शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J0EANGYMQDNK61EM1KFVBSFV.jpg

दिक्तेलमा साकेला उँभौलीको मैझारो

खोटाङ I

सारङ्गी र्‍याइँ–र्‍याइँ रेटौँला !   
अर्को साल फेरि भेटौँला !!   
भेटौँला लै–लै भेटौँला...   
  
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकारे खेलमैदान िहजो दिनभर ढोल, झ्याम्टाको तालमा यस्तै गीतले गुञ्जयमान बन्यो । ढोल–झ्याम्टका तालसँगै नाच्न कस्सिएका बालबालिकादेखि बूढापाकासम्म साकेला सिलीमा रमाइरहँदा मुहारमा बेग्लै हर्ष देखिन्थ्यो ।   
  
किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले आज संयुक्त रूपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा गैरकिरातले समेत लहर मिलाएर सिली नाचे । माझ किरात भनेर चिनिने खोटाङमा शनिबारबाट यो वर्षका लागि साकेला उँभौली चाड औपचारिक रूपमा मैझारो (समापन) गरिएको छ ।   
  
किराती समुदायले वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली गरी वर्षमा दुईपटक साकेला सिली चाड मनाउँदै आएका छन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उभौली भन्ने गरिएको हो ।   
  
उभौलीमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस्, सुब्बेफाब्बे होस् लगायतका कामना गर्दै प्रकृतिको पूजा गर्ने प्रचलन छ । तीनचुल्हा तथा भूमेथानहरूमा पूजाआजा गरेपछि सामूहिक रूपमा गोलो घेरामा छोरीचेली, बाउमाइती, युवायुवतीलगायत सहभागी भएर साकेला गीत गाउँदै सिली नाच्ने गरिन्छ ।   
  
उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उधौली मनाउने गरिएको हो ।   
  
साकेला उभौली–उधौली चाडलाई आफन्तसँगको भेटघाट गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि मान्ने गरिएको छ । उभौलीका अवसरमा मझुवागढी, तुवाचुङ–जायजुम, छोङ्खालगायत किरातका महत्वपूर्ण थलो तथा विभिन्न भूमेथानमा एक महिनासम्म प्रकृतिको पूजा गरी साकेला सिली नाचिन्छ ।   
  
साकेला सिली किरातीले मात्र नभइ सबै जातजाति तथा धर्म समुदायले समेत नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभयो ।   
  
मझुवागढीबाट औपचारिक रूपमा सुरुआत गरिएको साकेला उभौली एक महिनापछि आज दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिएको छ । समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलगायत सहभागी भएर सामूहिक रूपमा साकेला सिली नाचेका थिए ।   
  
छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक वेशभुषामा ठाँटिएर हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभइ गैरकिरात समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरुन् भन्ने कामनासहित साकेला उभौली तथा उधौली मनाइन्छ ।   
  
हातखुट्टाको चालले पङ्क्तिबद्ध भएर साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रिया प्रदर्शन गरिन्छ । साकेला उभौली तथा उधौलीको अवसरमा किरात समुदायको घनाबस्ती रहेका हरेक गाउँ तथा टोलहरू ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्ने गर्छन् ।   
  
साकेला उभौली तथा उधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । यसलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् ।   
  
यसैबीच उभौली चाड समापनका अवसरमा साकेला सिली प्रतियोगितासमेत आयोजना गरिएको थियो । विभिन्न जिल्लाका २३ समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा किरात राई यायोख्खा प्रारम्भिक समिति भोजपुर देउराली पहिलो भएको छ । प्रतियोगितामा जनसांस्कृतिक युवा समूह रतन्छा दोस्रो, पारुहाङ सेवा समाज रतन्छा तेस्रो तथा कर्णकुमारी राई स्मृति प्रतिष्ठान सान्त्वना भएका छन् । विजयी समूहलाई क्रमशः नगद रु २० हजार, १५ हजार, १० हजार र रु पाँच हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।  

