सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KFW1FYJ3W4QC54592W4QRPC0.jpg

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

बाँकी हिमाली भू–भागमा आंशिक बादल लागी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षा भैरहेको छ ।

दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु÷कुहिरो रहनेछ । देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

राती कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागी बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मितिः सोमबार, १२ माघ २०८२
https://jawaaf.com/storage/01KFW19BZ9DEF3EH3WJZF8Y2ZS.jpg

महिला टी–२० विश्वकप ग्लोबल छनोट : जित्नैपर्ने दबाबका साथ नेपालले स्कटल्यान्डको सामना गर्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ ।

अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ । तर जीतले मात्र पनि पर्याप्त हुँदैन । नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने अवस्था छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ ।

नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान २ जित अनि ४ अङ्क हुन्छ । यस्तोमा स्कटल्यान्डको बलियो नेटरनरेटमा भएकाले नेपालले ठूलो जीत निकाल्नुपर्ने छ । यदि नेपाल स्कटल्यान्डसँग पराजित भएम स्वतः बाहिरिनेछ भने थाइल्यान्ड र स्कटल्यान्ड दुवै छनोट हुनेछन् । नेदरल्यान्ड्स यसअघि नै छनोट भइसकेको छ ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यस्तै तेश्रो खेलमा भने नेपालले टेस्ट राष्ट्र जिम्बावेलाई हरायो । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।

प्रकाशित मितिः सोमबार, १२ माघ २०८२
https://jawaaf.com/storage/01KFTN8XRSDTENHX1V8JZ3W8K1.jpg

कोशीबाट राष्ट्रियसभामा मेचे र पोर्तेल निर्वाचित, थापा यसअघि नै निर्विरोध

विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट महिला/अल्पसंख्यक समूहमा रोशनी मेचे र दलित समूहमा सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवारहरूले सफलता हासिल गरेका हुन् ।
दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेलले ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । झापाको हल्दिबारी स्थायी बासिन्दा पोर्तेल लामो समयदेखि एमाले संगठन तथा दलित आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन् ।
उनी कांग्रेस–एमाले–जसपा गठबन्धनको समर्थनमा उम्मेदवार बनेका थिए । दलिततर्फ नेकपाबाट खेम सुन्दास उम्मेदवार थिए ।

उनले २०४७ सालमै अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए भने ४७ वर्षकै उमेरमा राष्ट्रियसभा सदस्य बनेका हुन् । यसअघि उनी २०७४ पछि जिल्ला समन्वय समिति झापाको प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । हाल एमाले प्रदेश कमिटी सदस्य रहेका पोर्तेल २०५१ सालदेखि उत्पीडित समुदायको आन्दोलनमा सक्रिय छन् । उनी मुक्ति समाज नेपालको उपमहासचिवसमेत हुन् ।

अल्पसंख्यक समूहअन्तर्गत निर्वाचित रोशनी मेचे पनि झापाकै प्रतिनिधि हुन् । झापाको धाइजन स्थायी बासिन्दा ४३ वर्षीया मेचेले ६४ जना प्रदेशसभा सदस्य र १९९ जना स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले कूल ७ हजार १७३ मतभार प्राप्त गरिन् ।

मेचे झापामा ऐतिहासिक बसोबास रहेको मेचे समुदायकी प्रतिनिधि हुन् । यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय सदस्यका रूपमा सिंहदरबारमा कार्यरत थिइन् । पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी मेचे हाल गोरखापत्र संस्थानमा कार्यरत छिन् । उनी मेचे भाषाका समाचार संयोजन गर्दै आएकी छन् ।

यसअघि कोशी प्रदेशबाट कांग्रेस–एमाले गठबन्धनकै तर्फबाट सुनिल थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मितिः आइतबार, ११ माघ २०८२
https://jawaaf.com/storage/01KFT65S5VG9NN257X19PBCWQ4.jpg

अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द

काठमाडौं । संयुक्त राज्य अमेरिकामा एकसातादेखि तीव्र बन्दै गएको भिषण हिमपातका कारण १४ हजारभन्दा बढी उडान रद्ध भएका छन् ।
शनिबारदेखि सोमबारसम्म १४ हजार ८ सयभन्दा बढी उडान रद्द भएका छन भने दशवटा राज्यमा आपतकाल घोषणा गरिएको छ ।

हिमपातका कारण खतरनाक सडक अवस्था सिर्जना भएसँगै विभिन्न राजमार्गहरू बन्द गरिएका छन् । फ्लाइटअवेयरको तथ्यांक उद्धृत गर्दै सिएनएनले जनाएअनुसार अमेरिकी एयरलाइन्सका निर्धारित उडानमध्ये ४३ प्रतिशत र अटलान्टास्थित डेल्टा एयरलाइन्सका ३५ प्रतिशत उडान ग्राउन्ड गरिएका छन् ।

