आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JB6ZWVV93ZMQQ219N0J3XD4K.jpg

माइतीघरमा रास्वपाको आन्दोलन जारी

Adv_3.gif 633.78 KB

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध आज पनि विरोध प्रदर्शन गरेको छ ।

swastikplay and hardware (3).gif 338.56 KB

लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले आज पनि माइतीघरमा प्रदर्शन जारी राखेको हो ।

baba_education.gif 870.63 KB

प्रदर्शनमा सहभागीहरूले अधिनायकवाद चल्दैन, प्रतिवेदन के भन्छ–८७ अर्ब ले भन्छ, दुई तिहाइको दम्भ चल्दैन, सत्ताको दुरुपयोग बन्द गर,सरकार तिम्रो पाराले दुःख पाए साराले लगायतका प्ले कार्डहरू बोकेर नारा जुलुस लगाएका थिए । 

Bantawa_Hardware.gif 563.38 KB

रास्वपाले यसअघि पोखरामा निरन्तर आन्दोलन गर्दै आएको थियो भने शुक्रवार देखि काठमाडौँ केन्द्रित गरेर विरोधका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मितिः आइतबार, ११ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB6WJ9ZTTAASD47SRGV7ZCJR.jpg

डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद समाधानको माग

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । हाल चाडपर्वको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवादका कारण नेपाल विद्युत् प्राधिकरणद्वारा उद्योगहरूको बिहीबार रातिदेखि विद्युत् काटिएको घटनामा नेपाल उद्योग वाणिज्य महासङ्घले गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

संघले यस किसिमको निर्णयले उद्योगहरूको उत्पादन प्रक्रियामा बाधा पुर्‍याउने साथै देशको उत्पादन प्रणाली र अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पर्नाले लगानीको वातावरणमा नकारात्मक सन्देश जाने देखिएको जनाएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

उद्योगहरूको विद्युत् आपूर्ति कटौती गर्दा उद्योगहरूको दैनिक सञ्चालनमा अवरोध आई उद्योगको लगानीमा प्रतिकूल असर परेको स्पष्ट पारेको छ । साथै, यसले उद्योगीहरूलाई असहज स्थिति सृजना गरेको तथा जसको समाधान सबै पक्षले वार्ताद्वारा गरिनुपर्ने संघको माग रहेको छ ।

baba_education.gif 870.63 KB
 

नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगले यस विषयमा प्रतिवेदन बुझाइसकेको भएतापनि उक्त प्रतिवेदनको कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको छ । 

दिपशिखा गहना गृह (1).gif 579.42 KB

संघले, नेपाल सरकार , नेपाल विद्युत् प्राधिकरणसँग उद्योगहरूको लाइन तत्काल जडान गर्न, वर्तमान विवादमा उत्पन्न समझदारीलाई हटाई सबै पक्षहरू वार्ताद्वारा समाधान खोज्न अपिल गरको छ । यसले उद्योग क्षेत्रमा सकारात्मक सन्देश जाने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने संघको विश्वास छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः आइतबार, ११ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB6TJJB3THNVG7VV27W9PAWV.jpg

जसपा नेपालको नवलपुर जिल्ला समिति गठन

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

नवलपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवलपुर जिल्ला समिति गठन भएको छ । नवलपुरको गैडाकोटमा आयोजित विस्तारित बैठकबाट ओमबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । पार्टीका उपाध्यक्ष शिवलाल थापाको उपस्थितिमा सो समिति पुनर्गठन गरिएको हो ।

Bantawa_Hardware.gif 563.38 KB


जसपा नेपालको चार महिने आधारभूत संगठन निर्माण अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले प्रदेशअन्तर्गतका जिल्लामा संगठन गठन, पुनर्गठन गर्ने तथा विस्तारित बैठकको आयोजना गर्ने काम गरिरहेको छ । यसअघि तनहुँ जिल्लाको विस्तारित बैठक सम्पन्न गरिएको थियो ।
प्रदेशअन्तर्गतका पार्टीका केन्द्रीय नेताहरु पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटिएका छन् ।


Daily_Dose_Adv_07_07.gif 652.54 KB


प्रकाशित मितिः आइतबार, ११ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB6SH5WJPPNG4NMD8S3WPZYC.jpg

भुटानमाथि फराकिलो जित निकाल्दै बंगलादेश फाइनलमा प्रवेश

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । डिफेन्डिङ च्याम्पियन बंगलादेश फराकिलो जीतसहित काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । 

swastikplay and hardware (3).gif 338.56 KB

बंगलादेशलाई जिताउन तोहुरा खातुनले ह्याट्रिक गर्दा, सविना खातुनले २ गोल गरिन् । यसैगरी ऋतु पोर्ना चक्मा र शिउली अजिमले एक एक गोल थपेका थिए । भुटानका लागि सातौं मिनेटमा ऋतुले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् ।