प्रकाशित मितिः शनिबार, ०१ असार २०८१
https://jawaaf.com/storage/01J0EABXNY037AQ8GP1790FRH7.png

यु–१९ सुदूरपश्चिम छनोटको उपाधि बैतडीलाई

बैतडी I  वाइवाइ यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटको उपाधि बैतडीले जितेको छ ।िहजो सम्पन्न फाइनल खेलमा कैलालीमाथि ७४ रनको जित निकाल्दै बैतडीले उपाधि रक्षा गरेको हो ।   
  
बैतडीले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको कैलाली २५ दशमलव पाँच ओभरमा एक सय ५६ रनमा अलआउट भयो । नरेन साउदले अर्धसतकीय पारी खेल्दै ६२ रन बनाए पनि अन्य ब्याटरले खासै प्रदर्शन गर्न नसक्दा कैलालीले उपविजेतामै चित्त बुझायो ।   
  
बैतडीका सचिन भट्ट एक्लैले छ विकेट हात पारे । म्यान अफ द फाइनल समेत चुनिएका सचिनले सात दशमलव पाँच ओभरमा ४१ रन खर्चिँदै छ विकेट लिएका हुन् ।   
  
यसअघि परशुराम रङ्गमैदानमा पहिला ब्याटिङ गरेको बैतडी ४५ ओभरमा दुई सय ३० रनमा समेटियो । जसमा आयुस चन्दले अविजित ६३, कप्तान नरेन भट्टले ४८, सुमित बुडालले ३८, सचिन भट्टले २६ रन योगदान गरे । कैलालीका लागि डम्बर माझी र भुपेश जोशीले तीन-तीन विकेट झारे ।   
  
विजेता तथा उपविजेता खेलाडीलाई नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्का, केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीलगायतले पुरस्कार वितरण गर्नुभयो ।   
  
गत जेठ २० गतेदेखि सुरु भएको प्रतियोगितामा क्यान आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता थियो । यो छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो ।  

प्रकाशित मितिः शनिबार, ०१ असार २०८१
https://jawaaf.com/storage/01J0EA3NWYPNW431YZDQ5QCG93.jpg

किसानलाई प्रोत्साहन गर्न लहानको आँप ‘ब्राण्डिङ‘

सिरहा I स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ । आँपको राजधानी मानिएको लहानबाट आजदेखि औपचारिकरूपमा आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्राण्डिङ’ तथा बजारीकरण कार्यक्रम सुरु भएको हो ।   
  
गत वर्ष ३० मेट्रिक टन आँप ब्राण्डिङ गरी काठमाडौँलगायत देशका विभिन्न सहरमा बिक्री वितरण गरेको लहान नगरपालिकाले यस वर्ष ५० मेट्रिक टन बिक्री गर्ने लक्ष्यसहित लहानको आँप ‘ब्राण्डिङ’ कार्यलाई निरन्तरता दिएको नगरपालिकाका कृषि शाखाका संयोजक एवं वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले बताउनुभयो ।   
  
यहाँको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादिरहित शुद्ध आँप उपभोग गर्न पाउन् भनी नगरले निजी क्षेत्रसँग समन्वय गरी आँपको ब्राण्डिङ थालेको उहाँले जानकारी दिनुभयो ।   
  
“गत वर्षभन्दा यस वर्ष व्यवस्थित रूपमा यहाँको उत्पादित आँपको ब्राण्डिङ गरी बजारीकरण गर्ने योजनाअनुसार आजदेखि काम सुरु गरेका छौँ । यहाँको सरस्वती कृषि फार्मसँग सम्झौता गरी आँपमा लोगो लगाएर काठमाडौँ पठाउने तायारी गरिएको छ”, संयोजक चौधरीले भन्नुभयो, “किसानले असार सुरु भएसँगै मालदह आँप बजारमा ल्याउन थाल्ने भएकाले सङ्कलन गरी पठाउन सम्पूर्ण तयारी गरिएको छ ।”   
  
