य 

१८) जिल्ला रामेछाप लिखु तामाकोसी २ बस्ने वर्ष २८ की कालिका भुजेल देब्रे कुममा चोट सामान्य

प्रकाशित मितिः मङ्गलबार, १३ फागुन २०८१
https://jawaaf.com/storage/01JMXMY48G1SMCB3ZRDFCF0WY3.jpg

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

मोरङ । नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरेको हो ।

IMG_5914.gif 58.17 KB

सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोग भने भने पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए । 

सहिद परिवारका सदस्यहरुले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने, उनीहरुको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, सहिदको गाउँमा सहिद पार्क बनाउनुपर्ने सुझाव दिएका थिए।

IMG_5958.gif 386.43 KB

अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम गर्दै छ। जसअनुसार आज मोरङको कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभा गरिदैछ भने सहिद परिवार तथा अन्य समुदायगत भेटघाट आयोजना गरिएको छ।

प्रकाशित मितिः मङ्गलबार, १३ फागुन २०८१
https://jawaaf.com/storage/01JMVMGKTQZAZC819ZW62YEE7W.jpg

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आजबाट सुरु भएको छ ।
सोमबार काठमाडौंमा सुरु भएको बैठक मंगलबारसम्म चल्नेछ । पार्टी गठन भएपछि पहिलो आधिकारिक बैठक भएको कारण धेरै प्रस्तावहरु आएको राष्ट्रिय मुक्ति पार्टी नेपालको अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।
यस्तै, उनले प्रस्ताव धेरै भएको हुनाले दुई दिनको समय थोरै भएपनि त्यही समयमा सबै प्रस्तावमाथि छलफल गरेर आवश्यक निर्णय गर्नुपर्ने बताए ।
यसको साथै, आजको कार्यसूची अध्यक्षले बैठक प्रारम्भ तथा एजेन्डा प्रस्तुत गर्ने, केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण गर्ने, राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने र प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुद्वारा पालैपालो सुझाव पेश गर्ने रहेको छ भने फागुन १३ गते, मंगलबार अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुद्वारा पालैपालो सुझाव पेश गर्ने कार्यसूची रहेको छ ।
यसको साथै, बैठकमा छलफल र निर्णय गर्ने प्रस्तावहरु निम्नानुसार छन् :
(क) पार्टीको छापमा ग्यास सिलिन्डरको सट्टामा तीर धनुष राख्ने सम्बन्धमा,
(ख) पार्टीको चुनाव चिन्ह रिजर्व गर्न निर्वाचन आयोगमा निवेदन दिने सम्बन्धमा,
(ग) सम्पत्ति विवरण बुझाउने सम्बन्धमा,
(घ) पार्टीका सबै तहका समितिका सदस्य/पदाधिकारीको परिचयपत्रको नमुना सम्बन्धमा,
(ङ) पार्टीको केन्द्रीय कोष स्थापना तथा अर्थ संकलन अभियान र आर्थिक सहयोगको लागि आह्वान सम्बन्धमा,
(च) संगठन विस्तार अभियान तथा प्रशिक्षण कार्यक्रम संचालन सम्बन्धमा,
(छ) केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको व्यक्तिगत विवरण संकलन सम्बन्धमा,
(ज) संघर्ष तथा विद्रोहको कार्यक्रम सम्बन्धमाः
१. मुकुमलुङको संघर्ष
२. कोशी प्रदेश नाम खारेजीको संघर्ष
३. मधेश सरकारको वेथिति विरुद्धको संघर्ष
४. चुरे दोहन, गिट्टी बालुवा उत्खनन तथा वन विनाश विरुद्धको संघर्ष
५. वाग्मती प्रदेश नाम खारेजी विरुद्धको संघर्ष
६. बोझेनीको सब स्टेशन निर्माण विरुद्धको संघर्ष
७. बालाजुको ३९ घरपरिवार उठीवास विरुद्धको संघर्ष
८. उपत्यकाको गैरन्यायिक सडक विस्तार तथा खोलानदी मापदण्ड विरुद्धको संघर्ष
९. लुम्बिनी क्षेत्रको अतिक्रमित भूमी विरुद्धको संघर्ष
१०. थरुहट थारुवानमा भएको ज्यादती विरुद्धको संघर्ष
११. ढोरपाटन शिकार आरक्ष विरुद्धको संघर्ष
१२. खस–आर्य क्लस्टर विरुद्धको संघर्ष
१३. सहकारी पीडित, लघुवित्त पीडित, वैदेशिक रोजगार पीडित, मिटर ब्याज पीडित, उखु किसानको पैसा, किसानलाई खाद मल,
बिउबिजन सहजरुपमा उपलब्धताको निम्ति संघर्ष आदि ।
१४. कवाड व्यवसायीहरु माथि भइरहेको अन्याय विरुद्धको संघर्ष
(झ) पार्टीको संरचना र संघर्ष बिद्रोहको संरचना वीचको अन्तर्सम्बन्ध सम्बन्धि कार्यविधि तथा निर्देशिका,
(ञ) बृहत मोर्चा निर्माण, पार्टी एकता तथा वार्ता संवाद समिति सम्बन्धमा,
(ट) पार्टीमा प्रवेशको निम्ति आह्वान सम्बन्धमा,
(ठ) केन्द्रीय समिति, राष्ट्रिय समितिमा मनोनयन तथा प्रदेश, जिल्लाहरुमा संयोजक/अध्यक्ष र इन्चार्ज तोक्ने सम्बन्धमा,
(ड) पार्टीको बैंकमा खाता संचालन सम्बन्धमा,
(ढ) केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सचिवालय तथा केन्द्रीय पदाधिकारी तोक्ने सम्बन्धमा,
(ण) विभाग गठन सम्बन्धमा,
(त) पार्टीको बैठक कार्यविधि निर्माण र सबै सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता निर्माण सम्बन्धमा,
(थ) पार्टीको लेभी सम्बन्धमा,
(द) ग्राम गणतन्त्र तथा साँस्कृतिक सत्ता अभ्यास सम्बन्धि अवधारणा सम्बन्धमा,
(ध) चुरे संरक्षण तथा मधेशी – पहाडी वीचको सेतु निर्माण सम्बन्धमा,
(न) प्रवास संगठन निर्माण सम्बन्धि अवधारणा सम्बन्धमा,
(प) सामाजिक संजाल संचालन तथा साइवर सेल निर्माण सम्बन्धमा,
(फ) राष्ट्रिय परिषद निर्माण तथा स्वशासन विधान निर्माण सम्बन्धमा,
(ब) भातृ/सुभेच्छुक संगठनहरुको नामाकरण सम्बन्धमा,
(भ) वडास्तरीय सांस्कृतिक संवाद केन्द्र स्थापना र सहकारी गठन सम्बन्धमा,
(म) राष्ट्रिय वाहिणी गठन सम्बन्धमा,
(य) पार्टीको अभिवादन सम्बन्धमा,
(र) इद्यऋ को जातीय कल्सटर छुट्याउने सम्बन्धमा,
(ल) लोक दलसँग एकिकरण गर्ने लगायत विविध सम्बन्धमा,

