सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JMSGATM2QXCS8KM7GHNBM1S7.jpg

समाजवादी विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न

धरान । समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको परिचयात्मक तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिवार आयोजित छैटौँ परिचयात्मक,वनभोज कार्यक्रम मोरङ उर्लाबारी स्थित बेतिनि सिमसारमा भएको हो । 

१ नं. प्रदेश पूर्व मन्त्रि मा.निर्मला तावा लिम्बुको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा चार सय तेत्तिस जना विद्यार्थीहरूको उपस्थिति रहेको इकाई समितिका अध्यक्ष विजय राइले बताए । उनका अनुसार कार्यक्रममा मनोरञ्जनका लागि विविध खेलहरू आयोजना गरिएको मध्ये म्युजिकल चियर मा प्रश्नना राई, हण्डिफोर खेलमा पुरुष तर्फ बिरेन घिसिङ र महिला तर्फ करुसा राई, बेलुन अड्काइ खेलमा बिनुता लिम्बु,सुनिता लिम्बु बिजेता बने उनिहरू जनही १ हजार नगद मार्फत पुरस्कृत भए भने हाउजि खेलका बिजेता विश्वाहाङ्ग राई,मनसिला राई,सन्तोष श्रेष्ठले २ हजार नगत प्राप्त गरे । हाउजि खेल अन्तर्गतको अन्य ३ विधा का विजेता मदन हाङखिम राई,पवन बस्नेत,दिलकुमार राई (बादल) ले जनही ५ सय नगद प्राप्त गरे । 

Pathivara_Adv..gif 182.28 KB

समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस अध्यक्ष बिजय राईले बिद्यार्थीहरूको अतिरिक्त सहभागीता को रूपमा बिगत वर्ष देखि परिचयात्मक तथा वनभोज कार्यक्रम आयोजना गर्दै आएको बताएका छन । प्रत्येक वर्ष आयोजना हुने उत्त कार्यक्रममा सयौ विद्यार्थीको सहभागीता हुने गर्दछ । उत्त कार्यक्रमलाइ निरन्तरता दिने क्रममा यो वर्ष पनि समितिको आयोजनामा छैटौँ परिचयात्मक तथा वनभोज कार्यक्रम आयोजना गरिएको हो । गत वर्ष धनकुटाको नाम्जेमा कार्यक्रम गरिएको उनले बताए । 

कार्यक्रममा जसपा प्रदेस १ सचिव राम माण्डुपा राई,जिल्ला सह–सचिव सुमन राई,धरान उपमहानगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु,कार्यकारिणी सदस्य कौशिला चेमजोङ,समाजवादी युवा संघ प्रदेश सचिव रन्जित राई,समाजवादी विद्यार्थी युनियन प्रदेश उपाध्यक्ष मदन हाङखिम राई,नविन तामाङ,महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापति युवराज राई,सचिव सनिक श्रेष्ठ,उपसभापति दिल कुमार राई (बादल) लगायतको उपस्थित रहेको थियो ।

Bantawa Hardware.gif 828.52 KB


प्रकाशित मितिः आइतबार, ११ फागुन २०८१
https://jawaaf.com/storage/01JMS85PB1FQC98WD4PZ3XG0VN.avif

जनता समाजवादी पार्टीको कार्यालय ग्वार्कोमा, वैकल्पिक शक्ति बन्ने अठोट

काठमाडौँ । जनता समाजवादी पार्टीको नयाँ केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ । आइतवार पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री अशोक कुमार राईले ललितपुरको ग्वार्कोचोक स्थित केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटनपछि अध्यक्ष राईले अब नयाँ कार्यालयबाट नै जनता समाजवादी पार्टीको क्रियाकलापहरू सञ्चालन हुने जानकारी दिए । समाजवादी पार्टी मुलुकको वैकल्पिक विचार र शक्ति निर्माण गरेर अगाडि बढने अठोटकासाथ संगठित भएको पनि उनको भनाइ छ ।

उनले भने,‘अब यही नयाँ कार्यालयबाट नै जनता समाजवादी पार्टीको क्रियाकलापहरू सञ्चालन हुनेछन् । अब समाजवादी पार्टी मुलुकको वैकल्पिक विचार र शक्ति निर्माण गरेर अगाडि बढने अठोटकासाथ संगठित भएको छ ।’

