मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K5ZVQ1FKK8PYB7YBE0A613GW.jpg

साफ यू–१७ च्याम्पियनसिपःसेमिफाइनलमा नेपाल भारतसँग भिड्दै

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा आज (बिहीबार)सेमिफाइनल खेल हुँदैछ । श्रीलंकामामा जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग भिड्दै छ । 

नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । त्यसअघि बंगलादेश र पाकिस्तानबीच दिउँसो ३ः४५ बजे पहिलो सेमिफाइनल हुनेछ ।

नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।

नेपालले अहिलेसम्म जम्मा दुई गोल गर्दा ४ गोल व्यहोरेको छ । श्रीलंका विरुद्ध दुवै गोल समिर कुमारले गरेका थिए । भारतले सन् २०१९ देखि यताका चार संस्करण लगातार जितेको छ । नेपालले भने अहिलेसम्म चार पटक फाइनल खेलेपनि उपाधि भने जित्न सकेको छैन ।

प्रकाशित मितिः बिहिबार, ०९ असोज २०८२
https://jawaaf.com/storage/01K5X0Q953789YMNT0AQZCPC56.jpeg

एसिया कप : आज भारत र बंगलादेश भिड्ने

काठमाडौं । एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश भिड्ने भएका छन् । 

यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा बुधबार साँझ ८ः१५ बजे सुरु हुने खेलमा भारत र बंगलादेश भिड्ने भएका हुन् । 

आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ । सुपर फोरमा श्रीलंका भने अंकबिहीन छ । श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ । पाकिस्तानले दुई खेल खेल्दा दुई अंक जोडेको छ ।

आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका हुन् । सुपर फोरका शीर्ष टिमले एसिया कपको फाइदा सेप्टेम्बर २८ तारिखमा खेल्नेछन् ।

प्रकाशित मितिः बुधबार, ०८ असोज २०८२
https://jawaaf.com/storage/01K5QKZ45Y4CNC8ATDPDCAJ5WE.jpeg

राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै

काठमाडौं । विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको हो ।

टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । शुक्रबार नै यूएई जाने तयारीमा रहेको नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा रोकिएको हो । आइतबार भिसा पाएसँगै नेपाली टोली आज यूएई जाने भएको हो ।

प्रकाशित मितिः सोमबार, ०६ असोज २०८२
https://jawaaf.com/storage/01K5D8PFBTSE9A8ZTK7S6AEPT5.jpeg

साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । 

बिहीबार कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुदैछ ।

यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।  

सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।

समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

प्रकाशित मितिः बिहिबार, ०२ असोज २०८२
https://jawaaf.com/storage/01K55KP9ZZ3ZQZQ7ZJ1WASEQ5C.jpg

एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित

काठमाडौं ।  भारतले एसीसी टी–२० एसिया कपमा पाकिस्तानलाई ७ विकेटले  हराएको छ ।  आइतबार  भएको  खेलमा भारतले पाकिस्तानलाई हराउँदै लगातार दोस्रो जितका साथ सुपर ४ नजिक पुगेको छ ।

जित्नलाई १ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका कप्तान सूर्यकुमार यादव ३७ बलमा ५ चौका र १ छक्कासहित ४७ तथा शिबम दुबे १० रनमा अविजित रहे । भारतका ओपनर अभिषेक शर्मा १३ बलमा ४ चौका र २ छक्कासहित ३१, शुभमन गिल १० र तिलक बर्मा ३१ रनमा आउट भए ।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । पाकिस्तानका ओपनर सहिबजादा फहरानले ४४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । शाहिन शाह अफ्रिदीले तल्लोक्रममा १६ बलमा ४ छक्कासहित अविजित ३३ रन बनाउँदै पाकिस्तानको साख जोगाए । 

भारतको जितमा स्पिनर कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । स्पिनर अक्षर पटेल र जस्प्रित बुमराहले २–२ विकेट लिए । हार्दिक पाण्ड्या र बरुण चक्रवर्तीले १–१ विकेट लिए ।

भारत समूह ए मा ४ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो खेलमा युएईलाई ९ विकेटले हराएको भारतले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार ओमानसँग खेल्नेछ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा ओमानलाई ९३ रनले हराएको पाकिस्तानले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ । पाकिस्तानलाई सुपर फोरमा पुग्न उक्त खेल पाकिस्तानले जित्नै पर्ने हुन्छ ।

प्रकाशित मितिः सोमबार, ३० भदौ २०८२
https://jawaaf.com/storage/01K55KK800Y4HQ3VB1NX6AG3M4.jpg

म्यानचेस्टर सिटीसँग युनाइटेडको हार

काठमाडौं ।  म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको छ । एर्लिङ हालान्डले २ गोल गरेपछि म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराउँदै  लगातार दुई हारपछि पुनः जितको बाटो समातेको छ ।

इत्तिहद स्टेडियममा फिल फोडेनले १८औं मिनेटमा जेरेमी डोकुको क्रसबाट गोल गर्दै खाता खोले । त्यसपछि दोस्रो हाफमा हालान्ड चम्किए ।

