आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JEFMM55NW20F095X9096NQG8.jpg

शारीरिक सुगठन प्रतियोगितामा रजत पदक विजेताहरूलाई काठमाडौँ महानगरपालिकाको नगद सहित सम्मान

काठमाडौँ । हिजो शुक्रवार काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले, १५ औँ वल्र्ड बडिबिल्डिङ् एण्ड फिजिक च्याच्पियनसिप २०२४ का रजत पदक विजेता खेलाडीहरूलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । गएको कार्तिक २० गतेदेखि २५ गतेसम्म वल्र्ड बडिबिल्डिङ् एण्ड फिजिक स्पोर्टस् फेडेरेसनले माल्दिभ्समा आयोजना गरेको खेलका पदक विजेतालाई सामाजिक विकास विभागले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो । 

Photos (7).jpg 516.33 KB

प्रतियोगितामा ६० किलो तौल समूहतर्फ रुजेश शाही, मास्टर्स ४० देखि ४० वर्ष उमेर समूहतर्फ प्रज्वलमान शाक्य, महिला ५५ किलो तौल समूहतर्फ रजनी श्रेष्ठ, पिस स्वीमस्वीट १६५ सेन्टिमिटर महिलातर्फ सनम मुलगुठीले रजत पदक प्राप्त गरेकी थिइन् । 

Photos (6).jpg 467.17 KB

सम्मान अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका पदाधिकारी, कार्यपालिका सदस्यहरूको उपस्थित थियो । 

Photos (5).jpg 509.47 KB

महानगरपालिकाले खेल क्षेत्रको प्रवर्धन र खेलाडीहरूको आत्मबल बढाउन राष्ट्रिय अन्तरराष्ट्रिय प्रतियोगिताका विजेताहरूलाई नगदसहित सम्मान गर्ने गरेको छ । यस्तै खेलप्रेमीहरूलाई प्रतियोगिता हेर्ने वातावरणका लागि सार्वजनिक स्थलहरूमा एलइडी स्क्रिन राखेर प्रत्यक्ष प्रसारण गर्ने गरेको छ । 

प्रकाशित मितिः शनिबार, २२ मंसिर २०८१
https://jawaaf.com/storage/01JEFKV5HT18MM4XVX5SJKW42C.jpg

काँग्रेस बिपीको विचारमा हिँडेको छ : गृहमन्त्री लेखक

Daily_Dose_Adv_07_07.gif 652.54 KB

धरान । गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस बिपीको विचारमा आधारित रहेको बताएका छन् । शुक्रवार धरानमा लेखक तथा साहित्यकार गिरीराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्य विचारहरू’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले काँग्रेस बिपीको विचारमा हिँडेको बताएका हुन् । 

गृहमन्त्री लेखकले काँग्रेस बलियो भए लोकतन्त्रलाई बलियो हुने दाबी गरे । ‘काँग्रेस आज सबैभन्दा ठूलो राजनीति दल हो । विगतको निर्वाचन होस् वा अहिलेको उपनिर्वाचनको सन्दर्भमा होस् । जनताको माया र स्नेहले काँग्रेस पहिलो दलका रूपमा स्थापित भएको छ । जनताको माया र स्नेह काँग्रेसले हमेसा बचाइराख्नुपर्छ’ उनले भने । 

Pathivara.gif 82.25 KB

यस्तै काँग्रेस र एमाले मिलेर राजनीति समीकरण बनेको भन्दै यसको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेको बताए । ‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण केही मान्छेलाई मन्त्री बनाउन बनेको होइन,’ उनले भने, ‘यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगोशान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो ।’

Bantawa_Hardware.gif 563.38 KB

‘आज मदन भण्डारी राजमार्गको काम अगाडि बढेको छ । किमाथांकाको काम अगाडि बढेको छैन । यसलाई सरकारले उच्च प्राथमिकता राखेको छ । धरानको विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने । 

Planning_Consultancy.gif 1.45 MB

कार्यक्रम पत्रकारलाई सम्मान गरिएकोमा धन्यवाद दिँदै गृहमन्त्री लेखकले पत्रकारलाई सम्मान र पुरस्कार गर्न जरुरी रहेको बताए । ‘प्रेस लोकतन्त्रको पहरेदार हो । हामीले संविधानमा पूर्ण स्वतन्त्रताको व्यवस्था गरेका छौँ । हामी सबैले प्रेस स्वतन्त्रता पूर्णरूपमा सम्मान गर्नुपर्छ,‘गृहमन्त्री लेखकले भने, ‘प्रेसको अधिकार हनन गर्नुहुँदैन । सरकारले प्रेस स्वतन्त्रताको ग्यारेन्टीको वातावरण बनाउँछ ।’

