सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JKCK0K90FFSZ8MY978T16E09.avif

तामाङ घेदुङ पोर्चुगलले मनायो भव्यताका साथ सोनाम ल्होसार

लिस्बन । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले भव्यताका साथ सोनाम ल्होछार  (नयाँ वर्ष) मनाएको छ । मञ्जुश्री सम्बत् २८६१ तथा (डुल)सा पुख्री ल्होको अवसर पारेर घेदुङले आइतवार राजधानी लिस्बनमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेर धुमधामका साथ ल्होछार मनाएको हो ।

‘राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको शान, भाषा, धर्म संस्कृति हाम्रो पहिचान’ भन्ने नाराका साथ विदेशी भूमिमा धुमधामका साथ ल्होछार मनाइएको घेदुङका अध्यक्ष इमानसिंह तामाङले बताए । सो अवसरमा चर्चित मेन्दोमाया तथा तामाङ सेलो गायिका रमला पाख्रिन, सेलो गायक प्रदिप लामा र गायक कुमार योञ्जनले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा तामाङ समुदायको संस्कृति झल्कने विशेष सांस्कृतिक झलकहरू समेत प्रस्तुत गरिएको थियो ।

Pathivara_Adv..gif 182.28 KB

कार्यक्रमलाई सम्बोधन गर्दै युवा उद्यमी तथा समाजसेवी विजय मोक्तानले संसारको जुनसुकै कुनामा पुगेपनि तामाङ समुदायले आफ्ना धर्म, संस्कृति, परम्परा, चाडबाडलाई भुल्न नहुने बताए ।

कार्यक्रममा एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाल, पोर्चुगलका लागि पूर्व पर्यटनदूत रमेशकुमार गुरुङ, एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, आईसीसी सदस्य सूर्य हमाल, एनआरएनए पोर्चुगलका अध्यक्ष दिपा काफ्ले, वुमन एसोसिएसनका उपाध्यक्ष गीता रेउलेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तामाङ अक्षयकोषको स्थापना गर्ने उद्देश्यका साथ आयोजना गरिएको  कार्यक्रममा पोर्चुगलमा क्रियाशील नेपाली संघ-संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा पोर्चुगलबासी तामाङ तथा गैर तामाङ नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः बिहिबार, २४ माघ २०८१
https://jawaaf.com/storage/01JKCJHD8EGEVV60YPD780F9X7.avif

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । आज(बिहीबार) प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिनको १ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० पेस गर्नेछन् । यसका साथै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन पेस गर्ने कार्ययोजना छ ।

बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् । यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पनि पेस गर्नेछन् ।

यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेस गर्नेछन् ।

आजको प्रतिनिधि सभा बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गरिनेछ ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गरिनेछ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय

उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै आज भौतिक तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहालले“पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” राष्ट्रिय सभा समक्ष पेस गर्नेछन् ।

 यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सभा समक्ष पेस गर्नेछन् । बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ निर्णयार्थ प्रस्तुत हुनेछन् ।

आज बैठकमा निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को निर्णयार्थ प्रस्तुत हुनेछन् ।

 यसैगरी सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ प्रस्तुत हुनेछन् ।

प्रकाशित मितिः बिहिबार, २४ माघ २०८१
https://jawaaf.com/storage/01JKCJ098MVDXSCAHGRSJF232R.avif

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।   नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ । 

आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रूपैयाँ ११ पैसा निर्धारण गरिएको छ । 

 यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ११ पैसा र बिक्रीदर १७५ रूपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ८१ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रूपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९७ पैसा कायम गरिएको छ ।

यसैगरी जापानी येन १० को खरिददर नौ रूपैयाँ १४ पैसा र बिक्रीदर नौ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा थाई भाट एकको खरिददर चार रूपैयाँ १६ पैसा र बिक्रीदर चार रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रूपैयाँ १८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५८ पैसा र बिक्री दर ३१ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६७ पैसा र बिक्रीदर नौ रूपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ५० पैसा र बिक्री दर १९ रूपैयाँ ५९ पैसा कायम भएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १८ रूपैयाँ ०१ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ६६ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ६० पैसा निर्धारण गरेको  छ ।

