मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K7S0S94J0CZCAT273C8M5WPF.jpg

नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको विशाल लक्ष्य दिएको छ । 

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको हो ।

सामोआसँगको खेलमा नेपालका दुई खेलाडी आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । आसिफ शेखले ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।

नेपालले यो खेलमा जित निकाले छनोटको ट्रफी जित्नेछ ।

प्रकाशित मितिः शुक्रबार, ३१ असोज २०८२
https://jawaaf.com/storage/01K7RS2CB40SPB66MYFQ9E41ZR.jpeg

कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तराष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमासमेत यसको योगदान उल्लेखनीय हुने देखिएकाले गुरुयोजना स्वीकृत गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको बताए । 

रङ्गशालाको विकास र आधुनीकरण नेपालका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको, अन्तर्राष्ट्रिय खेल खेलाउन सुविधा सम्पन्न क्रिकेट रङ्गशाला चाहिएकाले गुरुयोजना बमोजिम स्रोत सुनिश्चित गरी निर्माण अगाडि बढाउने निर्णय गरिएको मन्त्री घिसिङले उल्लेख गरे । 

घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा जग्गा सम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रुप दिने र गुरुयोजना बमोजिम रंगशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको बताए । 

केही दिन अघि रङ्गशालाको पहिलो चरणको निर्माण बारे स्थलगत निरीक्षणमा जानु भएका मन्त्री घिसिङले गुरुयोजना वमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिने गरी रङ्शाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताएका थिए ।  

त्रिवि र नेपाल क्रिकेट संघबीचको क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौताको म्याद २०८३ वैशाखमा सकिंदैछ । मन्त्रिपरिषद् बैठकले गुरुयोजना आवश्यक जग्गा प्राप्तिका लागि प्रचलित कानून बमोजिम रङ्गशालाको रुपमा प्रयोग गर्न त्रिवि तथा युवा खेलकुद मन्त्रालय÷ राष्ट्रिय खेलकुद परिषद्बीच सम्झौता गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी १ मङ्सिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै रङगशाला निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, ३१ असोज २०८२
https://jawaaf.com/storage/01K7R3NPJ37ME4NRGCQG2ZX86J.jpg

टी–२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

काठमाडौं । टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । 

दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ । समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ । 

आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्पियन बन्नेछ । साथै, नेपाल, युएई र ओमानले शीर्ष–३ मा स्थान बनाउँदै टी–२० विश्वकपमा आफ्नो स्थान बनाइसकेको छ । 

प्रकाशित मितिः शुक्रबार, ३१ असोज २०८२
https://jawaaf.com/storage/01K7NB847T77DXT5XPE7ZR5RJA.jpeg

नेपालको शानदार जित : ओमानलाई पराजित गर्दै टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले ओमानलाई हराएको छ । 

बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको हो । 

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्यो । 

उसका लागि मोहम्मद नदीमले २५ र विनायक सुक्लाले ३२ रन बनाए । अन्य ब्याट्सम्यानहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि गुल्शन झाले चार ओभरमा ३१ रन दिँदै महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै सोम्पाल कामी र नन्दन यादवले दुई दुई विकेट लिए भने सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले महत्वपूर्ण अर्धशत प्रहार गरे । 

५१ बलको सामना गरेका भुर्तेलले ७ चौका र एक छक्का सहित ६९ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर आसिफ शेख २४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले एक रन मात्र बनाए ।

उपकप्तान दीपेन्द्र सिंह ऐरिको ब्याटिङ चलेन । उनी २ रनमा आउट हुँदा कुलश मल्लले मात्र ७ रन बनाए । त्यस्तै आदिल आलमले १६ र गुल्शन झाले १८ रन बनाए । नन्दन यादवले ९ रन बनाउँदा सोम्पाल कामी एक रनमा नटआउट रहे ।

यो जितसँगै नेपाल ८ अंकसहित प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ भने ओमान ६ अंकसहित दोस्रो स्थानमा छ ।

सुपर सिक्समा ओमानसँगै यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मितिः बिहिबार, ३० असोज २०८२
https://jawaaf.com/storage/01K7K12CK0YJX0RDJYX5KK6RES.jpg

टी–२० विश्वकप छनोटमा नेपाल र ओमानबीच आज निर्णायक भिडन्त

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुदैँछ । 

सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी–२० विश्वकपमा छनोट हुनेछ । विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्नेछन् ।

सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान ६–६ अंक छ । रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । दुई अंक जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । कतार र सामाओ भने अंकबिहीन छन् ।

प्रकाशित मितिः बुधबार, २९ असोज २०८२
https://jawaaf.com/storage/01K7G9M6GKJGXJ7F3RQZJ6YV2M.jpg

विश्वकप छनोट : कतारसँग नेपाल ५ रनले विजयी

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि विजयी हासिल गरेको छ।

सोमबार ओमानमा जारी खेलमा नेपालले कतारमाथि ५ रनले विजयी हासिल गरेको हो । 

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतारले १९ ओभर ५ बलमै १४२ रनमा समेटिँदा नेपाल ५ रनले विजयी हुन सफल भयो । 

हिजो भएको खेलमा स्पिनर सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिँदै नेपालको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । यस्तै, नन्दन यादव २ र दीपेन्द्रसिह ऐरीले एक विकेट लिए । 

कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो त्यसलाई पछ्याएका कतारका इमाल लियानागेले सर्वाधिक ५६ रन बनाएपनी जितका लागि प्रर्याप्त हुन सकेन ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक खेले । रोहितले ४१ बलमा ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरी २६, कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल आलम २, सन्दीप जोरा १, सोमपाल कामी १४ र गुल्सन झा १६ रनमा आउट भए । नन्दन यादव १ रनमा अविजित रहे ।

