बिहिबार, १८ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KS2BER17QCE83D72EBBD4FMJ.jpg

हुम्लाको नेप्कामा पहिरोको ठूलो क्षति, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो

मुगु । हुम्ला जिल्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा बुधबार बिहान आएको पहिरोले विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको छ ।
स्थानीयका अनुसार असिना–पानी आएपछि त्यसपछि पहिरा् गएको थियो । सोहि कारण गाउँको डाँफे आधारभूत विद्यालय बगाएको छ भने पाक्न लागेको गहुँ, जौ, उवा लगायतका बालीसहित खेतीयोग्य जमिन तहसनहस बनाएको छ ।
वडा अध्यक्ष हर्कधन तामाङका अनुसार बाढीसँगै आएको पहिरोले केही गोठ पुरिएका छन् भने भेडाबाख्रामा पनि क्षति पुगेको छ । यद्यपि हालसम्म मानवीय क्षतिको खबर भने आएको छैन ।
“बाढीले गाउँमा ठूलो क्षति पु¥याएको छ । क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ,” वडा अध्यक्ष तामाङले भने। उनले घटना लगत्तै जिल्ला प्रशासन कार्यालय र गाउँपालिकालाई जानकारी गराइएको बताए ।
स्थानीय छक्कबहादुर तामाङका अनुसार पहिरोले वडा अध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पुरिएको छ । “कति भेडाबाख्रा पुरिए भन्ने यकिन भइसकेको छैन,” उनले भने ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बाढीको सूचना पाएलगत्तै मेल्छाम प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिए । उनले नेप्का गाउँ दुर्गम क्षेत्रमा पर्ने र सडक सञ्जालमा नजोडिएकाले क्षतिको विवरण संकलन तथा उद्धार कार्यमा कठिनाइ भइरहेको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर खड्काका अनुसार नेप्कादेखि गाउँपालिकाको केन्द्रसम्म पुग्न जोखिमपूर्ण बाटोमा करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने भएकाले सुरक्षाकर्मीलाई घटनास्थल पुग्न समय लागेको हो ।

प्रकाशित मितिः बुधबार, ०६ जेठ २०८३
https://jawaaf.com/storage/01KS26MFNZ21Y2YKYMYPPHQZY5.jpg

संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक

सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आईसकेपछि स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताएका छन् । सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुदघाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरुप विकासका कार्यलाई तिव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरुपका कामलाई साकार बनाउन स्थानीय तहले सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताएका हुन् ।
राष्ट्रपति पौडेलले भने, ‘शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ । यसतर्फ तपाईँहरूले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु ।’
राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै जनअपेक्षा अनुरुप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताए । उनले भने, ‘यसै सन्दर्भमा यो ग्रामिण क्षेत्रमा यस्तो आधुनिक तथा बहुउपयोगी सिटी हलको निर्माण हुनु निकै सराहनीय छ । यो परियोजना विकासमा तिनै तहको सरकारबिच हुने सहकार्यको राम्रो उदाहरण पनि हो ।’
उनले सप्तकोशी नदीको किनारमा रहको कोशी गाउँपालिका ऐतिहासिक एवम् धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण ठाउँ भएको उल्लेख गर्दै हाल कोशी गाउँपालिकामा पर्ने सप्तकोशी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएकोले यो ठाउँको सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको इतिहासको स्मरण गरे ।
उनले भने,‘सप्तकोशी बाँधको समिपमा सुनसरी जिल्लाको महत्वपूर्ण धार्मिक स्थलहरू बराहक्षेत्रधाम, रामधुनि, पिण्डेश्वर, दन्तकाली तथा बुढासुब्बा मन्दिर छन् । तसर्थ यस क्षेत्रको भ्रमणबाट मलाई मनोरम अनुभुति पनि भएको छ । ऐतिहासिक, भौगोलिक तथा धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण यो ठाउँ पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ भएकाले यसलाई त्यही रुपमा विकास गर्न म सम्बद्ध सबै पक्षसँंग आग्रह गर्दछु ।’
राष्ट्रपति पौडेलले २०६५ सालमा कोशी बाँध फुट्दा बस्ती नै विस्थापित भएको यस ठाउँमा बस्ती पुनस्र्थापित भएको र विकासका गतिविधिहरू तिव्र रुपमा सञ्चालन भएको देख्दा आफूलाई खुशी लागेको भन्दै तिनै तहको सरकारको हातेमालोबाट यस बाढीपीडित जोखिमयुक्त क्षेत्रमा विपद् व्यवस्थापनका पूर्व तयारीको पर्याप्त व्यवस्था गर्न ध्यान पुर्याउने अपेक्षा आफूले राखेको बताए ।