कुनै पार्टी कमजोर हुँदै जनताप्रति अनुत्तरदायी भएर रहँदैमा मुलुकमा राजनीतिक रिक्तता हुन नसक्ने उनको भनाई छ । राजनीतिक रिक्तता परिपूर्ति गर्ने अरू सक्षम र लायक पार्टीको उदय हुने मान्यतामा जनता समाजवादी पार्टी जनताका माझ लिएर आएको उनले बताए ।

उनले भने,‘पुराना पार्टीहरू पूराना विचार, पुरानो सोच, पुरानो संस्था र कार्यशैलीको कारण निरन्तर जनताको बीचमा विश्वास गुमाउँदै गएको र निराश भएको अनुभूति गरेको छौँ । कुनै पार्टी कमजोर हुँदै जनताप्रति अनुत्तरदायी भएर रहन्छ भने मुलुकमा राजनीतिक रिक्तता हुन सक्दैन् । त्यस्तो रिक्तता परिपूर्ति गर्ने अरू सक्षम र लायक पार्टीको उदय हुन्छ । त्यही मान्यतामा हामी जनता समाजवादी पार्टी  लिएर जनताको माझ आएका छौँ ।’

प्रकाशित मितिः आइतबार, ११ फागुन २०८१
https://jawaaf.com/storage/01JMRM0ANNNDZ8XP02YRT376NW.jpg

कोशी प्रदेश औषधी व्यसायी संघमा नवनिर्वाचित धनराज काफ्लेको टिमद्वारा पदभार ग्रहण

बिराटनगर । नेपाल औषधी व्यवसायी संघ, कोशी प्रदेशको माघ २६ र २७ गते भएको निर्वाचनबाट निर्वाचित र निर्विरोध निर्वाचित भएका पदाधिकारी र कार्यकारिणी सदस्यहरुले अधिकारीक रुपमा पदभार ग्रहण गरेका छन् ।

निर्वाचनमा प्रदेश अध्यक्षमा  धनराज काफ्ले बिजयी भएका थिए । बिगत ३ दशक देखि औषधि व्यवसायमा अनुभव हासिल गरेका संघका नव निर्वाचित धनराज काफ्लेले थोक तथा खुद्रा व्यवसाय गर्दै आएका छन् । व्यवसायिका दैनिक अप्ठेरा  बारे  जानकार काफ्ले यसअघि संघको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । 

व्यवसायीलाई पर्दा खुलेर आवाज उठाउने र साथ दिने , मिजासिला स्वभावको व्यक्तित्व नै उनको विजयको आधार बनेको व्यसायीहरु बताउने गर्छन् ।  

नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खन्डेवालको प्रमुख अतिथिमा पदस्थापन भएको थियो । नवनिर्वाचित कार्यसमितिहरुलाई पद तथा सपथ प्रमुख निर्वाचन अधिकृत गणेशराज लुईटेलले गराएका थिए ।

काफ्ले अलावा संगको  प्रदेशमा वरिष्ठ उपाध्यक्षमा सुर्य प्रसाद कोइराला (श्याम), उपाध्यक्ष (थोक ÷आयात) तिर सुधीन ध्वज श्रेष्ठ , उपाध्यक्ष (खुद्रा) दिलिप सुबेदी,  महासचिवः लक्ष्मण माझी चौधरी , कोषाध्यक्षः प्रभात कुमार श्रेष्ठ,  सचिवः झरना न्यौपाने,  उपकोषाध्यक्षः सेवक दाहाल, सदस्य (थोक÷आयात)ः शरद गौतम,  सदस्य (थोक÷आयात)ः खेम लाल काफ्ले , सदस्यहरु खुद्रा तर्फ स्याम कुमार खड्का ,  बेद बहादुर थापा (गणेश) , सदस्य (महिला)ः तिल माया काफ्ले,  सदस्यहरु  (खुल्ला) सुभाष पौडेल,  महेन्द्र थापा , सुरेन्द्र प्रधान, प्रकाश धिमाल निर्वाचित भएका थिए ।  

पदभार ग्रहण गर्दै  अध्यक्ष काफÞ्लेले  व्यासायीका समस्या समाधान गर्नसबैलाई मिलाएर संघलाई एक ढिक्का बनाएर लैजान कुनै कसर बाँकी नराख्ने बताए ।