नगरपालिकाले आँपको जातीय शुद्धता र गुणस्तरीयतासहित काठमाडौँको शान्तिनगरमा ‘लहानको आँप’ बिक्री कक्ष सञ्चालन गर्ने भएको छ । राष्ट्रव्यापी अनलाइन माग तथा ‘होम डेलिभरी’का लागि ओयो पसललाई आधिकारिक ‘अनलाइन पार्टनर’ नियुक्त गरिएको कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले जानकारी दिनुभयो ।   
  
उहाँका अनुसार यहाँ उत्पादित आँपको ब्राण्डिङ, प्याकेजिङ, डेलिभरी, ढुवानी, बिक्रीकक्ष तथा अन्य आवश्यक सामग्रीमा ५० प्रतिशत अनुदान दिई निरन्तर अनुगमन र मूल्याङ्कनसमेत गरिनेछ ।   
  
स्थानीय आँपको ब्राण्डिङसँगै नगरपालिकाले राख्ने दरभाउमा यहाँका किसानले राम्रो मूल्य पाउने भएपछि आँप खरिद बिक्रीमा बिचौलिया वर्गले लाभ उठाउने परिपाटीको अन्त्य गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो ।   
  
उहाँले भन्नुभयो, “यहाँका किसानलाई उत्साहित बनाउन नगरपालिकाले आँपको ब्राण्डिङ गरेको हो । यसले यहाँ उत्ािपदत आँपको पहिचान बनाउने छ । योसँगै उपभोक्ताले विषादीरहित नेपाली आँप बजारमा पाउनेछन् ।” नगरप्रमुख चौधरीले आँपलाई लामो समयसम्म भण्डारण गरिराख्न चिस्यान केन्द्र आवश्यक भएको भन्दै त्यसका लागि प्रदेश तथा सङ्घीय सरकारलाई सहयोगका लागि अनुरोधसमेत गर्नुभयो ।   
  
लहानलाई आँपको पकेट क्षेत्रका रूपमा चिनिन्छ । मुख्यगरी यहाँको वडा नं १२, १३, १४, १५, २३, १५, १८, १९ र २४ मा किसानले बीघौबीघा आँपखेती गर्ने गरेका छन् ।

प्रकाशित मितिः शनिबार, ०१ असार २०८१
https://jawaaf.com/storage/01J0E99TQKZTWHGRP9S3XN7PZG.png

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, १ असार I नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एकले घटाएको हो ।

निगम सञ्चालक समितिको आजको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको  हो । निगमले घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाएको छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा रु एक ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा रु एक सय ६५ मूल्य कायम भएको छ ।

त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एक सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत रु एक सय ५१ र तेस्रो वर्गअन्तर्गत रु एक ५२ मूल्य कायम गरिएको निगमले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, ०१ असार २०८१
https://jawaaf.com/storage/01J0E0MAZRAK1M92WJHCQMXW0P.jpg

कोशी प्रदेश : ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक

विराटनगर, १ असार I कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ ।

कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ को नियम ११४(१) बमोजिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आवका लागि राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट प्रस्तुत गर्नुभएको हो । सार्वजनिक गरिएको बजेटमध्ये चालु खर्चतर्फ रु १४ अर्ब ४७ करोड २३ लाख तथा पुँजीगत खर्चतर्फ रु १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थातर्फ रु दुई करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ५८ करोड ५० लाख विनियोजन गरिएको छ । चालु खर्चमध्ये सङ्घीय अनुदान फिर्ता रु तीन अर्ब रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु चार अर्ब ९८ करोड, राजस्व बाँडफाँटबाट रु १२ अर्ब ४० करोड आठ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ करोड ९४ लाख, समपूरक अनुदानबाट रु ६५ करोड ५० लाख तथा विशेष अनुदानबाट रु ७८ करोड एक लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रु ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोर्ने तथा बाँकी नगद मौज्दातबाट रु तीन अर्ब २५ करोड र वैदेशिक अनुदानबाट रु १० करोड ५९ लाख व्यहोर्ने आज सार्वजनिक गरिएको बजेटमा उल्लेख छ ।

