मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K8TTJDTJBA8SKC4MG3ZE5VKE.jpeg

आइसीसी विश्वकप : नेपाल यूएईसँग ५ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत आज भएको खेलमा नेपाल यूएईसँग पराजित भएको छ । 

बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो । 

नेपालले दिएको २३४ रनको लक्ष्य पच्छाएको यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा आफ्नो लक्ष्य पूरा ग¥यो । 

यूएईका लागि ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए भने अलिशान सराफुले ४५ तथा मुहम्मद वासीमले २६ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकमा ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो । आजको खेलमा रोहितले १३० बलमा १०९ रन बनाए भने आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।

यो शृंखलामा नेपालको लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले हार व्यहोर्न परेको थियो । 

प्रकाशित मितिः बिहिबार, १३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8T6A5Z2EEGJ4NMQXCCZ6C6S.jpg

विश्वकप लिग–२ः यूएईविरुद्ध कप्तान पौडेलको सेन्चुरी पूरा

काठमाडौं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललेयूएईविरुद्ध सेन्चुरी हानेका छन् ।  जारी खेलमा पाँँच चौंका एक छक्का सहित उनले १२६ बलमा १०० रन पुर्याए । टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । 

लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दैछ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।

प्रकाशित मितिः बिहिबार, १३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8MA3XBESS82E23JDNHB4A9Z.jpg

नेपाल नेपालले भारतलाई २–१ ले पराजित

काठमाडौं । नेपाली महिला फुटबल टोलीले भारतमाथि जित हासिल गरेको छ । 

सोमबार भएको खेलमा नेपालले भारतलाई २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् ।

भारतस्थित शिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी हुन् । यस्तै, खेलको ६३ औँ मिनेटमा साम्बाले अर्को उत्कृष्ट गोल गरेकी थिइन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काएको थियो ।

त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो । 

प्रकाशित मितिः मङ्गलबार, ११ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8F33K7AE4BSB5W67PE56697.jpg

विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । यो लिगको ८६ औँ खेल हो । 

आइतबार नेपाल बलियो टोली संयुक्त राज्य अमेरिकासँग भिड्न लागेको हो । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेट सुरु हुनेछ । 

नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गर्न लागेको हो । 

केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम अंकतालिकाको ७ औँ स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका भने २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

लिग–२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म हुँदैछन्।

नेपालले आफ्नो दोस्रो खेल कात्तिक १३ गते (बिहीबार) युएईसँग खेल्ने तालिका छ । यस्तै, शृङ्खलाको तेस्रो खेलमा कात्तिक १५ गते (शनिबार) अमेरिकासँग खेल्ने छ भने शृङ्खलाको अन्तिम खेलमा नेपालले कात्तिक १९ गते (बुधबार) युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मितिः आइतबार, ०९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8EZYQHHKKRDMNGCCR2GKWPK.jpeg

नेपालकी सुस्मिता भारतकी स्टार फाइटर सोनम सँग भिड्दै

पोखरा । तेक्वान्दो पछि मुवाथाईमा चम्किरहेकी गण्डकीकी फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् । नोभेम्बर ६ मा भारतको अरुणाचलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी हुन् । 
सुस्मिताको लागि यो करियरकै ठूलो फाइटको रुपमा रहेको छ । भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन । 
सुस्मिता र सोनम बीच प्रतिस्पर्धा हुने हालैमात्र घोषणा भएको सुस्मिताका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार सुस्मिताको लागि यो अवसर र चुनौति हो । सुस्मिता यतिबेला रिब्समा लागेको चोटका कारण अनफिट रहेपनि ठूलो प्रतिस्पर्धा भएकाले खेल्न राजी भएकी हुन् । 
२१ वर्षिय सुस्मिता मुवाथाईमा अहिलेसम्म अपराजित खेलाडी हुन् । तर, किकबक्सिङमा उनको रेकर्ड १–१ रहेको छ । फाइटिङ करियर सुरु भएको जम्मा एक वर्षमै उनले अन्तर्राष्ट्रिय स्तरको मञ्चमा मुख्य इभेन्ट फाइट पाउने सफलता हासिल गर्नु सामान्य कुरा नभएको प्रशिक्षक क्षेत्रीले सुनाए । 
उता भारतकी २७ वर्षर्षीय सोनमको प्रोफेशनल फाइटिङ रेकर्ड ७–१ रहेको छ । एमएफएनको शीर्ष फाइटरमध्ये एक हुन् । अनुभव, शक्ति र स्थानीय समर्थन यी सबै उनका पक्षमा छन् ।
‘यो भिडन्त दुई फरक शैली र पृष्ठभूमिका फाइटरबीचको टक्कर हुने विश्वास लिएको छु । हामी सीमापारी गएर आफ्नो देशको झण्डा उच्च पार्ने दृढ निश्चयका साथ रिङमा उत्रदै छौं’, क्षेत्रीले भने, ‘यो सुस्मिताका लागि अवसर हो । अहिले केहि समस्या छ तरपनि फाइटका लागि तयार भएका छौं । यो अवसर खेर जान नदिने सोँचमा हामी अघि बढ्ने छौं ।’

