बिहिबार, १८ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KS7WRGVSTJ7J1Q6VBGGKARJ0.jpg

गफले होइन, श्रमले बन्छ मुलुक : हर्क साम्पाङ

उर्लाबारी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुकको समृद्धि र विकासका लागि श्रमलाई राष्ट्रिय संस्कृतिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । उनले भाषण, आश्वासन र राजनीतिक गफले देश नबन्ने भन्दै उत्पादनशील श्रममार्फत आत्मनिर्भर राष्ट्र निर्माण गर्न सकिने धारणा व्यक्त गरे ।
मोरङको उर्लाबारीमा शुक्रबार आयोजित स्थानीय नागरिक, पार्टी कार्यकर्ता तथा श्रमदातासँगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले नेपालमा श्रमको सम्मान हुन नसक्दा विकासको गति सुस्त बनेको बताए ।
उनले काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत सामाजिक सोचका कारण देशले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरे ।
‘देश नबन्नुको मुख्य कारण कामको अभाव होइन, कामप्रतिको दृष्टिकोण हो’,उनले भने, ‘हामीकहाँ श्रम गर्ने मानिसलाई तल्लो दृष्टिले हेर्ने र काम नगरी भाषण गर्ने मानिसलाई माथि राख्ने प्रवृत्ति छ । यही संस्कार परिवर्तन नगरेसम्म देशले गति लिन सक्दैन ।’
अध्यक्ष साम्पाङले नेपालका अधिकांश राजनीतिक दल विकासका नाममा भाषण र आश्वासन वितरणमै सीमित भएको आरोप लगाए । उनले विकासका ठूला सपना देखाउने तर व्यवहारमा काम नगर्ने राजनीतिक संस्कृतिका कारण जनतामा निराशा बढेको उल्लेख गरे ।

प्रकाशित मितिः शुक्रबार, ०८ जेठ २०८३
https://jawaaf.com/storage/01KS7QXRHHM96C785C16MGTQFQ.jpg

बाजुरा–हुम्ला सीमा विवाद : अबरुद्ध कर्णाली करिडोर सुचारु गर्ने सहमति

बाजुरा । बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा भएको सीमा विवाद र प्रहरी चौकी निर्माणको पश्चात् अबरुद्ध गरिएको कर्णाली करिडोर राजमार्ग सुचारु गर्ने सहमती भएको छ ।
हिमाली युवा क्लब तथा हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बाजुराबीच छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।
लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी मुचल्का बनाउने, हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं. २ र ३ र उक्त घटनामा संलग्न दोषिहरुलाई काुननी दायरामा ल्याइने जनाएको छ ।
स्थानीय व्यक्ति र घुम्न गएका पर्यटकहरुको लुटिएका व्यक्तिगत र सार्वजनिक सम्पत्तिहरुको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सहमति गरिएको हो ।
त्यस्तै विवाद हुँदा कुटपिट भई घाइते भएका स्थानीयको उपचारका लागि पिडक पक्षले जिम्मा लिइ उपचारको पूर्ण क्षतिपूर्ति रूपमा उपलब्ध गराउनुपर्ने, लाम्पाटा, च्याचौरका विस्थापित परिवारलाई स्थानान्तरण गरी सुरक्षाको प्रत्याभूति दिलाउने, निर्माणाधीन प्रहरी चौकी भवन निर्माणका नष्ट भएका सामग्रीको क्षतिपूर्ति असुल गरी निर्माण कार्य तुरुन्त अघि बढाउने गरि त्रिपक्षीय सहमति भएको छ ।
उक्त कार्यहरूको कानुनी प्रक्रिया २४ घण्टामा यातायात सञ्चालन गर्ने साथै उक्त अवधिभित्र प्रक्रिया अघि नबढेमा पुनः अनिश्चितकालीन आन्दोलन गरिने चेतावनी समेत दिइएको छ ।
हिमाली गाउँपालिका –३ लाम्पाटामा झडप हुँदा ६ जना घाईते भएका थिए । त्यसपछि हुम्ला जाने सवारीसाधनलाई पूर्ण रुपमा रोक लगाइएको थियो।
झडमा हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कँुवर र नरबहादुर गुरुङ प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा घाइते भएका थिए । घाइतेमध्ये चार जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
‘हाम्रो सुदुरपश्चिम हामी चिनाउँछौ’ अभियानमा मेयर गोपाल हमाललगायतको टिम रानीसैन जाने क्रममाः अघिल्लो दिनमै विवाद उत्पन्न भइ सो टिमलाई समेत गन्तव्य जानबाट रोक लगाइएको थियो ।
विगत लामो समय बाजुरा जिल्ला हिमाली गाउँपालिका –३ लाम्पाटा र चियाचौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्ली बासीहरुले आफ्नो जिल्लामा पर्छ भनेर दाबी गर्दै आएका छन् ।

