शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JEAMZZNBCZPQMQ1E2SK2VJSM.jpg

अभिनेत्री गिरीले थालिन् नेपालमै पहिलो पटक ‘लग्जरी होम सलून’ को व्यवसाय

काठमाडौँ । नेपाली तथा भोजपुरी फिल्महरूमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडेल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेट शैलीको सौन्दर्य व्यवसायको थालनी गरेकी छिन् । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

काठमाडौँको कमलपोखरीमा केही दिन अघिदेखि सञ्चालनमा आएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ मार्फत अभिनेत्री गिरीले अहिलेलाई काठमाडौँ उपत्यका भित्र सेवा दिने उपदेश्यले यो नौलो व्यवसायको थालनी गरेकी हुन् । 

काठमाडौँमा आफूले चाहेको बेला पार्लर अथवा सलूनको सेवा पाउनबाट बन्चित दिदी–बहिनीहरूलाई लक्षित गर्दै उनीहरूको घरमै अथवा तोकिएको स्थानमै गएर सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध गराउने उदेश्यले यो व्यवसायको थालनी गरेको अभिनेत्री गिरीको भनाइ छ । 

Pathivara.gif 82.25 KB

अभिनेत्री गिरीले भारतको लोकप्रिय सलोन टाइमको फ्रेन्चाइजीको रूपमा काठमाडौँबाट यो व्यवसायको थालनी गरेको बताएकी छिन् । कमलपोखरीको कृष्ण पाउरोटी नजिकै स्थापना गरिएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ ले सेवाग्राहीलाई उनीहरूले बोलाएको ठाउँमै गएर व्यटीपार्लर सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने ‘लग्जरी होम सलून’ को रूपमा काम गर्न थालेको उनले बताएकी छिन् । 

‘टाइम फर पाम्परिङ योर सेल्फ’ भन्ने नारासहित कलाकार गिरीले काठमाडौँ उपत्यकाका लागि ‘लक्जरी सलून एट होम’ को अवधारणा अनुसार यो सेवाको थालनी गरेकी हुन् ।

baba_education.gif 870.63 KB

हालै कलाकार गिरीकी आमा तारादेवी गिरी तथा श्यामकुमार गिरीसहित केही सेलिब्रेटीहरूले उक्त होम सलूनको कार्यालयको रिबन काटेर समुद्घाटन गरेका छन् ।

‘मैले विगतमा धेरै–धेरै पटक पार्लर जाँदा पर्खिनु पर्ने, आफूले भनेको समयमा कहिले पनि सेवा नपाइने, भोलि आउनु, पर्सि आउनु भन्ने जस्ता कुरा सुन्नु परेपछि यो मेरो मात्र होइन, हामी सबै महिला दिदी बहिनीहरूको सामूहिक समस्या हो भन्ने सोचेर त्यही समस्याको समाधान गर्नका लागि सलोन टाइमकमार्फत काठमाडौँमा आफ्नो सेवाको थालनी गर्ने निर्णय गरेकी हुँ, कलाकार गिरीको भनाइ छ ।

कलाकार गिरीका अनुसार यो सेवा नेपालमा पहिला पटक भएकाले नौलो पनि लाग्न सक्छ । वास्तवमा सलोन टाइम एउटा एप हो, जहाँ पार्लरको सेवा तथा सुविधा लिन इच्छुक युवती तथा महिलाहरूले एपमै गएर आफूलाई उपयुक्त हुने टाइम स्लट छनोट गर्न सक्ने छन् ।

Bantawa_Hardware.gif 563.38 KB

गिरीका अनुसार यो होम सलूनले सेवाग्राहीलाई उनीहरूले चाहेको समयमा, उनीको घरमै अथवा उनीहरूले तोकेको स्थानमै गएर सेवा दिनेछन् । प्रारम्भिक चरणमा सलोन टाइममा तीन जना व्यूटिसिन तथा मेकअप आर्टिष्टहरूले सेवा दिइरहेका छन् । केही दिन भित्रै यसको सेवा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुरसहित पूरै काठमाडौँ उपत्यकामा उपलब्ध हुनेछ ।

सलोन टाइमले एउटा रामो व्यूटि पार्लमा जे–जस्ता सुविधाहरु प्रदान गरिन्छ, सलूनको भन्दा कम शुल्कमा त्यो भन्दा गुणस्तीय सेवा दिने अठोट गरेको छ । यो तस्विरमा दिइएको क्यू आर स्क्यान गरेर सलोनटाइमको एप डाउनलोड गर्न सकिने कलाकार गिरी बताउँछिन् ।

सलोन टाइममार्फत हेयर कटिन, फेसियल, कलर, मेनिक्योर, पेडिक्योर, आइब्रो, नेल, मसाजसहित मेकअप तथा व्यूटी सम्बन्धी सम्पूर्ण सेवा लिन सकिन्छ ।

