सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JMKRTHJT9ZXXTHBJPPFP7X58.avif

दुर्लभ भाषा संरक्षणमा ध्यान दिनुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले दुर्लभ भाषाको संरक्षण र विकासका लागि ध्यान दिनु पर्नेमा जोड दिएका छन् । अन्तराष्ट्र्रिय मातृभाषा दिवसको रजत महोत्सवमा भाषा प्रयोगशालाको उद्घाटन गर्दैै मन्त्री पाण्डेले लोपोन्मुख र दुर्लभ भाषा लोप हुन लागेको प्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘लोपोन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । अहिले कुसुन्डा बोल्ने एक जना व्यक्ति मात्रै रहेछन । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ ।’

उनले भाषा नभए मानिसको जिन्दगी निरस हुने बताए । उनले प्रत्येक भाषाले छुट्‍टा छुट्‍टै सन्देश दिने, अर्थ राख्ने, संवेदनशीलता, दर्शन, इतिहास सभ्यता बोक्ने पनि बताए । 

मन्त्री पाण्डेले ज्ञानको बहुआयामिक जोगाउनका लागि पनि भाषाको महत्व बढ्दै गएको बताए । उनले मुलुकमा हाल १३१ वटा भाषा बोलिने गरेको उल्लेख गर्दै अन्वेषण हुँदै जाँदा भाषा बढ्दै जाने समेत बताए । मन्त्री पाण्डेले भाषा अभौतिक सम्पदा जस्तै भए पनि यसले भौतिक कुराको पनि सेतुको काम गरिरहेको उल्लेख गरे ।

प्रकाशित मितिः शुक्रबार, ०९ फागुन २०८१
https://jawaaf.com/storage/01JMK6AVBYZ0CGR3YMXN4B9XGV.avif

ट्रम्पलाई मेन्सन गर्दै बालेनले भने, ‘तपाईँका अल्छी अमेरिकीले देश बनाउन सक्दैनन्’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका छन् । नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले सामाजिक सञ्जाल मार्फत यस्तो भनेका हुन् ।

Pathivara_Adv..gif 182.28 KB

शाहले लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा धन्यवाद । हाम्रा मान्छेले देश छाडी रहेका कारण नै हामी गरिब भएका हौँ,’ उनले अगाडि लेखेका छन् ‘तपाईँहरू गरिब हो किनकि तपाईँका अल्छी नागरिकले आफ्नो देश बनाउन सकेनन् । यस कारण तपाईँहरूलाई यसका लागि संसारका मानिसको आवश्यकता परेको हो ।’

बालेनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए । साथै बालेनले डिभी भिसा बन्द गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, ०९ फागुन २०८१
https://jawaaf.com/storage/01JMK4P98HN030GDXAFW7YTCFY.avif

संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का तीन वटा समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । आज बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक भने बिहान ११ः३० बजेबाट सुरु हुनेछ । जुन बैठकमा माउन्ट एभरेस्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधिसँग छलफल हुनेछ ।

साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय र आयोजनाको पुँजीगत बजेटको कार्य प्रगति (अर्धवार्षिक) को बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मितिः शुक्रबार, ०९ फागुन २०८१
https://jawaaf.com/storage/01JMHQXS7WRRACDGZVS188082H.avif

सामाजिक सञ्जाल सम्बन्धी विधेयकविरुद्ध प्रदर्शन, आन्दोलन चर्काउने चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयकको विरोध गरेको छ । प्रेस युनियन काठमाडौँ शाखाले बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ अगाडि बढाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेको भन्दै विरोध जनाएको हो ।

युनियनकर्मीले विहीवार सामाजिक सञ्जाल विधेयक र मिडिया काउन्सिल विधेयक विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा बोल्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले विधेयक पेस गर्नु भनेको आम नागकिकहरूको मौलिक अधिकारलाई कुण्ठित गर्ने काम भएको बताए ।