प्रकाशित मितिः शुक्रबार, ०८ जेठ २०८३
https://jawaaf.com/storage/01KS7QF16QGA1RF4XJTDP50BZD.jpg

नेपालले अमेरिकालाई दियो ३१८ रनको बलियो लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकालाई ३१८ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको हो ।
टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोड्यो । नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो । नेपाल र यूएईले टियु मैदानमा ३१० रन बनाएका थिए ।
डा. ईशान पाण्डेले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले । यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए । रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए ।

प्रकाशित मितिः शुक्रबार, ०८ जेठ २०८३
https://jawaaf.com/storage/01KS7066QQZKP3J4G80XWW3X6N.jpg

सत्ता सहयात्री कांग्रेस नै कोशीको नीति कार्यक्रममा असन्तुष्ट, उद्योगीले गरे स्वागत

विराटनगर । कोशी प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा छलफलका क्रममा विभिन्न राजनीतिक धारबाट फरक–फरक प्रतिक्रिया प्राप्त भएको छ ।

नीति तथा कार्यक्रमलाई लिएर सत्तापक्ष, प्रतिपक्ष तथा सत्ता साझेदार दलभित्र समेत भिन्न धारणा सार्वजनिक भएका छन् ।
विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका उपनेता बाबुराम गौतमले नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयनमा चुनौती रहने टिप्पणी गरेका छन् । उनका अनुसार दस्तावेजमा धेरै विषय समेटिए पनि कार्यान्वयन पक्ष पर्याप्त रूपमा स्पष्ट नभएकाले अपेक्षित परिणाम प्राप्त गर्न कठिन हुनसक्ने देखिन्छ ।

यसैबीच सत्तारूढ नेकपा(एमाले)का सांसद पाँचकर्ण राईले नीति तथा कार्यक्रमलाई समग्र रूपमा सकारात्मक रूपमा मूल्यांकन गरेका छन् ।
उनका अनुसार प्रस्तुत कार्यक्रमले कोशी प्रदेशको विकास यात्रालाई नयाँ दिशा दिने सम्भावना राख्दछ र प्रदेशको समग्र स्वरूप परिवर्तनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

तर सत्ता साझेदार नेपाली कांग्रेसभित्र भने नीति तथा कार्यक्रमप्रति असन्तुष्टि देखिएको छ । केही सांसदहरूले नीति निर्माण प्रक्रियामा पर्याप्त छलफल नभएको र आफ्ना सुझावहरू समेटिएको नभएको गुनासो गरेका छन् । एक सांसदका अनुसार पार्टीभित्र नै विस्तृत छलफल नगरी नीति तथा कार्यक्रम अघि बढाइएको हो ।

यसैबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रमलाई हालसम्मकै उत्कृष्ट र सन्तुलित दस्तावेजको रूपमा प्रस्तुत गरेका छन् । उनका अनुसार सबै पक्षलाई पूर्ण रूपमा सन्तुष्ट गराउन नसकिने भएपनि सरकारको लक्ष्य सहकार्य, सहमति र परिणाममुखी कार्यान्वयनमा केन्द्रित रहनेछ ।

प्रदेशको नीति तथा कार्यक्रममा उद्योगीले पनि साथ दिएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले नीति कार्यक्रमा व्यवसायमैत्री आएको बताएका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङदृ विहिबार सदनमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रकाशित मितिः शुक्रबार, ०८ जेठ २०८३
https://jawaaf.com/storage/01KS6W33XFN29PB85JDSN26S93.jpg

मधेश प्रदेश सरकारमा नेकपा एमालेको ‘सरप्राइज इन्ट्री’