शनिबार मात्रै डलास र चार्लोट केन्द्रित गरी ४ हजारभन्दा बढी उडान रद्द भएका थिए भने सोमबारसम्म न्यूयोर्क र बोस्टन क्षेत्रमा प्रभाव केन्द्रित हुँदै १ हजार ६ सयभन्दा बढी उडान रद्द भइसकेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेनेसी, जर्जिया, नर्थ क्यारोलाइना, मेरील्यान्ड, अर्कान्सास, केन्टकी, लुइजियाना, मिसिसिपी, इन्डियाना र वेस्ट भर्जिनियासहित १० राज्यमा आपतकाल घोषणा गरेका छन् । उनले संघीय आपतकालीन व्यवस्थापन निकाय राज्यका गभर्नरहरू र आपतकालीन व्यवस्थापन टोलीहरूसँग समन्वय गरी नागरिकको सुरक्षामा काम भइरहेको बताएका छन् ।

राष्ट्रिय मौसम सेवाका अनुसार हिमपात अमेरिकाको पूर्वी दुई–तिहाइ भूभाग ढाक्नेछ खालको छ । उत्तरी तथा केन्द्रीय मैदान क्षेत्रबाट उत्तरपूर्वसम्म शून्यभन्दा तलको तापक्रम फैलिने र खाडी तटसम्म हरेक रात हिमांकभन्दा तलको तापक्रम रहने पूर्वानुमान गरिएको छ । एनडब्लुएसले आगामी सातासम्म अत्यधिक चिसो मौसम कायम रहने चेतावनी दिँदै, हावासँगैको चिसोले हाइपोथर्मिया र फ्रस्टबाइटको जोखिम बढ्ने भएकाले ‘ज्यान जोखिममा पार्ने चिसो’बाट जोगिन तयारी गर्न आग्रह गरेको छ । साथै, मध्य–एटलान्टिक राज्य हुँदै उत्तरपूर्वी क्षेत्रमा आँधी फैलिने जनाएको छ ।

भारी हिमपात र जम्ने वर्षाले अमेरिकाको पूर्वी भागका धेरै क्षेत्रमा ठूलो असर पार्ने अनुमान गरिएको छ । आँधी नजिकिँदै गर्दा गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोएमले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छन् ।
सिएनएनका अनुसार करिब १,३०० माइलसम्म फैलिएको यो विशाल शीतकालीन आँधीले टेक्सासदेखि न्यू इङ्ल्यान्डसम्म २,००० माइलभन्दा बढी क्षेत्रमा असर पार्नेछ । दक्षिणी क्षेत्रमा जम्ने बरफका कारण विद्युत् आपूर्ति अवरुद्ध भइरहेको छ भने केही स्थानमा गर्जन र चट्याङसहितको जम्ने वर्षा पनि देखिएको छ ।

आँधीका कारण आधाभन्दा बढी अमेरिकी नागरिकले शून्यभन्दा तलको हावाको चिसो अनुभव गर्नेछ् । जसले हिम र बरफ लामो समयसम्म जमिरहने र विद्युत् नपुगेका क्षेत्रका बासिन्दा धेरै दिनसम्म कठ्यांग्रिने अवस्था आउने चेतावनी दिइएको छ । राष्ट्रिय मौसम सेवाले १७ भन्दा बढी राज्यमा शीतकालीन आँधीसम्बन्धी चेतावनी जारी गरिसकेको जनाएको छ । एएनआई

प्रकाशित मितिः आइतबार, ११ माघ २०८२
https://jawaaf.com/storage/01KFSGCR9J35S6J2YWDF826HN4.jpg

प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।

निर्वाचन कानुन अनुसार उम्मेदवारी दिएका सबै उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाले आयोगले निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत मनोनयन दर्ता कायम रहेका उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२(१०) बमोजिम मनोनयनपत्रसँगै पेश गरिएका विवरण आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरिएको हो।

यसबाट मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी सहज रूपमा प्राप्त हुने आयोगको विश्वास छ।

पहिले निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो।

कुल उम्मेदवारमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा १ जना अन्य समूहका उम्मेदवार रहेका छन्।

प्रकाशित मितिः आइतबार, ११ माघ २०८२
https://jawaaf.com/storage/01KFR3JD6W8F3FQ53731KNXVN3.jpg

मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली

रौतहट । आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा रौतहट क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । विभिन्न दलका उम्मेदवारहरू मतदाताको मन जित्न घरदैलोमा व्यस्त रहेका बेला आम जनता पार्टी (आजपा) का उम्मेदवार एवं पूर्व सञ्चारकर्मी ऋषि धमलाको प्रचार शैलीले भने सामाजिक सञ्जाल तताएको छ ।

