बुधबार, १७ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KA0053E8JP7BREQM18122M23.jpeg

माओवादी कोशी संसदीय दलका नेता आङ्बो चढ्ने गाडीको ठक्करमा युवकको मृत्यु, चालक नियन्त्रणमा

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको सरकारी गाडीको ठक्करबाट बिहीबार मोरङमा एक युवकको मृत्यु भएको छ ।

मोरङको ग्रामथान गाउँपालिका–५ ककडमाडीमा को १ झ ६५० नम्बरको स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ग्रामथान–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना दिउँसो करिब १२ः१५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कर्पियोले बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते भएका चौधरीलाई स्थानीयले उद्धार गरी उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पु¥याएका थिए । उपचारका क्रममा दिउँसो ३ः१५ बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार दुर्घटना हुँदा नेता आङ्बो स्वयं गाडीमा सवार थिएनन् । ‘गाडी उनका आफन्तलाई लिन जाँदै गरेको समयमा दुर्घटना भएको हो ।’ उनले बताइन् ।

दुर्घटनाका बेला गाडी तीव्र गतिमा रहेको स्थानीयले बताएका छन् । गाडी चालक पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटनापछि नेता आङ्बोले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति संवेदना प्रकट गरेका छन् । उनले लेखेका छन्, ‘दुःखद दुर्घटनामा परी निधन हुनुभएको प्रवेश चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै कानुनी प्रक्रिया र क्षतिपूर्ति उपलब्ध गराउने विषयमा मेरो पूर्ण साथ रहनेछ ।’

प्रकाशित मितिः शुक्रबार, २८ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9Y5BZAZBETHE31QZRETQ70R.jpg

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक

काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ ।

आयोगको आज बिहीबार बसेको बैठकले तत्कालीन घटनाबारे अनुसन्धानका लागि पूर्वआईजीपी चन्द्रकुबेर खापुङलाई आयोगमा उपस्थित हुन आवश्यक देखिएकाले हालका लागि उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । खापुङ आजैदेखि सेवा निवृत भएका हुन् ।

आयोगले खापुङलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने बताएको छ ।

आयोगले घटनाबाट भएको क्षतिको विवरण अझै बाँकी रहेमा आयोगको ठेगानामा वा सिंहदरबारस्थित कार्यालयमा उपलब्ध गराउन सबै सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्मा अनुसार आयोगका निर्णय तथा सूचना गृह मन्त्रालयको वेबसाइटमा पनि हेर्न सकिने व्यवस्था गरिएको छ । 

प्रकाशित मितिः बिहिबार, २७ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9XXJMGBNVHK56PBHPRBBQ8M.jpg

गृहमन्त्री एमालेको नेताजस्तो लाग्न थालेको छ : सुदन गुरुङ

काठमाडौँ । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोस् पोखेका छन्  ।
बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताए ।  
उनले भने,‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ । गृह मन्त्रालयले काम गर्न सकेको छैन् । उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ । हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो । हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त ? देशलाई न्याय नभई वा हामीलाई न्याय नभई चुनाव हुनै दिँदैनौँ । उहाँले त जेनजीहरुलाई समातिराख्नु भएको छ । पोलिटिकल पार्टीकाहरुलाई छोएको पनि छैन् । मलाई त कहिलेकहिले उहाँ(गृहमन्त्री) त एमालेको पो हो कि जस्तो लाग्छ।’
उनले १०–१५ जना फ्याट्ट–फुट्ट छ्टिटा देखिएका जेनजीहरु वडासम्मै समिति बनाएर जान नसक्ने खालको रहेको भन्दै आफूहरुले वडासम्मै समितिहरु बनाइसकेको दाबी गरे । 

प्रकाशित मितिः बिहिबार, २७ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9XVX9CP094EQ1HD8FZWBFZQ.jpg

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । यसअघि नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो ।

नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको उक्त जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको थियो ।

उक्त समयसिमा भित्र पनि खड्काको कम्पनीले भाडा नबुझाएपछि आज महानगरले स्काउटको जग्गामा बनेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा डोजर चलाएको हो ।

उक्त जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षे करार सम्झौता भएको थियो । सम्झौता गरेको समय अवधि सकिएपनि कम्पनीले स्काउटको स्वामित्वमा रहेको जग्गा खाली गरेको थिएन ।

प्रकाशित मितिः बिहिबार, २७ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9W2RKS3FK4NHGMMC479P511.jpg

सुदर्शन खड्का बने कोशी प्रदेशसभाको सचिव, नौ महिनाको रिक्तता अन्त्य

विराटनगर । करिब नौ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्ततः नयाँ सचिव पाएको छ । संघीय संसद सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् ।

सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई सचिवमा नियुक्त गरेका हुन् । बुधबार दिउँसो उनले प्रदेशसभाको कटहरीस्थित नयाँ कार्यालयमा सभामुख विष्टसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