प्रकाशित मितिः बुधबार, ०६ जेठ २०८३
https://jawaaf.com/storage/01KS1S807E9BKWEZ6K87NR9NWB.jpg

रानी सैन गइरहेको टोलीमाथि हुम्लाका नागरिकले गरे आक्रमण, पाँच जना घाइते

बाजुरा । मंगलबार बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा झडप भएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोली अपि सैपाल हिमालको ब्यस क्याम्प रानी सैन भ्रमणमा गएको बेला झडप भएको हो ।

झडपका क्रममास् हुम्लीले आक्रमण गर्दा पाँच जना सामान्य घाइते भएका छन्।घाइते हुनेमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा,हिमाली गाउँपालिका ३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, ३३ बर्षिया लक्ष्मी गुरुङ, २४ वर्षीय मिनु कुवँर र प्रहरी चौकी बिच्छ्यामा कार्यरत महेश धामी रहेका छन् ।

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ’ अभियानमा मेयर गोपाल हमाल,हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल,उपाध्यक्ष राजकला सार्की, प्रशासकीय अधिकृत सहित ४० जनाको टोली रानिसैन हिँडेको वेला झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताए ।

ड्रोनबाट भिडियो खिच्ने क्रममास् हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका २ थाली गाउँका करिब दुई सय बढी स्थानीय आक्रोशित भई वादविवाद र हातपात हुँदा पाँच जना घाइते भएको जानकारी दिए । घाइते सबैको ढाड, गर्धन, छाती, र खुट्टामा चोट लागेको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

करिब तीन सय हुम्ली जनताले अराजक शैलीमा हात हालाहाल गरेका हुन्।झडप पछि घाइतेलाई लिएर टोली गन्तव्य स्थानमा नपुगी त्यहाँबाट फर्केको हुन्।विगत लामो समय बाजुरा जिल्ला हिमाली गाउँपालिका–३ लाम्पाटा र चिया चौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्ली बासीहरूले आफ्नो जिल्लामा पर्छ भनेर दाबी गर्दै आएका छन् ।

रानी सैन, च्याचौर र लाम्पाटा क्षेत्र नापी,लालपुर्जा तथा प्रशासनिक अभिलेख अनुसार बाजुरा जिल्ला अन्तर्गत पर्ने भूमि हो।यस क्षेत्रमा विकास निर्माणमा अवरोध सिर्जना गर्नु तथा स्थानीय र भ्रमण टोलीमाथि आक्रमण गर्नु निन्दनीय कार्य मानिएको छ ।
यस क्षेत्रको शान्ति सुरक्षाको लागी हिमाली गाउँपालिका–३ लाम्पाटा स्थित च्याचौरमा अस्थायी प्रहरी चौकीको भवन निर्माण कार्य  भइरहेको छ । २०८३ जेठ ३ गते लाम्पाटा स्थित अस्थायी प्रहरी चौकी निर्माण हुने स्थानमा निर्माण तथा सिमाना सम्बन्धी स्थानीय बिच विवाद उत्पन्न भएको थियो ।

अस्थायी प्रहरी चौकी निमार्ण तथा सिमाना विवादकै कारण हुम्ली जनताले निन्दनीय आक्रमण गरेका हुन् । यो घटना पश्चात् सिंगो बाजुरेली जनताले आक्रोश पोखेका छन् । हुम्ली जनताको यस्तो निन्दनीय कार्यको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग समेत गरेका हुन् । अहिले यो घटनाले सामाजिक सञ्जाल तातेको छ ।

प्रकाशित मितिः बुधबार, ०६ जेठ २०८३
https://jawaaf.com/storage/01KRZYT3M2XWVGDRSMQYD5XVM4.jpg

