सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JNFV39DS4GXGV99BGJATEFP3.avif

सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ : प्रचण्ड

नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् । 

कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट पारे । 

उनले भने,‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं । सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जटि टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ ।’

उनले तथाकथित दुई तिहाईको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको बताए । ‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके, बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन’उनले. भने । 

पार्टीलाई समाजका सबै वर्ग समुदायसँग जोड्ने, जनताले भोगिरहेका समस्याको पहिचान गर्ने, स्थानीय कला संस्कृतिमार्फत सम्बन्धित समुदायको पहिचानलाई थप सुदृढ गर्दै राष्ट्रिय एकताको नयाँ आधार तय गर्ने काम अभियानले गर्ने उनले स्पष्ट गरे ।

अध्यक्ष प्रचण्डले अभियानका क्रममा आउने जनताका गुनासा, अपेक्षा र आवश्यकतालाई केन्द्रित गरेर पार्टीले पहल लिनसक्ने ठाउँमा कार्यक्रम बनाएर अघि बढाउने, सरकारले गर्नुपर्ने कामका लागि ध्यानार्षण गराउने र राष्ट्रियस्तरमै सम्बोधन गर्नुपर्ने विषयमा संसदमा आवाज उठाउने बताए ।

प्रकाशित मितिः मङ्गलबार, २० फागुन २०८१
https://jawaaf.com/storage/01JNFDMG310MEBR8TZYXBY6NJ9.jpg

बृन्दावन नगरपालिकाद्वारा अपाङ्गता परिचय पत्र वितरण

रौतहट । अपाङ्गता भएका व्यक्तिका लागी बृन्दावन नगरपालिकाले परिचयपत्र वितरण गर्न थालेको छ ।  बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले एक कार्यक्रमका बीच अपाङ्ग भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र प्रदान गरेका हुन् । 

यो परिचय पत्र प्राप्त गरेका व्यक्तिहरूले  सरकारी तथा सार्वजनिक सेवाहरूमा प्राथमिकता, स्वास्थ्य उपचारमा छुट तथा विशेष सेवा, सामाजिक सुरक्षा भत्ता तथा सहयोग कार्यक्रम , शिक्षा तथा रोजगारीमा विशेष अवसर , अपाङ्गता मैत्री संरचना तथा यातायात सुविधा पाउने नगर प्रमुख कुर्मीले जानकारी दिए ।

उनका अनुसार हालसम्म नगर भित्रका १ सय ३८ जनाले अपाङ्गता परिचयपत्रका लागि निवेदन दिएका थिए ।ती निवेदन मध्ये नियम अनुसार योग्य ठहर भएका व्यक्तिहरूलाई वर्गीकरण गरी परिचयपत्र वितरण गरिने उनले उल्लेख गरेका छन । 

Pathivara_Adv..gif 182.28 KB

अपाङ्गता परिचय पत्रका लागी  क वर्ग (अति गम्भीर अपाङ्गता) – ७ जना, ख वर्ग (गम्भीर अपाङ्गता) – १५ जना, ग वर्ग (मध्यम अपाङ्गता) – ३८ जना , घ वर्ग (सामान्य अपाङ्गता) – ६५ जनालाई वर्गीकरण गरि बितरण गरिएको बृन्दावन नगरपालिकाले जनाएको छ ।

स्थानीय तहमा महिला तथा बालबालिका कार्यालय स्थापना भएपछि, कार्यविधि २०७९ अनुसार नगरपालिकाले परिचयपत्र वितरणको जिम्मेवारी पाएको हो । यस कार्यबाट बृन्दावन नगरपालिकाका अपाङ्गता भएका नागरिकलाई  लाभ पुग्ने अपेक्षा गरिएको छ । यसअघि महिला विकास तथा जेष्ठ नागरिक कार्यालय मार्फत परिचयपत्र वितरण हुँदै आएको थियो ।

प्रकाशित मितिः मङ्गलबार, २० फागुन २०८१
https://jawaaf.com/storage/01JNEE50S3JYG3XGQMZPHAPQ85.jpg

नवनियुक्त फुटबल प्रशिक्षकको दाबी : विदेशिएका खेलाडी फर्किनेछन्, साफ जित्नेछौं

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपाल छाडेर विदेशिएका खेलाडीहरुलाई स्वदेश फर्किएर आफ्नो देशको प्रतिनिधत्व गर्ने ढोका खोल्ने बताएका छन् ।

प्रशिक्षकमा नियुक्त भएपछि सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले विदेश पलायन भएका खेलाडीहरूलाई आफ्नो देशलाई प्रतिनिधित्व गर्नको लागि ढोका खोल्ने बताए । 