Planning_Consultancy.gif 1.45 MB

कलाकार गिरीका अनुसार प्रायः होम सलूनको सेवा दिनेहरुले गुणस्तरीय व्यूटी प्रोडक्टहरू प्रयोग गर्दैनन् । ‘तर हामीले भने गुणस्तीयर प्रोडक्ट बिना सेवा नै नदिने निर्णय गरेका छौं’, उनी भन्छिन्– ‘हाम्रो होम सलूनमा लक्जरी प्रोडक्टहरु जस्तै ओ थ्री, सारा, कस्बार ९ सलोन टाइमको आफ्नै प्रोडक्ट, नेपालमा पहिलो पटक यो प्रोडक्टको प्रयोग गरिएको हो०, लक्जरी होममा लक्जरी सेवा दिन प्रोडक्ट पनि लग्जरी दिने तयारी गरिएको छ ।’

‘यो नयाँ प्रयोगमा म सफल हुन्छ कि हुन्न भन्ने थाहा छैन, तर मैले हामी जस्तै व्यस्त महिलाहरूको सुविधा तथा सहजताका लागि यो नयाँ व्यवसाय रोजेकी हुँ, कलाकार गिरीले काठमाडैँ उपत्यकामा यो सेवालाई स्थापित गराएपछि काठमाडैं बाहिर खासगरि जनकपुर, इटहरी तथा नेपालगन्जमा समेत विस्तार गर्ने योजना बनाएकी छिन् ।

कलाकार गिरीले सम्पूर्ण महिला दिदी बहिनीहरूलाई सम्बोधन गर्दै भनेकी छिन्– ‘मैले हजुरहरूका लागि यो सजिलो उपाय निकालेकी छु । किनभने हामी सबैलाई राम्री हुन मन लाग्छ । त्यसैले हाम्रो एप डाउनलोड गरेर आजै हाम्रा सेवा लिन आग्रह गर्दछु।’

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः बिहिबार, २० मंसिर २०८१
https://jawaaf.com/storage/01JEACE46CVRP6AY44BC8SPMT8.jpg

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बिहान बस्दै छ ।  बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । 

Pathivara.gif 82.25 KB

बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने उनको सचिवालयले जनाएको छ ।

AS.gif 486.54 KB

प्रकाशित मितिः बिहिबार, २० मंसिर २०८१
https://jawaaf.com/storage/01JEA6HMYFH015PPW997J5JKWM.jpg

बेमौसमी तरकारी खेतीमा आकर्षित मुगुका कृषक

मुगु । पछिल्लो समय मुगुका कृषक बेमौसमी तरकारी खेतीमा आकर्षित भएका छन् । पछिल्लो समयमा सोरुगाँउपालिका,यूनाईटेड टु नेपाल मुगु क्लष्टरको आर्थिक सहयोग र ग्रामीण सामुदायिक संस्थाको प्राविधिक सहयोगमा सोरुगाँउपालिकामा रहेका १ देखी ११ वडामा रहेका कृषकहरू बेमौसमी तरकारी खेतीमा आकर्षित भएका हुन् ।

Pathivara.gif 82.25 KB

मुगुको सोरुगाँउपालिका वडा नम्बर ६ सोरुकोटका मुनदेबी कुमालले बेमौसमी तरकारी लगाएकी छन् । उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन्। प्लास्टिक हाउस (टनेल) भित्र बेमौसमी भाजी साग,रायो,पालुङ्गो साग खेती लगाउन उनी बिहानैदेखि तल्लीन हुन्छिन् ।

बेमौसमी तरकारी खेतीबारे तालिम गोष्ठी,सेमिनार,अनुदानमा तरकारीको बिउ ,ग्रिन हाउस(प्लाष्टिक हाउसभित्र तरकारी लगाउन सिकाएपछि मुनदेबी लगायत अन्य कृषकले हिजो आज तरकारी खेती गर्दै आइरहेका छन् ।

Photos (1).JPG 337.41 KB

तरकारीको भाउ पाउने ग्रिनहाउसमा आएर प्रति मुठासागको १० देखी २०रुपैयाँ मूल्य पाउँदा घरमा बिहान बेलुका हरीयो तरकारी समेत खान पाउँदा तरकारी तर्फ आकर्षित भएको उनले बताइन्। उनले भनिन् , ‘बजारको पनि समस्या छैन, घरधन्दा बाल बच्चालाई लुगा कपडा कापी कलम यसरी नै धानेको छु’। उनले टनेल घरमा गोलभेंडा, फर्सी, रायो, सुईसाग फर्सी, लगायतका तरकारी लगाएकी छिन्।

