आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JH2WWCTB4D3A7DZD7YJE4HHF.jpg

बाक्लो हुस्सुको कारण सिमरा विमानस्थलको उडान प्रभावित

रौतहट । बाक्लो हुस्सुको कारण दुई दिनदेखि बाराको सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ । सिमरा–काठमाडौ उडानको लागि  २ हजार ३ सय भन्दा धेरै भिजिविलिटी आवश्यक पर्छ । तर भिजिविलिटी कम हुँदा उडानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। सिमरा विमानस्थलका प्रमुख बिष्णु प्रसाद अधिकारीका अनुसार पुसको दोस्रो साता देखी नियमित उडानहरू प्रभावित भएको बताए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB


मौसममा देखिएको खराबीका कारण (कम भिजिविलिटी) का कारण आज (बुधबार ) पनि उडान प्रभावित भएको उनले जानकारी दिए ।मौसमको कारणले पुस र माघको महिनामा तोकिएको समयमा उडान गर्न नसकिने उनको भनाइ छ ।सिमरा विमानस्थलबाट काठमाडौंको लागि बुद्ध एयरलाइन्सले दैनिक ७ वटा, यतिले २ उडान भर्दै आएका छन् । 
सिमरा विमानस्थलबाट काठमाडौंका लागि  दैनिक ८ देखि ९ सम्म उडानहरू हुने गरेको जनाएको छ । रौतहट सहित बारा, पर्सा, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १ हजार ५ सय यात्रुहरू सो विमानस्थलबाट सिमरा काठमाडौं आवतजावत गर्ने गर्दछन् ।


प्रकाशित मितिः बुधबार, २४ पुस २०८१
https://jawaaf.com/storage/01JH2WJT1KR4VY2GS1APW0V8ZH.jpg

विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जनका लागि मन्त्री पौडेलले गरे शिक्षामन्त्रीसँग आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग आग्रह गरेका छन् ।

मन्त्रालयमा मन्त्रीद्वयबिच यसबारे छलफल भएको छ । छलफलमा मन्त्री पौडेलले विद्यालय तहमा रहेका स्वास्थ्य सम्बन्धी विषय परिमार्जनका लागि विज्ञ समिति बनाएर काम गर्न सहकार्यको प्रस्ताव गरे । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

उनले नसर्ने रोग बढ्दै गएकाले यसलाई रोकथाम गर्न विद्यालय तहबाटै सचेतनामूलक सामग्री प्रभावकारी बनाउनुपर्ने आवश्यकता महसुस गरेको भन्दै पाठ्यक्रम विकास केन्द्रलाई स्तरीय सामग्री तयार पार्न मन्त्रालय सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

उनले पाठ्यक्रममा स्वस्थ खानपिन तथा मादक पदार्थ विरुद्धका सचेतनाका विषय पनि समावेश गर्नका लागि सघाउने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले विद्यालय शिक्षामा स्वास्थ्य विषय अध्ययन गरेकाको सम्बन्ध उच्च शिक्षामा पनि जोड्न आवश्यक रहेको भन्दै नर्सिङ, पब्लिक हेल्थ वा कुन विषयसँग जोड्न सकिन्छ, त्यसका लागि आवश्यक छलफल गर्न प्रस्ताव गरे ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

निरोधात्मक क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादनमा विद्यालय शिक्षालाई जोडौँ, मन्त्री पौडेलको प्रस्ताव थियो ।

यस कार्यलाई सम्बोधन गर्न दुवै मन्त्रालयको संयुक्त समूह बनाउन मन्त्री पौडेलले गरेको प्रस्तावमा मन्त्री भट्टराईले सकारात्मक प्रतिक्रिया जनाइन् । उनले दुवै मन्त्रालयबिच सहकार्यको प्रस्ताव सराहनीय रहेको भन्दै थप गृहकार्य गर्ने प्रस्ताव गरिन् । ‘आवश्यक विषयमा सहकार्य गरौँ,’ उनले भनिन् ।

प्रकाशित मितिः बुधबार, २४ पुस २०८१
https://jawaaf.com/storage/01JH2TTKH53S1A130J4NEPWDGT.jpg

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरूलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ । मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाहरूका नाममा परिपत्र गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।

