सोमबार, ०८ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HY2ZVKE4K73GW9EPK456YV4C.jpg

परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको आकर्षण बढ्दै

पर्वत I परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको आकर्षण बढ्दै जान थालेको छ । बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदोखेतीमा सक्रिय हुन थालेका छन् । 

पछिल्ला केही वर्षयता होटल, रेष्टुरेन्ट तथा घरबास ‘होमस्टे’हरुमा कोदोका परिकारको माग बढ्दै गएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको किसानको भनाइ छ । 

पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठूला–ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै जान थालेपछि जिल्लामा व्यावसायिक रुपमा कोदोखेती गर्नतर्फ किसानलाई आकर्षण गर्न थालिएको जिल्लस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

केन्द्रले परम्परागत बाली उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई अनुदान दिन थालेको हो । चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदोखेती विस्तारका लागि केन्द्रले सहयोग गरेको छ । कोदोखेती गर्ने किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएको केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार चालु आवमा कोदो बालीको प्रवर्द्धनका लागि किसानलाई रु पाँच लाख वितरण गरिएको छ । किसानलाई यान्त्रिक हलो र थ्रेसर मेसिन उपलब्ध गराइएको भन्दै यसले खेतबारी खनजोत गर्न र उत्पादन भइसकेपछि कोदो झार्न सहज हुने भएको उहाँको भनाइ छ । किसानलाई कार्यबोझ घट्नाका साथै उत्पादन लागत समेत कम होस् भन्ने उद्देश्यले यान्त्रिकीकरणमा सहयोग गरिएको कार्यालयले जनाएको छ । 

यसबाहेक परम्परागत जातका बालीका रुपमा रहेका फापर, धान, जौ, कोदोको प्रशोधनका लागि रु चार लाख अनुदान वितरण गरिने अधिकारीले बताउनुभयो । पर्वतमा झापे, डल्ले, मङ्सिरे र स्थानीय जातको कोदो उत्पादन हुँदै आएको छ । 

जिल्लाको आठ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा कोदोको उत्पादन हुने अधिकारीले जानकारी दिनुभयो । यस वर्ष पर्वतमा आठ हजार तीन सय १० मेट्रिक टन कोदो उत्पादन भएको छ जसमध्ये पाँच हजार एक सय ७५ मेट्रिक टन कोदो निर्यात भएको कार्यालयले जनाएको छ ।

रु २३ करोड २८ लाख ७५ हजार भित्र्याइएको कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित कोदोमध्ये तीन हजार एक सय ३५ मेट्रिक टन किसानले खाद्यान्न, बीउ र गाईभैँसीको दानाका रुपमा प्रयोग गरेका छन् । परम्परागत जातको कोदोको माग बढेपछि केही किसान व्यावसायिक उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको कार्यालयले जनाएको छ । 

पछिल्लो केही वर्षयता पर्वतको कुश्मा बजारका होटलहरुमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेका उहाँको भनाइ छ । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको श्रेष्ठले बताउनुभयो ।

मुख्यगरी मधुमेह र ग्याष्ट्रिक रोगवाट पीडितले कोदोको परिकार बढी मात्राा खाने गरेका छन् । अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन पनि प्रयोग गर्दै आएका छन् । बजारमा विभिन्न परिकार बनाएर बिक्री गर्ने प्रचलन बढ्दै गएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताउनुभयो । कोदो उत्पादनका लागि प्रोत्साहनमूलक कार्यक्रम थालेसँगै क्षेत्रफल समेत बढ्ने केन्द्रको अनुमान रहेको छ । 

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY2W29Z2D1BKNNN6PZZHYRDN.jpg

रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन् : राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी र चिनियाँबीच ‘सदाका लागि भाइचारा’ रहेको बताउनुभएको रुसी समाचार एजेन्सी तासले जनाएको छ । 

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठ र अन्तर–सांस्कृतिक वर्ष प्रारम्भका अवसरमा आयोजित समारोहमा पुटिनले दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध जारी रहने विश्वास व्यक्त गर्नुभयो । 

