आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JB5TS2YJZ52560MRY94XQ579.jpg

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साउथह्याम्प्टनलाई १–० गोल अन्तरले अन्तरले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

पेप गार्डिओलाको टोलीले २३ अंकसहित अग्रता बनाएको छ । जसले लिभरपुललाई दुई र आर्सनललाई छ अंकको अन्तरले पछि पारेको छ । अब आइतबार लिभरपुल र आर्सनलबीचको खेलले लिगको शीर्ष स्थानको तय गर्ने छ ।


Bantawa_Hardware.gif 563.38 KB


यो खेलमा सिटीको प्रदर्शन सधैं जस्तो आक्रमक थिएन । सिटीका प्रशिक्षक पेप गार्डिओलाले आफ्ना खेलाडीहरूलाई धैर्य गर्न निर्देशन दिएका थिए । खेलको पाँचौं मिनेटमै एर्लिङ हालान्डले माटेउस नुनेजको पासमा गोल गर्न सफल भए ।

हालान्डले गोल गरेर खडेरी अन्त्य गरे पनि उनले थप अवसरहरू चुकाएका थिए । 


PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB


चोटका कारण सिटीको विकल्पहरू सीमित थिए । जसले गर्दा गार्डिओलासँग आक्रमणमा परिवर्तन गर्न ठूलो विकल्प थिएन । साउथह्याम्प्टनका खेलाडीहरूले विशेषतः एडम ललानाले राम्रो प्रदर्शन गरे पनि म्यानचेस्टर सिटीको बलियो डिफेन्सले उनीलाई मौका दिएन ।


swastikplay and hardware (3).gif 338.56 KB


सिटीले पहिलो हाफमा केहि अवसरहरू खेर फालेको थियो भने दोस्रो हाफमा साउथह्याम्प्टनका गोलकिपर आरोन राम्सडेलले गोलकिपरबाट खेल सुरु गर्ने प्रयास गर्दा खतरामा परेका थिए । तर टेलर हारवुड–बेलिसको उत्कृष्ट ब्लकले खतरा टारे ।


baba_education.gif 870.63 KB


खेलमा साउथह्याम्प्टनका क्यामरुन आर्चरको प्रयास बारमा लागेर बाहिर गयो भने सिटीका फिल फोडेनको प्रयास पनि गोलपोस्टको छेउबाट बाहिरियो ।


The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः आइतबार, ११ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB44XJ6XVYKDETMS6A5PYM1J.png

हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । 

शनिवार काठमाडौंमा आयोजित सरकार विरुद्ध खबरदारी कार्यक्रममा उनले सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेकाले गम्भीर हुन चेतावनी दिएका हुन् । 


swastikplay and hardware (3).gif 338.56 KB


उनले भने, ‘सरकारले खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको छ । म सरकारलाई गम्भीर रूपले लिन चुनौती दिन चाहन्छु । सरकारलाई हिजोको लापरवाही फेरि नदोहोरियोस भनेर खबरदारी पनि दिन चाहन्छु । उद्धार, राहत र पुनस्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाइयोस् ।’


PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB


यसको साथै, उनले हामीलाई जे चिन्ता लागेको थियो आज सय दिन पुग्दा नपुग्दै त्यो चिन्ता सरकार आफैँले पुष्टि गरेको बताए । 

उनले भने, ‘हामीलाई नयाँ सरकार बन्यो भनेर कुनै चिन्ता छैन् । तर यो सरकार के का लागि बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, यो सरकार भ्रष्टाचारी बचाउन बन्यो र यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पङ्तीलाई समेत ढाँटेर षड्यन्त्रको तरिकाले बन्यो । सरकार दलालहरुका घर घरमा गएर रातको १२ बजे बन्यो, हाम्रो चिन्ता त्यहाँ छ भनेर मैले भनेको थिए । आज सय दिन पुग्दा नपुग्दै जे चिन्ता व्यक्त गरेका थियौँ त्यो पुष्टि भएको छ, सरकार आफैले पुष्टि गरेको छ ।’