MIC (1).gif 172.09 KB

कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्थाहरू नवीकरणबीना सञ्चालनमा आएको उजुरी पछि मन्त्रालयले परिपत्र गरेको हो । इजाजत नवीकरण नगरेका केही संस्थाहरू मापदण्डअनुसार समेत नचलेको उजुरी मन्त्रालयले प्राप्त गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरूले मापदण्ड पालना गरेको सुनिश्चित गर्न अधिकारीहरूलाई भनेका थिए ।

baba_education.gif 870.63 KB

जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिई स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

मन्त्रालयले इजाजत पत्र नवीकरण नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाको अनुगमन गरी नियमानुसार नभएको पाएमा कारबाही गर्ने समेत प्रवक्ता बुढाथोकीले बताए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, २४ पुस २०८१
https://jawaaf.com/storage/01JH2TDECNEVM08Q0K1Q7SEXGZ.jpg

५० केजी लागुऔषध गाँजासहित चार जना पक्राउ

पर्सा । लागुऔषध गाँजा ५० केजी सहित पर्सा प्रहरीले बिरगञ्जबाट चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिरगञ्जको महानगरपालिका –२० हरपतगञ्जबाट मंगलबार राति नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ तीनटोलियाका ३६ वर्षीय अकबर मियाँ , वडा नम्बर ७ कै छपकैयाका ४५ वर्षीय शिव महत्तो र वडा नम्बर १ विश्रामपुरका ४० वर्षीय पारस यादव, ५२ वर्षीय मैनुदिन मियाँ रहेका छन् । 

Bantawa_Hardware.gif 563.38 KB

पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार कुलोको बाटो भएर टाउकोमा गाँजा बोकेर जाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

गाँजासहित नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लम्सालले बताए । 

प्लास्टिकको बोराभित्र रातो प्लास्टिकले बेरी राखिएको चार पोकामा ५० केजी लागूऔषध गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, २४ पुस २०८१
https://jawaaf.com/storage/01JH2NZBRXPQBXKXZPFX9RTWMF.jpg

‘कार्साङ’को अग्रिम बुकिङ खुला

काठमाडौं । पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन् ।

देशभरका हलहरूले सुखद शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौँ उपत्यकाका आउटलेटमा २५ शो पाएको छ । काठमाडौँ बाहिरका स्टेशनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले समान २८ शो उपलब्ध गराएको छ । ‘कार्साङ’ले पाएको शो राम्रो हो । वर्ड अफ माउथ बलियो बन्दै जाँदा शो थपिँदै जाने हो ।

यसै गरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ ।

त्यसैगरि, एफ क्युब सिनेमाजले र विएसआर मुभिजले सम्मान ६–६ शो उपलब्ध गराएका छन् । बिग मुभिजले, वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

चलचित्र ‘कार्साङ’मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् ।

२ घन्टा ५ मिनेटको ’कार्साङ’ ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुन् ।

अभिनेता दयाहाङ राईको नयाँ चलचित्र ६ महिनाको अन्तरालपछि हलमा लाग्दैछ ।

Furniture House.gif 947.74 KB

प्रकाशित मितिः बुधबार, २४ पुस २०८१
https://jawaaf.com/storage/01JH2N0CR0C8N2Z22A7M3MZTVN.jpg

शान्ति प्रक्रियालाई माओवादी सिध्याउने हतियार बनाइएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई माओवादीलाई सिध्याउने हतियार बनाइएको बताएका छन् । 

बुधवार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा बोल्दै उनले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन कठिन भएको भन्दै नेकपा एमालेले टुङ्गिन लागेका बेला गएर रोक्ने गरेको आरोप लगाए । 

MIC (1).gif 172.09 KB

उनले भने, ‘टुङ्ग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । एउटा प्रवृत्ति नहोस् भन्ने नै छ । अझ गम्भीर प्रवृत्ति के छ भने माओवादीलाई तह लगाउने अन्तिम यही छ किन टुङ्ग्याउनु माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ गरौंला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन एउटा राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ त्यसले । माओवादीलाई तह लगाउने सिध्याउने अन्तिम हतियार यही नै हो टुङ्ग्याउन हुन्न भन्ने सोच भएको प्रवृत्ति छ ।’

Pathivara.gif 82.25 KB

त्यस्तै, पीडितहरू एकताबद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोचे बर्बाद हुने भयो भन्ने ठाउँमा नपुयाएसम्म अर्को १८ वर्ष सम्म शान्ति प्रक्रिया टुङ्गो नलाग्ने उनको भनाई छ । 