१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना

काठमाडौँ। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।

मंगलबार बसेको सुनुवाइ समितिको बैठकमा उनले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि सम्पादन गर्ने कामहरूको सूचीसहितको विस्तृत कार्ययोजना प्रस्तुत गरेका छन्।

शर्माले न्यायपालिकालाई छिटो, प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित आफ्नो कार्ययोजना समितिमा पेस गरेका हुन्।

आफ्नो कार्ययोजनामा उनले अदालतमा बढ्दै गएको मुद्दाको चाप कम गर्दै नागरिकले समयमै न्याय प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। यसका लागि अदालतमा दर्ता भएका मुद्दा लामो समयसम्म थन्किने अवस्थाको अन्त्य गर्दै अधिकतम १८ महिनाभित्र किनारा लगाउने लक्ष्य उनले प्रस्ताव गरेका छन्।

यसैगरी, उनले अदालतका महत्त्वपूर्ण सुनुवाइहरूलाई प्रत्यक्ष प्रसारण (लाइभ ब्रोडकास्ट) गर्ने प्रस्ताव पनि अघि सारेका छन्। न्यायालयको कामकारबाहीलाई नागरिकसमक्ष थप खुला र पारदर्शी बनाउन तथा सार्वजनिक चासोका मुद्दामा नागरिकले प्रत्यक्ष रूपमा न्यायिक प्रक्रिया हेर्न पाउने वातावरण निर्माण गर्न सके न्याय प्रणालीप्रतिको विश्वास अझ बढ्न सक्ने उनको भनाइ छ।

सुनुवाइका क्रममा उठेका प्रश्नहरूको स्पष्टीकरण दिँदै उनले आफूले कुनै पनि रिट दर्ता रोक्न आदेश नदिएको स्पष्ट पारे। रिट दर्ता र दरपिठ गर्ने पूर्ण अधिकार प्रशासनकै क्षेत्राधिकारभित्र रहने उनले जानकारी दिए।
उनले भने, ‘रिट दर्ता र दरपिठको विषयमा प्रशासन नै पूर्ण जिम्मेवार र स्वतन्त्र रहेको अवस्था छ। प्रशासनबाट विवेक प्रयोग गरेर नै निर्णय भएको होला। यसमा म थप टिप्पणी गर्न चाहन्नँ।’

त्यस्तै, उनले न्यायिक नियुक्ति प्रक्रियामा विगतदेखि उठ्दै आएका विवादहरूलाई ध्यानमा राख्दै यसलाई थप पारदर्शी र विवादरहित बनाउने प्रतिबद्धता जनाए। न्यायिक नियुक्तिका लागि स्पष्ट मापदण्ड, योग्यता मूल्याङ्कन र वस्तुगत आधार निर्धारण गर्ने विषयलाई आफूले प्राथमिकतामा राखेको उनले बताए।

प्रकाशित मितिः मङ्गलबार, ०५ जेठ २०८३
https://jawaaf.com/storage/01KRZYNYXNNYH4WG14MCFZ7W30.jpg

कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलिदेखि, पर्सि नीति तथा कार्यक्रम प्रस्तुत गरिने

विराटनगर । कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलि जेठ ६ गतेदेखि सुरु हुँदैछ । दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्ने बैठकको तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ ।
कोशी प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेपछि प्रदेश सभा सचिवालय हाल कटहरीबाट सञ्चालन हुँदै आएको छ । सचिवालय भवनमा बैठक सञ्चालनको पर्याप्त तयारी नभएकाले यसपटक पनि वीरेन्द्र सभा गृहबाटै अधिवेशन सञ्चालन गर्न लागिएको हो । यसअघिको अधिवेशन समेत सोही सभा गृहबाट सञ्चालन गरिएको थियो ।
यसैबीच, कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम पर्सि जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही नवीन तथा जनमुखी योजनालाई प्राथमिकतामा राखिएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

प्रकाशित मितिः मङ्गलबार, ०५ जेठ २०८३
https://jawaaf.com/storage/01KRZ16ZPXYV0EZ0G5RHV8Y6TK.jpg

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पुन: पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन

रौतहट ।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई सोमबार बेलुका वीरगन्जको आदर्शनगरस्थित दियोले होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार प्रसाईँलाई ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिइएको हो। उनी पक्राउ परेको पुष्टि भए पनि प्रहरीले हालसम्म कुन कसुर वा अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक रूपमा केही खुलाएको छैन ।

