मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JQAMWV82EBFG23MZQ1G5GFY7.jpg

एपिएफ तिलोत्तमा गोल्डकपको उपाधि नजिक

बुटवल । विभागीय टोली एपिएफ क्लब २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले संकटा क्लबलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । एपिएफको जितमा युवराज खड्काले गरेको गोल नै निर्णायक साबित भयो ।
दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा केही उत्कृष्ट अवसर बुनेका थिए । तर, फिनिसिङमा चुक्दा गोल भने निकाल्न सकेनन् । त्यसपछि खेल बराबरी हुँदै टाइब्रेकर उन्मुख थियो । तर, थप गरिएको ६ मिनेटको इन्जुरी समयलाई युवराजले सफलतापूर्व सदुपयोग गर्दै खेल दोस्रोपल्ट टाइब्रेकरमा पुग्नबाट रोके ।
उनले ९४औं मिनेटमा सुजन पुलामीसँग उत्कृष्ट तालमेल मिलाएका थिए । उनको सर्ट पासलाई सुजनले एक्लैले पेनाल्टी बक्सनजिक पु¥याएर लामो प्रहार गरेका थिए । तर, उक्त प्रहार संकटाका गोलकिपर विशाल केसीले सही जर्जमेन्ट गरे पनि बचाउन सकेनन् । 
अनुभवमा कमी देखिएका विशालको हातबाट बल फुत्किएसँगै रिबाउन्डमा युवराजले गोल गरेका हुन् । योसँगै एपिएफको जित सुनिश्चित भयो । एपिएफले पहिलो क्वार्टरफाइनलमा आयोजक करेन्ट रुपन्देही–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
काठमाडौंमा सभापती कप जित्दै मोफसल ओर्लिएको संकटाले भने तेस्रो क्वार्टरफाइनलमा जर्जियन फुटबल क्लब, कालिम्पोङ भारतलाई ४–० ले हराउँदै एपिएफसँगको भेट पक्का गरेको थियो । तर, यो भेट संकटाका लागि सम्झनयोग्य रहेन र सेमिफाइनलबाट बाहिरियो । खेलको ‘म्यान अफ द म्याच’ युवराज नै घोषित भए र ११ हजार १११ रुपैयाँ हात पारे ।
योसँगै एपिएफले कम्तीमा ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ पक्का गरिसकेको छ । अब एपिएफले उपाधिका लागि ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्ने पक्का भएको छ ।
यी दुईबीचको दोस्रो सेमिफाइनल बिहीबार अपरान्ह्र ४ बजे हुने तय छ ।  बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।
उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ दी म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।
यो संस्करणमा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मितिः बिहिबार, १४ चैत २०८१
https://jawaaf.com/storage/01JQAMF0F4YGZN8SPMFJFH7S79.jpg

आईपीएलमा राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ । पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताले राजस्थानविरुद्ध जित निकालेको हो ।

जितमा ओपनर क्विन्टन डि कक नायक भए । गुमाइसकेको खेललाई नटआउट शानदार व्याटिङ गर्दै राजस्थानविरुद्ध डि ककले ८ विकेटको जित निकालेका हुन् । ६१ बलको सामना गरेका डि ककले ६ छक्का र आठ चौकाको मद्दतमा ९७ रन बनाए । उनी शतक बनाउन मात्र तीन रनले चुके ।

यो जितसँगै कोलकाताले दुई खेलमा दुई अंक जोडेको छ भने राजस्थान दुई खेलमा अंकबिहीन छ । राजस्थान पहिलो खेलमा नराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो ।

टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले १५२ रनको सामान्य लक्ष्य पाएको थियो । सामान्य लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदा मात्र दुई विकेटको क्षतिमा १५३ रन बनाउँदै भेट्टाएको हो ।

कोलकाताले ओपनर मोइन अलीलाई पाँच रनमै गुमाएको थियो । कप्तान आजिक्य रहाने पनि १८ रनमै समेटिए। उसका लागि डि कक र अंगकृष रघुवंशीले तेस्रो विकेटका लागि ८३ रनको विशाल साझेदारी गरेका थिए । यो साझेदारी नै कलकताको पुनरागमन जित निकालेको हो ।

प्रकाशित मितिः बिहिबार, १४ चैत २०८१
https://jawaaf.com/storage/01JQ87D6CZKBHBRTHDV1QBYSQ2.avif

तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा मच्छिन्द्र

बुटवल । मच्छिन्द्र फुटबल क्लब २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा मच्छिन्द्रले एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

बराबरीतर्फ उन्मुख खेलमाराजीव लोप्चनले निर्णायक गोल गरेका हुन् । उनले ८८औं मिनेटमा गरेको गोल नै खेलमा निर्णायक बनेको थियो । फ्रिककमार्फत आएको बललाई विवेक राईले बक्सबाहिरबाट भलिको प्रयास गरेका थिए । तर, राम्रोसँग कनेक्ट नहुँदा राजीवलाई गोल गर्ने अवसर जुरेको हो । जसलाई उनले बिनागल्ती पहिलो बारतर्फ गोल गरे ।

खेलको ‘म्यान अफ द म्याच’ पनि राजीव नै घोषित भए । उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरे । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा विभागीय टोली एपिएफ र संकटा क्लब भिड्ने भएका छन् । यी दुईबीचको खेल बुधबार अपरान्ह्र ४ बजे हुनेछ । 

Pathivara_Adv..gif 182.28 KB

एपिएफले आयोजक करेन्ट रुपन्देही–११ लाई १–० र संकटाले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । 

दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडले मच्छिन्द्रलाई चुनौती प्रस्तुत गर्ने भएको छ । यी दुईबीचको खेल भने बिहीबार हुने तय छ । दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ दी म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

यो संस्करणमा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्पर्धा गर्नेछन् ।  प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मितिः बुधबार, १३ चैत २०८१
https://jawaaf.com/storage/01JQ83DMDP308ZRY3SQAGJ9KEZ.avif

आईपीएलमा पञ्जाबको गुजरातमाथि रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार अर्को हाइ स्कोरिङ खेलमा पन्जाब किङ्सले गुजरात टाइटनलाई ११ रनले हराएको छ । सुरुमा ब्याटिङ गरेको पञ्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरात २३२ रनमा समेटिएको हो ।

सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान श्रेयास ऐयारले कप्तानी पारी खेलेका हुन्। उनले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे । उनी शतकका लागि मात्र तीन रनले चुके । 

२४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाउँदै २३२ रन मात्र जोड्दा पञ्जाब ११ रनले विजयी भयो। गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट भएका थिए।

सेफन रुदरफोर्डले २८ बलमा ४६ रन जोडे। जोस बटलरले ३३ बलमा ५४ रन जोडे। आर्सदीप सिंहले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

पञ्जाबका लागि कप्तान ऐयारले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे। उनको पारीमा ५ चौका र ९ छक्का समावेश थियो । यसैगरी पञ्जाबका लागि शशांक सिंहले नटआउट १६ बलमा ४४ रन जोडे ।  उनको पारीमा ६ चौका र २ छक्का समावेश थियो । यसअघि प्रियांश आर्यले पारीको सुरुवात गर्दै २३ बलमा ४७ रन जोडेका थिए । 

यो खेलसँगै आईपीएल यो जितको पहिलो खेल सबै टिमले खेलिसकेका छन्। पहिलो खेलमा सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोरु, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स विजयी हुँदा गुजरात टाइटन, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, कोलकोत्ता किंग्स राइडर्स र राजस्थान रोयल्सले पराजयबाट खेलको सुरुवात गरेका छन्।

प्रकाशित मितिः बुधबार, १३ चैत २०८१
https://jawaaf.com/storage/01JQ5HV0BA9F4331WMVEMKYJZR.avif

संकटा सेमिफाइनलमा, सृजनको चार गोल

बुटवल । सृजनराज गौतम एक्लैको चार गोलसँगै संकटा क्लबले २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा सोमबार सम्पन्न खेलमा संकटाले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले पराजित गरेको हो । 

योसँगै १९औं संस्करणको विजेता संकटाले फाइनल प्रवेश गर्न विभागीय टोली एपिएफ क्लबलाई चुनौती पेस गर्ने भएको छ । आयोजक रुपन्देही–११ लाई १–० ले पराजित गर्दै एपिएफ अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

खेलको ४२औं मिनेटमै सृजनले संकटालाई सुरुआती अग्रता दिलाएका थिए । निर्मल घिसिङले बक्सबाहिरबाट दिएको बललाई सृजनले लेफ्ट फुटेट सर्ट प्रहार गर्दै उनले सेकन्ड बारमा चुमाए ।

