शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JCT3067TWSDAWVNC8RJ5Q2H2.jpg

‘पूर्णबहादुरको सारङ्गी’ ले गर्यो ३० करोड ग्रसकलेक्सन

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल व्यापार गरिरहेको छ । आज शनिवार देशभरका अधिकांश शोहरू आउसफूल छन् । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले १६औँ दिनसम्म आइपुग्दा  नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।

चलचित्रले प्रदर्शनको १५औँ दिनसम्म आइपुग्दा करिब ३० करोड ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

Pathivara.gif 82.25 KB

एकैदिनमा सर्वाधिक कमाउने नेपाली सिनेमा समेत बन्न सफल भएको ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन, सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका कम्तीमा ३५० भन्दा धेरै शो यो चलचित्रको कब्जामा छ ।

यस्तै, ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्रै होइन ओभरसिज मार्केटमा पनि नयाँ नयाँ रेकर्ड बनाएको छ । विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्रको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ । साथै ‘पूर्ण बहादुरको सारङ्गी’ ओभरसिज मार्केटमा सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ ।

AS.gif 486.54 KB

उनले भने, ‘हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उनले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।’

नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ टिम चलचित्रको प्रचारका लागि नभएर मुख्य शहरहरूका विभिन्न हलमा पुगेर सिनेमालाई मन पराइदिएको र सपोर्ट गरिदिएकोमा धन्यावाद दिन मोफसलका हल–हल पुगिरहेका छन् । यो भ्रमणमा निर्माताहरू सँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत छन् ।

Planning_Consultancy.gif 1.45 MB

यही भ्रमणका क्रममा निर्माण कम्पनी सेभेन सिस सिनेमाले ग्रसकलेक्सनको ‘फेक रिपोर्ट’ दिएको दिएको देखेपछि मोफसलका १९ वटा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट प्रदर्शनमा नआउने निर्माणपक्षले निर्णय गरेको छ ।

हाउसफूल अकुपेन्सीमा चलचित्र प्रदर्शन भए पनि हलहरुले निर्माणपक्षलाई निकै कम ग्रसकलेक्सनको रिपोर्ट उपलब्ध गराएको भन्दै निर्माण कम्पनीले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अरुण हल बिराटनगर, निलम सिनेमाज जनकपुर, विना हल लालबन्दी, गोरखा हल गोरखा, बर्दिवास हल बर्दिवास, विराटचोक हल मोरङ, सी.वी हल इनरुवा, दीपक हल बरहथवा, हिमालय हल विराटनगर, चरिकोट हल दोलखा, एभरेस्ट हल राजगढ, धनकुटा हल धनकुा, फिदिम हल पाँचथर, त्रिशूली हल नुवाकोट, इलाम हल इलाम, लभ कुश हल महेन्द्रनगर, त्रिमूर्ति हल र गिरिराज हल जनकपुरमा आज (शनिवार)देखि चलचित्र प्रदर्शन नहुने जनाएको छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शनिबार, ०१ मंसिर २०८१
https://jawaaf.com/storage/01JCSS1BNJH8TDNJWWGR0YFT4R.png

मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षण आजदेखि

काठमाडौँ । जापानमा हुने २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सुरुआत गरेको मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिवार देखि सुरु हुने भएको छ ।

चालु आ.व. को विशेष प्रशिक्षणमा पारा ताइक्वान्दो र ताइक्वान्दो सहित ११ खेल समावेश गरिए पनि हाललाई ९ खेलको मात्र शनिवार देखि विशेष प्रशिक्षण सुरु हुन लागेको हो । पारा ताइक्वान्दो र ताइक्वान्दो खेलाडीको नाम उपलब्ध नभएकोले नाम उपलब्ध भएपछि ताइक्वान्दोलाई पनि विशेष प्रशिक्षणमा समावेश गरिने छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

विशेष प्रशिक्षणमा ३७ पुरुष र ४८ महिला गरी ८५ खेलाडी सहभागी हुने राष्ट्रिय टिम तयारीका उप निर्देशक दीपक श्रेष्ठले जनाएका छन् । प्रशिक्षकको सङ्ख्या १९ रहेको छ ।

