आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JGR0GZD9FW12Z0EHKC7PQE0S.jpg

गायक सविन श्रेष्ठको नयाँ गीत ‘बिहानीको किरण’ सार्वजनिक

काठमाडौँ । गायक सविन श्रेष्ठले ‘बिहानीको किरण’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमा उनकै शब्द र सँगीत छ ।

गीतले प्रेम र एकअर्काबिचको साथको कुरा गर्छ । धोकाधडीमा रुमलिएको युवा-युवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ । गीतमा निश्चल र स्वच्छ प्रेमको बयान छ । ‘बिहानीको किरण...’ सविनप्रतिको आशा र उनको सँगीत यात्राको उत्सव पनि हो । प्रेम र साथको सुन्दर भावनालाई समेटेर तयार पारिएको गीतले श्रोतालाई सविनको कथा पनि भन्छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

“सँगीतले मलाई नयाँ जीवन दिएको छ । यो गीत मेरो जीवनको त्यही यात्रा हो, जसले मलाई जिन्दगीलाई फेरि प्रेमिल बनाएको छ,” सविन भन्छन्, “केही आफ्नै भोगाइ र केही कल्पनाको समीक्षण गीतमा समेटेको छु ।”

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सविनले गीतको भिडियो पनि तयार पारेका छन् । जीवन भट्टराई र लक्ष्मी बर्देवाले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि जीवन र लक्ष्मीले नै गरेका छन् । बुद्ध थापाले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् । गीत निर्माणमा दिमेश श्रेष्ठलगायतको लगानी छ ।

यसअघि, सविनले ‘माया...’ बोलको गीत सार्वजनिक गरेका थिए । जुन गीत श्रोता र दर्शकले मन पराएका थिए ।

Chicken_Meat_Shop.gif 1.4 MB

प्रकाशित मितिः शनिबार, २० पुस २०८१
https://jawaaf.com/storage/01JGQNGP53J4N5MSDK6Y0R6B8Q.jpg

समर्थकको अवरोधका कारण कोरियाका अपदस्थ राष्ट्रपति पक्राउ असफल

एजेन्सी । विभिन्न अवरोधका कारण दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्ने प्रयास तत्कालका लागि स्थगित भएको छ ।

जसका कारण सोलमा रहेको राष्ट्रपतिको निवासमा अनुसन्धानकर्ताहरूले ठूलो प्रतिरोधको सामना गरेपछि नियन्त्रणमा लिने प्रयास असफल भएको हो । 

उनलाई पक्राउ गर्न भनेर पुगेका अनुसन्धाताहरूलाई ६ घन्टासम्म पनि येओलका सुरक्षा टोलीले भित्र छिर्न नदिएपछि पक्राउको प्रयास असफल भएको हो ।

अभियोजक र अन्वेषकहरूको समूह अल्पकालीन मार्सल कानून घोषणामा महाभियोग लगाइएको राष्ट्रपतिलाई गिरफ्तार गर्न गएको थियो । तर राष्ट्रपति सुरक्षा सेवा एजेन्टहरूसँगको टकरावपछि, उनीहरूले गिरफ्तारी प्रयास रोकेका थिए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

उच्च पदाधिकारीहरूका लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)का अनुसार निरन्तरको टकरावले युन विरुद्ध पक्राउ पुर्जी कार्यान्वयन गर्न असम्भव भएको छ ।

डिसेम्बर ३ मा ६ घन्टा मार्सल लगाउने येओलको प्रयासमाथि सीआईओले छानबिन गरिरहेको छ । येओलले कानुनी प्रक्रिया नमान्नु अति नै खेदजनक भएको जनाएको । येओलका समर्थकहरू उनको आवासबाहिर धर्ना दिएर बसिरहेका छन् ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

‘आज बिहान युनका समर्थकहरू केही सयको सङ्ख्यामा मात्र थिए । तर जब प्रहरी निवासको नजिक गयो त्यसपछि भीड बढेको थियो । वारेन्ट म्याद सकिन लागेको छ । सोमवार म्याद सकिनेछ । १२० जना प्रहरी र भ्रष्टाचार अनुसन्धान कार्यालयका चारजना वरिष्ठ अधिकारीसहित गएकाहरू राष्ट्रपति सुरक्षा गार्डद्वारा रोकिएको छ,’ चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)संवाददाता ज्याक बार्टनले शुक्रवार घटनास्थलबाट भने । 

