बुधबार, २० फागुन २०८२

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JQZD7TX9ZCR8VYQNST3007W4.avif

राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो

जनकपुर । जनकपुरधाम स्थित राम स्वरुप राम सागर बहुमुखि (राराब) क्याम्पसका प्रमुख प्राध्यापक डा. वसन्त कर्णमाथि कालोमोसो दलिएको छ । क्याम्पस प्रमुख साइन्स ब्लकको निरीक्षण गर्ने बेला दुई जना अपरिचित व्यक्ति आएर उनीमाथि कालोमसो दलेको हो ।

बिहीबार साँझ  दुई जना नकाबधारी व्यक्तिहरूले कालोमोसो दलेका छन् । घटनापछि उनीहरू फरार भएका छन् भने प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका अनुसार घटनापछि सुरक्षाकर्मीहरू परिचालित भइसकेका छन् । प्रहरीले घटनाको साक्षीका रूपमा क्याम्पसका विद्यार्थी तथा कर्मचारीहरूसँग सोधपुछ गरिरहेको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार, ‘दुई जना मास्क लगाएका व्यक्ति अचानक क्याम्पस परिसरमा प्रवेश गरेर कर्णमाथि कालोमोसो दलेर भागेका थिए ।’ घटनाको वास्तविक कारण अहिलेसम्म खुलेको छैन । यद्यपि, क्याम्पसकै केही व्यक्तिहरू यस घटनामा संलग्न हुन सक्ने आशँका गरिएको छ ।

नाम उल्लेख नगर्ने सर्तमा क्याम्पसका एक प्राध्यापकले भने, ‘केही समयदेखि क्याम्पस प्रशासनसँग असन्तुष्टि राख्ने केही समूहहरू सक्रिय थिए । यो घटनामा त्यस्तै समूह संलग्न हुन सक्ने सम्भावना छ ।’

यस्तै, क्याम्पसका एक विद्यार्थी नेताले भने, ‘क्याम्पसमा विभिन्न विषयमा विवादहरू रहेका छन् । यदि समाधान नगर्ने हो भने यसले झनै तनाव बढाउन सक्छ ।’

कर्णमाथिको आक्रमणले शिक्षण संस्थामा देखिएको तनावलाई पुनः उजागर गरेको छ । यदि यस्ता घटनाहरूलाई रोक्न उचित कदम चालिएन भने शिक्षण संस्थाहरू सुरक्षित वातावरण दिन असमर्थ हुनेछन् । यसले समग्र शिक्षा प्रणालीमै नकारात्मक असर पार्न सक्छ ।

प्रकाशित मितिः शुक्रबार, २२ चैत २०८१
https://jawaaf.com/storage/01JQ38ZJ3PDJFC38C8W1Q3Q4CA.avif

नेपालमा ६८ हजार नयाँ क्षयरोगी, २७ हजार भन्दा बढी छैनन् उपचारको पहुँचमा

काठमाडौं । नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै उपचारको पहुँचमा छैनन् ।

किन उपचारको दायरामा उनीहरु आएनन त? केन्द्रका निर्देशक डा श्रीराम तिवारीका अनुसार पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा उपचारको पहुँच भन्दा बाहिर हुनेको संख्या ठूलो देखिएको छ ।

‘पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा क्षयरोग लागेकाहरु लुकेरै बसेका छन, रोग लागेपछि हुने आर्थिक भारको डरलेसमेत धेरै क्षयरोगी खुलेर उपचारमा नआएको अवस्था छ,’ निर्देशक तिवारीले आइतबार केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा भने ।

उनका अनुसार लुकेर बसेकाहरुलाई पनि खोजेर उपचारको दायरामा ल्याउन प्रयास भैरहेको छ । त्यसका लागि स्थानीय तहसम्म क्षयरोग उपचारसँग सम्बन्धित कार्यक्रम पुर्याइएको छ ।

डा. तिवारीका अनुसार नेपालमा क्षयरोग लाग्ने महिला भन्दा पुरुषको संख्या बढी छ। गत वर्षको तथ्यांकलाई हेर्ने हो भने उपचारमा आएका ४० हजार ७७६ जनामध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन। यस्तै ८.६ प्रतिशत १४ वर्ष भन्दा तल उमेरका बालबालिका छन। उनीहरुले नियमित औषधि सेवन गरिरहेका छन् ।