करातेमा समान ५–५ पुरुष/महिला, बक्सिङमा ३ पुरुष र ५ महिला, उसुमा ५ पुरुष र ३ महिला, एथलेटिक्समा समान ४–४ पुरुष-महिला तथा जुडो र कुस्तीमा समान ३–३ पुरुष/महिला खेलाडी प्रशिक्षणमा सहभागी हुने छन् । कबड्डीमा समान १२–१२ पुरुष/महिला तथा महिला भलिबलमा १२ खेलाडी हुने छन् । गल्फमा २ पुरुष र १ महिला खेलाडी सामेल हुने छन् ।

AS.gif 486.54 KB

गत आ.व. मा ५ खेलको छ महिना तथा थप ५ खेलको ३ महिना विशेष प्रशिक्षण सञ्चालन गरिएको थियो । कुनै पनि एसियाली खेलकुद सम्पन्न भए लगत्तै यति लामो समय आगामी संस्करणका लागि तयारी थालिएको पहिलो पटक हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले वैज्ञानिक, लामो र व्यवस्थित तयारीलाई मध्यनजर गर्दै गत आ.व. देखि मिसन– २०२६ को अवधारणा अनुरूप विशेष प्रशिक्षण थालिएको हो ।

दिपशिखा गहना गृह.gif 471.46 KB

एसियाली खेलकुदको कुनैपनि संस्करणमा नेपालले हालसम्म दोहोरो अंकमा जितेको छैन । एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्ण विहीन पनि छ । सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र ताइक्वान्दोमा समान ४–४ गरी ८ कांस्य पदक जितेको थियो । सङ्ख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शनिबार, ०१ मंसिर २०८१
https://jawaaf.com/storage/01JCSR8VBRJ4BJPV6FY7WNRDE9.jpg

जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौँमा प्रदर्शन

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै जलवायु अभियन्ताहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूका निम्ति जलवायु  क्षतिपूर्तिमा ५ खर्ब डलर माग गर्दै शनिवार जलवायु अभियन्ताहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् ।

Pathivara.gif 82.25 KB

विरोध प्रदर्शनमा उनीहरूले अन्यायपूर्ण ऋण खारेज गर,जलवायु वित्त भुक्तानी गर लगायत प्लेकार्डहरू प्रदर्शन गरेका थिए । याल्ली भृकुटीमण्डप देखी शान्तिबाटिका हुँदै रत्नपार्क क्षेत्रमा पुगेको थियो ।

Bantawa_Hardware.gif 563.38 KB

विश्वका दक्षिणी देशहरू पहिले नै ऋणको बोझले ग्रस्त रहेकाले जलवायु वित्त ऋणका रूपमा नभई अनुदानका रूपमा आउनुपर्ने, तत्काल आवश्यक जलवायु कार्यका आवश्यकता सम्बोधन गर्न जलवायु वित्त पर्याप्त र समयमा आउनुपर्ने अभियानको माग छ ।

Planning_Consultancy.gif 1.45 MB

त्यस्तै जलवायु वित्तले अनुकूलन, न्यूनीकरण, हानि–नोक्सानी र प्रभावित समुदायको न्यायोचित रूपान्तरणलाई समेट्नुपर्ने र कोषहरूको वितरण पारदर्शी, उत्तरदायी तथा विश्वका दक्षिणी देशहरूको प्राथमिकता अनुरूप हुनुपर्ने माग रहेका छन् ।

दिपशिखा गहना गृह.gif 471.46 KB

विश्वका औद्योगिक विकसित देशका झुटा वाचाले विश्वव्यापी दक्षिणी समुदाय, अर्थव्यवस्था तथा पर्यावरणमा सहनशीलता अझै कमजोर बनाएको र भोग्नुपरेका घोर असमानता र अन्याय अझ गहिरो बनाएको अभियन्ताको भनाइ छ । खनिज इन्धनमुखी राष्ट्रहरूले जलवायु संकट निम्त्याउन ऐतिहासिक जिम्मेवारी स्वीकार गरी अघि बढ्नुपर्ने बताइएको छ ।