त्यसपछि लगातार भुटानमाथि दबाब बनाएको बंगलादेशले उत्कृष्ट प्रदर्शन गरेको थियो । १५ औं मिनेटमा तोहुराले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि बंगलादेश २–० ले अघि बढेको थियो ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

२५ औं मिनेटमा बंगलादेशले तेस्रो गोल गरेको थियो । बंगलादेशकी सविनाले व्यक्तिगत पहिलो गोल गरेकी थिइन् । ३४ औं मिनेटमा तोहुराले ब्यक्तिगत दोस्रो गोल डिबक्स बाहिरबाट गरेकी थिइन् ।

३७ औं मिनेटमा सविनाले पनि व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश पहिलो हाफमै फराकिलो अग्रतामा अघि बढेको थियो । ४१ औं मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले गोल गरेर अन्तर ५–१ मा झारिन् । 

Bantawa_Hardware.gif 563.38 KB

पहिलो हाफमा ५ गोल गर्दा १ गोल ब्यहोरेको बंगलादेशले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । ५८ औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गर्न सफल भइन् । उनले ह्याट्रिक पूरा गर्दा बंगलादेश ६–१ ले अघि बढेको थियो ।

७२ औं मिनेटमा, बंगलादेशकी शिउली अजिमले गोल गरेपछि बंगलादेश ७–१ गोल अन्तरले विजयी हुँदै फाइनलमा पुग्न सफल भयो । आजै हुने दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः आइतबार, ११ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB6C2RWQJ5J931V18W0Y8S50.jpg

प्रचण्डलाई ओलीको जवाफ ‘हतियार नचलाए पनि बिसाउने तरिका सिकाउछौँ’

Adv_3.gif 633.78 KB

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धम्क्याएका भरमा चल्ने गरेको आरोप लगाएका छन् । 

आज एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको भन्दै प्रचण्डलाई जवाफ दिएका हुन् । 

Bantawa_Hardware.gif 563.38 KB

शनिवार प्रचण्डले पार्टीको विरोधसभामा हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्सेका छैनौँ भन्दै अभिव्यक्ति दिएका थिए । 

उनले भने, ‘हिजो एकजना उफ्रि उफ्रि भाषण गर्दै थिए । हिजो मात्रै देख्या थे । हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् । चलाउन बिर्ष्या छैन ,त्यस्तै त्यस्तै त हामी हुनु भएन नी, धम्क्याएका भरमा खाने । म त्यसलाई हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ । हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छौँ । ’

उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए । प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताए 

उनले भने,‘नेपालमा विकासका लागि बाटोघाटो र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’

baba_education.gif 870.63 KB

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे ।

उनले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रूपमा काम गर्न आग्रह गर्दै भने,‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।’

आफू सन् १९९९ तिर मा मस्को जाँदा डा उपेन्द्र महतोसँग गैरआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कन्जुस्याइँ नगर्ने पनि स्पष्ट गरे ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः आइतबार, ११ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB69PER6BCAMH0Q1XD50XNDH.jpg

सुनको भाउ हालसम्मकै उच्च

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

काठमाडौं । साताको  पहिलो  कारोवारको दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७

Bantawa_Hardware.gif 563.38 KB

हजार ४ सय  रुपैयाँ तोकेको छ ।  आज सुन प्रतितोला १४ सय रूपैयाँले बढेको हो । यसअघि शुक्रबार सुन १ लाख ६६ हजार रुपैयाँमा कारोवार भएको थियो ।  

baba_education.gif 870.63 KB

यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ७० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोवार भइरहेको छ ।  

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः आइतबार, ११ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB67KC2N4Y69D5414BVS0EGT.jpg

विश्वकप लिग–टू : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । आइसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज अमेरिकासँग खेल्दै छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

नेपाली टोली क्यानडामा भएको त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेलेर सिधै अमेरिका गएको हो । नेपालले यो सिरिजमा अमेरिकासहित स्कटल्याण्डसँग पनि खेल्ने छ । नेपाल र अमेरिकाबीचको खेल डलास, टेक्सासको ग्राण्ड प्रेयरी स्टेडियममा नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । 

baba_education.gif 870.63 KB

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले अमेरिकासँग दुई खेल र स्कटल्याण्डसँग दुई खेल खेल्नेछ। नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । 

नेपालले हालसम्म आठ खेल खेल्दा एक मात्र खेलमा जित हात पारेको छ र जम्मा तीन अंक बटुल्न सफल भएको छ । 

