नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै खोटाङका नगरप्रमुख भोकहड्ताल गर्दै
काठमाडौं । दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङकानगरप्रमुखले सातबुँदे मागसहित श्रावण ११ गते देखि काठमाडौंस्थितमाइतीघरमा भोक हड्ताल बस्ने बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले खोटाङ जिल्लामा उत्पादितबाँसको प्रवद्र्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधननगरिदिएको भन्दै भोक हड्ताल गर्ने बताए ।
उनले ११ गते सिंहदरबारको दक्षिण गेटबाट शिर मुन्डन गरी खाली खुट्टा, मुखमा पट्टी बाँधेर बाँसको घनासहित माइतीघर मण्डलातर्फ जाने र सत्याग्रहगर्दै ३ दिन भोक हड्तालमा बस्ने भन्दै यति गर्दापनि प्रस्तुत सात बुँदे माग पूरानभए श्रावण १४ गतेदेखि अनिश्चितकालीन आमरण अनसन बस्ने बताए ।
सरकारसँग गरिएका ७ बुँदे मागहरु
१) हिमालको अस्तित्व संकटग्रस्त भई जलवायु परिवर्तनको प्रभावले कालापहाडमा परिणत हुँदै गएकाले यसबाट हुने मानवीय तथा प्राणीकोजोखिमलाई समयमा नै मध्यनजर राख्दै जैविक विविधता र रैथानेसंस्कृतिको संरक्षण गर्न आवश्यक नीति–निर्माण तथा पहलकदमी तत्कालगरियोस् । विश्वव्यापि जलवायु परिवर्तनको जोखिम बढाउने विकसित तथाऔद्योगिक राष्ट्रले कार्वन उत्सर्जन गर्ने नेपालजस्ता राष्ट्रलाई निश्चित रकमक्षतिपूर्तिबापत् तिर्नुपर्ने प्रावधानका लागि अन्तर्राष्ट्रिय मञ्च तथा फोरममालविङ गर्दै आवाज उठाइयोस् ।
२) जलवायु परिवर्तनको असरका कारण विश्व जगत आक्रान्त भइरहेकोवर्तमान सन्दर्भमा वातावरणमैत्री तथा बहुआयमिक बाँसलाई ७५३ वटैपालिकामा रोपेर हरियाली प्रवद्र्धन गर्न तत्काल नीति बनाइयोस् । छिटोहुर्कने, भू–क्षय रोक्ने, नेपालको तराई–मधेश, पहाड, हिमालमा प्रशस्त पाइनेविभिन्न प्रजातिका बाँस तथा बाँसजन्य प्रजातिलाई मौसमअनुसार रोप्ने तथाबाँसलाई बिल्डिङ कोडमा समावेश गरी तत्काल नम्स् बनाई सस्तो र सुलभढङ्गबाट स्थानीयलाई रोजगारी दिन सक्नेगरी सरकारी भवन, फर्निचर आदिनिर्माण गर्ने कानूनी अबरोध हटाउन औपचारिक निर्णय गरी तत्कालकार्यान्वयन गरियोस् । साथै, जङ्गलमा कुहिएर रहेका साल (सखुवा) लगायतका काठलाई तत्काल कानून बनाई प्रयोग गरेर विदेशबाट महङ्गोमूल्यमा आयत गरी ल्याउने काठलाई बन्द गरियोस् ।
३) जलवायु परिवर्तनको असरलाई बढवा दिँदै धुवाँ–धुलो र प्रदुषण निकाल्नेकम्पनी, उद्योग, सवारी साधन प्रयोगकर्तालाई अतिरिक्त कर लगाई आएकोरकमबाट प्रभावकारी वृक्षारोपण र अनुदान दिने व्यवस्था गरियोस् । विद्युतगृह, सडक तथा भौतिक संरचना निर्माण गर्दा त्यसको वरिपरि किनारामावृक्षारोपण, फूलबारी, पार्क आदि बनाई हरियालीमैत्री सडक र संरचनानिर्माण गर्न नीतिगत निर्णय गर्दै तत्कालै कार्यान्वयनमा ल्याइयोस् ।