पूर्वसचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारको कसुरमा दोषी ठहर भएपछि प्रदेशसभा सचिवालय गत नौ महिनादेखि नेतृत्वविहीन थियो । पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध बालुवाखानी सञ्चालन गर्न अनुमति दिएको अभियोगमा पराजुलीलाई अदालतले ६ वर्ष कैद र जरिवानाको सजाय सुनाएको थियो । त्यसपछि उनी स्वतः पदमुक्त भएका थिए ।

यसबीच, कोशी प्रदेशसभा बुधबारदेखि कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनमा सारिएको छ । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालयमा आगजनी गरेपछि पुरानो भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।

भवन ध्वस्त बनेपछि कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनलाई अस्थायी रूपमा प्रयोग गर्ने निर्णय गरिएको हो । प्रदेशसभाका कर्मचारीका अनुसार नयाँ स्थलमा आवश्यक संरचना र प्रशासनिक तयारी भइरहेको छ ।

‘प्रशासनिक काम सञ्चालनका लागि सुरुवात भइसकेको छ ।’ एक कर्मचारीले बताए ।

नवनियुक्त सचिव खड्काको आगमनसँगै कोशी प्रदेशसभाको प्रशासनिक रिक्तता अन्त्य भएको छ ।

प्रकाशित मितिः बुधबार, २६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9VXTX6T08W7PCX2QZWHYAWF.jpg

हायात रिजेन्सीले गर्यो १३३ जना श्रमिक कटौतीको घोषणा

काठमाडौं । हयात रिजेन्सी काठमाडौंले आर्थिक संकटका कारण होटलका १३३ जना श्रमिक कटौती गर्ने निर्णय गरेको छ । होटल व्यवस्थापनले बुधबार एक सूचना जारी गर्दै श्रम ऐन २०७४ को दफा १४५ अनुसार श्रमिक कटौतीको जानकारी गराएको हो ।

सूचनामा जनाइए अनुसार, २०७९ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटलको सञ्चालन ठप्प भएको र त्यसपछिका विभिन्न आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण होटलले आंशिक रूपमा मात्रै सेवा दिइरहेको उल्लेख गरिएको छ ।

कोभिड–१९ महामारी र त्यसपछिका आर्थिक असरका कारण होटलले ठूलो घाटा व्यहोर्नु परेको भन्दै व्यवस्थापनले अहिलेको अवस्थामा सम्पूर्ण श्रमिकलाई कायम राख्न नसक्ने जनाएको छ । होटलका अनुसार, विदेशी पर्यटक आगमन घट्दा आयमा कमी आएको र अन्तर्राष्ट्रिय बजारमा होटल व्यवसाय पुनः उकासिन नसक्दा यस्तो अवस्था आएको हो ।

व्यवस्थापनले ट्रेड युनियन र सम्बन्धित पक्षहरूसँग छलफलपछि पनि वैकल्पिक उपाय नपाइएको र बाध्यतावश श्रमिक कटौती गर्नुपरेको जनाएको छ । होटलले श्रमिकलाई कानुनअनुसार सम्पूर्ण सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

होटलका महा–प्रबन्धक आशिष कुमारद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “हालको अवस्था र आर्थिक क्षतिका कारण होटल सञ्चालन निरन्तर गर्न असम्भव भएकाले २०७४ को श्रम ऐन बमोजिम २३१ जना श्रमिक कटौती गर्नुपरेको छ ।”

काठमाडौं । हयात रिजेन्सी काठमाडौंले आर्थिक संकटका कारण होटलका १३३ जना श्रमिक कटौती गर्ने निर्णय गरेको छ । होटल व्यवस्थापनले बुधबार एक सूचना जारी गर्दै श्रम ऐन २०७४ को दफा १४५ अनुसार श्रमिक कटौतीको जानकारी गराएको हो ।

सूचनामा जनाइए अनुसार, २०७९ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटलको सञ्चालन ठप्प भएको र त्यसपछिका विभिन्न आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण होटलले आंशिक रूपमा मात्रै सेवा दिइरहेको उल्लेख गरिएको छ ।

कोभिड–१९ महामारी र त्यसपछिका आर्थिक असरका कारण होटलले ठूलो घाटा व्यहोर्नु परेको भन्दै व्यवस्थापनले अहिलेको अवस्थामा सम्पूर्ण श्रमिकलाई कायम राख्न नसक्ने जनाएको छ । होटलका अनुसार, विदेशी पर्यटक आगमन घट्दा आयमा कमी आएको र अन्तर्राष्ट्रिय बजारमा होटल व्यवसाय पुनः उकासिन नसक्दा यस्तो अवस्था आएको हो ।

व्यवस्थापनले ट्रेड युनियन र सम्बन्धित पक्षहरूसँग छलफलपछि पनि वैकल्पिक उपाय नपाइएको र बाध्यतावश श्रमिक कटौती गर्नुपरेको जनाएको छ । होटलले श्रमिकलाई कानुनअनुसार सम्पूर्ण सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

