तीन दलका तीन नेताहरुको चर्तिकला झन् बढि नाङ्गिदै छः अध्यक्ष भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले तीन दलका तीन नेताहरुको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदै जाने बताएका छन् ।
बिहिबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको १० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अहिले दलहरुले एकअर्काका खुट्टा तानातान, पोल खोला खोल गरिरहेको भन्दै त्यस अर्थमा बृहत नयाँ वैकल्पिक शक्तिहरुको ध्रुविकरणको प्रक्रिया अगाडि बढेर जाने बताए ।
उनले भने, ‘अहिले जसरी उनीहरुले एकअर्काका खुट्टा तानातान गरेर पोल खोला खोल गरिरहेका छन् आगामी दिनमा त्यो झन् बढ्दै जानेछ र यो मुख्य तीन दलका तीन नेताहरुको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदैछ । त्यस अर्थमा यो बृहत नयाँ वैकल्पिक शक्तिहरुको ध्रुविकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जान्छ ।’
यस्तै, उनले पुराना दलहरु विघटन भईरहेको भन्दै आगामी वर्षहरु एउटा ठूलो उथलपुथल वर्ष हुने पनि बताए ।
युवा नेताहरूको आक्रोश : अध्यक्ष नेपाललाई फसाइयो, ०४६ पछिका सबै निर्णय छानबिन होस
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भई सांसद पद स्वतः निलम्बनमा परेपछि पार्टीभित्र भावी नेतृत्व र नेपालको नैतिकताबारे गम्भीर बहस सुरु भएको छ। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा नेपालविरुद्ध मुद्दा दायर गरेपछि उनको राजनीतिक जीवनमा नयाँ मोड आएको छ। नेपालको इतिहासमा पूर्वप्रधानमन्त्री अर्थात् मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचार मुद्दा चलेको यो नै पहिलो घटना हो ।
अख्तियारले मुद्दा दायर गरेलगत्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पक्षले आगामी नेतृत्वबारे छलफल तीव्र पारेको छ। खनालले विभिन्न सञ्चारमाध्यममा सार्वजनिक रुपमै नेपालको 'नैतिकता'माथि प्रश्न उठाउँदै अदालतले सफाइ दिए पनि नैतिक प्रश्नको जवाफ स्वयं नेपालबाटै आउनुपर्ने धारणा राखेका छन्। खनालको यस अभिव्यक्तिले पार्टीभित्रै आन्तरिक मतभेद बढाएको छ।
युवा नेताहरूद्वारा 'राजनीतिक प्रतिशोध'को आरोप; ओलीमाथि निशाना
यता, अध्यक्ष नेपालनिकट युवा नेताहरूले भने नेपालमाथि लागेको भ्रष्टाचार मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीको 'पूर्वाग्रही र प्रतिशोधपूर्ण सोच'को उपज भएको प्रतिक्रिया दिएका छन्।
पोलिटब्युरो सदस्य सुदेश पराजुलीले एकीकृत समाजवादी पार्टी स्थापनाकालदेखि नै ओलीले विभिन्नखाले षड्यन्त्र गरेर पार्टीलाई सिध्याउन खोजेको आरोप लगाए। उनले सत्ताको आडमा ओलीले रचेको षड्यन्त्रका कारण नै मुद्दा दायर भएको दाबी गरे। पराजुलीले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने तर्क गर्दै विगतका मान्यताहरूलाई बेवास्ता गरी राजनीतिक प्रतिशोधका लागि ओलीले पूर्वाग्रह साँधेको पुष्टि हुने बताए।