AS.gif 486.54 KB

आगामी मंसिरमा अजरबाइजनको वाकु शहरमा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप२९) मा तत्काल जलवायु कार्यको बढ्दो लागत सम्बोधन गर्न महत्वपूर्ण निर्णय हुने भएकाले त्यसमा प्रभावकारी दबाब दिन पनि अभियानको आवश्यकता रहेको आयोजकको भनाइ छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शनिबार, ०१ मंसिर २०८१
https://jawaaf.com/storage/01JCQ53G3ZRJPSG0S5T02N622W.jpg

नेताहरूले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन

Daily_Dose_Adv_07_07.gif 652.54 KB

धरान। काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँको फोहोरको दिगो व्यवस्थापन सम्भव भएको बताएका छन् । उनले दाउपेच ,राजनीतिक पूर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह समेत गरेका छन् । 

Pathivara.gif 82.25 KB

शुक्रवार सामाजिक सञ्जालमा लेख्दै उनले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा लगातार प्रयास गरेको भएपनि सरकारले साथ दिनको साटो सँधै अवरोध गरिरहेको भन्दै महानगरले भारतको इन्दोरमा रहेको फोहोर व्यवस्थापनको मोडेल अनुसार काम गर्ने बताए । 

Bantawa_Hardware.gif 563.38 KB

उनले नेताहरूले देशनै बेच्न खोजेतापनि काठमाडौँ महानगर बिक्रीमा नरहेको भन्दै पुरै देश नै बेचेपनि काठमाडौँ एक्लै नेपाल भनेर उभिने दाबी गरे । 

उनले लेखेका छन्,

हामीले चुनाव पहिले काठमाण्डौको फोहोर सम्बन्धी धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भए पछि त्यही अनुसार हामीले धेरै विकल्पहरू हेर्यौँ । धेरै देशको व्यवस्थापन हेर्यौँ । पुराना, नयाँ प्रविधि हेर्यौँ ।

नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ । त्यहाँका असफलता नि हेर्यौँ । त्यसलाई सुधारेर पाएको सफलता पनि थाहा पायौँ ।

फोहोरका किसिम होस् या समाजको फोहोर व्यवस्थापनको सोच होस्, अथवा विगतमा पाएको फोहोरको समस्या होस्, इन्दोर धेरै कुरामा हाम्रो लागि उपयुक्त नमुना थियो । हामीले इन्दोरको मोडेल नेपालमा स्थापना गर्न त्यहाँका विज्ञहरूसँग विगत एक वर्ष देखि परामर्शदाताकारूपमा निकट भएर काम गरिरहेका छौँ । केही पहिले प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँ उता गएर हामीले पनि यस्तै गर्न सकिने रैछ भन्नु भएको थियो । अनि काठमाण्डौ बाहेक धेरै नगरपालिकाहरू पनि त्यो मोडल हेरेर चित्त बुझेर त्यो मोडेलमा काम गर्न खोज्दै हुनुहुन्छ । तर कसरी जम्मा गर्ने, कसरी व्यवस्थापन गर्ने उपयुक्त कार्यविधि र कानून नै थिएन । 

हामीले कानून बनायौँ । अनि त्यसको कार्यान्वयन तिर लाग्यौँ । तर विभिन्न किसिमका अवरोधहरू सिर्जना गरिदिने काम भइरह्यो । त्यही पनि हामीले केही वडाबाट पाइलट प्रोजेक्ट शुरू गर्यौँ । फोहोरलाई वर्गीकरण गर्ने त्यो वडाहरूमा सफलतापूर्वक काम हुँदैछ भने अर्गानिकलाई मल बनाउने काम पनि हुदैछ । हामीले सहि र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौँ ।

तर त्यसमा नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्‍दा दर्ता गर्न पुग्यो । त्यो कम्पनीले काठमाण्डौको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गरिरहेको पहिलो पटक थिएन । राज्यको सबै स्रोत साधन प्रयोग गरेर गैरकानुनी रूपमा अर्बौ कमाउने उक्त कम्पनी को स्वार्थ सधै हाबी रहयो ,यति सम्म कि प्रचण्ड प्रधानमन्त्री हुदा चिन जादा समेत उक्त कम्पनी बारे चर्चा भएको थियो ।