प्रकाशित मितिः आइतबार, ११ फागुन २०८१
https://jawaaf.com/storage/01JMR6135C6M54XRWGGB4G2N97.avif

चीनको प्राविधिक हब शेनझेनमा ह्युमानाइड रोबोट उद्योग फस्टाउँदो

एजेन्सी । चीनको प्राविधिक हब शेनझेनमा ह्युमानाइड रोबोट उद्योगको विकासले तिब्रता पाएको छ । विशेषगरी च्याट जिपिटीपछि ह्युमानाइड रोबोटहरू नयाँ रेकर्ड तोड्दै उद्योगका रुपमा विकसित हुँदै गएका हुन् । 

जसका कारण कुनै समय विज्ञानको कथा जस्तो लाग्ने कुरा अहिले यथार्थमा परिणत भएको देखिन्छ । चीनको ‘टेक हब’ मानिने शेन्जेनमा ह्युमनोइड रोबोटिक्स उद्योग फस्टाउँदै गएको हो ।

रोबोटका डिजाइनरहरुका अनुसार रोबटका मोडेलको प्राकृतिक हिड्ने चाल हासिल गर्न कठिन हुने गरेको भएपनि अब विस्तारै व्यवसायिकरण हुँदै गएको छ ।

 शेन्जेन इन्जिनएआई रोबोटिक्स टेक्नोलोजीका प्रमुख मार्केटिङ अफिसर याओ ऐवेनका अनुसार रोबोटका लागि पहिलेदेखि नै सिकाई प्रक्रिया, प्रोत्साहन, सिकाई कोडिङ र डिप्लोयमेन्ट कोडिङको ओपन सोर्सलाई प्रयोग गरेर अगाडि बढ्दै जाँदा सफलता हासिल गर्दै गएको बताए ।

एआए अर्थात कृत्रिम बुद्धिमताको विकास भइरहेका बेला ह्युमानाइड रोबोटहरूले केहि वर्षमै विशाल प्रगति गरेको उनले बताए । उच्च–जोखिमका साथ अगाडि बढ्नका लागि पूँजी र इन्जिनियरिङ प्रतिभा सुनिश्चित गर्ने चुनौतीहरू थपिएको उनले बताए ।

 चाइना डेवलपमेन्ट इन्स्टिच्युटका सहायक अध्यक्ष चाओ जोङसिओङले च्याट जिपिटीपछि, ह्युमानाइड रोबोटहरूले उच्च प्रगति गरिरहेको स्वीकारे । उनले अझै प्राविधिक समस्याहरुको समाधान गर्न बाँकी रहेको पनि बताए ।

‘हामीलाई इन्जिनएआई जस्ता कम्पनीहरूले बलियो शुरुआत भएको बताइरहेका छन् । हालको सफलताको अधिकांश हिस्सा शेनझेनको समृद्ध प्राविधिक इकोसिस्टमबाट आएको हो,’ उनले भनेका छन् ।

शेनझेन र ग्रेटर बे एरिया चीनको ह्युमानाइड रोबोटिक्स उद्योगमा नेतृत्व गरिरहेको र विश्वभरि प्रभाव पार्दै गएको रोबोट निर्माताहरुको भनाई छ । (सीसीटीभीप्लस)

प्रकाशित मितिः आइतबार, ११ फागुन २०८१
https://jawaaf.com/storage/01JMPCZC13QRAZTWWX905W0ZDJ.jpg

अर्धवार्षिक समीक्षामा कमजोर भएका प्रधानमन्त्री ओलीको यसरी वित्यो हप्ता दिन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि देशमा विकासले गति लिएको र सुशासन सुरु भएको बताइरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै प्रतिवेदनले उनको दाबीको खण्डन गरेको छ । 

चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्री कार्यालयसहित अधिकांश मन्त्रालयको अर्धवार्षिक नतिजा कमजोर देखाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस महिनासम्मको प्रगति विवरणमा प्रधानमन्त्रीकै कार्यालयसहितका अधिकांश मन्त्रालय तथा निकायले लक्ष्यअनुसार आधा पनि काम गरेका छैनन् ।

