मौसम पूर्वानुमान : तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका केही स्थान तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकादुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एकादुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकादुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकादुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकादुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै महाशाखाले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण
काठमाडौँ । धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधवार खुमलटार स्थित धितोपत्र बोर्डको कार्यालयमा पुगेर नव नियुक्त अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चुनौतीहरूको थुप्रोको बीचमा ठूलो जिम्मेवारीकोसाथ आफू आएको भन्दै विशेष गरेर नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
उनले क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा धेरै योगदान गर्ने भएतापनि यसको सदुपयोग गर्न नसकेको भन्दै अधिकतम प्रयोग गर्नेगरी काम गर्ने उद्देश्यकोसाथ आफू आएको पनि बताए ।
उनले भने, ‘ठूलो जिम्मेवारीकोसाथ आएको छु । चुनौतीहरूको थुप्रो छ । नेतृत्वको अभावमा अड्केका कामहरू पनि त्यत्तिकै छन् । मैले विशेष गरेर क्यापिटल मार्केटको दायरा नेपालमा बढाउँदै लैजानुपर्ने छ । लगानीकर्ताको सुरक्षा पहिलो प्राथमिकताको कुरा हो । त्यसलाई मध्यनजर गर्दै काम गर्नुपर्छ त्यसमा क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ । तर हामीले यसको सदुपयोग गर्न सकेको छैनौँ । क्यापिटल मार्केटलाई कसरी हामीले अधिकतम प्रयोग गर्न सक्छौ भनेर मध्यनजर गर्दै काम गर्ने उद्देश्यकोसाथ आएको छु ।’
उनले हिजै मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेका थिए ।
श्रव्यदृश्यमा हेर्नका लागि लिङ्क क्लिक गर्नुहोस्
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/UM8ZlrK5ppQ?si=3HA2aFbBvkVrrQHq" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
प्राकृतिक सुन्दरताको पर्याय मुस्ताङको कागबेनी र सेल्फी डाँडा (फोटोफिचर)
हिमालपारीको जिल्ला मुस्ताङ आफैँमा पनि सुन्दर, मनमोहक र आकर्षक छ । मुस्ताङ घुमेर फर्किनेहरू मुस्ताङलाई ‘स्वर्गको टुक्रा’ भन्छन् । मुस्ताङमा थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरू रहेका छन् । मुस्ताङमा प्रसिद्ध मुक्तिनाथ मन्दिरसहित दामोदरकुण्ड, प्राचीन गुफाहरू, मार्फाको स्याउ बगैँचा, उपल्लो मुस्ताङ, मुस्ताङ–तिब्बत कोरला नाका र कागबेनी लगायत मनोरम दृश्यावलोकनका लागि ठाउँहरू छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको गन्तव्य बनेको ‘यारुजो डाँडा’ पर्यटकीय क्षेत्रका रूपमा चिनिँदै जान थालेको छ ।
चीनसँग राष्ट्र र जनहितका पक्षमा काम गर्न विप्लव समूहको आग्रह
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड सी’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र बिरोधसँग नडराउन आग्रह गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा ओलीलाई उनीहरूले सो आग्रह गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका अनुसार उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले ओलीको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए ।
उनीहरूले ओलीलाई चीन भ्रमणको क्रममा देश र जनहितको विषयमा चीन सरकारसँग सहमति गर्न सुझाब दिँदै राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग नडराउनसमेत आग्रह गरेका थिए ।
यसैगरी, उक्त भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले देशको स्थिति जटिल र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नुपर्ने विषय औँल्याएका थिए।
उक्त भेटवार्तामा तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ। भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई नगर्न र तीन बुँदे सहमति विपरीत पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह समेत गरेका थिए ।
यसैगरी, उक्त भेटवार्तामा ओलीले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार दृढ भएको बताउँदै छिटै टुङ्गोमा पुर्याउने बताएका थिए । उनले चीन भ्रमण सकेर फर्केपछि यस विषयमा थप छलफल गर्ने समेत बताएका थिए। यसैगरी, उक्त भेटवार्तामा दुई पार्टीबिचको छलफल र सहकार्यलाई अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ।