प्रकाशित मितिः शनिबार, ०१ असार २०८१
https://jawaaf.com/storage/01J0DZMMHXZ0E7GCPWNCJB6T6W.jpg

गर्मीमा महीको व्यापार

चितवन, १ असार I चर्को गर्मीसँगै यहाँका दुई सहकारी संस्थाले दुधबाट मही उत्पादन गरेर बजारीकरण गरिरहेका छन् । अन्नपूर्ण र गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो नयाँ उत्पादनका रुपमा महीलाई बजारमा ल्याएका हुन् ।   
 
परीक्षण स्वरुप अहिले दुवै सहकारीले दैनिक एक–एक हजार बोटल मही उत्पादन गरेर बजारमा बिक्री गर्न थालेका छन् । अन्नपूर्ण सहकारी संस्थाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी मही उत्पादन गरी बजारमा ल्याएको संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दैनिक आधा लिटर र एक लिटरका बोटलमा उत्पादन हुँदै आएको छ ।   
 
पछिल्लो समय मानिसले पिउने कोकाकोलालगायत पेयपदार्थको सट्टा मानव शरीर स्वास्थ्यलाई लाभ उपयुक्त हुनाका साथै कम खर्चिलो हुने भएकाले यसको बजारीकरण गर्न थालिएको तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “महीको प्रवर्द्धन गर्न सके अन्य पेयपदार्थको सेवन घटाउन सकिन्छ । महीको उत्पादन र बजारीकरण हुँदा किसान पनि प्रत्यक्ष लाभान्वित हुनेछन् ।”   
 
अहिले आधा लिटरलाई रु ३० र एक लिटरलाई रु ५० मा बिक्री गरिँदै आइएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । “कम मूल्य निर्धारण गरेर भए पनि महीको ‘ब्राण्ड’ बनाउन खोजेका छौँ”, उहाँले भन्नुभयो, “बजारको व्यवस्थापन हुन सके यसको व्यवसाय राम्रोसँग हुने र किसान पनि लाभान्वित हुने आशा गरेका छौँ ।”   
 
भरतपुर महानगरपालिका–१३ मा रहेको गङ्गानगर दुग्ध उत्पादक संस्थाले पनि मही उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ । दैनिक एक हजार बोटल र ८० लिटर खुला मही बिक्री गर्ने गरिएको अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो हाम्रो सुरुवाती काम हो । अहिले परीक्षणको रुपमा बजारमा पठाएका छौँ । यसको प्रतिक्रिया सकारात्मक आए ब्राण्ड बनाउने योजनामा छौँ ।”   
 
प्रतिलिटर एक रुपैयाँँ ५० पैसा नोक्सानी बेहोरेर पनि मही बजारमा पठाएको अध्यक्ष समपकोटाले बताउनुभयो । स्वास्थ्यका लागि फाइदा दिने मही किनेर खानेबानी बसाल्नका लागि घाटा हुँदाहुँदै पनि बजारमा पठाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अन्य पेयपदार्थभन्दा मही फाइदाजनक छ भन्ने देखाउन पहल थालेका छौँ ।”   
 
चितवनसहित अन्य जिल्लाले पनि महीको व्यवसाय सुरु गर्न थालेका जनाउँदै सापकोटाले यसलाई राष्ट्रिय मान्यता दिएर बजारीकरण गर्न आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले हामीले बजारमा स्थानीय उत्पदनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मही पठाएका छौँ । यसलाई राज्यले बजारीकरणमा सहयोग गरेर सकारात्मक पहल गर्नुपर्ने आवश्यकता छ ।” राज्यले दूधमा तोकेको मापदण्डअनुसार नै मही उत्पादन गर्दै आएको उहाँको भनाइ छ ।   
 