Bantawa_Hardware.gif 563.38 KB


यस्तै, सरकार भ्रष्टाचारीहरूको रक्षाको लागि सुशासनका विपक्षमा बिचौलियाहरूको पक्षमा लागेको भन्दै यो सरकार आफै कुहिएर झर्ने उनको भनाई छ । 


baba_education.gif 870.63 KB


उनले भने, ‘तपाईहरू जसरी भ्रष्टाचारीहरूको रक्षाको लागि सुशासनका विपक्षमा बिचौलियाहरूको पक्षमा जादैँ हुनुहुन्छ तपाईहरू आफै कुहिएर झर्नु हुनेछ हामीलाई दोष दिन पाउनु हुने छैन् । हामीले सरकार ढाल्नको लागि यो खबरदारी कार्यक्रम गरेको पनि होइन् । हामीलाई राम्रो तरिकाले थाहा छ ।’


The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शनिबार, १० कात्तिक २०८१
https://jawaaf.com/storage/01JB43R2S7X3DA06MGSTZ8KG9F.jpg

सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री सुरु गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक १३ र १४ गते सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।


Bantawa_Hardware.gif 563.38 KB


बैंकले  सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दरले मंगलबार १ दिन मात्र विहान ११ बजे देखि मौज्दात कायम रहेमा मध्यान्न ४ः०० बजेसम्म बिक्री गरिने जनाएको छ । 
त्यस्तै,बैंकका अनुसार चाँदीको स्मारिका तथा मेडालियन भोलि देखि १४ गते सम्म विहान ११ बजे देखि मध्यान्न ४ः०० बजेसम्म प्रतिव्यक्ति बढिमा पाँच थानसम्म खरिद गर्न सकिने छ ।


PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB


जसमा  गाई अंकित २५ ग्राम गाई अकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अकित १० ग्राम र गजलक्ष्मी अकित १० ग्राम मध्येवाट विक्री गरिने छ । असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि सहित उपस्थित हुनु पर्नेछ । असर्फी तथा मेडालियन खरीदको लागि नगद तथा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । यस्तै चाँदीको मेडालियन सिक्का पनि १२५ ग्राम र १० ग्रामको रहेको राष्ट्र बैंकले जनाएको छ ।


swastikplay and hardware (3).gif 338.56 KB


२५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ । यस्तै १० ग्रामको सिक्कामा भने गाई, लक्ष्मी, गणेश, र गजलक्ष्मी अंकित रहेको छ । २५ ग्रामको चाँदीको सिक्काको मूल्य ४ हजार र १० ग्रामको सिक्काको १ हजार ६०० रुपैयाँ मूल्य तोकिएको बैंकले जनाएको छ । 
१९ देखि २४ कात्तिकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, १० कात्तिक २०८१
https://jawaaf.com/storage/01JB41VD1HR93WPPMAN3XQCMNQ.jpg

इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । इजरायलले इरानका विभिन्न सैन्य ठेगानामा शनिवार बिहान क्षेप्यास्त्र आक्रमण गरेको छ ।

इजरायलको सुरक्षा बल (आइडीएफ) का अनुसार यस आक्रमणमा इजरायलका सबै सैन्य क्षमताहरू पूर्ण रूपमा परिचालित गरिएको छ । राजधानी तेहरान, सैन्य आधार तथा मिसाइल उत्पादन केन्द्र रहेको इस्फाहान र हवाई क्षेत्र रहेको मशहदमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।


Bantawa_Hardware.gif 563.38 KB


यो आक्रमण लगभग २६ दिनअघि इरानले इजरायलका शहरहरूमा १८१ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि इजरायलले प्रतिशोधस्वरूप गरेको हो । प्रारम्भिक आक्रमणपछि एक घण्टामा दोस्रो लहरको क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ । जसमा मध्य सहर शिराजमा विस्फोट भएको बताइएको छ ।


PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB


जेरुसेलम पोस्टको रिपोर्ट अनुसार इजरायलले गाजामा रहेको बुरेज शरणार्थी शिविरमा पनि आक्रमण गरेको छ ।

आइडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले भने, ‘राज्य इजरायलमाथि इरानबाट निरन्तर आक्रमण भइरहेकोले प्रतिकार स्वरूप इजरायलले इरानका सैन्य ठेगानामा शुद्धता र लक्ष्यवद्ध आक्रमण गरिरहेको छ ।


baba_education.gif 870.63 KB


अरू सार्वभौम देशजस्तै, इजरायलको अधिकार र कर्तव्य छ कि आफ्ना नागरिक र राष्ट्रको रक्षाका लागि आवश्यक कदम चाल्न सकियोस् ।’

यस आक्रमणले पश्चिमी देशहरूमा मध्यपूर्वको तनाव सम्पूर्ण युद्धमा बदलिने आशँका पनि बढाएको छ ।


swastikplay and hardware (3).gif 338.56 KB


हालसम्म इरानका अधिकारीहरूले आक्रमणबारे पुष्टि गरेका छैनन् । इरानको नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै आफ्नो हवाई मार्ग शनिवार बिहान ९ बजे (स्थानीय समय) सम्मका लागि बन्द गरेको जनाएको छ ।


The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शनिबार, १० कात्तिक २०८१
https://jawaaf.com/storage/01JB403FXQPKD6773J9K1G9TDZ.jpg

पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । इंग्ल्याण्ड विरुद्धको टेस्ट सिरिज पाकिस्तानले जितेको छ । निर्णायक खेलमा इंग्ल्याण्डले लज्जास्पद पराजय ब्यहोरेको हो । 

तेस्रो दिनको बिहान इंग्ल्याण्ड ११२ रनमै अलआउट हुँदै ‘बाजबल’ युगको सबैभन्दा न्यून योगफलमा समेटियो । पाकिस्तानलाई जितका लागि ३६ रनको सामान्य लक्ष्य मात्र आवश्यक परेको थियो । 


baba_education.gif 870.63 KB


उक्त लक्ष्य मात्र १९ बलमा एक विकेटको क्षतिमा पुरा ग¥यो । कप्तान शान मसुदले विजयी छक्का हान्दै पाकिस्तानलाई तीन म्याचको सिरिजमा २–१ को ऐतिहासिक जित दिलाए ।

पहिलो टेस्टमा १–० को अग्रता बनाएपछि इंग्ल्यान्डको यो पराजय निकै असहज बन्यो । केही समयअघि मात्र इंल्यान्डले मुल्तानमा ९४ वर्षपछि सबैभन्दा ठूलो स्कोर ८२३ रन बनाएको थियो । तर पाकिस्तानले अत्यधिक स्पिन मद्दत दिने पिचहरू बनाएर खेलको गति नै परिवर्तन गरिदियो ।


Bantawa_Hardware.gif 563.38 KB


घरेलु टोलीले फ्यान, हीटर र अन्य उपकरणहरूको प्रयोग गरेर पिचलाई कृत्रिमरूपमा स्पिनमैत्री बनाएको भन्ने अड्कल भए पनि लगातार दुईवटा हार इंल्यान्डको लागि ठूलो झट्का सावित भएको छ ।

पाकिस्तानका स्पिनरद्वय साजिद अली र नोमान अलीले इङ्ग्ल्यान्डको कमजोरीलाई फाइदा उठाउँदै यो खेलमा १० वटै विकेट लिएर श्रृंखलामा कुल ३९ विकेटको रेकर्ड बनाए । यो टेस्टमा जहीद महमुदले मात्र एक विकेट लिँदा बाँकी सबै विकेट साजिद र नोमानले आफ्नो नाममा लेखाए । 


Daily_Dose_Adv_07_07.gif 652.54 KB


इंग्ल्याण्डले पहिलो पारिमा २६७ रन बनाउँदा जेम स्मिथले सर्वाधिक ८९ रन बनाउँदा बेन डकेटले ५२ रनको योगदान गरे । यस्तै, गुस एटिक्सनले ३९ रन बनाउँदा ज्याकक क्रलीले २९ रन बनाए । कप्तान बेन स्टोक्स १२ रनमा पभेलियन फर्किएका थिए ।