औषधि सेवन गरिरहेकामध्ये पनि ०–१४ वर्ष उमेरका ८.६ प्रतिशत छन् । यस्तै १५ देखि ६४ वर्ष उमेर समुहका ६८ प्रतिशत ब्यक्तिलाई क्षयरोग लागेको देखिन्छ भने ६५ वर्ष माथिका २३ प्रतिशतले औषधि सेवन गर्दै आइरहेका छन् ।

केन्द्रका अनुसार नेपालमा क्षयरोगबाट एक वर्षमा १६ हजार ब्यक्तिको मृत्यु हुने गरेको छ । जसको मृत्युदर प्रति एकलाखमा ५४ हो ।

नेपालले सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्म क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्य राखेको छ । क्षयरोग अन्त्यका लागि वजेट भने पर्याप्त नभएको केन्द्रका निर्देशक तिवारी बताउँछन् ।

‘सन् २०२१ देखि २०२६ गरी पाँच वर्षका लागि क्षयरोग कार्यक्रमको बजेट १९२ मिलियन अमेरिकी डलर रहेको भनिएपनि ११० मिलियन डलर मात्रै उपलब्ध छ । अर्थात ४३ प्रतिशत बजेट अझै अभाव देखिन्छ ।’ डा तिवारीले पत्रकार सम्मेलनमा भने ।

क्षयरोग प्रभावित ५१ प्रतिशत नागरिकलाई यस रोगको कारण ठूलो आर्थिक भार खेप्नु परेको र सोही कारण लक्ष्यप्राप्तीमा समस्या हुने गरेको डा. तिवारी बताउँछन् ।

रोग लाग्नेको संख्या बढ्दो देखिएपनि उपचारमा जानेहरुको रोग निको हुने दर पनि नेपालमा उच्च छ । औषधि सेवन गरेर क्षयरोग लागेपछि पूर्ण रुपमा निको हुने अर्थात सफलता दर ९२ प्रतिशत भन्दा माथि रहेको अस्पतालका डा. नविनप्रकाश साहले जानकारी दिए । 

डा साह पनि ठूलो संख्यामा बिरामीहरु उपचारमा नआउदा समस्या बढेको बताउँछन् । यो अवस्थालाई रोक्न नयाँ संक्रमित र त्यसबाट मृत्यु हुनेक्रमलाई न्युनिकरण गर्न केन्द्रले हरसम्भव प्रयास गरिरहेको उनी बताउँछन् ।

कार्यक्रममा अस्पतालका डा. नविनप्रकाश साहले भने सेन्टरले अभावका वावजुत सेन्टरले धेरै कामहरु अघि बढाई रहेको बताए ।

‘उपचारका लागि स्वास्थ्य संस्था थपिएका छन्, उपचारको पहुँच बृद्धि भएको छ, परीक्षण गर्ने नयाँनयाँ विधिहरु थपिएका छन्, तीन तहका सरकारबीच समन्वय गरेर कार्यक्रमहरु अघि बढ्दैछ, यसले पक्कै पनि नतिजा राम्रो दिनेछ,’ डा. साहले भने ।

क्षयरोग लागेपछि पूर्णरुपमा निको पार्न ६ महिना नियमित औषधि सेवन गर्नुपर्ने उनी बताउँछन् । यस्तै क्षयरोग लाग्नुभन्दा अघि नै आवश्यक सावधानी अपनाउँदा पनि रोग लाग्नबाट वचन सकिने उनको भनाइ छ ।

नेपालभरी क्षयरोग उपचारका लागि ६२४१ स्वास्थ्य संस्थाहरु र निदानका सेवाहरु ८ सय स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध छन् । यस्तै नेपालमा क्षयरोग नियन्त्रणका लागि ६७ जिल्लाका ११७ स्थानमा आधुनिक प्रविधिबाट द्रुत रुपमा खकार परीक्षण हुन्छ । क्षयरोगको उपचार र औषधि निशुल्क रुपमा प्रदान गर्ने गरिएको छ ।

विश्व क्षयरोग दिवस–२०२५ को पूर्व सन्ध्या पारेर राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलन आयोजना गरेर नेपालमा क्षयरोगको वर्तमान अवस्था बारे जानकारी गराएको हो ।  विश्वभर २४ मार्चलाई क्षयरोग दिवसका रुपमा मनाइने गरिएको छ ।

