ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार
एजेन्सी । ब्राजिलको गाईको मासु निर्यातमा संयुक्त राज्य अमेरिकाले लगाएको करको मार भोगिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि नै विभिन्न देशहरूमा व्यापक कर लगाउने आदेश दिएका थिए । सोही आदेशको असर ब्राजिलमा उत्पादन हुने गाईको मासुमा परेको छ ।
ब्राजिल विश्वको सबैभन्दा ठूलो गाईको मासु निर्यातकर्ताहरू मध्ये एक हो। ब्राजिलियन मासु निर्यात उद्योग संघका अनुसार, देशले २०२४ मा २.८९ मिलियन टन गाईको मासु निर्यात गरेको थियो।
बधशाला, मासु प्रशोधन र निर्यात कम्पनीहरूको ब्राजिलियन संस्था एबीआरएएफआरआइजिओका कार्यकारी अध्यक्ष पाउलो मुस्तेफागाले अमेरिकी ट्यारिफ नीतिबारे पर्ख र हेरको दृष्टिकोण अपनाएको बताए।
२०२४ मा, ब्राजिलले चीनमा १.३३ मिलियन टन गाईको मासु निर्यात गरेको थियो । जसले गर्दा चीन ब्राजिलको सबैभन्दा ठूलो गाईको मासु निर्यात गन्तव्यहरू मध्ये एक बनेको छ ।
चीनमा गाईको मासु निर्यातले ब्राजिलको कुल गाईको मासु निर्यातको ४० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ । जसले ब्राजिलको लागि सबैभन्दा महत्त्वपूर्ण बजारको चीन रहेको स्पष्ट देखिएको छ ।(सीसीटीभीप्लस)
यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
यो पटकको नीति तथा कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिका नाममा राखिएका सबै परियोजनाको नाम फेरिएको छ ।
नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन यही अधिवेशनबाट पारित हुने, विद्युतको अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवर्धन लगायतका महत्त्वपूर्ण विषय समेटिएका छन् ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार शुक्रबार चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
विराटनगरमा सुरु भएको लगानी सम्मेलन आज समापन हुँदै
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा बिहीबारबाट विराटनगरमा सुरु भएको लगानी सम्मेलनका विषय विज्ञले देशमा बिस्तारै लगानीको वातावरण तयार हुँदै गएको बताएका छन् ।
लगानी सम्मेलनअन्तर्गत पहिलो दिन आयोजित क्षमता र अन्तर–सरकारी सहयोग : कोशी प्रदेशको सन्दर्भमा नेपालको लगानी इकोसिस्टममा अन्तर्दृष्टि विषयक छलफलका विज्ञले कोभिडको महाव्याधिपछि आर्थिक क्षेत्र क्रमशः चलायमान हुँदै गएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले आर्थिक सूचकहरूमा क्रमशः सुधार भएर गएको र सरकारले लगानी बढाउन कानुनी जटिलताहरूको गाँठो खुलाउँदै गएको उल्लेख गरे ।
उनले भने,‘लगानी सम्भावना बढाउन गाँठो फुकाउने काम भइरहेको छ । सङ्घीय सरकारहरूले अध्यादेशमार्फत धेरै प्रावधान संशोधन गरेको छ । नीतिगत कुराहरू सुधार हुँदै जाने हो ।’ खतिवडाले लगानी वातावरण सिर्जना गर्न दर्जनौँ कानुन बने पनि तिनको समयानुकूल संशोधन आवश्यक पर्नेमा जोड दिए ।
कोभिडका बेला व्यवसायीको कारोबार घटेर ऋणको सिमा पनि घटेको र अहिले पुरानो कारोबारको आधारमा लगानी गर्नुपर्ने अवस्थामा बैंकहरु रहे पनि पुँजी भएर समेत लगानी गर्ने वातावरण बन्न नसकेको बताउँदै खतिवडाले भने,‘बैङ्कसँग पैसा छ तर व्यवसायीले ऋण लिन सक्ने अवस्था छैन ।
ब्याजदर एकल अंकमा झार्न व्यवसायीले गरेको आग्रह अनुसार नै भयो तर ब्याजदरको गाँठो फुक्यो, विनिमय दरको गाँठो पनि फुक्ला, विदेशी विनिमय सञ्चिति बढ्यो तर अहिले विदेशी मुद्रामा लगानी गर्न विदेशी लगानी किन चाहनु हुन्न । ब्युरोक्रेटिक प्रोसेस केही लेन्दी होलान्, वनको कुरा वा जमिनको कुरा होला । मौद्रिक नीति र बाह्य नीतिको सम्बन्धमा खुकुलो भइसकेको छ ।’
