शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JD4PYF5WTJNSAF8S3KKJPQ4D.jpg

इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ I  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले आज ध्यानाकर्षण बुुझाइएका छन् । 

Pathivara.gif 82.25 KB

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले आज प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार र बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुुपर्ने आग्रह गरेका हुन् । ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्टरुपमा संयुक्त राष्ट्रसङ्घजस्ता मञ्चमा मत जाहेर माग गरिएको छ ।
ज्ञापनपत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी र इजरायलमा रहेका हजारौँ नेपाली युवाहरुको जीवन रक्षाका लागि युद्धकालभरी नेपाल ल्याउने कार्य गर्न पनि माग गरिएको छ । 

Planning_Consultancy.gif 1.45 MB


प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्ति, मानव अधिकार र अन्यायका पक्षमा रहने स्पष्ट गर्दै तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सही रहने भन्ने नभएको बताउँदै ध्यानाकर्षणमा उठाइएका विषयको विपरीत सरकार नजाने स्पष्ट गर्नुभयो । “हामी विश्व शान्तिका पक्षमा छौँ । कुनै शक्तिविरुद्ध आफै लड्न जाँदैनौँ । कुनै पनि सैन्य गठबन्धनमा रहँदैनौँ तर अन्याय सहेर बस्दैनौँ ।’’, प्रधानमन्त्री ओलीले भने,“हामी विश्वमा निरीह शान्ति होइन, न्यायपूर्ण शान्ति र मानवअधिकारको रक्षामा हुनेछौँ ।’’

दिपशिखा गहना गृह.gif 471.46 KB


भेटका अवसरमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका नेत्री दुुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी) का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युुनिष्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल, जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुुख अर्जुन थापा, प्रगतिशील रुपान्तरण आन्दोलनका अभियन्ता श्याम श्रेष्ठलगायतको सहभागी थियो  ।

AS.gif 486.54 KB

प्रकाशित मितिः बुधबार, ०५ मंसिर २०८१
https://jawaaf.com/storage/01JD44CAVWR9104230ATWQ07JE.jpg

मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी

AS.gif 486.54 KB

काठमाडौँ । सांसद राजेन्द्र बजगाईंले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै क्षमा मागेका हुन् । 

Pathivara.gif 82.25 KB

बजगाईंले सामाजिक सञ्जालमै लेखेर पाण्डेले क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको आरोप लगाएका थिए । त्यसपछि मन्त्री पाण्डेले बजगाईंले आफूविरुद्ध बारम्बार कुप्रचारमा उत्रिएको भन्दै पार्टीमा उजुरी दिएका थिए । सोहीक्रममा मंगलबार अनुशासन समितिले बजगाईंलाई बोलाएको थियो । त्यसको भोलिपल्ट बजगाईंले माफी मागेका हुन् ।

Planning_Consultancy.gif 1.45 MB

‘सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,’ बजगाईंले एक्समार्फत भनेका छन्, ‘मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।’ 

Bantawa_Hardware.gif 563.38 KB

प्रकाशित मितिः बुधबार, ०५ मंसिर २०८१
https://jawaaf.com/storage/01JD1Q9SEMDCQKR7GKJXB9K2NZ.jpg

आफू पक्राउ अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरस्थित आफ्नै घरबाट मंगलबार बिहान पक्राउ परेका छन् । केही घन्टाअघि उनले आफू पक्राउ पर्न लागेको जानकारी सामाजिक सञ्जालमा दिएका थिए । 

Bantawa_Hardware.gif 563.38 KB

प्रहरीको सीआईबीले उनलाई पक्राउ गरेको हो । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दुष्प्रचार फैलाउने आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईंले केही घन्टाअघि मात्र ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै फेसबुकमा पोस्ट गरेका थिए । 

Pathivara.gif 82.25 KB

‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको उनीमाथि आरोप आरोप छ।

उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिक गर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) लगानी गरेको बताएका थिए ।

