शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J11Q21SDYXMEYCMBWS3NZ5Z2.jpg

स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो

भक्तपुर, ९ असार I स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्यको क्षेत्रमा बजेट बढाउँदै लगेको बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा जीवन विज्ञान नामको संस्थाले आज यहाँ आयोजना गरेको साताव्यापी ऊर्जा ध्यान शिविरमा उहाँले जनताको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा सरकारले क्रमशः लगानी बढाउँदै गएको बताउनुभयो ।

सचिव मैनालीले स्वास्थ्य क्षेत्रमा भएको लगानीलाई कम गर्न रोग लाग्नुभन्दा रोग लाग्नै नदिने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । सचिव मैनालीले भन्नुभयो, “देशमा जटिल र नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सर्नेभन्दा नसर्ने रोग  चुनौती बनेका  छन् । जथाभावी खानपानले रोग बढेको छ ।” सातदिने शिविरमा सहभागी दुई सय प्रशिक्षार्थीलाई जीवन विज्ञानका प्रशिक्षकद्धय विन्दा आचार्य र प्रदीप प्रणव प्रशिक्षण दिनुहुनेछ ।

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J11PT1SQTENVFEM4E1W3BWH7.jpg

डा हर्क गुरुङ उद्यान बनाउन १५ लाख प्रदान

लमजुङ, ९ असार I भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा हर्क गुरुङ जन्मेको गाउँमा उद्यान निर्माण गर्न रु १५ लाख प्रदान गरेको छ । मस्र्याङ्दी गाउँपालिका–७ मा उहाँको स्मृतिमा उद्यान निर्माण गर्न शनिबार सोही पालिकाको ताङ्लीचोकस्थित डा. हर्कको समाधीस्थलमा एक कार्यक्रम आयोजना गरी उक्त रकम बराबरको चेक समाजका अध्यक्ष दलबहादुर गुरुङले डा हर्क गुरुङ प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभयो ।     
      
चेक हस्तान्तरण गरेपछि समाजका अध्यक्ष गुरुङले प्रतिष्ठानका नाममा सन् २०२३ डिसेम्बर ११ मा बेलायतमा ‘च्यारिटी’ शो गरेर प्रतिष्ठानका लागि उक्त रकम सङ्कलन गरिएको बताउनुभयो ।     
      
प्रतिष्ठानका अध्यक्ष गुरुङले उद्यान निर्माणका लागि १५ देखि २५ रोपनी जग्गा आवश्यक परेको बताउनुभयो । प्रतिष्ठानका अनुसार बेलायतमा रहेको उक्त संस्थासहित चारवटा संस्थाबाट हालसम्म रु २७ लाख ५० हजार प्राप्त भएको छ । स्वदेश र विदेशबाट गरी हालसम्म रु ४० लाख सहयोग प्राप्त भएको छ ।     
      
विश्व वन्यजन्तु कोषले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कने क्रममा २०६३ साल असोज ७ गते शनिबार ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा डा गुरूङसहित २४ जनाको मृत्यु भएको थियो ।   

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J11MQ9TYBMZF7APH8P52WSF6.jpg

टि–२० विश्वकपः भारतद्वारा बङ्गलादेश पराजित

काठमाडौँ, ९ असार I आइसिसी टि–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत गए राति सम्पन्न खेलमा भारतले बङ्गलादेश माथि ५० रनको जित हासिल गरेको छ । एन्टीगुवामा भएको खेलमा भारतले दिएको एक सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रनमा समेटियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बङ्गलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाएभने तान्जिद हसनले २९ तथा ऋषाद होसेनले २४ रन जोडे ।

भारतका लागि कुलदीप यादवले तीन तथा अर्शदीप सिंह र जसपृत बुम्राहले समान दुई–दुई विकेट लिए ।  हार्दिक पान्ड्यले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९६ रनको योगफल बनाएको थियो । भारतका लागि हार्दिक पान्ड्यले २७ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ५० रन बनाए । त्यसैगरी  विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम दुबेले ३४ तथा  कप्तान रोहित शर्माले २३ रन जोडे ।

बङ्गलादेशका तान्जिम हसन सकिब र ऋषाद हुसेनले समान दुई–दुई विकेट लिए भने शाकिब अल हसनले एक विकेट लिएका थिए ।

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J11MZZ5YV2MJEB3RKAE4ZCWR.jpg

पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ, ९ असार I गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताउनुभयो । 

सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौँ, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।  

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J11HQ6HS2HVK1X828CK351ZW.jpg

बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, छजना घाइते

काँक्रेविहार (सुर्खेत), ९ असार I भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ ।  