महाअभियानको कार्यक्रमका लागि प्रसाईँ सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगन्ज आइपुगेका थिए। जिल्ला प्रशासन कार्यालय पर्साले उनलाई वीरगन्जमा सभा तथा कार्यक्रम गर्न स्वीकृति दिइसकेको पत्र समेत सार्वजनिक भएको थियो।

प्रशासन आफैँले लिखित अनुमति दिएर पनि होटेलबाटै एक्कासि पक्राउ गरेपछि उनका समर्थकहरू तीव्र आक्रोशित बनेका छन्। पक्राउको विरोधमा प्रसाईँका समर्थकहरूलेराती नै वीरगन्जका विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन भने सरकार र प्रहरी प्रशासन विरुद्ध नाराबाजी समेत गरेका थिए ।

सोमबार वीरगन्जका भिन्न९भिन्न स्थानीय कार्यक्रममा सहभागी भएका प्रसाईँ मंगलबार बिहान वीरगन्जको प्रसिद्ध धार्मिक स्थल गहवामाई मन्दिरको दर्शन गर्ने तयारीमा थिए। मन्दिर दर्शनपश्चात् उनको अन्य कार्यक्रम तय गरिएको थियो, तर त्यस अगावै प्रहरीले उनलाई होटेलकै कोठाबाट नियन्त्रणमा लियो।

यसअघि वीरगन्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईँले यहाँ घर भत्काइएका नागरिकहरूलाई वीरगन्जमा नै स्थायी बसोबासको व्यवस्था मिलाउनुपर्ने तर्क अघि सारेका थिए। पछिल्लो समय उनी वर्तमान सरकार, सरकारका मन्त्रीहरू र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूमाथि विभिन्न राजनीतिक तथा व्यक्तिगत आलोचनासहितका आक्रामक टिप्पणी गर्दै आएका थिए।

पक्राउ परेका प्रसाईँलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

प्रकाशित मितिः मङ्गलबार, ०५ जेठ २०८३
https://jawaaf.com/storage/01KRYWTNG309915AR0Z8V4NCB6.webp

आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका तराई तथा बाकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मध्यमसम्म वर्षा र हिमपात सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

आज राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश, बागमती र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मितिः मङ्गलबार, ०५ जेठ २०८३
https://jawaaf.com/storage/01KRX37EB2XMGDH2BNS5E1KYHX.jpg

चीनमा ५.२ म्याग्निच्युडको भूकम्प, सात हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
स्थानीय प्रशासनका अनुसार भुकम्पले गर्दा बिहान ४ बजेसम्म १३ वटा भवन भत्किएका छन् भने सात हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
भूकम्पमा परी तीन जना बेपत्ता भएका छन् भने चार जना घाइते भएर अस्पतालमा उपचाररत रहेका छन् । चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार स्थानीय समयअनुसार राति १२ः२१ बजे लिउनान जिल्लामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पको गहिराइ आठ किलोमिटर रहेको बताइएको छ । मुख्य भूकम्पअघि र पछि २.२ देखि ३.२ म्याग्निच्युडसम्मका पाँच वटा पराकम्पसमेत महसुस गरिएको थियो ।
उद्धार तथा खोजी कार्यका लागि आपतकालीन सेवा, प्रहरी र दमकल टोली परिचालन गरिएको छ । ग्वाङ्सी क्षेत्रीय भूकम्प उद्धार मुख्यालयले बिहान २ बजे लेभल–३ आपतकालीन प्रतिक्रिया लागू गरेको छ ।
चीनको राज्य परिषद् अन्तर्गतको भूकम्प उद्धार मुख्यालय तथा आपतकालीन व्यवस्थापन मन्त्रालयले पनि लेभल–४ आपतकालीन प्रतिक्रिया सक्रिय गर्दै प्रभावित क्षेत्रमा कार्यदल पठाएको जनाएको छ । सबैभन्दा बढी क्षति लिउनान जिल्लाको ताइयाङछुन टाउनसिपस्थित साङदेङ गाउँमा भएको बताइएको छ । त्यहाँका केही भवन पूर्ण रूपमा भग्नावशेषमा परिणत भएका छन् । बेपत्ता तीन जना भत्किएका संरचनाभित्रै फसेको आशंका गरिएको छ ।
भूकम्पपछि ग्वाङ्सी क्षेत्रीय सरकार र लिउझोउ महानगरपालिकाले संयुक्त रूपमा बहु–निकायीय आपतकालीन संयन्त्र परिचालन गरेका छन् । उद्धारमा प्रहरी, दमकल, यातायात, प्राकृतिक स्रोत, विद्युत् तथा खानेपानी निकायका कर्मचारी सहभागी छन् ।
यसैबीच, भूकम्पका कारण ताइयाङछुन क्षेत्र हुँदै जाने लिउझोउ बेल्टवे सडकखण्डमा पहिरो गएको छ । पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिइएको छ । सीसीटीभी