Planning_Consultancy.gif 1.45 MB

पक्राउ पर्नुअघि प्रसाईंले ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै लामो स्टाटस लेखेका छन् । स्टाटसमा भनिएको छ–‘हिजो मैले कम्बोडीयामा केपी ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे सँगै मलाई यो राज्य सत्ताले फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको छ । मलाई साईवर क्राईम, राजद्रोह वा अन्य जुनसुकै मुद्धामा पक्राउ गरेपनी सचेत र चनाखो रहन आग्रह गर्दछु । देशभक्त सम्पूर्ण नागरिकहरू, राष्ट्रवादी राजनीतिक दल काँग्रेस, रास्वपा, राप्रपा, एकीकृत समाजवादी भित्रका असल नेता कार्यकर्ताहरू हामी चुप लागेर बस्दा सम्म यी र यस्ता सामन्त शासकले हामीलाई जेल कोच्ने र देश लुट्ने काम गरिरहनेछन् । राजधानी केन्द्रित रही आन्दोलनको आँधीबेहरीका लागी तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु ।’

AS.gif 486.54 KB

प्रकाशित मितिः मङ्गलबार, ०४ मंसिर २०८१
https://jawaaf.com/storage/01JD1AQ6FX5FPVKFPDWW06ARQ1.jpg

युक्रेनलाई रुसविरुद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग

AS.gif 486.54 KB

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएपछि विश्वभर यसको तरंग उत्पन्न भएको छ । 

कार्यकाल सकिन २ महिनामात्रै बाँकी रहेका बेला बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएका हुन् । बाइडेनको अनुमति पछि रुसले कडा प्रतिक्रिया भने दिएको छ । रुसको विदेश मन्त्रालयले आफ्नो भूभागमा लामो दूरीको क्षेप्यास्त प्रहार भएमा ‘उपयुक्त र ठोस कदम’ चाल्ने प्रतिक्रिया दिएको हो । रूसले अमेरिकी कदमलाई ‘आगोमा घ्यु थप्ने’ काम भएको टिप्पणी गरेको छ । 

Pathivara.gif 82.25 KB

विदेश मन्त्रालयले यस्तो कदमलाई ‘संयुक्त राज्य अमेरिका र यसको साझेदारहरू रूसविरुद्धको युद्धमा प्रत्यक्ष संलग्नता’ हुने पनि बताएको छ । 

राष्ट्रपति जो बाइडेनले रूसमा युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिँदा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई यसबारे परामर्श गरे या नगरिएको भने केही खुलेको छन । ट्रम्पले आफ्नो चुनावी अभियानमै रूस–युक्रेन युद्ध अन्त्य गर्ने बताएका थिए ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

यसअघि, अमेरिकाका सहयोगीहरूले युक्रेनलाई क्षेप्यास्त्र प्रयोग गरेर रूसमा आक्रमण गर्न प्रतिबन्ध लगाएका थिए । रुस युक्रेन युद्ध सुरु भएको १ हजार दिन पुगेका बेला बाइडेनको निर्णय आएको हो ।

युद्धको क्रममा रूसले युक्रेनी ऊर्जा संरचनाहरूमा तीव्र आक्रमण गर्दै ब्ल्याकआउट र जनधनको क्षति पु¥याएको छ । ओडेसामा सोमबार भएको आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै करिब ५० जना घाइते भएको बीबीसीले लेखेको छ । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः मङ्गलबार, ०४ मंसिर २०८१
https://jawaaf.com/storage/01JD13BBKKNPCVEXNHNM7BTSMN.avif

आजको मौसमः केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः मङ्गलबार, ०४ मंसिर २०८१
https://jawaaf.com/storage/01JCWDPXRBHT046D17HDCJBQ1K.jpg

कीर्तिपुर नगरपालिकामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको उम्मेदवारी

Bantawa Hardware.gif 828.52 KB

कीर्तिपुर । मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रोलिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रोलिङ्गी महिला हनि र वडा नं ४ को वडा अध्यक्षमा मौनीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो।

Pathivara.gif 82.25 KB

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनि मेयर र मौनी वडा अध्यक्ष पदमा उम्मेदवार बन्न सफल भएका हुन्। मायाको पहिचान नेपालले राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिता र प्रतिनिधित्वबारे गरेको छलफलमा हनि र मौनीले उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए। 

मायाको पहिचान नेपालको कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर हनि र मौनीले उम्मेदवारी घोषणा गरे। 