प्रकाशित मितिः सोमबार, ११ चैत २०८१
https://jawaaf.com/storage/01JPXWEYGK3CPMYYS20ANF2J8C.avif

आज विश्व पानी दिवस मनाइँदै

काठमाडौँ । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ ।

पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ ।

सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ ।

संसारभर कुल ९७ दशमलव पाँच प्रतिशत पानी समुद्रको रहेको छ । त्यो पानी नुनिलो भएकाले पिउन, सिँचाइ र विद्युत् उत्पादनको लागिसमेत प्रयोग गर्न मिल्लदैन । पानीको सदुपयोग गर्न नसक्दा संसारभर नै समस्या बढ्दै गएको छ ।

संसारभर उपलब्ध पानीमध्ये २.५ प्रतिशतमात्र पिउनयोग्य उपलब्ध छ । मूल, खोला, नदी, हिमनदीबाट उपलब्ध हुने पानी नै मानवीय प्रयोगका लागि उपयुक्त छ । पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा उपलब्ध हुने पानी मानवीय उपभोगका लागि योग्य मानिएको छ ।

नेपालको हकमा प्रतिव्यक्ति कुल जलस्रोत उपभोग क्षमता तीन हजार ६०० घनमिटर पर्न आउँछ तर हाम्रो देशमा हालसम्मको उपभोग दर प्रतिव्यक्ति तीन सय ९३ दशमलव पाँच घनमिटर छ ।

प्रकाशित मितिः शनिबार, ०९ चैत २०८१
https://jawaaf.com/storage/01JPRKMR4525SAJ6HRVEHG9KJN.avif

आज देखि एसईई सुरु, पाँच लाख विद्यार्थी सहभागी हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ ।

यस वर्षको एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।

SathyaShishu_School.gif 386.43 KB

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, ०७ चैत २०८१
https://jawaaf.com/storage/01JNXM046JS6NBSQTVVGJT2NWP.avif

‘प्याउली’ लिएर आइन् बालिका बान्तावा

काठमाडौं । उपन्यासकार बालिका बान्तावाले पहिलो कृति ‘प्याउली’ बजारमा ल्याएकी छन् । आफू लेखक बन्ने रहरले यो उपन्यास नलेखेको बरु आफ्नो कथा भन्न मात्र लेखेको उनको भनाइ छ । 

‘मलाई थाहा छ, लेखक बन्नका लागि विराट अध्ययन, अभ्यास, साधना र ज्ञानको जरुरत पर्छ । तर, मसित लेखक बन्ने विशेष त्यस्तो केही क्षमता, योग्यता वा विज्ञता छैन’, उनले कृतिमा लेखेकी छन्, ‘छ भने यही एउटा टुटेको कथा । यसलाई पुस्तकको आकार दिँदै गर्दा मभित्रका ऐंठनहरू केही कम भएका अवश्य छन् । यो पुस्तक लेखिसकेपछि यस्तो लाग्यो, मनमा गाँठा परेर बसेका चोटहरू कुनै न कुनै माध्यमबाट बाहिर निकाल्नै पर्दो रहेछ । जसले मान्छेलाई बाँच्न सजिलो बनाउँदो रहेछ ।’ 

प्रकाशक कलरव धरानका अनुसार एक निडर, स्वाभिमानी र आत्मनिर्भर महिलाको जीवन संघर्षको कथा हो ‘प्याउली’ । ‘यस उपन्यासमा एक महिलाले भोग्नुपरेको जीवनका उकाली–ओरालीहरू छन् । सम्बन्धहरूले दिएका सास्ती, हैरानी र ऐंठनहरू छन् । प्रेम, वियोग र सुस्केराहरू छन् । अनि छन् पुरुष अहम्प्रतिका अचुक एवं निर्दयी प्रहार’, प्रकाशकको ठम्याइ छ । 

