शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JDYE0KZAR5M3ZC251VKQGB1D.png

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । निर्वाचन आयोगले भोलि मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । विभिन्न ४१ रिक्त पदका लागि आइतबार मतदान हुँदैछ ।

आयोगकी प्रवक्ता सहसचिव निता पोख्रेल अर्यालका अनुसार निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

Bantawa_Hardware.gif 563.38 KB

अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।

गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, क्रियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन् । 

मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।  

मतदान स्थलको निश्चित क्षेत्र बाहेक निर्वाचन सुरक्षामा असर नपर्ने गरी यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन हुनुका साथै मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदाका लागि आयोगले सम्बन्धित निकायलाई अनुरोध समेत गरिसकेको जनाएको छ । 

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः शनिबार, १५ मंसिर २०८१
https://jawaaf.com/storage/01JDXZ8Q0HBC1GQJCAZ73N2ZWW.jpg

मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानीय खुसी

Pathivara.gif 82.25 KB

मुगु । मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानीय खुसी भएका छन् । नेपालको बिकट हिमाली जिल्ला शिक्षा, स्वास्थ्य , सञ्चार ,सडक क्षेत्रले पछि परेको मुगुमा संघियता आएपछि बिकट बस्तीहरूमा सडक सञ्जाल दिन प्रतिदिन धमाधम जोडिन थालेका छन् ।

सोरुगाँउपालिका वडा नम्बर ४ मा रहेको  लिब्रु र रावलबाडा बस्तीहरूका सडक सञ्जाल  जोडिएपछि स्थानीय बासीहरू सडक प्रयोग गर्न पाइने भयो खुसी भएका छन् ।

IMG_7275.JPG 366.16 KB

विगतका दिनहरूमा रोजी रोटीको लागी भारत र राजपुर तिर गएपछि मात्र गाडी साइकलहरू देखेको भए पनि अहिले गाउँमा नै सडक सञ्जाल पुगेपछि सुखी लागेको सोरुगाँउपालिका वडा नम्बर ४ लिब्रुकी स्थानीय सम्झना बिकले बताइन् ।

उनले भनिन्, ‘यसरी हाम्रो जन्म भूमिमा गाडी पुगेपछि निकै खुसी भएका छौँ, बिरामी हुँदा डोकोमा बोकेर ३,४ दिन उपचार गर्न वा ,अन्य सरकारी काम गर्न सदरमुकाम गमगढी ३ दिन लगाएर जाने गरेका थियौँ , अब घरको आँगनबाटै गाडी देख्न ,प्रयोग गर्न पाउने भयौँ  निकै खुसी लागेको छ ।’

IMG_7258.JPG 343.68 KB

सोरुकोट मसिनामेला लिब्रु सडक खण्ड स्थानीय तहको पहलमा विभिन्न सरकारी निकायको पहलमा ३,४ वर्ष पहिला देखी निमार्ण हुँदै आइरहेको थियो ।  यो सडक सोरुकोटदेखी लिबु्र नदीको किनारसम्म १३ किलो मिटर रहेको छ । 

यसको सडकमा  कुल लागत १ करोड भन्दा बढी रकम खर्च भएर निमार्ण भएको सोरुगाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए ।

निर्वाचनमा उम्मेदवार भएर जनताको घर दैलोमा जाँदा जनतासामु पहिलो आफ्नो एजेन्डा सोरुगाँउपालिकामा रहेका ११ वडाहरूमा सडक सञ्जालको पहुँच पुर्‍याउने र सडकबाट नागरिकहरूको दैनिक जीवनमा गरिने कार्यको सहज रूपमा पहुँच पुर्‍याउने लक्ष्य अनुसार सडक सञ्जाल निर्माण गरिएको सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताए ।

Bantawa_Hardware.gif 563.38 KB

प्रकाशित मितिः शनिबार, १५ मंसिर २०८१
https://jawaaf.com/storage/01JDXR7RWMV2QB2NC53NR4WG5T.jpg

क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । शनिबार (आज) बाट पुस ६ गतेसम्म नेपाल क्रिकेटमय बन्दैछ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सुरु हुने भएकाले नेपाली क्रिकेटप्रेमीहरु सबै खेलहरुको व्यग्र प्रतिक्षामा छन् । प्रतियोगितालाई क्रिकेट महासंग्रामकै रुपमा लिइएको छ । कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन शुक्रबार अपरान्ह नेपाल आइपुगेसँगै माहोल थप गर्माएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुँदैछ । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको घरेलु प्रतियोगितामध्ये एनपीएल सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ । २० दिन चल्ने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Photo (9).jpg 1.07 MB



लिगमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली छन । प्रतियोगितामा मुलुकका व्यापारिक क्षेत्रको सक्रिय सहभागिताले मुलुकको अर्थतन्त्रमा विशेष भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । 

उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ड भिड्दैछन् । पहिलो खेल मंसिर १५ गते शनिबार(आज) विराटनगर र जनकपुरबीच दिउँसो १२ः१५ बजे हुनेछ । विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने र जनकपुरका मार्की खेलाडी आसिफ शेख छन् ।

उद्घाटन खेलको टिकट भने १२ गते नै बिक्री भइसकेको छ । जसका लागि साधारणको ३ सय र भिआइपी ७ सय रुपैयाँ तोकिएको थियो । मैदानमा भीआइपी र सामान्यतर्फ गरी करिब १२ हजार दर्शक क्षमता रहेको क्यानले जनाएको छ । क्यानका सचिव पारस खड्काले सीमित पूर्वाधारका कारण उद्घाटन खेलको टिकट सकिएको बताएका छन् । घरबाटै खेल हेर्न उनले आग्रह पनि गरेका छन् ।