Planning_Consultancy.gif 1.45 MB

कार्यक्रममा जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले राज्यको ध्यान नगएको अवस्थामा पार्टीको ध्यान जानु पर्छ भनेर तेस्रोलिङ्गीलाई उम्मेदवार बनाउने घोषणा गरेको बताए। उनले कीर्तिपुर नगरको मेयर र वडा अध्यक्षमा पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन सिङ्गो पार्टी लागेको बताए।

swastikplay and hardware (3).gif 338.56 KB

जसपा नेपालका केन्द्रीय सदस्य राजन केसी, सन्तोष सिलवाल, विना सिन्हा, केन्द्रीय निर्वाचन प्रतिनिधि मनोज वर्मा, केन्द्रीय पहिचान विभागका प्रतिनिधि विकास कान्छा ब्लोन, नेवा प्रदेश सदस्य राकेश श्रेष्ठ, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिंह दनुवार लगायतले कीर्तिपुर नगरको पहिचानसँगै विकासका कामलाई अगाडी बढाउन पार्टीका उम्मेदवारको ठुलो भूमिका रहने विश्वास व्यक्त गरे।

दिपशिखा गहना गृह.gif 471.46 KB

मेयरका उम्मेदवार हनिले जसपा नेपालले उम्मेदवार बनाएकोमा गर्व लागेको बताए। उनले दबिएर बस्नुपर्ने अवस्थामा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समस्या समाधानसँगै कीर्तिपुरको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए।

सबै खाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्न सधैँ सङ्घर्षरत रहने शपथ खाएका हनिले मेयर पदमा उम्मेदवारी दर्ता गराउने बताए। कीर्तिपुर नगरपालिकामा तेस्रोलिङ्गी महिलाले पहिलो पटक उम्मेदवारी दिन लागेका हुन्।

देशभरका स्थानीय तहको नेतृत्वमा पुरुष र महिला मात्र छन्। कीर्तिपुर नगरमा पहिलो पटक तेस्रोलिङ्गी महिलाले उम्मेदवारी घोषणा गरे लगत्तै नगरवासीमा चासो बढेको छ। हनिले हाम्रो सपनाको सहर, कीर्तिपुर नगर नारा राखेर आफ्ना प्रतिबद्धता पनि सार्वजनिक गरेकी छन्।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः आइतबार, ०२ मंसिर २०८१
https://jawaaf.com/storage/01JCW152G5EGXMWAW2WB1YJJ4G.jpg

एभरेस्ट कलरले पारित गर्यो आइपिओ निष्कासन प्रस्ताव

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

काठमाडौँ । रँग उत्पादन गर्ने कम्पनी एभरेस्ट कलर लिमिटेडको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शनिवार सम्पन्न साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ ।

Pathivara.gif 82.25 KB

अन्य कलर उधोग भन्दा पृथक् ढँगले, स्वदेशी युवाहरूको लगानीमा गुणस्तरीय एभरेस्ट कलर उपभोग गरेर आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याउने उद्देश्य लिएर १४ वर्ष अघि एभरेस्ट कलर कम्पनी स्थापना भएको हो । कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ ।

Planning_Consultancy.gif 1.45 MB

साधारणसभाले सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुँगानालाई संस्थापक सेयरधनीका तर्फबाट संचालकमा निर्बाचित गरेको छ । कम्पनीमा सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना र अर्का एक स्वतन्त्र संचालक समेत ७ जनाको संचालक समिति रहने व्यवस्था छ । निर्वाचित संचालकहरुलाई निर्वाचन अधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

Bantawa_Hardware.gif 563.38 KB

एभरेस्ट कलर ५ महिनाअघि प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो । कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरू उपलब्ध गराउने नेपाली कम्पनीको रूपमा परिचित रहँदै आएको छ । स्वदेशी युवाहरू सँगठीत भई सहकारी मोडलमा एभरेष्ट कलर सुरु गरेका थिए । कम्पनीले नेपाली हावापानी सुहाउदो उच्च गुणस्तरका प्रिमियमदेखि ईकोनोमी ब्रान्डका विभिन्न प्रकारका रंगहरू उपलब्ध गराइरहेको छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

अन्तरराष्ट्रिय गुणस्तर व्यवस्थापन प्रमाणीकरण प्रमाण पत्र आइएसओ ९०००१ः२०१५ प्राप्त गरिसकेको एभरेस्ट कलरले कुशल व्यवस्थापनको साथै उत्पादनहरूको गुणस्तर, वातावरण प्रभाव प्रतिको दायित्व, कार्यस्थलमा स्वास्थ्य र सुरक्षा आदिलाई मनन गरी अन्तरराष्ट्रिय स्तरको प्रविधि तथा अत्याधुनिक मेसिनबाट उत्पादन तथा ल्याब टेस्ट गरी नेपाली बजारमा रंगहरू वितरण गरिरहेको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः आइतबार, ०२ मंसिर २०८१
https://jawaaf.com/storage/01JCVYD0NMG0B2JG6428643W16.jpg