साहित्यकार उषा शेरचन, समालोचक बिन्दु शर्मा, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र लेखक बान्तावाले शनिबार काठमाडौंमा उक्त कृति लोकार्पण गरेका छन् । आख्यानकार शेरचनले ‘प्याउली’ एकदमै सफल रहेको बताइन् । ‘के हिसाबले सफल छ भने जसले भोग्छ नि उल्लाई ऐया भनेर दुखेको उसैलाई थाहा हुन्छ के ! मलाई चिमटेपछि मैले ऐया गर्नुप¥यो नि ! उहाँको भोगाइ उहाँको ऐया हो त्यो’, उनले भनिन्, ‘त्यसकारण आत्माबाट निस्केको कुरा, सबै कुरा मस्तिष्क भएर मात्र निस्कनुपर्छ भन्ने छैन । कहिलेकाहीं मनबाट निस्केको कुरा पनि एकदमै मनलाई छुने हुन्छ त । मनलाई छुने खालको छ ।’

कवि तथा समीक्षक शर्माले यो उपन्यास लेखकको जीवन–कथामा आधारित रहेको सुनाइन् । ‘यो कथा, यो भोगाइ बालिकाजीको मात्र होइन, हामी धेरैको भोगाइ हो । भलै हामी कोही बिछोडिएर जोडिएका हौंला । पुनः बिछोडिएका हौंला । कोही सम्झौता गरेर बसेका हौंला’, उनले भनिन्, ‘तर, हाम्रा भोगाइहरूचाहिँ सामान्यतया उस्तै हुन् । एकै हुन् । र, त्यो तह पार गरेकै हुन्छ । कतिले साहस गरेको हुन्छ, कतिले गर्दैन ।’ जीवन–कथात्मक उपन्यासमा आत्मकथा र आख्यानको भेद अति मसिनो हुने उनको भनाइ थियो ।

कवि तथा पत्रकार तुम्खेवाले यो किताब आफ्नो सिद्धान्तलाई एक ठाउँमा थन्क्याएर हृदयबाट पढ्नुपर्ने बताइन् । ‘बालिकाजीले आफ्नो जीवनलाई जसरी बाँचेर ल्याउनुभयो अथवा उहाँको जीवनमा जुन–जुन किसिमको प्रसंगहरू जोडिन आए, उहाँले काहीँ पनि ढाँट्नुभएन । र, मलाई लाग्छ, सबै यो प्रसंग उहाँले लेख्नुभयो’, उनले भनिन्, ‘तर, तपाईं–हामी सबैको जीवनमा यो सन्दर्भहरू छन् । यति हो, कतिपय अवस्थामा हामीले भन्न सक्छौं । कतिपय अवस्थामा हामीले भन्न सक्दैनौं । त्यो आफ्नो ठाउँमा छ । र, भन्न सक्ने जसले हिम्मत गर्छ त्यो मान्छे वास्तवमै असाधारण हो ।’ कमै लेखकले मात्र आफूले बाँची ल्याएको जीवनलाई जस्ताको तस्तै रूपमा राख्ने हिम्मत गर्ने उनको भनाइ थियो । 

उपन्यासकार बान्तावाले आफूभित्र रहेका उकुसमुकुस पोख्ने माध्यम खोज्दा यो किताबको जन्म भएको सुनाइन् । पुस्तकमा आफैं प्रमुख पात्र भएर आएको उनको भनाइ थियो । ‘यो प्रमुख पात्रको चरित्र स्थापित गर्न जति पात्रहरू मसँग जोडिनुभयो ती तमाम पात्रहरूप्रति आभारी छु’, उनले भनिन्, ‘जीवनमा उहाँहरूले प्रेम, चोट, हैरानी, सास्ती नदिनुभएको भए आज यो किताब यसरी आउन पनि सक्ने थिएन ।’ 

सम्भव समूहले आयोजना गरेको कार्यक्रममा लेखक बान्तावाको रचना रहेको गीत सार्वजनिकसमेत गरिएको थियो । विक्रम राईको संगीत रहेको उक्त गीतमा सुनीता थेगिमले स्वर दिएकी छन् । झापाको पृथ्वीनगर जन्मथलो भएकी बान्तावा लामो समयदेखि हङकङमा बसोबास गर्दै आएकी छन् ।

प्रकाशित मितिः आइतबार, २५ फागुन २०८१
https://jawaaf.com/storage/01JNTPES3PGX61CRNMA65X1MQV.avif