पाकिस्तानले पहिलो पारिमा ३४४ रन बनाउँदै ७७ रनको अग्रता लिएको थियो । पाकिस्तानका लागि सउद शाकेलले १३४ रनको शतकीय पारि खेल्दा साजिद खान ४८ र नोमान अली ४५ रनमा आउट भएका थिए । कप्तान सान मक्सुदले २६ तथा मोहमद रिजवानले २५ रन बनाउँदा सैयम अयुबले १९ रनको पारि खेले । 


swastikplay and hardware (3).gif 338.56 KB


७७ रनले पछि परेको इंग्ल्याण्डको दोस्रो पारि ११२ रनमा समेटियो । त्यसपछि पाकिस्तानले ३६ रनको लक्ष्य पाएको थियो । इंग्ल्याण्डका जो रुटले स र्वाधिक ३३ रन बनाउँदा हेरि ब्रुकले २६ रन बनाए । 

बेन डकेटले १२ रन बनाउँदा अरूको प्रदर्शन विर्सनलायक रह्यो । खेलको प्लेयर अफ दी सिरिज पाकिस्तानका साजिद खान बने । 

उनले यो सिरिजमा ७२ रन बनाउँदा १९ विकेट हात पारे । यसैगरी तेस्रो टेस्टको प्लेयर अफ दी म्याच भने सउद सकेल बने । उनले शतकीय पारि खेलेका थिए ।


The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शनिबार, १० कात्तिक २०८१
https://jawaaf.com/storage/01JB3V4NGHN2NDCKWJKVHA4Z7N.jpg

काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज(शनिबार) काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ । सरकारको एकसय दिन पूरा भए लगत्तै माओवादीले प्रदर्शन थालेको हो । 

भ्रष्टाचार  र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो । 

सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।


baba_education.gif 870.63 KB


माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित आज प्रदर्शन र खबरदारी सभा गर्दैछ । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारीसभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदवाव श्रृष्टि गर्ने पनि माओवादी केन्द्रको एजेण्डा रहेको छ ।


Daily_Dose_Adv_07_07.gif 652.54 KB


सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन तथा संविधान र लोकतन्त्रको रक्षा गर्न, मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरुलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारी सभा गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ । 


swastikplay and hardware (3).gif 338.56 KB


नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थाहरुमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्वपूर्ण सार्वजनिक संस्थानको बिक्री तयारीविरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्यको दबाब दिनुलाई खबरदारीसभाको एजेण्डा राखिएको माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन, सहकारी, मिटरब्याज र लघुवित्तििपडतहरुका समस्या समाधानका लागि आवाज बुलन्द गर्न र ठगीमा संलग्नलाई विना भेदभाव कारवाहीका लागि दबाब दिने तथा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्धनलाई पनि माओवादी केन्द्रले खबरदारी सभाको एजेण्डाको रुपमा अघि सारेको छ ।


The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शनिबार, १० कात्तिक २०८१
https://jawaaf.com/storage/01JB1TZ4YMRV3E9SNPHXZD0TTE.jpg

फेस्टिभल क्याम्पमा केकी अधिकारीलाई विद्यार्थीको प्रश्नै प्रश्न

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ । अरुसँग दाँजेर आफूलाई हीनताबोध नगर्न विद्यार्थीहरुलाई सुझाव दिँदै चलचित्र निर्माता तथा अभिनेत्री केकी अधिकारीले, बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने सुनाइन । ‘कालो हुनु, गोरो हुनु, अग्लो हुनु, होचो हुनु । भनेको जस्तो अवस्था नहुनु । कुनैपनि अवस्थाले सफल हुनलाई असर गर्दैन । तपाईँ जस्तो हुनुहुन्छ । त्यही अवस्था सबैभन्दा उपयुक्त अवस्था हो । सफल हुन धैर्यता र मिहनेत चाहिन्छ । सबै सफल मान्छेमा धैर्यता र मिहनेत पाइन्छ,’ काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘फेस्टिभल क्याम्प’मा उनले उत्पेरणा दिंदै भनिन् ।

प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार कार्यक्रममा उनी विहीबार शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा भेला भएका विद्यार्थीसँग साक्षात्कार गर्दै थिइन । त्यहाँ कक्षा १० मा अध्ययनरत ९ वटा विद्यालयका विद्यार्थीहरु उपस्थित थिए । 