२०७७ फाल्गुन २१ गते तत्कालीन ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच भएको ३ बुँदे सहमतिमा दुवै पक्ष– नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी, देशको राजनैतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न, नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको थियो ।
जसपा नेपालले आइटी सेल गठन गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सेल गठन गर्ने भएको छ । सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले थप व्यवस्थित गर्न तथा सूचना, सञ्चार एवं प्रचारप्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाललाई लक्षित गरी पार्टीको केन्द्रीय आइटी सेल निर्माण गर्न लागिएको हो ।
यसका लागि पार्टीले जिल्ला क्षेत्रको संगठनमा आबद्ध भई सामाजिक सञ्जालमा सक्रिय भएर काम गरिरहेका कम्तीमा १० देखि १५ जना व्यक्तिको नामसूचि एक साताभित्र केन्द्रीय कार्यालयमा पठाउन भनेको छ ।
व्यक्ति छनौट गर्दा संगठनभित्र सामाजिक सञ्जालको प्रयोगमा सक्रिय भएको, आइटीको प्राविधिक पक्षबारे दख्खल एवं जानकार भएको व्यक्ति हुनुपर्ने छ ।
साथै क्यामेरा, फोनमार्फत फोटो, भिडियो खिच्न र सम्पादन गर्न सक्ने तथा सञ्चारको आवश्यक सामग्रीबारे बोल्न र लेख्न सक्ने क्षमता भएकोलाई प्राथमिकतामा राख्नुपर्ने छ ।
त्यसैगरी संगठनको विश्वसनीयता र गोपनियताको विशेष ध्यान राख्न सक्ने युवा, विद्यार्थी, महिला, प्रेस मञ्च, सञ्चार र प्रचार विभागलाई प्राथमिकता दिने व्यक्ति आइटी सेलको लागि उपयुक्त हुने भनिएको छ । पार्टीमा लामो समयदेखि सक्रिय भएर काम गर्दै आएको र पार्टी संगठनको हित विपरीत काम गरी कारबाहीमा नपरेको व्यक्ति हुनुपर्ने छ ।
पोस्टर र क्यारेक्टर तस्बिरमार्फत चलचित्र ‘कार्साङ’को पब्लिसिटी सुरु
काठमाडौँ । रिलिज डेट नजिकिएसँगै चलचित्र ‘कार्साङ’ले प्रचारप्रसार सुरु गरेको छ । पोस्टर र क्यारेक्टर तस्बिरमार्फत ‘कार्साङ’ले पब्लिसिटी सुरु गरेको हो । सुरुमा दयाहाङ राई फिचर्ड पोस्टर आउट गरेको निर्माणपक्षले त्यसपछि जितु फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । केही दिन अगाडि मात्रै निर्माणपक्षले जितु र दीया मास्के फिचर्ड पोस्टर सार्वजनिक गरेको छ ।
लगातार जितु नेपाल फिचर्ड पोस्टर निर्माणपक्षले किन सार्वजनिक गरिरहेको छ । मुख्य कलाकार दयाहाङ राई हुन् भने किन लगातार जितुका पोस्टर सार्वजनिक भएका हुन् । निर्माणपक्षले लगातार जितु फिचर्ड पोस्टर सार्वजनिक गर्नुले कतै ‘कार्साङ’मा दयाहाङ राई मुख्य भूमिकामा नभएर जितु नेपाल त छैनन् भन्ने शंका उब्जाएको छ । जितु पनि लगातार मुख्य भूमिकामा देखिन थालेकाले यो शंका गर्ने ठाउँ पनि छ ।
दसैँमा जितु मुख्य भूमिकामा रहेको चलचित्र ‘ज्वाइँ साब’ रिलिज भएको थियो । उक्त चलचित्रले राम्रो हाइप पनि बनाएको थियो ।
यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते प्रदर्शन हुँदै छ ।
शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमा पुरुषोत्तम प्रधानको छायाङ्कन र निर्माता स्वयम् हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहोरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।
यो चलचित्रको अन्तर्राष्ट्रिय वितरकमा अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मले लिएको छ ।
धरानका मेयर साम्पाङ कीर्तिपुरमा घरदैलो गर्दै
धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कीर्तिपुर नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गदै कीर्तिपुरमा घरदैलो कार्यक्रममा सहभागी भएकाछन् । होजो सोमवार साम्पाङले महर्जनलाई भोट दिन आग्रह गर्दै घरदैलो कार्यक्रममा सहभागिता जनाएका हुन ।
सरसफाइ अभियन्ता रहेका महर्जनलाई समर्थन गर्दै अर्का स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका छन् । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुनेछ, उक्त उपनिर्वाचनमा ठूला दलहरूलाई चुनौती दिन भन्दै स्वतन्त्र उम्मेदवारहरू पनि सहकार्य र एकजुट भईरहेका छन् ।
कीर्तिपुरमा मेयर सहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि पनि निर्वाचन हुँदैछ ।
Kaluram Tamang’s Hobby Sparks a New Era in Oriental Cultural History
Kathmandu. In a tranquil corner of Baiteshwor-6, Dolakha, a unique cultural treasure has emerged, combining passion, dedication, and a deep love for history. The Tamang Museum, founded by local businessman Kaluram Jimba Tamang of Namduka, is a groundbreaking effort to preserve and showcase the rich heritage of Tamang community and other oriental cultures. What began as a personal hobby has grown into a cultural beacon, offering a window into the past for visitors and scholars alike.