एक पटक त्यही कम्पनीको सौजन्यमा बसेको बैठकले अघिल्लो बैठकमा उसलाई नदिने निर्णय भए पनि त्यही कम्पनीको सौजन्यमा उपत्यका मेयर्स फोरमको बैठक बसेको थियो । मैले त्यसको सार्वजनिक असहमति प्रकट गर्दै मैले १ नोभेम्बर २०२३ मा लेखेको थिएँ, १७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होईन । नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ I

उक्त कम्पनी र छिमेकी नगरपालिकाहरूको असहयोगसँगै काठमाण्डौको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो, संघीय सरकारको हस्तक्षेप । संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो । 

संघीय सरकार र छिमेकी नगरपालिकाले उक्त कम्पनीकोलाई नै फोहोरको जिम्मा दिएर काठमाण्डौको फोहोरमा एकाधिकार लाद्ने र कहिलै दिगो समाधान नहुने बाटोमा लागे पनि हामी त्यसलाई वैधानिक रूपमा नै तोड्न क्रियाशील छौँ ।

यसैले हामीले सहि र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौँ । त्यसमा नेपवेस्टमार्फत मुद्‍दा हालियो । तर, सम्मानित अदालतले यो अधिकार काठमाण्डौ महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाण्डौको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ । फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौँ । अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन् । तर हामी रोकिने छैनौँ । फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको पुनस् जानकारी गराउँछौँ । यसैले सबै किसिमका दाउपेच छोडेर, राजनीतिक पूर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह गर्दछौँ ।

हामी स्पष्ट छौँ, काठमाण्डौको फोहोरको दिगो समाधान सम्भव छ । यो काठमाण्डौबासीको अधिकारको कुरा हो । हामीले फोहोर थुपारेर बर्सौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पिडितहरूको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको विषय हो । हामी समस्या समाधानको बाटोमै छौ अवरोध अझै आउन सक्छन तर यसमा रत्तिभर पनि सम्झौता नगरी अगाडी बदनेछौ ।

प्रकाशित मितिः शुक्रबार, ३० कात्तिक २०८१
https://jawaaf.com/storage/01JCPW8ZABMJ4XFWNJEHFFV844.jpg

१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत २०७७ सालमा स्थापना गरेको पुरस्कार अन्तर्गत वर्ष २०८१ को स्रष्टा सम्मान पुरस्कार १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।

कात्तिक २८ गते सम्पन्न स्रष्टा सम्मान पुरस्कार छनौट समितिको बैठकले प्राप्त मनोनयनहरू मध्येबाट यो निर्णय गरेको हो । चाडै कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशि सहित पुरस्कृत स्रष्टाहरूलाई सम्मान गरिने छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

यस क्रममा प्राणीशास्त्री वैज्ञानिक एवं जेष्ठ नागरिक अधिकार केन्द्रीत विभिन्न पुस्तकका सर्जक प्रा.डा. मुकेशकुमार चालिसेलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, संस्कृतका प्रकाण्ड विद्वान् प्रा.डा. ऋषिराम पोखरेललाई जोगमाया बराल स्रष्टा सौगात, नेपाल भाषाकी अग्रणी एवं अधिकारकर्मी प्रा.डा. चुन्दा बज्राचार्यलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, युद्ध विरोध र शान्तिको पक्षमा कलम चलाउने विवेक ओझालाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, लिम्बु भाषाको प्रवर्धनमा योगदान गर्ने लिला हाङ्मा सेलिङ्ग माबोलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, साढे तीन दशक देखि अनवरत साहित्य साधनामा संलग्न बाबा बस्नेतलाई भूमिप्रसाद बराल स्रष्टा सौगात र  बान्तावा भाषाका सुपरिचित हस्ताक्षर पदम राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