प्रकाशित मितिः बिहिबार, २४ माघ २०८१
https://jawaaf.com/storage/01JKB5B6N6GK0C5QXN43MCS4KE.avif

संसदको पहिलो बैठकमा रास्वपाले उभिएर बैठकको मर्यादा भंग गर्यो : प्रमुख सचेतक बर्तौला

काठमाडौँ ।  एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बिहीबारको प्रतिनिधिसभाको बैठकमा अध्यादेश पेस हुने बताएका छन् । बुधवार सभामुखसँगको  छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले भ्रष्टाचारसँग सम्बन्धित प्रतिवेदनहरूसमेत भोलिको संसदमा पेस हुने बताएका हुन् ।

उनले  भने, ‘भोलि अध्यादेश पारित हुने गरी पेस हुनेछ । विशेषगरी प्रतिपक्ष दलका नेताहरूले बोल्ने कुरा गर्नु भएको छ त्यो स्वभाविक कुरा नै हो । सुन्ने र  विशेष समय लगायत केही विषय हुन्छन् । सरकारका तर्फबाट मान्य स्वास्थ्य मन्त्रीले केही  विषयहरूमा छलफल राख्ने  हाम्रो तयारी छ । केही महत्वपूर्ण विषयहरू र प्रतिवेदनहरू माथि छलफल हुनेछ ।  विशेषगरी भ्रष्टाचार सम्बन्धी प्रतिवेदन भोलिको संसदमा पेस गर्ने छौं ।’

साथै, उनले शुक्रवार बसेको संसदको बैठकमा रास्वपाले मर्यादा भंग गरेको  बताए । उनले यसरी मर्यादा भंग हुँदा नेपालको संसदको काम प्रक्रियाको बारेमा दुखद चित्र बाहिर सार्वजनिक भएको बताए । 

उनले  भने, ‘विशेष गरी अस्तिको  पहिलो बैठकमा हाम्रो के  प्रचलन छ भने कतिपय  कुराहरू संसदभित्र गर्दैगर्दाखेरी कार्यव्यवस्थामा छलफल गर्ने र  कार्य व्यवस्थामा छलफल हुन सकिएन भने सम्माननीय सभामुख ज्युलाई बैठक पूर्व नै कतिपय विषयवस्तुहरूका बारेमा जानकारी दिने हाम्रो संसदीय अभ्यास र परम्परा हो । तर पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट एकाएक जसरी उहाँहरूले संसदको  बैठकमा उभिएर बैठकको मर्यादा भंग गरेको  कुरा र  सभामुखले पटक पटक रुलिङ गर्दा पनि त्यसलाई  अस्वीकार गर्ने, सभामुखको आदेशलाई  नमान्ने जुन ढंगबाट प्रस्तुत भएको हामीले देख्यौँ त्यसले नेपालको संसदको काम प्रक्रियाको  बारेमा दुखद चित्र बाहिर सार्वजनिक भएको छ ।’

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१
https://jawaaf.com/storage/01JKB50JQSMVXB77TW4H6JJ1RJ.avif

सिड कमिटीमा नेपालद्वारा सातौँ आवधिक प्रतिवेदन प्रस्तुत

जेनेभा । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) कमिटीमा नेपालले सातौँ आवधिक प्रतिवेदन प्रस्तुत गरेको छ । स्वीट्जरल्यान्डको जेनेभामा जारी सिडको ९० औं सत्रमा नेपालका तर्फबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुढीले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

जेनेभामा नेपालले आवधिक प्रतिवेदन सिड कमिटीमा प्रस्तुत गर्दा त्यहाँको प्रत्यक्ष प्रसारण नेपालमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले हेर्ने व्यवस्था मिलाएको थियो ।

नेपालले ९ जनवरी २०२५ मा संयुक्त राष्ट्रसङ्घ मानव अधिकार उच्चायोगमा आफ्नो नयाँ साझा आधारभूत दस्ताबेज प्रस्तुत गरेको छ, जसले नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप मानव अधिकार प्रवर्धन गर्ने महत्वपूर्ण प्रगति गरेको प्रतिवेदनमा उल्लेख छ ।