सरकारले वार्षिक कार्ययोजनामा उल्लेख क्रियाकलाप तथा माइलस्टोनलाई आधार बनाएर प्रधानमन्त्री कार्यालयले त्यसको कार्यान्वयन गरेर प्रतिवेदन बनाएको हो । ६ महिनाको अवधिमालक्ष्यको ३२.०५ प्रतिशत मात्र काम भएका छन् । क्रियाकलापतर्फ१७.२ तथा माइलस्टोतर्फ ४६.९ प्रतिशत मात्र काम भएकोप्रतिवेदनमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, २० वटा मन्त्रालय तथा राष्ट्रिय योजना आयोग, नेपाल ट्रस्टको कार्यालय, लगानी बोर्ड, सतर्कता केन्द्र, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, लगानी बोर्डको कार्यालय, तथ्यांक कार्यालयसमेत २८ निकायका क्रियाकलाप र माइलस्टोनलाई एकीकृत अनुगमन प्रणालीमा प्रविष्ट गरी विश्लेषण गरिएको थियो ।

वार्षिक कार्ययोजनाअुनसार काम गर्न प्रधानमन्त्री केपी ओलीले २७ भदौ ०८१ मा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता पनि गरेका थिए ।तर, त्यो पनि प्रभावकारी देखिएको छैन ।

प्रधानमन्त्रीले आफूलाई देशको विकास र समृद्धिका लागि समर्पित नेता र कुशल व्यवस्थापकको रूपमा प्रस्तुत गर्छन्, तर हालैको अर्धवार्षिक समीक्षाले उनका दाबीहरूको भण्डाफोर गरेको छ । सरकारको कार्यान्वयनको नतिजा असफल देखिएको छ, जहाँ अधिकांश मन्त्रालय र सरकारी निकायहरूले निर्धारित लक्ष्यको आधा पनि पूरा गर्न सकेका छैनन् । यो स्थिति ओलीको नेतृत्वको कमजोरीलाई स्पष्ट रूपमा दर्शाउँछ ।

ओलीको नेतृत्वमा केही महत्त्वपूर्ण कार्य भएको भएपनि कागजको मात्र सिमित भएको गुनासाहरु आइरहेका छन् । प्रायः उदघाटन, शिलन्यास अर्थात भाषणका कार्यक्रममा व्यस्त भएका प्रधानमन्त्री ओली आलोचित समेत छन् । वितेको एक साता प्रधानमन्त्रीको व्यस्ततालाई हेरेर पनि उनको कामको परिणामलाई आंकलन गर्न सकिन्छ । 

यसै सिलसिलामा उनले फागुन ७ को प्रजातन्त्र दिवसका अवसरमा शहीदहरूको सम्मान गरे, तर उनका कार्यहरू शहीदहरूको वास्तविक संघर्ष र समर्पणसँग मेल खाँदैनन् । यसै साता शहीद परिवारका सदस्यहरुको गुनासाहरुबाट पनि ओलीको प्रतिबद्धतालाई व्यवहारिक कार्यान्वयन छ या छैन् भन्ने स्पष्ट हुन्छ ।

समीक्षामा नै फेल भएका प्रधानमन्त्रीले यो हप्ता तारिफयोग्य काम भएको देखिदैन् । यो हप्ता पनि ओली  विशेष गरी भाषण, उद्घाटन र संसदकै  बैठकमा व्यस्त भए ।  फागुन ४ गते ओली  प्रतिनिधिसभाको बैठकमा सहभागि भए । जहाँ उनले  नागढुङ्गा सुरुङ मार्गको काम ८५ प्रतिशत सम्पन्न भएदेखि हरेक सांसदहरुका प्रश्नकोउत्तर दिन तम्तयार भए । 

जहाँ उनले संसदमै १० जना सांसदहरुको उत्तर दिएका थिए । संसदमै ओलीले सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए । 

सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले अस्पतालको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनका लागि उपलब्ध स्रोत र साधनको प्राथमिकताका साथ विनियोजन गरिरहेको र आगामी बर्ष पनि प्राथमिकतापूर्वक विनियोजन गरिने जानकारी गराए । 

यसैगरी फागुन ५ गते ओली प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्न लुम्बिनी पुगे । जहाँ उनले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताए । 

उनले भने, ‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो । अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ । कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ । उद्योगहरु स्थापनाका लगानी विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ । तीनवटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ । कोही कसैले अरु कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ ।’