प्रकाशित मितिः आइतबार, ०९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8CT6F3QG4JW5DAQKRMETYX6.jpg

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने भएको छ । आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुने लिग–२ को पहिला खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । 

लिग–२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रने छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग–२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ ।

लिग–२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल कात्तिक ९ आइतबारदेखि १९ गते बुधबारसम्म युएईमा हुँदैछ । नेपालले आइतबार अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गर्दैछ । दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार युएईसँग भिड्ने तालिका छ ।

विश्वकप लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ । समान खेल खेलेको युएईको ६ अंक छ । तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मितिः शनिबार, ०८ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8ATHNDME3SY7NCS00E3H71F.jpeg

त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज नेपाल र इरान खेल्दै

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको सिलोङमा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ । नेपाल र इरान सात वर्षपछि एकअर्काको सामना गर्दैछन् । त्यतिबेला भारतमै भएको हिरो गोल्ड कपमा नेपालले इरानलाई ३–० ले हराएको थियो ।

प्रतियोगितामा नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ । यी दुई खेल फिफा विन्डोको खेल हुन् । यो प्रतियोगितापछि कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ ।

प्रकाशित मितिः शुक्रबार, ०७ कात्तिक २०८२
https://jawaaf.com/storage/01K85BYBZGXRCQ92H1VFHGJ07G.jpg

एनपिएल ट्रफी परेड बागमती प्रदेशको राजधानी हेटौडामा सम्पन्न

हेटौडा । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सुरु हुनुअघि आयोजक नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित ट्रफी परेड बागमती प्रदेशको राजधानी हेटौडामा भव्य रूपमा सम्पन्न भएको छ ।

एनपिएल ट्रफी परेडको अभियान सातै प्रदेशमा सञ्चालन गरिने क्यानको योजनाअनुसार कोशी प्रदेशबाट प्रारम्भ भएको परेड दोस्रो चरणमा मधेस प्रदेशको राजधानी जनकपुर हुँदै चितवन पार गर्दै हेटौंडामा आइपुगेको हो ।

हेटौडामा ट्रफी परेडको शुभारम्भ ऐतिहासिक भूटनदेवी मन्दिरमा पूजा अर्चना गरेर गरिएको थियो। त्यसपश्चात ट्रफीसहितको जुलुस नगरका प्रमुख स्थानहरू परिक्रमा गर्दै हेटौडा बजारको केन्द्र बुद्धचोकमा पुगेर समापन भएको हो ।

परेडमा चितवन राइनोज टिमका प्रतिनिधि, नेपाल क्रिकेट संघ मकवानपुरका पदाधिकारी, स्थानीय खेलप्रेमी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

परेड सम्पन्न भएपछि ट्रफीलाई आगामी प्रदेशतर्फ पठाइने आयोजकले जानकारी दिएका छन्। क्यानले यस किसिमको ट्रफी परेडमार्फत एनपिएलप्रति जनचासो बढाउने लक्ष्य लिएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखिसुरु हुने तयारिमा छ ।

प्रकाशित मितिः बुधबार, ०५ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7TX6S8JFCSKY94MB3NBA5ZX.jpeg

पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु

काठमाडौं । पाकिस्तानी हवाई आक्रमणमाबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ ।
खेलाडीको मृत्यु भएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानसहितको आगामी त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलामा आफ्नो देशले सहभागिता नजनाउने घोषणा गरेको छ ।
शनिबार ‘एक्स’ मा विज्ञप्ति जारी गर्दै एसीबीले भनेको छ, ‘पक्तिका प्रान्तको उरगुन जिल्लाका साहसी क्रिकेट खेलाडीहरूलाई पाकिस्तानी शासनले कायरतापूर्ण आक्रमण गरी निशाना बनाएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड गहिरो शोक र दुःख व्यक्त गर्दछ ।’
एसीबीका अनुसार उरगुन जिल्लामा भएको उक्त हवाई आक्रमणमा खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
तीनै खेलाडी पक्तिका प्रान्तको राजधानी शरानामा भएको मैत्रीपुर्ण क्रिकेट खेलमा सहभागी हुन गएका थिए । खेल सकेर घर फर्किएपछि उनीहरू स्थानीय जमघटमा सहभागी भइरहेका बेला हवाई आक्रमणको निशाना बनेका थिए ।
विज्ञप्तिमा भनिएको छ,‘यस दुखद घटनामा उरगुन जिल्लाका खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित अन्य पाँच जना सहनागरिक मारिएका छन् भने सात जना घाइते भएका छन् । यो अफगानिस्तानको खेल समुदायका लागि ठूलो क्षति हो ।’
एसीबीले शोक सन्तप्त परिवारहरू र पक्तिका प्रान्तका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै आगामी नोभेम्बर अन्त्यतिर पाकिस्तान र श्रीलंकासँग आयोजना गर्न लागिएको त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलाबाट अफगानिस्तानले आफ्नो सहभागिता फिर्ता लिने निर्णय गरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘यस दुखद घटनाप्रति श्रद्धाञ्जलि र सम्मानस्वरूप अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तान समावेश त्रिदेशीय टी–२० आई श्रृंखलामा भाग नलिने निर्णय गरेको छ ।’
एसीबीले आफ्नो सन्देशको अन्त्यमा प्रार्थना गर्दै भनेको छ,‘अल्लाहले सहिदहरूलाई उच्च स्थान प्रदान गरून्, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ होस् र पीडित परिवारहरूलाई यो कठिन समयमा धैर्य र शक्ति प्रदान गरून् ।’
यसअघि शुक्रबार पाकिस्तानले अफगानिस्तानको दक्षिणपूर्वी पक्तिका प्रान्तमा हवाई आक्रमण गरेको थियो । जसले हालैको युद्धविराम सम्झौतामाथि उल्लंघन गरेको टोलो न्युजले जनाएको छ ।
टोलो न्युजका अनुसार यी आक्रमणहरू उरगुन र बर्मल जिल्लाका आवासीय क्षेत्रमा लक्षित थिए, जसमा उल्लेख्य संख्यामा नागरिक हताहत भएका छन् । यो आक्रमण अफगानिस्तान र पाकिस्तानबीचको ४८ घण्टे युद्धविरामको बीचमा भएको हो । जुन तीव्र सीमा संघर्षपछि लागू गरिएको थियो । पाकिस्तानले दोहा वार्ताको निष्कर्ष ननिस्किँदासम्म युद्धविरामको अवधि बढाउन माग गरेको थियो ।
पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै दुबै देशबीच ४८ घण्टे अस्थायी युद्धविराम लागू भएको र वार्ताबाट समस्याको समाधान खोज्ने प्रयास भइरहेको जनाएको थियो ।
तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि एक्समा लेख्दै अफगान सेनालाई युद्धविरामको पालना गर्न निर्देशन दिइएको बताए, ‘जबसम्म कुनै प्रकारको आक्रमण हुँदैन, युद्धविराम कायम रहनेछ ।’
एएनआई

प्रकाशित मितिः शनिबार, ०१ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7SBQSGKNWVY1R17QD3F9RQD.jpeg

नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधि

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । 

ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए ।

बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे ।

आसिफ शेख ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।

नेपाल शीर्ष स्थान रहँदै सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउँदा ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका हुन् ।

प्रकाशित मितिः शुक्रबार, ३१ असोज २०८२