विगतमा सञ्चारकर्ममार्फत चर्चामा रहेका धमला अहिले चुनावी मैदानमा उत्रिएपछि मतदाता रिझाउन नयाँ–नयाँ शैली अपनाइरहेका छन् । उनको चुनावी अभियानका दृश्यहरू यतिबेला फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा व्यापक रूपमा भाइरल भइरहेका छन् । धमलाको प्रचारको सबैभन्दा चर्चित पक्ष मतदातासँगको भावनात्मक मिलन बनेको छ । गाउँका वृद्धवृद्धा र सर्वसाधारणलाई भेट्दा उनी भावुक हुँदै अंकमाल गर्ने र रुने गरेका भिडियोहरू छ्याप्छ्याप्ती देखिएका छन् ।

चुनावी प्रचारका क्रममा उनी कतै खेतमा पुगेर किसानसँगै उखु काटिरहेका देखिन्छन् भने कतै हलुवाई पसलमा बसेर जेरी पकाउन सघाइरहेका भेटिन्छन् । जनताको काममा प्रत्यक्ष सहभागी भएको देखाएर आफूलाई ’भुइँमान्छे’ को रूपमा स्थापित गर्ने उनको प्रयास देखिन्छ ।

धमलाका यी गतिविधिहरूलाई लिएर सामाजिक सञ्जालमा भने मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले उनलाई ’नौटंकी’ र ’सस्तो लोकप्रियताको भोको’ भन्दै आलोचना गरेका छन् भने कतिपयले नेताहरू जनताको घरदैलोमा पुगेर काममा सघाउनु सकारात्मक भएको टिप्पणी गरेका छन् । रौतहट–४ मा धमलाको आक्रमक प्रचारले चुनावी नतिजालाई कस्तो प्रभाव पार्छ, त्यो भने निर्वाचनपछिको मतगणनाले नै स्पष्ट पार्नेछ

प्रकाशित मितिः शनिबार, १० माघ २०८२
https://jawaaf.com/storage/01KFQGWN5NWT90ARYF567RAY71.jpg

हरिबोल गजुरेलसहित सात जना नेता–कार्यकर्तालाई नेकपाबाट निस्कासित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवारी दिएको आरोपमा सात जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ ।

आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक र प्रचारकको भूमिकामा रहेका व्यक्तिलाई पार्टी विधानको दफा १०६ अनुसार अनुशासनात्मक कारबाही गर्दै निस्कासन गरिएको पार्टीले जनाएको छ ।

पार्टीबाट निस्कासनमा पर्नेहरूमा सिन्धुलीका हरिबोल गजुरेल, महेश्वर दाहाल, दाङ क्षेत्र नं. ४ का कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् ।

पार्टी सह–संयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी विज्ञप्तिमा पार्टीको निर्णय विपरीत गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ ।

प्रकाशित मितिः शनिबार, १० माघ २०८२
https://jawaaf.com/storage/01KFQ8SSR1RWN6DFYQD9R25PNY.jpg

उम्मेदवारका लागि बैङ्क खाता सञ्चालन गरिदिन राष्ट्र बैङ्कलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालनको व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ ।

आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्नुपर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सहजीकरण गर्न आग्रह गरेको हो।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिता, २०७३ को दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैङ्क वा वित्तीय संस्थामा खोलिएको छुट्टै खाताबाट मात्र गर्नुपर्ने व्यवस्था छ।

त्यस्तै, राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्चका लागि छुट्टै बैङ्क खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत खर्च गर्नुपर्ने प्रावधान छ। २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैङ्क वा वित्तीय संस्थामार्फत लिनुपर्ने व्यवस्था गरिएको छ।

कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रूपमा नगद प्राप्त भएमा त्यसको रसिद वा भरपाई दिनुपर्नेछ। राजनीतिक दलको नाममा प्राप्त सहयोग दलको बैङ्क खातामा र उम्मेदवारको नाममा प्राप्त सहयोग उम्मेदवारकै बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन यी व्यवस्थाहरू प्रभावकारी रूपमा लागू गर्न राजनीतिक दल र तिनका उम्मेदवारलाई बैङ्क खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो।

आयोगका अनुसार उक्त व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारमा पनि लागू हुनेछ। दुवै निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका नाममा खोलिने बैङ्क खाता आमनिर्वाचन सम्पन्न भई आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालनमा रहनेछन्।

निर्वाचनसम्बन्धी आम्दानी र खर्चको पारदर्शिता सुनिश्चित गर्न प्रत्येक राजनीतिक दलका लागि छुट्टै एक वटा र प्रत्येक उम्मेदवारका लागि एक–एक वटा बैङ्क खाता खोल्ने व्यवस्था मिलाइदिन आयोगले नेपाल राष्ट्र बैङ्कलाई औपचारिक रूपमा अनुरोध गरेको छ।