उनले भने,‘ सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेस गरेर आम नागकिकहरूको मौलिक अधिकारलाई कुण्ठित गर्ने काम भएको छ । त्यसको नेपाल प्रेस युनियन घोर भर्सना गर्दछ । तत्काल राष्ट्रिय सभामा दर्ता गरिएको सामाजिक सञ्जाल विधेयक फिर्ता गरेर सरोकारवालाहरूसँग छलफल गरेर मात्रै त्यो विधेयकलाई पूर्णता दिने गरी राष्ट्रिय सभामा र प्रतिनिधि सभामा पेस गर्नका निम्ति अनुरोध गर्दछु ।’

उनले सरकारले विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरूसँग छलफल गरेर पुनर्लेखन नगरे स्वीकार गर्न नसकिने पनि बताए ।

‘अब हामी सडकमा आउन बाध्य भएका छौ । विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरूसँग छलफल गरेर पुन लेखन गरिएन भने विधेयक स्वीकार गर्न सकिदैन । त्यसकारण हामी मात्र होइन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने, आम सञ्चारको क्षेत्रमा काम गर्ने र नयाँ मिडियामा काम गर्ने सबै साथीहरूलाई आन्दोलनमा सरिक हुन आग्रह गर्दछु । मिडिया काउन्सिल विधेयक पनि संशोधन गर्न जरुरी छ ।’

विरोध प्रदर्शन युनियनका काठमाडौँ अध्यक्ष महेश्वर गौतमले सरकारले विधेयकमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नियन्त्रण गर्न खोजेकाले प्रदर्शनमा उत्रिनु परेको बताए ।

प्रदर्शनकारीले सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गर, नियमनका नाममा नियन्त्रण सहँदैनौँ, होसियार ! आलोचना गर्ने अधिकार खोस्न पाइँदैन्, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोस्न पाँदिन्, अभिव्यक्ति माथिको अंकुश, बन्दैछ सरकार निरङ्कुश, मौलिक हकमाथि घात गर्ने विधेयक फिर्ता गरलगायतका प्ले कार्ड बोकेका थिए ।

प्रकाशित मितिः बिहिबार, ०८ फागुन २०८१
https://jawaaf.com/storage/01JMHH2B38HN25CA43VJYDVB42.jpg

राप्रपाले प्रदेशस्तरीय आमसभा गर्ने

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन महिनामा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुन महिनामा देशका विभिन्न शहरमा साना ठूला सभाहरू गर्ने र चैतमा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार राप्रपाले यही फागुन ९ गते गण्डकी प्रदेशको पोखरा, फागुन २१ गते जनकपुर, १७ गते बुटवल, १९ गते  सुदूरपश्चिमको धनगढीमा आमसभा गर्न लागेको छ ।

यसैगरी फागुन २५ गते काठमाडौँ र फागुन २७ गते सुर्खेतमा  प्रदेश स्तरीय बृहत् आमसभा गर्न लागेको हो ।

प्रकाशित मितिः बिहिबार, ०८ फागुन २०८१
https://jawaaf.com/storage/01JMH6KW6ABVKDCGQBZJNR01QG.avif

विपिन जोशीबारे इरानका परराष्ट्र मन्त्रीसँग कुरा भएको छ : मन्त्री डा.देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको बताएकी छन् ।

बिहीबार त्रिभुव अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले इरानका परराष्ट्र मन्त्रीले विपिन जोशीको बारेमा गम्भीर भएर लागेको जानकारी गराएको बताइन् ।

उनले भनिन्, ‘मैले इरानको परराष्ट्र मन्त्रीसँग पनि कुरा गरें । त्यो कुरा विपिन जोशीको नै बारेमा मूल छलफल भएको थियो । उहाँले पनि म प्रयास गर्छु तर अझै पनि तपाईहरूको र थाईको एकजनाको अवस्थाको बारेमा राम्रो जानकारी आएको छैन् । केही सूचनाहरू मागेका छौ र गम्भीर भएर लागेका छौ भन्नु भएको छ । यही कुरा कतारको प्रतिनिधिहरूले पनि गर्नु भएको थियो ।’

यसको साथै, उनले ओमानसँग कागजको विक्रीलाई व्यावसायिक गर्ने र पर्यटकको क्षेत्रलाई सुधार गर्ने बारेमा दुईवटा एमओयुहरु साइन भएको पनि बताइन् ।