जनकपुर । मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) विश्वासको मत लिने तयारी गरिरहँदा बिहीबार अबेर राति नेकपा एमालेबाट मोहम्मद समिरलाई बिनाविभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी गराइएको छ।
विश्वासको मत लिनु केही घण्टाअघि मात्रै एमालेको सरकारमा भएको यो प्रवेशले सत्ता समीकरण पूर्णतः फेरिने संकेत गरेको छ।

नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार एमालेबाट थप ३ जना मन्त्री सरकारमा सहभागी हुनेछन्। उनले मोहम्मद समिरले आजै शपथ ग्रहण गर्ने र अन्य तीन मन्त्रीलाई साँझसम्म शपथ गराउने तयारी रहेको जानकारी दिए। उनका अनुसार एमालेले चारवटा मन्त्रालय पाउने सहमति भएको छ। उनले केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार एमाले सरकारमा सहभागी भएको प्रस्ट पारे। साथै, उनले जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने दाबी गरे। तर, हिजो मात्रै जसपा नेपालको संसदीय दलको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने भन्दै ह्वीप जारी गरिसकेको छ।

प्रदेशसभामा जसपा नेपालका २६, नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपा (माओवादी केन्द्र) का १३, जनमत पार्टीका १२, तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका १–१ जना सदस्य छन्। कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) गरी ६० र जसपा नेपालको समर्थनसमेत जोड्दा मुख्यमन्त्री यादवले करिब ८६ सांसदको विश्वासको मत पाउने देखिन्छ।

प्रकाशित मितिः शुक्रबार, ०८ जेठ २०८३
https://jawaaf.com/storage/01KS6PQRK0WB50FDKK1HVJGAYK.jpg

आज देशका विभिन्न स्थानहरुमा वर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ ।

लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केहि स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसमविद्ले बताएका छन् ।

आज राती भने, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। साथै बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, ०८ जेठ २०८३
https://jawaaf.com/storage/01KS4Z7DN3TGPQE1RAP7K5X5SC.jpeg

पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

वीरगन्ज । समयमा काम सम्पन्न नगरेको भन्दै पप्पु कन्ट्रक्सन प्रालिका संचालक सुमित रौनियारको नाममा पक्राउ आदेश जारी भएको छ ।
विगो सम्बन्धि मुद्दामा दोषि ठहर भइ दुई वर्ष कैदको सजाय तोकिएका रौनियारलाई पक्राउ गरी उपस्थित गराउन पर्सा जिल्ला अदालतले प्रहरीको नाममा पक्राउ पुजी जारी गरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ निवासी प्रमोद निर्माण सेवाका संचालन मनोज पटेलले दिएको विगो सम्बन्धि मुद्दामा दोषि ठहर भएका रौनियालाई पक्राउ गर्न पर्सा जिल्ला अदालतले गत बैशाख ३१ गते प्रहरीको नाममा आदेश जारी गरेको हो ।

आदेश जारीभएको सात दिन वित्दा समेत रौनियारलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गर्न सकेको छैन ।
पर्सा जिल्ला अदलातले आदेश गरेको विहीबार सात दिन वित्दासमेत प्रहरीले तदारुक्ता नदेखाएको कारण रौनियार पक्राउ हँन नसकेकोे प्रमोद निर्माण सेवाका संचालक पटेलले गुनासो गरे ।

रौनियार राजीतिक तथा आर्थिक रुपमा पहूँच राख्ने व्यक्ति भएकाले प्रहरी कसैको दबावमा पक्राउ नगरिएको हो कि भन्ने आशंका उनले व्यक्त गरे ।
यसै विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरक्षिक हरि बहादुर बस्नेतसँग बुझ्दा उनले जिल्ला अदालतको आदेशलाई कार्यान्वयन गर्न आवश्यक कदमहरु चालिएको जानकारी दिए ।

रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयको फैसला कार्यन्वयन टोलीलाई जिम्मा लगाइएको उनले बताए ।
फरार रहेका रौनियारलाई पक्राउ गर्नका लागि भौतिकदेखि प्रविधिक सयन्त्रहरुलाई परिचालन गरिएकोे सुचना अधिकारी बस्नेतले दावी गरे ।