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिनुभयो । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो । 

बाढीमा परी कुशे–४ तम्तीका  राजेन्द्रबहादुर  शाही,  खिमबहादुर  शाही,  पृथ्वीबहादुर  शाही, जीवन जैसी, कुशे –१ तारेचौरका  गोविन्द  रावत र दीपेन्द्रबहादुर  चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J11H7689BEBTFSKQ1ZHD64M2.jpg

‘नेपाल आइडल–५’ को उपाधि करणलाई

काठमाडौँ, ९ असार I प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उहाँ विजेता बन्नुभएको हो ।     
     
विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गर्नुभयो । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गर्नुभयो ।     
     
विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिनुभएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायक हुनुहुन्थ्यो ।     
 

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J11AMVHDN2W7AJQV7Z8FB58D.jpg

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी

काठमाडौँ ९ असार I जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 

विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले आज बिहान ६ः०० बजे प्रकाशन गरेको मौसम ‘बुलेटिन’मा जनाएको छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले विभागले सतर्कता अपनाउनु अनुरोध गरेको छ ।

प्रकाशित मितिः आइतबार, ०९ असार २०८१
https://jawaaf.com/storage/01J0ZX27PTJ13WCA3ZZNX6G952.avif

रफाह नजिकै विस्थापित प्यालेस्टिनी शिविरमा भएको इजरायली आक्रमणमा कम्तिमा २५ को मृत्यु, ५० घाइते

गाजापट्टी, ८ असार I गाजा स्वास्थ्य मन्त्रालयले रफाह नजिकै अल–मवासीमा रहेको विस्थापित प्यालेस्टिनी शिविरमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको जनाएको छ। 

यसबाहेक राफाहको उत्तरपश्चिममा रहेको अल–शकौस क्षेत्रमा इजरायली गोलाबारीमा धेरै मानिस मारिएको र घाइते भएको प्यालेस्टिनी नागरिक सुरक्षा एजेन्सीले बताएको छ। इजरायली सेनाले गाजा सहर नगरपालिकाको ग्यारेज र सहरको पाँच तले भवनमा बम प्रहार गरेको अल जजिराले जनाएको छ। 

यसअघि गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली सेनाले कम्तीमा ३५ प्यालेस्टिनीको हत्या गरेको र इजरायल र हमासबीच जारी युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार ४३१ पुगेको जनाएको थियो। 

यसैबीच, यस क्षेत्रमा इजरायली नाकाबंदी जारी रहँदा मानवीय अवस्था बिग्रँदै गइरहेको छ । फ्रान्सेली मेडिकल राहत समूह (एमएसएफ)ले शुक्रबार स्वास्थ्य सेवा सामग्री आपूर्ति अभावका कारण गाजामा स्वास्थ्य सेवा सञ्चालन स्थगित गर्नुपर्ने हुनसक्ने बताएको छ। 

“एमएसएफले अप्रिलको अन्त्यदेखि गाजामा कुनै पनि चिकित्सा आपूर्ति ल्याउन सम्भव नभएकाले भ आवश्यक औषधि र उपकरणको गम्भीर अभावको सामना गरिरहेको छ“, राहत समूहले एक विज्ञप्तिमा भन्यो। अन्तर्राष्ट्रिय चेतावनीका बावजुद  इजरायलले मे महिनामा रफाहमा हमासविरुद्ध प्रतिआक्रमण सुरु गरेको थियो।-रासस / एएनआई

प्रकाशित मितिः शनिबार, ०८ असार २०८१
https://jawaaf.com/storage/01J0ZWP44X78V42RH0HVQSXKM4.jpg

आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैनः महामन्त्री थापा

काठमाडौँ, ८  असार I नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१)ले आज यहाँ आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उहाँले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।     
      

“पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ”, उहाँले भन्नुभयो ।     
      
महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत छलफल गरिने बताउनुभयो । उहाँले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । “निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।     
      
उहाँले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण विस २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गर्नुभयो । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।     
      

महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभएपनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गर्नुभयो । “कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठीक ठाउँमा उभ्याउने काम कांग्रेसको हो”, उहाँले भन्नुभयो ।     
      
उहाँले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरु संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । “प्रदेशहरु अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरु घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ”, महामन्त्री थापाले बताउनुभयो । उहाँले नेता तथा कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।     
      
पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौँको सङ्गठन बलियो हुँदा देशभरको पार्टी सङ्गठन बलियो हुने बताउनुभयो । “काठमाडौँको सङ्गठनले देशभरलाई दिशानिर्देश गर्न सके पार्टी मजबुद बन्छ”, उहाँले भन्नुभयो । भ्रष्टाचारविरुद्ध कांग्रेस शशक्त भएर उभिनुपर्ने उहाँको भनाइ छ ।     
      