“यो कार्यक्रम कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवलाई समर्पित छ । पचहत्तर वर्षअघि सिर्जना गरिएको त्यस समयको एउटा प्रसिद्ध गीत जुन प्रायजसो आजसम्म गाइन्छ । यसमा एक प्रसिद्ध पङ्क्ति छ : ‘रूसी र चिनियाँ सदाका लागि भाइहरू हुन्’”, पुटिनले भन्नुभयो । 

तासका अनुसार उहाँले रुस–चीन साझेदारीको भ्रातृभावलाई बढावा दिने विश्वास व्यक्त गर्नुभएको छ । “म विश्वस्त छु कि हामी सौहार्दपूर्ण रूसी–चिनियाँ साझेदारीको भ्रातृ भावनालाई बलियो बनाउने पहल जारी राख्नेछौँ”, रुसी राष्ट्रपतिले भन्नुभयो । 

राष्ट्रपति पुटिन आफ्नो चीनको राजकीय भ्रमणका क्रममा शुक्रबार हार्बिन आइपुग्नुभएको हो । रूसी राष्ट्रपतिले हार्बिनमा आठौँ रूसी–चिनियाँ प्रदर्शनी र अन्तरक्षेत्रीय सहकार्यको चौथो रूस–चीन फोरमको उद्घाटन गर्नुभयो । 

रूसी राष्ट्रपतिले चीनको उत्तरपूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ । त्यहाँ उहाँले व्यापार र सहयोग फोरममा भाग लिनुहुनेछ ।  

तासका अनुसार चीन र रुसबीचको सीमा तनावले ऐतिहासिकरूपमा ग्रस्त यस क्षेत्रले हालैका वर्षहरूमा कनेक्टिभिटी बढेको देखेको छ, जसले दुई छिमेकीबीच घनिष्ठ आर्थिक र सांस्कृतिक सम्बन्धलाई बढावा दिएको पाइन्छ ।

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY2VTP4QW3BVQNAB2V7V77P7.jpg

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन

काठमाडौँ  I राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ–आफ्नो आसनबाट उठ्नुभएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक आगामी जेठ ६ गते आइतबार दिउँसो १.१५ बजे बस्ने गरी स्थगित गर्नुभएको हो ।
 

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर  राष्ट्रियसभाको बैठक अवरोध गर्दै आएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY2Q5T6T19ZXMF0MQS3DE5PQ.jpg

प्रतिनिधिसभा बैठकको समय सर्‍यो

काठमाडौँ  I राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ ।
     
दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई नसकेकाले सभामुखको निर्देशनमा बैठकको समय सारिएको संसद् सचिवालयले जनाएको छ ।
     
प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध गर्दै आएको छ । निकासका लागि सत्तापक्ष, प्रतिपक्षी दलबीच आज बेग्लैबेग्लै छलफल भएको छ भने सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको छ । 

राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे निर्धारण गरिएको छ । 

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY2KZ9KBWJ5S2ECT6ZCGJCYK.jpg

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

कीर्तिपुर (काठमाडौँ) I वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्ष अघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थी भरिभराउ छन् । 

विद्यार्थी नभएका अन्यत्रका सरकारी विद्यालयको तुलनामा यहाँ ठीक उल्टो छ । शिक्षाको महत्व बुझेका र हुनेखाने वर्गका अभिभावकले समेत आफ्ना छोराछोरी यही विद्यालयमा पढाएका छन् । प्रायः सबै शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीकाहरुको बालबालिका यही विद्यालयमा पढछन् । 

विद्यालयले गुणस्तरीय शिक्षाका लागि दश वर्षदेखि  गरेको निरन्तर मेहेनतको प्रतिफल हो यो । यही मेहतनले  विसं २०७५ यता विद्यालयले राम्रो नतिजा ल्याएको छ । पठनपाठन नियमित गर्ने नभई कमजोर विद्यार्थीका लागि वर्षैभरि अतिरिक्त कक्षा चलाइएको छ । साना कक्षाहरुमा दुईजना शिक्षक खटाएर विशेष कक्षा सञ्चालन गरिएको छ । 

त्यतिमात्र नभई अधिकांश सामुदायिक विद्यालयमा देखिने सरसफाइ र अव्यवस्थाको समस्या यस विद्यालयमा छैन । अभिभावकको चाहनाअनुरुप क्रमशः अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिएको विद्यालयले जनाएको छ । 

विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गरेपछि स्थानीयले बिस्तारै आफ्ना छोराछोरी पढाउन मात्र थालेनन्, भौतिक संरचनाको विकासमा समेत सहयोग गर्न थाले । स्थानीय समुदायकै सहयोगमा विद्यालयले जग्गा किन्यो र त्यसलाई घेराबारा लगाइयो ।  

प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठका अनुसार एउटा कक्षामा सरदर ३५ जना राखेर पठनपाठन गराइन्छ । सबै कक्षामा विद्यार्थी भरिएका छन् । कक्षा ९ र १० मा एक–एकवटा ‘सेक्सन’  थप्नुपरेको छ । “एक शैक्षिकसत्रमा जम्मा ७५ जना नयाँ भर्ना लिन सकिने अवस्था थियो तर आवेदन दुई सय ५० जनाको प¥यो । कक्षा कोठामा धेरै हुने भएकाले एक सयजना विद्यार्थीलाई भर्ना लिइयो, बाँकीलाई भर्ना गर्न सकिएन”, प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो । 

भर्ना हुन चाहने सबै विद्यार्थीलाई विद्यालयमा कक्षा कोठा पुग्दैन । अहिलेको चारवटा भवनमा ३२ वटा कक्षाकोठा छन् जसमध्ये २५ वटा कोठामा कक्षा सञ्चालन गरिएको छ ।  नयाँ भवन बनाउने साधन स्रोत तत्काल जुटेको छैन । विद्यालयले खरिद गरेको एक रोपनी पाँच आना क्षेत्रफलमा संरचना बनिसकेको छ । त्यसबाहेकका थप जमिन विद्यालयसँग छैन । विद्यालयसँगै जोडिएको १५ रोपनी पर्ती जमिनलाई खेलमैदानका रुपमा प्रयोग गरिएको छ तर त्यहाँ विद्यालयले स्थायी संरचना बनाउन पाउँदैन । 

विद्यालयको समस्याबारे दक्षिणकाली नगरपालिका जानकार छ । त्यसप्रति नगरपालिका सकारात्मक रहेको र स्रोत साधन छिट्टै उपलब्ध हुने अपेक्षा गरिएको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । शिक्षाको गुणस्तरकै कारण विद्यार्थीको आकर्षण धेरै भए पनि विद्यालयले थप भर्ना गर्न नसक्ने जानकारीसहितको पत्र नगरपालिकालाई पठाएको छ । 

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY2CMC70RGX0XSEGJNG9BHKB.jpg

जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार

काठमाडौँ  I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री दाहालले  यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले  जानकारी दिनुभयो । 

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२)  बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लाग्नुभएको हो । 

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले),  राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत दलको समर्थन छ । 

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY27472Z6G173ENE9QXNYZ5H.jpg

सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राख्न सुझाव

नेपालगञ्ज I सीमान्तकृत, अल्पसङ्ख्यक, पिछडिएका समुदाय, महिला तथा दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले  नीति, तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिइएको छ । 

नेपालगञ्जमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बिहीबार आयोजना गरेको ‘लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम र मानवअधिकारको सवाल’ विषयक अन्तक्र्रियामा ती समुदायका सहभागीले आफूहरुलाई विकासको मूलप्रवाहमा ल्याउने विषय चुनौतीपूर्ण भएको बताए । 

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रत्न खत्रीले अल्पसङ्ख्यक र सीमान्तकृत समुदायलाई सीप सिकाएर आत्मनिर्भर बनाउन आवश्यक भएको उल्लेख गर्दै आधारभूत मानवअधिकारको रक्षा सामाजिक पूर्वाधारको विकासबाट मात्र सम्भव हुने बताउनुभयो । 

उहाँले लुम्बिनी, स्वर्गद्वारी, ठाकुरबाबा, बागीश्वरी मन्दिरलगायत सांस्कृतिक एवं धार्मिक स्थलको विकासमा जोड दिँदै त्यसबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । 

राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्ज कार्यालयप्रमुख द्वारिका अधिकारीले सीमान्तकृत, अल्पसङ्ख्यक, पिछडिएका समुदाय, महिला तथा दलित समुदायका मुद्दालाई राज्यले प्राथमिकता दिएर तदनुरुप काम गर्नुपर्ने बताउनुभयो । 

