आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JGTJAWVZKS9D3NZKHWDNY9Y4.jpg

बेवारिसे अवस्थामा भेटिएको स्कारपियो भन्सारमा बुझाइयो

रौतहट। रौतहट प्रहरीले बेवारिसे अवस्थामा स्कारपियो गाडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीको सडकबाट गाडी बरामद गरेको हो ।

उक्त गाडी चोरीपैठारी गरेर उक्त क्षेत्रमा चलाएको सूचनाका आधारमा पुगेको टालीले बेवारिसे अवस्थामा बरामद गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए ।

उनका अनुसार केहीसँग सोधपुछ गर्दा र हक दाबी गर्न कोही नआएकोले गौर भन्सार कार्यालयमा दाखिला गरिएको छ । भारतीय न ०१ पि ल ९३८७ को महिन्द्रा कम्पनीको सेतो रङ्गको स्कारपियो गाडी बरामद गरिएको उनले जानकारी दिए । 

बरामद गरिएको उक्त गाडीको तीस लाख मुल्यांकन गरि भन्सारमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः आइतबार, २१ पुस २०८१
https://jawaaf.com/storage/01JGTJ1DSQDWR211QWPKSWKHAN.jpg

बैतडीमा १५ वर्षीय किशोरीले जन्माइन् जुम्ल्याहा सन्तान, हुर्काउन समस्या

बैतडी । बैतडीमा १५ वर्षीय किशोरीले जुम्ल्याहा सन्तान जन्माएकी छिन् । जिल्लाको पाटन नगरपालिका–९ किचार बस्ने दिपा लावडले १५ वर्षकै उमेरमा डडेलधुरा अस्पतालमा दुई जुम्ल्याहा छोरालाई जन्मदिएकी हुन् ।

baba_education.gif 870.63 KB

१४ बर्सको उमेरमा बाल विवाह गरेकी दिपाले कलिलो उमेरमै बच्चा पाएकी हुन् । उनका श्रीमान १८ वर्षका छन् ।

पढ्ने तथा खेल्ने उमेरमै दिपा लावडले अब बच्चा हुर्काउने भएकी छन् । तर आर्थिक अवस्था कमजोर भएका कारण जुम्ल्याहा सन्तान कसरी हुर्काउने भनेर दिपा लावडमा कलिलो उमेरमै चिन्ता थपिएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ महानगरपालिका–१४ कलंकी घर भएका समाजसेवी सहदेव प्रसाद सापकोटाले लावडको परिवारलाई न्यानो लुगा, खाद्यान्नका सामाग्री र नगद १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

संगम पब्लिकेशनका प्रबन्ध निर्देशक समेत रहेका सापकोटाले सुदूरपश्चिमका दर्जनौ परिवारलाई सहयोग उपलब्ध गराइसकेका छन् ।

पाटन नगरपालिका–९ का सामुदायिक मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट, वडा नं ८ का मनोसामाजिक कार्यकर्ता भुवी बिष्ट र जिल्ला अस्पताल बैतडीको एकद्धार संकट व्यवस्थापन केन्द्रका मामला व्यवस्थापक माया भट्ट सहितको टोलीले सो रकमसहित न्यानो लुगा र खाद्यान्नको सामान शनिवार दिपाको घरमै पुगेर हस्तान्तरण गरेका हुन् । यसअघि पनि सापकोटा आफूले सहयोग उपलब्ध गराएको परिवारको अवस्था बुझ्न बैतडी पुगेका थिए ।

AS.gif 486.54 KB

प्रकाशित मितिः आइतबार, २१ पुस २०८१
https://jawaaf.com/storage/01JGTGEZT7G90RSC625GXVZQ1M.jpg

पूर्व आइजीपी सर्बेन्द्र खनालले एकाबिहानै ‘एमाले’ छाडेको गरे घोषणा

धरान । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक एवम् एमाले नेता सर्बेन्द्र खनालले आज एकाबिहानै आफू स्वतन्त्र भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै पूर्व आइजीपी खनालले आफू स्वतन्त्र भएको घोषणा गरेका हुन् ।

baba_education.gif 870.63 KB

आफ्ना आफन्त एवम् शुभचिन्तकहरू आफ्नो राजनीतिक स्थिति बारे अन्योलमा परेको उल्लेख गर्दै एमाले नेता समेत रहेका खनालले आफ्नो स्टाटसमा लेखेका छन्, “म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन । म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।” 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

खनालले आफू राष्ट्रघाती दोषीहरूलाई कानुनी कठघरामा पुयाउन र राष्ट्रलाई महान बनाउन आफू र आफ्नो सम्पूर्ण प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्दै खनालले भनेका छन्,“म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।” 