A Vision Beyond Business
Tamang, a businessman with a diverse educational background—having studied in Nepal, Singapore, and the UK—initially envisioned a career in art. However, due to challenges with English proficiency and limited funds, he was unable to pursue professional art full-time. Undeterred, Tamang transformed his passion for history and culture into something much bigger. “I could not become a professional artist due to language barriers and financial constraints at the start of my career,” says Tamang, a member of Danfe Consulting Migration and Travel Company Pvt. Ltd, Kathmandu. “But I have always had a deep interest in our history, and I decided to pursue it as hobby, something I could build and share.”
His dream materialized in the form of the Tamang Mini Museum, which features a wide range of artifacts, from traditional Tamang costumes and jewelry to historical tools and manuscripts. Each exhibit tells a story of bygone era, offering a glimpse into the lifestyle and costumes of the Tamang people and other neighboring cultures.
Tamang, Founder of the Mini Tamang Museum, Explains Oriental Cultural Values
Photo: Courtesy of Tamang
A Cultural Hub in Dolakha
The museum, though compact, is a vibrant space. It serves not only as a repository of history but also as a platform for local and international visitors to engage with Nepal’s diverse cultural heritage. “The museum is not just about preserving objects; it is about sharing stories and fostering a deeper understanding of who we are as a people,” opines Tamang.
While the museum primarily focuses on Tamang culture, it also displays artifacts from other ethnic groups in the region, reflecting the interconnectedness of Nepal’s diverse communities. Visitors can explore rare and beautifully crafted items such as traditional garments, religious symbols, and household items that have been passed down through generations.
A Future for Cultural Preservation
Tamang’s vision for the museum extends beyond simply exhibiting artifacts. He hopes to inspire others to take an active role in preserving Nepal’s rich cultural history. As the museum continues to grow, Tamang plans to expand its collection and offer educational programs, workshops, and cultural exchange opportunities.
“We live in a rapidly changing world, but our culture is timeless. It is essential that we do everything we can to preserve it for future generations,” views Tamang. His efforts are slowly gaining recognition, drawing attention from cultural enthusiasts, academics, and travelers alike.
The Tamang Mini Museum represents more than just a personal achievement—it is a step toward a broader movement to protect and celebrate Nepal’s cultural heritage in an era where globalization threatens to overshadow traditional ways of life.
Untold Stories in Strokes: Artworks by Tamang Unveil Cultural Depths
Images: Courtesy of Tamang, Saatchi Art
Visit the Tamang Mini Museum
For those interested in experiencing and exploring this unique cultural space, the Tamang Mini Museum is located in Baiteshwor-6, Dolakha. This small but significant museum is an example of how passion can turn into something transformative, bridging the gap between history, culture, myths, and future generations.
(Himan Rai is a researcher in language education pedagogy. ORCID: https://orcid.org/0009-0009-8624-8907.)
