नेप्से सामान्य बढेपनि कारोबार रकम घट्यो
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको छ । यसअघि सोमबारको बजारमा नेप्से परिसुचक ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा झरेको थियो । आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ ।
सोमबारको बजारमा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर कारोबार भएकोमा आज कुल ३२७ स्टकको ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता शेयर कारोबार भएको छ । यो किनबेच ५५ हजार ६३२ पटकको कारोबारमा भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.२३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंकले घटेको छ ।
यस दिन साइन रेसुङ्गा डिबेन्चर बन्दीपुर केबलकार, माबिलुङ्ग इनर्जी, सागर डिस्टीलरी र बुङ्गल हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बन्दीपुर केबलकार आज पहिलो कारोबार दिन प्रतिकित्ता २८.५० रुपैयाँले बढेर ३१३.५० रुपैयाँमा कारोबार भएको छ ।
यसदिन नेपाल एसबिआइ बैंकको डिबेन्चरको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ । यस्तै, सिटि होटल लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.९६ रुपैयाँले घटेर ५३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा लिमिटेड, राधि जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावरको शेयर सर्वाधिक कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंक, हाईड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्यूचुअल फण्ड, र ब्यापार उप समूहको सूचक सकारात्मक भएको हो । त्यसैगरी, बिकास बैंक, वित्त, होटल, लगानी लघुवित्त र अन्य उपसमूहको सूचक नकारात्मक भएर बन्द भएको छ ।
सोमबार सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन २ हजार ९ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको हो । आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कका अनुसार क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १४ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।
यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ, थाइ भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।
यसैगरी, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा तोकिएको छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले धितोपत्र बोर्डमा दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । शुक्रबार बिहान लगानीकर्ताहरुले धितोपत्र बोर्डको कार्यालयमा गएर दबाब कार्यक्रम गरेका हुन् ।
‘हिँड काठमाडौं’ अभियान अन्तरगत लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड पुगेका हुन । शेयर बजारमा देखिएको बिकृति र सुधारको विषय उठाउँदै आएका लगानीकताहरुले बजार सुधार र विस्तार तथा बजारको स्तरोन्नतिका लागि अभियान थालेका हुन् ।
सोही क्रममा एकजना लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र बोर्डको स्थापना नै लगानीकर्ताहरुको लागि भएपनि यसले लगानीकर्ताहरुको लागि केही काम गर्न नसकेको आरोप लगाए ।
उनले भने, ‘हामीले खाना खाएको थाली सफा नगरी फेरि त्यसमै खान सकिदैन् । त्यसैले काम गर्ने बजारलाई शुद्धिकरण वा सुधार नगरि बजार चलायमान बनाउन सकिदैन्,’अगाडि भने,‘लगानीकर्ताहरुको हक हितका बारेमा सरकार र धितोपत्र बोर्डले सोच्नु पर्दैन् ? बोर्ड के का लागि स्थापना भएको हो लगानीकर्ताहरुको लागि नै होइन ? लगानीकर्ताको लागि काम नगर्ने हो भने धितोपत्र बोर्ड किन चाहियो ?’
यस्तै, उनले अन्तरिम सरकारले लगानीकर्ताहरुका पक्षमा काम गर्छ भन्ने आशा व्यक्त गरे ।
उनले भने, ‘अहिलेको सरकारले काम गर्छ भन्ने आशा गरेका छौं । अहिलेको सरकारले पनि काम गरेन भने पहिला र हालको सरकारमा केही फरक छैन् । काम गर्न सक्ने खालको अध्यक्ष हामीलाई चाहिएको छ । अहिलेको अध्यक्षले काम गरेको भए मागसहित आन्दोलनमा आउनुपर्ने अवस्था हुदैँन् थियो ।’
अभियानका अगुवा वा लगानीकर्ता आदित्य शिवाकोटीले १८ बुँदे माग राखेर अघि बढेकाले आन्दोलनमार्फत नै बोर्डलाई जिम्मेवार बनाउने बताए ।