Bantawa_Hardware.gif 563.38 KB

तरकारी खेतीबाट वर्षमा माशिक १५,२० हजारसम्म आम्दानी लिने गरेको किसानहरू बताउँछन् । जीवनस्तरमा पनि धेरै परिवर्तन आएको कृषक गगन भामको भनाई छ । आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आइरहेका छन् । 

Photos (2).JPG 383.96 KB

काठका टहरामा प्लास्टिक लगाएर टर्नेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिने किसानहरूको भनाई छ । 

विशेष गरी संस्थाको कार्यक्षेत्र अन्तर्गत समुदायमा गठन गरिएको समूहबाट छनोट परेका गरिब,अपांगता ,एकल महिला,पिछडिएका बर्षहरूको आयआर्जन गर्नको लागि विगत लामो समय देखी शिक्षा,स्वास्थ्य रोजगार,आयआर्जनको लागि विभिन्न तालिम गोष्ठी लगायतका क्षेत्रमा शिक्षा दिँदै आएको ग्रामीण सामुदायिक संस्थाका प्रमुख बासु सावलले बताए ।

प्रकाशित मितिः बिहिबार, २० मंसिर २०८१
https://jawaaf.com/storage/01JE8P8KSZ7FV00VDN65Q0PHZ9.jpg

लुम्बिनी माथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हराएको हो ।
बुधवारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

Bantawa_Hardware.gif 563.38 KB

विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन जोडे । उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए । दोस्रो विकेटका लागि बम र मार्टिन गप्टिलले ६२ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । गप्टिलले १७ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे । गप्टिल दुर्गेश गुप्ताको बलमा बोल्ड आउट भए ।

Pathivara.gif 82.25 KB


पहिलो ओभरको अन्तिम बलमा रामोन्स सिमोण्डसको बलमा विराटनगरका ओपनर इस्मात आलाम रनको खाता नखोल्दै आउट भए । बसिर अहमदले २३ बलमा चौका र छक्काको सहयोगमा ४० रन जोडे । बसिर दुर्गेश गुप्ताको बलमा बेन कटिङबाट क्याच आउट भए । बसिरलाई १५औं ओभरको अन्तिम बलमा १७ बलमा २८ रन बनाएको अवस्थामा साद विन जाफरको बलमा सन्दीप जोराले क्याच मिस गरेका थिए ।

baba_education.gif 870.63 KB


राजेश पुलामीले १० बलमा ४ रन जोडे । राजेश साद विन जाफरको बलमा कट एन्ड बोल्ड भए । राजेश आउट भए लगत्तै क्रिजमा आएका निकोलस कीर्तनलाई दुर्गेशले पहिलो बलमा नै बोल्ड आउट गराए । प्रतिस जिशी ३ बलमा ६ रन बनाउँदै गुप्ताको बलमा बोल्ड आउट भए ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB


क्रिस सोलले ४ बलमा नट आउट १४ रन बनाए । लुम्बिनीका लागि दुर्गेश गुप्ताले ३ तथा साद विन जाफर र रामोन सिमन्सले समान २ तथा विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गरेको थियो ।

AS.gif 486.54 KB


प्रकाशित मितिः बुधबार, १९ मंसिर २०८१
https://jawaaf.com/storage/01JE8N86ZXSV3G9KV3SW92A8Y2.jpg

समय नपुगी कर्मचारीलाई सरुवा गरेको भन्दै सहरी विकास मन्त्रालयको गेट अगाडि धर्ना

काठमाडौँ । स्वतन्त्र निजामती कर्मचारी अभियानको केन्द्रीय संयोजक पशुपति पोखरेलले मङ्सिर १७ गते देखि सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेको छ । 

उनले सहरी विकास मन्त्रालयले समय नपुगी कर्मचारीलाई सरुवा गर्ने काम गरेको भन्दै मङ्सिर १७ गते देखि आज सम्म निरन्तर रूपमा दिनको ४ घण्टा धर्ना बस्ने गरेको छ ।

Pathivara.gif 82.25 KB
 

उनले भने, ‘मङ्सिर १७ गतेदेखि दिनको ११ बजेदेखि ३ बजेसम्म सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेको छु । सहरी विकास मन्त्रालयले समय नपुगीकन कर्मचारीलाई सरुवा गर्ने काम गर्छ । डिजि देखि आयोजना प्रमुखहरू फेरेर विकासको काम गर्नुपर्ने ठाउँमा कर्मचारीलाई उथलपुथल तलमाथि पारेर लेनदेनको काम गरेर  कर्मचारीको सरुवा गर्ने काम गर्छ ।’