फागुन ६ गते ओलीले संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन ग्रहण गरे । जहाँ उनले प्रधानमन्त्री ओलीले प्रतिवेदन ग्रहण गर्दै अध्ययन र छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने विश्वास दिलाए । 

फागुन ७ गते ओली प्रजातन्त्र दिवसलाई सम्बोधन गर्न टुंडिखेलमा आयोजित विशेष समारोहमा पुगे ।  जहाँ उनले फागुन ७ हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो यसलाई कसैले भुल्न नहुने बताए ।

ओलीले प्रजातन्त्र दिवस अर्थात फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउन दृढ संघर्ष अघि बढाएको बताए ।

उनले भने, ‘समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्ष अघि बढायो । यसरी हामी फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउँछौं । शहीदहरुको महान त्यागलाई सम्झन्छौं । नयाँ पुस्तालाई, उनीहरुको उज्ज्वल भविष्यको लागि, पुर्खाले भोगेको हण्डर, ठक्कर तथा बलिदान र समर्पणको महान–गाथा स्मरण गराउँछौं । फागुन ७ गते ! आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पु¥याएको दिन हो ।’ 

यसैगरी सोही दिन नै ओली स्काइवाक टावरको भ्रमण र अवलोकनमा पुगे । उनले सार्वजनिक बिदाको अवसरमा प्रथम महिला राधिका शाक्यसँगै अवलोकन गरे ।  जहाँ प्रधानमन्त्री ओलीले टावरको उचाइमा राष्ट्रिय झण्डोत्तलन समेत गरे । 

फागुन ८ गते ओली कास्कीको ढुङ्गेपाटनमा आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्न पुगे । जहाँ उनले ‘बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुदैँन्’ भन्दै विद्यार्थीहरुलाई इमानदार बन्न सुझाव दिए ।

उनले भने, ‘इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईँहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन । तपाईँहरु समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वाेच्चताको गर्व तपाईँहरुमा होस् ।’

फागुन ९ गते ओली ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको लोकार्पण गर्न  पुगे । जहाँ उनले टिकटकमा प्रतिबन्ध लगाउनेहरु आज बोल्न पाउने अधिकार खोज्दैछन् भन्दै टिकटकको  कुरा जोड्न भने भुलेनन् ।

तर, प्रधानमन्त्री ओलीको कमजोर कार्यसम्पादनको बाबजुद, सरकारका कानून, न्याय र संसदीय मामिला मन्त्री अजय चौरसियाले अर्धवार्षिक समीक्षा रिपोर्टमा उच्च अंक प्राप्त गरेका छन् । चौरसियाले १०० प्रतिशत कार्यसम्पादन मूल्याङ्कन ल्याएको छ, जसले उनको कर्तव्यनिष्ठा र कार्यक्षमता पुष्टि गर्दछ ।

यस हप्ता प्रधानमन्त्री केपी ओलीका गतिविधिहरूले स्पष्ट पार्छ कि उनले विकास र सुशासनको दाबी गरेतापनि, सरकारले योजनाहरू कार्यान्वयनमा सफलता प्राप्त गर्न सकेको छैन ।

देशको प्रगति र समृद्धिका लागि प्रभावकारी कार्य योजना र कार्यान्वयनको आवश्यकता अझै पनि खाडल नै परेको छ । प्रधानमन्त्री र मन्त्रीहरूको व्यक्तिगत योगदान र कार्यक्षमताले मात्र देशको समग्र प्रगति सुनिश्चित गर्न सक्दैन; यसको लागि समग्र सरकारको कार्यसम्पादन र साझेदारी आवश्यक छ । 

 

प्रकाशित मितिः शनिबार, १० फागुन २०८१
https://jawaaf.com/storage/01JMPBBP3RPFH5F9TJFZXBY0PA.jpg

प्रकृति लम्साल प्रकरणमा कोशीका सांसदको आवाज, पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थीलाई पढाउने

मोरङ । कोशी प्रदेशका सांसदहरूले भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा स्नातक तहमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युका संम्बधमा कोशी प्रदेश सभामा आवाज उठाएका छन् । 

शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद निर्मला लिम्बुले विदेशमा अध्ययन गर्ने विद्यार्थीहरूका सम्बन्धमा कूटनीतिक योजना बनाउन आवश्यक रहेको बताएकी  हुन् । 

घटनाका बारेमा चिन्ता जाहेर गर्दै उनले भनिन्, ‘विद्यार्थीहरू जग्गा धितो राखेर पढ्न गइरहेका हुन्छन् । उनीहरूको सुरक्षाका लागि सरकारले के पहल गरिरहेको छ त ?’