Daily_Dose_Adv_07_07.gif 652.54 KB


‘तपाईँ त पढ्नमा तेज हुनुहुँदो रहेछ, चलचित्र क्षेत्रमा किन आउनुभयो ?’ विद्यार्थीले सोधेको प्रश्नको जवाफमा अभिनेत्री अधिकारीले भनिन्, ‘चलचित्र प्रतिष्ठित क्षेत्र हो । यो क्षेत्रमा काम गर्न शैक्षिक योग्यता र सीप दुवै चाहिन्छ । अहिले त चलचित्र विषय अध्ययन नै हुन थालेको छ । यही विषय अध्ययन गरेर भविष्य बनाउने सम्भावना छ ।’ 

उनीहरुको प्रश्नबाट थाहा हुन्छ । राम्ररी अध्ययन नगरेका व्यक्ति मात्र चलचित्र क्षेत्रमा छन् भन्ने उनीहरुलाई लागेको छ । यो प्रश्नभित्रको मनोविज्ञान हेर्ने हो भने विद्यालय तहका विद्यार्थीहरुले चलचित्र क्षेत्रमा भविष्य सोचेका छैनन् । जीवनको लक्ष्यमा चलचित्र क्षेत्र राखेका छैनन् । के यी विद्यार्थीहरुमा कलाकार बन्ने चाहना नभएर लक्ष्य नबनाएका हुन् त? 


swastikplay and hardware (3).gif 338.56 KB


इच्छा हुनसक्छ तर आफूमा भएको रुचि व्यक्त गर्ने अवसर नपाएको हुनसक्छ या कलाकार बन्ने भन्दा परिवार र व्यक्तिले समर्थन नगर्लान् भनेर रुचि दवाएका हुन सक्छन् । शिक्षामा यस प्रकारको सीमितता घटाउँदै क्रमशः हटाउन महानगरपालिकाले शैक्षिक नतिजा सुधारसँगै दविएका लक्ष्य उजागर गर्ने उद्देश्यले क्याम्प आयोजना गरेको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘कलाकारहरुसँग भेटेर कुरा गर्दा धेरै विद्यार्थीहरुले व्यक्त गर्न नसकेका तर मनमा भएका रुचिका बारेमा मूल्याङ्कन गर्न पाएका छन् ।’

विद्यार्थीहरुसँग कुरा गर्दै अभिनेत्री अधिकारीले भनिन्, ‘माध्यमिक तहमा अध्ययरत रहँदा आफूले कहिल्यै पनि अभिनेत्री हुन्छु भन्ने सोचेकी थिइँन । एमबीबीएसको प्रवेश परीक्षाको तयारी गर्दागर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेँ । त्यसपछि मैले ३३ वटा चलचित्रमा काम गरिसकेँ । त्यसमा अधिकांश औसत रहे । ती चलचित्रले मलाई खास बनाउन सकेनन् । केही चलचित्र यस्ता रहे जुन चलचित्रले मलाई चिनाए । सफल भएको महसुस गराए । त्यसैले म त भन्छु, एकपटक असफल हुँदैमा निराश हुनुपर्दैन । औसत नतिजा आउँदा हारेको महसुस गर्नुहुँदैन । धैर्यता र निरन्तर प्रयासले एक दिन उचाइमा पु¥याउनेछ ।’ 


baba_education.gif 870.63 KB


उनले आफू कक्षा १० मा पढ्दा धेरै लजालु, कसैसँग नबोल्ने स्वभावको रहेको सुनाइन । ‘मेरो बाबा हेडसर भएको स्कूलमा पढ्थेँ । केही गलत जस्तो देखियो भने हेडसरकी छोरी भन्थे । यसकारण धेरै संयमित हुनुपथ्र्यो । अहिले सम्झँदा लाग्छ, त्यो संयमताले मेरो बाल्यकालका केही महत्वपूर्ण अनुभव गर्ने अवसर छुटें,उनले विम्ब प्रयोग गर्दै भनिन् ।