निश्चित मापदण्ड बनाएर सरुवा गर्ने काम गर्नुपर्ने भन्दै ऐन नियम विपरीत गरिएका, सरुवाहरू बदर गर्नुपर्ने पनि उनको माग रहेको छ । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

उनले भने, ‘यसलाई निश्चित मापदण्ड बनाएर सहरी विकास मन्त्रालयले यस्ता काम गर्नुपर्छ भनेर यहाँ बसेको छु । कर्मचारीहरूलाई राम्रो तरिकाले काम गर्न दिनुपर्छ । ऐन नियम विपरीत गरिएका, अवधि नपुगी गरेका सरुवाहरू बदर गर्नुपर्छ ।’

यसको साथै, उनले विकास गर्ने मन्त्रालय विकासको बाटो छोडेर हानेको भन्दै सुशासनको लागि धर्ना बसेको पनि बताए । 

उनले भने, ‘सहरी विकास मन्त्रालय भनेको एउटा विकास गर्ने मन्त्रालय हो । विकासको बाटो कोर्नुपर्ने ठाउँमा कर्मचारीको सरुवा तिर लागि रहेको छ । यस कारण सुशासनको लागि म यसरी धर्ना बसेको छु । यो काम पूरा नभएसम्म निरन्तर रूपमा लाग्ने छु ।’ 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः बुधबार, १९ मंसिर २०८१
https://jawaaf.com/storage/01JE8M1R2ETMDS6TZNHG58R9RM.jpg

सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौँ । बुधवार, सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेर २७५० अंकमा कायम भएको छ । यस गिरावटसँगै बजारको कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको कारोबार भएको छ ।

Pathivara.gif 82.25 KB

१०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ, जबकि ८ कम्पनीको मूल्य स्थिर रह्यो । अघिल्लो दिन उच्च दरले बढेका व्यापार समूहको मूल्य आज ८.७ प्रतिशत घटेको छ । विशेष गरी, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूहमा ८.७२ प्रतिशतको गिरावट आएको हो ।

अर्को, बैंकिङ समूहमा ०.३४ प्रतिशत, विकास बैंकमा १.९४ प्रतिशत, फाइनान्समा १.२४ प्रतिशत, होटलमा ०.४० प्रतिशत, जीवन बीमा १.५० प्रतिशत, लगानीमा ०.०२ प्रतिशत, निर्जीवन बीमा ०.३३ प्रतिशत र अन्य समूहमा ०.७४ प्रतिशतको गिरावट आएको छ ।

baba_education.gif 870.63 KB

यसैबिच, माइक्रो फाइनान्स, उत्पादन र हाइड्रोपावर समूह क्रमशः ०.१२, ०.१४ र ०.५९ प्रतिशतले बढेका छन् ।

खानी खोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढेको छ। अन्य उच्च मूल्य वृद्धि गर्ने कम्पनीहरूमा इङ्वा हाइड्रोपावर (९.७ प्रतिशत), स्वाभिमान लघुवित्त (९.४ प्रतिशत), अपरहेवाखोला (८.७ प्रतिशत), माथिल्लो मैलुङखोला जलविद्युत (८.३ प्रतिशत), र सूर्योदय लघुवित्त (७.८ प्रतिशत) रहेका छन् ।

Bantawa_Hardware.gif 563.38 KB

विपरीत, सपोर्ट माइक्रो फाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य १० प्रतिशत घटेको छ । साथै, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत, नेपाल फाइनान्सको ५.०१ प्रतिशत र सुपरमादी हाइड्रोपावरको ४.५ प्रतिशत मूल्य घटेको छ ।

कारोबार रकमको आधारमा जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत, सानिमा माइ हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर प्रमुख रूपमा अगाडि रहेका 

Planning_Consultancy.gif 1.45 MB

प्रकाशित मितिः बुधबार, १९ मंसिर २०८१
https://jawaaf.com/storage/01JE8GT9PW79E36SYBJ1N3HJVR.jpg

सरकारी नम्बर प्लेट लगाएका दुई गाडीहरूबाट गाँजा बरामद, एक जना पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट मंगलबार राति प्रहरीले ६ सय ९० किलोग्राम गाँजा बरामद गरेको छ । सरकारी नम्बर प्लेट भएका दुई गाडीहरूमा लुकाएर ओसारपसार हुँदै गरेको उक्त गाँजा प्रहरीको कडा निगरानीमा फेला परेको हो ।

baba_education.gif 870.63 KB

प्रहरीका अनुसार, बा.१ झ ४६०५ नम्बरको स्कार्पियो गाडीबाट ३ सय ३० किलोग्राम गाँजा बरामद गरिएको छ । गाडीका चालक ३६ वर्षीय श्याम कुमार विकलाई पक्राउ गरिएको छ । उनी मोरङ निवासी हुन् । अर्को गाडी, बा.१ झ ५१२७ नम्बरको स्कार्पियो पनि प्रहरीले तलासी गर्दा ३ सय ६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको छ ।