महिला हिंसा उन्मूलन सम्बन्धी महासन्धि कार्यान्वयन गर्न नेपाल पूर्ण प्रतिबद्ध छ र यसका लागि कानुनी तथा नीतिगत संरचना बलियो बनाउँदै आएको छ । नेपाल सरकारको समान अवसर, अधिकार र कानुनी सुरक्षा प्रवर्धन गर्ने प्रतिबद्धतालाई पुनस् पुष्टि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हामीले लैङ्गिक समानता प्राप्त गर्न उल्लेखनीय प्रगति गरे तापनि, विशेष गरी ग्रामीण तथा सीमान्तकृत समुदायहरूमा अझै चुनौतीहरू कायम रहेको प्रतिवेदनमा भनिएको छ, ‘नेपालले यस्ता चुनौतीहरूलाई लक्षित नीतिहरू, कार्यक्रमहरू, र अन्तर्राष्ट्रिय साझेदार, नागरिक समाज, तथा महिलाका अधिकारसम्बन्धी संस्थाहरूसँग सहकार्य गरी समाधान गर्न दृढ संकल्प लिएको छ।’

नेपालको सातौँ आवधिक प्रतिवेदनले लैङ्गिक समानताको यात्रामा भएका प्रगति र चुनौतीहरू दुवैलाई समेटेको छ । प्रतिवेदनमा भनिएको छ, कानुनी तथा नीतिगत संरचनामा सुधार भए पनि ती नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नु हाम्रो प्रमुख चासो हो। त्यसैले, यस समितिको बहुमूल्य सुझावहरूको प्रतीक्षा गरिरहेका छौं।’

प्रतिवेदनमा भनिएको छ, ‘नेपालले सिड कमिटीसँग अघिल्लो संवादबाट प्राप्त सुझावहरूलाई राष्ट्रिय नीतिहरूमा समाहित गरिसकेको छ। हाम्रो संविधानले महिलाका मौलिक हक सुनिश्चित गर्दै १६ वटा कानूनहरू पारित गरेको छ। साथै, नागरिकता तथा अन्य नागरिक कानूनहरूलाई समानताका सिद्धान्त अनुरूप परिमार्जन गरिएको छ।’

यसैगरी राष्ट्रिय मानव अधिकार आयोगको तर्फबाट लीली थापाले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले संविधानले ग्यारेन्टी गरेको भए पनि नेपालको कानुनी फ्रेमवर्कमा अझै केही खाडलहरू रहेको र विशेष गरी प्रत्यक्ष, अप्रत्यक्ष र अवस्थित भेदभावका विभिन्न रूपहरूको छन्, त्यसलाई समग्र परिभाषाको अभाव रहेको उल्लेख गरिन् ।

कानुन निर्माणमा नेपाल सरकारले केही सक्रिय कदम चालेको भएता पनि, कार्यान्वयन अझै  विधामा नेपालको बारेमा आफ्नो प्रस्तुति राखेका थिए ।

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१
https://jawaaf.com/storage/01JKB4B218EACQ81R6VD8CXJ9D.avif

चर्च ब्वाइज पुग्यो बुढासुब्बा गोल्ड कपको फाइनलमा

धरान । भुटानको आरटिसीलाई ७–० गोलले हराउँदै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ । बुधवार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुई खेलाडीले ह्याट्रिक गर्दा चर्च ब्वाइजले ७–० को शानदार जित निकालेको हो ।

Pathivara_Adv..gif 182.28 KB

चर्च ब्वाइजका लागि समिर तामाङ र अर्माण्ड बेडुमले ह्याट्रिक पूरा गरे । समीरले खेलको २१ औँ, २६ औँ र ८५औँ मिनेटमा गोल गरेका थिए । अर्मान्डले २७ औं, ५० औं र ५२ औँ मिनेटमा गोल गरे । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार भारतको युकेएफसी र नेपालको एनआरटी प्रतिस्पर्धा गर्दैछन् ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१
https://jawaaf.com/storage/01JKAWN7TMWJQK4VKTB2HEJB27.avif

‘चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ’

काठमाडौँ ।  पूर्वमन्त्री रामकुमारी झाँक्रीले चलचित्र ‘एक्टरः टेक वन’ हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस चलचित्रलाई एकदमै रहस्यमय र रमाइलो भन्दै, यसलाई मिठो र उत्कृष्ट रहेको बताइन् ।