धरानमा “डेल्ली डोज क्याफे” सञ्चालनमा
धरान । धरान उपमहानगरपालिका वडा नं.३ स्थित माछाभौडी (सदन रोड)मा “डेल्ली डोज क्याफे” सञ्चालनमा आएको छ । दुई युवा व्यवसायी रणजित राई र हर्क खड्काको संयुक्त लगानीमा उक्त क्याफे सञ्चालनमा ल्याएको हो । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्रि मा. अशोक कुमार राईले क्याफेको उद्घाटन गरेका हुन् ।
क्याफेको उद्घाटन गर्दै अध्यक्ष राईले भन्नु भयो “युवाहरू व्यवसायप्रति आकर्षित हुनु राम्रो पक्ष भएको उनले बताए । अहिले धेरै युवाहरू विविध कारणले विदेश पलायन भइरहेको अवस्था छ । युवा पलायन भईरहेको यस्तो अवस्थामा डेल्ली डोज क्याफेको युवा साथीहरूले नै सञ्चालनमा ल्याउनु भएको छ यो सबैका लागि खुसी र नेपालमै केही गरौँ भन्नेहरूका लागि एक प्रेरणादायक कार्य पनि हो यस्तो कार्यमा मेरो तर्फ बाट हौसला प्रदान गर्न उद्घाटन समारोहमा उपस्थित भएको छु । यसरी युवाहरू व्यावसायिक क्षेत्रमा लाग्दा आर्थिक आर्जनसँगै सही बाटोमा लाग्नसमेत सहयोग मिल्छ । र, व्यवसायीको हक-हितका लागि आफू सदैव लागि पर्ने उनको भनाइ छ ।”
सञ्चालक रणजित राईले बताएअनुसार क्याफेले सहुलियत मूल्यमा स्तरीय खाजाका परिकार सहित कफी र बार सेवा उपलब्ध हुने छ। साथै सिक्न चाहानेहरूका लागि बार्टेन्डिङ र बरिस्टा तालिम दिने सेवा पनि रहेको बताए । सञ्चालक राईले भने “युवालाई सामाजिक, राजनीतिक र व्यावसायिक सबै क्षेत्रमा जोड्न आवश्यक छ”, उनले भने, “क्याफेमा लगानीकर्ता र कर्मचारी सबै युवा नै छौँ ।” व्यवसायलाई सफलतापूर्वक सञ्चालन गर्न सबैको साथ र सहयोग अपरिहार्य रहेको उनको भनाइ छ ।
अर्का सञ्चालक हर्क खड्का का अनुसार चालिस लाख लगानीमा क्याफे सञ्चालनमा आएको बताए । क्याफेमा ११ जना युवाहरूले रोजगारीको अवसर पाएको बताएका छन् ।
उक्त उद्घाटन समारोहमा जसपा केन्द्रीय उपाध्यक्ष तथा मा. सुशीला श्रेष्ठ र स्थानीय का जनप्रतिनिधि, राजनीतिक दलका नेता पदाधिकारी लगायत विशिष्ट ब्यक्तिहरूको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा सोमवार पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका हुन् ।
‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन भ्रमण गर्न लागिएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘पहिला जुन मुलुकको भ्रमणमा गएपनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वाेपरी प्राथमिकतामा राख्छौँ । त्यसकारण यो भ्रमण सफल हुन्छ । सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा (एमाले) का बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिजाउनुको कुनै अर्थ छैन । विश्व शान्ति र नेपालको हितमा बाहेक अरू कुनै काम गर्दैनौँ म साथीहरूलाई यसमा ढुक्क हुन आग्रह गर्दछु ।’
उनले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुनेगरी तयारी भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले अर्का छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुनेगरी लिन सक्नुपर्नेमा जोड दिए ।
उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रूपमा कसैले लिन नहुने आग्रह गरे ।
छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गरे । उनले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारूढ दुई दलीय संयन्त्रबाट एजेन्डाका विषयमा गृहकार्य भइरहेको छ र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेन्डालाई अन्तिम रूप दिने बताए । उनले यस विषयमा दुई दलमा बाहिर आएजस्तो कुनै विवाद नरहेको बताए ।
छलफलमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौँ उपत्यका बाहिर रहेका कारण अनुपस्थित थिए भने पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्रमन्त्रीहरू इश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा.प्रकाशचन्द्र लोहनी, डा.विमला राई पौड्याललगायत सहभागी थिए ।



















