Pathivara.gif 82.25 KB

गाडीहरूमा गाँजा लुकाएर ढुवानी भइरहेको भन्ने सूचना प्राप्त भएसँगै प्रहरी टोलीले तत्काल छानबिन सुरु गरेको थियो । विकलाई पक्राउ गर्दा गाडीको चालक भाग्न सफल भएको थियो, तर पछि सोही गाडी फेला पारेर तलासी गर्दा गाँजा समातिएको थियो ।

प्रहरीले फरार चालकको खोजी भइरहेको र यस घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

प्रकाशित मितिः बुधबार, १९ मंसिर २०८१
https://jawaaf.com/storage/01JE7XX81S7ZAZ9C8V1V60ZGRZ.jpg

बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शून्य !

पोखरा पर्यटकीय सहर हो । धेरैको सपनाको सहर । प्रकृतिले पोखरालाई सुन्दर बनाएको छ । यहाँको सौन्दर्ययता पान गर्न लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ आउने हरेक पर्यटकले सुरक्षित महसुस गर्न सक्नुपर्छ । सुरक्षित रूपमा आवतजावत गर्न र घुम्न पाउनुपर्छ । तर, पोखराबाट अन्य ठाउँमा जाने सवारी साधनले यात्रुलाई खुलेआम ठगेका छन् भन्दा पोखरा प्रति मानिसहरूको धारणा कस्तो होला ? ठाउँ सुन्दर हुँदैमा मान्छेका मन सुन्दर भएन भने सुन्दर ठाउँको कुरूप सम्झना हुनेछ । सुन्दर पोखरा बनाउन यहाँका सवारी साधनका कर्मचारी, होटेल व्यवसायी, ट्याक्सी चालक, व्यापारी, स्थानीय, प्रहरी र स्थानीय सरकारको व्यवहार पनि सुन्दर र सम्झन लायक हुनुपर्छ ।

केही समयअघि पोखरा घुम्ने अवसर मिलेको थियो । पोखराको सौन्दर्ययतामा मैँले धेरै खुसी अनुभूति गरेँ । साथै केही तिता सम्झनाहरू पनि मसँग छन् । जुन सुधार गर्नै पर्ने खालका छन् । त्यसैले यहाँहरू माझ साझा गर्न गइरहेको छु । चाडपर्वमा लामा दूरीका सवारी साधनले मनलाग्दी भाडा उठाउने गुनासा आउने गर्छन् । त्यसको प्रत्यक्ष भोग्ने म पनि भएँ । चाडपर्व मनाउन या घुम्न पोखरा गएका यात्रुहरूबाट काठमाडौँ फर्कने क्रममा माइक्रोका कर्मचारीहरूले मनलाग्दी भाडा उठाए । टिकट काउन्टरमा जाँदा यातायात कर्मचारीले टिकट छैन भन्ने र माइक्रोमा राखेर बढी पैसा असुलेर यात्रुलाई दुख दिइएको थियो । प्रमाणका लागि टिकट नदिने तर बढी भाडा लिएर यात्रु हाल्ने क्रम हालसम्म रोकिएको छैन । यात्रु ठग्ने, लुट्ने नै उद्देश्य भए समिति खडा गरेर काउन्टर राख्नुको के औचित्य भयो ? टिकट नै दिन नसक्ने काउन्टरहरू के का लागि त ?  

काठमाडौँ–पोखरा ७ सय ५० भाडा दर भए पनि माइक्रो बसले एक हजार भाडा यात्रुबाट उठाउने गरेका छन् । हवाईजहाजले बढी भाडा उठाए भनेर चर्को आवाज उठे पनि बस–माइक्रोले उठाएको भाडाबारे त्यति चर्चा हुने गरेको पाइन्न । यात्रुले आफ्नो आवश्यकता र औकात अनुसार सवारीसाधन प्रयोग गर्ने हुँदा सबैतिर अनुगमन गर्नु सरकारको दायित्व हो  । तर, टोल देखि केन्द्रसम्मका सरकार हर क्षेत्रमा जस्तै यसमा पनि चुकेका छन् ।

चाडबाडको बेला गाडी नपाएर यात्रुहरूले प्रतिव्यक्ति १२ सयसम्म तिरेर पनि यात्रा गरेकै छन् तर चाडबाड सकिदाँपनि सात सयको भाडामा एक हजारमा टिकट काटेपछि कसलाई के भन्ने ? यहाँका काउन्टरहरूको हविगत देख्दा त कसैको घरमा श्राद्ध भए पनि टिकट नकाटी रिजर्भमा एक हजार देखि १२ सय लिएर गाडी पठाउने नगर्लान् भन्न सकिदैंन ।