उनले भने, ‘खेलाडीहरु जो नेपाल छोडेर बाहिर गएका छन् । उनीहरुको आफ्नो कारण वा बाध्यताले विदेशिएका छन् । उनीहरुका लागि ढोका खोल्न चाहन्छु । आफ्नो देशलाई प्रतिनिधित्व गर्नको बाटो खोल्ने प्रयासमा हुनेछु । 

यसका साथै, उनले खेलाडीहरुमा रहेको जोशलाई एकै ठाँउमा ल्याएर मैदानमा उतार्ने भन्दै यसपालीको साफ च्याम्पियनसिप जित्ने प्रयासमा लाग्ने बताए । 

उनले भने, ‘मेरो काम भनेको खेलाडीहरुमा रहेको जोशलाई एकै ठाँउमा ल्याएर मैदानमा उतार्नु हो । यसपालीको साफ च्याम्पियनसिप जित्न चाहन्छु । म टिमलाई एसियन कपको नजिकभन्दा नजिक लगेर एसियन कपमा छनोट हुने प्रयासमा लाग्ने छु । चुनौतीपूर्ण नै भएपनि कोच भएपछि चुनौतीहरु मनपर्ने नै हुन्छ ।’

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउँदा एकदमै खुसी लागेको भन्दै नेपाल एकदमै विशेष देश भएको उनको भनाई छ ।  

उनले भने, ‘नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउनु एकदमै सम्मानको कुरा हो । या एकदमै विशेष देशमा विशेष भूमिका हो । नेपाल एउटा एकदमै राम्रो देश हो यहाँको मानिस यहाँको खाना, सम्मान सबै एकदमै राम्रो छ तपाईहरु सबै नेपालमा नै भएको हुनाले सायद तपाईहरुसँग के छ भन्ने कुरा थाहा नभएको होला तर मैले धेरै देशहरुमा काम गरेको हुनाले नेपालमा भएको जोश अविष्मरणीय छ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले म्याट रसलाई एक वर्षका लागि प्रशिक्षक नियुक्त गरेको हो । एन्फाका तर्फबाट महासचिव किरण राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एसियन कप छनोट सुरु हुनु खेल झन्डै तीन साताको समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

प्रकाशित मितिः सोमबार, १९ फागुन २०८१
https://jawaaf.com/storage/01JNDVT5EPEJ9A907PQVAK7T73.jpg

ओली एक अब्बल र लोकप्रिय राजनेता : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छिन् । भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्ने कुरामा ओली दृढ रहेको भन्दै प्रशंसा गरेकी हुन् ।

सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली एक अब्बल र लोकप्रिय राजनेता भएको समेत बताइन् । 

उनले भनिन, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको निम्ति खेल्नुभएको भूमिका एवं आर्थिक समृद्धि हासिल गर्नेलगायतमा उहाँमा रहेको हुटहुटी नजिकबाट नियालेको छु । ओली एक अब्बल र लोप्रिय राजनेता हुनुहुन्छ ।’ 

उनले ओली एक कुशल रणनीतिकार समेत भएको बताइन् ।

यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा ओलीलाई सबैभन्दा धेरै आलोचनाको पात्र बनाइएको भन्दै यसलाई हटाउन आवश्यक रहेको बताए । 

उनले भने,‘अहिले प्रहार किन भइरहेको छ, घेराबन्दी किन भइरहेको छ, यो सबैले विमर्श गर्नुपर्ने विषय हो । सामाजिक सञ्जालमा समाजमा सबैभन्दा धेरै आलोचनाको पात्र को हो भन्दा केपी ओली भन्ने जुन भाष्य निर्माण भएको छ यसलाई बद्ल्न सकेनौं भने हाम्रो राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन कठिन हुन्छ ।

प्रकाशित मितिः सोमबार, १९ फागुन २०८१
https://jawaaf.com/storage/01JND9HN2VD11A9JQBJJH9NQE4.avif

सामाजिक सुरक्षा भत्ता नपाएपछि लाभग्राही निराश

रौतहट । रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् ।  बिगत चार  महिनादेखि उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् ।

एनआइसी एसीया बैंकको कमी कमजोरीका कारण यहाका लाभग्राहीले भत्ता पाउनबाट वञ्चित भएको गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी बताए ।

उनका अनुसार  करीब ८ हजार लाभग्राहीहरु सामाजिक सुरक्षा भत्ता पाउन बाट बञ्चित छन् । गत पुुस महिनामा नै गुजरा नगरपालिकाले बैँकको खातामा सामाजिक सुरक्षा वापतको रकम पठाए पनि हालसम्म पाउन नसकेको वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारुले बताए ।

