बिहिबार, १८ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KRV3JERQZSVS7NNJ4RP4HV9C.jpg

कंगो र युगान्डामा इबोला फैलिँयो, डब्लुएचओद्वारा ’विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) को पूर्वी इतुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’घोषणा गरेको छ।
डब्लुएचओका अनुसार हालको प्रकोप इबोलाको ‘बुन्डिबुग्यो’ प्रजातिबाट फैलिएको हो, जसका लागि अहिलेसम्म प्रमाणित औषधि वा खोप उपलब्ध छैन।
अधिकारीहरूका अनुसार हालसम्म ८ जनामा संक्रमण पुष्टि, करिब २४६ सम्भावित संक्रमित र ८० जनाको मृत्यु भएको छ। संक्रमण छिमेकी युगान्डासम्म फैलिएको छ, जहाँ २ जनामा इबोला पुष्टि भइसकेको छ।
डब्लुएचओले संक्रमण नियन्त्रणका लागि आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र कडा निगरानी प्रणाली लागू गर्न आग्रह गरेको छ। साथै, सीमा बन्द वा यात्रा प्रतिबन्ध जस्ता कदम वैज्ञानिक आधारबिना हुने भन्दै त्यस्ता उपाय नअपनाउन चेतावनी दिएको छ।

प्रकाशित मितिः आइतबार, ०३ जेठ २०८३
https://jawaaf.com/storage/01KRRGHX5NQ6XVQ52NC8KKBQDT.jpg

गृह जिल्ला पुगेर खड्काले भनेः ‘काँग्रेस विभाजनको संघारमा छ’

सुर्खेत । नेपाली काँग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको बताएका छन् । विशेष महाधिवेशनको नेतृत्वविरुद्व निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएका खड्काले सर्वोच्चको फैसलापछि पनि पार्टी बृहत एकताका लागि सबै प्रदेशमा भेलागरि कार्यकर्ताको सुझाव लिएर अगाडि बढ्ने बताए ।

भेला उद्घाटन गर्दै खड्काले विशेष महाधिबेशनका कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले हार व्यहोरेको बताए ।
‘इतिहासमै नेपाली काँग्रेस पहिलो पटक लज्जास्पद हार व्यहोर्नुपरेको छ’ उनले भने, ‘चुनावको मुखमा गरिएको विशेष महाधिवेशनले पार्टीलाई ऊर्जा दिन सकेन ।’ हार व्यहोरे पनि नेतृत्व अझै पार्टी एकताको पक्षमा गम्भीर नभएको खड्काको आरोप छ ।

पार्टी एकताको पहल नेतृत्वबाट हुनुपर्नेमा नेतृत्व विभाजनतिर अग्रसर भएको उनको भनाइ छ ।
‘नेतृत्व एकताको भन्दापनि टिम विभाजनतर्फ लागेको देखियो’ उनले भने, ‘यसले पार्टी एकतालाई बल पुर्याउँदैन ।’ नेताहरुलाई घेराबन्दीमा पार्ने र बिशेषको नाममा पार्टी कब्जा गर्न उद्दत रहेको उनले बताए । क्रियाशील अध्यावधिकको नाममा सदस्यहरुलाई पार्टीबाट लखेट्न खोजिएको उनको आरोप छ ।

डिजिटलाइजेसन र आधुनिकताको नाममा पार्टीमा लामो समय योगदान दिएका नेता कार्यकर्तालाई अपमानजनक रुपमा लखेट्न खोजिएको उनले बताए ।
पार्टी अफ्ठ्यारो अवस्थामा पुगेकोले सबै तहका नेता कार्यकर्ताको सुझाव लिन आफूले सबै प्रदेशमा भेला आयोजना गरिएको र तल्लो तहबाट आएको सुझावका आधारमा आफ्नो समूहले आवश्यक निर्णय लिने उनको भनाइ छ ।