Pathivara.gif 82.25 KB




यद्यपि, लिग खेल (एक दिनको) लागि  साधारणको तीन सय रुपैंयाँ र भिआइपी पाँच सय रुपैयाँ, प्लेअफको लागि साधारणको पाँच सय र भिआइपी सात सय रुपैयाँ र फाइनल खेलका लागि साधारणको पाँच सय र भिआइपी एक हजार रुपैयाँ टिकटको मुल्य तोकिएको छ ।

क्यानले २० दिन खेल संचालन गर्दा कम्तीमा पनि प्रतिदिन ३० लाख उठाउने लक्ष्य राखेकाले टिकट बिक्रीबाट मात्र यो सिजन कुल ६ करोड रूपैयाँ बढी उठाउने लक्ष्य लिएको छ । सचिव खड्काले नेपाली क्रिकेटमा नयाँ सुरुआत भएको र  एनपीएललाई विश्वकै उत्कृष्ट लिग बनाउने दाबी समेत गरेका छन् ।


Photo (16).jpg 1.19 MB



क्यानका अनुसार फ्रेन्चाइज टिम किन्नकै लागि तीन करोडसम्म खर्च भएको छ । ८ टिमले टिम लिन मात्र करिब १७ करोड क्यानलाई बुझाएको छ । पोखरा एभेन्जर्सले ३ करोड ५७ लामा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि एक करोड भन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ ।

यस बाहेक मार्की खेलाडीका लागि २० लाख, खेलाडी अक्सनमा गरेको खर्च, विदेशी खेलाडीको खर्च र अन्य खर्च गरेर एक फ्रेन्चाइजले कम्तीमा ७ देखि १० करोडसम्म खर्च गरेका छन् ।
तर क्यानले खर्चमा केही कडाइ पनि गरेको जनाएको छ ।

कुनैपनि टोलीले अन्धाधुन्ध खर्च नगरून् र प्रतिस्पर्धाको स्तर समान होस् भन्ने उद्देश्यमा साथ क्यानले खर्चमा सीमा तोकेको हो । जसमा खेलाडी अक्सनमा ९० लाख रुपैयाँको सीमा तोकिएको थियो । त्यसमा टोलीले ६३ लाख देखि ८४ लाख रुपैयाँसम्म मात्र खर्च गरेका छन । 

त्यसैगरी, क्यानले विदेशी खेलाडी किन्नमा पनि सीमा तोकेको छ । क्यानले विदेशी खेलाडीहरूलाई प्ल्याटिनम, गोल्ड र सिल्भर वर्गमा विभाजन गरी त्यसका लागि पाँच हजारदेखि ५० हजार अमेरिकी डलरसम्म खर्चको सीमा तोकिदिएको छ । 
यता, क्यानले एनपीएलको मुख्य प्रायोजकको रुपमा रहेको सिद्धार्थ बैंकसँग पाँच वर्षको लागि सम्झौता गरेको तर, रकम भने खुलाइएको छैन । त्यस्तै लिगलाई एनसेलले पनि प्रायोजन गरिसकेको छ । क्यानले व्यावसायिक अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिलाई ५ करोड ९२ लाख रूपैयाँमा बिक्री गरेको थियो । 


क्यानले औपचारिक रुपमा पुरस्कारको राशी सार्वजनिक गरेको छैन तर पुरस्कारमा दुई करोड रुपैयाँ खर्च गर्ने बताइएको छ । नेपाली खेलाडीले लिग सकिएपछि उत्कृष्ट नेपाली खेलाडीले ६२ लाख बराबरको ओमोडा इ ५ कार प्राप्त गर्नेछन् । यसका लागि क्यानले ओमोडा एण्ड जेइकोसँग सम्झौता नै गरेको छ । 
एनपिएलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा स्टार स्पोर्ट्स नेटवर्क र युट्युवमा एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ ।



Photo (3).jpg 1.18 MB




क्यानले कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिमा पनि ठूलो रकम खर्च गरेको छ । मैदानमा डिजिटल स्कोर बोर्ड निर्माण गरिएको छ । त्यस्तै पिचको पुनर्निर्माण गरिएको छ भने बाउन्ड्री क्षेत्र बढाइएको छ । दर्शकले यसपालि अस्थायी प्यारापिटमा बस्ने सुविधा पाउने छन् भने मैदानमा प्रवेश गर्नका लागि ६ वटा ’जोन’ छुट्याइएको छ । 

एनपीएलमा लिग चरणमा हरेकले एक आपसमा खेल्दा कूल २८ खेल हुनेछ । यस्तै प्लेअफमा क्वालिफाय र रफाइनलसहित थप ४ खेल हुनेछ र कूल ३२ खेल हुनेछ । आठ टोलीका एक एक मार्की खेलाडी (८), अक्सनबाट दश–दश खेलाडी (८०) र ट्यालेन्ट हन्टबाट एक एक आइकोनियक खेलाडी (८) गरी जम्मा ः ९६ नेपाली खेलाडी रहेका छन । जसमा सहभागी आठ फ्रेन्चाइज टोलीले ३९ विदेशी खेलाडीहरू अनुबन्धित गरिसकेका छन् ।