होटलका महा–प्रबन्धक आशिष कुमारद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “हालको अवस्था र आर्थिक क्षतिका कारण होटल सञ्चालन निरन्तर गर्न असम्भव भएकाले २०७४ को श्रम ऐन बमोजिम २३१ जना श्रमिक कटौती गर्नुपरेको छ ।”

प्रकाशित मितिः बुधबार, २६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9TYJ1SVT2REKJVDA2AEPA27.jpeg

आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

काठमाडौं । आज नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । 

बुधबार काठमाडौंमा एक कार्यक्रम गरि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय भईरहेका रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेका हुन् ।  

आज ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् ।

आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार रहेको बताइएको छ । 

प्रकाशित मितिः बुधबार, २६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9RSBXBSNWQ645E0AK6ZTFX2.avif

मंगलबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन ४ हजार ९ सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१  हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४६  हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०५ रुपैयाँले चाँदीको मूल्य बढेको हो । सोमबार ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार १ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, २५ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9RQ7P2BQ2TMKQMJ217CNNSA.jpg

सुनकोशी मरिण डाइभर्सनमा ठेक्का तोड्ने प्रक्रिया सुरु, ३ अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुँदै

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा निर्माणमा व्यापक ढिलाइ हुँदा मुख्य ठेकेदार पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको छ ।

आयोजना कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्झौता किन नतोड्ने भनी स्पष्टीकरण माग्दै ठेक्का रद्दतर्फ अघि बढेको जानकारी दिएको हो । करिब ६१ प्रतिशत समय सकिँदा भौतिक प्रगति १० प्रतिशतमै सीमित रहेको, सुधारका निर्देशन पालना नगरेको र कार्यप्रति उदासीनता देखिएको भन्दै समझदारीअनुसार कदम चालिएको आयोजना स्रोतले जनाएको छ ।

सम्झौता रद्दसँगै पटेल–रमण जेभीले राखेको २ अर्ब ४० करोडको कार्यसम्पादन जमानत र १ अर्ब २० करोड अग्रिम भुक्तानीसहित कूल ३ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया पनि सुरु गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले हालै निर्माण ढिलाइप्रति असन्तुष्टि जनाउँदै उच्चस्तरीय बैठक बोलाएका थिए। सुरुङ निर्माण सम्पन्न भइसके पनि बाँध र विद्युतगृह निर्माण नहुँदा आयोजना अलपत्र पर्दै गएको छ र अब नयाँ विकल्पतर्फ अघि बढ्ने संकेत मन्त्रीले दिएका छन् ।

करिब १४ अर्ब ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का लिएको निर्माण कम्पनीले अनुमानित लागतभन्दा ३२ प्रतिशत कम दरमा प्रस्ताव गरेको थियो । माघ २०७९ मा काम सुरु भएको आयोजनाको निर्माण अवधि असार २०८४ सम्म तोकिएको थियो। तर हालसम्म १० प्रतिशत भौतिक प्रगति मात्र देखिएको छ भने २ अर्ब १४ करोड रूपैयाँ (करिब १५ प्रतिशत) भुक्तानी भइसकेको छ । टनेल बोरिङ मेसिनमार्फत १३.३ किलोमिटर सुरुङ निर्माण २६ वैशाख २०८१ मा सफलतापूर्वक सम्पन्न भएको छ ।

सुनकोशी नदीको पानी मरिण नदीतर्फ मोडेर बागमती सिँचाइ आयोजनामा पु¥याइने यस परियोजनाबाट हाल सिँचाइ हुँदै आएको ४५ हजार ६०० हेक्टर क्षेत्र विस्तार गरी धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारासहित कूल १ लाख २२ हजार हेक्टर जमीनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध हुने लक्ष्य छ ।

साथै, परियोजनाबाट ३१ मेगावाट विद्युत उत्पादन हुने छ। मधेश प्रदेशका उर्वर भूसहित कृषि उत्पादन वृद्धि, किसानको जीविकोपार्जनका सुधार, ऊर्जा उत्पादन तथा क्षेत्रीय सन्तुलनमा टेवा पु¥याउने भएकाले यो आयोजना राष्ट्रिय गौरव तथा रुपान्तरणकारी आयोजनाका रूपमा अघि बढाइएको हो । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, २५ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9RP22BBSCKWT4P0B68FZ1AH.jpg

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती मनाइँदै छ ।  विसं १९४२ कात्तिक २५ गते इलामको सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दको आज जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । 

किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गरेका फाल्गुनन्दले समाज सुधारका लागि सत्य धर्म मुचुल्का जारी गरेका थिए । 

समाज सुधारका लागि निमार्ण गरिएको सत्य धर्म मुचुल्का १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किरात समाज सुधारका महत्वपूर्ण योगदान गरेका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो ।  

नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ । यसका साथै, झापा जिल्लाको शान्तिनगरमा उनको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ ।

त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ ।

उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।

प्रकाशित मितिः मङ्गलबार, २५ कात्तिक २०८२