पार्टीमा लागेर आफुले पाउनुपर्ने सबै पद र अवसर प्राप्त गरिसकेकाले आफूले बाँकी पुस्ताको राजनीतिक भविष्यका लड्ने उनले बताए ।
नेपाली काँग्रेस कर्णाली प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठि नाम दिएको भेलामा देउवा समूहका नेता कार्यकर्ताहरुको सहभागिता छ ।
संस्थापन समूहले भेलालाई अघोषित बहिष्कार गरेका छन् । देउवा समूहका मानिने प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशसभा सदस्यहरु र निवर्तमान केन्द्रीय सदस्यहरु सहभागि भएका छन् । निवर्तमान कार्यबहाक सभापति खड्काले कार्यक्रम उद्घाटन गरेका हुन् ।
पार्टीको कार्यक्रम सञ्चालन कार्यविधि अनुसार नै मञ्चमा प्रमुख अथिति खड्का, नेपाली कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाही र प्रदेश सभापति ललितजंग शाही मात्र छन् ।

खड्का निकट मानिने कर्णाली प्रदेशबाट प्रतिनिधि सभा सदस्य बिष्णुबहादुर खड्का, खड्कबहादुर बिसी, जयपति रोकाया राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकाया सहभागी भएका छन् ।

चौधौ महाधिवेशनबाट खड्का निटकका केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहेको छ ।

प्रकाशित मितिः शनिबार, ०२ जेठ २०८३
https://jawaaf.com/storage/01KRRFMD239E193N0DF1MQ9Y1D.jpg

चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत : ट्रम्प–सी भेटले सहकार्य र संवाद विस्तारको अपेक्षा

काठमाडौं । बेइजिङमा सम्पन्न चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको भेटवार्ताले चीन–अमेरिका सम्बन्धको भविष्यका लागि सकारात्मक आधार तयार गरेको चिनियाँ अन्तर्राष्ट्रिय राजनीति विज्ञहरूले बताएका छन् ।

तीनदिने चीन भ्रमण पूरा गरेर ट्रम्प शुक्रबार स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा दुवै नेताबीच आर्थिक, व्यापारिक तथा कूटनीतिक सहकार्य विस्तारका विषयमा महत्वपूर्ण सहमति भएको चिनियाँ पक्षले जनाएको छ ।

राष्ट्रपति सी जिनपिङले दुई देशबीच स्थिर आर्थिक तथा व्यापारिक सम्बन्ध कायम राख्ने, विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्ने र एकअर्काका चासोलाई उचित रूपमा सम्बोधन गर्ने विषयमा महत्वपूर्ण समझदारी बनेको बताएका छन् । उनले सहकार्यलाई बलियो बनाएर दुवै देशले आफ्नो विकास र पुनरुत्थानलाई अगाडि बढाउन सक्ने धारणा व्यक्त गरे ।

चाइना इन्स्टिीच्युट या अन्तराष्ट्रिय अध्ययनकी सह–अनुसन्धानकर्ता सु सियाओहुईले ट्रम्पको भ्रमणले चीन–अमेरिका सम्बन्धमा सकारात्मक सन्देश दिएको बताइन् । उनका अनुसार यो भेटले भविष्यमा उच्चस्तरीय कूटनीतिक संवाद र राष्ट्रप्रमुखस्तरीय भेटघाटका थप अवसर खोल्नेछ ।
सुका अनुसार ट्रम्पले यसै वर्षभित्र फेरि संवादको प्रस्ताव राख्दै सी जिनपिङलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका छन् ।

उनले चीन र अमेरिका दुवैका लागि यो वर्ष विशेष महत्वको रहेको उल्लेख गर्दै दुवै देशले आन्तरिक राजनीतिक प्राथमिकता र कूटनीतिक एजेन्डा अघि बढाउन एकअर्काको सहयोग आवश्यक पर्ने बताइन् । यस वर्ष चीनले आफ्नो १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) सुरु गर्दैछ भने अमेरिकाले स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाउँदैछ । साथै, चीनले एपेक आर्थिक नेतृत्वको बैठक आयोजना गर्नेछ भने अमेरिकाले जि २० सम्मेलनको आयोजना गर्ने तयारी गरिरहेको छ । सु सियाओहुईले चीन–अमेरिका सम्बन्धमा मतभेद रहिरहने भए पनि निरन्तर रणनीतिक संवादमार्फत सहमति खोज्न सकिने बताइन् ।

