आइतबार, ०४ असोज २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KNB8S0G9PMZB25N0VARQ2KNZ.webp

उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने हर्कको दाबी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने दाबी गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राईले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा खडा गर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९ ?’

उनले नयाँ भनिएको दलले आफ्नो दलको उम्मेदवारलाई मत दिने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रकाशित मितिः शनिबार, २१ चैत २०८२
https://jawaaf.com/storage/01KN8Q83WWFDHW6JTQ16NRNC2A.jpg

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

बैठकमा बिहीबार प्रतिनिधि सभामा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ।

हिजो बसेको प्रतिनिधि सभाको बैठकमा नेता बादलले दलका तर्फबाट राखेको विचार पार्टीको स्थापित नीति, मान्यताविरीत रहेको भन्दै आज सचिवालय बैठक बसेर छलफल गर्ने बताइएको छ ।

त्यसका साथै अन्य राजनीतिक तथा समसामयिक विषयबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मितिः शुक्रबार, २० चैत २०८२
https://jawaaf.com/storage/01KN8Q4TJKPCFJ3C0QKJEFCA2X.jpg

गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

पटक–पटक सर्वसाधारणबाट आएको गुनासो र असुविधालाई मध्यनजर गर्दै उनले हिजो साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको असुविधा नपरोस् भन्ने सुनिश्चित गर्दै सम्बन्धित कर्मचारीलाई निर्देशन दिइएका छन् ।

उनले विदेशबाट फर्किने नागरिकले विमानस्थलमै दुःख भोग्न नपरोस् भन्नेमा जोड दिँदै यस्तो गुनासो दोहोरिन नदिन सचेत गराएका छन् ।

साथै, सामान्य लत्ताकपडा र व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच नगरी सेवाग्राहीलाई सहजता प्रदान गर्नसमेत निर्देशन दिइएको छ ।

प्रकाशित मितिः शुक्रबार, २० चैत २०८२
https://jawaaf.com/storage/01KN8PZZNYGBJ9DF0RY0NZD0YN.jpeg

आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया आज (शुक्रबार) सुरु हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।

सचिवालयले उम्मेदवारको नामावली दिउँसो २ः३० बजे सार्वजनिक गर्ने जनाएको छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ अनुसार सभामुखको निर्वाचन चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा हुने मिति ज्येष्ठ सदस्यले तोकेको छ ।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अर्यालको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

हालको प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइ १८२ सांसद रहेकोले अर्यालको निर्वाचित हुने सम्भावना निकै उच्च छ । काठमाडौं क्षेत्र नं. ९ बाट निर्वाचित अर्याल यसअघि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए।

सचिवालयका अनुसार यदि एकभन्दा बढी उम्मेदवारी दर्ता भएमा निर्वाचन प्रक्रिया चैत २२ गतेको बैठकमा अघि बढ्नेछ ।

प्रकाशित मितिः शुक्रबार, २० चैत २०८२
https://jawaaf.com/storage/01KN6XRDFSK5K9DD2WYD8VR222.jpg

एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् । साम्पाङले आफूले आफैंलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै समयको मूल्य बुझ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ । अघिल्लो सपथ ग्रहणको दिन पनि १२ मिनेट ४६ सेकेण्ड ढिलो थियौं भने आज १६ मिनेट ५५ सेकेण्ड हामी ढिलो भएका छौं । जनताले हामीलाई यसरी ढिलो गर भनेर पठाएको हो जस्तो लागेन । त्यसैले प्रत्येक मिनेटको महत्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौं । नेपाली हो, नेपाली समय २ बजेको बैठक ३ बजे जाँदा पनि हुन्छ, जे गर्दा नि हुन्छ भनेर भाष्य मनमा लिएर बसेका छौं, त्यो नै उन्नति गर्न नसक्नुको मुख्य कारण हो।’