यस्तो छ खेल तालिका

पहिलो खेल मंसिर १५ गते विराटनगर र जनकपुरबीच दिउँसो १२ः१५ बजे हुनेछ । मंसिर १७ गते बिहान ९ः१५ बजे काठमाडौं र चितवन तथा दिउँसो १ः१५ बजे जनकपुर र कर्णालीबीच खेल हुनेछ । मंसिर १८ गते बिहान ९ः१५ बजे सुदूरपश्चिम र विराटनगर तथा दिउँसो १ः१५ बजे चितवन र पोखराबीच प्रतिस्पर्धा हुनेछ ।

मंसिर १९ गते बिहान ९ः१५ बजे कर्णाली र काठमाडौं तथा दिउँसो १ः१५ बजे विराटनगर र लुम्बिनीबीच खेल हुनेछ । मंसिर २० गते बिहान ९ः१५ बजे पोखरा र जनकपुर तथा दिउँसो १ः१५ बजे काठमाडौं र सुदूरपश्चिमबीच खेल हुने तालिका छ ।

मंसिर २१ गते बिहान ९ः१५ बजे कर्णाली र चितवन तथा दिउँसो १ः१५ बजे लुम्बिनी र पोखराबीच खेल हुनेछ । मंसिर २२ गते बिहान ९ः१५ बजे लुम्बिनी र सुदूरपश्चिम तथा दिउँसो १ः१५ बजे कर्णाली र विराटनगर खेल्नेछन् ।

मंसिर २३ गते बिहान ९ः१५ बजे जनकपुर र लुम्बिनी तथा दिउँसो १ः१५ बजे सुदूरपश्चिम र चितवनबीच खेल हुनेछ । मंसिर २४ मा खेल ब्रेक हुनेछ। मंसिर २५ देखि पुनः खेलहरू सुरु भई बिहान ९ः१५ बजे चितवन र लुम्बिनी तथा दिउँसो १ः१५ बजे कर्णाली र पोखराबीच प्रतिस्पर्धा हुनेछ। मंसिर २६ देखि मंसिर ३० सम्म बिहान र दिउँसो खेलहरू हुनेछन ।

पुस १ गते बिहान ९ः१५ बजे सुदूरपश्चिम र कर्णालीबीच खेल हुनेछ । पुस २ गते खेल ब्रेक हुनेछ । पुस ३ गते तेस्रो स्थान र चौथो स्थानका टिमहरूबीच बिहान ९ः१५ बजे एलिमिनेटर खेल हुनेछ । सोही दिन दिउँसो १ः१५ बजे पहिलो र दोस्रो स्थानका टिमहरूबीच पहिलो क्वालिफायर खेल हुनेछ । पुस ४ गते दिउँसो १२ः१५ बजे एलिमिनेटर विजेता र पहिलो क्वालिफायर पराजित टिमबीच दोस्रो क्वालिफायर खेल हुनेछ । पुस ५ मा पुनः ब्रेक राखी पुस ६ गते दिउँसो १२ः१५ बजे पहिलो क्वालिफायर विजेता र दोस्रो क्वालिफायर विजेताबीच फाइनल खेल हुनेछ ।

कुन टिममा को को र मूल्य कति ?

विराटनगर किंग्समा सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, ओमानका अकिब इल्यास, न्युजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन, स्कटल्यान्डका क्रिस सोल, अफगानिस्तानका इस्मल आलम रहेका छन ।

विराटनगर किंग्समा प्रशिक्षकमा आयरल्यान्डका  केभिन ओ’ब्राइन रहेका छन । यसको  स्वामित्व एमएडी ड्रिम्स स्पोर्ट्स पारस लुनिया, वेन्कटेस मुन्द्राको छ । विराटनगर किंग्सको खरिद मूल्य १ करोड ५१ लाख रूपैयाँ हो ।, 

जनकपुर बोल्ट्समा आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रम्प, इंग्ल्यान्डका बेन माइक, पाकिस्तानका मोहमद मोहसिन, अमेरिकाका लाहिरू मिलन्था र क्यानडाका हर्ष थाकर रहेका छन । यसका लागि प्रशिक्षकमा क्यानडाका पुबुद दसानायके रहेका छन । ड्रिम स्पोर्ट्स प्रालिले स्वामित्व लिएको छ। २ करोड ५ लाख रूपैयाँ खरिद मूल्य हो । 


Photo (8).jpg 1.07 MB



चितवन राइनोजमा कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, इंग्ल्यान्डका रवी बोपारा, अफगानिस्तानका हसन इसाखिल, नामिबियाका जान निकोल लोफ्टी इटन, इंग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाईन र आइकोनिकका , सलाहुद्दिन खान रहेका छन । प्रशिक्षक उमेश पटवाल हुन । १ करोड ७६ लाख १ हजार रूपैयाँ खरिद मूल्य रहेको चितवन राइनोजको स्वामित्व चितवन मेडिकल कलेज (डा हरिस न्यौपाने, आयुष न्यौपाने)को  रहेको छ । 

काठमाडौं गुर्खाजमा करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, इंग्ल्यान्डका  नेथन सोउटर, स्टेफन इस्किनाजी र ड्यान डौथवेट, नेदरल्यान्ड्सका माइकल लेभिट नामिबियाका जेहार्ड एरासमस आइकोनिकका कृष कार्की छन ।

प्रशिक्षक बसन्त शाही हुन । खरिद मूल्य ( ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँ रहेको काठमाडौं गुर्खाजको स्वामित्व काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर (कान्तिपुर मिडिया ग्रुप, मेडिसिटी अस्पताल, याक एण्ड यती होटल)को छ । 