Bantawa_Hardware.gif 563.38 KB

यसैगरी शान्ति समाजले प्रसिद्ध पुरातत्वविद एवं सामाजिक न्यायका सर्जक प्रकाश दर्नाललाई राधादेवी दाहाल सद्‍भाव स्रष्टा सम्मान,  विगत ४ दशकदेखि साहित्य साधनामा संलग्न विवश पोखरेललाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, लोपोन्मुख एवं अल्पसंख्यक समुदायको पक्षमा कलम चलाउने सत्यदेवी खड्कालाई जनककुमारी रेग्मी स्रष्टा सौगात, नेपालीका अतिरिक्त अंग्रेजी साहित्यमा समेत कलम चलाउने गोपी सापकोटालाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, भोजपुरी साहित्यमा योगदान गर्ने स्रष्टा पुजा बहारलाई राधादेवी दाहाल स्रष्टा सौगात, मैथिली साहित्यमा योगदान गर्ने विजेता कर्ण (चौधरी)लाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात र थारु साहित्यमा योगदान गर्ने भूमिका थारुलाई श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

दिपशिखा गहना गृह.gif 471.46 KB

पुरस्कृत स्रष्टाहरूले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेवारी, संस्कृत, मैथिली, भोजपुरी, थारु, बान्तावा र लिम्बु गरी ७ भाषामा विशेष योगदान गरेका छन् भने अंग्रेजी भाषामा समेत उनीहरूका कृति प्रकाशित छन् ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शुक्रबार, ३० कात्तिक २०८१
https://jawaaf.com/storage/01JCMA0TB475VWA88Z8BC9Y5E0.jpg

यस्तो छ,बिहीबारको विदेशी मुद्राको विनिमय दर

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा रहेको छ।

त्यस्तै,युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ।

AS.gif 486.54 KB

यस्तै अस्ट्रेलियान डलर एकको खरिद दर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा र बिक्रीदर आठ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ एक पैसा, कतार रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा रहेको छ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः बिहिबार, २९ कात्तिक २०८१
https://jawaaf.com/storage/01JCJMEBCQCNNAC4WBKGNRS1YB.jpg

दमक भ्यु–टावर’ सञ्चालन अझै अन्योलमा

Daily_Dose_Adv_07_07.gif 652.54 KB

झापा । सरकारको करिब डेढ अर्ब लगानीमा झापाको दमकमा निर्माण भएको व्यावसायिक ‘दमक भ्यु–टावर’ सञ्चालन अझै अन्योलमा छ । टावर सञ्चालनको मोडालिटी कस्तो बनाउने भन्ने विषय पेचिलो देखिएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उद्घाटन गरेको टावर यतिबेला पर्यटक भुल्याउने माध्यम मात्र बनिरहेको छ । टावर सञ्चालनका सम्बन्धमा सङ्घीय सरकार र स्थानीय सरकारबिच मत बाझिएको स्थानीयको भनाइ छ ।

Pathivara.gif 82.25 KB

सञ्चालनका सम्बन्धमा सहरी विकास मन्त्रालयमा छलफल चलीरहेको उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए । दमक टावर र काठमाडौँको धरहरा एउटै मोडालिटीमा सञ्चालन गर्नेगरी छलफल भइरहेको उनले बताए ।

दिपशिखा गहना गृह.gif 471.46 KB

करिब एक अर्ब ४५ करोडमा निर्माण भएको टावर मन्त्रालयबाट मोडालिटी र कार्यविधि टुंग्याएर उद्घाटन र सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । तर दमक नगरपालिकाको नेतृत्वमा अन्य पार्टी भएका कारण भ्यू टावरको स्वामित्व कसले लिनेभन्नेबारे अन्योल रहेको स्थानीयको बुझाइ छ । दमकमा राप्रपाका प्रमुख र कांग्रेसका उपप्रमुख छन् ।

Planning_Consultancy.gif 1.45 MB

सरकारले २०७६ सालमा एक अर्ब ३८ करोड रुपैयाँमा सक्ने गरी ठेक्का लगाएको थियो तर लागत बढेर एक अर्ब ४५ करोड पुगिसकेको छ । दमक बजारबाट करिब तीन किलोमिटर उत्तर पश्चिमको दापगाछीमा रहेको टावर ५ बिघा क्षेत्रमा फैलिएको छ । उक्त स्थानमा पुग्न पूर्वाधारको अभाव देखिएको छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