Bantawa_Hardware.gif 563.38 KB

आईसीसी वल्ड कप लिग–टू मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्यान्ड्स, स्कटल्याण्ड, नामिबिया, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी छन् । नेपाल हाल लिग–२ अंक तालिकामा सातौँ स्थानमा रहेको छ । 

क्यानडा अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा  भने स्कटल्याण्ड चौथो स्थानमा रहेको छ ।

swastikplay and hardware (3).gif 338.56 KB

क्रिकेट संघ नेपाल (क्यान) ले यो सिरिजका लागि नियमित कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

अनिल शाह, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, गुलसन झा र रिजान ढकाल रहेका छन् ।  

प्रकाशित मितिः आइतबार, ११ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB63372YVD79783YSD5MBA6M.jpg

साफ वुमेन्स च्याम्पियनसिप : आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । काठमाडौंमा जारी साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदैछन् । 

सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । 

Bantawa_Hardware.gif 563.38 KB

दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ । महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो । 

अघिल्लो संस्करणहरूमा चारपटकसम्मको भेटमा नेपालले एकपटक मात्रै भारतलाई हराएको छ । सन् २०२२ मा  भएको खेलमा नेपालले भारतलाई १–० गोलले पराजित गरेको थियो ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो । 

swastikplay and hardware (3).gif 338.56 KB

नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो ।

समूह चरणमा नेपाल अपराजित रह्यो । नेपालले दुई जित र १ बराबरी खेलेर ७ अंक जोड्दै ७ अंक बनाएको थियो। नेपालको समूहमा रहेको भुटानले पनि २ जित र १ बराबरी खेल्दै सातै अंक बनाएको थियो । 

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः आइतबार, ११ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB5WY7FMQ0JRFCTT1RZ4V5A3.jpg

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा पुगेको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा कायम भएको छ । 


Bantawa_Hardware.gif 563.38 KB


त्यसैगरी, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा तोकिएको छ ।


baba_education.gif 870.63 KB


युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 


Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः आइतबार, ११ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB5VTPV9PK09EVQZZ7G5N41R.gif

एल क्लासिको भिडन्त : घरेलु मैदानमै रियल स्तब्ध

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनाले शानदार जीत दर्ता गरेको छ । आइतबार विहान सकिएको खेलमा बार्सिलोनाले चिरपरिचत प्रतिद्वन्द्वी रियल मड्रिडमाथि ४–० एकतर्फी जीत दर्ता गरेको हो ।


swastikplay and hardware (3).gif 338.56 KB


लामो समयदेखि लिगमा अपराजित रहेको रियल मड्रिडले अन्ततः आफ्नो पहिलो ला लिगाको हार एल क्लासिकोमा भोग्न बाध्य भयो ।

बार्सिलोनाले रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा ४–० को शानदार जित हात पार्दा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा लामिन यामाल र राफिन्हाले एक एक गोल गरेका थिए । 


Daily_Dose_Adv_07_07.gif 652.54 KB


पहिलो पटक एल क्लासिको खेलका केलियन एम्बाप्पेले गरेका २ गोल भारमार्फत रद्द भएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै ४ गोल बार्सिलोनाले दोस्रो हाफमा गरेको थियो ।

३१ औं मिनेटमा एमबाप्पेले गरेको गोल अफसाइड भएको थियो । ‘यदि एम्बाप्पेको गोलले खाता खोलेको भए, खेलको दिशा परिवर्तन हुन सक्थ्यो ।


baba_education.gif 870.63 KB


दोस्रो हाफमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने लामिन यामाल र राफिन्हाले एक एक गोल गर्दै जीत दिलाए ।

५४ औं मिनेटमा बार्सिलोनाका लागि लेवान्डोस्कीले गोलको खाता खोल्दै अग्रता दिलाए । लगत्तै ५६ औं मिनेटमा लेवान्डोस्कीले हेडरमार्फत व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै अग्रता पनि दोब्बर पारे ।


Bantawa_Hardware.gif 563.38 KB


६६ औं मिनेटमा पनि एम्बाप्पेले गरेको गोल अफसाइड हुँदा रियल मड्रिड निराश भएको थियो ।

७७ औं मिनेटमा लामिन यामालले गोल गरेपछि पाहुनाटोली बार्सिलोना फराकिलो जीत तर्फ अग्रसर भएको थियो । ८४ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज र शानदार जीत दर्ता गराए ।


Adv_2.gif 1.6 MB


जीत पछि बार्सिलोनाले ११ खेलबाट ३० अंक बनाएर आफूलाई शीर्ष स्थानमा यथावत राखेको छ । साथै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडलाई ६ अंकले पछि छोडेको छ ।


The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः आइतबार, ११ कात्तिक २०८१