पहिलो हाफमा एक गोल मात्रै गरेको संकटाले दोस्रो हाफमा तालमेलमा सुधार गर्दै तीन गोल थप्यो । ८६औं मिनेटमा सृजनले एकल प्रयासमा गोल गर्दै अग्रता दोब्बर बनाए । सुरज थारुले मध्यभागबाट दिएको बललाई सृजनले  जर्जियनका गोलकिपर अगाडि बढेको मौकामा उत्कृष्ट कटिङ गर्दै गोलमा परिणत गरे ।

त्यसपछि उनले बाँकी दुई गोल इन्जुरी समयमा गरेका हुन् । तेस्रो मिनेटमा जन्मजय धामीले उपलब्ध गराइदिएको बललाई क्लियर गर्न जर्जियनका गोलकिपर पेनाल्टी बक्सबाट निकै बाहिर निस्किएका थिए । तर, राम्रोसँग क्लियर गर्न नसकेको बललाई सृजनले खाली पोस्टमा गोल गरे ।

Pathivara_Adv..gif 182.28 KB

जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो । त्यसको दुई मिनेटपछि मध्यभाग तलबाट जर्जियनका खेलाडीबाट बल खोस्दै उनले सेन्ट्रल ब्याकलाई विफल बनाउँदै एक्लैले गोल गरे । जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो ।

उनी नै खेलको म्यान अफ द म्याच घोषित भए र ११ हजार १११ रुपैयाँ प्राप्त गरे । अन्तिम क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लब र एडोर्न गडवाल स्पोर्टिङ क्लब खेल्नेछन् । यी दुईबीचको खेल मंगलबार अपरान्ह्र ४ बजे हुने तय छ । 

यो खेलको विजेताले चर्च ब्वाइज युनाइटेडलाई फाइनल प्रवेशका लागि चुनौती प्रस्तुत गर्नेछ । आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गरेको थियो ।

बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेता टिमले ६ लाख ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ द म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

यो संस्करणमा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको सहभागिता छ । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मितिः मङ्गलबार, १२ चैत २०८१
https://jawaaf.com/storage/01JQ39GQ2AEVQ66D6EARWD4142.avif

आइपिएलमा मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ । आइपिएलको १८ औं संस्करणको तेस्रो खेलमा चेन्नर्ईले मुम्बईलाई चार विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो । 

कप्तान ऋतुराज गायकवाड र ओपनर रचिन रविन्द्रको अर्धशतकमा चेन्नाई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको हो ।

मुम्बईले दिएको  १५६ रनको लक्ष्य चेन्नर्ईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा ग¥यो । ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे । उनले  ४५ बलमा २ चौका र ४ छक्का हाने ।

कप्तान ऋतुराज गायकवाडले २६ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५३ रन बनाए । रवीन्द्र जडेजा १७ रन बनाएर नट आउट रहे। चेन्नाईका अन्य ब्याटर चल्न सकेनन् ।

महेन्द्रसिंह धोनीले दुई बल मात्रै खेले तर रन बनाउन सकेनन् । बलिङतर्फ मुम्बईका विग्नेश पुथुरले तीन तथा दीपक चाहर विल ज्याक्सले एक÷एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए ।  उनले ४१ बलमा २ चौका र २ छक्का हाने ।  कप्तान सूर्यकुमार यादवले २६ बलमा २ चौका र १ छक्का प्रहार गरी २९ रन बनाए ।

बलिङतर्फ चेन्नर्ईका नूर अहमदले ४, खलिल अहमदले तीन ‍तथा नाथन इलिस र रविचन्द्रन आश्विनले एक÷एक विकेट लिए । आइपिएलमा सोमबार दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन् ।

प्रकाशित मितिः सोमबार, ११ चैत २०८१
https://jawaaf.com/storage/01JQ2VCYDCWHKDY820Q304RTMD.avif

पुलिसलाईहराउँदैचर्चब्वाइजतिलोत्तमागोल्डकपकोसेमिफाइनलमा

बुटवल । ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रकेरमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । 

 निर्धारित ९० मिनेटको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् । त्यसैले प्रतियोगिताको नियमअनुसार विजेताको टुंगो सिधैं टाइब्रेकरमार्फत गरिएको हो । टाइब्रेकरमा यसपल्ट मोफलसलका चार प्रतियोगिता जितिसकेको चर्च ब्वाइज पुन: भाग्यमानी ठहरियो । चर्च ब्वाइजका अमन लामा, चेतन चौधरी, अर्मान्ड बेएडुम, प्रवेश कुँवरले गोल गरे ।