हालान्डले ५३ औं‌ मिनेटमा सुन्दर आक्रमण पूरा गर्दै दोस्रो गोल गरे। त्यसपछि खाली पोस्ट सामना गर्दा बल पोस्टमा ठोकाए पनि, ६८औं मिनेटमा अर्को गोल थप्दै नतिजा सुनिश्चित गरे ।

सिटीका नयाँ गोलरक्षक जियानलुइजी डोनारुमाले ब्रायन म्बेउमोको प्रहार रोके पनि ।‌ युनाइटेड खेलभरि कमजोर देखियो र हारसँगै १४औं स्थानमा झ¥यो। ४ खेलमा‌ युनाइटेडको ४ अंक छ । सिटी ६ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मितिः सोमबार, ३० भदौ २०८२
https://jawaaf.com/storage/01K53D46TAM9CM97S30NGTDECH.jpg

एसिया कप : आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै

काठमाडौं ।  एसिया कप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तान भिड्दै छन् । खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुँदैछ । समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाउन सफल भएका छन् । 

समान अंक भए पनि समूह ‘ए’मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा यूएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो । 

एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मितिः आइतबार, २९ भदौ २०८२
https://jawaaf.com/storage/01K4KNBTEE61ECGNTXT2GT1V17.jpg

यूएई त्रि–देशीय सिरिजको उपाधि पाकिस्तानलाई

काठमाडौं । एशिया कपको तयारी स्वरूप संयुक्त अरब इमिरेट्स (यूएई)मा सम्पन्न त्रि–देशीय क्रिकेट सिरिजको उपाधि पाकिस्तानले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अफगानिस्तानलाई ७५ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो ।

पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४१ रन बनाएको थियो ।  पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन बनाए भने मोहम्मद नवाजले २५ र कप्तान सलमान आगाले २४ रनको योगदान दिए ।

१४२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको ब्याटिङ पूर्णरूपमा धराशायी भयो । अफगानी टोली १५.५ ओभरमै जम्मा ६६ रनमा समेटिएको हो । कप्तान राशिद खान र सेदिकुल्लाह अटलबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानको जितमा अलराउन्डर मोहम्मद नवाज नायक बने । उनले चार ओभरमा एक मेडन राख्दै १९ रन खर्चेर पाँच विकेट लिए । अब्रार अहमद र सुफियान मुकिमले दुई–दुई विकेट हात पार्दै नवाजलाई बलिङमा साथ दिए ।

अफगानिस्तानका लागि बलिङतर्फ कप्तान राशिद खानले तीन विकेट लिए भने फजलहक फारुकी र नुर अहमदले दुई–दुई विकेट लिए ।

सिरिजको समूह चरणमा पाकिस्तान र अफगानिस्तानले समान तीन–तीन जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए ।

प्रकाशित मितिः सोमबार, २३ भदौ २०८२
https://jawaaf.com/storage/01K4EE9H5ARBZCWVEX7XRMD3CD.jpg

एभरेष्ट महिला भलिबल लिग : उद्घाटन खेलमा कर्णाली यशविसले विजयी

पोखरा । दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेलमा कर्णाली यशविसले विजयी हासिल गरेको छ ।  शुक्रबार पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा पोखरा निन्जाजलाई  पराजित गर्दै कर्णाली यशविसले पहिलो जित हासिल गरेको हो । 

कर्णालीले पहिलो सेटमा २५–२१ , दोस्रो सेटमा २५– २० र तेस्रो सेटमा २५–१४ ले पोखरालाई हराएको थियो । आजै भएको अर्को खेलमा ललितपुर क्विन्स र मधेस युनाईटेड खेलेका छन्।

शनिबार पोखराले मधेस यूनाइटेडसँग खेल्दैँछ । कर्णाली यशविसले भने लुम्बिनी लाभाजसँग प्रतिस्पर्धा गर्ने भएको छ ।  यहि भदौ २० देखि २८ गते सम्म पोखरामा हुने एभरेष्ट महिला भलिबल प्रतियोगिताको पूर्व सन्ध्यामा टिम धनराज  र टिम राजेशका बीच हुने मैत्रीपूर्ण खेलको शुभारम्भ हुने बताइएको छ । 

प्रकाशित मितिः शनिबार, २१ भदौ २०८२
https://jawaaf.com/storage/01K4CCDY2NEJH1VZH4BY5NC8VP.jpg

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

काठमाडौं । वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्ष देखि सुरु भएको लिग पहिलो पटक काठमाडौं बाहिर पोखरामा हुन लागेको हो ।

पहिलो संस्करणको विजेता कर्णाली यशविस र पोखरा निन्जाज उद्घाटन खेलमा भिड्नेछन् । उद्घाटन खेल दिउँसो २ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु हुनेछ ।

आजै ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल अपरान्ह ४ बजे सुरु हुनेछ ।

कर्णाली र पोखरा दुवै टिम उद्घाटन खेलका लागि तयार छन् । दुवै टिममा घरेलु भलिबलको सफल टोली न्यु डायमण्ड युथ स्पोट्र्स क्लबमा खेलिरहेका सुमित्रा र प्रगति मार्की छन् । 

साविक विजेता कर्णाली पहिलो खेलदेखि नै राम्रो प्रदर्शन गर्दै उपाधि जोगाउने अभियानमा छ ।

प्रकाशित मितिः शुक्रबार, २० भदौ २०८२