पराजुलीले छानबिन गर्ने हो भने ओलीकै कार्यकालमा भएका भ्रष्टाचारका घटनाहरू, जस्तै: गिरीबन्धु टी स्टेटको जग्गा दुरुपयोग र गोकर्ण फरेस्ट जग्गा प्रकरणको छानबिन हुनुपर्ने माग गरे। उनले २०४६ सालपछिका सबै मन्त्रिपरिषद्का निर्णयहरूको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिनुपर्ने आवश्यकता औंल्याए। उनले रामदेव र आचार्य बालकृष्णलाई छानबिन नगरिएको विषयमा सत्ता पक्ष नै दोषी रहेको बताए।
माधव नेपाल 'निर्दोष', 'क्लिनचिट' लिएरै छाड्ने दाबी
केन्द्रीय सदस्य संगीता पाख्रिनले माधवकुमार नेपाललाई कसैले फसाउन खोजेको तर्क गरिन्। उनले जीवित प्रधानमन्त्रीहरूमध्ये नेपालजस्तो सफा नियत भएको व्यक्ति नभएको दाबी गर्दै सामाजिक सञ्जालदेखि सडकमा चिया पसलेहरूसम्मले नेपाल निर्दोष रहेको बताउने गरेको जानकारी दिइन्।
गणतन्त्रका पक्षमा आवाज उठाएकाले नेपालमाथि बारम्बार प्रहार भइरहेको र फसाउन लागिएको उनको भनाइ छ। पाख्रिनले एउटै मुद्दामा बारम्बार मुछिएकाहरू छुटे पनि गल्ती नै नगरेका व्यक्तिलाई फसाइएको भन्दै यसबारे छलफल गरेर 'क्लिनचिट' लिएरै छाड्ने बताइन्। उनले प्रधानमन्त्री ओलीले बाल्यकालमा गुच्चा खेलेको व्यक्तिलाई बुढेसकालमा झोक फेरेको कुरा प्रमाणित भएको टिप्पणी गरिन्।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका रामदेव र आचार्य बालकृष्णलाई छानबिन नगरी नेपाललाई मात्र बारम्बार प्रहार हुनु षड्यन्त्र भएको उनको भनाइ थियो। उनले पार्टी कार्यालय र घर नै जलाइएका प्रसंग पनि उठाइन्।
कानुनी परामर्श र कार्यकर्ताको समर्थन
नेता नेपालमाथि मुद्दा दर्ता भएपछि नेताहरूले कानुनी परामर्श लिइरहेका छन्। पार्टी कार्यालय आलोकनगर र नेता नेपालको घर कोटेश्वरमा कार्यकर्ताहरूको उल्लेख्य भीड बढेको छ, जसले नेता नेपालप्रति समर्थन व्यक्त गरिरहेका छन्।
यो प्रकरणले एकीकृत समाजवादीभित्रको आन्तरिक शक्ति सन्तुलनमा कस्तो प्रभाव पार्ला र आगामी दिनमा यसले कस्तो राजनीतिक मोड लिनेछ भन्ने हेर्न बाँकी नै छ ।
माधवजीविरुद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रतिशोध राखेर मुद्दा दर्ता गरेको दाबी गरेका छन् ।
शुक्रबार बसेको संघीय संसद् भवनमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्री ओलीको प्रतिशोधको गन्ध आएको आरोप लगाए ।
उनले भने माधवजीको विषयमा माधवजी नै आश्चर्य छु भन्नुभएको छ । अदालतप्रति माधवजीले भरोसा छ । अदालतले न्याय गर्छ म छिटै सफाइ पाएर फर्कन्छु भन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । तर यसमा प्रधानमन्त्रीजीको राजनीति प्रतिशोधको गन्ध त आएको छ । र अख्तियारले पनि कतै न कतै गम्भीर प्रश्न जन्माएको छ ।’
त्यस्तै प्रतिपक्ष दलहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको पनि जानकारी गराए ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारको प्रतिबद्धता आए पछिल्लो राजनीतिक घटनाक्रमलाई सकारात्मक ढंगले टुंग्याउन सकिने उनको भनाइ छ ।
माधवनेपालले प्रधानमन्त्रीलाई जोडेर प्रतिशोधपूर्ण अभिव्यक्तिदिनुभयो : सांसद बर्तौला
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद महेश बर्तौलाले माधव नेपालले प्रधानमन्त्री केपीओलीको निर्देशनमा आफू माथि भ्रष्टाचारको मुद्दादर्ता गरेको आरोपलगाएको भन्दै आपत्ति जनाएकाछन् ।
बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले संवैधानिक आयोगहरूले गरेका काम प्रकृयामा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरुको फितलो टिप्पणी गर्नु उपयुक्तनहुने बताए ।
उनले भने, ‘यो उहाँहरूको प्रतिशोधपूर्ण अभिव्यक्तिहो उहाँहरुको । अरू केहीनभएपछि यसप्रकारको आरोप लगाउने कुरा गर्नु उपयुक्तहोईन् । यो उहाँहरूलाई पनि राम्रो गर्दैन । संवैधानिक आयोगहरूले गरेका काम प्रकृयामा हरेक कार्यमा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरु यस प्रकारको फितलो टिप्पणी गर्नु राम्रोहुँदैन ।’
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोधको आधारमापार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि मुद्दा दर्ता गरेको आरोप लगाएका छन् ।
बिहीबार सञ्चारकर्मीहरुकोसँगको कुराकानीमा उनले अध्यक्ष नेपालले जग्गा प्रकरणमा जग्गा खरिद विक्री प्रकरणमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध नगरेको दाबी गरे ।
उनले भने, ‘जग्गा खरिद विक्रीकरणमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध भएको जस्तो लाग्दैन् । यतिबेला यो घट्ना जन्मनु, आउँदो २८ गतेभित्र अख्तियारलगायत सबै संवैधानिक निकायहरूको म्याद सकिने फैसला पनि हुनु अनि यही छोटो अवधिमा के–के गर्नुपर्ने गरिभ्याउनुपर्ने बाध्यता भएकाले नै यो सबै भएको हो कि जस्तो लाग्छ । यो राजनीतिक प्रतिशोध नै हो ।’
उनले गिरीबन्धुमा पनि यस्तै नीतिगत निर्णय भएको भन्दै नीतिगत निर्णयलाई यसैगरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुने समेत धारणा राखे ।
अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राजतन्त्र फर्काउने कुरा गोरुगाडा रोज्नु सरह : जसपा अध्यक्ष राई
धरान, सुनसरी। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं पूर्व मन्त्री अशोककुमार राईले नेपालमा राजतन्त्रको पुनरुत्थानको बहसलाई प्रतिगामी संज्ञा दिँदै यसलाई गाडी दुर्घटनापछि गोरुगाडा रोज्नु सरहको अविवेकी निर्णय भएको बताएका छन्। आज बुधवार सुनसरीको धरानमा समाजवादी विद्यार्थी युनियनको प्रशिक्षण तथा समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै राईले वर्तमान राजनीतिक समस्याको समाधानका लागि पुरानो व्यवस्थामा फर्कने सोच जनहितविपरीत रहेको बताए।
अध्यक्ष राईले देशमा देखिएका चुनौतीहरू समाधानका लागि जनताले लोकतान्त्रिक विधिबाटै वर्तमान नेता र पार्टीहरूलाई जिम्मेवार बनाउनुपर्छ। उनले भने राजतन्त्र अन्त्यका लागि भएका संघर्षमा हजारौँले बलिदान दिएको, जेल जीवन भोगेको र ज्यान गुमाएको स्मरण गराउँदै आजको लोकतान्त्रिक व्यवस्था तिनै बलिदानको प्रतिफल भएको प्रस्ट्याए।
राजतन्त्रकालका नर्मिता सुनीता काण्ड र पत्रकार पदम ठकुरानीको गोलीकाण्ड जस्ता त्रासदीपूर्ण घटनाहरूलाई उल्लेख गर्दै राईले ती घटना राजतन्त्रकै उपज भएको दाबी गरे। उनले भने, त्यस्ता अमानवीय घटनाहरू अब दोहोरिन दिनु हुँदैन ।
अध्यक्ष राईले राजतन्त्रलाई पुरानो, अनुचित र भ्रष्ट प्रणाली को रूपमा चित्रण गरे। उनका अनुसार, राजतन्त्रमा शक्ति योग्यताका आधारमा नभई वंशका आधारमा हस्तान्तरण हुने विकृति रहेको छ, जुन लोकतान्त्रिक मूल्यमान्यता विपरीत छ।
बैठकमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै राईले अहिलेको युवा पुस्ताले आफ्नो पुस्ताले भोगेको जस्तो कष्टकर संघर्ष भोग्न नपर्ने बताए। उनले युवाहरूलाई आत्मविश्वासी भई देशको नेतृत्व लिन प्रोत्साहित गर्दै जनता समाजवादी पार्टीले उनीहरूलाई पूर्ण साथ र मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
मेयर साम्पाङको उद्घोषस् ‘राजा फर्काउने भए किराँतीले पनि आफ्नै राजा फर्काउनुपर्छ’
धरान, सुनसरी । किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा जेठ १७ गते शनिवार धरान १७ स्थित साकेला सांस्कृतिक पार्कमा २०८२ सालको उभौली साकेला समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो शुभकामना मन्तव्यका क्रममा राजतन्त्र पुनर्स्थापनाको चलीरहेको बहसप्रति टिप्पणी गर्दै आफ्नो धारणा राखेका छन् ।
मेयर साम्पाङले यदि व्यवस्था परिवर्तन गरी राजतन्त्र फर्काउने हो भने किराँतीहरूको आफ्नै गौरवशाली इतिहास र राजा यलम्बरको विरासत स्मरण गराउँदै किराँतीहरूले पनि आफ्नै राजा फर्काउनुपर्ने बताए ।
समापन समारोहमा मेयर साम्पाङले किराँत संस्कृतिको संरक्षण र सामुदायिक एकताको महत्त्वमाथि विशेष जोड दिन आग्रह गरे। उनले उक्त कार्यक्रमलाई किराँत समुदायको सांस्कृतिक जागरुकताको अनुपम उदाहरणका रूपमा प्रस्तुत गर्दै मानवलाई अन्य जीवबाट अलग गर्ने प्रमुख तत्त्व संस्कृति नै भएको बताए। उनको सम्बोधनका क्रममा ढोलको आवाजलाई समुदायमा एकता र प्रगतिको आह्वानका रूपमा व्याख्या गरे भने मुन्धुमलाई किराँती व्यक्तिको इमान्दारीतापूर्ण वाणी भन्दै समुदायमा इमानदारी कायम राख्न आग्रह गरे।
मेयर साम्पाङले पहिचानको विषयमा बोल्दै राजनीतिक प्रगतिका लागि सांस्कृतिक जागरण आवश्यक रहेको धारणा राखे। परम्परागत सिली नृत्यलाई श्रमको अवधारणासँग जोड्दै उनले सामुदायिक श्रमको महत्त्वबारे जानकारी गराए ।
साथै, उनले विश्वभरका किराँती समुदायको आर्थिक सहयोगमा धरान २० मा सुम्निमा र पारुहाङको मूर्ति निर्माण कार्यहुने जानकारी दिए । त्यसैगरी धरान उपमहानगरपालिकाले विभिन्न भाषाहरूको संरक्षण र प्रवर्धनका लागि बहुभाषिक विद्यालय निर्माण गरिरहेको पनि उनले बताएका थिए ।
सरकारले ल्याएको बजेट कर्णप्रिय लाग्छ, कार्यान्वयन पक्ष कमजोर छ : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका छन् ।
शुक्रबार बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनलेकांग्रेस सरकारमा भएपनि सत्तामा नभएकासबै कार्यकर्ताले नराम्रो कामको विरोध जनाउनुपर्ने बताए ।
उनले भने,‘कांग्रेस सरकारमा छ भनेर हामीले नबोल्ने होइन । हामी सरकारमा छौं तर सत्तामा छैनौं । राज्यको सत्ता बेग्लै कुरा हुन्छ । सरकार बेग्लै कुरा हुन्छ । मन्त्रीहरूले सहकार्य गरुन् तर हामी जो बाहिर बसेकाहरूले असललाई असल र खराबलाई खराब भनौँ ।’
त्यस्तै उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको धारणा राखे । उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताए । गलतलाई गलत भन्नै नसक्ने हो भने बीपीका अनुयायी र कांग्रेसका कार्यकर्ता हुन नसक्ने उनको भनाइ छ ।