युनका समर्थकहरूले बिहीबारदेखि नै राष्ट्रपति निवास वरिपरि चर्को जुलुस गरिरहेका छन् र प्रहरीले भीडलाई तितरबितर पार्ने प्रयास पारिरहेको छ । शुक्रवार गिरफ्तारीको प्रयास त्यागेपछि, सीआईओले समीक्षापछि भविष्यका उपायहरूको बारेमा निर्णय गर्ने बताएको छ । (सीसीटीभीप्लस)

प्रकाशित मितिः शनिबार, २० पुस २०८१
https://jawaaf.com/storage/01JGQKNSGRFGN9MK0SE70AM9CX.jpg

पोखराबाट लागूऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ

पोखरा । पोखरा बाट अवैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित तीन जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाबाट एक जना र पोखरा १ सिद्धनाथ टोलबाट दुई जना अवैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका हुन् ।

गएको बिहीबार राती नौ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.२५ हेम्जाबाट जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले स्थानीय वर्ष २८ का लगिन थापालाई अवैध लागु औषध खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

अभियुक्त थापाको घरकोठाबाट ०.५०० ग्राम खैरो हिरोइन, लागु औषध गाँजा ६०० ग्राम,NITRAVET– १० नाम उल्लेख भएको लागु औषध १९९ चक्की र मोबाइल एक थान समेत बरामद भएको प्रहरीले बताएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले नै पोखरा महानगरपालिका वडा नं.१ सिद्धनाथ टोलबाट अवैध लागु औषध खैरो हिरोइनका साथमा विभिन्न खाले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको बताइएको छ । 

AS.gif 486.54 KB

उक्त स्थानबाट पोखरा १ सिद्धनाथ टोलका ३७ वर्षीय निसदबाबु श्रेष्ठ र पर्वतको कुश्मा नगरपालिका वडा नं. १० स्थायी वतन भई हाल पोखरा ८ नयाँबजार बस्ने वर्ष ३२ को दीपक वि.कलाई अवैध लागु औषध खैरो हिरोइनका साथमा विभिन्न खाले लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ । 

पक्राउ परेका जना लागु औषधका कारोबारी रहेको र उनीहरूविरुद्ध कास्की जिल्ला अदालतमा लागु औषध सम्बन्धी मुद्दामा म्याद थप भै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शनिबार, २० पुस २०८१
https://jawaaf.com/storage/01JGNMVREP1203CT0QQMJ4RJ3H.jpg

कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किए

काठमाडौँ । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजन बिना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरि शुक्रवार स्वदेश फर्किएका छन् । स्वदेश फर्किएका उनलाई नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन् । शेर्पाले अक्सिजनको सहायता विना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको रेकर्ड बनाएका छन् । शेर्पाले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका हुन् ।

Pathivara.gif 82.25 KB

स्वदेश फर्किएका जी शेर्पाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सानैदेखीको नेपाललाई विश्वसामू चिनाउने आफ्नो सपना पूरा भएको बताए । उनले सातवटै महादेशको हिमालहरू सफलतापूर्वक आरोहण गर्न सक्दा खुसी भएको बताए ।

baba_education.gif 870.63 KB

उनले भने, ‘मेरो एउटा सपना थियो नेपाललाई विश्वसामू चिनाउने आज यो लगभग पूरा भएको छ । हामी नेपालीहरु पनि विश्वसामु चिनिनुपर्छ । विश्वको जुनसुकै देशमा भए पनि हामी नेपाली पनि हरेक क्षेत्रमा अब्बल छौं भन्ने प्रमाणित गर्न सक्नुपर्छ ।’

यसैगरी उनले बिना अक्सिजन आरोहण गर्न धेरै अप्ठ्यारो नभएको बताए । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

प्रकाशित मितिः शुक्रबार, १९ पुस २०८१
https://jawaaf.com/storage/01JGNBKY92Q45T1MFBT7BH91GP.jpg

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । 

बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मितिः शुक्रबार, १९ पुस २०८१
https://jawaaf.com/storage/01JGN9MBVX7FBYBQEMNAK6BM30.jpg