प्रकाशित मितिः शनिबार, १० माघ २०८२
https://jawaaf.com/storage/01KFNC5Q0MJZ6BG3Z2EBBGJCEY.jpg

देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये देशभर ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएकोमा ४९ जना उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।

उनले भने,‘तोकिएको अवधिमा १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी ३,४८७ मनोनयन पत्र दर्ता भएका थिए । दर्ता उम्मेदवारीमध्ये महिला ३९६, पुरुष ३,०९० र अन्य १ जना रहेका छन् । आज निर्धारित समयभित्र ४९ जना उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिएका छन् ।’

उनले माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए । त्यस्तै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलन लगायतका कार्य र समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामावाली छपाई लगायतका कार्यहरु सञ्चालन भएको पनि उनले बताए ।

उनले भने,‘माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ भने फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत माघ १ गतेदेखि ९ गतेसम्म पहिलो हुने निर्वाचित हुनेतर्फको मनोनयन पत्र दर्ता, उम्मेदवार उपर दावी विरोध र छानबिन, उम्मेदवारी फिर्ता लगायतका कार्य सम्पन्न भएका छन् । त्यस्तै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलन लगायतका कार्य र समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामवाली छपाई लगायतका कार्यहरु सञ्चालन भएका छन्।’

आयोगको अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारहरुलाई चुनाब चिन्ह् प्रदान गर्ने कार्यक्रम रहेको छ ।

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/vc27EsqVEIU?si=NuXIlBBZht3JpSgs" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः शुक्रबार, ०९ माघ २०८२
https://jawaaf.com/storage/01KFMCR1CFJN87S7CQR83H9WN3.jpg

रेशम चौधरीको उम्मेदवारी खारेज प्रतिशोधपूर्ण : जसपा अध्यक्ष राई

धरान । कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक कुमार राईले आपत्ति जनाएका छन् ।

अध्यक्ष राईले निर्वाचन आयोगको निर्णयलाई असंवैधानिक, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक हर्कत भन्दै कडा शब्दमा निन्दा गरेका छन्। उनले पहिचान प्राप्तिको आन्दोलनका सशक्त अभियन्ता तथा नाउपा नेपालका संस्थापक, पूर्व सांसद तथा हाल संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी अस्वीकार गरिनु गम्भीर विषय भएको बताएका छन् ।

फेसबुक पोस्टबाट सार्वजनिक गरिएको भनाइमा अध्यक्ष राईले भनेका छन्,
 “पहिचान प्राप्तिको संघर्षका एक सशक्त महारथी रेशमलाल चौधरीको उम्मेदवारी अस्वीकार गरिनु पूर्ण रूपमा असंवैधानिक, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक कार्य हो। हामी यसको विरोध तथा भर्त्सना गर्दछौँ।”

उनले जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टीबीच एकल चुनाव चिन्ह ‘जाँतो (चकिया)’ मा चुनाव लड्ने निर्णयप्रति असन्तुष्ट तत्वहरूको षड्यन्त्रको दुर्गन्धसमेत महसुस भएको टिप्पणी गरेका छन् ।

“निष्पक्ष निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले यस्ता गतिविधिहरू सच्याउनेछ भन्ने विश्वास लिएका छौँ,” उक्त भनाइमा उल्लेख छ, “अन्यथा त्यसबाट उत्पन्न हुने गम्भीर परिणामको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्नेछ ।”

यसैबीच, आफ्नो उम्मेदवारी खारेजप्रति प्रतिक्रिया दिँदै नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीले आफूलाई राजनीतिक सिकार बनाइएको आरोप लगाएका छन् ।

उनले भने,
 “राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ। विभेद, दमन र उपेक्षित समुदायलाई उत्पीडनमा पार्दा प्रयोग गरिने हतियारहरू इतिहासमा कस्ता कस्ता रहेछन् भन्ने उदाहरण विश्वले देखिसकेको छ।”

चौधरीले पहिचानको लामो संघर्ष गलत दिशातर्फ मोडिने हो कि भन्ने आशंका व्यक्त गर्दै राजनीतिक विभेदविरुद्ध एकताबद्ध हुन आह्वान गरेका छन्।

“राजनीतिक विभेदको विरुद्ध सबैको साथ भनेकै ‘जाँतो (चकिया)’ मा मतदान हो,” उनले भने, “मेरो उम्मेदवारी खारेजविरुद्ध देशभर ‘जाँतो’ मा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु। जय नागरिक ।”

प्रकाशित मितिः शुक्रबार, ०९ माघ २०८२