पोखरा एभेन्जर्समा कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डे लिडे, इंग्ल्यान्डका म्याट क्रिचली,  वेस्ट इन्डिजका रेमन राइफर, स्कटल्यान्डका माइकल लिस्क र आइकोनिकका सुदिप आर्याल छन । पोखरा एभेन्जर्समा प्रशिक्षक भारतका राजीव कुमार छन । ३ करोड ५७ लाख रूपैयाँमा टोली खरिद गरेको पोखरा एभेन्जर्सको स्वामित्व नेपाल टी.२० प्रालि (सुवोध त्रिपाठी, मनोवल श्रेष्ठ)को छ । 

Photo (19).jpg 1.04 MB



लुम्बिनी लायन्समा रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, अस्ट्रेलियाका बेन कटिङ,  अमेरिकाका उन्मुक्त चन्द, इंग्ल्यान्डका टम मूर्स, वेस्ट इन्डिजका रेमन सिमन्ड्स, क्यानडाका शाद बिन जफर र  आइकोनिकका आरिफ शान रहेका छन । भारत नन्दन फाडनिस प्रशिक्षक हुन । स्वामित्व भने फर्चुना हेल्थ केयर (ईश्वर जिसी)ले लिएको छ । यसको खरिद मूल्य १ करोड ८६ लाख ४ रूपैयाँ हो । 

कर्णाली याक्समा सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, भारतका शिखर धवन, हङकङका  बाबर हायत, वेस्ट इन्डिजका चाडविक वाल्टन, ओमानका जीशान मक्सुद,  आइकोनिकका विपिन शर्मा रहेका छन । प्रशिक्षक – ज्ञानेन्द्र मल्ल हुन । स्वामित्व हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स (झनकदत्त खनाल, गृहेन्द्र घिमिरे)को छ । खरिद मूल्य १ करोड ११ लाख ७० हजार रूपैयाँ हो । 

सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद,  स्कटल्यान्डका  ब्रान्डन मक्मलेन, इंग्ल्यान्डका सेफ अलि जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन, युएईका, रोहन मुस्तफा र आइकोनिकमा बसन्त खत्री छन । सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमाटा हुन । एम्पायर स्पोर्ट्स (स्वतन्त्र प्रताप शाह)ले स्वामित्व लिएको छ । खरिद मूल्य १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रूपैयाँ हो ।

AS.gif 486.54 KB


प्रकाशित मितिः शनिबार, १५ मंसिर २०८१
https://jawaaf.com/storage/01JDVVYW1N87DEVR2QX3G31AZ8.jpg

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षाले मुलुकको समग्र आर्थिक अवस्थाबारे जानकारी दिँदै मुद्रास्फीति, व्यापार घाटा, विप्रेषण आप्रवाह, र विदेशी मुद्रा सञ्चिति जस्ता सूचकाङ्कमा देखिएका सुधार र चुनौतीहरू उजागर गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रण सरकार र राष्ट्र बैङ्कको प्रमुख प्राथमिकता रहेको जनाएको छ । समीक्षाको प्रतिवेदनले उपभोक्ता मुद्रास्फीति औसत ४.२६ प्रतिशतमा रहेको देखाएको छ ।

Pathivara.gif 82.25 KB

खाद्य तथा पेय पदार्थ समूहमा मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ, जसमा दाल, तेल, चामल र तरकारीको मूल्यवृद्धि प्रमुख कारक रहेको राष्ट्र बैङ्कले जनाएको छ । गैर–खाद्य समूहमा मुद्रास्फीति ३.४९ प्रतिशतमा सीमित रहे पनि इन्धन, घर भाडा र यातायात क्षेत्रमा देखिएको मूल्यवृद्धि अर्थतन्त्रमा दबाबको सङ्केत गरेको छ ।

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार वैदेशिक मुद्रा सञ्चिति हाल १४.६ महिनासम्मको आयात धान्न पर्याप्त रहेको छ । यो उपलब्धि विप्रेषण आप्रवाहमा देखिएको सुधारसँग जोडिएको छ । समीक्षाको अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई रु. ४०७ अर्ब ३१ करोड पुगेको छ ।

व्यापार घाटामा सुधार भए पनि निर्यातमा गिरावट आएको छ । राष्ट्र बैङ्कका अनुसार, व्यापार घाटा ४ प्रतिशतले घटेर रु. ३५२ अर्ब ३७ करोड कायम भएको छ । यसलाई सकारात्मक सङ्केतका रूपमा लिइए पनि निर्यात ६.१ प्रतिशतले घटेर रु. ३८ अर्ब ३८ करोडमा सीमित हुनु चिन्ताजनक पक्ष हो ।

Planning_Consultancy.gif 1.45 MB

विशेष गरी वस्त्र, कालीन र जडीबुटीको निर्यातमा गिरावट आएको छ । आयातमा पनि ४.२ प्रतिशत कमी आएको छ, जसले व्यापार घाटामा सुधार ल्याउन भूमिका खेलेको राष्ट्र बैङ्कले जनाएको छ ।

निजी क्षेत्रलाई कर्जा प्रवाहमा सुधार आएको छ । राष्ट्र बैङ्कले निजी क्षेत्रलाई कर्जा प्रवाहको गति बढाउन लघुवित्त, साना तथा मझौला उद्यम, र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ । समीक्षाको प्रतिवेदनले कर्जा वृद्धि ६.२ प्रतिशत रहेको छ भने यो वार्षिक लक्ष्य १२.८ प्रतिशतको तुलनामा कम भएको छ ।