साथै, सवारी साधन प्रयोग, सिसा, प्लाष्टिकका बोतल, झोला र विभिन्नप्रकारका प्लाष्टिक उत्पादन गर्ने उद्योग, कम्पनीका कारण वातावरण बढीप्रदुषित हुने, विभिन्न प्रकारका रोग लाग्ने, जलवायु परिवर्तनको असरलाईबढाउने भएकाले त्यस्ता सामग्री खरिद बिक्री गरेवापत् बिक्री मूल्यबराबरको१० प्रतिशत रकम सम्बन्धित पक्ष तथा बोतल एवं प्लास्टिक उत्पादनकम्पनीले स्थानीय पालिकामा अनिवार्य प्रदुषण कर बुझाउनुपर्ने व्यवस्थागरियोस् । सोबापत् पालिकाले फोहोर व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरियोस्।
४) कानून र अनुमति नलिई खोला–खोल्सी, नदी र भीर पाखामा जथाभावीउत्खनन् गरिएका गिट्टी, क्रसर उद्योग मापदण्डअनुसार सञ्चालन गरियोस् ।साथै, यसबाट जैविक विविधता नष्ट हुने, साँस्कृतिक, भौगोलिक, वातावरणीय र दूरगामी रुपमा हुने असरलाई अध्ययन गरेर मात्रै अनुमतिदिइयोस् । साथै, यसका लागि तत्काल कानून बनाई कडाइका साथ लागूगरियोस् । जथाभावी सडक खन्ने, डोजर चलाउने, माटो खोस्रिने कार्यले भू–क्षयीकरणसँगै बाढी, पहिरोको उच्च जोखिम देखिएकाले स्थानीय सरकार वाकुनै पनि निकायले वातावरणीय प्रभाव अध्ययन नगरी सडक खन्न नपाउनेकेन्द्रबाट कडा कानून निर्माण गरी लागू गरियोस् ।
५) सरकारी कार्यालयहरुमा (पहिलो चरणमा वन, उद्योग मन्त्रालय रमातहत्का निकायमा) नेपालमा अत्यधिक पाइने जैविक विविधताकोसंरक्षण÷संवद्र्धन, बाँस, काठ, राडीपाखी र वातावरण–पर्यावरणमैत्रीफर्निचर तथा संरचना बनाउने, प्रयोग गर्ने नीति अवलम्बन गरियोस् । अबदेखिखरिद गर्दा मितव्ययी र वातावरणमैत्री कार्यालय बनाउँदै व्यवहारमा प्रयोगगर्ने तत्काल नीतिगत निर्णय गरी लागू गरियोस् । त्यसैगरी फागुनमा भएकोऐतिहासिक बाँस सम्मेलनमा खोटाङलाई बाँसको राजधानी घोषणागरिएकोले नेपाल सरकारले औपचारिक निर्णय गरी बाँसको राजधानीघोषणा गरियोस् ।
६) नेपालका विभिन्न जिल्लाको जस्तै काभ्रे–सिन्धुली–ओखलढुङ्गा–खोटाङ–भोजपुर हुँदै ईलाम पुग्ने मध्यपहाडी राजमार्गको विभिन्न खण्डकोपक्की पुल सडक तथा खोटाङ जिल्लाका विभिन्न ठाउँमा निर्माणव्यवसायीले ठेक्का पारी वर्षौँदेखि अलपत्र पारिएका सडक, पुल तथाभौतिक पूर्वधारका कामलाई तत्काल पूरा गरियोस् । त्रि–धार्मिक महत्वबोकेको ऐतिहासिक थलो हलेसीधाम जाने जयरामदेखिको सडकलाईतत्काल चौडा र पक्की बनाइयोस् । पैसा र शक्तिको आडमा गुणस्तरहीनकाम गर्ने गैर–जिम्मेवार निर्माण व्यवसायीलाई कडाभन्दा कडा कार्बाही रगुणस्तरयुक्त साथै समयमा काम सम्पन्न गर्नेलाई सम्मान गर्ने नीति तत्कालबनाइयोस् । निर्माण व्यावसायीलाई एउटा काम सम्पन्न नगरी अर्कोपरियोजना गर्न नपाउने कडा कानून बनाइयोस् ।
७) गाउँघरमा बाँदर आतङ्कका कारण कृषकले बसाईसराई गर्नुपर्ने अवस्थाभएकाले सरकारबाट आवश्यक नीति बनाई संरक्षण क्षेत्र कायम गरियोस् ।साथै, कृषकको खाद्यान्न, फलफूल आदि क्षति भएबापत् अनिवार्य रुपमाक्षतिपूर्ति उपलब्ध गराउँदै संघीय सरकारबाट बाँदरलगायत जङ्गली जनावरनियन्त्रण