नेपाल राष्ट्र बैङ्कका कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिनाले आर्थिक स्वामित्व बढ्दा मात्र प्रदेशको स्थायित्व बढ्ने भन्दै लगानी सम्मेलन हुने, प्रतिबद्धता आउने तर लगानीकर्ताले प्रतिबद्धता अनुसार लगानी नभित्रिएको सन्दर्भमा समेत ध्यान दिइनु पर्ने बताइन् । उनले भनिन्,‘लगानीको वातावरण बनाउन र बढाउन राष्ट्र बैङ्कले खेल्ने भूमिकामा कुनै कसर बाँकी राख्ने छैन ।’
लगानी बोर्डका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सङ्घीय सरकारद्वारा परिमार्जित ऐनहरूले प्रदेश र स्थानीय सरकारलाई सार्वजनिक निजी साझेदारी गरी अघि बढ्न सहज भएको बताए । एकल बिन्दु सेवा केन्द्रले केही काम सुरु गरेको भन्दै प्रदेश स्तरमा समेत छलफल थालिएको चर्चा गर्दै भने,‘लगानी अगावै परियोजनाको स्पष्ट खाका तयार हुनुपर्छ । यसको लागि समेत सरकारले बजेट विनियोजन गर्नुपर्छ । प्रदेश र स्थानीय तहले पनि त्यस्ता योजनामा काम गर्न सक्छन् ।’
लगानीकर्ता आउँदा सपिङ लिस्ट हुने तर योजना र तयारी नभएको अवस्थाबाट गुज्रनु पर्ने अवस्था रहेको ज्ञवालीको भनाइ थियो । उनले निजी र सार्वजनिक निजी साझेदारीमा कहाँ कसरी काम गर्न सकिन्छ त्यसमा अन्तर सम्बन्धित भएर काम गर्न सकिने बताए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खुलासीमाका कारण हुने चोरी पैठारीका कारण स्वदेशमा लगानी गर्ने उद्यमी हतोत्साही भएको बताए । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशको कार्यक्षेत्र भन्दा बाहिरको लगानीको अवस्था आए केन्द्रीय सरकारसँग प्रदेशले समन्वय गर्न सक्ने उल्लेख गरेका छन् ।
सम्मेलन आज समापन हुँदै छ ।
अमेरिकी कुल गार्हस्थ्य उत्पादनमा गिरावट
एजेन्सी । अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी)वार्षिक ०.३ प्रतिशत दरले संकुचित भएको छ।
अमेरिकी वाणिज्य विभागले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार २०२५ को पहिलो त्रैमासिकमा अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक ०.३ प्रतिशत दरले संकुचित भएको छ।
अघिल्लो वर्षको अन्तिम त्रैमासिकको तुलनामा स्पष्ट गिरावट हो । जुन अवधिमा अमेरिकी अर्थतन्त्र वार्षिक २.४ प्रतिशतको दरले बढेको थियो।
रोयटर्सका अनुसार, जीडीपी तथ्याङ्क सार्वजनिक भएपछि अमेरिकी स्टक इन्डेक्स फ्युचर्समा गिरावट आएको छ ।
जसले गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिले विश्वव्यापी व्यापारिक दरार उत्पन्न गरेपछि अमेरिकी अर्थतन्त्रमा मन्दी आउने चिन्ता बजारमा बढेको छ।(सीसीटीभीप्लस)
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
जसनुसार आज अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
यसैगरी युरोपियन युरो एकको खरिदर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८० रुपैयाँ २७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले जापानी येन १० को खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६५ पैसा, हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४४२ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुयैयाँ ३७ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९३ पैसा रहेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा, प्रधानमन्त्रीले उद्घाटन गर्दै
इटहरी । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक आयोजना हुन लागेको कोशी लगानी सम्मेलनको भोलि (बिहिवार) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
सम्मेलनको पूर्वसन्ध्यामा बुधवार पत्रकार सम्मेलन गर्दै प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइरालाले सम्मेलनको विस्तृत विवरण प्रस्तुत गर्दै ७१ वटा ठूला परियोजनाहरू सार्वजनिक गरिने जानकारी दिए ।