नेता पौडेलले जनताका विषयलाई एजेण्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । “एजेण्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ”, नेता पौडेलले भन्नुभयो । क्रियाशील सदस्य वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्न जरुरी रहेको उहाँको भनाइ थियो । नेता पौडेलले कलङ्की-चावहिल चक्रपथ क्षेत्रलाई चाँडो निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।     
      
कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले कांग्रेसलाई राम्रो, गतिशील र नेतृत्व प्रदान गर्ने शक्तिका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । “लोकतन्त्रलाई ल्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको कांग्रेसलाई काठमाडौँबासीले बलियो भएको हेर्न चाहन्छ, यसलाई तपाईँ हामी मिलेर पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।     
      
कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले नेताले आफ्नो क्षेत्र सुरक्षित गर्न काठमाडौँलाई प्रयोगशाला बनाएको बताउनुभयो । “नेताले आफूले चुनाव जित्नका लागि राम्रो सङ्गठन भएको काठमाडौँमा गठबन्धन गर्दा यहाँको सङ्गठन कमजोर भयो”, उहाँले भन्नुभयो ।     
      
कांग्रेस काठमाडौँका पूर्वसभापति भीमसेनदास प्रधानले पार्टीको विधानलाई समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र एउटै व्यक्तिले पटक-पटक अवसर पाउने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । “सहकारी अनियमितताको विषयलाई ओझेलमा पार्ने छानबिन समिति चयन गरिएको छ”, उहाँले भन्नुभयो ।     
      
  कार्यक्रममा वाग्मती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोल, बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठ, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्य, कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का पूर्वसभापति न्हुच्छेनारायण मानन्धर, कांग्रेस काठमाडौँ महानगरपालिका-२८ का सभापति दीपङ्गप्रसाद प्रधानाङ्गलगायतले देश र जनताले कांग्रेसको एजेण्डा खोजेको बताउनुभयो ।     
      
कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) का सभापति ख्यामराज तिवारीले सुशासनलाई कांग्रेसले प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ का पूर्वक्षेत्रीय सभापति न्हुच्छेनारायण मानन्धर, काठमाडौँ महानगरपालिका-२६ का पूर्वअध्यक्ष विश्वम्भरलाल प्रधानलगायत पार्टीमा विशिष्ट योगदान दिने डेढ दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो ।  

प्रकाशित मितिः शनिबार, ०८ असार २०८१
https://jawaaf.com/storage/01J0ZWDAE7GKTJ32ZE5G53WVV0.jpg

समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छ : प्रधानमन्त्री

काठमाडौँ, ८ असार I प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै वर्तमान सत्तासमीकरण निरन्तर रहने बताउनुभएको छ ।     
      
तामाङ राष्ट्रिय मुक्तिमोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले वर्तमान सत्तासमीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरणले निरन्तरता पाउने बताउनुभएको हो ।     
      
प्रधानमन्त्रीले भन्नुभयो, “आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्ने किसिमको प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशङ्का म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ । समझदारीका साथ नै अगाडि बढ्छौँ । सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन ।”     
      
प्रधानमन्त्रीले मुलुकका जाति, जनजातिले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न जाति, जनजातिहरूको योगदान नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका विषय हाम्रा हुन् । उत्पीडित वर्गले जति अधिकार पाएका छन्, त्यो माओवादीका कारण प्राप्त भएको हो ।”     
      
प्रधानमन्त्रीले जनयुद्ध कुनै पार्टी विशेषको नभएर आमनेपाली मुक्तिकामी जनताको सङ्घर्ष भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जनयुद्ध जनताको युद्ध थियो । लाखौँ जनताले आफ्नो मुक्तिका लागि सङ्घर्ष नगरेको भए आजको परिस्थिति आउँदैनथ्यो । आज हामी नितान्त भिन्न परिस्थितिमा छौँ । हामी परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा आएका हौँ । यही आधारमा टेकेर समाजवादको मार्ग तयार गर्छौं ।     
      
प्रधानमन्त्रीले चाँडै पार्टी केन्द्रीय समितिको बैठक गरेर विशेष महाधिवेशनको मिति निर्धारण हुने बताउँदै पार्टीका सबै नेताकार्यकर्ताले फुर्सद नपाउनेगरी अभियान सञ्चालन गरिने जानकारी दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।       

प्रकाशित मितिः शनिबार, ०८ असार २०८१