धितोपत्र बोर्ड भ्रष्टाचार लिप्त भएको भन्दै यसलाई भ्रष्टाचारमुक्त बनाउनको लागि अभियान चालेको पनि उनको भनाई छ । उनीहरुले बोर्ड सुधार र लगानीकर्ताको हितका लागि १८ बुँदे मागपनि तयार गरेका छन् ।
शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपमा बढेको छ । आज सुन ६ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भईरहेको सुन आज प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भईरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको छ ।
११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको छ । यसअघि बुधबारको कारोबारमा दोहोरो अंकले बढेर २६०७.४२ बिन्दुमा राकिएको नेप्से आज घटेर बन्द भएको हो ।
सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः २.०८, ०.८१ र ०.७६ अंकले घटेका छन् । यसदिन सूचक घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता शेयर किनबेच भएको बजारमा आज ३२० स्टकको ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३ सय ५७ रुपैयाँ बराबरको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर कारोबार भएको छ ।
आजको बजारमा पहिलोदिन कारोबार भएको दरमखोला इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४४२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै माबिलुङ इनर्जीको शेयर मूल्यपनि सकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ४२२.७० रुपैयाँमा अन्तिम करोबार भएको छ ।
यस्तै, यसदिन सम्पदा लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ९४३.२० रुपैयाँमा झरेको छ । यसदिन शिवम सिमेन्ट, राधि जलविद्युत, हिमालयन डिीटीलरी र एनआरएन इफ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
आज कारोबारमा आएका कुल १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । यस दिन घटेका उपसमूहहरुको गिरावटदर पनि १ प्रतिशतभन्दा कम रहेको छ ।
रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुन : जडान
काठमाडौं । सुनसरी स्थित रिलायन्स स्पिनिंग मिल्सले डेडिकेटेड तथा ट्रंक लाइन मार्फत विद्युत् उपभोगबापतको प्रिमियम महसुल बक्यौतामा पहिलो किस्ता बुझाएपछि कम्पनीको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ ।
नेपालय विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बिहीबार पहिलो किस्ता बुझाएपछि रिलायन्सको विद्युत् आपूर्ति पुनः सुचारु गरिएको हो ।
रिलायन्सले लोडसेडिङको अवधिमा, २०७२ माघदेखि २०७५ वैशाखसम्म उपयोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महसुलका रूपमा कुल ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । उक्त बक्यौतामा २८ किस्ता मिलाइएको मध्ये पहिलो किस्ता स्वरूप कम्पनीले २ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको हो ।
बक्यौता रकम भुक्तानी नियमित रुपमा जारी रहने प्राधिकरणको अपेक्षा रहेको सिलवालले बताएका छन् ।
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
काठमाडौं । लगातार दुई दिनसम्म गिरावट कायम राखेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढ्दै २६०७.४२ बिन्दुमा पुगेको छ । नेप्से १२.१७ अंकले उक्लिएको छ भने सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः १.१४, ०.९० र ०.४५ अंकले वृद्धि भएका छन् ।
सूचक बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन ४२ हजार ८७९ पटकको ट्रेडमार्फत ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ। नवप्रवेशी माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर दोस्रो दिन पनि सकारात्मक सर्किटमा रहेर ३४ रुपैयाँ ९० पैसा बढ्दै ३८४ रुपैयाँ ३० पैसामा पुगेको छ ।
उन्नती सहकार्य लघुवित्त र नेपाल फाइनान्सको मूल्य क्रमशः १० प्रतिशत र ९ प्रतिशतभन्दा बढी बढेको छ भने फस्र्ट माइक्रोफाइनान्स लघुवित्त ७.४८ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट भएको कम्पनी बनेको छ ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर ३८ करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो, पछिल्लो स्थानमा हिमालयन डिष्टिलरी र राधी विद्युत कम्पनी क्रमशः साढे ३२ करोड र साढे ३१ करोड रुपैयाँको कारोबारसहित रहे। १३ मध्ये ११ उपसमूहको परिसूचक वृद्धि हुँदा वित्त उपसमूह ३.४१ प्रतिशतको सर्वाधिक वृद्धि लिएर अगाडि रह्यो भने होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूह सामान्य रूपमा घटे ।