चितवन दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले महीको बजारीकरणमा स्थानीय सरकारले सहजीकरण गरेर किसान तथा व्यापारीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी समयमा अन्य पेयपदार्थ भन्दा यो उत्तम हुन्छ र सस्तो पनि पर्छ । यसलाई राज्यले सहयोग गर्न सके किसान, व्यावसायीका साथै जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्नेछ ।”   
 
अहिले उत्पादन गर्दै आएका संस्थालाई राज्यका तर्फबाट सहयोग हुनसके स्थानीय उत्पादनले बजार पाउने सङ्घका अध्यक्ष बगालेको भनाइ छ । अहिले यहाँका उत्पादनले आफँै बजार खोज्नुपर्ने समस्या राज्यले हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । यहाँ उत्पादित मही अहिले चितवनसहित नवलपरासी (वर्दघाट–सुस्ता पूर्व), गोरखा र लमजुङ जाने गरेको उहाँले जानकारी दिनुभयो ।   
 
भरतपुर महानगर क्षेत्रभित्रका डेरी उद्योग र दुग्ध उत्पादक किसानलाई महानगरले सहयोग गर्दै आएको छ । यहाँका किसानले दुधमा प्रतिलिटर रु तीन अनुदान पाउँदै आएका छन् भने डेरी उद्योगलाई महानगरले साझेदारीमा अनुदान सहयोग गर्दै आएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मितिः शनिबार, ०१ असार २०८१
https://jawaaf.com/storage/01J0DSDCJQW49PJM7S44RPJ9RP.jpg

विराटनगरका सडकलाई सुन्दर बनाउने अभियान

मोरङ, १ असार I विराटनगरलाई सुन्दर सहरका रुपमा विकास गर्ने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्य परियोजनाको आज शुभारम्भ गरिएको छ । महानगरपालिका प्रमुख नागेश कोइरालाले विराटनगर–६ र ९ स्थित भट्टीचोकमा रहेका डिभाइडरको बीचमा आज फूलका बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभएको हो ।     
      
महानगर प्रमुख कोइरालाले रोपिएका फूल एवं बिरुवा संरक्षणका लागि नगरवासीलाई आग्रह गर्दै आगामी दिनमा थप क्षेत्रमा अभियान सञ्चालन गरिने र यसलाई नगरको गहनाका रुपमा लिनुपर्ने बताउनुभयो ।     
      
महानगरमा रहेका वित्तीय संस्थाको सहयोगमा वरगाछीदेखि रानीसम्म पाँच किलोमिटर क्षेत्रमा रु ५५ लाखको लागतमा आगामी एक वर्षभित्र ४६ वटा मिडियम (डिभाइडर) सडक सौन्दर्य अभियान सम्पन्न गरिने अभियान उपभोक्ता समितिका अध्यक्ष बेनीगोपाल मुण्दडाले जानकारी दिनुभयो ।     
      
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र महानगरकी उपप्रमुख शिल्पा कार्कीले नगर क्षेत्रलाई सुन्दर बनाउन अभियानबाट मद्दत हुने बताउनुभयो । फूल र बिरुवाको सुरक्षाका लागि तारजाली लगाउन, फूल रोप्ने ठाउँमा खाल्डो खन्ने, मल हाल्नेलगायत कार्य सम्पन्न भएको छ ।     
    

प्रकाशित मितिः शनिबार, ०१ असार २०८१
https://jawaaf.com/storage/01J0DNZW6K7KBEQGDFNVS8SF84.jpg

पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ, १ असार I ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।     
     
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा रु १६ लाख ६५ हजार नौ सय ५६ सङ्कलन भएको छ । सङ्कलित भेटी बैङ्कमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ ।     
 