उनका अनुसार आर्थिक तथा व्यापारिक मुद्दादेखि संवेदनशील विषयसम्म भविष्यमा उतारचढाव आउन सक्छ, तर संवाद कायम राखे सम्बन्ध नियन्त्रणबाहिर जानबाट रोक्न सकिनेछ । उनले दुवै देशले साझा लक्ष्यतर्फ अघि बढ्न रणनीतिक संवादलाई निरन्तरता दिनु नै चीन–अमेरिका सम्बन्धको मुख्य आधार हुनुपर्नेमा जोड दिइन् । सीसीटीभी

प्रकाशित मितिः शनिबार, ०२ जेठ २०८३
https://jawaaf.com/storage/01KRRDW18RK72N56NDTRF8EPE3.jpg

आइसिसी विश्व कप लिग २ : कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्व कप लिग २ मा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ । कुशल भुर्तेलको सानदार शतकमा नेपालले अमेरिकालाई हराएको हो । जितका लागि १ सय ९६ रनको सामान्य लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेटको नोक्सानीमा पूरा गरेको हो ।
नेपालको जितमा कुशलको शतकमा आशिफको साझेदारी र दीपेन्द्र सिंह ऐरीको बलिङ प्रमुख रह्यो ।
ओपनरद्वय कुशल र आशिफले उत्कृष्ट सुरूवात दिलाए । अमेरिकन बलरहरूलाई निरिह बनाउँदे नेपालले पहिलो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरे ।
२६.३ ओभरमा अमेरिकाका मोहम्मद मोहसिनले यो ठुलो साझेदारी तोडे । आशिफ ७२ बल खेल्दै ५८ रन बनाएर आउट भए । यो क्रममा आशिफले एक दिवसीय क्रिकेटमा आशिफले १५ औं अर्धशतक पनि पुरा गरे ।
आशिफ एक दिवसीय क्रिकेटमा नेपालको लागि सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन् ।
क्रिजमा जमेका कुशलले एक दिवसिय क्रिकेट करियरमा कै सर्वाधिक रन समेत बनाए । उनी अविजित १ सय २० रनमा रहँदै नेपाललाई सहज जित दिलाउन सफल रहे । यसअघि उनले नामिबिया विरुद्ध १ सय १५ रन बनाएका थिए ।
आज १ सय ४ बल खेल्दै १२ चौका र ३ छक्का सहित उनले शतक बनाए ।
त्यसअघि टियु क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रनमा समेटियो ।
सातौं ओभरको पहिलो बलमा अमेरिकाले पहिलो विकेट गुमायो । सायान जहाँङ्गीर ६ रनमा सोमपालको बलमा बोल्ड आउट भए । पहिलो विकेट गुमाउँदा २२ रन बनाएको थियो ।
यसपछि स्मित र सेहान जयसुर्याले दोस्रो विकेटको लागि शतकीय साझेदारी गरे। यो साझेदारीलाई दीपेन्द्रले तोडे। सेहान दीपेन्द्रको बलमा गुल्सन झाद्वारा क्याच आउट भए। उनले ५२ बलमा ५ चौका र १ छक्का सहित ५० रन बनाए।
लगतै कप्तान साइतेजा मुकामुल्ला ४ रनमा सन्दीपद्वारा बोल्ड आउट भए। तेस्रो विकेट गुमाउँदा अमेरिकाले १ सय ४० रन बनाएको थियो। यसपछि नेपालले सानदार कमब्याक गर्दै निरन्तर अन्तरालमा विकेट निकाल्न सफल रह्यो।
यसपछि पाँचौं ओभरमा ओपनर स्मित पटेलले जीवनदान पाए। १४ रनमा सोमपाल कामीको बलिङमा आशिफ शेखले क्याच ड्रप गरे। यसपछि क्रिजमा जमेका उनी सोमपालद्वारा आउट भए।
८९ बल खेल्दै स्मित ८ चौका र ३ छक्का सहित टिमको लागि सर्वाधिक ८३ रन बनाए । लगतै शुभम रान्जने २ रनमा रन आउट हुन पुगे। १ सय ७० रनको स्थितिमा अमेरिकाले ५ विकेटको नोक्सानीमा १ सय ७० रन जोडेको थियो।२६ औं खेलमा अमेरिकाको आठौं हार हो । अमेरिका ३६ अंक सहित दोस्रो स्थानमा रहेको छ । नेपालको यो नवौं जित हो ।