निर्माण क्षेत्रको कर्जा प्रवाहमा सुधार आएको छ भने साना व्यवसायहरूले कर्जा पाउन अझै कठिनाइ खेप्नुपरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

राष्ट्र बैङ्कले मौद्रिक नीतिमा केही परिमार्जन गर्दै नीतिगत ब्याजदर ७.० प्रतिशतमा झारेको छ । यससँगै ब्याजदर कोरिडोरलाई पनि घटाएर ६.५ प्रतिशतमा सीमित गरिएको छ । बैङ्क तथा वित्तीय संस्थाहरूलाई तरलता अभाव हुन नदिन राष्ट्र बैङ्कले खुलेर सहकार्य गरिरहेको जनाएको छ ।

गृह निर्माण, साना उद्योग, र पर्यटन क्षेत्रका लागि छुट्‍टै सहुलियतपूर्ण कर्जा योजना ल्याउने तयारी भइरहेको राष्ट्र बैङ्कले जानकारी दिएको छ ।

समीक्षाले नेपालकै छिमेकी राष्ट्र भारत र चीनका आर्थिक सूचकाङ्कहरूसँग तुलना गर्दै नेपालका केही सकारात्मक पक्ष देखाएको छ । भारतको आर्थिक वृद्धिदर ७ प्रतिशतमा हुने अपेक्षा गरिएको छ भने चीनको वृद्धिदर ४.८ प्रतिशत रहनेछ । विश्व अर्थतन्त्रको समग्र वृद्धिदर ३.२ प्रतिशतमा सीमित रहने अनुमान छ ।

Bantawa_Hardware.gif 563.38 KB

राष्ट्र बैङ्कका अनुसार मौद्रिक नीतिको कार्यान्वयनका लागि सरकारी नीतिहरूसँग सहकार्य गरिने छ । मुद्रास्फीति नियन्त्रण, रोजगारी सिर्जना, र आर्थिक वृद्धि सुनिश्चित गर्न नयाँ रणनीति लागु गरिने पनि राष्ट्र बैङ्कले जनाएको छ ।

समीक्षा प्रतिवेदनमा प्रस्तुत तथ्याङ्कले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको देखाए पनि चुनौतीहरूप्रति सतर्क रहनुपर्ने सङ्केत गरेको छ । निर्यातमा गिरावट, केही क्षेत्रमा उच्च मुद्रास्फीति, र निजी क्षेत्रको कर्जा वृद्धि लक्ष्यअनुसार हुन नसक्नुले अझै आर्थिक सुधारका लागि थप प्रयास आवश्यक रहेको देखिन्छ ।

प्रकाशित मितिः शुक्रबार, १४ मंसिर २०८१
https://jawaaf.com/storage/01JDVNQWX7RFEDXEQR0XWN0HF1.jpg

पहिलो पटक काभा पुरुष भलिबल च्याम्पियनसिप हुँदै

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । नेपाल भलिबल सङ्घको आयोजना एवं सेन्ट्रल एसियन भलिबल सङ्घको संयोजनमा पहिलो पटक काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ आयोजना हुने भएको छ ।आज सङ्घले पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर २२ गते देखि २९ गतेसम्म काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गरेर नेपालबाट नै प्रथम पटक थालनी गर्न लागेको जानकारी दिएको हो । 

Pathivara.gif 82.25 KB

प्रतियोगितामा इरानबाट चादौर मालो क्लब, भारतबाट क्यालीकट हिरोज, मालदिभ्सबाट एचडीसी क्लब, नेपालबाट गण्डकी प्रदेश र हेल्प नेपाल स्पोटर्स क्लब गरी पाँच टिमको सहभागिता रहनेछ ।

Bantawa_Hardware.gif 563.38 KB

भलिबल खेलको माध्यमबाट खेलको बृहत्तर विकास गर्नको लागि काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप पनि नेपालबाट नै सुरुवात गर्ने जमर्को गरेको सङ्घले जनाएको छ ।प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड खर्च हुने सङ्घको अनुमान रहेको छ । 

AS.gif 486.54 KB

प्रकाशित मितिः शुक्रबार, १४ मंसिर २०८१
https://jawaaf.com/storage/01JDS8M5R9SZ57K09FKDN31Z3H.jpg

नेप्से परिसूचक ८.३० अंकले घट्यो, कारोबार रकममा पनि कमी

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घट्दै २,७४८ अङ्कमा झरेको छ । अघिल्लो दिनको तुलनामा बजार घटेसँगै कुल कारोबार रकम पनि कमी आएको छ । अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडमा सीमित भएको छ । 

बजारमा ५० कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ । व्यापार समूहले ९.२५ प्रतिशतको उल्लेख्य वृद्धि गरेको छ । यस समूहको वृद्धि विशाल बजार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछिको प्रभाव हो । व्यापार समूहमा सूचीकृत दुई कम्पनीमध्ये विशाल बजार कम्पनी पूँजीकरणको हिसाबले साल्ट ट्रेडिङभन्दा १० गुणा ठूलो छ, जसका कारण यस समूहमा पूर्ण प्रभाव पार्दछ । 