को नीति बनाई व्यवस्थापन गरियोस् । त्यसैगरी, बसाईसराई रोक्नका लागिशिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाईलगायत क्षेत्रलाई प्राथमिकतामा राखीशक्तिको नभई नीति र आवश्यकताका आधारमा बजेट विनियोजन गरियोस्। यस्तै, घरेलु उद्यम र स्वरोजगार हुने कार्ययोजना बनाइयोस् ।
स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने सङ्ख्यालाईघटाउनुका साथै स्थानीय स्रोत र सामग्री प्रयोग गरी जैविक विविधता रसंस्कृतिको संरक्षण गर्दै स्थानीयवासीलाई रोजगारीसँग जोड्ने प्रयासलाईसंघ र प्रदेशले असहयोग गरेको उनको गुनासो छ ।
माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हडताल गर्ने
काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवर्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् ।
स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने सङ्ख्यालाई घटाउनुका साथै स्थानीय स्रोत र सामग्री प्रयोग गरी जैविक विविधता र संस्कृतिको संरक्षण गर्दै स्थानीयवासीलाई रोजगारीसँग जोड्ने प्रयासलाई संघ र प्रदेशले असहयोग गरेको उनको गुनासो छ ।
नयाँ सोच र अवधारणाका साथ प्रमुखले आफ्नो कार्यकक्षमा बाँसैबाँसका फर्निचर र सामग्री प्रयोग गर्दै बाँसको प्रवर्धनमा संघीय सरकारसँग पटक पटक अनुरोध गर्दापनि सुनुवाइ नगरेपछि सत्याग्रहदेखि भोक हडतालसम्मका कार्यक्रम लिएर उनी काठमाडौँ आएका हुन् ।
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्लास्टिकजन्य सामग्रीको विकल्प खोज्दै प्रयोग कम गर्ने काम गरिरहेको र त्यसका लागि नगरपालिकामा प्रशस्त रूपमा पाइने वनस्पति बाँस विकल्पको रूपमा उपयोग हुनसक्ने नगरको योजनामा संघ र प्रदेश सरकारले बेवास्ता गरेको उनको बुझाइ छ ।
५२ वटा देशले बनाएका चित्रहरू सुरक्षित राखेको बताएका भट्टराईले आफूहरूले पहिलो पटक बाँस सम्मेलन गरेर यसको प्रवर्धनमा काम गरिरहेको सुनाए ।
उनले सत्याग्रहको आवश्यकता भनेको जलवायु परिवर्तनका असरलाई न्यूनीकरणका लागि प्लास्टिकजन्य सामान कम प्रयोग गर्ने र बाँसका सामग्री प्रयोग गर्न प्रोत्साहित गर्ने रहेको बताए । तर बाँस प्रवर्धनमा प्रशस्त कानुनी र नीतिगत समस्याहरू रहेकाले त्यसको सम्बोधन गर्नका लागि दबाब दिन आफू भोक हडतालको कार्यक्रम लिएर काठमाडौँ आएको बताए ।
उनले बारम्बार सूचना दिँदापनि सरकारको तर्फबाट सुनुवाई नभएको हुँदा सत्याग्रहमा जान बाध्य भएको बताए ।
‘सत्याग्रह नै गर्नुपर्ने आवश्यक के हो भने गत साउनमा विभिन्न मन्त्रालयहरूमा बाँसको महत्वका साथै जलवायु परिवर्तनबाट पर्ने असरहरूबाट सम्बोधन गर्न माग गरेका थियाँै । सामान्य सूचना दिएमात्र पनि काम गर्न सजिलो हुन्छ पैसा नलिनुहोला भनेर भनेका थियौँ । म आफू मेयर भएर पनि साँढे पाँच लाखसम्मका सोफा वा घुम्ने कुर्सी घटाएर बाँसबाट बनेका फर्निचरमा बसेको हुन्छु । किनकी वातावरण पर्यावरणीय बनाउनुपर्छ । साउन १ गतेबाट प्लास्टिकजन्य सामान लैजान प्रतिबन्ध लगाएका छौँ । भावनामा बहेर भन्दापनि जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न प्लास्टिकजन्य सामान कम गर्न सकेनौँ भने भोलिको दिनमा हामीलाई नै यसले सिध्याउँछ भन्ने सोचले नै कसैले यसकाविरुद्ध आवाज उठाउनुपर्छ भनेर दुई महिना अघि प्रधानमन्त्रीलाई सात बुँदे मागसहित असार मसान्तभित्र माग पूरा गरिदिनुहोला भनेका थियौं । माग पूरा नभए जुनसुकै समयमा पनि सत्याग्रहमा जान सक्छौँ । सूचना दिँदापनि नभएपछि हामी सत्याग्रहमा जान तयार भएका हौं । सबै दललाई एक हप्ताको समय दिएका थियौं । त्यतिगर्दा पनि सरकारले नसुन्ने भएपछि बाध्य भएका हौँ ।’
त्यसैगरी उनले आफ्ना मागहरू सुनुवाइ नभए भोक हडताल गर्ने चेतावनी दिएका छन् । ‘सुरुवाती आन्दोलन गर्दापनि सुनुवाई भएन भने घरैबाट अन्तिम संस्कारका सामान लिएर आएको छु । सरकार आफैँ आएर अन्तिम संस्कार गरिदिए हुन्छ । तर आफ्नो अडानबाट पछि हट्दिन,’उनले भने ।
‘यता काठमाडौँ आउनेबेला सातवटा बाँस लिएर आएको छु । आउनु भन्दा अघि सातवटा वृक्षारोपण गरेर आएको छु । चित्रा, नांग्लो, पराल, गुन्द्री, राडी लिएर आएको छु,’उनले अगाडि भने,‘तीन दिनसम्म भोक हडताल बस्छु । यदी तीन दिन भित्रपनि नागरिकको आवाज सरकारले सुनेन भने म अनिश्चितकालिन आमरण अनसनमा बस्छु । त्यतिगर्दा पनि सुनुवाइ भएन भने देहत्याग गरिदिन्छु । सरकारले आएर अन्तिम सस्कार गरिरदियोस् । तर म आफ्नो अडानबाट पछि हट्दिन । यसमा मेरो कुनै स्वार्थ छैन् । यो सिंगो राष्ट्रका लागि हो,’उनले भने ।
कुराकानीमा भट्टराईले उकुसमुकुस भएकैले विद्रोही हुनुपरेको बताए ।
‘विदेशका सामानलाई बढी प्रयोग गर्ने र देशका सामान खेर जान दिने हो भने स्वरोजगार भइँदैन् । युवाशक्ति सबै बाहिर जाने भएछि देशको पैसापनि सबै बाहिर नै जान्छ । आफ्नै साधनको प्रयोग गर्नुपर्छ । बाँस ५० वर्षसम्म पनि केही नहुने हुँदा यसको प्रयोग बढी गर्नुपर्छ,’उनले भने ।
‘५० प्रतिशत बाँसको प्रयोग गर्न चाहन्छौँ । केही स्थानमा विद्यालयका भवन र कक्षा कोठा थप्नुपर्ने छ । त्यसमा बाँसको प्रयोग गर्ने हो भने थोरै लागतमा धेरै काम गर्न सकिन्छ । चारपाँच लाखमा हुने काममा २५ लाख खर्च गर्नपर्ने देखिएको छ । बाँस ५० वर्षसम्म टिक्छ भने गाँउ गाँउमा खेर गइरहेको चिजमा चाहीँ किन सरकारले ध्यान नदिने,’भट्टराईले भने ।
त्यस्तै उनले हरेक धर्म र संस्कृतिमा बाँसको महत्व रहेको उल्लेख गरे । उनले अन्य रुख बिरुवाभन्दा ३८ प्रतिशत कार्बन बाँसले दिने भन्दै प्राकृतिक विपत्ति आउन समेत रोक्ने उनले दाबी गरे । भारत र चीनले बाँसको प्रयोग गरेर अर्बौँ रकम कमाइरहेको उल्लेख गरे ।
पार्टी फुटाएको होइन, प्रचण्डसँग विद्रोह गरेका हौं : विप्लव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा (माओवादी) केन्द्रसँग पार्टी नफुटाई प्रचण्डसँग विद्रोह गरेको बताएका छन् । मंगलबार पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले आँखा अगाडि माओवादी विग्रिदै गएको भन्दै विद्रोह गरेको बताएका हुन् ।