प्रकाशित मितिः शनिबार, ०२ जेठ २०८३
https://jawaaf.com/storage/01KRQPSZS70S4MBXMBBJYEFBS3.jpg

वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ ।

झुटा प्रमाण पेस गरी नागरिकता तथा राहदानी (पासपोर्ट) बनाएको उजुरीका आधारमा जिल्ला महान्यायाधिवक्ता कार्यालयले नगर प्रमुख सिंहसहित चार जनाविरुद्ध शुक्रबार पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नं. ३ मा झुटा विवरण पेस गरी अर्काकी छोरीलाई नागरिकता तथा पासपोर्ट बनाएको उजुरीका आधारमा नगर प्रमुख सिंहलगायत व्यक्तिविरुद्ध पर्सा जिल्ला अदालतको मुद्दा नं ८२–सी–१–१०८३ मा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मलिकले जानकारी दिए ।

मुद्दामा महानगरपालिकाका नगर प्रमुख सिंह, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० निवासी रिता भट्टराई, रुविना श्रेष्ठ तथा वीरगन्ज महानगरपालिकाका तत्कालीन पञ्जी करण अधिकारी भिखारी रायलाई दोषी ठहर गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ अनुसार सजायको माग गर्दै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको उनले बताए ।

त्यसैगरी, सोही उजुरीलाई आधार मानी सरकारी वकिल कार्यालयले अन्य तीन वटा मुद्दा समेत दर्ता गरेको श्रेस्तेदार मलिकले जानकारी दिए ।

पर्सा जिल्ला अदालतमा मुद्दा नं. ८२–सी–१–१०८४, ८२–सी–१–१०८५ र ८२–सी–१–१०८६ समेत दर्ता भएको उनले बताए ।
मुद्दा नं. १०८४ दर्ता गर्दै सरकारी वकिलको कार्यालयले रुविना श्रेष्ठविरुद्ध अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार ६ महिना कैद वा एक वर्ष बाल सुधार गृह सजायको माग गरेको छ ।

त्यस्तै, मुद्दा नं. १०८५ मा झुटा विवरण पेस गरी नागरिकता लिएको आरोपमा नागरिकता ऐन, २०६३ को दफा १२ र २१ को उपदफा ५ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिमको कसुरमा १५ हजार रुपैयाँ जरिवानाको माग गरिएको श्रेस्तेदार मलिकले जानकारी दिए ।

उनले मुद्दा नं. १०८६ मा झुटा विवरण पेस गरी नागरिकता र राहदानी लिएको कसुरमा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना तथा १ वर्षदेखि ३ वर्षसम्म कैद सजायको माग गरिएको बताए ।

वीरगन्ज महानगरपालिका वडा नं. ३ निवासी नगर प्रमुख सिंहले रिता भट्टराईलाई श्रीमती भएको झुटा विवरण पेस गरी २०७१ साल माघ २० गते रुविनाको जन्म दर्ता गराएको आरोप छ । सोही जन्म दर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता तथा त्यसको १२ दिनपछि राहदानी समेत बनाइएको आरोप लगाइएको छ ।

प्रकाशित मितिः शनिबार, ०२ जेठ २०८३
https://jawaaf.com/storage/01KRQD0HP98JEMSBVBHSVN8R8G.jpg

सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्य तथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् ।

यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे ।

गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रम मन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन ।”

गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई “कुनै गलत काम त छैन नि ?” भनेर प्रश्न गरेको समेत बताए । उनले थपे, “गलत भएको भए तपाईँलाई कारबाही हुन्छ है भनेर अगाडिदेखि नै भनिसक्नुभएको छ । म ढुक्क छु, मेरो कुनै गल्ती छैन ।”

यसैबिच, रास्वपा नेतृ एलिजा गुरुङ ले नेपाली उत्पादनमा आधारित महिलाहरूका लागि सञ्चालन गरिएको कपडा पसल “चिनो” को उद्घाटन गरेकी छन् ।

प्रकाशित मितिः शनिबार, ०२ जेठ २०८३
https://jawaaf.com/storage/01KRNZTP4A3QG922JP95G0AZYS.jpg