साथै उनले एमसीसी खारेज गर्न माग गरेका छन् । उनले सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी अमेरिकी सहायता परियोजना एमसीसी खारेजी गर्नुपर्ने बताए ।
उनले भने, ‘म आफनो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो । म जनताको मागहरु जनताले चाहेका कुराहरु के कस्ता छन् भन्ने कुरा बुँदागत रुपमा बाचन गर्न चाहन्छु । पृथ्वी रहिरहुन्जेलसम्म यो देश रहनुपर्छ । हाम्रो देशको अंकित झण्डा रहिरहनुपर्छ । यो मान्यता राख्दर्छौं । देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।’

प्रकाशित मितिः बिहिबार, १९ चैत २०८२
https://jawaaf.com/storage/01KN4G0GY90RWCMVB567C2YR8S.jpg

एमाले संसदीय दलको नेता बने रामबहादुर थापा बादल

काठमाडौं । रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।
दलको नेताका लागि दाबी गरिरहेका सुहाङ नेम्वाङले समर्थक र प्रस्तावकसमेत नपाएपछि बादल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
दलको नेता चयन भएपछि बैठकका निर्णय सार्वजनिक गर्दै बादलले भने, ‘आजको बैठकले संसदीय दलको नेता सर्वसम्मतिले चयन गरेको छ । दल नेताको रूपमा मलाई चयन गरिएको छ । निकट भविष्यमा दुवै सदनका माननीय सदस्यहरू राष्ट्रिय सभा र प्रतिनिधिसभाका माननीयज्यूहरूलाई अभिमुखीकरण कार्यक्रम यही २१ गते गर्ने तय गरिएको छ ।’
उनले बैठकले केपी शर्मा ओली र रमेश लेखकको गैरकानुनी तथा पूर्वाग्रहपूर्ण गिरफ्तारीको विरोधमा प्रस्ताव पारित गरेको पनि जानकारी दिए ।
बादलले भोलि हुने प्रतिनिधिसभा तथा आगामी दिनमा हुने प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरूमा आफ्ना एजेन्डा सशक्त रूपमा उठाउने संकल्प गरिएको बताए । ‘हामीले घोषणापत्रमा गरेका प्रतिबद्धताहरूलाई संसदमा उठाउनेछौं र प्रतिपक्षको भूमिका निर्वाह गर्दै सजग पहरेदारका रूपमा काम गर्नेछौं,’ उनले भने ।
यसैबीच, नेता चयन प्रक्रियाबारे प्रतिक्रिया दिँदै सुहाङ नेम्वाङले आफूले अपेक्षा गरेअनुसार परिणाम नआएको बताए । ‘मभन्दा अर्को उम्मेदवार संसदीय दलको नेता हुन योग्य छ भन्ने खालको नतिजा आएको छ,’ उनले सञ्चारकर्मीहरूसँग भने ।
उनले संसदमा प्रवेश गर्दा सत्ता–प्रतिपक्षको सोचभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘संसद भित्र जाने बेलामा कोही पनि सत्तापक्ष, प्रतिपक्ष भनेर आफूलाई अगाडि नै सोचेर हिड्ने हो भने जनता र देशको हितमा कहिले पनि राम्रो हुँदैन भनेर हामीले बुझ्नुपर्छ । हामीले सशक्त ढंगले सरकारले गरेका राम्रा कामहरुलाई हामीले सहयोग पुर्याउनुपर्छ । सरकराले गरेका कमीकमजोरीलाई हामीले औंल्याउँदै खबरदारीका साथमा रचनात्मक हिसावले सल्लाह सुझाव सहयोग पुर्याउनुपर्छ ।’
सुहाङले अब नयाँ पुस्ताले नेतृत्व पाउनुपर्ने भन्दै दलको नेतामा दाबी गरेका थिए । प्रतिनिधिसभामा एमालेका २५ सांसद छन् ।

प्रकाशित मितिः बुधबार, १८ चैत २०८२
https://jawaaf.com/storage/01KN4A6TKYTSH7GHXR7WE9TP24.jpg