उनले भने, ‘हामीले प्रचण्ड कामरेडसँग पार्टी फुटाएको होइन । विद्रोह गरेका हौ । माओवादी कसरी विग्रिदै थियो भन्ने कुरा प्रत्यक्ष आँखाले देखेको छु । त्यसकारण आँखा अगाडि आइसकेको परिणाम त नाकले पनि देख्छ नि ?’
उनले देशमा दलाल पूँजीवादहरु र नेपाली जनताको बीचको अन्तरविरोधहरु हल नभएको भन्दै राज्य अस्थिरतामा गएको बताए ।
अब गरिब पनि पुँजीमा साझेदार’
संखुवासभा । ‘म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शीर झुकाउने छैन, परिणाम देखाउनेछु ।’ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शुक्रबार संखुवासभाको चैनपुरमा ‘सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय’को उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिए ।
कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकारको कार्यकाल पूर्ण हुने दाबी गर्दै, जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए । ‘यो सरकार चल्छ, एक वर्ष सम्माननीय केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, त्यसपछि शेरबहादुर देउवा बन्नुहुन्छ, तर सरकार जनताले अपेक्षा गरेको काम गर्छ,’उनले भने ।
संखुवासभालगायत भोजपुर, धनकुटा र तेह्रथुम गरी चार जिल्लालाई लक्षित गरी नयाँ कार्यालय सञ्चालनमा ल्याइएको हो । उद्घाटन समारोहमा मन्त्री खड्काले ११ वटा जलस्रोत तथा सिंचाइ आयोजनाको ठेक्का खुलिसकेको जानकारी दिँदै, अरुण तेस्रो आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको बताए ।
‘अरुण तेस्रो आयोजनाबाट ९०० मेगावाट विद्युत उत्पादन हुनेछ, जसमा २०० मेगावाट नेपालले पाउँछ। अपर अरुण पनि अगाडि बढिसकेको छ,’उनले भने ।
साथै, स्थानीय घरधुरीहरूलाई शेयर दिने तयारी भइरहेको भन्दै उनले विपी कोइरालाको समाजवादी मार्गदर्शनअनुसार गरिबलाई धनी बनाउने नीति कार्यान्वयन भइरहेको उल्लेख गरे ।
मन्त्री खड्काले सिचाइ क्षेत्रमा रोकिएका कामहरूलाई अघि बढाउने प्रयास भइरहेको भन्दै, ’किमाथान्का’मा पुल, भन्सार नाकालगायत पूर्वाधार निर्माणमा भारत र चीन दुबै देशसँग सहकार्य गरिने बताए ।
नीतिगत क्षेत्रको प्रगति उल्लेख गर्दै मन्त्री खड्काले जलस्रोत र विद्युत् सम्बन्धी विधेयकहरू अगाडि बढिसकेको, मौसम नीति पारित भई विपद् सूचनालाई वडा वडासम्म पु¥याउने प्रणाली लागू भइसकेको जानकारी दिए ।
‘मेरो पालामा बंगलादेशमा ४० मेगावाट विद्युत् बेचिएको छ, जसबाट १ अर्ब २५ करोड रुपैयाँ आम्दानी भएको छ,’उनले तथ्य प्रस्तुत गरे ।
कार्यक्रममा ऊर्जा मन्त्रालयका सिचाइ सचिव सरिता दवाडीले ‘चार जिल्लामा सेवा पु¥याउने यो कार्यालय मन्त्रीज्यूको दृढताका कारण स्थापना भएको हो,’भन्दै यसले स्थानीय विकासमा ठूलो योगदान पु¥याउने बताए ।
सिचाइ विभागका महानिर्देशक सञ्जिव बरालले ‘संघीय सरकार अन्तर्गतको आयोजना खुल्नु आफैमा चारै जिल्लाका लागि ठुलो उपलब्धि हो,’भनेका थिए।