छैठौँ बकैया फुटबल प्रतियोगिताको तयारी तीव्र भोलि शुक्रवार खेल तालिका सार्वजनिक गरिने

मकवानपुर । छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी तीव्र भएको छ । आगामी पुस २४ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी तीव्र र अन्तिम चरणमा पुगेको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले बताएका छन् । 

बकैया–३ स्थित बकैया रङ्गशालामा हुने प्रतियोगिताको खेल तालिका भोलि शुक्रवार दिउँसो २ बजे सार्वजनिक गरिने संयोजक लामाले बताए । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको छ । सिनियर टिममा वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० गरी ८ टिम सहभागी हुनेछन् भने जुनियरतर्फ वडा नम्बर १, २, ११, र १२ गरी ४ टिम रहनेछन् । 

यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममाच बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए । 

माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा खेलाइने जनाएको छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शुक्रबार, १९ पुस २०८१
https://jawaaf.com/storage/01JGN33DW48WGF0SSNKN6X27FE.jpg

सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजदेखि प्रतिवादीहरूको तर्फबाट थुनछेक बहस

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत शुक्रवारदेखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ ।

आज सुरुमा जाहेरवालाहरूको तर्फबाट बाँकी केही बहस भए उनीहरूले इजलासमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सातजना प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन् ।

यसअघि मंगलबार र बुधवार दुई दिन सरकारी वकिलको कार्यालयका तर्फबाट बहस भएको थियो भने बिहीबार जाहेरवालाका तर्फबाट बहस भएको थियो । एक सय २१ जना जाहेरवालाको तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

इजलास अधिकृत गुरुप्रसाद आचार्यका अनुसार जाहेरवाला तर्फबाट बहस गर्नका लागि दुई दर्जन कानुन व्यवसायीले वकालतनामा भरेकोमा उनीहरूमध्ये बिहीबार ६ जनाले बहस गर्दा कार्यालय समय सकिएको थियो । उनीहरू ६ जनाले बहस गरेपछि जाहेरीवालाहरूले आफ्नो बहस सकिएको बताएका थिए । तर, जाहेरवालाको तर्फबाट वकालतनामा गरेका एक–दुईजना वकिलले हामीले पनि बहस गर्न पाउनुपर्छ भनेकोमा शुक्रवार इजलासमा न्यायाधीश नीतिज राईले जाहेरीवालाका कानुन व्यवसायीहरूलाई केही राख्न भए समय दिन सक्ने र त्यसपछि प्रतिवादीहरूको तर्फबाट क्रमशः उनीहरूका कानुनी व्यवसायीले बहस सुरु गर्ने आचार्यले जानकारी दिए ।

जाहेरवालाहरूको तर्फबाट बिहिवार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीसँगै अधिवक्ताहरू युवराज पराजुली, रामचन्द्र गौतम, बिबि विष्ट र हरि कँडेलले बहस गरेका थिए । बहसका क्रममा उनीहरूले मिसिलमा संलग्न कागजातका आधारमा सातैजना कसुरदार देखिएकाले कानुनबमोजिम पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए।

baba_education.gif 870.63 KB

जाहेरवाला र प्रतिवादी बहस सकिएपछि सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस गर्नेछन् । त्यसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने वा धरौटी तारेखमा छाड्ने भन्ने फैसला–आदेश न्यायाधीशले सुनाउनेछन्।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ४४ जनाका विरुद्ध ७ पुसमा अदालतमा अभियोगपत्र दर्ता गरेपछि ८ पुसबाट सुरु भएको बयान मंगलबार सकिएसँगै मंगलबारबाटै थुनछेक बहस जारी छ ।

अभियोगपत्र दर्ता भएका ४४ जनामध्ये हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछाने, गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं सेयरधनी पूर्वडिआइजी छविलाल जोशी, जिबी राईको साझेदार एवं सहयोगी लीला पछाई, नेचर हब्र्र्स इन्टरनेसनल प्रालिका सञ्चालक एवं सेयरधनी रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ, सहकारीकी कोषाध्यक्ष आरती गुरुङ र सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

सातजनामध्ये लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण, पछाईलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन ०५८ को अभियोग लगाइएको छ भने अन्य तीनजनालाई सहकारीको रकम ठगीको अभियोग लगाइएको छ।