उनले भनिन्, ‘सायदै मैले यस्तो राम्रो चलचित्र हेरेको थिइन । म नेपाली चलचित्रलाई प्रवर्धन गर्ने व्यक्ति नै हुँ । बधाई छ प्रदिप खड्कालाई । दिलीपजीको छोरी, हाम्रो भदैनी दिव्यालाई पनि बधाई छ ।’

Pathivara_Adv..gif 182.28 KB

साथै, उनले राजबल्लभ कोइरालालाई पुनः चलचित्रमा स्वागत गर्दै, सबै कलाकार, निर्देशक र निर्माताहरूलाई पनि बधाई दिइन् ।

झाँक्रीले यस चलचित्रले रिलिजको मुखमा खेप्नु परेको समस्याको विषयमा सेन्सर पास हुनु अगाडि नै सबै कुरा समाधान गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘विवाद नहुनुपर्ने थियो, भयो तर केही छैन । यो चलचित्र उठिसकेको छ, अब झनै दौडिनेछ । दर्शकलाई मैले यो चलचित्र सफल बनाउन अनुरोध गर्छु । जे कुरा हुन्छ, चलचित्रको सेन्सर पास हुनु अगाडि नै गर्नुपर्ने हो । यो चलचित्रलाई लिएर पनि त्यसरी नै जानुपर्ने थियो । यो चलचित्रको नाम पनि हुबहु मिलेको छैन । हाम्रो अदालत पनि प्रो एक्टिभ छ ।’

झाँक्रीले चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्ने बताइन् । उनले हुबहु नमिलेको नाममा यस्तो नहुनु पर्ने भन्दै मानिसहरूले अप्ठेरो पार्न पनि यस्ता गतिविधि गर्ने गरेको र यस्तो गर्नु राम्रो नभएको जिकिर गरिन् ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

अभिनेता राजबल्लभ कोइरालाले राम्रो फिल्ममेकरको महत्त्व दर्साउँदै फिल्ममेकर जोगाउँदा नेपाली चलचित्रलाई फाइदा हुने बताए ।

‘एक्टरः टेक वन’ प्रदर्शनमा आएको एक हप्तामा दर्शकबाट व्यापक रूपमा सकारात्मक प्रतिक्रिया पाएको छ । यस चलचित्रमा प्रदिप सहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१
https://jawaaf.com/storage/01JKAVG1HWS7439Z6CXGRJWGP2.avif

एथलेटिक्सको १ सय मिटर दौडमा मुकेश र विनालाई स्वर्ण

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टीयू) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सव अन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष र विना महिलामा पहिलो भए ।

पोखरा रङ्गशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौँ विश्वविद्यालयका विकासकुमार शाह दोश्रो तथा ११.८४ सेकेन्ड समयमा टीयूका प्रकाश जोशी तेस्रो भए ।

विनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिन् । टीयूकी आकृति चौधरी १४.९० सेकेन्डमा दोस्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेस्रो बने ।

Pathivara_Adv..gif 182.28 KB

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष लङजम्पमा पनि मुकेशले अर्को स्वर्ण  जिते । उनले ६.७० मिटर जम्प गरे । सुदूरपश्चिमकै खेमराज जोशी (५.८२ मिटर) दोस्रो तथा टीयूका दिवस रेग्मी (५.५३ मिटर) तेस्रो भए ।

गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा टीयूका सुशिलकुमार बानियाँ पहिलो भए । उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे ।

टीयूका दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेस्रो स्थानमा रहे । यो प्रतिस्पर्धाको महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण जितिन् । हिमालीले निर्धारित दूरी पूरा गर्न १ मिनेट १०.४६ सेकेन्ड समय लगाइन् । टीयूकी राज्यलक्ष्मी रावल (१ मिनेट १०.४८ सेकेन्ड) ले रजत तथा गण्डकीकी कृति गिरी (१ मिनेट १५.३० सेकेन्ड) ले कांस्य हात पारे ।

एथलेटिक्सको पहिलो दिन ५ स्वर्णको टुङ्गो लाग्दा सुदूरपश्चिम र टीयूले समान २–२ स्वर्ण जितेका छन् । मधेश प्रदेशले १ स्वर्ण जितेको छ । १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी ५ स्पर्धाको फाइनल बिहीबार हुनेछ ।