उनले भने, ‘यसको समाधान पीडितहरूले बेलाबेलामा यो कुरा उठाईराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु किनकी अन्तिममा सडक नै हुने हो कि जस्तो मलाई लागेको छ । यो विषय कानुनी भन्दा पनि बढि राजनैतिक नै छ । पीडितहरू एकताबद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोच बर्बाद हुने भयो भन्ने ठाउँमा नपुयाएसम्म यो अर्को १८ वर्ष जान नि बेर छैन् ।’

प्रकाशित मितिः बुधबार, २४ पुस २०८१
https://jawaaf.com/storage/01JH28EKV51AW4819DFF4F0123.jpg

पछिल्लो समय मुगुमा मह उत्पादनबाट एक करोडको कारोबार

मुगु । पछिल्ला वर्षहरूमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ । मौरी पालनको लागि उपयुक्त हावापानी भएको मुगुमा पछिल्लो समय मह उत्पादनबाट एक करोडको कारोबार भएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

महको पकेट क्षेत्र मानिएको मुगुको मुन्दु, कोटीला, शोभा, चिमाथ, माग्री, मह, चिमाथ, पुव, सेरोग, बाम, खमाले, लिउडी, लमेरम, सेरी, जाम, जिउका, लगायतका २ दर्जनभन्दा बढी स्थानीय कृषकहरूले परम्परागत मुडे घारमा मौरी व्यवसाय गर्दै आफ्नो जीवन निर्वाह गर्दै आई रहेका छन् ।

मह कृषक रूप बहादुर सेजुवालले पुर्खा देखी यही मौरी खेती गर्दै आएको बताए । उनले वर्षमा १ लाख देखी २ लाखसम्म मह बिक्री गरेर आम्दानी गरेको घर खर्च चलाउनमा सहयोग पुगेको बताए । 

Photo (7).JPG 330.84 KB

मह किन्नको लागि ग्राहक घरमै आउने प्रति मानाको १ हजार देखी १५ सयसम्म जिल्लामा दर रेट भए पनि घरमा आउने ग्राहकलाई १ हजार रुपैयाँ मानो मह बिक्री गर्ने गरेको समेत उनले बताए । 

उनले भने, ‘वर्षमा २ पटक मह निकाल्ने गरेको छु । जिल्लामा मौरी सम्बन्धी तालिम, गोष्ठी, अनुदानका कार्यक्रम सञ्चालन भए पनि अहिलेसम्म मैले कुनै सेवा पाएको छैन ।’

आधुनिक घारमा मौरी नहुने पुरानै मुडे घारमा मौरी बस्ने र मह राम्रो हुने गरेको कृषकहरूको भनाइ छ । आर्थिक स्रोत र अनुदान नपाउँदा बर्षेनी मौरी भालु र मलछ्याडाले खाने गरेर घाटा हुने गरेको कृषकहरूको गुनासो रहेको छ ।

Photo (3).JPG 277.71 KB

मुगु जिल्ला कृषि विकास कार्यालयको आ.व २०८०।०८१को तथ्यांक अनुसार जिल्ला भरी ५ हजार ५ सय मैरी घार रहेका छन् । गर्त वर्ष भन्दा यो वर्ष मह उत्पादन निकै राम्रो भएको देखिन्छ । सरदरमा प्रति मुडे घारमा ५ के.जीको दरले २० हजार, ५ सय केजी घरमा खाने, आफ्न्तहरूलाई नासो दिने बाँकी रहेको मह बिक्री गरेर जिल्लामा १ करोड भन्दा बढी आर्थिक रकम जिल्लामा भित्रिएको देखिन्छ । 

AS.gif 486.54 KB

प्रकाशित मितिः बुधबार, २४ पुस २०८१
https://jawaaf.com/storage/01JH1XR7TB29B4SE461GMT1Y7G.jpg

खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु : मन्त्री यादव

धनगढी । खानेपानीमन्त्री प्रदीप यादवले सुदूरपश्चिममा भएका खानेपानीका समस्या समाधान गर्ने बताएका छन् । सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठी, २०८१ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर, सुर्खेत र धनगढी, कैलालीको उद्घाटनका लागि सुदूरपश्चिमको धनगढी आएका मन्त्री यादवले यहाँका गाउँ टोलमा खानेपानी सम्बन्धीका सबै समस्या समाधान गर्ने बताए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

