बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JSGMME6941TPP4GS9XYAGYYH.webp

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ । हिजो मंगलबार तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको सुन आज ७ हजार ५ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलाको १ लाख ९७ हजा ९ सय पुगेको थियो ।

यस्तै मंगलबार १० रुपैयाँ वृद्धि भएको चाँदी आज ५ रुपैयाँले घटेको छ । आज तोलाको १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मितिः बुधबार, १० वैशाख २०८२
https://jawaaf.com/storage/01JSE6ZKG37HG2EDNNHRRSZPYW.webp

एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि हिजो सोमबार सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मितिः मङ्गलबार, ०९ वैशाख २०८२
https://jawaaf.com/storage/01JSBFV9114YRCE6DA2EAFSXFN.jpg

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार कायम भएको छ । यो मूल्य स्थानीय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो । 

आइतवार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो ।   

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज आइतबारकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । 

Pathiara_adv.gif 586.81 KB

प्रकाशित मितिः सोमबार, ०८ वैशाख २०८२
https://jawaaf.com/storage/01JSB0Z7HDYXVJ52QNB8DWYVQV.webp

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमवार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।  

राष्ट्र बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०३ पैसा, स्विस फ्र्यांक एकको खरिददर १६६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७२ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा कायम गरिएको जनाएको छ ।

यस्तै, आजको लागि क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८६ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा  निर्धारण गरिएको छ । 

राष्ट्र बैंकले आजको लागि साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ । 

यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८० पैसा र बिक्रीदर २० रुपैयाँ ८९ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०५ पैसा कायम गरेको छ । 

प्रकाशित मितिः सोमबार, ०८ वैशाख २०८२
https://jawaaf.com/storage/01JS38AJ4AWJ0QST6D8CS30QP1.jpg

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५४ रुपैया ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपियाँ ८२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैया ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ८८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०५ वैशाख २०८२
https://jawaaf.com/storage/01JS13MEJEREMZ7C9TGHXHR35S.jpg

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले वृद्धि भएर तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदी तोलामा १९६० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मितिः बिहिबार, ०४ वैशाख २०८२
https://jawaaf.com/storage/01JRYDXT22EZ9EDF777M464R70.jpg

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूचि

रौतहट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तीन रुपैयाँले घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमको सञ्चालक समितिको बैठकले गए रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको नेपाल आयल निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Photo.jpg 50.81 KB

निगमले जारी गरेको विज्ञप्तिमा वर्ग अनुसार पेट्रोलियम पदार्थको मूल्य सार्वजनिक गरेको हो । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाण्डौ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्‍टीतेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, ०३ वैशाख २०८२
https://jawaaf.com/storage/01JRWQXSEPQB5W9S04PPJ55GXJ.jpg

गभर्नरमा उमेरहद : ६५ वर्ष नाघेकालाई गभर्नर बनाउन नपाइने

काठमाडौँ । सरकारले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई नेपाल राष्ट्र बैँकको गभर्नर बनाउन तत्काल नपाउने भएको छ । सर्वोच्च अदालतले गभर्नर बन्न ६५ वर्षे उमेर हद हटाएर जारी गरेको अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको सदस्य तथा पदाधिकारी नियुक्ति मापदण्ड विरुद्ध परेको रिटमा मंगलबार सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश मार्फत तत्कालका लागि सो मापदण्ड कार्यान्वयन रोकिदिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अन्तरिम आदेश मार्फत मापदण्ड कार्यान्वयन रोक्दै सो विषयमा छलफल गर्न विपक्षीलाई सूचना दिएको छ ।

सरकारले राष्ट्र बैँकको गभर्नर नियुक्तिका लागि उमेर नचाहिने गरी मापदण्डमा गरेको संशोधनलाई चुनौती दिँदै सर्वोच्च अदालतमा आइतवार रिट निवेदन दायर भएको थियो । 

अधिवक्ता द्वय प्रतिभा उप्रेती र विशाल थापाले सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । 

२७ फागुनको अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड २०७३ को दफा ३ (ग) हटाएर नेपाल सरकारले गभर्नर नियुक्तिमा उमेरको योग्यताको प्रावधान हटाइएको थियो ।