पूर्व आइजीपी खनाल एमालेमा प्रवेश गरेर तनहुँबाट प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार बनी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए । 

AS.gif 486.54 KB

प्रकाशित मितिः आइतबार, २१ पुस २०८१
https://jawaaf.com/storage/01JGT7ES80H65CQAPQ297TYZFY.jpg

एमाले केन्द्रीय समिति बैठक बिहान ११ बजे बस्दैँ

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेबाट सुरु हुँदैछ ।  बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

साथै, सरकार गठनपछि ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने छन् ।

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । 

संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेन्डा’ मा ठोस धारणा तय गर्ने छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः आइतबार, २१ पुस २०८१
https://jawaaf.com/storage/01JGT5467ATNYNN240JSQGJ9KC.jpg

चिसो बढ्दै गएपछि दैनिक जनजीवन कष्टकर

रौतहट । केही दिन देखि पश्चिमी हावासँगै बाक्लो हुस्सु तथा शीतलहर हुन थालेपछि रौतहटमा अत्यधिक चिसो बढेको छ। चिसो बढ्दै गएपछि ग्रामीण बस्तीहरूको जनजीवन प्रभावित बन्दै गएको छ भने बजारमा चहलपहल समेत घटेको छ । 

Pathivara.gif 82.25 KB

अधिकांश क्षेत्रलाई बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले ढाक्ने गरेको छ । दिउँसो हुस्सु केही कम भए पनि घाम भने नलाग्ने गरेको शिवनगरका सुबास मिश्रले बताए । बिहानैदेखि बाक्लो हुस्सु, शीतलहरसँगै चिसो हावा चल्दा जनजीवन कष्टपूर्ण छ भने यस समयमा व्यापार घटेका कारण पसले चिन्तित रहेको उनको भनाइ छ । 

चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको उनले बताए । चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र रोगी हुने गरेको किसानहरू बताउछन । बाक्लो कुहिरोले तेलहन, दलहन, आलु लगायतका खेतीमा असर पुगेको छ ।

Photo (2).jpeg 76.82 KB

चिसो बढ्दा किसान र मजदुरलाई दैनिक कामकाज गर्न समस्या परेको छ । पुसको दोस्रो सातामा आएर बढेको चिसोले न्यानो कपडा नभएका परिवारको दैनिकी असाध्य कष्टकर बनेको हो । बढ्दो चिसोले स–साना बालबालिका, वृद्ध-वृद्धा र अशक्त व्यक्ति प्रभावित भएको छ भने स्थानीय अस्पतालमा समेत विरामीको चाप बढ्न थालेको छ ।

baba_education.gif 870.63 KB
 

जाडोबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले स्वास्थ्यमा ख्याल गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । अहिले अस्पतालमा दम, निमोनिया, ज्वरो, झाडा-पखाला लगायतका विरामीहरू आउने गरेको प्रादेशिक अस्पताल गौरले जनाएको छ । अत्यधिक चिसो बढेपछि यहाँका मुख्य चौकमा आगो ताप्ने व्यवस्था गर्ने सर्वसाधारणले पालिका सँग आग्रह गरेका छन ।

Photo (4).jpeg 123.46 KB

प्रकाशित मितिः आइतबार, २१ पुस २०८१
https://jawaaf.com/storage/01JGT3K37M33DEBCGQMZF69T7A.jpg

चलचित्र ‘एक्टरः टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक

काठमाडौँ । माघ १६ गते रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टरः टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ ।

गीतको भिडियोमा सुपरस्टार प्रदिप खड्कालाई दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ ।

यस गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइएको छ तर, चलचित्रको टिजरमा भने अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइरालाका दृश्यहरूले यस चलचित्रको कथा अर्कै रहेको सङ्केत गरेको थियो ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

गीतको भिडियोले यस चलचित्रमा प्रदिप दोहोरो भूमिकामा त छैनन् ? भन्ने प्रश्न पनि  उब्जाएको छ । अभिनेत्री आनासंगको दृश्यमा बोल्न सक्ने र दिव्यासँगको दृश्यमा बोल्न नसक्ने भूमिकाका दृश्य गीतमा देखिएका छन् ।

गीतमा हर्कुलस बस्नेत र इन्दिरा जोशीले आवाज दिएका छन् । उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको सङ्गीतले गीतलाई झन् सशक्त बनाएको छ । गीतमा किरण थापाले कोरियोग्राफी गरेका छन् । कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहेको छ ।