टावरभित्र व्यापारिक पसल, कर्पोरेट अफिस, सेमिनार हल, प्रदर्शनीकक्ष, विभिन्न स्थानीय जातिको सांस्कृतिक संग्राहलय लगायतका कार्यालयहरू राखिने जनाइएको छ । तर भ्यू टावरसम्म पुग्न पूर्वाधारको अभाव भएकाले समस्या थप बढेर गएको छ । सडक कच्ची छ । पूर्वाधार निर्माणका लागि अझै ५० करोडजति बजेट लाग्ने भएकाले सञ्चालन अझै पर धकेलिने अनुमान गरिएको छ । केही पूर्वाधारविदहरूले भने टावर निर्माणका विषयलाई लिएर आलोचना समेत गर्ने गरेका छन् । टावर अनुचित र अनुपयुक्त स्थानमा निर्माण गरिएकाले सञ्चालनमा कठिनाइ हुने अनुमान उनीहरूले गरेका छन् ।

swastikplay and hardware (3).gif 338.56 KB

भिडियो हेर्न क्लिक गर्नुहोस् :

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/jPBKKLdtQqI?si=ViNJqSXqe5I6TRSB" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः बुधबार, २८ कात्तिक २०८१
https://jawaaf.com/storage/01JCJ5EAHGKJJVB85TV436AVG9.jpg

जापानका नगर प्रमुखलाई बालेनले दिए ढाका टोपी र देशे मरुझ्याःको प्रतिकृति उपहार

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरविचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरूले बताएका छन् ।

AS.gif 486.54 KB

सम्बन्ध स्थापना भएको ३५ औँ वर्षको अवसरमा काठमाडौँको अवलोकन भ्रमणका लागि आएका मात्सुमोतो नगरपालिकाका प्रमुख योशिनाओ गान नेतृत्वको प्रतिनिधि मण्डलको स्वागतमा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा आपसी सम्बन्धका विषयमा कुराकानी गर्दै उनीहरूले यस्तो बताएका हुन् ।

भेटका क्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मित्रताको चिनो स्वरूप ढाका टोपी र देशे मरु झ्याः को प्रतिकृति उपहार स्वरूप प्रदान गरे ।

NOW.gif 269.92 KB

यस्तै मात्सुमोतोका प्रमुख गानले, हस्तकलाबाट निर्मित सामग्री उपहार स्वरूप प्रदान गरे । भ्रमण टोलीका सदस्यहरूलाई महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ढाका टोपी, पस्मिनाको सल र बुद्ध प्रतिमा उपहार स्वरूप प्रदान गरिन । मात्सुमोतोको प्रतिनिधि मण्डलमा मात्सुमोतो नगर परिषद्का अध्यक्ष युताका कामिझोसहित विभिन्न संघसंस्थाका १९ जना प्रतिनिधि सहभागी छन् ।

swastikplay and hardware (3).gif 338.56 KB

 स्वागत कार्यक्रममा मात्सुमोतो नगरका कर्मचारीहरूकातर्फबाट सङ्कलन गरिएको दुई लाख जापानी येन प्रमुख गानले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हस्तान्तरण गरेका थिए । गएको असोज महिनामा काठमाडौँमा बाढी आएर जनजीवनमा प्रभाव पारेको खबर पाएपछि यस प्रकारको प्रकोपमा सहयोग गर्न रकम सङ्कलन भएको रकम भ्रमणका अवसरमा हस्तान्तरण गरिएको हो । स्वागत कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसहित पदाधिकारीहरू सहभागी थिए ।

 प्रतिनिधि मण्डल मंगलबार काठमाडौँ आएको हो । आगमन अवसरमा प्रमुख गानलाई अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीसहित अधिकारीहरूले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए ।

Bantawa_Hardware.gif 563.38 KB

 मंगलबार नै  टोलीले ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन गरेको छ । बुधवार बसन्तपुर, स्वयम्भू र बौद्ध क्षेत्रको अवलोकन गर्ने, नयाँ बजारमा रहेको मल्टिपर्पोस मार्सल आर्ट सेन्टरको अवलोकन गर्ने तथा स्थानीय संघसंस्थाहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । भोलि भक्तपुरको अवलोकन गरेर टोली साँझ स्वदेश फर्कनेछ । 