आजदेखि उपनिर्वाचन आचारसंहिता लागु

AS.gif 486.54 KB

काठमाडौँ । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । 

निर्वाचन आयोगले आइतवार देखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी हुन् ।

Pathivara.gif 82.25 KB

नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

आयोगका अनुसार राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीको हकमा पनि आचारसंहिता लागु हुने छ ।

Bantawa_Hardware.gif 563.38 KB

यसैगरी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्ने छ ।

आचारसंहिता लागु भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु÷गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ ।

आचारसंहिता विपरीतका कार्य भए/गरेको पाइएमा वा हुन सक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ । आचारसंहिता उल्लङ्घन भएको पाइए कारबाही हुनेछ ।

प्रकाशित मितिः आइतबार, ०२ मंसिर २०८१
https://jawaaf.com/storage/01JCTTXRCQ965EMYXCB65SZ8KF.jpg

प्रदेश नं १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको निर्णय समर्थन गर्ने : जसपा

Daily_Dose_Adv_07_07.gif 652.54 KB

धरान I जनता समाजवादी पार्टी किराँत राष्ट्रिय समितिले प्रदेश नं १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको निर्णय समर्थन गर्ने भएको छ । जसपा किराँत राष्ट्रिय समितिको आज धरानमा रमेश राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । 

Pathivara.gif 82.25 KB

बैठकको निर्णय सार्वजनिक गर्दै आफ्नो मातहतको सम्पूर्ण समिति नेता, पदाधिकारी, कार्यकर्ता, शुभचिन्तक, समर्थक तथा प्रदेशवासीहरूलाई प्रदेश नं. १ को नाम पहिचानको आधारमा नामाकरण गराउन भौतिक उपस्थितिको लागि जसपा किरात राष्ट्रिय समितिले हार्दिक अपिल गरेको छ ।

Bantawa_Hardware.gif 563.38 KB

२०७९ फागुन १७ गते प्रदेश सभाको बसेको बैठकले ‘कोशी प्रदेश’ नामकरण गरेको थियो । उक्त नामकरण पहिचानको आधारमा नभएकोले पहिचानमा आधारित नाम हुनुपर्ने माग गर्दै ४२ घटक समूहका पहिचान पक्षधर संघ-संस्था तथा राजनीतिक दलको सहभागितामा प्रदेश नं १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको गठन भएको थियो । 

Planning_Consultancy.gif 1.45 MB

उक्त संयुक्त सङ्घर्ष समितिको बैठक २०८१ असार १ गते बसेको बैठकले भोलि मंसिर २ गते देखी कोशी प्रदेशको नाम खारेजीगरी  पहिचानको आधारमा पुनः नामाकरण गर्ने माग राखी आन्दोलन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई जसपा किरात राष्ट्रिय समितिले पूर्ण समर्थन गर्ने निर्णय  गरेको हो। 

AS.gif 486.54 KB

प्रकाशित मितिः शनिबार, ०१ मंसिर २०८१
https://jawaaf.com/storage/01JCTEG4NM1SM0NX5XE07T3C49.jpg

उपनिर्वाचनका लागि आचारसंहिता तयार : कसलाई लागु हुन्छ ?


काठमाडौँ । आउँदो उपनिर्वाचनका लागि आइतवार देखि आचारसंहिता लागु हुने भएको छ । उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्रका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।

चुनाव सम्पन्न नहुन्जेल सम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ । ‘निर्वाचन आचारसंहिता लागु भएको जिल्लाको निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु गराउनुपरेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिनेछ,’ आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले शनिवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । आइतवार उमेदवारको मनोनयनपत्र दर्ता गरिने आयोगको कार्यतालिका छ ।

आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।

swastikplay and hardware (3).gif 338.56 KB

यस्तै, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।

यसैगरी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भातृ संगठन, उमेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उमेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लागु हुनेछ ।

 

AS.gif 486.54 KB

पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्थालाई पनि निर्वाचन आचारसंहिता लागु हुनेछ ।

Bantawa_Hardware.gif 563.38 KB

सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवाप्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई समेत निर्वाचन आचारसंहिता लागु हुने आयोगले जानकारी गराएको छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

‘निर्वाचन आचारसंहिता लागु भएको जिल्लाको निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु गराउनुपरेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिनेछ,’ आयोगका प्रवक्ता अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

 

प्रकाशित मितिः शनिबार, ०१ मंसिर २०८१