उनले यति भनिरहँदा विद्यार्थीहरुले भने, पढेको मान्छे डाक्टर इञ्जिनियर बन्न छोडेर किन चलचित्रमा आउनुभो भन्ने प्रश्न दोहो¥याएर सोध्न छाडेनन् । यसको जवाफमा उनले भनिन्, ‘धेरै पढेर डाक्टर, पाइलट वा इञ्जिनियर नै बन्ने वा नपढेका मानिस चलचित्रतिर जाने भन्ने होइन । चलचित्र प्रविधि, प्राविधिक र साहित्यजस्ता विभिन्न विधासँग सम्बन्ध राख्ने पेशा हो । यस क्षेत्रमा आउन शैक्षिक योग्यतासँगै अभिनय, नृत्य, साहित्यको बोध जस्ता धेरै भाव जान्न सक्ने हुनुपर्छ । फेरि अरु पेशा उत्कृष्ट चलचित्र पेशा तल्लो भन्ने हुँदै होइन । यो पेशा अरु जत्तिकै  महत्वपूर्ण छ । सबै पेशाको प्रतिष्ठा उत्तिकै उचाइमा छ । म यदि कलाकार नबनेर डाक्टर बनेको भए अहिले जत्तिको खुशी हुन पाउने थिइन होला । त्यसैले पेशा छान्दा आफूलाई खुशी दिने पनि हुनुपर्छ ।’

महानगरपालिकाले कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पढाइप्रति रुचि जगाउन र विद्यालय परिसरमा प्राप्त नहुने अवसरमा अभ्यस्त गराउन ‘फेस्टिभल क्याम्प’ गरिरहेको छ ।

१६ वटा स्रोत केन्द्रसहित १६ वटा विद्यालयमा क्याम्पअन्तर्गतका क्रियाकलाप सञ्चालन भइरहेका छन् । सहायकविज्ञ सस्मित पोखरेल भन्नुहुन्छ, ‘क्याम्पमा किताब पढाइँदैन । तर, कितावमा भएका विषयहरुलाई खेल, परियोजना र प्रयोगका माध्यमबाट बोध गराइन्छ । विद्यार्थीहरुलाई खेलेको जस्तो लाग्छ । तर, किताबका ज्ञान सिकिरहेका हुन्छन् ।’


The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शुक्रबार, ०९ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB1EKAM8DXPSS64VDDEGEM86.jpg

सिस्नेरीमा निधन भएका बाल फुटबल खेलाडीका पीडित परिवारबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष बाढी, पहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालित सो विद्यालयको होस्टलमा रहेका छ जना बालबालिकाको बाढीबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते बिहान दुःखद निधन भएको थियो । 

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाको सहजीकरणमा प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा बच्चाहरूलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापर्बाही भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । 


Daily_Dose_Adv_07_07.gif 652.54 KB


पीडित परिवारले मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवर्धन गर्न पनि आग्रह गरेका छन् । पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दिपा बानियाँ र ललितबहादुर घलानले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । 

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले घटना अत्यन्त दुःखद भएको बताउँदै के कसरी यस्तो हुन पुग्यो भन्नेबारेमा यथार्थ जानकारी लिने विश्वास दिलाउनुभयो । उहाँले पीडितका पक्षमा सरकार रहने स्पष्ट गरे । 

भेटका अवसरमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, नेपाली कांग्रेसका मकवानपुर जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी थिए ।


The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शुक्रबार, ०९ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB1C533F651T6KQPAGZSSQ9C.jpg

दीर्घायुका रहस्यः ‘ब्लु जोन’का मिथक र वास्तविकता

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । विश्वका विभिन्न स्थानहरूमा केही विशेष क्षेत्रमा मानिसहरू १०० वर्षभन्दा बढी बाँच्ने गरेको दाबीलाई ‘ब्लु जोन’ भनिन्छ । जापानको ओकिनावा, भूमध्यसागरको सार्डिनिया टापुजस्ता यी सात क्षेत्रहरूको जीवनशैलीको अध्ययनले कयौं पुस्तक, डकुमेन्ट्री र सामाजिक सञ्जालमा ‘वेलनेस कोच’हरूले प्रचुर मात्रामा सामग्री सिर्जना गरेका छन् । तर, के साँच्चै यी क्षेत्रका मानिसहरू दीर्घायुको विशेष सूत्र बोकिरहेका छन् ?