प्रकाशित मितिः शनिबार, २२ मंसिर २०८१
https://jawaaf.com/storage/01JEFK2S6EV3K7Q3XW94D90CTB.jpg

दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रवार बसेको ११८ औँ बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।

Pathivara.gif 82.25 KB

यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको ११५ औँ बोर्ड बैठकले उक्त मितिमा दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

Planning_Consultancy.gif 1.45 MB

प्रकाशित मितिः शनिबार, २२ मंसिर २०८१
https://jawaaf.com/storage/01JEFJ8TQF2EDQPPZDKACHAFAZ.jpg

एनपीएलमा आज सुदूरपश्चिम र लुम्बिनी, कर्णाली र विराटनगर भिड्दै

Photos (1).jpg 358.74 KB

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिवार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे र दिउँसो एक बजे रोचक दुई भिडन्त हुन लागेका हुन् ।

पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरू हुनेछ ।

Pathivara.gif 82.25 KB

जारी एनपिएलमा दुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो ।

baba_education.gif 870.63 KB

त्यस्तै, शनिवारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरु हुनेछ ।

कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ । तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको छ ।


प्रकाशित मितिः शनिबार, २२ मंसिर २०८१
https://jawaaf.com/storage/01JEFHTCPMK3T7NFX9JESK5SRV.jpg

मौसम पूर्वानुमान : उच्च हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

Pathivara.gif 82.25 KB

साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भूभाग लगायत बाँकी तराईका भूभाग तथा उपत्यकाहरूका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भूभागको एकादुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकादुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आइतवार साँझबाट मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

baba_education.gif 870.63 KB

उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।

सो प्रणालीको प्रभावका कारण आइतवार साँझदेखि सोमवार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

Planning_Consultancy.gif 1.45 MB

यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एकादुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मितिः शनिबार, २२ मंसिर २०८१
https://jawaaf.com/storage/01JEFHEZYV82KY6VDSSY78977X.jpg

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं I नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ ।

Pathivara.gif 82.25 KB

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ ३० पैसा र बिक्रीदर ९६ रूपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९८ पैसा र बिक्रीदर नौ रूपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ ।
मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा तोकिएको छ ।

प्रकाशित मितिः शनिबार, २२ मंसिर २०८१
https://jawaaf.com/storage/01JEDYHZNYS10BFF4KX5H4DSAE.jpg

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज जानकारी लिएका छन् । 
प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB
 


प्रोस्टेटसम्बन्धी समस्याका कारण केही दिन देखि राष्ट्रपति पौडेलकोे अस्पतालमा उपचार भईरहेकोछ । राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकहरूसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए । 

यही मङ्सिर १९ गते सो अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ ।


Pathivara.gif 82.25 KB

प्रकाशित मितिः शुक्रबार, २१ मंसिर २०८१
https://jawaaf.com/storage/01JEDWDN22VHNM2XE7B0AFXYYQ.jpg

मुख्यमन्त्री कडेलले मागे दातृसंस्थाहरूको सहयोग

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश संरचनालाई बलियो बनाउने गरि सहयोगका कार्यक्रमहरू सञ्चालन गर्न दातृसंस्थाहरूलाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेशको भ्रमणमा रहेकी युरोपेली युनियनको नेपालस्थित राजदूत भेरोनिक लोरेन्जासँग शुक्रवार आफनै कार्यकक्षमा भेटदै मुख्यमन्त्री कडेलले सङ्घीयताको प्रमुख आधार भनेको प्रदेश संरचना भएकोले प्रदेश संरचनालाई बलियो र गतिशील बनाउने गरि आफना कार्यक्रमहरू सञ्चालन गर्न राजदूत लोरेन्जालाई आग्रह गरेका हुन् । 

baba_education.gif 870.63 KB

तीन तहको सरकारको संरचना भएपनि दातृ संस्थाहरूले प्रदेश सरकारसँगको समन्वयमा ध्यान नदिएको आफूले पाएको बताउँदै मुख्यमन्त्री कडेलले राजदुत लोरेन्जासँग भने, ‘तपाईहरू जस्तो सङ्घीयताको पैरबी गर्ने अन्र्तराष्टिय संस्थाले प्रदेश संरचनालाई बलियो बनाउने गरि सहकार्य बढाउने नीति बनाउनुहोस, हाम्रो पूर्ण सहयोग रहन्छ ।’

