बुधबार, २० फागुन २०८२

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JSV91DVMDZRGE15B5QGJSYED.jpg

आन्दोलनरत शिक्षक र प्रहरीबिच नयाँबानेश्वरमा झडप, शिक्षकहरू घाइते

काठमाडौँ । आन्दोलनरत शिक्षक र प्रहरीबिच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएको थियो ।

बानेश्वरमा शिक्षक र प्रहरीबिच झडपमा प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो । शिक्षक महासंघका अनुसार उक्त  झडपमा १५ जना बढी शिक्षक घाइते भएका छन् ।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरूले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबिचमा शिक्षक र सरकारका प्रतिनिधिबिच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।

प्रकाशित मितिः आइतबार, १४ वैशाख २०८२
https://jawaaf.com/storage/01JSRDWZ82JC7VT03NWMYZBRCT.jpg

सरकार र शिक्षक महासंघको वार्ता निष्कर्षवीहिन, पुनः बस्ने निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिवार बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबिचको वार्ताले पुन ः बस्ने निर्णय भएको बताएका छन् । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तालाई निरन्तर दिने सुवेदीले बताए । यद्यपि, शनिवारको वार्ता भने निष्कर्षवीहिन भएको बताए । 

उनले भने,‘ हामीले उठाएका विषयवस्तुको बारेमा मन्त्रीज्यूको उपस्थितिमा छलफल भयो । छलफल वा संवादलाई निरन्तरता दिने निर्णय भयो । दुई पक्षीय सहमतिमा फेरि बस्ने निर्णय भयो । कहिले बस्ने टुङ्गो भएन ।’

यस्तै, वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले औपचारिक छलफल र संवादमा निष्कर्षमा नपुगेको बताएका छन् । 

‘हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा पुगेका छैनौं’, तिवारीले भने, ‘हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेष्ट जानकारी गराएपछि मात्रै निकास आउनेछ ।’

उनले अहिले नै आन्दोलन स्थगित नहुने तर केही दिनमा निकास निक्लने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मितिः शनिबार, १३ वैशाख २०८२
https://jawaaf.com/storage/01JSR3N2VPR022C3TYTBVGQ4R1.jpg

शिक्षक आन्दोलनको आज २५ औँ दिन,आन्दोलन जारी

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडककेन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन् । 

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अन्तिम लडाईंमा पुगेको् भन्दै सहभागिता बढाउन आग्रह गरेका छन् । 

उनले फेसबुकमा लेखेका छन्,‘ हामी निर्णायक र अन्तिम लडाईंमा छौं । यस्तो वेला नियमित भन्दा बढी बल लगाउनु पर्छ । यो कुरालाई मनन गरी सहभागिता बढाउनुहोला ।’

उनले आन्दोलनमा सहभागि नभई गाउँमै रहेका शिक्षकहरुलाई आन्दोलनले खोजेको भन्दै लेखेका छन्, ‘गाउँघरमै रहनु भएका साथीहरु, यो आन्दोलनले तपाईंलाई खोजीरहेको छ । सँगैका साथी आन्दोलनको मोर्चामा डटिरहँदा तपाईको कर्तव्य के होला, एकपटक आफैंलाई सोध्नुहोला ।’

आन्दोलन स्थलमा पानीमा बोतलहरु छरप्रष्ट नपार्न भन्दै आफूले पानी खाएको बोटल आफैं लिएर जान अनुरोध गरेका छन् I

प्रकाशित मितिः शनिबार, १३ वैशाख २०८२
https://jawaaf.com/storage/01JSP4K3EDKSCAZ13Z62ZGG9N9.jpg

आन्दोलनरत शिक्षक महासंघ र सरकारबिच वार्ताको तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट आह्वान गरेका छन् । 

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई सरकारको तर्फबाट हार्दिक आह्वान गरेका हुन् । 

यस्तै, उनले विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरुको हकहित प्रवद्र्धन गर्न उपयुक्त निकास निकाल्न सदैव प्रयत्नशील रहेको बताए ।

उनले शिक्षक प्रतिनिधिहरुसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वभाविक रहेको भन्दै शिक्षकहरुको हकहित प्रवद्र्धन गर्न सदैव प्रयत्नशील रहेको बताए ।

विद्यालय शिक्षा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भई छलफलको प्रक्रियामा रहेकोमा उक्त विधेयकलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कमर्चारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम सञ्चालन हुँदै आएको विषयप्रति ध्यानाकर्षण भएको पनि उनको भनाई छ ।

मन्त्री पन्तको प्रयासपछि शुक्रबार नै आन्दोलनरत शिक्षक महासंघ र मन्त्रालयबीच वार्ताको तयारी सुरु गरिएको छ । दुवै पक्षले वार्ता टोली बनाउने र शुक्रबार साँझसम्म वार्ता गर्ने बुझिएको छ ।

प्रकाशित मितिः शुक्रबार, १२ वैशाख २०८२
https://jawaaf.com/storage/01JSNPD66G4P2F5NPBN714TMWY.jpg

शिक्षक आन्दोलन आज पनि जारी

काठमाडौं । काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ ।  शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ। अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुद्ध छ। त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ।’’ 