निर्वाचनमा पार्टीका सदस्यहरुले गरेको अनुशासन उल्लङ्घनको उजुरी पठाउन समितिको निर्देशन

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन –२०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेमा यही चैत्र मसान्तभित्र उजुरी पठाउन निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन– २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेको भए सोको उजुरी चैत्र मसान्तभित्र नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिने निर्णय गरेको समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।
उनले भने,‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेका भए सोको उजुरी चैत्र मसान्तभित्र नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गर्छ ।’
त्यस्तै उनले छानविनबाट वर्गिकरण गरिएका उजुरीको हकमा अुनशासन उल्लङ्घन गरिएको भनि आरोप लागेका व्यक्तिहरुबाट सात दिनभित्र स्पष्टिकरण तथा सफाई माग गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, १८ चैत २०८२
https://jawaaf.com/storage/01KN23TCJATSQJK3P3Q5DB8JY6.jpg

सरकारको निर्णयलाई स्वागत गर्दै एमाले निकट सागरनाथ वन विकास परियोजना सर्लाही कर्मचारी संगठन भंग

सर्लाही । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनामा क्रियाशील कर्मचारी संगठन सरकारले गरेको निर्णयलाई स्वागत गर्दै भंग गरिएको छ ।

नेकपा एमाले निकट उक्त संगठनले नेपाल सरकारको शासकीय सुधार र मितव्ययिता सम्बन्धी निर्णयलाई स्वागत गर्दै संगठनले आफ्नो संगठन विघटनको घोषणा गरेको हो । संगठनका अध्यक्ष प्रदीप अर्याल र सचिव युवराज कार्कीले संयुक्त रूपमा सूचना जारी गर्दै सरकारको निर्णयअनुसार कार्यसमिति भंग गरिएको जानकारी दिएका छन्।

जारी सूचना अनुसार गत २०८२ साल चैत्र १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको १०० बुँदे शासकीय सुधारका कार्यसूचीहरू मध्ये बुँदा नम्बर १२ मा उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न यो कदम चालिएको हो ।

गत चैत १३ गते बसेको नवगठित मन्त्रिपरिषद् बैठकले कर्मचारी संघ संगठनहरू भंग गर्ने निर्णय गरेको थियो।

प्रकाशित मितिः मङ्गलबार, १७ चैत २०८२
https://jawaaf.com/storage/01KN1M9HDXMPH7ACWS612BKJ2R.jpg

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ ।
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक अहिले जारी छ ।
बिहान ११ बजे धुम्बाराहीको होटल स्मार्टमा बोलाइएको दुई दिने बैठकका लागि इतर समूहले तीनवटा एजेन्डामा छलफल भइरहेको छ ।
बैठकमा लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुनेछ ।
बैठक १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित र गत असोज २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेर बहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो ।
बैठकमा ५० बढी नेताहरुको सहभागिता छ । बैठकमा नेता डा.शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइरालालगायत नेताहरु सहभागी छन् । डा.शेखर ढिलागरी बैठक स्थल पुगेका थिए ।

प्रकाशित मितिः मङ्गलबार, १७ चैत २०८२
https://jawaaf.com/storage/01KN1ASZEHBSDAFF5A7V4WH3PY.jfif

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता : सरकारले मधेसलाई प्राथमिकता दिने

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभू साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । मंगलबार विहान बुढानिलकण्ठमा भएको भेटमा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएका थिए ।

देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको लामिछानेको सचिवालयले जनाएको छ । सो क्रममा अध्यक्ष साहद्वारा पार्टी र सभापति लामिछानेले औपचारिक रूपमा बधाई दिएका थिए ।

 यसैबीच, रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुर बीच पनि भेटवार्ता भएको छ । बुढानिलकण्ठस्थित ठाकुरको निवासमा भएको भेटमा वर्तमान राजनीतिक अवस्था, मधेसको विकास तथा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो जनादेशअनुसार समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन् ।

प्रकाशित मितिः मङ्गलबार, १७ चैत २०८२