चलचित्रको निर्देशन राजन भुसालले गरेका हुन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ । चलचित्रमा प्रदिप, आना, र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

Planning_Consultancy.gif 1.45 MB

‘एक्टरः टेक वन’ अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

चलचित्रका प्राविधिक पक्ष झन् प्रभावशाली देखिन्छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । चलचित्रमा हर्कुलससहित रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन् ।

सार्वजनिक गीत ‘के भरोसा गरम’ले दर्शकलाई चलचित्रप्रति अझ नजिक ल्याउने विश्वास गरिएको छ ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

प्रकाशित मितिः आइतबार, २१ पुस २०८१
https://jawaaf.com/storage/01JGRXWN7R86KM5YYADJR8JJ6X.jpg

धरान उत्सव सुरु

धरान I  विगत वर्षहरुमा झै यस वर्ष पनि धरान दिवसको अवसरमा पाँच दिने ’धरान उत्सव’ सुरु भएको छ ।

शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध शहर भन्ने नारासहित शनिबार धरानका विभिन्न जातीय संस्था, विभिन्न सङ्घ संस्थाहरु, सबै विद्यालयहरुले सांस्कृतिक झाँकी र्‍यालीसहित धरान–१६ स्थित रङ्गशालको दक्षिण खाली मैदानमा प्रमुख अतिथि ज्येष्ठ नागरिक ७७ वर्षिय श्रमदाता काजिमान गुरुङले पानसमा बत्ती बालेर धरान उत्सवको उद्घाटन गर्नुभएको थियो ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

धरान संस्कार, संस्कृति, कलाको क्षेत्रमा धेरै अगाडि रहेको नगरप्रमुख राईले बताउनुभयो । पछिल्लो समय धरानले गरेको श्रमसंस्कृतिको विकास सबैले सिक्न जरुरी रहेको उहाँले बताउनुभयो।

धरान बहुजाती, बहुभाषि,बहुसंस्कृति रुपमा रहेकोले हरेक कार्यक्रममा विभिन्न जातजातिका झाँकी र्याली सहितको संस्कार, संस्कृतिले धरान एक साझा मालाको रुपमा रहेको उपप्रमुख आईन्द्र बिक्रम बेघाले बताउनुभयो ।  संस्कार संस्कृतिलाई दर्शाउने झाँकी र्यालीले विविधता भित्रको एकता धरानमा रहेको उहाँले बताउनुभयो।
धरानमा सबै जाति सबै धर्मलाई सम्मान गर्दै आएको उपप्रमुख बेघाले बताउनुभयो । धरान १२४ वर्ष अगाडि १९५७ सालमा चन्द्र शमशेरले बस्ती बसाएको उपप्रमुख आइन्द्र बेघाले बताउनुभयो ।
धरान उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान स्थापना दिवसको रूपमा धरान उत्सवको आयोजना गर्दै आएको छ ।  यो वर्ष धरान स्थापना भएको १२४ औँ वर्ष पुगेको छ । 

AS.gif 486.54 KB

उत्सवको उद्घाटन समारोहमा धरानको सबै वडाबाट विभिन्न सङ्घ संस्था, सबै विद्यालयले पनि उक्त समारोहमा भाग लिएको थियो । सबै सहभागीले धरान उत्सवको ब्यानर बोकेर नगर परिक्रमा गरेका थिए ।

धरान उत्सवमा रोटे पिङ तथा बालबालिकाको लागि मनोरञ्जनको गाडी, नाउहरु राखिएको छ भने हरेक साँझ स्थानिय तथा राष्ट्रीय स्तरका कलाकारहरुको साथमा साँगितिक कार्यक्रम हुने छ । 
उत्सव अवधिभर विगतमा जस्तै प्रवेश निःशुल्क हुने र स्थानीय, घरेलु उत्पादनहरुको प्रर्दशनी तथा बिक्रीलाई प्राथमकिता दिइएको छ  ।
उत्सव उद्घाटन समारोहमा धरानलाई उत्कृष्ट कर बुझाएकोमा पाँच जनालाई  र  सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न सङ्घसंस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।  उत्सव उद्घाटन समारोहलाई प्रदेश १ का प्रतिनिधि सभा सदस्य रमेशकुमार बस्नेत, विजयकुमार राई, पुर्व प्रमुख तिलक राई, वडाध्यक्षहरुले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम्मा भगिनी सम्बन्ध रहेको नगरपालिकाहरुका प्रमुख तथा प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधिहरु, संघसंस्थाहरु लगायतको उपस्थिति रहेको थियो ।