सो नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,वडा नम्बर ५ का वडा अध्यक्ष शेख जमालुदिन, वडा नम्बर ७ का वडा अध्यक्ष शेख अबदुल्का र वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी संयुक्त रुपमा बैंकमा पुगि छिटो भन्दा छिटो सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गरेका छन् ।

अब चाँडै सामाजिक सुरक्षाभत्ता वितरण नगरेमा बैंकमै तालाबन्दी गर्ने उनीहरूले चेतावनी समेत दिएका छन् ।

सिमराभवानीपुरमा रहेको एनआइसी एसीया बैंकका शाखा प्रबन्धक एमडि सदाम प्रवेजले अब चाँडै नै सामाजिक सुरक्षाभत्ता वितरण गरिने बताए ।

केवाइसी अपडेट नभएकाले समस्या भएको उनको भनाइ छ । रमजान चलिरहेको र होली नजिक आएकोले भत्ता समयमा नै दिन पालिकावासिले माग गरेका छन् ।

प्रकाशित मितिः सोमबार, १९ फागुन २०८१
https://jawaaf.com/storage/01JND2SG6P5G6SYEAGFH9ZSJ3Z.avif

स्ववियु निर्वाचन : आज देशभरका क्याम्पसमा संगठन दर्ता गरिँदै

काठमाडौँ ।  आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज संगठन दर्ता हुँदैछ । आज देशभरका क्याम्पसहरूमा विद्यार्थी संघसंगठन दर्ता गर्न लागिएको हो । सोमवार दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ ।

२१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तालिका त्रिविले सार्वजनिक गरेको छ । २५ फागुनमै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको त्रिविको सूचनामा उल्लेख छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ ।

त्यसैगरि उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ ।

प्रकाशित मितिः सोमबार, १९ फागुन २०८१
https://jawaaf.com/storage/01JNCWK6G9KVNGYGAXF1BTSATC.avif

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

काठमाडौँ । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको वासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकी प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो ।

Pathivara_Adv..gif 182.28 KB

सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि (सिआइटिईएस) अनुमोदन भएको थियो ।  सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्याङ्कककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६ औँ राष्ट्रसङ्घीय सम्मेलन तथा सिआइटिईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गर्दै महासभासमक्ष स्वीकृतिका निम्ति अनुरोध गरेको थियो ।

प्रकाशित मितिः सोमबार, १९ फागुन २०८१
https://jawaaf.com/storage/01JNCQX9CK7CE4CZQE69PYYDSJ.avif

दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप फागुन २२ देखि

मकवानपुर । हेटौँडा भेट्रान्स कप फुटबल प्रतियोगिताको दसौँ संस्करण यही फागुन २२ देखि सुरु हुने भएको छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा फागुन २२ देखि २६ गतेसम्म हेटौंडा–४ स्थित हुप्रचौर खेल मैदानमा दसौँ राष्ट्रिय भेट्रान्स कप ८ ए साइड रनिङ सिल्ड फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आइतवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक मणिराज गौतमले ४५ वर्ष माथि उमेर समूहमा खेलाइने प्रतियोगितामा १६ वटा टीम सहभागी हुने बताए । झन्डै १२ लाख रुपैयाँ खर्चको अनुमान गरिएको प्रतियोगितामा प्रथम नगद पुरस्कार १ लाख ५० हजार ५ सय ५५ र द्वितीय नगद पुरस्कार ७५ हजार ५ सय ५५ राखिएको छ ।

Pathivara_Adv..gif 182.28 KB

त्यस्तै, सर्वश्रेष्ठ कोचलाई ५ हजार, उत्कृष्ट फरवार्डलाई ५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५ हजार, उत्कृष्ट डिफेन्सलाई ५ हजार, उत्कृष्ट मिडफिल्डरलाई ५ हजार र म्यान अफ द सिरिजलाई १० हजार रुपैयाँ नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

वीरगञ्ज युथ भेट्रान्स पर्सा, सिमरा भेट्रान्स बारा, चितवन भेट्रान्स चितवन, बगरभाइखलक भेट्रान्स पोखरा, एबीसी भेट्रान्स पोखरा, बुटवल भेट्रान्स रुपन्देही, थापागाउँ भेट्रान्स काठमाडौँ, किंगकम भेट्रान्स काठमाडौँ, बौद्ध भेट्रान्स काठमाडौँ, फ्रिडमफाइटर भेट्रान्स काठमाडौँ, हेटौंडा भेट्रान्स, नागस्वती भेट्रान्स हेटौँडा, बानेश्वर फ्रेन्डसीप भेट्रान्स काठमाडौँ, एन जे.जे.भी.भी. सिमरा सहित १६ वटा क्लब प्रतियोगितमा सहभागी हुनेछन् ।