उनले भनिन्, ‘हामीले ओमानसँग दुईवटा एमओयुहरु पनि साइन गरेका छौ । एउटा हाम्रो कागजहरूलाई कसरी वक्री र व्यावसायिक गर्ने भन्ने कुरामा आउने दिनमा काम हुन्छ होला र अर्को पर्यटकको क्षेत्रमा पनि एमओयू गरेका छौ । पर्यटकको क्षेत्रमा नेपालसँग एकदमै नजिक भएर काम गर्न मन भएको कुरा पनि राख्नु भएको छ ।’

यसको साथै डाक्टर, इन्जिनियरहरु जस्तो मानिस पनि बाहिर गएर श्रमिकको रूपमा काम गर्नुपर्ने अवस्था पनि थाहा भएको छ । यसबारे पनि श्रम मन्त्रालयसँग बसेर कुरा गर्ने उनको भनाई छ ।

यस्तै, उनले घरेलु कामदारको रूपमा महिलाहरू जाने विषयलाई पुन विचार गरेर एउटा टिम बनाएर फिल्ड रिसर्च गरेर नै काम गर्ने पनि बताइन् । 

परराष्ट्रमन्त्री ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओमान भ्रमणका लागि गएकी थिइन् । 

प्रकाशित मितिः बिहिबार, ०८ फागुन २०८१
https://jawaaf.com/storage/01JMGM4HY9FKACNWF74W7DSX73.avif

वीरगन्जका दुई क्यासिनोमा मुख्यमन्त्रीको छड्के अनुगमन

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगन्जमा रहेका दुई क्यासिनोमा पुगेर छड्के अनुगमन गरेका छन् ।  वीरगन्जको होटल दियालो लड्र्समा सञ्चालित किङ्ग्स क्यासिनो र होटल सुरजमा सञ्चालित फर्चुन सिटी क्यासिनोमा अनुगमन गरेका हुन् ।

नेपालमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई जुवा खेल्न प्रवेश निषेध रहेको छ। तर यहाको क्यासिनोमा नेपाली नागरिकहरूले समेत जुवातास खेलेर गम्भीर सामाजिक, आर्थिक र मनोवैज्ञानिक संकटमा परिरहेका र पछिल्लोपटक एक नेपालीले ४० लाख रुपैयाँ गुमाएको खबर पाएपछि मुख्यमन्त्री सिंहले क्यासिनो अनुगमन गरेको प्रेस संयोजक मनोज मोरबैताले बताए ।

Pathivara_Adv..gif 182.28 KB

उनका अनुसार क्यासिनोबाट एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाइएको हो ।पछिल्लो एक महिनाको ग्राहकको इन्ट्री विवरण, सिसिटिभी क्यामेराको फुटेज, ग्राहकको विवरण लगायतका कागजात मुख्यमन्त्री कार्यालयमा पेस गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।

मुख्यमन्त्री सिँहले  पत्रकारहरूसँग कुरा गर्दै वीरगन्जमा अस्पताल अनुगमन गर्न आएका बेला क्यासिनोको पनि छड्के अनुगमन गरिएको बताए ।उनले सुरक्षा लगायतका दृष्टिले क्यासिनो अत्यन्त संवेदनशील ठाउँ भए पनि तिनको व्यवस्थापकीय पक्ष सन्तोषजनक नभएको बताए । वीरगन्जमा   हालः कूल चारवटा होटलमा क्यासिनो सञ्चालनमा रहेका छन् ।

प्रकाशित मितिः बिहिबार, ०८ फागुन २०८१
https://jawaaf.com/storage/01JMGGW1K78M5QNWVJ90HZ02RG.avif

मौसम पूर्वानुमान : देशका केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनुका साथै देशका बाँकी पहाडी भूभागमा आंशिक बदली बाँकी भेगमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, गण्डकी, सुदूरपश्चिम, र कर्णाली प्रदेशका उच्च पहाडी एवं हिमाली भागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मितिः बिहिबार, ०८ फागुन २०८१
https://jawaaf.com/storage/01JMFBQP2HJE5JMCJCN5MND2ST.jpg