प्रकाशित मितिः सोमबार, ०४ जेठ २०८३
https://jawaaf.com/storage/01KRWXT859BQE53872FT2NX9HZ.jpg

जनताले अझै पनि पुरानै बेथिति भोग्नुपरेको छ : सांसद राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मध्यपहाडी क्षेत्र तथा भोजपुरलगायत पहाडी जिल्लाका सडकको दुरवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अलपत्र परेका सडकका कारण सवारीसाधन डुबिरहेको र बिरामी तथा सुत्केरी बोकेका गाडीसमेत समस्यामा परेको बताएका हुन् । उनले सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको उल्लेख गर्दै समयमै सडक मर्मत तथा व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।
उनले भने,‘अलपत्र परेका सडकहरुमा गाडिहरु डुबिरहेका छन् । सामाजिक सञ्जालहरुमा हामीले गालीका वर्षातहरु पाइरहेका छौं । सरकारलाई म आग्रह गर्न चाहन्छु र अगाडि पनि हामीले ध्यानाकर्षण गराएका थियौं । आज पनि सुत्केरी र बिरामीहरु गाडि भासिएर मध्यपहाडी सडक र भोजपुर लगायत पहाडी इलाकाका विभिन्न सडकहरुमा चोभलिरहेको दृश्य हामी देखिरहेका छौैं ।’
राईले जनताले अझै पनि पुरानै बेथिति भोग्नुपरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाए । उनले दुईतिहाइ नजिकको सरकार जनताले अपेक्षा गरेका काम गर्न नसकेको आरोप लगाउँदै सरकार निदाएर नबस्न चेतावनी दिए ।
उनले भने, ‘जनताले हिजो र आज उस्तै बेथितीलाई भोक्नुपर्ने हो भने यसको लागि ८४ मा हुने निर्वाचन ८२ मा भएको के अर्थ ? यतिधेरै दुई तीहाई नजिकको सरकारले आज जनतासमक्ष दिनुपर्ने कुराहरु नदिइरहेको अवस्था छ । सरकार निदाएर नबसोस् ।’
त्यस्तै, उनले नीति तथा कार्यक्रममा कृषिका विषयमा ठूला कुरा गरिए पनि व्यवहारमा समस्या समाधान हुन नसकेको बताए । बाँदर र बदेलका कारण किसानले दुःख पाइरहेको उल्लेख गर्दै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबसीकन बाँदरलाई सलामी दिनुपर्ने बताए ।
उनले भने, ‘यो बेलामा हामीले नीति कार्यक्रममा कृषिको विषयमा धेरै राम्रा–राम्रा ठूला–ठूला कुराहरु हामीले भन्यौं । तर आज पनि धेरै माननिय ज्यूहरुले कुराहरु उठाउनुभयो बाँदर बदेलहरुले आज पनि जनताहरुलाई दुख दिइरहेको छ । यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदै छौं, यसको हामीले के लेख्दै छौं? यसको विषयमा । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस्, बाँदरलाई सलामी देउँ । यदी होइन भने हामीलाई दुख दिइरहने छ ।’
उनले कृषि तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी प्रभावकारी नीति आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मितिः सोमबार, ०४ जेठ २०८३
https://jawaaf.com/storage/01KRWRDSWE93Z1AY00YERGZ1MT.jpg