Chicken_Meat_Shop.gif 1.4 MB

प्रकाशित मितिः शनिबार, २० पुस २०८१
https://jawaaf.com/storage/01JGRDR29TXBHMXB0RVKZYMKAW.jpg

रौतहटमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

रौतहट । अवैध रूपमा उत्पादन हुँदै आएको घरेलु मदिरा तथा भट्टीहरू रौतहट प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका–५ मा रहेको तीनवटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार शनिवार बिहान ७ बजे गएको प्रहरी टोलिले भट्टी नष्ट गर्नुका साथै उत्पादनमा प्रयोग भएका सामन बरामद गरेको छ ।

भट्टीबाट तयारी मदिरा ७ सय लिटर, कच्चा पदार्थ २ हजार ८ सय लिटर, मदिरा बनाउन प्रयोग हुने हण्डा चार थान डिक्चि ८ थान , स्टिलको बाल्टिन ३ थान, ग्यास सिलिन्डर ४ थान र चुल्हो सहितका सामान बरामद गरिएको उनले जानकारी दिए ।

AS.gif 486.54 KB

बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ स्थानीयहरूको रोहबरमा नष्ट गरिएको उनको भनाइ छ । यस कार्यमा संग्लनहरू भागेकाले खोजी भइरहेकोे उनले बताए ।

त्यस क्षेत्रमा अवैध रूपमा घरेलु मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा भट्टीहरू नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्राय घरेलु मदिराका कारण गाउँ घरमा झैझगडाका घटना हुने गरेकाले मदिरा र भट्टीहरू नष्ट गर्ने अभियानमा प्रहरी सक्रिय भएको उल्लेख गरेको छ ।

घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको प्रहरीको भनाइ छ । गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण नगर्न रौतहट प्रहरीले अनुरोध गर्दै आएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शनिबार, २० पुस २०८१
https://jawaaf.com/storage/01JGR2C4YTB8SJ5MFCCEFW9VYJ.jpg

घाँटीको क्यान्सरबाट पीडित बालकलाई सहयोग याचना

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१३, लुम गाँउका १२ वर्षीय एक बालकको घाँटीमा क्यान्सर भएपछि उपचारमा समस्या भएको छ । उपचार गर्न आर्थिक अभाव भएपछि उनी भरतपुर अस्पतालको शय्यामा छटपटाइ रहेका छन् ।

बुबा राज बहादुर खड्का र आमा उजेली खड्काका एक मात्र छोरा बिग्नेश खड्काको अहिले घाँटीमा क्यान्सर भएको पत्ता लागेको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनको बेड नम्बर २९९मा भर्ना भएका उनलाई उपचार खर्चको अभाव भएको अभिभावकहरूले बताएका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएको र केही आफ्नो सम्पत्ति विक्री गरेको रकम पनि सकिएकाले सहयोगको याचना गरिएको हो । 

‘सबै पैसा सकियो । अहिले बिहान बेलुका खानसम्म समस्या भएको छ । थप उपचार गर्न धेरै रुपैयाँ खर्च हुने रहेछ । दुई हप्ता देखि औषधि गर्ने रुपैयाँ नहुदा अहिले बच्चा बेडमा छटपटाई रहेको छ । सबैबाट सहयोगको खाँचो छ,’ बुबा राजबहादुरले भने । 

मनकारी सहयोगी मनहरूलाई आर्थिक सहयोग गरी दिन समाजसेवी मनकृष्ण बढुवाल र बिरश बढुवालले समेत आग्रह गरेका छन् ।

सहयोगका लागि : ९८६८२२२३१३१, नाम : उजेली खड्का (आमा), खाता नं : १३१०१०००६३७०७०१०, राष्ट्रिय वाणिज्य बैँक

सम्पर्क नंः– ९७६६२१११८२

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शनिबार, २० पुस २०८१
https://jawaaf.com/storage/01JGR1HDKQYD93GQ8H6CVZAW1S.jpg

बेवारिसे बन्यो सिन्धुलीगढी दरबार

रामेछाप । नेपाली वीरगाथा बोकेको सिन्धुलीको सिन्धुलीगढीस्थित गढी (रानी) दरबार संरक्षण नहुँदा बेवारिसे बनेको छ ।  सिन्धुलीको कमलामाई नगरपालिकाले भत्किएको गढी दरबारको पुनर्निर्माण गरेको भएपनि संरक्षण नगर्दा पुनः जीर्ण बन्ने क्रम सुरु भएको छ ।

पुरानो दरबार भत्किएपछि सिन्धुलीको कमलामाई नगरपालिका–३ मा रहेको सिन्धुलीगढी दरबार चार करोड ३८ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको भए पनि संरक्षण नहुँदा अहिले दरबार भूतबङ्गला जस्तै बनेको छ । 