स्थानिय जनप्रतिनिधिहरूले पनि मन्त्री खड्काको नेतृत्वमा जिल्लामा ठूलो बजेट भित्रिएकोमा आभार व्यक्त गरे। खाँदवारी नगरपालिकाका मेयर महेश थपलियाले ‘५ अर्ब २० करोड बजेट जिल्लामा ल्याएकोमा मन्त्रीज्यूलाई धन्यवाद दिन्छु भनेका थिए। पाँछखपन नगरपालिकाका मेयर विपिन राईले त मन्त्री खड्कालाई ‘हाम्रो लागि भगवानसरह नेता’ भन्दै प्रशंसा गरे।
बामदेवलाई भित्र्याउँदै नेपालले भने : कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् ।
शुक्रबार नेता वामदेव गौतम नेकपा एसमा प्रवेश गराउँदै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहको भन्दै यसलाई निरन्तर दिने बताएका हुन् ।
उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि हाम्रो भूमिका नै महत्वपूर्ण छ । त्यसो हुनाले नेपालका सबै क्रान्तिकारीहरुलाई वा कम्युनिष्ट शक्तिहरुलाई एकतावद्ध भएर अगाडि बढ्नका लागि आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्छ ।’
उनले पार्टी बलियो भए मात्र सबैले मान्ने धारणा राख्दै आफ्नो शक्ति बलियो बनाउने कुरामा ध्यान केन्द्रित हुनुपर्ने बताए ।
‘एकता भयो कि भएन भनेर सँधै गीत गाएर बस्ने पनि होइन, कुरेर बस्ने पनि होइन । आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । आफ्नो पार्टी बलियो भयो भने त्यसको कुरा सबैले सुन्छन । कमजोरको कुरा कसैले सुन्दैन । त्यसैले आफ्नो शक्ति बलियो बनाउने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’उनले भने ।
धरानमा स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र कटौती: सांसद सुशीला श्रेष्ठद्वारा संसदमा ध्यानाकर्षण
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय सांसद माननीय सुशीला श्रेष्ठले आजको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य बीमा बोर्डको संशोधित ऐनले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र हटाएर रेफरल सेवा केन्द्रका रूपमा मात्र तोकेको विषयमा संसदको ध्यानाकर्षण गराउनुभएको छ। यस निर्णयले धरानका आम नागरिकहरूलाई स्वास्थ्य बीमा सेवा प्राप्त गर्न असहज स्थिति सिर्जना भएको उहाँले बताउनुभयो।
आज संसदको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले धरानका जनताले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पाइरहेको बीमाको प्रथम सेवा केन्द्रलाई स्वास्थ्य बीमा बोर्डले हटाएको र प्रतिष्ठानले असार २७ गते सूचना जारी गर्दै त्यसको पुष्टि गरेको जानकारी गराउनुभयो। धरान उपमहानगर क्षेत्रभित्र प्रथम सेवा केन्द्र कहीँ पनि नभएको र हालसम्म प्रतिष्ठानबाटै प्रथम केन्द्र र रेफरल सेवाका रूपमा सेवा लिँदै आएकोमा अब रेफरल सेवामा मात्र सीमित गर्ने नयाँ ऐन र निर्णयले धराने जनता अन्यायमा परेको उहाँको भनाइ थियो।
सांसद श्रेष्ठले प्रथम सेवा केन्द्र धरानमा नबनेसम्म प्रतिष्ठानमार्फत नै स्वास्थ्य सेवा जारी राख्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो। उहाँले ऐन कानुन जनताको हित अनुकूल नभएमा संशोधन गर्नुपर्ने बताउँदै, पाइआएको सुविधा कटौती गर्नु प्राकृतिक न्यायविरुद्ध हुने तर्क गर्नुभयो। अन्त्यमा, उहाँले धरान उपमहानगरपालिकामा स्वास्थ्य अस्पताल बनाउनका लागि पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।
‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ अनि रमाएर हुन्छ ?’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा पुग्ने जनसंख्या भएपनि त्यसको व्यवस्थापन अझै हुन नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिकरण कार्यक्रममा उनले नेपालमा देशलाई आवश्यक जनशक्ति र जनसंख्या भएपनि त्यसको व्यवस्थापन राम्रो नभएको बताए ।
यस्तै, उनले अहिले ४० कटेपछि रमाउला भन्ने मान्यतामा युवाहरु हिडेको कुरा उल्लेख गर्दै ४० कटेपछि महिलाहरुको प्रजनन् क्षमता घट्दै जाने हुँदा २० पछि बिहे गर सन्तान जन्माउनेतर्फ प्रेरित गर्नुपर्ने बताए ।
उनले भने, ‘देशमा जनसंख्या हुनुपर्छ । देशलाई पुग्ने जनसंख्या चाहियो । देशमा पुग्ने जनसंख्या छ तर त्यसको व्यवस्थापन अझै हुन सकेको छैन् । युवाहरु के गीत गाउछन् भने ‘४० कटेपछि रमाउला’..४० कटेपछि महिलाहरुको प्रजनन् क्षमता घट्दै जान्छ, अनि रमाएर हुन्छ । त्यसकारण २० पछि बिहे गरेर सन्तान जन्माउनुपर्छ भन्ने कुरामा प्रेरित गर्नुपर्छ । मान्छेहरु हाँसोमा उडाउछन् तर यो गम्भीर कुरा हो । प्रजनन् क्षमता बढि भएको बेला सन्तान जन्माएर हुर्काउनुपर्छ । त्यसपछि ढुक्कले काम गर्न पाइन्छ । परिवार भनेको संयुक्त हुनुपर्छ । आमा–बुबा छोरा भनेर त जनावरको पनि हुन्छ ।’
साथै, उनले नेपाली सभ्य पुर्खाको सन्तान भएपनि अहिले त्यो सभ्यता हराउँदै गएको भन्दै अर्काको चरित्र हत्या गर्ने र गाली गर्ने प्रवृत्ति बढ्दै गएको बताए ।
जीवनभर राम्रो काम गर्ने हो भने राम्रो भइन्छ तर एक दिन नराम्रो काम गर्यो भने त्यो मान्छे खराब भइहाल्छ भन्दै यस्तो अवस्थामा नेपाली नराम्रा कामबाट बच्दै हिड्नुपर्ने पनि उनको सुझाव छ ।
तितोसत्य स्विकार्ने क्षमता विकास भए जीवन सहज छ : राजेश हमाल
काठमाडौं । महानायक राजेश हमालले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अक्टल विज्ञान उत्कृष्ट पुरस्कार वितरण कार्यक्रममा उनले जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु मात्र नभइ तितो सत्य स्वीकार गर्नु पनि हो भने । उनले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्न सके जीवन सहज हुने बताए ।
उनले भने,‘जीवन एउटा युद्ध हो । युद्ध हामीले एक दिन हार्नैपर्छ । तर युद्धभित्र भएका केही मुटभेढ जित्छौ जसलाई हामीले सफलता भन्छौ । तर सम्पूर्ण जीवनमा युद्ध हार्ने नै हो । त्यसकारण साना साना सफलतामा नै रमाउनुपर्छ । जुनसुकै पेशामा लागेपनि जस्तो अवस्थामा भएपनि भित्रि आत्मादेखि जीवनलाई गम्भीर भएर हेर्नुपर्छ । जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु होइन, तितो सत्य स्वीकार गर्नु हो । तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्छ ।’