बलिङमा कतारका डेनियल आर्चर मारिया लुइसले ३ र मिर्जा मोहम्मद बेगले ३ विकेट लिए ।

यो खेलसँगै सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २५०औं विकेट पूरा गरे । यस्तै, नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि पनि हात पार्न सफल भयो । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा राष्ट्रिय टोलीले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेलेको छ । उनकै नेतृत्व नेपाल अहिले विश्वकपको नजिक पुगेको छ ।

प्रकाशित मितिः मङ्गलबार, २८ असोज २०८२
https://jawaaf.com/storage/01K7DM68T4R4MZ8JM1CW9Y36FT.jpg

विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र कतार प्रतिस्पर्धा गर्दैछन् । 

ओमानमा जारी खेलमा सोमबार अंकबिहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा तय गर्ने लक्ष्य नेपालको छ । 

आइतबार भएको खेलमा समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ। 

नेपाल र कतारको खेल सोमबार राति ८ः४५ बजे ओमानमा सुरु हुनेछ । सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

नेपालले आगामी बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन्।

Advt_Kausila.jpg 251.33 KB

प्रकाशित मितिः सोमबार, २७ असोज २०८२
https://jawaaf.com/storage/01K7CH13C2EHFDYEA1T4WB67ZY.jpeg

यूएईविरुद्ध नेपालको १ रनको रोमाञ्चक जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग एक रनको रोमाञ्चक जित हासिल गरेको छ । 

आइतबार भएको खेलमा यूएईसँग नेपालले एक रनले जित हासिल गरेको हो  । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।

यूएईका लागि अलिशान सराफूले अर्धशतकीय खेल खेले । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।

नेपालको लागि भने ओपनर आसिफ शेखको अर्धशतक बनाए । उनले मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

आसिफले ४७ बलमा ५१ रन, कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेले २० रन बनाए । यस्तै, गुल्शन झाले ५ बलमा १४ रन बनाए । 

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिएका थिए ।

प्रकाशित मितिः आइतबार, २६ असोज २०८२
https://jawaaf.com/storage/01K7C9HQM7DW8D0VMDJVF3WTM0.jpg

नेपालले दियो यूएईलाई १४१ रनको लक्ष्य

काठमाडौं ।  आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १४१ रनको लक्ष्य  दिएको छ । 

आइतबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको हो ।

नेपालका ओपनर आसिफले ५१ रनको अर्धशतकीय इनिङ खेले । आसिफले ४७ बलमा चार चौका र एक छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो नवौँ अर्धशतक हो ।

यस्तै, अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा दुई चौका र दुई छक्कासहित २८ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ५६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । 

आसिफ र भुर्तेलबाहेक, कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले पाँच बलमा १४ रन जोडे ।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यसैकारण आज नेपाल लगातार तेस्रो जितको खोजीमा छ ।

प्रकाशित मितिः आइतबार, २६ असोज २०८२
https://jawaaf.com/storage/01K7BM5SX8B150MGBK2SZTGPK9.jpg

एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन

काठमाडौं । नेपाली फुटबल प्रेमीहरुले फुटबल क्षेत्रमा देखिएको वेथितिविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।  

आइतबार समर्थकहरूले ‘फुटबल जनताको हो, कुनै व्यक्तिको होइन’ भन्ने नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी अनुप मगरले एन्फा सुतिरहेको भन्दै प्रदर्शनमार्फत आफूहरुले उठाएर काममा लगाउने उद्देश्यले सडकमा उत्रिएको बताए । 

‘फुटबललाई माया गर्नेहरु एकीकृत भएर वेथिति एन्फामा भइरहेको छ । गर्नुपर्ने आधारभूत कुराहरु समेत नगरेर सुतिरहनुभएको छ । त्यसैले हामीले झक्झक्याउनुपर्छ । उहाँहरुलाई काममा लगाउनुपर्छ भन्ने हिसाबले यहाँ आएका हौं,’उनले भने 

त्यस्तै उनले पहिलादेखि नै एन्फामा परिवर्तन चाहिन्छ भन्ने सोच फुटबलप्रेमीहरुमा रहेको धारणा राखे । साढे दुई वर्षसम्म ‘ए’ डिभिजन हुन नसकेको गुनासो गर्दै उनले ‘ए’ डिभिजन नहुनु भनेको फुटबल नै शुन्य हुनु रहेको बताए । 

उनले भने,‘हामीले धेरै पहिलादेखि नै एन्फामा परिवर्तन चाहिन्छ भन्ने सोच थियो । भिजन राखेर क्यालेण्डर बनाउनु भएको छ तर काम कत्तिको भयो त भन्ने पनि हेर्नुपर्छ । ‘ए’ डिभिजन नभएको साढे दुई वर्ष हुन लागिसक्यो । ‘ए’ डिभिजन नहुनु भनेको त फुटबल नै शुन्य हुनु हो । यही हिसाबले फुटबल अगाडि कसरी बढ्छ त ?’

प्रदर्शनमा सहभागीहरूले विगत पाँच वर्षका आर्थिक विवरणहरू सार्वजनिक गर्न, एन्फा नेतृत्वको जवाफदेहिता सुनिश्चित गर्न र स्थगित घरेलु लिगहरू तुरुन्त सुरु गर्न माग गरेका छन् ।

प्रकाशित मितिः आइतबार, २६ असोज २०८२