Pathivara.gif 82.25 KB

 काठमाडौँ र मात्सुमोतो नगरकाबिचमा सन् १९८९ नोभेम्बर १७ तारिखका दिन भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । सम्बन्ध स्थापना भएको १० औँ बर्षको अवसरमा दुवै नगरकातर्फबाट लगानी गरेर महानगरको वडा १६ नयाँबजारमा बहुउद्‍देश्यीय मार्सल आर्ट केन्द्र निर्माण गरियो ।

Planning_Consultancy.gif 1.45 MB

 एक करोड २२ लाख ८६ हजार लागतमा निर्माण भएको केन्द्रका लागि जापान सरकार र मात्सुमोतो नगरकातर्फबाट ६६ लाख ६६ हजार ६६३ रुपैयाँ सहयोग प्राप्त भएको थियो । २०५८ साल बैशाख १९ गते शिलान्यास भएको केन्द्र त्यसै वर्षको माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र जापानका पूर्व प्रधानमन्त्री रियोतारो हासिमोतोले संयुक्त रूपमा उद्घाटन गरेका थिए । केन्द्र ६ रोपनी ११ आना जग्गामा फैलिएको छ । २०७२ सालको भूकम्पले यसलाई आंशिक क्षति पु¥याएको थियो ।

दिपशिखा गहना गृह.gif 471.46 KB

 २०७२ सालको भूकम्पले पु¥याएको क्षति व्यवस्थापन गर्न मात्सुमोतो नगरले १ करोड जापानी येन सहयोग गरेको थियो । त्यस रकममा जापानी जनताकोतर्फबाट सङ्कलन भएको ८० लाख येन र नगरकोतर्फबाट प्रदान गरिएको २० लाख येनबराबर हुन आउने रकम थियो ।

 मल्टिपर्पोस मार्सल आर्ट सेन्टरमा जुडो एण्ड केन्दो प्रशिक्षण हुने गरेको छ । २०७६ सालमा मात्सुमोतो नगरका तत्कालीन प्रमुख केन्दो खेलमा प्रयोग हुने सिनाइ (बेतको विशेष खालको लौरो) ६० थान र जुडो गि १० थान प्रदान गरेका थिए ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः बुधबार, २८ कात्तिक २०८१
https://jawaaf.com/storage/01JCHPG5FB94CDXFM98ZNQ3D2T.jpg

ट्रम्पले मस्क र रामास्वामीलाई सुम्पिए महत्वपूर्ण जिम्मेवारी

AS.gif 486.54 KB

काठमाडौँ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रमपले टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क र पूर्व राष्ट्रपतीय रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिने भएका छन् । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

नोभेम्बर ५ मा भएको चुनावबाट निर्वाचित भएका ट्रम्पले कार्यभार जनवरी २० देखि सम्हाल्ने छन् । त्यसअघि नै महत्वपूर्ण जिम्मेवारी दिने व्यक्तिहरूको सूची सार्वजनिक गर्दै आएका ट्रम्पले नयाँ विभाग गठन गर्दै मस्क र रामास्वामीलाई जिम्मेवारी दिएका हुन् । 

Pathivara.gif 82.25 KB

ट्रम्पले सरकारी खर्च घटाउने र कर्मचारीहरू माथि निगरानी गर्ने उद्देश्यले ‘सरकारी दक्षता विभाग’ नै बनाएका छन् । त्यसैको नेतृत्व मस्क र रामास्वामीलाई सुम्पिएका हुन् । यो विभागले अनावश्यक नियमहरू परिमार्जन र हटाउन, फजुल खर्चमा कटौती गर्दै सङ्घीय निकायहरूलाई पुनर्संरचना गर्न भूमिका खेल्ने छ ।