Pathivara.gif 82.25 KB

बिहिवार अन्य समूहहरूमा मिश्रित प्रदर्शन देखिएको छ । विकास बैंक समूह १.०५ प्रतिशतले र जीवन बीमा समूह ०.४७ प्रतिशतले बढेका छन ्। तर, बैंकिङ ०.८७ प्रतिशत, फाइनान्स ०.९७ प्रतिशत, होटल तथा पर्यटन ०.८० प्रतिशत, हाइड्रोपावर १.५८ प्रतिशत, लगानी ०.८७ प्रतिशत, उत्पादन ०.८६ प्रतिशत, माइक्रोफाइनान्स ०.६२ प्रतिशत, निर्जीवन बीमा ०.५४ प्रतिशत र अन्य समूह १.४१ प्रतिशतले घटेका छन् । 

विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । पाँचथर पावर कम्पनीको मूल्य ८.३ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.१ प्रतिशत, जानकी फाइनान्सको ७.८ प्रतिशत र मितेरी विकास बैंकको ५.३ प्रतिशतले वृद्धि भएको छ । 

त्यस्तै, मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । अपर स्याङ्गे हाइड्रोपावरको ८.६ प्रतिशत र कर्णाली विकास बैंकको ६.८ प्रतिशतले मूल्य घटेको छ । कारोबार रकमका आधारमा अग्रस्थानमा एक्सल डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र ङादी ग्रुप पावर रहेका छन् । 

AS.gif 486.54 KB

प्रकाशित मितिः बिहिबार, १३ मंसिर २०८१
https://jawaaf.com/storage/01JDS3RPP75K7N2T52B152SVSG.jpg

काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात

काठमाडौँ । मारवाडी सेवा समितिले न्युरोडस्थित एक जुत्ता पसलबाट साढे आठलाख रुपैयाँ भाडा असुल्ने गरेको भेटिएको भन्दै काठमाडौँ महानगरपालिकाले छापा मारेको छ ।

बिहीबार महानगरपालिकाको राजस्व विभागका उपनिर्देशक जगनाथ शर्मा पौडेल सहितको टोलीले छापा मारेको हो । 

छापाकै क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनिर्देशक शर्माले सबै कुरा प्रस्ट गर्नको लागि मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति नभेटिएको बताए । उनले आधिकारिक व्यक्ति काम विशेषले बाहिर रहेकाले सबै जानकारी सार्वजनिक गर्न नसकिएको बताए ।

Bantawa_Hardware.gif 563.38 KB

साथै उनले सम्झौता गरेर राखेका व्यवसायीहरूको व्यवसाय दर्ता, नविकरण हालसम्म तिर्नुपर्ने रकम सबै डकुमेन्टहरू आधिकारिक व्यक्तिले सोमवार बुझाउने गरी सम्झौता भएको बताए ।

उनले भने, ‘मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति काम विशेषले बाहिर हुनुहुँदोरहेछ । हामीले मागेका कागजातसहित अर्थात् खासगरी व्यवसाय गरेकाहरूसँग सम्झौता गरेर राखेका दर्ता, नविकरण, हालसम्म तिनुपर्ने रकमसहित सम्पूर्ण रसिद वा डकुमेन्ट लिएर सोमवार आधिकारिक व्यक्ति हामीकहाँ आउनुहुनेछ ।’

AS.gif 486.54 KB

प्रकाशित मितिः बिहिबार, १३ मंसिर २०८१
https://jawaaf.com/storage/01JDRMV6JTZ4PNCWJGAYRSR04S.jpg

विवाहको मौसममा सुनको मूल्य कम हुँदा बजारमा चहलपहल

दिपशिखा गहना गृह.gif 471.46 KB

काठमाडौँं । गत साताबाट नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो गतिमा छ । मूल्यमा आएको गिरावटसँगै बजारमा चहलपहल बढ्दो छ । उपभोक्ताहरू सस्तिएको मूल्यमा सुन खरिद गर्न उत्सुक देखिन्छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक १५ गतेसम्म नेपाली बजारमा एक लाख ७१ हजारसम्म पुगेको सुनको मूल्य मंसिर ११ मा सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेकोे थियो ।

झन्डै एक महिनाको अवधिमा सुनको मूल्यमा १२ प्रतिशतले गिरावट आइसकेको छ । गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेपछि सुनको भाउमा गिरावट आएको हो ।

Photo (10).jpg 914.06 KB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय थियो । मंगलबारको तुलनामा बुधवार सुनको भाउ नौं सय रुपैयाँले बढेको हो । मंगलबार सुनको भाउ १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो ।

पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतवार प्रतितोला १ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा सोमवार घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

Pathivara.gif 82.25 KB

सोमवार एकैदिन १५ हजार ९ सय रुपैयाँले सुनको भाउ घटेको हो । नेपाल सरकारले सुनमा लगाएको भन्सार महसुलमा समायोजन गरेको र अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेपछि केही समयका लागि सुन सस्तिएको नेपाल राष्ट्र बैँकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

उनले भने,‘सरकारले कुनैपनि वस्तुमा कर घटाउने बँडाउने गरिरहेको हुन्छ । यसै अनुसार कुनैपनि वस्तुको मूल्य निर्धारण हुन्छ । सुनको हकमा पनि सरकारले सुनमा लाग्दै आएको कर, भन्सार दर घटाएको कारणले सुन केही समयका लागि सस्तिएको हो ।’