उनले भने, ‘खानेपानीका क्षेत्रमा के के समस्या छन, म देश भरीमा अनुगमनका लागि दौडिरहेको छु । नागरिकलाई शुद्ध खानेपानी वितरण गर्ने मेरो पहिलो लक्षर उपदेश्य हो । नागरिकको घर घरमा शुद्ध खानेपानी पुयाउँछौँ ।’

सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले आम देशवासी नागरिकलाई शुद्ध खानेपानी पुयाउनु आफ्नो प्रमुख दायित्व भएको बताए ।

उनले भने, ‘आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो । म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधै कटिबद्ध छु । खानेपानीका क्षेत्रमा भएका समस्या बुझन म सुदूरपश्चिमको कैलाली आइ पुगेको छु । समस्या समाधान गरेरै छोड्छु ।’

Daily_Dose_Adv_07_07.gif 652.54 KB

मन्त्री यादवले पर्सा जिल्लावासी आम नागरिकहरूका खानेपानीका क्षेत्रमा देखिएका समस्या पूर्ण रूपमा समाधान गरिने समेत बताए ।

उनले भने, ‘सरकारको एक घर एक धाराको अवधारणा अनुसार मन्त्रालय विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ । सुदूरपश्चिमका नागरिकका खानेपानीका समस्या समाधान गरेरै छोड्छौँ ।’

आम नेपाली नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुयाउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफूले पनि मन्त्रालय सम्हालेदेखि हाल सम्म नागरिकका खानेपानीका समस्या दीर्घकालीन रूपमा समाधान गर्नतर्फ अग्रसर रहेका उनको भनाई थियो ।

MIC (1).gif 172.09 KB

उनले भने, ‘सरकारको एक घर एक धाराको अवधारणा छ । आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुयाउन म सहित सिङ्गो मन्त्रालय खटिएका छौँ । तराइँ, पहाड र हिमाली क्षेत्रका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न मैले कुनै कसर बाँकी राखिने छैन् ।’

baba_education.gif 870.63 KB

पछिल्लो समय चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका मुहानहरू सुक्दै जान थालेकाले तराइँ लगायतका क्षेत्रमा भूमिगत पानी सुक्न थालेको एवं चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उनको भनाई थियो ।

आजको उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्रचार्य, सहसचिव रामबाबु पुरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रष्ेठ लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, २४ पुस २०८१
https://jawaaf.com/storage/01JH1WRH3BE4WXQJMZKKY7BW4V.jpg

शैलुङमा यस वर्षको पहिलो हिमपात

रामेछाप । रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ । शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो ।

दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । मंगलबारबाट शैलुङमा बाक्लो हिउँ परेको छ । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

हिउँ परेसँगै शैलुङका डाँडा मनोरम र सेताम्य भएका छन् । शैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन् ।

हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै स्थानीय किसान समेत खुसी भएका छन् । हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएकोले राम्रो उब्जनी हुने किसानहरू बताउँछन् ।

प्रकाशित मितिः बुधबार, २४ पुस २०८१
https://jawaaf.com/storage/01JH0A39942ZD8XC7N0B4CHGGJ.jpg

एमाले बैठकबाट पारित १४ विशेष प्रस्ताव के के ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गरेको छ । आइतवार देखि सुरु भएको बैठक उक्त प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । उनले भने, ‘तीन दिनसम्म चलेको लगातारको बैठकमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलले प्रस्तुत गर्नु भएको संगठन सम्बन्धी जानकारी पारित भएको छ ।’ 

बैठकमा महत्वपूर्ण १४ वटा विशेष प्रस्तावहरू पारित गर्दै बैठक समापन भएको छ । 

बैठका प्रस्तुत समसामयिक प्रस्तावहरू :

१. राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको छ। मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दल सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरू छन् । सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ। सत्तारूढ दलहरू बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सफल होस् भन्ने यो बैठक कामना गर्दछ। नेकपा (एमाले) यस सहमतिको कार्यान्वयन र सरकारको सफलताका लागि हरसंभव योगदान गर्न प्रतिबद्ध छ ।

२. सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल, भूकम्प र महामारी जस्ता चुनौतीका बिचमा नेपालले गएको साढे तीन दशकमा हासिल गरेका उपलब्धिहरू महत्वपूर्ण छन् । यद्यपि आज पनि सुस्त विकास, न्यून आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भरता जस्ता चुनौतीहरू विद्यमान छन् । राष्ट्रिय पूँजीको निर्माण गर्दै र स्वाधीन अर्थप्रणालीको विकास गर्दै समाजवाद उन्मुख राज्य निर्माणमा हामी दृढ सङ्कल्पित छौं। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अवश्य पूरा हुन्छ भन्ने आत्मविश्वास बलियो बनाउन र यस सामाजिक आर्थिक रूपान्तरण र समृद्धिको अभियानमा सहभागी हुन यो बैठक आह्वान गर्दछ ।

३ स्वदेशभित्र अवसर नदेखेर या भएको अवसर सदुपयोग गर्न नसकेर भइरहेको युवाहरूको ठूलो सङ्ख्यामा प्रवासनप्रति नेकपा (एमाले) चिन्तित र संवेदनशील छ । देशभित्रै केही गरौ भन्ने हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग र साझेदारी गर्दै युवाहरूमा उद्यमशीलताको विकास गर्न, उनीहरूलाई उत्पादन, रोजगारी र स्वरोजगारीमा जोड्न र सूचना प्रविधि लगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्दै समृद्धिका संवाहकका रूपमा युवाहरूलाई परिचालन गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ । ५० को दशकमा सशस्त्र द्वन्द्र, ६० को दशकमा शान्ति स्थापना र ७० को दशकमा संविधान निर्माण गर्दै अगाडि बढेको मुलुकमा ८० को दशकलाई समृद्धिको दशक र रोजगारी सिर्जनाको दशकको रूपमा अगाडि बढाउन सरकार सफल होस् भन्ने बैठक कामना गर्दछ ।

४. गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरु गरेका कदमहरू सकारात्मक छन्। यो बैठक भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरुद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, अनियमिततामा मुछिएका जोसुकैका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी प्रचारमा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुयाउन सरकारको ध्यानाकर्षण गर्दछ । र, आफ्नो पङ्क्तिमा सदाचार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने गराउने दृढ सङ्कल्प गर्दछ ।

५. नेपालको संविधान कार्यान्वयनको दश वर्ष हुन लागेको छ। संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै यसका सबल र दुर्बल पक्षहरूलाई निर्क्योल गर्न र संविधानका प्रगतिशील अन्तर्वस्तुहरूको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी वृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन पर्न यो बैठक सरकारसँग आग्रह गर्दछ ।

६. मिथ्यासूचना (मिसइन्फर्मेशन), दुराशययुक्त सूचना (डिसइन्फर्मेशन) र भुशुष्ठा सूचना (फेक इन्फरमेशन) आज विश्वव्यापी चुनौती बनेको छ। यसले समाजमा विभाजन, प्रदूषण र नैराश्य सिर्जना गरिरहेको छ। नेपाल पनि यो समस्यासँग जुझीरहेको छ । यो बैठक संविधानप्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्दै मिथ्याप्रचारलाई रोक्न राज्यका नियामक निकायहरूको भूमिका थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्दछ। पार्टी पक्तिलाई सूचना प्रविधिको सही सदुपयोग गर्न र सरकार तथा पार्टीले हासिल गरिरहेका सकारात्मक उपलब्धि, सफलता र अग्रगतिका सूचना मार्फत जनतामा आशा र भरोसा जगाउन एवं दुराशययुक्त सूचनालाई खण्डित र निष्प्रभावी बनाउन आह्वान गर्दछ ।

७. गतः वर्ष जाजरकोट र रुकुम (पश्चिम) मा गएको भूकम्पबाट प्रभावित भूकम्पपीडितहरूको पुनस्र्थापना र पुनर्निर्माणका काममा भइरहेको ढिलाइप्रति यस बैठकको गंभीर ध्यानाकर्षण भएको छ। यो बैठक अविलम्ब बाँकी किस्ता राहत सहयोग उपलब्ध गराई पुनस्र्थापना र क्षतिग्रस्त क्षेत्रमा पुनर्निर्माणमा तीव्रता दिन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । साथै, गएको असोज दोस्रो साता बागमती प्रदेश लगायत विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिबाट प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माणका लागि पनि बैठक सरकारसँग गंभीर आग्रह गर्दछ ।