प्रकाशित मितिः शनिबार, ०१ असार २०८१
https://jawaaf.com/storage/01J0DFGQETRYNFCK0BD6BWP2F0.jpg

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा

जलेश्वर, १ असार I  महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका रहेको जलेश्वर भन्सारअगाडि जानकी मन्दिरको अनुभूति गराउने प्रवेशद्वार निर्माण गरिएको छ ।   
  
जलेश्वर भन्सार कार्यालयको रु एक करोड ८८ लाख ३३ हजार नौ सय ३९ लागतमा जनकपुरमा अवस्थित जानकी मन्दिर जस्तै आकर्षक प्रवेशद्वार निर्माण गरिएको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलले बताउनुभयो । प्रवेशद्वारमा जानकी मन्दिरको जस्तै आकर्षक बुट्टा काट्ने, रङ्गरोगन गर्ने र बत्ती जडान गर्न भन्सारले चालु आवमा पुनः रु ६६ लाख ९३ हजार एक सय ८५ प्रदान गरेको थियो ।   
विश्वसम्पदा सूचीमा समावेश गर्न सिफारिस गरिएको जनकपुरस्थित जानकी मन्दिरजस्तै देखिने यो प्रवेशद्वार हेर्न महोत्तरी आसपासका क्षेत्रका साथै भारतबाट पनि सयौँ मानिस दैनिक रूपमा यहाँ आउने गरेका छन् ।  

प्रकाशित मितिः शनिबार, ०१ असार २०८१
https://jawaaf.com/storage/01J0DDEN9RP1KJ1EA8KSK53V2S.jpg

संस्कृतिलाई जोड्दै गुरुङ सम्पदा पदमार्ग

गण्डकी, १ असार I गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्र्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ । जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएका अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्र्दै त्यहाँका संस्कार संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको हो । सङ्घले गुरुङहरूको प्राचीन बस्ती ताङतिङदेखि करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुुभयो ।   
  
सङ्घले हालै नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मस्र्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा यही जेठ २१ गतेदेखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवं प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको उहाँले जानकारी दिनुुभयो ।   
  
मौलिक भाषा, धर्म र संस्कृतिले सम्पन्न गुुरुङ समुदायका आफ्नै मातृभाषा, मौलिक पोसाक र लिपि रहेका छन् । आफ्ना संस्कार र संस्कृतिलाई पुस्तौँदेखि संरक्षण गर्दै आएको यो समुदायका घाँटु, सोरठीजस्ता परम्परागत संस्कृति पनि छन् । परम्परागत रुपमा भेडापालनसँगै सिलाइबुनाइलाई मुख्य पेसाका रुपमा अपनाउँदै आएको यो समुदाय वर्तमानमा भने विभिन्न सेवा पेसा व्यवसायसँग आबद्ध भएको पाइन्छ । पछिल्ला वर्षमा पर्यटन क्षेत्रमा आकर्षित यस समुदायका व्यक्तिहरू ठाउँ ठाउँमा आफ्ना प्राचीन गाउँ बस्तीमा घरवास (होमस्टे) सञ्चालन गर्दै आएका छन् ।   
  
गण्डकी प्रदेशको कास्कीस्थित घान्द्रुक, सिक्ल्ेस, ताङतिङ, यान्जाकोट, भाचोक, हेम्जाकोटाजस्ता गाउँहरूका साथै लमजुङका घले गाउँ, भुजुङ, पस गाउँलगायतका स्थानमा घरवास सञ्चालनमा आइसकेको छ । आफ्नो मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ हेरिटेज टुरिजम डेस्टिनेसन विकास गर्न लागेको सङ्घका संस्थापक अध्यक्ष गुरुङले बताउनुुभयो ।   
  
“गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धन र विकासलाई सङ्घले प्राथमिकता प्राप्त कर्यक्रमका रुपमा लिएको छ”, उहाँले भन्नुुभयो, “हामीले लक्षित गरेको पदमार्ग छोटोमा चार दिनदेखि १२ दिनसम्म लम्ब्याउन सकिने छ ।” उहाँका अनुसार यस सम्पदा पदमार्ग प्राचीन गुरुङ गाउँहरू ताङतिङ, सिङ्दी, याम्जाकोट, पसगाउँ, भुजुुङ, घलेगाउँ, सिउरुङ, जगत, तिमाङ आदि जुन सुकै ठाउँबाट सुुरु गर्न सकिन्छ । “गुरुङहरुको धर्म, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर संरक्षण र प्रचारप्रसार गर्न गुरुङ पर्यटन व्यवसायी सङ्घले नमुनाको रुपमा गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल अवधारणा ल्याएको हो”, उहाँले भन्नुुभयो ।   
  
गुरुङ सम्पदा पदमार्गलाई प्रकृति र संस्कृतिको सङ्गम थलोका रुपमा विकास गरिने गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले बताउनुुभयो । गुरुङ समुदायको प्राचीन बस्तीका साथै त्यहाँ रहेका पुख्र्यौली बाटोलाई पदयात्रा पर्यटनसँग जोड्ने आफूहरूको लक्ष्य रहेको उहाँको भनाइ छ । पदमार्ग क्षेत्रका अनुपम झरना, प्राकृतिक सौन्दर्यतालाई पदयात्रा पर्यटनसँग जोड्ने गरी आफूहरूले प्रयास थालेको   
उहाँले बताउनुुभयो ।   
  
पदमार्गका माथिल्लो भेगमा क्याम्पिङस्थलको विकाससँगै तल्लो भेगका गाउँका सामुदायिक घरवासलाई जोड्ने योजना रहेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङ बताउनुुहुन्छ । यस पदमार्गले पास गाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरवासलाई पनि जोड्ने उहाँले बताउनुुभयो । कास्कीको लमजुुङ हुँदै मनाङसम्म जोडिने यस पदमार्ग क्षेत्रमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गलाई पनि पदयात्रा पर्यटनसँग जोड्न खोजिएको उहाँको भनाइ छ ।   
  
यस अभियानअन्तर्गत सङ्घले पदमार्ग पहिचानसँगै मानव जीवनका संस्कृति र यहाँमो जीवनशैलीका सूचना सङ्कलन, ब्रोसर प्रकाशन गरिने जनाएको छ । प्रवद्र्धन एवं अन्वेषण भ्रमणका क्रममा पर्यटकीय नक्साको लागि जिपिएस डाटा सङ्कलन तथा फोटो तथा फुटेजहरू सङ्कलनका साथै ट्रेल भिडियो, ट्रेल मार्किङसमेत गरिएको जनाइएको छ ।   
  
गुरुङ सम्पदा पदमार्ग गण्डकी प्रदेशका लागि मात्र नभई नेपालकै एक महत्वपूर्ण पदमार्गका रुपमा स्थापित बन्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेलले बताउनुुभयो । वैकल्पिक पदमार्गको खोजी भइरहेका अवस्थामा यस पदमार्ग छोटो दूरीको हाइकिङदेखि लामो दूरीको पदयात्राका लागि पनि महत्वपूर्ण बन्ने अपेक्षा गरिएको उहाँले बताउनुुभयो ।   
  
यस पदमार्गको प्रवद्र्धन र विकास हुनसकेमा पदमार्ग क्षेत्रमा पर्ने विशेषतः लमजुङ र कास्की जिल्लाका मादी, मस्याङ्दी, क्होलासाँेथर, चामेलगायत गाउँपालिकाका स्थानीय बासिन्दासँगै पर्यटन व्यवसायी लाभान्वित बन्ने उहाँले बताउनुुभयो ।

प्रकाशित मितिः शनिबार, ०१ असार २०८१