सघन सहरी विकासर कार्यालय अन्तरगत वीरगन्ज महानगरपालिकामा सडक तथा नाला निर्माण गर्न स्वच्छन्द, पप्पु,युनाइटेड जे.भिले ठेक्का सरकार गरेका थिए । उक्त सडक तथा नाला निर्माणका क्रममा प्रमोद निर्माण सेवासंग डिट्टी बालुवा लगायतका निर्माण समाग्री लिएपनि सोको भुगतानि नगरेको विषयमा निर्माण सेवाका संचालक मनोज पटेल जिल्ला अदालतमा विगो सम्बिध मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाको सुनुवाई गर्दै पर्सा जिल्ला अदालतले २०८० कात्तिक २० गते रौनियारलाई १ करोड १५ लाख ६५ हजार रुपैया भुगतानि गर्न आदेश दिएको थियो ।

आदलतले विगो बराबरको रकम वादिलाई भुगतानि नभए रौनियलाई २ वर्ष कैदको सजाय समेत उक्त फैसलामा अदालतले कायम गरेको निर्माण सेवाका संचालक पटेलले जानकारी दिए ।

पर्सा जिल्ला अदालतको फैसला विरुद्ध रौनियारले उच्च अदलात जनकपुरको अस्थायि इजलास वीरगन्जमा पुनरावेदन गरेका थिए । रौनियाको पुनरावेदलाई खारेज गर्दै अस्थायि इजलाले जिल्लाको फैसलालाई सदर गरेको थियो ।

प्रकाशित मितिः बिहिबार, ०७ जेठ २०८३
https://jawaaf.com/storage/01KS45Y5NYX6W9PR1NCTWBJA4Y.jpg

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक सिंहदरबारमा बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । अर्थ मन्त्रीले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मितिः बिहिबार, ०७ जेठ २०८३
https://jawaaf.com/storage/01KS2GPE1ZVNVT56CY425AKSTA.jpg

भारतले नेपाली चियाको आयात परीक्षणमा आंशिक सहजीकरण गर्यो

काठमाडौं । भारत सरकारले नेपालसहित विदेशबाट आयात हुने चियाको परीक्षण सम्बन्धी व्यवस्थामा आंशिक सहजीकरण गरेको छ । भारतको टी बोर्डले मे १९, २०२६ मा जारी गरेको ‘कोरिजेन्डम–२’ अनुसार पुनः निर्यातका लागि आयात हुने चियाको मात्र अनिवार्य परीक्षण गरिने भएको हो ।
यसअघि टी बोर्ड इन्डियाले मे १ देखि सबै आयातित चियाको अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था लागू गरेको थियो । उक्त व्यवस्थाले नेपाली चिया निर्यातमा अवरोध उत्पन्न हुने चिन्ता व्यवसायीहरूले व्यक्त गर्दै आएका थिए ।
नयाँ संशोधित निर्देशनअनुसार भारतभित्र आन्तरिक बिक्रीका लागि मात्रै आयात हुने चियाको परीक्षण तत्कालका लागि टी बोर्डले नगर्ने भएको छ । यस्तो चियाको नमुना परीक्षण भने भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण र भन्सार विभागले जोखिम व्यवस्थापन प्रणालीअनुसार गर्ने जनाइएको छ ।
टी बोर्डले जारी गरेको सूचनामा पुनः निर्यातका लागि ल्याइने चियाको गुणस्तर परीक्षण भने यथावत रहने उल्लेख गरिएको छ । साथै, सम्बन्धित प्रयोगशालाले नमुना प्राप्त भएको पाँच दिनभित्र परीक्षण प्रतिवेदन अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।
भारतीय निकायको यो निर्णयपछि नेपाली चिया निर्यातमा देखिएको अन्योल केही हदसम्म हट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः बुधबार, ०६ जेठ २०८३
https://jawaaf.com/storage/01KS2FK0YCR9VP515Y80WVYPFD.jpg