हालै अष्ट्रेलियाली अनुसन्धानकर्ता डा. शाउल न्युम्यानले यसको गहिरो अध्ययन गर्दै एउटा महत्वपूर्ण तथ्य उजागर गरेका छन्  । जसले दीर्घायुको भ्रमलाई चुनौती दिएको छ । उनले पत्ता लगाएका छन् कि यी क्षेत्रहरूको दीर्घायुको एउटा मुख्य कारण त्रुटिपूर्ण रेकर्ड–राख्ने प्रणाली हो ।

डा. न्युम्यानले संसारभर ११० वर्षभन्दा माथि उमेर दाबी गर्ने ८० प्रतिशत मानिसको विवरण खोजे, तर तीमध्ये धेरैसँग जन्म प्रमाणपत्र नै नभएको पत्ता लगाउनुभयो । जापान सरकारले गरेको एक समीक्षा अध्ययनले पनि १०० वर्षभन्दा माथिका ८२ प्रतिशत मानिसहरू वास्तवमा मृत भइसकेका वा सम्पर्कविहीन रहेको देखाएको छ । यसले दीर्घायुको वास्तविकतालाई प्रश्न उठाउँछ ।


PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

ओकिनावाका मानिसहरूको आहारबारे गरिएका केही मिथकहरूलाई समेत उहाँले खारेज गर्नुभयो । जापान सरकारको पोषण सर्वेक्षण अनुसार ओकिनावाका मानिसहरूले उच्च मात्रामा स्पाम (प्रोसेस्ड मासु)  र केएफसीको सेवन गर्छन् । उनीहरूको सब्जी तथा मिष्ठान्न खानपानको स्तर देशको औसतभन्दा तल छ, र उनीहरूले प्रतिवर्ष ४१ किलो मासु उपभोग गर्छन् । यस अध्ययनले उनीहरूको खानपानलाई ‘स्वास्थ्यप्रद’ भनेर प्रस्तुत गरिएको मिथकलाई पनि तोड्न खोजेको छ ।

यो तथ्यले यसो भन्छ कि ‘ब्लु जोन’ भनेर चिनाइएका स्थानहरूका आहारका मात्राहरूसँग दीर्घायुको सम्बन्ध छैन । बरु दीर्घायुमा असर पार्ने मुख्य कुरा भनेको वातावरणीय कारकहरू हुन् । उदाहरणका लागि, शुद्ध खानेपानीको उपलब्धता, राम्रो ढल व्यवस्थापन, स्वास्थ्य प्रणालीमा समान पहुँच, शान्त समाज र अर्थिक समानता जस्ता कुराहरू दीर्घायुको प्रमुख कारक हुन् । यी कारकहरू मुख्य रूपमा सरकारका नीति तथा समाजमा सम्पत्ति वितरणसँग सम्बन्धित हुन्छन्, जुन व्यक्तिगत प्रयासभन्दा बाहिरको कुरा हो ।

जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थ अष्ट्रेलियाका कार्यकारी निर्देशक ब्रुस नील्सका अनुसार, शारीरिक गतिबिधिलाई जीवनशैलीमा समावेश गर्नु, हरिया पातदार तरकारीको उपभोग गर्नु जस्ता सल्लाहहरू सही हुन् । तर, ‘ब्लु जोन’ जीवनशैलीको अनुकरण गर्दै नियमित मदिरा सेवनलाई पनि स्वास्थ्यप्रद भनेर प्रचार गर्नु गलत हो, किनकि मदिरा कुनै पनि हृदय स्वस्थ आहारको हिस्सा होइन ।


Adv_2.gif 1.6 MB


प्रमाणित आहार विज्ञ डा. डेजी कोयलका अनुसार, दीर्घायुको लागि कुनै विशेष सूत्र छैन । तर, स्वस्थ आहार, शारीरिक तौलको सन्तुलन, धूम्रपान नगर्ने, नियमित व्यायाम गर्ने र मदिरा सीमित मात्रामा सेवन गर्ने जस्ता तत्वहरूले दीर्घायुमा सकारात्मक भूमिका खेल्न सक्छन् । साथै, तनाव व्यवस्थापन, पर्याप्त निद्रा, स्वस्थ सम्बन्धहरू निर्माण गर्ने र जोखिमपूर्ण गतिविधिहरूबाट टाढा रहनु पनि महत्त्वपूर्ण छन् ।