८. सुदूर पश्चिम र कर्णाली प्रदेशमा बारम्बार गइरहेका ससाना भूकम्पका धक्काहरूले त्यस क्षेत्रमा त्रास बढाएको छ। यही पुस ६ गते बिहान बाजुराको जगन्नाथ ५ गोत्री केन्द्रबिन्दु बनाई गएको भूकम्पले सयौँ घरहरू भत्काएको छ। आज चीनको तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पले नेपालमा पनि केही भौतिक क्षति पुगेको छ । सम्भाव्य प्राकृतिक विपत्तिको पूर्वतयारीलाई प्रभावकारी बनाउन आवश्यक रहेको कुरामा जोड दिँदै यो बैठक यस विषयमा सङ्घ, प्रदेश, स्थानीय तह र नागरिकहरू बिच बलियो साझेदारी निर्माणका लागि सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।

९. आज बिहान चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से नजिकै केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले हालसम्म चीनमा ९५ जनाको ज्यान गएको र ठूलो भौतिक क्षति पुगेको छ । यस प्राकृतिक विपत्तिबाट पीडित चिनियाँ जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्दछ ।

१०. निर्णायक राष्ट्रिय शक्तिको निर्माण मुलुकको आवश्यकता हो। यस्तो शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता, र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न सम्भव छ। यस्तो शक्तिको निर्माण नेकपा (एमाले) को नेतृत्वमा मात्रै सम्भव छ। यस यथार्थलाई मनन गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको यस अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायत कारणले पार्टी बाहिर रहनु भएका सबै कमरेडहरू र स्वतन्त्र वड्गले क्रियाशील रहनुभएका मित्रहरूलाई नेकपा ( एमाले) मा फर्कन, यसमा आबद्ध हुन र सक्रिय हुन यो बैठक आह्वान गर्दछ ।

११. यो बैठक श्रमजीवी जनता र विपन्न नागरिकहरूलाई केन्द्रमा राखेर दैनिक उपभोग्य बस्तुहरूको सहज आपूर्ति गर्न, महट्टी नियन्त्रण गर्न, कालोबजारी, मिसावट नियन्त्रण गर्नका लागि बजारको प्रभावकारी अनुगमन तथा नियमन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । आफूले उत्पादन गरेको कृषि उपजहरूको उचित बजार र मूल्य किसानहरूले पाउने कुरा सुनिश्चित गर्न, बिचौलियाको बिगबिगी अन्त्य गर्न र स्वदेशी कृषि उत्पादनको संरक्षण गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ ।

१२. यो बैठक पार्टीका विभागहरूका तर्फबाट तयार गरी सम्माननीय प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएका सुझावहरूको प्रभावकारी र क्रमबद्ध कार्यान्वयनका लागि नेपाल सरकारसँग माग गर्दछ ।

१३. यो बैठक विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूमा भइरहेका बन्द, हडताल र अवरोधका घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दछ। यस्ता गतिविधिले गुणस्तरीय शिक्षाको राष्ट्रिय लक्ष्यमा गंभीर नकारात्मक प्रभाव पार्नुका साथै विद्यार्थीहरूको वाय प्रवासनलाई बढावा दिइरहेको छ। यो बैठक त्यस्ता शैक्षिक संस्थाहरूलाई हडतालमुक्त क्षेत्र घोषणा गर्न र स्वस्थ प्राज्ञिक वातावरण निर्माणका लागि प्रभावकारी भूमिका खेल्न सरकारसँग आग्रह गर्दछ। सम्बद्ध विद्यार्थी, प्राध्यापक र कर्मचारी सङ्घसंस्थाहरूलाई यस अभियानमा सकारात्मक योगदान गर्न आह्वान गर्दछ ।

१४. गतः २०८१ कार्तिक २४ गते पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवीप्रसाद पोखरेलको दुःखद निधन भएको छ । तत्कालीन सन्देश समूह मा आबद्ध हुँदै कोकेसँग एकीकरण गर्न र नेकपा (माले) र एमालेको विकासमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेड देवीप्रसाद पोखरेलको निधनप्रति गहिरो शोक व्यक्त गर्दै यो बैठक उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः मङ्गलबार, २३ पुस २०८१