वैशाख १८ र १९ गते दुई दिनसम्म चल्ने सम्मेलनमा पर्यटन, कृषि, ऊर्जा, पूर्वाधार, उद्योग र सूचना प्रविधि लगायतका विभिन्न क्षेत्रका परियोजनाहरूको सोकेसिङ गरिनेछ । प्रस्तुत गरिने परियोजनाहरूको कुल अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतसहितका विभिन्न देशका लगानीकर्ता, गैरआवासीय नेपाली तथा देशका प्रतिष्ठित उद्योगपतिहरूको उपस्थिति रहने सम्मेलनमा ६ वटा विषयगत सत्रहरू सञ्चालन हुनेछन् । यी सत्रहरूमा कृषि तथा पर्यटन, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास, ऊर्जा, स्वास्थ्य सेवा, र मेडिकल शिक्षामा लगानीका सम्भावनामाथि गहन छलफल गरिनेछ ।
डा. कोइरालाका अनुसार सम्मेलनबाट कम्तीमा दुई दर्जन परियोजनामा प्रारम्भिक सम्झौता भई तिनीहरूको कार्यान्वयन प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ । सम्मेलनलाई थप सार्थक र नतिजामुखी बनाउने उद्देश्यले प्री मिट र सम्मेलनपछिका फलोअप मिटिङहरूको समेत व्यवस्था गरिएको छ, जसबाट परियोजनाकारहरूलाई आवश्यक मार्गदर्शन र सहजीकरण प्रदान गरिनेछ ।
सम्मेलनलाई प्रभावकारी बनाउन कानुनी सुधार सम्मेलन सफल बनाउन कोशी प्रदेश सरकारले हालै ८ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार ल्याइएको अध्यादेशलाई प्रदेश प्रमुख पर्शुराम खापुङले स्वीकृत गरी राजपत्रमा प्रकाशित गरिएको हो ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार संशोधन गरिएका ऐनहरूमा सार्वजनिक निजी साझेदारी ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, सवारी तथा यातायात व्यवस्था ऐन २०७६, भवन ऐन २०७६, औद्योगिक व्यवसाय ऐन २०७७, पर्यटन विकास ऐन २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिस्ट्रेसन ऐन २०७७ र वन ऐन २०७७ रहेका छन् ।
कानुन मन्त्री भण्डारीले संशोधनपछि लगानी प्रक्रियामा देखिने कानुनी जटिलता अन्त्य भई लगानीमैत्री वातावरण सृजना हुने विश्वास व्यक्त गरे । साथै, संघीय र प्रदेश सरकारबिचको समन्वयमार्फत कानुनी, नीतिगत र प्रशासनिक सहजीकरण गर्दै कोशी प्रदेशलाई लगानीको प्रमुख गन्तव्य बनाउने लक्ष्य लिइएको बताइएको छ
सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।
मङ्गलबार तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८८ हजार १ सयमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढ्यो
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । संघको शनिवार सम्पन्न छलफलले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट ९३० वटाको रु चार सय ३०, मध्यमको रु तीन सय ८० र ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ ।
यसअघि ठूलो अण्डाको मूल्य रु तीन सय ५० मा झरेको थियो । एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०, ठूलो अण्डा रु तीन हजार र मझौलाको रु दुई हजार ६५० कायम गरिएको छ ।
नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ ।
यस्तो, छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रवार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ २५ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।
केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ०७ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा निर्धारण गरेको छ ।
यसैगरी, केन्द्रीय बैंकले युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७६ पैसा र बिक्रीदर २० रुपैयाँ ८५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।
आज राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०९ पैसा कायम गरेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