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१
https://jawaaf.com/storage/01JKAV74E14APJD6TPH3DTCS6X.avif

पद्मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  पद्मकन्या बहुमुखी क्याम्पसमा जडान गरेको पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाली बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’ प्रविधि सञ्चालनमा आएको छ ।

दुई महिना अगाडि महानगरपालिकाले  पद्मकन्या बहुमुखी क्याम्पससहित विभिन्न ३६ स्थानमा स्थापना गरेको थियो । पद्मकन्या कलेजमा भने आज देखि सञ्चालनमा ल्याईको काठमाडौँ महानगरपालिका जनसङ्ख्या अध्ययन विभागीय प्रमुख भगवती सेडाईले जानकारी दिएकी हुन् ।

उनले भनिन्, ‘जडान हामीले २ महिना अगाडि नै गरेका थियौँ । आजदेखि सञ्चालन गर्दै छौँ ।’

त्यस्तै, उनले सडक सुरक्षाका विभिन्न मापदण्डहरू रहेकोमा सडक प्रयोगकर्ता मध्य पहिलो र ठूलो अधिकार पैदल यात्रीलाई हुने बताइन् । सडक दुर्घटनाबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त ‘पेलिकन क्रसिङ’ सञ्चालनमा ल्याइएको उनको भनाई छ ।

उनले भनिन्, ‘सडक सुरक्षाका विभिन्न मापदण्डहरू छन् र सडक प्रयोगकर्ता मध्य पहिलो र ठूलो अधिकार पैदल यात्रीलाई हुने गर्छ । त्यसैलाई मध्यनजर गर्दै यो राखेका हौं । यसको उद्देश्य भनेको सडक दुर्घटनाबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने हो ।’

त्यस्तै पद्मकन्याकी छात्रा सन्ध्या बस्यालले ‘पेलिकन क्रसिङ’ प्रविधि जडानसँगै कलेज अगाडि हुने दुर्घटनाको जोखिम न्यूनीकरण भएको भन्दै धन्यवाद दिइन् ।

उनले भनिन्, ‘पेलिकन क्रसिङ’ प्रविधि जडान गरिदिनुभएको छ यो एकदमै उदाहरणीय छ । कलेज अगाडि जहिले पनि एकदमै दुर्घटना हुने सम्भावना हुन्थ्यो । ठ्याक्क सहि समयमा सहि ठाउँमा यो जडान गर्दिनु भएको छ । त्यसको लागि धन्यवाद दिन चाहन्छु । यसको सिस्टम फरक छ । तर यो हाम्रो सुरक्षाको लागि नै भएकाले विस्तारै सिक्नुपर्छ ।’

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१
https://jawaaf.com/storage/01JKAKPT9GAD1JRWZMCTTWNX46.avif

धरानमा पक्राउ परेका छ जना बन्दकर्ता रिहाइ, भव्य स्वागत गरियो

धरान । धरानमा बन्द गर्ने क्रममा पक्राउ परेका छ जना बन्दकर्ता रिहा भएका छन । जसपा नेपालका धरान नगर उपाध्यक्ष सुमन चेमजोङ सहित दिवस राई, सरिल घले,  किशन राई, योगेश तामाङ, सन्दिप लिम्बुलाई हिजो साँझ रिहाइ भएको हो ।

Pathivara_Adv..gif 182.28 KB

ताप्लेजुङ मुकुलुङमा बन्दै गरेको केवलकारको विरोध गर्दै यातायात बन्द गर्ने क्रममा आइतवार उनिहरूलाई धरानबाट इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो । 

सोही दिन उनिहरूको रिहाइको माग राख्दै अन्य आन्दोलन कर्मीहरू इलाका प्रहरी कार्यालयमा पुगी रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने भन्दै दबाब दिएपछी  इलाका प्रहरी कार्यालय धरानले हिजो राती उनिहरूलाई रिहाइ गरेको हो । 

रिहाइ पश्चात् उनिहरूलाई सोही साँझ धरानको भानुचौकमा पहिचानवादी समूहले फूलमाला अबिर सहित भव्य स्वगत सम्मान समेत गरेका थिए ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१