Pathivara.gif 82.25 KB

दरबारको बाहिर आँगनमा झार पलाएर नेपाली वीरताको गाथालाई नै गिज्याइरहेको छ भने दरबारको संरक्षणको कुनै व्यवस्था नहुँदा दरबार भित्र फोहोरको डङ्गुर थुप्रिएको छ ।

रङ्गरोगन गरिएको दरबारको भित्ता कोरेर कुरूप बनाइएको छ । कतिपय ढोकाहरू फोरिएका छन् भने माथिल्लो तल्लामा जाने भर्‍याङ समेत भत्काइएको छ । 

इतिहासमा उल्लेख भए अनुसार विसं १८२४ मा नेपाल एकीकरणको समयमा कप्तान किनलकको नेतृत्वमा आएको अंग्रेज फौजलाई तत्कालीन गोर्खाली सेनाले सिन्धुलीगढीको युद्धमा पराजित गरेको कारण यो गढीको गौरवशाली इतिहास छ । 

baba_education.gif 870.63 KB

सदरमुकाम सिन्धुली माढीबाट २० किलोमिटर उत्तरमा रहेको सिन्धुलीगढी महाभारत क्षेत्रमा पर्छ । बीपी राजमार्गको सोलाभन्ज्याङस्थित गढी प्रवेशद्वारबाट उत्तरतर्फ सिन्धुलीको ठुलो गढी र रानी दरबार रहेका छन् ।

ठुलो गढीको संरक्षण गरी टिकट लिएर प्रवेश गर्ने व्यवस्था मिलाइएको भए पनि रानी दरबारको भने कुनै संरक्षण गरिएको छैन । जसले गर्दा दरबार बेवारिसे बनेको छ । 

नेपालीको वीरतासँग जोडिएको ऐतिहासिक क्षेत्रको रूप रहेको सिन्धुलीगढी दरबारलाई जोगाइराख्ने हो भने विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सकिने भए पनि त्यस तर्फ सरोकारवालाको ध्यान जान सकेको छैन । 

MIC (1).gif 172.09 KB

पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रूपमा परिचित गढी दरबार तत्कालीन श्री ३ महाराज जङ्गबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीर विक्रम राणाले निर्माण गराएको इतिहास छ ।

सिन्धुलीगढी किल्ला नेपाली वीर गोरखालीको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङको टोलीले विसं १८२४ कात्तिक २४ गतेका दिन अङ्ग्रेज फौजलाई परास्त गर्दै इतिहास रच्नु भएको थियो । 

२०२० सालसम्म सिन्धुलीको सदरमुकाम रहेको सिन्धुलीगढीको प्रमुख प्रशासनिक भवन नै गढी दरबार थियो । २०२० सालमा सदरमुकाम सिन्धुलीगढीमा झरेपछि दरबार भग्नावशेष हुने क्रम सुरु भयो ।

संरक्षण नहुँदा दरबार भत्कँदै गयो । माओवादीको सशस्त्र द्वन्द्वको समयमा स्थानीयले दरबारका जस्ता पाताहरू लगेपछि दरबारमा आगो समेत लगायो र भवन पूर्ण रूपमा ध्वस्त भयो । पछि कमलामाई नगरपालिकाको अगुवाइमा दरबारको पुनर्निर्माण गरिएको थियो । 

Furniture House.gif 947.74 KB

सिन्धुली गढीमा नेपालकै पहिलो युद्ध सङ्ग्रहालय निर्माण भई केही वर्षदेखि सञ्चालनमा आएको भए पनि दरबारको भने संरक्षण हुन सकेको छैन । गढी क्षेत्रमा पृथ्वीनारायण शाहको सालिक स्थापना, वनभोज क्षेत्र, घेराबार लगायत काम सकिएका छन् भने नेपाल–अङ्ग्रेज युद्धका क्रममा सेनाको मृत्यु भएको स्थानमा समाधिस्थलको निर्माण गरिएको छ । त्यति गर्दापनि यो दरबारलाई भने अलग्याइको छ । 

सिन्धुलीगढी नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्ताबेज हो । त्यस क्षेत्रमा शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्म लाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । वि स १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका ५६ झ्याल टिनको छाना र सिमेन्ट अनि इट्टाको प्रयोग गरी दुई तले दरबार बनाइएको थियो । भत्किएको सोही दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको थियो । तर संरक्षण नभएपछि दरबारले अहिले सबैलाई गिज्याइरहेको छ ।

AS.gif 486.54 KB

प्रकाशित मितिः शनिबार, २० पुस २०८१