यस्तै, उनले जीवनमा उर्जाशील र सकारात्मक भइरहन सक्ने हो भने जीवन आफै सकारात्मक दिशातर्फ जाने पनि बताए ।
नेपालमा जन्मिएर मात्र हामी नेपाली हुँदैनौं : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् ।
सोमबार जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजित शुभकामना ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वराजाले अहिले वर्षाको समय भएकाले सचेत हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘अहिलेको समय वर्षको समय हो । वर्षाको समयमा बाढी, पहिरो, डुबान जस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ । पानीजन्य बिरामीहरु पनि हुन्छ । त्यसैले सबै दिदीबहिनी दाजुभाईहरुलाई सर्तक रहन र विचार गरेर बस्न मेरो आग्रह छ ।’
साथै शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताए । उनले. नेपाल नै हामीभित्र भए मात्रै हामी सबै नेपाली हुने बताए ।
उनले भने, ‘यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय हो । हामी नेपालमा मात्रै जन्मिएर नेपाली हुने होइन । नेपाल नै हामीभित्र हुनुपर्छ अनि मात्रै हामी नेपाली हुन्छौं ।’
उनको जन्मोत्सव कार्यक्रममा पूर्वराजापरिवारका सदस्यका साथै आफन्तजनको बाक्लो सहभागिता थियो । उनलाई शुभकामना दिनका लागि पुष्पगुच्छा बोकेर राजावादी दल राप्रपाका साथै अन्य राजाजादी संघ–संगठन तथा राजावादी सर्वसाधारण पनि निर्मल निवास पुगेका थिए ।
आम नागरिक जोडिनेगरी बीमा कार्यक्रम अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिक जोडिनेगरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
आइतवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दिने तर जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने बताएका हुन् ।
उनले भने, ‘राज्यले बीमा कम्पनीहरूलाई सुविधाहरू दिने नीति बनाइदिने तर सामान्य नागरिकले यसको सेवा नपाउने हो भने राम्रो हुँदैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।’ मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पनि कोशी प्रदेशमा कस्तो खालको नीति बनाउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा कार्यदल बनाएरै काम गर्ने बताए ।
‘चाँडै नै कार्यदल बनाउँछौँ र त्यसका आधारमा काम गर्दछौँ,’उनले भनेका छन् ।
बीमाका विविध पक्षहरूका बारेमा आमनागरिकलाई जानकारी दिनुपर्ने अहिलेको आवश्यकता रहेको चर्चा गर्दै कृषि, पशुधन र स्वास्थ्य उपचारको बीमामा ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने बताए ।
बीमा कम्पनीहरूले बीमाको प्रक्रिया लम्ब्याउने र झन्झट दिने काम पनि रोक्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले बीमाको प्रक्रिया लम्ब्याएर झन्झट दिएर आम नागरिकलाई दुःख दिन नहुने धारणा राखे ।
नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू र नेपाल बीमा प्राधिकरणका अध्यक्षलगायत कोशी प्रदेशका बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।