उनले भने,‘हिजो बजेट आयो सुन्दा कर्णप्रिय छ, सोचेकै जस्तो लाग्छ । तर नेपालको इतिहास हेर्ने हो भने कार्यान्वयन पक्ष चाँही अत्यन्तै कमजोर छ । राम्रो कामलाई राम्रो भन्नुपर्छ । तर गलत गरेको छ भने गलत भन्नैपर्छ । भन्न नसक्ने हो भने हामी बीपीका अनुयायीहुँदैनौं । हामी कांग्रेसका कार्यकर्ता हुँदैनौं । म यहाँ कसैको आलोचना गर्न आएको होइन, तर अत्यन्तै पीडा भएर बोल्दैछु ।’ नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको भन्दै उनले वर्तमान अवस्थाबाट निराश बनेको बताए ।
जसपा अध्यक्ष राईद्वारा गणतन्त्र दिवसको शुभकामना : संघीयता, सुशासन र समृद्धिको मार्गमा अगाडि बढ्न आह्वान
१५ जेठ, धरान। जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले १८ औँ गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष राईले नेपाली जनताले प्राप्त गरेको गणतान्त्रिक उपलब्धिलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै गणतन्त्र दिवसले राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष राईले २०६२/०६३ सालको महान् लोकतान्त्रिक जनआन्दोलनको प्रमुख उपलब्धिको रूपमा गणतन्त्रको स्थापना भएको स्मरण गराएका छन्। उनले २०६५ साल जेठमा संविधानसभाको पहिलो बैठकबाट भएको यसको औपचारिक घोषणा र कार्यान्वयनलाई नेपाली इतिहासको एक ऐतिहासिक सुरुवात भनेका छन्।
शुभकामना सन्देशमा अध्यक्ष राईले गणतन्त्र दिवसले सम्पूर्ण नेपालीहरूलाई गणतन्त्रको यो युगान्तकारी राजनीतिक उपलब्धिलाई अझ व्यवस्थित, बलियो र संस्थागत बनाउन प्रेरणा प्रदान गर्ने अपेक्षा राखेका छन्। साथै, उनले सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद को लक्ष्य प्राप्तिका लागि अझ बलियो प्रतिबद्धता, उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष राईले यस गणतन्त्र दिवसले राष्ट्र निर्माणको अभियानमा सम्पूर्ण नेपालीलाई एकजुट हुन आह्वान गर्दै सबैमा सुख, शान्ति र प्रगतिको कामनासमेत गरेका छन्।
भिजिट भिसा प्रकरणमा दोषीलाई नछाड्ने पार्टीको स्पष्ट धारणा : गगन थापा
धरान। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा संलग्न कसैलाई पनि नछाड्ने स्पष्ट पारेका छन् ।
कांग्रेस धरान उपमहानगरपालिकाको आयोजनामा भएको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले राज्यका जिम्मेवार निकायबाटै नागरिक पीडित हुनु गम्भीर विषय भएको बताए । उनले कांग्रेसको स्पष्ट धारणा ‘दोषी जो भए पनि कारबाही, निर्दोषलाई सुरक्षा’ रहेको बताए ।
महामन्त्री थापाले भने, ‘दण्ड पाउँदै गर्दा यो, त्यो, तेरो, मेरो, दायाँ, बायाँ हुनुहुन्न । निर्दोष कोही पर्नुहुन्न, दोषी कोही फस्नुहुन्न । कांग्रेसको हिजो, आज र भोलिको धारणा यही हो ।’
गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान भइरहेकाले निष्कर्ष ननिस्कँदासम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने बताए । थापाले पार्टीले कानुनी प्रक्रियामा हस्तक्षेप नगर्ने र दोषीलाई उन्मुक्ति नदिने दृढता व्यक्त गरे । राज्यको जिम्मेवारीमा रहेको अधिकारीहरूबाट अख्तियारको दुरुपयोग गरेर भिजिट भिसाको नाममा जुन खालको सार्वजनिक भएको छ, यो सुन्दै गर्दा हामी स्तब्ध भएका छौँ,’ उनले भने ।