Furniture House.gif 947.74 KB

प्रकाशित मितिः शुक्रबार, १९ पुस २०८१
https://jawaaf.com/storage/01JGMZJBYJVGH2M8G8T8GF7007.jpg

‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको २४ घण्टाभित्रै ट्रेन्डिङको दुई नम्बरमा

काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर दर्शकले रुचाएका छन् । ट्रेलरले दर्शकबाट लोभलाग्दो माया पाइरहेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । ट्रेलर मुभी सेक्सनको दुई नम्बरमा छ ।

एक नम्बरमा सलमान खानको सिकन्दरको टिजर छ । ‘कार्साङ’को ट्रेलरमा दर्शकको आकर्षण देखिएको छ । वर्षकै राम्रो ट्रेलर भन्दै सिनेमाले पनि त्यस्तै सफलता पाउने प्रतिक्रिया युट्युबमा आइरहेको छ ।

Pathivara.gif 82.25 KB

दया र जितुको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने बताइरहेका छन् ।

ट्रेलरले पाएको यो माया चलचित्रले पनि पाउने अपेक्षा चलचित्र निर्माणपक्षको छ । ‘यही तहको माया हामीले सिनेमा हलमा दर्शकबाट पनि अपेक्षा गरेका छौँ, निर्देशक यम शेर्पाले भने, ‘दर्शकले देखाउनु भएको यो माया र अपेक्षा पूरा हुनेगरी हामीले चलचित्र बनाएका छौँ ।’

MIC (1).gif 172.09 KB

चलचित्र ‘कार्साङ’को ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन, समाजले गर्ने बहिष्कार, रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाएको छ ।

अन्धविश्वास, परिवारको माया, अरूको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा ट्रेलरमा देख्न सकिन्छ ।

baba_education.gif 870.63 KB

पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् । चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यद्यपि, सबैले सिनेमा रिलेट गर्ने निर्देशकको भनाइ छ ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शुक्रबार, १९ पुस २०८१
https://jawaaf.com/storage/01JGMXTMMSMPZ9NY8XDM3HM105.jpg

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ भने युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ ।

सोही अनुसार आज, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ५१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ०६ पैसा र बिक्रीदर ८५ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रूपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रूपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ३० पैसा र बिक्रीदर एक सय रूपैयाँ ७४ पैसा कायम भएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रूपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ७१ रूपैयाँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रूपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ५१ रूपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७० पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९ रूपैयाँ ०३ पैसा तोकिएको छ ।

यसको साथै, जापानी येन १० को खरिददर आठ रूपैयाँ ७१ पैसा र बिक्रीदर आठ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७६ पैसा र बिक्रीदर १८ रूपैयाँ ८४ पैसा, थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६८ पैसा रहेको छ । 

त्यसैगरी, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रूपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ४५ रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रूपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६४ रूपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रूपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ १६ पैसा तोकिएको छ ।

Furniture House.gif 947.74 KB

प्रकाशित मितिः शुक्रबार, १९ पुस २०८१
https://jawaaf.com/storage/01JGKHVF3G5NPH17323BQA3RGP.jpg

रौतहटको एक घरमा सुरुङ बनाएर चोरी

रौतहट । चोरको समूहले सुरुङ बनाएर रौतहटको एक घरमा चोरी गरेका छन् । फतुवा विजयपुर नगरपालिका वडा नम्बर–६ पेटभर्वाका अच्छेलाल साहको घरमा चोरी भएको हो ।

बुधबारको राति करिब १२ बजेको समयमा सुरुङ बनाइ घरमा प्रवेश गरेर चोरी गरेको स्थानीय राजकिशोर साहले बताए । उनका अनुसार पाँचवटा मोबाइल गरगहना र नगद दुई लाख गरी करिब पाँच लाख बराबरको चोरी भएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

गाउँको युवाहरूले चोरी भएको मोबाइलको आधारमा खोजी गर्दै जाँदा फतुवा गाउँको मठको नजिक चारवटा चोर फेला परेको उनले जानकारी दिए ।

चोरी भएको मोबाइलहरू र गरगहना र रकम त्यहीबाट बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुर बुझाएका छन ।

केही दिन अघि पेटभर्वा गाउँकै चारवटा घरमा चोरी भएको थियो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेकाको बारेमा अनुसन्धान भइरहेको छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः बिहिबार, १८ पुस २०८१