भाडा मात्रै बढी हैन पोखरा–काठमाडौँ चल्ने माइक्रोले क्षमताभन्दा बढी यात्रु राखेर सवारीसाधन चलाउने गर्छन् । १५ जनाको सिट क्षमता भएको माइक्रोमा २४ जनासम्म यात्रु हालेर गुडाउने गरिन्छ । अझ लोकल यात्रु हालेर ठाउँ ठाउँमा ओराल्ने उकाल्ने त छदैंछ । लामो यात्रा र खराब बाटोका कारण यात्रुले सास्ती भोग्नुपरेको छ । बढी यात्रु हाल्दा उभिने यात्रु निहुरिएर उभिनुपर्छ भने बसेका यात्रुलाई समेत कष्ट भोग्नु परिरहेको छ । यातायात व्यवसायीको षड्यन्त्रका कारण सवारीसाधन छैन भनेपछि सिट नै नभए पनि उभिएर काठमाडौँ आउन यात्रु पनि तयार हुन्छन् । लामो रुटमा कष्टसहित यात्रु बोके पनि उनीहरूमाथि कसैले केही कारबाही गर्दैन । सबैले यसलाई चाडपर्वमा यस्तै नियति हुन्छ भन्दै छाड्ने गरेका छन् । अझ भनेर कसलाई के हुन्छ र भन्ने मानसिकता यात्रुमा पनि विकसित भइसकेको छ । यो एकदमै डरलाग्दो अवस्था हो ।

चाडबाडमा ट्राफिक प्रहरी र प्रहरीले जति विज्ञप्ति र भाषण दिए पनि व्यवहारमा यात्रुले केही सहज अनुभूति गर्न नसकेको छर्लङ्ग छ । चेकपोस्ट सडक छेउमा सरकारी बजेट खर्च गरेर बन्छ तर प्रहरीलाई यात्रु सङ्ख्या टिपाउन सहचालकले चौकीमा गएर भन्छ । ५० जना नै यात्रु हाले पनि सडकबाट केही माथि रहेको चौकीले सहचालकले टिपाएको सङ्ख्या मात्रै देख्छ । त्यसैले बाटोमा कुनै दुर्घटना हुँदा यात्रुको सङ्ख्या यकिन नभएको भनेर विज्ञप्ति निकालेका धेरै उदाहरण छन् ।

यति मात्रै होइन पोखरा–काठमाडौँ चल्ने माइक्रोहरूको स्पिड पनि मनलाग्दी छ । मानौँ उनीहरू मान्छे हैन कुखुरा बोकेर हिँडेका छन् । न उनीहरूलाई आफ्नो ज्यानको माया छ न यात्रुको सुरक्षाको नै चिन्ता । काठमाडौँ चाँडै पुग्ने र फेरि यात्रु लिन पोखरा फर्किने हतारोमा उनीहरू हुन्छन् । यात्रुहरू जिउँदै गन्तव्यमा पुगिन्छ कि पुगिन्न भनेर बाटाभरि त्रासमा हिँड्छन् । पोखरा–काठमाडौँ सडकको यात्रा हैन यमराजको घर जाने यात्रा गरेजस्तो अनुभूति हरेकलाई हुन्छ ।

केही दिनअघि पोखरा–काठमाडौँ यात्रा गर्ने एक माइक्रो बसले तीन ठाउँमा अन्य सवारीसाधनलाई ठक्कर दिदैं काठमाडौँ पुगेको थियो । राजमार्गमा दुर्घटना हुँदा सधैँ खराब बाटो र  अन्य सावरी साधनलाई उछिन्ने होडलाई मुख्य कारण मानिन्छ  । तर, साथसाथै चालक पनि उतिकै दोषी हुने गर्छन् । जसको प्रमाण माइक्रो बसका चालक नै थिए ।  ओभर स्पिड र ओभर लोड हुँदा पनि पोखरा देखि काठमाडौँ सम्म कुनै ठाउँमा राज्यको उपस्थिति छैन । ठाउँ ठाउँमा चेकिङका लागि प्रहरी बसेको हुन्छ तर चेकिङमा यात्रुको विवरण नटिपाइ माइक्रोका कर्मचारी कार्यालयभित्र पुग्छन् । किन र के कारण पुग्छन् सहजै अनुमान गर्न सकिन्छ ।