सिमा विवाद : झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । बाजुराको हिमाली गाउँपालिका –३ लाम्पाटामा भएको झडपमा घाईते ६ जना मध्ये ४ जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अस्थायी प्रहरी चौकी निर्माण र सिमा विवादमा दुई जिल्लाका स्थानीयबिच भएको विवादमा घाईते ४ जनालाई घण्टौ पछि उद्धार गरि सुर्खेत लगिएको हो ।
झडपमा परेर घाइते भएका हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।
उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको उनले जानकारी दिए । झडपम प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा समेत घाइते भएका थिए ।
हुम्लाको नाम्खा,ताजाकोट, सर्केगाड र खार्पुनाथको सिमानामा रहेको बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कवारीखोला भन्दा वारिपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको विवाद सिर्जना गरेका थिए ।
‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ’ अभियानमा मेयर गोपाल हमाल,हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की,प्रशासकीय अधिकृत सहित ४० जनाको टोली रानिसैन हिडेको वेला झडप भएको थियो ।
ड्रोनबाट भिडियो खिच्ने क्रममाः हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका २ थाली गाउँका करिब तिन सय बढी स्थानीय आक्रोसित भई वादविवाद र हातपात हुँदा पाँच जना घाइते भएका थिए । हुम्ली जनताले आक्रोशमा आई निन्दनीय घटना घटाएका हुन् ।
विगत लामो समय बाजुरा जिल्ला हिमाली गाउँपालिका –३ लाम्पाटा र चियाचौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्ली बासीहरुले आफ्नो जिल्लामा पर्छ भनेर दाबी गर्दै आएका छन् । रानीसैन, च्याचौर र लाम्पाटा क्षेत्र नापी,लालपुर्जा तथा प्रशासनिक अभिलेख अनुसार बाजुरा जिल्ला अन्तर्गत पर्ने भूमि हो ।
४ स्थानीय तहको संयुक्त विज्ञप्तिः
बाजुराका ४ स्थानीय तहले लाम्पाटा घटनाको घोर निन्दा गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । हिमाली गाउँपालिकाको टोली सहित ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ’ अभियान टोलीमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहित पत्रकारको टोली रानीसैनको पर्यटन, प्रबद्र्धन गर्ने उदेश्यले हिँडेको टोलीलाई हुम्ली जनताले देखाएको अमानवीय व्यवहारको निन्दा गरिएको छ ।
विज्ञप्तीमा हुम्ला जिल्लाको खार्पूनाथ गाउँपालिका वडा.नम्बर २ थाली लगायत उक्त क्षेत्रका स्थानीय नागरिक आएर एक्कासी आक्रमण गर्दा विभिन्न व्यक्तिमाथी गरिएको सांघातिक हमला तथा कुटपिटको घोर भत्र्सना तथा निन्दा व्यक्त गर्दै उक्त घटनामा घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना सहित दोषी उपर कानुन बमोजिम कडा कारवाही प्रक्रिया अगाडी बढाउन नेपाल सरकारसंग जोडदार माग गरिएको छ ।
विज्ञप्तिमा हिमाली गाउँपालिका ३ को क्षेत्रमा पर्ने लाम्पाटा,च्याचौर,रानिसैन,साविक विच्छ्या गाविसका नागरिकले उपभोग गर्दै आएको र नेपाल सरकारको नापी विभाग सन २००१ मा फिल्ड भेरिफिकेशन सहित जारी गरिएको नेपालको नक्सा सिट नं. २९८१–०३ मा स्पष्टसंग साक्या लाग्ना,डाँडालेप्च्या र ठोसाभन्दा माथी हुम्ला र तल बाजुरा छुट्टाईएको उल्लेख गरिएको छ ।
साक्या लाग्ना भन्दा तलका जेखुङ्गखर्क,लेप्चेखर्क, मायोङ्ग्खर्क,रानीखर्क,धौली खर्क,च्याचौर र लाम्पाटा बाजुरामा पर्ने स्पष्ट कानुनी आधार हुँदाहुँदै पनि त्यहाँका स्थानीय नागरिकले उपभोगको आधारमा आफ्नो हो भनी,स्थानीय नागरिक माथी गरिएको हमला,निन्दनीय हुनुका साथै रानिसैन क्षेत्र र सिमावर्ती क्षेत्रका जनताको दावी निराधार तथ्थहिन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै सत्य,तथ्य प्रमाणका आधारमा यस विवादको निराकरण गरि थप दुर्घटना हुनबाट जोगाउन जिल्ला प्रशासन कार्यालय बाजुरा,जिसस बाजुरा,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम,नेपाल सरकार गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ध्यानाकर्षण गराईएको छ । अन्यथा यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको सम्बन्धित पक्ष जवाफदेही हुनुपर्ने विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मितिः बुधबार, ०६ जेठ २०८३