कर्णाली सरकारको ४ अर्ब १२ करोड ५ लाख ८४ हजार बेरुजु

सुर्खेत । कर्णाली प्रदेश सरकारको बेरुजु बर्सेनी घट्नु भन्दा बढ्दै गएको छ । शुक्रबार सार्वजनिक महालेखापरीक्षककोे ६३ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीको बेरुजु रकम चार अर्ब १२ करोड पाँच लाख ८४ हजार रहेको थियो । त्यसमध्ये १७ करोड ६४ लाख ५८ हजार रुपैयाँ मात्र फस्र्योट भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा मात्रै थप ७७ करोड ३५ लाख ६२ हजार रुपैयाँ बेरुजु थपिँदा यही आर्थिक वर्षमा एक करोड ७९ लाख १९ हजार थप भएको छ । महालेखाले उक्त वर्ष प्रदेश मन्त्रालय तथा प्रदेश सरकार मातहत निकाय गरी १३७ कार्यालयको ३७ अर्ब १९ करोड ८० लाख ७६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा उक्त बेरुजु रकम कायम भएको हो । उक्त वर्ष कायम भएको बेरुजुमध्ये सात करोड २७ लाख ३९ हजार रुपैयाँ पेस्की मात्रै छ ।

पेस्की बाहेकको खुद बेरुजु ७० करोड ८ लाख २३ हजार रुपैयाँ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । कानुनबमोजिम रीत नपुर्याएर कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकमलाई महालेखाले बेरुजुको रूपमा परिभाषित गरेको छ । महालेखा परीक्षकको कार्यालयले णसम्बन्धी विवरणअनुसार आर्थिक वर्ष २०७९/०८० सम्म कायम रहेको तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार रुपैयाँ बेरुजुमध्ये २९ करोड ६८ लाख ४४ हजार रुपैयाँ सम्परीक्षणबाट लगत कट्टा गरिएको थियो ।

सम्परीक्षणपछि ९६ लाख ९२ हजार रुपैयाँ नयाँ बेरुजु थपिएसँगै कुल बेरुजु रकम तीन अर्ब ६६ करोड ११ लाख २ हजार रुपैयाँ पुगेको थियो । त्यसपछि पनि बेरुजु घट्न नसकी पुनः बढ्दो प्रवृत्ति देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा एक दशमलव २२ प्रतिशत रहेको बेरुजु दर आर्थिक वर्ष २०८१÷०८२ मा बढेर २.०८ प्रतिशत पुगेको थियो । २०८०/०८१ मा ४५ करोड ९४ लाख ८२ हजार रुपैयाँ बेरुजु थपिएको हो ।
कर्णाली प्रदेशको बेरुजु बढेर चार अर्ब ७३ करोड ५६ लाख ७ हजार नाघेको छ । महालेखापरीक्षककोे ६३ औँ वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष (२०८०/०८१) मा कर्णालीको बेरुजु रकम चार अर्ब १२ करोड पाँच लाख ८४ हजार रहेको थियो । त्यसमध्ये १७ करोड ६४ लाख ५८ हजार रुपैयाँ मात्र फस्र्योट भएको छ ।

कर्णाली प्रदेशको आन्तरिक आम्दानी अन्य प्रदेशको तुलनामा निकै कमजोर छ । तर केन्द्रबाट अनुदानमा आएको बजेटलाई नै सही सदुपयोग गर्न कर्णाली सरकारले सकिरहेको छैन । उक्त वर्ष केन्द्रबाट कर्णालीले २० अर्ब २७ करोड ३८ लाख ४७ हजार वित्त हस्तान्तरण रकम पाएको थियो । केन्द्रले प्रदेशलाई वित्तीय समानीकरण, सशर्त, समपुरक र विशेष अनुदान रकम उपलब्ध गराउँछ भने राजस्व बाँडफाँट पनि गर्छ ।

चार वटा अनुदान शीर्षकमा कर्णाली उक्त वर्ष १२ अर्ब ३२ करोड १९ लाख २० हजार रकम पाएको थियो, भने राजस्व बाँडफाँटमा आठ अर्ब ४० करोड १९ लाख २७ हजार पाएको थियो । महालेखापरीक्षकको प्रतिवेदनले कर्णाली प्रदेशलाई आन्तरिक स्रोत परिचालन क्षमतामा अभिवृद्धि गर्न र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पालनामा कडाइ गर्न सुझाव दिएको छ ।

प्रकाशित मितिः सोमबार, ०४ जेठ २०८३