पोखरा जस्तो समृद्ध र विकसित ठाउँमा हाकाहाकी यात्रु लुटिन्छ छेउमै रहेको प्रहरी प्रशासन बेखबर छ । दुई सय किलोमिटर बढी यात्रा गर्नुपर्ने बाटो छ, माइक्रोमा सजाय दिइएको अपराधी जसरी यात्रु कोचिन्छ, बाटोभरि ट्राफिक प्रहरी, प्रहरी र प्रशासन बेखबर छ । सडकमा राज्यको उपस्थिति जिरो छ । यस्तो लाग्छ माइक्रो चढेपछि  सरकार, सैनिक, प्रहरी प्रशासन सबै माइक्रोका चालक हुन् । उनी मनपरि यात्रुमाथि शासन लाद्छन् । भनौँ यात्रुहरूमाथि दुर्व्यवहार गर्छन्। 

गन्तव्यमा पुग्नै पर्ने बाध्यताका कारण यात्रु पनि चुपचाप सहन्छन् । यात्रुले आवाज उठाइहालेपनि  जान मन नभए झर्नुस् न भन्ने उत्तर पाइन्छ । अझ माइक्रोका चालकहरूले मुखै छाड्ने अवस्था समेत आउने गरेका उदाहरण छन् । यति लामो यात्रामा न टाइम कार्ड छ, न निश्चित समय नै । जथाभाबी मनपरी सवारीसाधन चलाउँदा नदेख्ने प्रहरी प्रशासन के गर्न ठाउँ ठाउँमा बस्छ बुझ्न सकिन्न । सुरक्षित यात्रा गर्नु हरेक नागरिकको अधिकार हो, तर नागरिकको सम्पूर्ण अधिकार चालकले कुण्ठित गर्छन् र राज्य रमिते बनेर बसेको छ ।

‘चोर पुलिसभन्दा एक कदम अगाडि हुन्छ’ यो भनाइ मात्रै होइन हविगत हो । मापासे चेकिङको नियम राति ८ बजेबाट राति ११ बजेसम्म मात्रै छ । दिउँसो मापासे गर्दैनन् भन्ने के ग्यारेन्टी छ ? झन्डै दुई सय किलोमिटरको बाटोमा न मापासे चेकिङ हुन्छ न गापासे नै । खाजा खाने ठाउँमा चालकका आँखा राता हुन्छन् । मेसिन नभए पनि मापासे र गाँजा खाएको  सजिलै छुट्टाउन सकिन्छ । तर, ट्राफिक प्रहरीलाई केही मतलब छैन । गाडीमा बम छ कि  अवैधानिक सामान वा मान्छे छ जाँच नै हुन्न ।

भिडभाड हुने ठाउँमा तीनरतीन किलोमिटरको ग्यापमा ट्राफिक स्पिड चेक गर्न गन लिएर दश जनाको समूह नै बनाएर बस्छन् । तर उपत्यका बाहिर एक सय माथिको स्पिडमा सवारी साधन चलाउँदा ट्राफिक कहाँ हुन्छ थाहा हुन्न ? यदि स्पिड चेकिङ उपत्यका बाहिर पनि गर्ने हो भने सायद आज दुर्घटनामा मर्नेको सङ्ख्यामा कमी हुने थियो कि ? वान वे मा १०ः१५ जनाको समूह नै बनाएर चिट काट्न बसेका ट्राफिकको उपस्थिति राज्यका मुख्य हाइवेमा खै ? उनीहरूको कामको प्रकृति हेर्दा नेपाल ट्राफिक प्रहरी होइन नेपाल ट्राफिक कर संकलन केन्द्र नामकरण गर्दा हुन्छ । 

कहिलेकाहीँ काम गरेजस्तो चटक पनि ट्राफिक प्रहरी गर्छन् । मिडिया लगेर काठमाडौँका सडकहरूमा चल्ने लोकल बसका यात्रुलाई भाडा कति उठाएको छ, बढी लिएको त छैन नि भनेर सोध्छन् । तर, त्यही ट्राफिक प्रहरी लामो दूरीमा टन्न भाडा उठाएर हिड्या सवारी साधनका यात्रुसँग किन प्रश्न सोध्दैनन् ? ल अन्त त सावरी साधन चेकिङ गर्न सकेन, यात्रुको बारे सोध्न सकेन भने नागढुंगामा त सोध्न सकिन्थ्यो नि, त्यो समेत छैन ।  ट्राफिकले स्ट्न्ट होइन काम गरेर देखाउन आवश्यक छ । र कडा कानुन कार्यान्वयन गर्न जरुरी छ ।