देशभरका शिक्षक आन्दोलनमा, काठमाडौँमा बृहत् प्रदर्शन

काठमाडौँ । देशभरका शिक्षकहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन । आज शनिवार शिक्षकहरूले काठमाडौँको माइतीघर देखि नयाँबानेश्वर सम्म बृहत् प्रदर्शन गरेका हुन् ।नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशैभरका शिक्षकहरू काठमाडामौँ केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत् आन्दोलन सहित सुरु गरिएको छ । उनीहरू माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगेका छन् । 

विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरूले आन्दोलन गरेका हुन् । महासङ्घले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको माग छ ।

यता, आन्दोलनमा भेटिएका नेपाल टे«ड युनियन काँग्रेसका महासचिव अजय कुमार राई आफू भौतिक रूपमै आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको बताउँदै पटक पटक सम्झौता भएका मुद्दाहरूलाई कार्यान्वयन नगर्नु भनेको राज्यको दृष्टिकोण श्रमजीवी वर्गप्रति सकारात्मक नहुनु रहेको बताए ।

‘राजनीतिक दलहरू पनि श्रमजीवी वर्गप्रति अनुदार हुनुको कारण आज फेरी शिक्षक साथीहरू आन्दोलनको मैदानमा उत्रनु परेको हो । त्यसर्थ विद्यालय शिक्षा ऐन सरकारले यथाशीघ्र जारी गर्नु पर्दछ । भन्ने ट्रेड युनियन काँग्रेसको यही धारणा छ,’ उनले भने । 

प्रकाशित मितिः शनिबार, २४ फागुन २०८१
https://jawaaf.com/storage/01JN6H3XNCBECAVA498A4X99F3.jpg

काठमाडौं महानगरले गुणस्तरीय शिक्षालाई व्यवहारमै लागु गरेको छ : डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनको लागि निरन्तर प्रयास गरिरहेको बताएकी छन् । 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्छ, भन्ने कुरा नारामा मात्र होइन व्यवहारमा लागू गर्नका लागि निरन्तर प्रयास गरिरहेको भन्दै यसमा सबैको सहयोग आवश्यक भएको बताइन् ।

उनले भनिन्, ‘विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्छ, भन्ने कुरा नारामा मात्र होईन व्यवहारमा लागू गर्नका लागि निरन्तर प्रयास गरिरहेका छौ । महानगरपालिकाको बजेट पनि हेर्न सक्नुहुन्छ, बजेटमा पनि महानगरपालिकाको लागि हाम्रो बालबालिका कति प्राथमिकतामा परेको छ भन्ने कुरा झल्किन्छ । यो काम महानगरपालिका एक्लैले गरेर सम्भव छैन्, त्यसको लागि सबै जनाको सहयोग आवश्यक हुन्छ ।’

यसको साथै, उनले देश निर्माणमा काम गर्ने हो भने पहिला बालबालिकामा काम गर्नुपर्ने भन्दै बालबालिकाहरुलाई समसामयिक शिक्षा दिने अभ्यास र अभियानमा पनि रहेको बताइन् ।

प्रकाशित मितिः शुक्रबार, १६ फागुन २०८१
https://jawaaf.com/storage/01JN5FYC504G7G2V1156XZP7TT.jpg

नयाँ भूकम्प होइन, पराकम्प हो : डा.अधिकारी

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्प पुरानै भूकम्पको पराकम्प भएको बताएका छन् ।
नेपाल न्यूज बैंकसँग उनले २०७२ वैशाख १२ गते गोरखामा केन्द्रविन्दु भएको गएको भूकम्पको पराकम्प भएको जानकारी दिएका हुन् ।
उनले भने,‘यो कुनै नयाँ किसिमको भूकम्प होइन् । यो २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पको परकम्प हो ।
त्यस्तै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापाले अहिलेसम्म कुनै जटिल किसिमको भौतिक र मानवीय क्षति नभएको जानकारी दिए ।
उनले दुगुनागडीमा सामान्य पहिरो गएको र प्रहरी चौकीको भवन पनि सामान्य चर्केको जानकारी दिए ।
साथै उनका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक जना कैदीबन्दीको हात भाँचिएको र उनको उपचार भइरहेको छ ।
उनले भने,‘भूकम्पको क्षति सामान्य नै छ । अहिलेको प्राप्त विवरण अनुसार त्यस्तो ठूलो भौतिक र मानविय क्षति केही भएको छैन् । दुगुनागडीमा चाँही सामान्य पहिरो गएको छ । प्रहरी चौकीको भवन पनि सामान्य चर्केको छ र कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको कारण उपचार भइरहेको छ त्यही नै हो । त्यस्तो अरु केही छैन् विवरण ।’
त्यस्तै जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी निराजन श्रेष्ठले पनि भूमम्पको सामान्य क्षति रहेको बताउँदै विवरण संकलन गर्ने काम जारी रहेको बताए ।
शुक्रबार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।