 कप्तान सेर्गे डिका र आकाश राईको प्रहारलाई पुलिसका गोलकिपर अमित टमाटाले बचाए । तर, पुलिसका विवेक पाण्डे, मानबहादुर परियार र ओसेन्द्र कटुवाल अभागी सावित हुँदा पुलिस पहसलो खेलबाटै बाहिरिइयो । विवेकको प्रहार पोस्ट र ओसेन्द्रको प्रहार माथिल्लो बारमा लाग्न पुग्यो । मानबहादुरको प्रहार भने बाहिरिइयो ।

 पुलिसका प्रज्ज्वल चौधरी, गोलकिपर अमित टमाटा र अरुण गाहाले मात्रै टाइब्रेकरको सदुपयोग गर्न सके । म्यान अफ द म्याच चर्च ब्वाइजका मिडफिल्डर अमन लामा घोषित भए र ११ हजार १११ रुपैयाँ प्राप्त गरे ।

Pathivara_Adv..gif 182.28 KB

 योसँगै चर्च ब्वाइजले फाइनलमा स्थान बनाउन ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लब र एडोर्न गडवाल स्पोर्टिङ क्लबबीचको विजेतासँग खेल्नेछ । यी दुईबीचको खेल भने मंगलबार हुने तय छ । 

 बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।

 उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ द म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

 यो संस्करणमा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको सहभागिता छ  । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

 प्रतियोगितामा सोमबार पनि एक मात्रै खेल हुनेछ । तेस्रो क्वार्टरफाइनलमा संकटा फुटबल क्लब, काठमाडौं र जर्जियन एफसी कालिङपोङ, भारत भिड्नेछन् । यी दुईको विजेताले फाइनल प्रवेश गर्न विभागीय टोली एपिएफसँग प्रतितिस्पर्धा गर्नेछ । पहिलो क्वार्टरफाइनलमा एपिएफले आयोजक करेन्ट रुपन्देही–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

प्रकाशित मितिः सोमबार, ११ चैत २०८१
https://jawaaf.com/storage/01JPEP738B8BH29GKZNQW6WTF0.avif

चार देशीय सिरिज : तेस्रो स्थानको लागि नेपालले आज हङकङ संग खेल्दै

काठमाडौं ।  युगाण्डामा जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि आज नेपालले हङकङसंग खेल्दैछ । नेपाली समय अनुसार यो खेल अपराहन्न १२ः ४५ बजेदेखि शुरु हुनेछ । सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो ।

नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो । 

अब तेस्रो स्थानमा लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् । त्यस्तै फाइनलमा भने शिर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन् ।

प्रकाशित मितिः आइतबार, ०३ चैत २०८१
https://jawaaf.com/storage/01JPENT87HS5WWAGSCHA1MB08W.avif

एमबाप्पेको गोलमा रियलको जित

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ । शनिबार भएको खेलमा फ्रान्सेली स्टार स्ट्राइकर किलियन एमबाप्पेको २ गोलमा भिल्ला रियललाई २–१ ले पराजित गरेको हो ।

भिल्लाको घरेलु मैदानमा रियलको जितमा दुवै गोल एमबाप्पेले गरे । भिल्लाका लागि जुआन फोयथले गोल गरे । खेलमा अग्रता भने भिल्लाले लिएको थियो । खेलको सातौं मिनेटमा नै फोयथले गोल गर्दै टोलीलाई अग्रता दिए । तर, त्यसको १० मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२३ औं मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै रियललाई अघि बढाए । जितसँगै रियल २८ खेलमा ६० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । २ खेल कम खेलेको बार्सिलोना ५७ अंकका साथ दोस्रो स्थानमा छ । भिल्ला भने २७ खेलमा ४४ अंकका साथ पाँचौ स्थानमा छ ।

प्रकाशित मितिः आइतबार, ०३ चैत २०८१
https://jawaaf.com/storage/01JP9760EZSER1TBCEFS9H3KG6.avif

वुमन्स डे कपमा आज नेपालले हङकङसँग खेल्दै

काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।

आजको लागि नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट रहेका छन् ।

हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ । नेपाल समूहमा चौथो हुने निश्चित भइसकेको छ ।

नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ । नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, ०१ चैत २०८१