यस्तै राप्रपा सांसद गोपाल बहादुर विश्वकर्माले घटनापछि सरकारले कुनै पनि कूटनीतिक पहल नगरेको बताए । आफ्ना देशका विद्यार्थी र परिवारलाई समस्या पर्दा सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ । 

भुवनेश्वरस्थित कलेजको होस्टलेमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल गत आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव भने नेपाल ल्याएर परिवारले दाहसंस्कार गरिसकेको छ ।

यसैबीच पूर्वाञ्चल विश्वविद्यालयले भने अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाइने जनाएको छ । सो प्रकरणपछि भुवनेश्वरस्थित सो विश्वविद्यालयमा पढ्न गएका ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू स्वदेश फर्किरहेको बेलामा पूर्वाञ्चल विश्वविद्यालयले अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाइने जनाएको हो । 

विश्वविद्यालयले सूचना जारी गर्दै विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरूले अध्ययन पूरा नगरी फर्किएको अवस्थामा क्रेडिट ट्रान्सफर गरी पढाइने जनाएको हो । उच्च शिक्षाका लागि विभिन्न देशमा गएर विशेष कारणले अध्ययन पूरा नसकी फर्किनुपरेका विद्यार्थीहरूका क्रेडिट ट्रान्सर्फमर गरिने सूचनामा उल्लेख गरिएको छ । 

स्वदेशमै पुनः आफ्नो अध्ययनलाई निरन्तरता दिई पूरा गर्न चाहेमा विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न शैक्षिक कार्यक्रमहरूसँग मिल्ने विषयको क्रेडिट ट्रान्सफर गरिदिने सूचनामा भनिएको छ ।

 

प्रकाशित मितिः शनिबार, १० फागुन २०८१
https://jawaaf.com/storage/01JMPB51DXGSJ8T4E3PTP2BC5X.jpg

क्यानडामा ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन’ हुने

टोरन्टो । क्यानडामाe दर्ता भएको गैर–सरकारी संस्था सहयात्रा–क्यानडाले दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूसँगको सहकार्यमा ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ आयोजना गर्न लागेको छ ।

सम्मेलन २५ मेदेखि २७ मेसम्म क्यानडाको टोरन्टोमा आयोजना हुनेछ, जसको मुख्य विषयवस्तु ‘समानता, सामाजिक न्याय, र जाति प्रथाको उन्मूलनतर्फ ऐक्यबद्धता निर्माण’ रहने आयोजकले जनाएको छ ।

‘विश्वभर करिब २६ करोड मानिस जाति, वंश, र वंशजका आधारमा अमानवीय व्यवहार र विभेदको शिकार भइरहेका छन् । जातिभेद दक्षिण एसियाबाट उत्पन्न भएको भए तापनि अहिले यो समस्या विश्वव्यापी बनिसकेको छ,’ सम्मेलन आयोजक समितिका  अध्यक्षडा. द्रोण  रसालीले बताए ।

उक्त सम्मेलनले जातीय भेदभाव अन्त्य गर्नका लागि उत्कृष्ट अभ्यास र समाधानहरूबारे अन्तर्राष्ट्रिय संवाद अघि बढाउने  साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारहरू, समुदायहरू, सरोकारवाला निकाय तथा लक्षित समूहहरूको ध्यान जातीय विभेद अन्त्यका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा केन्द्रित गराउने लक्ष्य राखेको उनले बताए ।

उक्त सम्मेलनले  सरकारका निकाय, नीति निर्माता, नागरिक समाजका प्रतिनिधिहरू, व्यवसायी, शैक्षिक अनुसन्धानकर्ता, अध्येता, विद्यार्थी, तथा अभियन्ताहरूलाई एउटै साझा मञ्चमा ल्याई जातीय विभेद तथा अन्य उत्पीडनकारी अभ्यासहरूको उन्मूलनका लागि न्याय र समानताका आधारमा सामूहिक प्रयास कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