Photo (15).jpg 928.13 KB

थापाका अनुसार अब भने सुन घट्ने सम्भावना कम छ । बजारमा यतिबेला सुन किन्नेहरूको चहलपहल बाक्लो छ । अघिपछिभन्दा हिजोआज माग बढेको व्यवसायीहरूको भनाई छ । न्यूरोडमा १० वर्षदेखि सुन व्यापार गर्दै आएकी विमला घिमिरे काफ्ले सुनको मूल्य घटेसँगै ग्राहकहरू झन धेरै आउन थालेको बताउँछिन । 

उनले भनिन,‘सुनको भाउ एक लाख ७१ हजार पुग्दा खेरी मूल्य बढेर तोलाकै दुई लाख हुन्छ भन्ने हल्ला सुनेर ग्राहकहरू आत्तिएर किन्न आउने गरेकोमा तोलामा एक्कासि १५ हजारले सुन घटेर १ लाख ५१ हजार भएपछि ग्राहकहरू झनै धेरै आउन थालेका छन् ।’

Bantawa_Hardware.gif 563.38 KB

सुनको मूल्य घट्नुमा आन्तरिक कारण रहेको औंल्याइन्छ । किनभने पटक-पटक चर्को भन्सार दर बृद्धिले व्यवसायी असन्तुष्ट बन्दै आएका थिए । सरकारले भन्सार दर घटाउने निर्णय गर्दै नेपालराजपत्रमा प्रकाशित भएको र यससँगै लागु भएपछि व्यवसायी उत्साहित छन् । 

यसअघि पनि भन्सार दर घटाउन व्यवसायीहरूले सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । राष्ट्र बैँक, अर्थ मन्त्रालय, प्रधानमन्त्रीलगायतका सबै समक्ष भन्सार दर घटाउन माग गरेका थिए । 

सुनको मूल्य घटेसँगै केहीदिन यता सुन किन्नेहरूको घुइँचो लागेको सुन व्यवसायीहरू बताउँछन । तथापि सुनको अभाव भने भएको छैन । अहिलेको महँगीलाई हेर्दा सुनको भाउ घट्नु राम्रो कुरा भएको उपभोक्ता विश्व भारती राना बताउँछिन् ।

Photo (18).jpg 906.08 KB

उनी भन्छिन्,‘अहिलेको महँगी हेर्ने हो भनेपनि, नेपालीहरूले सांस्कृतिक रूपमा सुन लगाउनु पर्ने हुन्छ । बिहेबारी, चाडबाड सबैमा आवश्यक नै हुन्छ । त्यसैले सुनको मूल्य घटेको राम्रो नै हो । किनभने सबै वर्गले प्रयोग गर्न सक्छन् ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा एक अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ ।जसबाट सरकारले २८ करोड ५५ लाख सात हजार रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको छ ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

प्रकाशित मितिः बिहिबार, १३ मंसिर २०८१
https://jawaaf.com/storage/01JDRARHV19MB3BR059ZB4V1AW.jpg

आयल निगमको भलबारी डीपो स्थानान्तरणको तयारी, तीन अर्ब २० करोडमा अत्याधुनिक डीपो बन्ने

Daily_Dose_Adv_07_07.gif 652.54 KB

भैरहवा । नेपाल आयल निगमले भैरहवास्थित भलबारी प्रादेशिक कार्यालयको डीपो स्थानान्तरणका लागि काठमाडौ विश्वविद्यालयसँग डीपीआर सम्झौता गरेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको डीपोको निर्माणका लागि डीपीआर भने ६ महिनाभित्र तयार हुनेछ ।

डीपीआर निर्माणका लागि बुधवार काठमाडौ विश्वविद्यालयको इन्जिनियरिङ विभागसँग निगमले भैरहवाको निर्माणाधीन आयोजना स्थलमा डीपीआर सम्झौता गरेको हो।

डीपीआरको लागत १ करोड ९५ लाख ७६ हजार ५७८ रुपैयाँ छ। नयाँ बन्ने डीपो १४ बिगाहा र अन्य गरि २१ बिगाहा क्षेत्रफलमा रहनेछ। रुपन्देहीस्थित रोहिणी गाउँपालिका र सत्या गाउँपालिकाको सिमानामा पर्ने रोहिणी खोला किनारमा डीपो बन्ने छ ।

डीपीआर सम्झौतामा आयल निगमका उपनिर्देशक तथा हवाइ इन्धन डीपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदीप यादव र काठमाडौ विश्वविद्यालय इन्जिनियरिङ विभागका कन्सल्टेन्सी विभाग प्रमुख इन्जिनियर विवेक बरालले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षरपछि काठमाडौ विश्वविद्यालयका कन्सल्टेन्सी बिभागका प्रमुख बरालले निश्चित समयसिमा भित्र डीपीआर निर्माणको काम सक्ने बताए ।

निगमका सिनामंगलस्थित डीपो प्रमुख यादवले डीपो तीन वर्ष भित्र निर्माण सम्पन्न हुने बताए। नयाँ बन्ने डीपो अत्याधुनिक तथा सुविधा सम्पन्न हुने उनले जानकारी दिए। नयाँ बन्ने डीपोको लागत तीन अर्ब २० करोड हुने छ ।

Pathivara.gif 82.25 KB

‘डीपीआरका लागि ६ महिनाको समय निर्धारण गरिएको छ, समयमा नै डीपीआर बन्छ, त्यसपछि सार्वजनिक खरिद ऐन अनुसार टेण्डरको प्रक्रियामा जान्छौं,२०८४ मंसिरसम्म डीपो बन्छ, बनाइसक्छौं,’ यादवले भने ।