दुर्घटना हुँदा यातायात समितिहरू, नेपाल सरकार र नेपाल प्रहरी तथा ट्राफिक प्रहरी गरी तीन वटा निकायलाई दोषी ठहर गरेर कारबाही गर्नुपर्छ । क्षतिपूर्ति तीनै ठाउँबाट भराउन आवश्यक छ । दुर्घटना चाहेर हुने कुरा हैन तर, यी तीन निकायको लापरबाहीले पनि अझ दुर्घटना बढेको छ । गाडीमा चेकिङ नगर्ने प्रहरी दोषी,  गाडीको अवस्था र चालकको अवस्था चेकिङ नगर्ने समिति दोषी र सडक सुरक्षाबारे कडा निगरानी नगर्ने ट्राफिक दोषी छन् । चालकको लापरबाहीका कारण आज हाइवेमा हिँड्ने हरेक यात्रुको घरबाट निस्किदा गन्तव्यसम्म नपुगुन्जेल श्वास मुटुमै अड्किएको हुन्छ । 

दुर्घटना किन भयो भन्दा पनि दुर्घटना कम गराउन के पहल गरियो त्यो सोच्न जरुरी छ। दुर्घटना भएपछि सबै ध्यान दिने सरकारले सुरक्षित सडक बनाउन सामान्य कुरामा ध्यान दिन किन सक्दैन ? प्रधानमन्त्री खड्ग प्रसाद ओलीले नागरिक एपबाट सडक नियम उल्लङ्घनको जरिवाना तिर्न मिल्ने बनाउनुभयो तर, यात्रुको व्यथा र कहानी  सुन्ने एप किन बनाउनु भएन ?

प्रकाशित मितिः बुधबार, १९ मंसिर २०८१
https://jawaaf.com/storage/01JE6B66A0DB3PE4PPBAZCSZJS.jpg

समाजवादी महिला संघ तदर्थ समिति गठन

धरान । जनता समाजवादी पार्टी (जसपा) को महिला भातृ सङ्गठन समाजवादी महिला संघ सुनसरी जिल्ला समितिको तदर्थ समिति निर्माण गरेको छ । समाजवादी महिला संघ प्रदेश नं.१ समितिद्वारा आज जसपा धरान नगर समितिको पार्टी कार्यालयमा आयोजित महिला भेलाले ममता राईको संयोजकत्वमा ११ सदस्यीय सुनसरी जिल्ला तदर्थ समिति चयन गरेको हो ।

Pathivara.gif 82.25 KB

समितिको सदस्यहरूमा शान्ता दाहाल, कौशिला चेम्जोङ, दिवा खड्का, रेनुका राई, रमा कार्की, चिना राई, शोभा दाहाल, अन्जना राई, कृष्णमाया राई रहेका छन् । त्यसैगरि समितिको सचिवमा बिन्दु श्रेष्ठलाई जिम्मेवारी दिइएकोछ । आज निर्माण भएको समितिले चाडै समाजवादी महिला संघ सुनसरी जिल्लाको भेला आयोजना गरी समिति पुनर्गठन गर्ने जनाएको छ । 

IMG_5173.jpeg.jpg 743.78 KB

उक्त भेलामा जसपा केन्द्रीय उपाध्यक्ष मा. सुशीला श्रेष्ठको प्रमुख आतिथ्ययतामा  कार्यक्रम आयोजना गरिएको थियो भने भेलामा विशिष्ट अतिथिका रूपमा प्रदेश नं. १. पूर्व मन्त्री तथा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रदेश नं. १ पार्टी सह–इन्चार्ज मा. निर्मला तावा लिम्बु रहेका थिए । त्यसै गरी जसपा राजनीतिक समिति सदस्य तथा प्रदेश नं.१ पार्टी सह–इन्चार्ज भिम राई,  पार्टीका केन्द्रिय सदस्यबिना पुमा राई, समाजवादी महिला संघ प्रदेश नं. १ का अध्यक्ष  योशा गुरागाईं, समितिका कोषाध्यक्ष तथा बराहाक्षेत्र नगर कार्यपालिका सदस्य दुर्गा गुरुङ्गको उपस्थिति रहेको थियो । 

11IMG_5140.jpeg 921.5 KB

भेलाको अध्यक्षता समाजवादी महिला संघ प्रदेश नं. १ सहसचिव तथा सुनसरी महिला जिल्ला इन्चार्ज लिला राईले गरेका थिए । र, स्वागत मन्तव्य समिति सदस्य गोमा राईले गरेका थिए भने कार्यक्रम सञ्चालन महिला प्रदेश समिति सचिव कमला सुब्बाले गरेका थिए । 

Planning_Consultancy.gif 1.45 MB

प्रकाशित मितिः मङ्गलबार, १८ मंसिर २०८१
https://jawaaf.com/storage/01JE64J8670QWWV07GCHJGR4WX.jpg

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति बीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जीनफिङ बीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच मंगलबार दिउँसो चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो । भेटमा दुई देशबिचको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

भेटवार्ता लगत्तै नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय वार्ता भएको छ ।

प्रकाशित मितिः मङ्गलबार, १८ मंसिर २०८१