विश्वासको मत नलिई शुक्रबारसम्मका लागि स्थगित भयो मधेश प्रदेश सभा बैठक

जनकपुर । मधेश प्रदेश सभाको बैठक ८ गत्ते शुक्रबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिने भनिएकोमा, सभामुख राम अशिष यादवले सांसदहरुलाई अधिवेशको शुभकामना दिन आह्वान गर्दै बैठक स्थगित गरेका छन् । प्रदेश सभा बैठक विहान ११ बजेका लागि बोलाइएकोमा ३ घण्टा अबेर सुचारु भएको थियो । बैठक सुचारु हुनु केही बेर अघि नै मुख्यमन्त्री यादव प्रदेश सभाबाट बाहिर निस्किएका थिए ।

नेपाली कांग्रेसकै केही सांसदहरु अनुपस्थित भएपछि मुख्यमन्त्री यादवले केही बेर बैठक सुचारु नगर्न सभामुखलाई आग्रह गरेका थिए । बैठक अघि प्रदेश सभामै दलहरु छुट्टा छुट्टै छलफलमा बसेका थिए । नेपाली कांग्रेस मधेश प्रदेशका सांसदहरुबीच नै खटपट भएको देखिएको छ । प्रदेश सभा श्रोतले जनाए अनुसार मुख्यमन्त्री यादवले आउँदो जेठ ८ गत्ते सपथ ग्रहण गर्ने भनेका छन् ।

आजको बैठक स्थगित गर्नु अघि सभामुख यादवले मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यसूचि आजका लागि स्थगित भएको जानकारी गराएका थिए ।

प्रकाशित मितिः शुक्रबार, ०१ जेठ २०८३
https://jawaaf.com/storage/01KRNMV5AM4JD7RE0FGW7THZ9W.jpg

हेटौंडा–पथलैया खण्डको तीन नम्बर पुल नजिकको बस्तीमा डोजर चल्यो, ७० बढी होटल व्यवसायी विस्थापित

रौतहट । त्रिभुवन राजपथको हेटौंडा–पथलैया खण्डमा पर्ने तीन नम्बर पुल नजिकको बस्ती डिभिजन वन कार्यालय बाराले डोजर लगाएर खाली गराएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा शुक्रबार बिहान सुरक्षाकर्मीसहित पुगेको टोलीले त्यहाँका घरटहरा र पसलहरू भत्काएको हो ।

डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले उक्त बस्ती वन तथा निकुञ्जको संरक्षित क्षेत्रभित्र परेकाले हटाउनुपरेको जानकारी दिए। वन कार्यालयका अनुसार सार्वजनिक तथा संरक्षित क्षेत्रको अतिक्रमण हटाउने अभियान अन्तर्गत नै यो कदम चालिएको हो ।

यसअघि पटक–पटक माइकिङ र लिखित सूचना टाँस गरेर आग्रह गर्दा पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको वन कार्यालयको दाबी छ ।

यता विस्थापित व्यवसायीहरूले भने राज्यले आफूहरूमाथि अन्याय र दमन गरेको आरोप लगाएका छन् । दुई हप्ताअघि सडक विभागले जारी गरेको सूचनाका आधारमा आफूहरूले त्रिभुवन राजपथको दुवैतर्फ २५–२५ मिटरको सडक सीमा आफैं खाली गरिसकेको उनीहरूको भनाइ छ ।
सडक सीमाभन्दा बाहिर व्यवसाय गरिरहेकै अवस्थामा एक्कासि डोजर चलाइएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

विगत २०४५ सालदेखि सोही स्थानमा व्यवसाय गर्दै आएका स्थानीयले राज्यले कुनै समय नै नदिई ज्यादतीपूर्ण तरिकाले हटाएको गुनासो गरे ।
सडकको क्षेत्राधिकार बाहिर रहेका टहरा समेत भत्काइँदा ठूलो क्षति भएको उनीहरूको दाबी छ ।

त्रिभुवन राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूका लागि भरपर्दो विश्रामस्थल र ’हब’का रूपमा परिचित ३ नम्बर पुल क्षेत्रमा ७० भन्दा बढी होटलहरू सञ्चालनमा थिए ।