भैरहवास्थित भलवबारी डीपोका प्रमुख शैलेन्द्र भुसालले डीपो स्थानान्तरणका लागि २०७२ देखि आवाज उठ्दै आएको र सुरक्षाका दृष्टिकोणले समेत असुरक्षित रहेकाले सार्नै पर्ने बाध्यता रहेको बताए। नयाँ बन्ने डीपो पुर्णरुपमा अटोमेसनमा आधारित हुने जानकारी दिए । हालको भलवारि डीपो ५ बिगाहा क्षेत्रफलमा छ ।

नयाँ बन्ने आयोजनाका आयोजना प्रवन्ध अधिकृत रामहरी निरौलाले निर्माणस्थलमा हाल रिटेनिङ वालको काम अन्तिम चरणमा पुगेको बताए । निगमका इन्जिनियर अनुपम पराजुलीले नयाँ बन्ने डीपो दीर्घकालीन तथा स्थायित्व बोकेको आयोजना हुने बताए । कार्यक्रममा काठमाडौ विश्वविद्यालय इन्जिनियरिङ बिभागका डीन प्रा डा मनिष पोखरेलले अटोमेसनमा आधारित डीपो बन्नु प्रविधिमा फड्को हुने बताए ।

डीपो निर्माण गर्न पहिलो चरणमा जग्गा सम्याउने र रिटेनिङ वाल (पर्खाल) लगाउने काम भइरहेको हो। सो काममा रोहिणी खोलामा आएको बाढीले केही अवरोध गरे पनि अब भने बाढीको प्रभाव घटेकाले पहिलो चरणका सबै काम सम्पन्न गर्ने आयोजनाको तयारी छ ।

भण्डारण गृहको निर्माणका लागि परियोजनामा संलग्न इन्जिनियर अंकित रिमालका अनुसार जग्गा सम्याउने र वाल लगाउने गरी करिब ९० प्रतिशत काम हालसम्म सम्पन्न भइसकेको छ ।

हाल निर्माण हुने डिपो भन्दा पुरानो डिपो १५ किलोमिटरको दुरी छ । नयाँ बन्ने डिपो भैरहवाको ओमसत्या गाउँपालिका ५ र रोहिणी गाउँपालिका ३ भित्र बन्नेछ ।ओमसत्या गाँउपालिकामा ७० प्रतिशत जग्गा पर्छ भने रोहिणी गाउँपालिकामा ३० प्रतिशत पर्छ । सो जमिन निगमले २०७३ सालमा खरीद गरेको थियो ।

निगमको भलवारीको भण्डारण गृह भने चालीस वर्ष पुरानो हो । सो भण्डारण गृहको क्षेत्रफल कम छ भने धेरै गाडीको चाप हुँदा असुरक्षित मानिन्छ । सो भण्डारण गृह बस्तीको बीचमा भएकालेसमेत असुरक्षित मानिएर त्यहाँबाट स्थानान्तरण गर्न खोजिएको हो ।

भलबारी डीपोमा ५१९ किलोलिटर क्षमताको पेट्रोल स्टोरेज ट्यान्की छ भने डिजेलको ३ हजार ४० किलोमिटर तथा मट्टीतेलको १४० किलोलिटर क्षमताको ट्यांकी छ । हालको भण्डारण क्षमताले पेट्रोल २ दिन तथा डिजेल ५ देखि ६ दिनका लागि मात्र माग धान्न सक्ने क्षमता छ ।

हाल निर्माण भइरहेको नयाँ भण्डारण गृह बन्दा लुम्बिनी प्रदेश भरको माग धान्ने ठूलो क्षमताको स्टोरेज ट्यांकी बन्ने छ । जहाँ तीन हजार किलोलिटर क्षमताको तीन ठूलो भर्टिकल ट्यांकीमा कुल ९ हजार किलोलिटर क्षमताको डिजेल भण्डार गृह, ७६० किलोलिटर अटाउने तीन वटा भर्टिकल ट्यांकीमा २२ सय ८० किलोलिटर पेट्रोल तथा २५० किलोमिटर क्षमताको दुई भर्टिकल ट्यांकीमा कुल ५ सय किलोमिटरको मट्टीतेल भण्डार गृह बन्नेछ । डीपो भित्र १५० वटा टैंक ट्रक सजिलै आवतजावत गर्न सक्ने ठूलो क्षमताको पार्किङ स्थल पनि हुनेछ ।

अमेरिकन पेट्रोलियम ईन्स्टिच्युट (एपीआई) को मापदण्डलाई पुर्ण पालना गरि बन्ने डीपोमा नवीन सुरक्षा प्रणाली जडान हुनेछन् ।

AS.gif 486.54 KB

प्रकाशित मितिः बिहिबार, १३ मंसिर २०८१
https://jawaaf.com/storage/01JDR96TQXF04MVPPK5TP1PQ4Z.jpg

प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधवार शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षिय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । 

मन्त्री ताभियोले नेपालको जलविद्युत्, फोहोरमैला व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा सहयोग बढाउन आफूहरू तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराए । 

प्रधानमन्त्री ओलीले फिनल्याण्डबाट नेपालको विकासमा हुँदै आएको सहयोगका लागि धन्यवाद दिए । नेपाल र फिनल्याण्डको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठका अवसरमा मन्त्री ताभियोको नेपाल भ्रमण भएको हो । 

भेटका अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत ऋना ऋक्का हेइक्का, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाललगायत सहभागी थिए ।

Planning_Consultancy.gif 1.45 MB

प्रकाशित मितिः बिहिबार, १३ मंसिर २०८१