कानुन व्यवसायी विकास आर्चायले प्रदेश सरकारले विभिन्न आयोग गठनमा विलम्ब गरेको कारण समस्या बढ्दै गएको उल्लेख गर्नुभयो । 

फातिमा फाण्डेसनकी अध्यक्ष मैमुना सिद्धिकीले मुस्लिम समुदायमा सम्बन्धविच्छेदका विषयमा अदालतबाट फैसला आए पनि मुस्लिम परम्पराअनुसार तलाक हुन समय लाग्ने भएकाले खानपानलगायत समस्याले महिला पीडित हुने गरेकाले यसलाई सरकारले सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो । 

कानुन व्यवसायी वसन्त गौतम, सुनिता शर्मा, अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश प्रमुख भोला महत, दैनिक नेपालगञ्जका सम्पादक झलक गैरे, ज्येष्ठ नागरिक समाजका मुरारी भट्टराईले अब सार्वजनिक हुने प्रदेश सरकारको नीति कार्यक्रममा सीमान्तकृत तथा अल्पसङ्ख्यकका मुद्दालाई सम्बोधन गर्न आग्रह गर्नुभयो । 

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY26NXJQ17YTKAP6229C74YZ.jpg

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ I प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक हुने प्रमुख सचेतक रमेश लेखकले  जानकारी दिनुभयो ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छ लफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।  साथै प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले बेल घेराउ र नाराबाजी गरिरहेका बेला सभामुखले नियमित कार्यसूचीमा प्रवेश गरी उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनुभएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो ।

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । छानबिन समिति गठन नभएको भन्दै उसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले बिहीबार सहकारीको रकम अपचलन गरेकालाई कारबाही गर्न निष्पक्ष छानबिन हुनुपर्ने तथा संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले बैठक सञ्चालन हुन नदिने बताउनुभएको छ । कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY20VC4Q4QBWYRCE4WFHPVP9.jpg

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ I विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।   
  
विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । “विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, ” बुलेटिनमा भनिएको छ ।   
  
आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।   
  
साथै विभागले तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक –पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ ।   
  
तातो हावा तथा तातो लहर (लू)बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले लूबाट बच्न सुझाएको छ ।   
  
  
 

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY11Z3AAY9N9RB7YWECDZ02Z.jpg

प्रथम बृहत् खोटाङ–हलेसी महोत्सव : साहित्यकार किराँती सम्मानित

खोटाङ I नेपाल खेलकुद प्रतिष्ठान खोटाङले वरिष्ठ कवि तथा साहित्यकार जसराज किराँतीलाई नगदसहित सम्मान गरेको छ । प्रतिष्ठानले आयोजना गरेको ‘प्रथम वृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत आज त्रिधार्मिकस्थल हलेसीमा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगिताको शुभारम्भ समारोहमा साहित्यकार किराँतीलाई रु ११ हजार एक सय ११ नगदसहित ताम्रपत्र दोसल्ला ओढाएर सम्मान गरेको हो । कवि तथा साहित्यकार किरातीले साहित्य लेखनको माध्यमबाट समाज रुपान्तरणमा पु¥याउनुभएको योगदानको कदरस्वरुप नगदसहित दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ ।

 सम्मानित कवि तथा साहित्यकार किरातीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । गत वैशाख३१ गतेदेखि यही जेठ १० गतेसम्म सञ्चालन हुने महोत्सव अन्तरगत बिहीबार हलेसीमा खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगीलाई प्रत्यक्ष वाचन गराएर फाइनल प्रस्पिर्धा गराइने प्रतियोगिताका लागि आयोजकसँग दर्ता भएको ३५ जनाको कवितामध्येबाट १६ वटा छनोट गरिएको जनाइएको छ । 

छनोटमा परेका कवि तथा कवयात्रिका कविता स्वयम् कवि तथा कवयात्रिलाई वाचन गर्न लगाएर प्रथम, द्वितीय, तृतीय, चौँथो र पाँचौँ स्थानसम्म घोषणा गरिने निर्णायक मण्डलका संयोजक रामविक्रम थापाले जानकारी दिनुभएको 

प्रकाशित मितिः बिहिबार, ०३ जेठ २०८१