वर्षौंदेखि चल्दै आएको यो बजार पूर्ण रूपमा खाली गराइएपछि वर्षौंदेखि आश्रित स्थानीय परिवारहरूको रोजीरोटी गुमेको छ । अचानक व्यवसाय खोसिएपछि उनीहरू आफ्नो जीविकोपार्जनलाई लिएर गम्भीर चिन्तामा परेका छन् ।

वन कार्यालयले भने सार्वजनिक तथा संरक्षित क्षेत्र अतिक्रमण गर्ने कार्य कानुन विपरीत हुने भन्दै आगामी दिनमा पनि यस्ता अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिइने स्पष्ट पारेको छ ।

प्रकाशित मितिः शुक्रबार, ०१ जेठ २०८३
https://jawaaf.com/storage/01KRN3JTXSSNT98K00BSKCZ994.jpg

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति हर्क साम्पाङको आपत्ति, नैतिकताका आधारमा राजीनामाको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहको संसदीय कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिन माग गरेका छन् ।

शुक्रबार जारी विज्ञप्तिमा राईले प्रधानमन्त्री शाहले संसद र संसदीय परम्पराको अपमान गरेको आरोप लगाएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गराएपछि प्रधानमन्त्री स्वयं संसदबाट बाहिरिएको र पुनः उपस्थित नभएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अवमूल्यनको रूपमा चित्रण गरेका छन् ।

विज्ञप्तिअनुसार प्रधानमन्त्री शाह नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पनि संसदमा अनुपस्थित रहेका थिए । प्रतिपक्षी दलहरूले उपस्थितिको माग गर्दा समेत प्रधानमन्त्री संसदमा नआएको तथा आफ्नै कार्यालयबाट संसदका गतिविधि प्रत्यक्ष प्रसारणमार्फत हेरिरहेको आरोप राईले लगाएका छन् ।

त्यसैगरी नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने संसदीय परम्परा रहेको उल्लेख गर्दै उनले उक्त जिम्मेवारीबाट प्रधानमन्त्री पन्छिएको बताएका छन् । संसदका कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नु समेत प्रधानमन्त्रीको गैरजिम्मेवार व्यवहार भएको राईको भनाइ छ ।

राईले संसदको मर्यादा कायम राख्न नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको टिप्पणी गर्दै यस्तो घटनाले संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको बताएका छन् । उनले जनताको सार्वभौम संस्थालाई अपमान गर्ने व्यक्तिले नैतिकताको आधारमा पदमा बसिरहन नमिल्ने जिकिर गरेका छन् ।

विज्ञप्तिमा सरकारले संसदलाई बेवास्ता गर्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप पनि लगाइएको छ । सीमा सुरक्षा, जनजीविका र नागरिकका आधारभूत समस्यामा सरकार असफल भएको भन्दै उनले सरकारप्रति खेद व्यक्त गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, ०१ जेठ २०८३
https://jawaaf.com/storage/01KRMRATG59B2M01HA9PJN5269.jpg

प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो ।

प्रधानमन्त्री बालेन शाह सरकारको नीति तथा कार्यक्रममा जबाफ दिन नआएपछि नेकपा एमालेसहित चार प्रतिपक्षी दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने आ–आफ्नो कुर्सीबाट उभिएर विरोध जारी राखेका थिए ।

प्रतिपक्षीको निरन्तर विरोध र बहिष्कारबीच प्रतिनिधिसभा बैठकले सर्वसम्मतिबाट नीति तथा कार्यक्रम पारित गरेको हो ।
बिहीबारको प्रतिनिधिसभा बैठक बहिष्कार गर्नेमा नेकपा एमालेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू छन् ।
एमालेबाहेक बाँकी तीन दलले सुरूमै बैठक बहिष्कार गरेका थिए । कांग्रेस र एमालेका सांसदहरूले भने बैठक कक्षमै विरोध जारी राखे ।

विरोध र नाराबाजीबीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा जबाफ दिन सुरू गरे । उनको जबाफ सकिएपछि नेकपा एमालेका सांसदहरूले पनि बैठक बहिष्कार गरेका हुन् ।
त्यसपछि नीति तथा कार्यक्रममा परेका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
यही वैशाख २८ गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमार्फत् राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, ०१ जेठ २०८३