प्रकाशित मितिः सोमबार, १९ फागुन २०८१
https://jawaaf.com/storage/01JNB9TXMNETJR8APC93CP2TMG.avif

समाजवादी विद्यार्थीको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा समिति गठन, अध्यक्षमा मुइङहाङ लावती

१८ फागुन, धरान । जनता समाजवादी पार्टी सम्बद्ध विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले क्याम्पस समिति गठन तथा पुनगर्ठन कार्यक्रमलाई तिब्रता दिएको छ । उक्त कार्यक्रम अन्तर्गत आज आइतवार धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा इकाई समिति गठन गरेको हो । 

Pathivara_Adv..gif 182.28 KB

गठित समितिको अध्यक्षमा मुइङहाङ लावति चयन भएका छन । उपाध्यक्षमा आभाष थापा, रमेश लिम्बू, सचिव अविनाश कुमार ठाकुर, सह–सचिव सलिना राई,कोषाध्यक्ष आयुना लिम्बु सदस्यहरुमा नवहाङ्ग राई,सुमन राई,शुलभ लिम्बु,बिनम श्रेष्ठ,आयुष हल्वाइ,कृष्टिना लिम्बु,पेमी गुरुङ,प्रतिष्ठा बस्नेत,नबिन चौधरी,सदिस श्रेष्ठ,दिपज्वल ताम्राकार रहेका छन । जम्मा १७ सदस्यीयको समिति बनेको समाजवादी विद्यार्थी युनियन धरान नगर अध्यक्ष परम राईले जानकारी गराए । उनले आउने स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थी युनियनको तर्फबाट केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा उम्मेदवार पठाउने तयारी रहेको समेत बताएका छन । 

SathyaShishu_School.gif 386.43 KB

जनता समाजवादी पार्टी सुनसरी जिल्ला सहसचिव सुमन राई,धरान नगर कार्यकारिणी सदस्य कौशिला चेमजोङ,समाजवादी विद्यार्थी १ न।प्रदेश उपाध्यक्ष मदन राई,सुनसरी जिल्ला अध्यक्ष दिपेश राई लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो । उनिहरूले नयाँ समितिलाई खदा, अबिर लगाएर स्वागत सम्मान गरेका थिए ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः आइतबार, १८ फागुन २०८१
https://jawaaf.com/storage/01JNB67PC89ZQQBFE9FW3HH4VK.avif

हिमपातका कारण अवरुद्ध सडक सन्चालनमा

मुगु । हिमपातले बन्द भएको नाग्म–गमगडी सडकखण्ड अन्ततः सञ्चालनमा आएको छ । यो सडकखण्ड भूलभुले र सात मोड क्षेत्रमा हिउँ जम्नुका साथै पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको थियो । सडक अवरुद्ध हुँदा मुगु जोड्ने कर्णाली राजमार्ग र रारा घुम्न जाने पर्यटकीय मार्ग प्रभावित भएको थियो । तर, सडक डिभिजन जुम्ला, प्रहरी, र स्थानीयको सक्रियताले सडक खुला भएको छ ।

मेसिन र जनशक्ति परिचालन गरी भूलभुले, सात मोड र जिअ भिड क्षेत्रको हिउँ र पहिरो हटाईएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए । उनका अनुसार यो सडक खुलेसँगै मुगुका बासिन्दा र रारा जाने पर्यटकलाई आवतजावतमा ठूलो सहजता भएको छ ।

प्रहरी चौकी गोठिज्युलाबाट खटिएको टोली र स्थानीयले जिअदेखि भूलभुलेसम्मको करिब ४ किलोमिटर क्षेत्रमा पहिरो पन्छाउन महत्त्वपूर्ण योगदान गरेका थिए । सडक सुचारु भएपछि पर्यटक र स्थानीयलाई ठूलो राहत मिलेको प्रहरी नायव उपरिक्षक छेदिलाल कामतीले बताए । उनले भने, ‘हाम्रो टोलीले रातदिन नभनी काम गरेको छ ।’

सडक अवरुद्ध हुँदा रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू समस्यामा परेका थिए । सडक सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि र स्थानीयको दैनिकी सहज बनेको छ ।जुम्ला र मुगुका प्रहरी ,प्रशासन,सडकडिभिजन कायालयको पहलमा बन्दा सडकमा २ फुट भन्दा बढि आएको हिउँ पन्छाएर सडक सन्चालनमा आएको मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बताए ।

प्रकाशित मितिः आइतबार, १८ फागुन २०८१