प्रकाशित मितिः शुक्रबार, १६ फागुन २०८१
https://jawaaf.com/storage/01JMVTRBGS2MF67ERCNKTB5MBH.avif

त्रिविका कार्यकारी निर्देशक र पदाधिकारीको पारिश्रमिक विषयमा आपत्ति

काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका पूर्वसभापति रामनारायण बिडारीले त्रिभुवन विश्वविद्यालयमा तीन जना कार्यकारी निर्देशक र अन्य पदाधिकारीको पारिश्रमिक, सेवा एवम् सुविधाका विषयमा असहमति राखेका छन् ।

सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञहरूसँग छलफलमा उनले तोकिएबमोजिम भनेर पारिश्रमिक सेवा सुविधा राख्दा भ्रष्टाचार हुने बताए ।

उनले भने,‘तीन जना कार्यकारी निर्देशक र अन्य पदाधिकारीको नियुक्ति काम कारबाही पारिश्रमिक सुविधा र सेवाको अन्य सर्तमा तोकिए बमोजिम हुने छ भन्ने छ । भ्रष्टाचार हुने ठाउँ यही हो । सिद्धान्तले संसदको कानुन बमोजिम बाहेक राज्य कोषबाट खर्च गर्न पाइन् भन्ने छ । विश्वविद्यालयलाई राज्यकोषबाट अनुदान दिन्छ सरकारले, त्यो रकम सबै आफ्नो मनपरी खर्च गर्न पाउने भएकी भएनन् ?  कार्यकारीको हैसियत सचिव सरह हुनेछ, सरकारको प्रथम श्रेणीको अधिकृत सरह हुने छ भन्या होइन, राज्य कोष कसरी खर्च हुन्छ, भ्रष्टाचार कसरी हुन्छ भन्ने यहाँबाट थाहा हुन्छ ।’

उनले निर्देशिका सचिवले मन्त्रीले बनाउने कारण घुस खान र खुवाउनको लागि पनि निर्देशिका फेर्ने गरेको बताए ।

उनले भने,‘उहाँ घुस खानको लागि निर्देशिका बनाउने गर्छन् । घुस खुवाउनको लागि पनि निर्देशिका फेर्ने गर्छन् । आफ्नो मान्छेको प्रमोसन गर्न पनि निर्देशिका फेर्छन् । तर नियमावली फेर्न अलि गारोयो छ । क्याबिनेटमा जान्छ प्रधानमन्त्री सम्म मुछिनुहुन्छ । निर्देशिका त सचिवले ,मन्त्रीले बनाउछ ।’

प्रकाशित मितिः सोमबार, १२ फागुन २०८१
https://jawaaf.com/storage/01JMH322SPB8QEYFE33M7079QH.avif

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ का परीक्षार्थीहरूको लागि पुराना आंशिक र ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । आगामी २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षामा साधारणतर्फ र प्राविधिकतर्फका परीक्षार्थीहरूको परीक्षा तालिका प्रकाशित गरिएको हो ।

Pathivara_Adv..gif 182.28 KB

परीक्षा नियन्त्रण कार्यालयले साधारणतर्फ रजिस्ट्रेसन नम्बरमा सुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ सुरुका दुई अंक ७३ देखि ७८ हुने  परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

यो तालिका अनुसार साधारणतर्फ पुराना आंशिक तथा ग्रेडवृद्ध र प्राविधिकतर्फ आंशिकको परीक्षा हुन लागेको हो ।वार्षिक परीक्षा आगामी बैशाख २६ गतेदेखि सुरु भएर जेठ १६ गते सकिने छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।


प्रकाशित मितिः बिहिबार, ०८ फागुन २०८१