Planning_Consultancy.gif 1.45 MB

मस्क र रामास्वामीले २०२६ को जुलाई ४ सम्ममा आफ्नो जिम्मेवारी पूरा गर्ने बताएका छन् । ४ जुलाई २०२६ मा अमेरिकाले २५० औं वार्षिकोत्सव मनाउँदै छ । चुनावकै बेला विभिन्न कुराहरुको पुनर्संरचना गर्ने बताएका ट्रम्पले यो विभाग अमेरिकी जनताका लागि ‘उपहार’ हुने बताएका छन् ।

baba_education.gif 870.63 KB

एलन मस्क टेस्ला, स्पेसएक्स र एक्स (पूर्व ट्विटर) का प्रमुख हुन् । उनी ट्रम्पको चुनावी अभियानमा खुलेरै लागेका थिए भने विवेक रामास्वामी एक औषधि कम्पनीका संस्थापक र उद्यमी हुन् । उनले ट्रम्पको राष्ट्रपतीय अभियानमा समर्थन जनाउँदै आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

swastikplay and hardware (3).gif 338.56 KB

नयाँ विभागको संक्षिप्त नाम ‘डीओजीई’ रहेको छ । यसलाई मस्कले प्रचार गर्ने लोकप्रिय क्रिप्टोकरेन्सी डोजक्वाइनसँग मिलेको रूपमा पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मितिः बुधबार, २८ कात्तिक २०८१
https://jawaaf.com/storage/01JCG30CPZ9C2GPCAW44D2D0JP.jpg

राष्ट्रपति ट्रम्प सांसद वाल्टजलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने तयारीमा

काठमाडौं । अमेरिकाका नव–निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका रिपब्लिकन सांसद माइक वाल्टजलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने तयारी गरेका छन्। 

वाल्टजले अमेरिकी सुरक्षा नीति र चीनसँगको सम्बन्धमा कडा अडान लिएका छन्। उनले एसिया–प्रशान्त क्षेत्रमा चीनको गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सम्भावित द्वन्द्वको लागि अमेरिका तयार रहनुपर्ने बताउँदै आएका छन्।

AS.gif 486.54 KB

वाल्टज हालै मात्र फ्लोरिडाको पूर्व–मध्य क्षेत्रको अमेरिकी प्रतिनिधि सभाको सीट जितेर पुनःनिर्वाचित भएका छन्। उनले डेमोक्र्याट उम्मेदवार जेम्स स्टकटनलाई हराउँदै यो सफलता प्राप्त गरेका हुन्। वाल्टज अमेरिकी सेनाका पूर्वकर्णेल, युद्ध सज्जित ग्रिन बेरेट, तथा पूर्व व्हाइट हाउस र पेन्टागन नीति सल्लाहकार पनि हुन्। उनी सन् २०१८ मा पहिलो पटक कंग्रेस सदस्यको रूपमा निर्वाचित भएका थिए।

baba_education.gif 870.63 KB

वाल्टजले अफगानिस्तानमा विभिन्न युद्ध अभियानहरूमा सेवा गर्दै चार वटा ब्रोंज स्टार अवार्ड प्राप्त गरेका छन्। अमेरिकी सेना छोडेपछि उनले पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यकालमा रक्षा विभागमा नीति निर्देशकका रूपमा काम गरेका थिए। उपराष्ट्रपति डिक चेनीको नेतृत्वमा वाल्टजले आतंकवादविरोधी सल्लाहकारको रूपमा पनि भूमिका निर्वाह गरेका थिए।

swastikplay and hardware (3).gif 338.56 KB

ट्रम्प प्रशासनले अर्को प्रमुख पदमा पनि फ्लोरिडाबाटै अर्को नेता नियुक्त गर्ने सम्भावना रहेको छ। ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेश सचिव नियुक्त गर्ने तयारी गरिरहेको समाचार आएको छ। रुबियो, जसले सन् २०१६ मा राष्ट्रपतीय चुनावमा ट्रम्पलाई चुनौती दिएका थिए, पछिल्लो समय ट्रम्पका परराष्ट्र नीति सल्लाहकारका रूपमा पनि सक्रिय रहे।

रुबियोको नियुक्तिले अमेरिकाको विदेश नीतिमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः मङ्गलबार, २७ कात्तिक २०८१