उमेरसँगै रोगको सम्भावना बढ्छ, तर त्यो स्वास्थ्य जीवन बाँच्न नसक्ने कुरा होइन । सिड्नी विश्वविद्यालयका स्वस्थ बुढ्यौलीका प्राध्यापक युन–ही जेउनले ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने वृद्ध मानिसहरूलाई अध्ययन गर्दै सामाजिक सम्बन्धको दीर्घायुमा महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । उहाँका अनुसार, केही नजिकका मानिसहरूसँगको सम्बन्ध र नियमित सम्पर्कले मानिसहरूको दीर्घायु र जीवनको गुणस्तरमा ठूलो असर पार्न सक्छ ।

ब्लु जोनहरूबारेका मिथकहरू वास्तविकतामा आधारित नभए पनि, दीर्घायुको लागि केही आधारभूत जीवनशैलीका परिवर्तनहरूले योगदान पुर्‍याउनु सक्छन् । तर, दीर्घायुको मुख्य सूत्र व्यक्तिगत प्रयासभन्दा बढी समाज र सरकारले उपलब्ध गराएका अवसरहरूमा निर्भर रहन्छ । दीर्घ जीवन जिउन खोज्नेभन्दा गुणस्तरीय जीवन जिउनमा ध्यान दिनु महत्त्वपूर्ण छ ।


The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शुक्रबार, ०९ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB153225HGBCZWS83QERG3JN.png

‘महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भूमिका खेल्न सक्छन’

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले समाजमा रहेका लैङ्गिक विभेदहरूलाई अन्त्य गर्दै महिला तथा बालबालिकाका लागि समान अधिकार र अवसरहरू सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायको सहकार्य आवश्यक रहेको बताएका छन् ।


baba_education.gif 870.63 KB


शुक्रवार नागरिक समाजको प्रतिवेदनमाथिको राष्ट्रिय परामर्श कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले महिलाहरूले विकासको बलियो स्तम्भको रूपमा भूमिका सक्ने भएका कारण आफू महिला अधिकार सुनिश्चित गर्नको लागि तत्पर रहेको बताएका हुन् ।


PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB


उनले भने, ‘सरकार र सम्बन्धित संस्थाहरू मिलेर समाजमा रहेका लैङ्गिक विभेदहरूलाई अन्त्य गरी महिला तथा बालबालिकाका लागि समान अधिकार र अवसरहरू सुनिक्षित गर्न, समान अवसरका लागि मार्ग प्रशस्त गर्न सकिन्छ । महिला सशक्तीकरण आवश्यक छ । र महिलाहरूले विकासको बलियो स्तम्भको रूपमा भूमिका खेल्न सक्छन् भन्ने कुरामा म आफै दृढ विश्वस्त छु । म महिला अधिकारको लागि निरन्तर तत्पर रहेको छु ।’


Daily_Dose_Adv_07_07.gif 652.54 KB


उनले महिला र बालबालिकाहरूका लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुको साथै सहभागितामूलक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।


swastikplay and hardware (3).gif 338.56 KB


‘त्यसैले महिला र बालबालिकाहरूका लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुको साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु । यो सम्मेलन महिला र बालबालिकाको सशक्तीकरणमा ठुलो योगदान पुर्‍याउनेछ भन्ने आशा व्यक्त गर्दछु । महिला तथा बालबालिकाको सशक्तीकरणका लागि भएका समस्याहरूलाई उजागर गर्दै समाधानको बाटो पहिल्याउनेछ भन्ने आशा गर्दै तथ्यपरक प्रतिवेदन बन्नेछ भन्ने विश्वास लिन चाहान्छु,’ उनको भनाइ छ ।


Adv_2.gif 1.6 MB

प्रकाशित मितिः शुक्रबार, ०९ कात्तिक २०८१