मुख्यमन्त्री सिंहको नेतृत्वमा वीरगञ्जका अस्पतालहरूको पनि अनुगमन सुरु

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम पछि वीरगञ्जका अस्पतालहरुको अनुगमन सुरु गरेका छन् ।

बुधबार मुख्यमन्त्री सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी सन्तोष कुमार ठाकुर लगायतका टोलीले वीरगञ्जको भवानी अस्पतालको अनुगमन गर्नुका साथै सेवा, स्वच्छता र व्यवस्थापनको अवस्थाबारे विस्तृत जानकारी लिएका हुन ।

निरीक्षणको क्रममा अस्पतालका फोहोर व्यवस्थापनको प्रणालीमा सुधारका लागि निर्देशन दिइएको थियो ।

अनुगमन टोलीले अब केही दिन निरन्तर रुपमा वीरगञ्जका अन्य अस्पतालहरुको अनुगमन गर्ने जनाइएको छ ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवाको गुणस्तर र सफाइमा सुधारको आवश्यकता औंल्याउँदै अस्पतालहरूको व्यवस्थापन र कर्मचारीहरूको कार्यसम्पादनमा पनि ध्यान दिनुपर्ने भन्दै यसलाई प्राथमिकतामा राखेको बताएका छन् ।

यस अघि जनकपुरधाममा मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले निजी अस्पतालहरुको अनुगमन गर्नुका साथै मापदण्ड पूरा नभएको र दर्ता नगराएका अस्पतालहरुलाई बन्दसमेत गरेका थिए । तर जनकपुरधामको मात्र निजी अस्पतालको अनुगमन गरेर मुख्यमन्त्री सिंहले स्टन्टबाजी गर्न खोजी रहेको भन्दै विभिन्न पार्टीको नेता कार्यकर्ताले आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मितिः बुधबार, ०७ फागुन २०८१
https://jawaaf.com/storage/01JMF901YVSA2S692GMF9ZJY30.jpg

डा टंकप्रसाद न्यौपाने कोशी एक्सिलेन्स अवार्डबाट सम्मानित

इटहरी । कोशी एक्सिलेन्स अवार्ड २०८१ अन्तर्गत शिक्षा विधाको अवार्ड प्रा.डा टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ ।

बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा न्यौपानेलाई प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वरिष्ठ भाषाविद् न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

२००५ माघ ६ गते धनकुटाको चुङ्माङ ३ मा जन्मिएका न्यौपानेले जीवनका पाँच दशक प्राध्यापन पेसामा आबद्ध रहेर देशका विभिन्न क्याम्पसको क्याम्पस प्रमुख भएर काम गरेको अनुभव समेत बटुलेका छन् । न्यौपाने हाल विद्यावारिधिको शोध निर्देशकको रूपमा समेत कार्यरत रहेका छन् ।

IMG_5914.gif 58.17 KB

सुनसरीको धरान १४ स्थित विजयपुरमा स्थायी बसोबास गर्दै आएका न्यौपानेले कृष्णप्रसाद भट्टराई (किसुन जी) सँग समेत जेल जीवन बिताएका छन् । २०५८ सालमा नै आठपहरिया राईहरूको भाषामा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका न्यौपानेका दर्जनौँ कविता, गीत, निबन्ध, नाटक, समालोचना समेत रहेका छन् ।

जेल जीवनमै रहँदा लेखिएका खण्डकाव्यहरू किसुनजीलाई सुनाउने गरेको समेत उनी बताउँछन् । देशकै प्रतिष्ठित भाषाविद् समेत रहेका न्यौपाने भन्छन्, ‘म त आफूसँग भएको विद्या आफैसँग राख्नुभन्दा अरूहरूलाई बाँड्ने गर्दछु ।’

IMG_5958.gif 386.43 KB

शैक्षिक उन्नयन तथा शिक्षाको सर्वाङ्गीण विकासका निम्ति अविराम रूपमा पु¥याएको भूमिकाको उच्च सम्मान गर्दै शिक्षा विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

उक्त मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा कोशी एक्सिलेन्स अवार्डको आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ । अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।

प्रकाशित मितिः बुधबार, ०७ फागुन २०८१