प्रकाशित मितिः सोमबार, १२ फागुन २०८१
https://jawaaf.com/storage/01JMVABDCCRFF8NF481VQYHQAN.avif

शसस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी महतको पोष्टमार्टम गरियो, अनुसन्धान जारी

पोखरा । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिमरत एक जना सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) शनिबार राती मृत भेटिएकी छिन् ।  

सशस्त्र प्रहरी बलमा कार्यरत  सिन्धुपाल्चोक घर भएकी २८ वर्षीया इन्स्पेक्टर सन्तोषी महत मृत अवस्थामा भेटिएकी हुन् ।

शनिबार राति ९ बजे ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा महतको शव भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।  

उनको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले जानकारी दिए । उनले भने,‘उनको शवको पोष्टमार्टम भएको छ । शव अस्पतालमै छ । शसस्त्र आन्तरिक छानविन समितिले काम गरिरहेको छ, घट्नाबारे अहिले केही भन्न सक्ने अवस्था छैन् ।’

न्यौपानेका अनुसार मृतकका परिवारबाट किटानी जाहेरी पर्ने भन्ने सुनेको तर जाहेरी परिनसकेको जानकारी दिए । घट्नाको थप अनुसन्धान नेपाल प्रहरीले गरिरहेको पनि उनले बताए । 

घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता न्यौपानेले बताए ।

सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन् । प्रेम सम्बन्धका कारण उनले आत्महत्या रोजेको आशंका गरिएको छ ।

जवानमै हुँदा २०७८ सालमा असईमा नाम निकालेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन् ।

प्रकाशित मितिः सोमबार, १२ फागुन २०८१
https://jawaaf.com/storage/01JMV0BZ7DS4M0ZP4BQPGDERC6.avif

मदन पुरस्कार विजेता झमकको घरमै पुगेर दिइयो ‘कोशी एक्सिलेन्स अवार्ड’

धनकुटा । प्रतिभावान् साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा साहित्य विधाको अवार्ड घरमै पुगेर प्रदान गरिएको छ ।

फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम तय भएपनि साहित्यकार घिमिरे स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन सकेकी थिइन् ।

उनको अवार्ड शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले ग्रहण गरेका थिए । तर, आइतबार साहित्यका घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईँमार्फत हस्तान्तरण नयन एड्भरटाइजिङ मिडिया प्रा.लिद्वारा सञ्चालित प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

सो कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवास, नेपाल प्रेस युनियनका कोशी प्रदेश महासचिव सन्जिव वाग्ले,प्रेस युनियन धनकुटाका अध्यक्ष बिनोद घिमिरे लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रति मस्तिष्क रोगद्वारा पीडित घिमिरेको जन्म २०३७ असार २१ धनकुटाको कचिडेमा भएको थियो । गरिब परिवारमा अशक्तका रूपमा जन्मिएकी घिमिरेको बाल्यकाल कष्टकर बितेको थियो । तर, उनलाई साहित्यले नै उनको सफलताको बाटो कोर्यो ।

‘जीवन काँडा कि फूल’ कृतिमार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कार समेत पाएकी छन् ।

किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उनले २०५५ सालमा पहिलो कृति ‘सङ्कल्प’ कविता सङ्ग्रह प्रकाशित गरिन् । त्यससँगै आफ्नै चिता अग्नि शिखातिर २०५७, मान्छे भित्रका योद्धाहरू–२०५७ र नौलो प्रतिबिम्ब–२०६५ कविता सङ्ग्रह प्रकाशित गरिन् ।

उनका एउटा क्वाँटी (विभिन्न विधा) सङ्ग्रह, (अवसान पछिको आगमन–२०५७), एउटा लेख सङ्ग्रह (सम्झनाका बाछिटाहरू–२०५७), एउटा कथा सङ्ग्रह (पर्दा, समय र मान्छेहरू–२०६२) र एउटा निबन्ध सङ्ग्रह (बेमौसमका आस्थाहरू–२०६३) प्रकाशित छन् ।


प्रकाशित मितिः सोमबार, १२ फागुन २०८१