‘हालसम्म १५ जना प्रतिष्ठित विद्वान, प्राध्यापक तथा अनुसन्धानकर्ताहरू वक्ताका रूपमा सहभागी हुने पुष्टि भइसकेको छ । हामी आशावादी छौँ  यो सम्मेलनले सहभागीहरूलाई जातीय विभेदबारे आफ्ना अनुभव, विचार, तथा पहलहरू प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्नेछ,’सम्मेलन आयोजक  समितिका संयोजक सन्तोष विश्वकर्माले भने । उनले  सम्मेलनमा नेपालमा जातीय भेदभावबारे विशेष छलफल हुने र  सम्मेलनले विभेदविरुद्धको संघर्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता सुदृढ गर्न मद्दत गर्ने विश्वास पनि व्यक्त गरे।

टोरन्टो सम्मेलनमा जातीय विभेदको  प्रभाव, पीडितहरूको व्यक्तिगत अनुभव, केस स्टडीहरू, अन्तर्राष्ट्रिय कानुनहरूको समीक्षा र तिनको कार्यान्वयन, विभेद अन्त्य गर्न गरिएका विश्वव्यापी प्रयास, ज्ञान हस्तान्तरण, दलितसम्बन्धी अनुसन्धान, जातीय विभेद अन्त्यका लागि सर्वोत्तम अभ्यास तथा समाधानका साथै संस्थागत विकास, भावी रणनीति, तथा समानता र सामाजिक न्याय प्रवद्र्धन गर्ने उपायहरूबारे पनि  छलफल गरिने आयोजकले जनाएका छन् ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका अभियन्ता, नीति निर्माता, मानव अधिकार रक्षक, नागरिक समाजका प्रतिनिधि, व्यवसायी, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थी, पत्रकार, पेशाकर्मी  तथा सामाजिक अभियन्ता लगायत विश्वभरबाट करिब ३०० जना सहभागी रहने अपेक्षा गरिएको उक्त सम्मेलनमा सहभागी हुन सहयात्राको वेबसाइट sahayatraintl.com मा गएर दर्ता गर्न सकिने आयोजक संस्थाले जनाएको छ।

प्रकाशित मितिः शनिबार, १० फागुन २०८१
https://jawaaf.com/storage/01JMNZ501VDAF26ENM0Q9Y36MP.avif

एकलौटी रूपमा पार्टी चलाउन खोजेकाले हामी अलग हुन बाध्य भयौ : अध्यक्ष राई

जनकपुर । जनता समाजवादी पार्टीका नेताहरूले, उपेन्द्र यादवले एकलौटी रूपमा पार्टी चलाउन खोजेकाले आफूहरू अलग हुन बाध्य भएको टिप्पणी गरेका छन् । जनकपुरधाममा शुक्रवार अबेर साँझसम्म चलेको जसपाको मधेस प्रदेश अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी नेताहरूले यस्तो टिप्पणी गरेका हुन् ।

कार्यक्रममा जसपा अध्यक्ष अशोक राईले उपेन्द्र यादवप्रति टिप्पणी गर्दै एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि आफूहरू अलग भएको धारणा राखेका थिए । उनले यादवले पार्टीलाई व्यवस्थित गर्न नसकेको, वैकल्पिक शक्ति बनाउन नसकेको र एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि अलग भएको बताए ।


अध्यक्ष राईले अन्यायमा परेका सबै उत्पीडित जनतालाई न्याय दिलाउन पनि जसपा पुनर्गठित गरेको बताए । उनले कुनै किसिमको अन्योलमा नबसी उत्साहका साथ जसपालाई वैकल्पिक शक्ति बनाउनका लागि अगाडि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आग्रहसमेत गरे ।

कार्यक्रममा सहअध्यक्ष रेणुकुमारी यादवले उपेन्द्र यादवमाथी आफू बाहेक अरूलाई नेता बनाउनै नचाहेको आरोप लगाइन् । उनले अपमान सहेर पार्टीमा बस्न नसकेपछि आफूहरू अलग भएको पनि बताइन् । सहअध्यक्ष यादवले मधेशका जनतालाई हातमा हात राखेर नबस्न अनुरोध गर्दै प्रदेशमा सात वर्षमा भएको बजेट खर्चको हिसाब नेताहरूसँग लिनसमेत आग्रह गरिन् ।