प्रकाशित मितिः मङ्गलबार, ०२ वैशाख २०८२
https://jawaaf.com/storage/01JRHSCXFHQ248M78EVZTG2SYJ.webp

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली  बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै आएको छ । आज एकैदिन सुन तोलामा ३ हजार ९०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार ९०० रुपैयाँले बढेको सुन  तोलाको १ लाख ८५ हजार पुगेको  छ  । अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य १ लाख ८१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, २९ चैत २०८१
https://jawaaf.com/storage/01JRFA2SC1JM34JH66NSQPDCD7.avif

अघिल्लो सरकारको कार्यशैलीका कारण मुलुक ‘ग्रे लिष्ट’मा पर्यो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निवर्तमान सरकारको काम कारबाहीले गर्दा मुलुक ग्रे लिष्टमा परेको बताएका छन् ।  बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति चालु आ.व.०८१/०८२ को बजेटको खर्चको स्थिति र अगामी आ.व. ०८२/०८३ को बजेटको तयारी सम्बन्धी छलफलमा उनले पहिलाको सरकारले प्रतिबद्धता गरे अनुसार काम गर्न नसक्दा मुलुक ग्रे लिष्टमा पुगेको बताए । उनले ग्रे लिष्टबाट बाहिर ल्याउन कार्यतालिका बनाएर अगाडि बढेको बताए ।

Bantawa Hardware.gif 828.52 KB

उनले भने, औपचारिक रूपमा ग्रे लिष्टमा लिष्टिङ् भएका छौं । पहिलाका काम कारबाहीले गर्दा ग्रे लिष्टमा पर्ने अवस्था बनेको हो । यो सरकार बनेपछि भएका कामहरूका कारणले मुलुक ग्रे लिष्टमा गएको होइन् ।  अगाडिको समयमा जे काम गर्नुपर्ने थियो, जे काम गर्छौ भनेर प्रतिबद्धता गरेका थियौँ त्यो काम गर्न नसक्दा मुलुक ग्रे लिष्टमा पुगेको हो । ग्रे लिष्टबाट बाहिर आउने सन्दर्भमा एउटा कार्यतालिका बनाएका छौ । सोही हिसाबले कामहरू पनि अगाडि बढाउने तयारीमा छौ । समयावधिभन्दा पहिलै ग्रे लिष्टबाट बाहिर निस्किने आशा छ ।’

यसको साथै, उनले खर्चको व्यवस्थापनको सन्दर्भमा कानुनी व्यवस्था अद्यावधि गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले विनियोजना कौशलको पनि पुँजीगत खर्च न्यून हुनुमा भूमिका खेलेको बताए ।

ad_news_shatyashisu.gif 688.4 KB

उनले भने, ‘चालु आर्थिक वर्षमा राजस्व परिचालनको लक्ष्य ३३ प्रतिशतको लक्ष्य  थियो । खर्चको व्यवस्थापनको सन्दर्भमा केही समस्याहरू छन् । सार्वजनिक खरिद ऐन, नियमावली अद्यावधिक गर्नुपर्ने कारणले गुणस्तर र निश्चित लागतमा आयोजनाहरू समयमा सम्पन्न हुन सकेको छैन् । यी समस्याहरू समाधान गर्ने हिसाबले कानुनी व्यवस्था अद्यावधि गर्नुपर्ने आवश्यकता छ ।’

समितिमा बजेटको सिद्धान्त र प्राथमिकता बारे उठेको प्रश्नलाई सम्बोधन गर्दै उनले सबैभन्दा पहिला सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यही अनुसार सिद्धान्त, प्राथमिकता र मिल्नेगरि बजेट निर्माण गर्ने बताए ।

सुशासन विना विकास र समृद्धि छैन् भन्ने सोचको साथमा सरकार सबै काम कारवाहीहरूलाई सुशासनमा केन्द्रीत गरेर अगाडि बढेको पनि उनको भनाइ छ ।

प्रकाशित मितिः बिहिबार, २८ चैत २०८१