युरोपियन युनियनको कर्णालीका विभिन्न क्षेत्रहरूमा सहयोग गरिरहेकोमा प्रदेश सरकारको तर्फबाट धन्यवाद दिदै मुख्यमन्त्री कडेलले सहयोगलाई नागरिकले बढी भन्दा बढी लाभ लिनसक्ने गरि परिणाममुखी बनाउन जनप्रतिनिधिमूलक संस्थासँग समन्वय गर्न आग्रह गरे । ‘कर्णालीमा तपाईहरूले ठूलो मात्रामा सहयोग गर्नुभएको छ, हामीलाई त्यस्तो सहयोगको निरन्तर आवश्यकता पनि पर्दछ, मुख्यमन्त्री कडेलले भने, ‘हाम्रो चासो तपाईहरूले गरेको सहयोगलाई नागरिकले बढी भन्दा बढी लाभ लिन सक्नेहोस।’

Pathivara.gif 82.25 KB

युरोपियन युनियन अन्तर्गतका कतिपय विकास साझेदार संस्थाले परामर्शबिना नै केन्द्रमा बसेर कार्यक्रमहरूको बनाउने गरेकोतर्फ ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री कडेलले नागरिकका आवश्यकतालाई ध्यानमा दिएर कार्यक्रमका प्राथमिकता तोक्न सुझावसमेत दिए ।

मुख्यमन्त्री कडेलले विगतमा अधिकारमुखी कार्यक्रमहरूमा विकास साझेदार संस्थाहरूको जोड प्राथमिकता भएपनि अव पूर्वाधार विकासमा लगानी बढाउन राजदूत लोरेन्जालाई सुझाव दिए । भेटघाट कार्यक्रममा राजदूत लोरेन्जाले युरोपेली युनियनले मुख्यमन्त्री कडेलले राख्नुभएका सुझावलाई युरोपेली युनियनले सकारात्मक लिदै आफना कार्यक्रमहरूलाई प्रदेश सरकारमार्फत अघि बढाउन जानकारी दिइन् । 

प्रकाशित मितिः शुक्रबार, २१ मंसिर २०८१
https://jawaaf.com/storage/01JEDVN82MJPYYVH85K52A34M4.png

एआइ सम्बन्धी नीति ल्याउने तयारीमा सरकार

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले आइटी क्षेत्रलाई व्यवस्थित गर्न एआइको पोलिसी एक महिनाभित्र आउने बताएका छन् । शुक्रवार सगरमाथा इन्जिनियरिङ कलेजले आयोजना गरेको इन्जिनियरिङ एक्सपो २०२४ मा बोल्दै मन्त्री गुरुङले सरकार आइटी क्षेत्रको विकासका लागि गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताएका हुन् ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

उनले भने, ‘आइटीको क्षेत्रमा एआइको पोलिसी एक महिनाभित्र आउँछ । तर यसको लागि लिगल के के चाहिन्छ ? कानुनी रुपमा के के गर्नुपर्छ ? मिलाउनुपर्ने कुरा के के छन् त्यो मिलाउँदै जानुपर्ने अवस्था छ । आइटीको क्षेत्रको विकासको लागि के के गर्नुपर्ने हो र सरकारको भूमिका के हो भन्नेतर्फ काम भइरहेको छ । एआएलाई कसरी प्रयोग गर्ने भन्ने सबै बारेमा जानकारी लिएर सरकार गर्नको लागि तयार छ ।’

साथै उनले आफ्नो मन्त्रालय आइटी क्षेत्रसँग बढी केन्द्रित रहेको बताए । उनले अहिलेसम्म पनि आइटीको पोलिसीमा कुनै पनि रिफाइमेन्ट नभएको बताए ।

AS.gif 486.54 KB

प्रकाशित मितिः शुक्रबार, २१ मंसिर २०८१
https://jawaaf.com/storage/01JEDTGJV4QPKYAMDK4V6SAKNQ.jpg

पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने

काठमाडौँ । पत्रकारका ६ वटा संगठनहरूले यही २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर, नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा संयुक्त प्यानल खडा गरेका छन् ।

Pathivara.gif 82.25 KB

आज दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि कमल गिरीको प्रस्तावक प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सापकोटा 'जुगल' छन् भने समर्थक समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदी छन् ।

baba_education.gif 870.63 KB

प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मंच, नेपाल संयुक्त प्यानल बनाएर चुनावमा खडा भएका हुन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्ष सुवास साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर बिष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराईली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासी-जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा, विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा मणि दाहाल सहित सिंगो केन्द्रीय समितिका लागि प्यानल बनेको हो ।

Planning_Consultancy.gif 1.45 MB

प्रेस युनियन र प्रेस चौतारी जस्ता संगठनले महासंघलाई निहित एवम् अमुक दलगत स्वार्थमा उपयोग गर्न खोजेपछि पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार हितको उद्देश्य सहित यो साझा प्यानल खडा गरिएको हो।


प्रकाशित मितिः शुक्रबार, २१ मंसिर २०८१