त्यसैगरी, जसपाका नवनिर्वाचित मधेश प्रदेश समितिका अध्यक्ष अशोक यादवले मधेसको हकहितका लागि संघर्ष गरिरहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा पार्टीका उपाध्यक्ष नवलकिशोर साह, खानेपानी मन्त्री तथा पार्टीका उपमहासचिव प्रदीप यादवलगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।


प्रकाशित मितिः शनिबार, १० फागुन २०८१
https://jawaaf.com/storage/01JMMAW3HA3SWG1XTGX05GEJ2Q.avif

राष्ट्रपति पौडेलले धरानमा गरे धर्मशालाको उद्घाटन

धरान । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको धरान उपमहानगरपालिका ८ मा स्थापना भएको राधाकृष्ण प्रणामी मन्दिरद्वारा निर्मित धर्मशाला र गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गरेका छन् । 

शुक्रवार एक समारोहका बिच पौडेलले सो धर्मशाला र साधनालयको उद्घाटन गरेका हुन् । सो समारोहलाई सम्बोधनका क्रममा पौडेलले सबै धर्म तथा सम्प्रदायको लक्ष्य मानव सेवा रहेको उल्लेख गरे । 

Pathivara_Adv..gif 182.28 KB

उनले मानिसभित्र आपसी मित्रता, प्रेम, सद्‍भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक रहेको बताएका राष्ट्रपति पौडेलले भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस संसारभर भइरहेको उल्लेख गरे । धर्मशाला पनि मानवीय सेवाको मन्दिर भएको बताए ।

SathyaShishu_School.gif 386.43 KB

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, जगत् गुरु श्रीकृष्णमणि महाराज लगायतको उपस्थिति रहेको थियो ।

सवा ३ करोड लागतमा निर्माण गरिएको धर्मशालामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामी, कुरुवा र गरिब तथा असहायलाई निःशुल्क कोठा उपलब्ध गराउने व्यवस्थापन समितिले जनाएको छ । 

सोही धर्मशालाको उद्घाटन गर्न राष्ट्रपति पौडेल शुक्रवार कोशी प्रदेशको सुनसरी स्थित धरान आएका हुन् ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शुक्रबार, ०९ फागुन २०८१
https://jawaaf.com/storage/01JMM4DW5C4TGHP5P79VC4JWSV.avif

पीडित विद्यार्थी अनुहार छोपेर पत्रकार सम्मेलनमा, घट्नाको सत्य तथ्य छानबिन गर्न माग

काठमाडौँ । भारतको ओडिसास्थित कालिङ्गा ईन्सिटच्युट आफ ईन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले आफूहरूमाथि आपराधिक क्रियाकलाप भएको बताएका छन् ।

उनीहरूले स्थानीय प्रहरी र सुरक्षा गार्डले अमानवीय व्यवहार गरेको समेत बताए । सुरक्षालाई मध्यनजर राख्दै अनुहार छोपेर शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेका उनीहरूले प्रकृति लम्सालको मृत्युबारे सत्य तथ्य छानबिन हुनुपर्ने र पीडित विद्यार्थीहरूले न्याय पाउनुपर्ने माग राखे ।

लम्सालको शङ्कास्पद मृत्युपछिको उत्पन्न भएको परिस्थितिका क्रममा आफूहरूमाथि ज्यादती र अमानवीय व्यवहार भएको गुनासो गरेका हुन् ।

‘पुलिसले मात्रै नभएर त्यहाँको सेक्युरिटी गार्डहरूले पनि कुटपिट गर्न थाले । जति छिटो आफ्नो देश गइहाल भने । आफ्नो देशमा गएर काम गर, खेत खन जस्ता कुरा भनियो,’एक पीडित विद्यार्थीले भने ।

साथै प्रकृतिको मृत्युपछि त्यहाँका शंकास्पद सबैलाई नियन्त्रणमा नलिइएको र उनीहरू माथि छानबिन नभएको बताए ।

उक्त घटनाले नेपालीहरूको इज्जत गएको र आत्मसम्मानमा चोट पुगेको उनीहरूको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित विद्यार्थीहरूलाई भेटेर उनीहरूको पीडा सुनिदिनु पर्ने उनको माग छ ।

पत्रकार सम्मेलनमा भेला भएका अधिकांश विद्यार्थीले अनुहार छोपेर लम्सालको न्यायको माग गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, ०९ फागुन २०८१