आइतबार बढेको बजार सोमबार र मंगलबार दुई दिन लगातार ओरालो लागेको भए पनि बुधबार पुनः उक्लिँदा बजार उतारचढावबीच सकारात्मक ट्रेन्डतर्फ रहेको विश्लेषकहरूको निष्कर्ष छ । आउँदो चुनाव नजिकिँदै जाँदा निजी क्षेत्रमैत्री सरकारी नीति र पुँजी बजारप्रति बढ्दो ध्यानका कारण बजारलाई थप स्थिरता र वृद्धि मिल्ने अपेक्षा राखिएको छ भने लगानीकर्ताहरू पर्ख–र–हेकको अवस्थामा रहे पनि समग्र बजार मनोविज्ञान विस्तारै सुधार भइरहेको देखिन्छ ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४ सय ५ रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला २ हजार ५सय ८५ रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ ।
हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त
हेटौंडा । देशकै पुरानो सरकारी स्वामित्वको उद्योग हेटौंडा सिमेन्ट फ्याक्ट्री फेरि एकपटक संकटको चपेटामा परेको छ । उत्पादन स्थगित भएको झण्डै एक वर्ष नाघ्दा सरकारले यो उद्योगलाई निजीकरण प्रक्रियामा लैजाने तयारी थालेपछि यसबारे व्यापक बहस सुरु भएको छ ।
वि.सं. २०३३ मा जापान सरकारको सहयोगमा स्थापना गरिएको हेटौंडा सिमेन्ट उद्योगले सन् १९८६ डिसेम्बर ११ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । सुरुवाती समयमा यसले देशको सिमेन्ट मागको ठूलो हिस्सा पु¥याएको थियो । वार्षिक २ लाख ६० हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यो उद्योग अहिले भने पुरानो प्रविधि, मेसिनरी जीर्णता र व्यवस्थापन कमजोरीका कारण लामो समयदेखि उत्पादन गर्न नसकेको अवस्थामा छ ।
असोज २०८१ यता उद्योगले उत्पादन पूरै बन्द गरेको छ । उद्योग स्रोतका अनुसार मेसिनरी बिग्रिएकाले मर्मत सम्भव नभई सम्पूर्ण उत्पादन स्थगित गरिएको हो । अहिले मर्मत र आधुनिकीकरणका लागि केही तयारी भए पनि ठूला लगानी र नयाँ प्रविधि बिना पुनः सञ्चालन सम्भव देखिँदैन ।
‘उद्योगको मेसिन ४० वर्षभन्दा पुराना छन्। अहिलेको प्रतिस्पर्धात्मक बजारमा यस्ता उपकरणले काम गर्न सक्दैनन्,’ उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका ले बताए । उनका अनुसार, कोइला, क्लिङ्कर र अन्य कच्चा पदार्थको आयातमा निर्भरता र विद्युत् आपूर्तिको अनिश्चितताले पनि समस्या थपेको छ।
पछिल्ला केही वर्षदेखि उद्योग निरन्तर घाटामा चल्दै आएको छ । निजी क्षेत्रका आधुनिक उद्योगहरूले बजारमा सस्तो र गुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेकाले सरकारी उद्योगले प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ। ‘हामीले बनाएको सिमेन्ट बजारमा प्रतिस्पर्धा गर्न नसक्दा गोदाममै थन्किने अवस्था आएको छ,’ उद्योगका श्रमिक प्रतिनिधि सुनिल लामाले भने । उनका अनुसार, कर्मचारीले महिनौँदेखि नियमित तलब भत्ता पनि पाएका छैनन्।
नेपाल सरकारले घाटामा रहेका सरकारी उद्योगहरू सुधार गर्न कठिन भएकाले निजी क्षेत्रको साझेदारीमा लैजाने नीति अघि सारेको छ । उद्योग मन्त्रालय र सार्वजनिक संस्थान पुनर्गठन समितिको प्रस्ताव अनुसार हेटौंडा र उदयपुर सिमेन्ट उद्योग निजी लगानीकर्तासँग सहकार्यमा सञ्चालन गर्न सकिने भनिएको छ।
तर स्थानीय उद्योगकर्मी र श्रमिक संगठनहरूले भने निजीकरणको विरोध जनाएका छन्। उनीहरूका अनुसार, ‘हेटौंडा सिमेन्ट फ्याक्ट्री केवल उद्योग होइन, हेटौंडाको पहिचान हो।’ उनीहरूले सरकारले निजीकरण होइन, व्यवस्थापन सुधार र प्रविधि आधुनिकीकरणमा लगानी गर्नुपर्ने माग गरेका छन्।
अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार, हाल उद्योगले वार्षिक रूपमा करोडौँ घाटा बेहोर्दै आएको छ। उत्पादन लागत अत्यधिक र बजार बिक्री न्यून हुँदा घाटा बढ्दै गएको हो। सरकारले आगामी आर्थिक वर्षभित्र उद्योगका सम्पत्ति, उपकरण र संभावित लगानीकर्ताको मूल्यांकन गर्न समिति गठन गर्ने तयारी गरेको छ।
विशेषज्ञहरूका अनुसार, हेटौंडा सिमेन्ट फ्याक्ट्री पुनर्जीवित गर्न निजी लगानी मात्र होइन, पारदर्शी योजना, आधुनिक प्रविधि र व्यावसायिक व्यवस्थापन अनिवार्य छ। यदि समयमै सुधार भएन भने, देशकै पुरानो औद्योगिक प्रतीक हराउने खतरा रहेको उनीहरूको चेतावनी छ।