अध्यक्ष सुवेदीले यो आन्दोलन सबैको भएको भन्दै आन्दोलनका उपलब्धि पनि सबैकालागि समानरुपले प्राप्त हुने बताए ।

उनले भनेका छन्,‘आन्दोलन सबैको हो । आन्दोलनका उपलब्धि पनि सबैकालागि समानरुपले प्राप्त हुनेछन् । त्यसैले आन्दोलनमा सहभागिता र योगदान पनि बराबर हुनुपर्छ भन्ने कुराप्रति सचेत रहीदिनु होला ।’

उनले सडकको सफाइ, दुबो र बोटविबरुवाको सुरक्षाप्रति जिम्मेवार भई जेब्रा बाहेक अन्य ठाउँबाट वारपार नगर्न समेत अनुरोध गरेका छन् । 

Pathiara_adv.gif 586.81 KB

प्रकाशित मितिः शुक्रबार, १२ वैशाख २०८२
https://jawaaf.com/storage/01JSEXYZ0W3Q0549SBJF4HQF6W.jpg

विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई २४ घण्टाभित्र चाबी बोकेर काठमाडौंको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न उर्दी जारी गरेका हुन् ।

att.2bZ14eRkFXz076WU4i3wgBVQIBYUgoO9yDUmuBYD3ls.jpeg 80.85 KB

‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी रहँदा कतिपय विद्यालय कर्मचारी विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर आएको छ,’ परिषद्ले जारी गरेको परिपत्रमा भनिएको छ, ‘२४ घण्टाभित्र विद्यालयको चाबी लिएर अनिवार्यरूपमा काठमाडौंको आन्दोलनमा सहभागी हुन अनुरोध गरिन्छ ।’

विद्यालय शिक्षा ऐनको मागसहित शिक्षकहरू २२ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । सरकारले कक्षा १२ को परीक्षा शिक्षक नखटाइ निजामती कर्मचारीमार्फत सञ्चालन गर्ने तयारी गरेपछि आन्दोलनकारी शिक्षक र विद्यालय कर्मचारी झन् आक्रोशित भएका छन् ।

प्रकाशित मितिः मङ्गलबार, ०९ वैशाख २०८२
https://jawaaf.com/storage/01JSEB6BQQ1B2YB58T2Q1HHCRT.jpg

शिक्षक आन्दोलन थप चर्कियो, सिंहदरबार र वालुवाटारको कुर्सीमा काँडा उम्रिएको दाबी

काठमाडौँ । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिएका छन् ।

२१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरू शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिन्छन् । विगतको तुलनामा मंगलबार सडकमा शिक्षकहरूको सङ्ख्या बढी देखिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

आन्दोलनको २१ औँ दिन मंगलवार काठमाडौँको विजुलीबजारमा हामी सँग कुरा गर्दै अध्यक्ष सुवेदीले विद्यालय शिक्षा ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म यो आन्दोलन जारी रहने बताए । 

उनले भने, ‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हुने उनले बताए ।

उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षक आन्दोलनको कुनै साइनो नभएको स्पष्ट पारे ।

उनले भने,‘माननीय शिक्षामन्त्रीज्यूको राजीनामा र हाम्रो आन्दोलनको कुनै साइनो छैन । सार्वजनिक रूपमा उहाँले आफ्नो स्वास्थ्यको कारण भन्नुभएको छ आन्तरिक कारण के हो जान्ने कुरा पनि भएन । हामीलाई चासो पनि भएन् । म प्रस्ट पार्न चाहन्छु उहाँको राजीनामासँग हाम्रो आन्दोलनको कुनै साइनो छैन ।’

विद्यालय भर्ना अभियानका साथै सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारी आन्दोलनमा होमिदा शिक्षामा क्षतिको अवस्था नआउने भन्दै परीक्षा तयारीमा लागेका विद्यार्थीको परीक्षा रोकिदा आफूपनि संवेदनशील रहेको बताए । 

‘कक्षा १२ को परीक्षामा हप्ता–१० दिन विलम्ब हुँदैमा त्यस्तो ठुलो क्षति हुँदैन् । परीक्षा तयारी गरेका विद्यार्थीलाई परीक्षा रोकिदा मनमा चोट पर्छ । त्यो प्रति हामी संवेदनशील छौ,’ उनले भने ।

उनले राज्यले यो अवस्थामा ल्याउन बाध्य पारेका भन्दै शैक्षिक क्षतिलाई पुरा गर्न विदाको समयमा पढाउने पनि बताए ।

‘वास्तवमा कोही बढि दुखित छ भने शिक्षक–कर्मचारी नै छ । तर राज्यले हामीलाई यो अवस्थामा ल्याउन बाध्य पार्यो । आन्दोलन ज्यादा लम्विदैन । राज्यले घुँडा टेक्न अनिवार्य छ । त्यो स्थिति सिर्जना भएपछि हामी फर्किन्छौ ।’

अध्यक्ष सुवेदीले शिक्षक आन्दोलनका विरुद्धमा अभिव्यक्ति आउनु दुःखद् भएको बताए । ‘विरुद्धमा अभिव्यक्ति आउनु भनेको आन्दोलनले पीडा दिएको हो भन्ने बुझिन्छ । अहिले बालुवाटारको ओछ्यान र कुर्सीमा काँडा उम्रिसक्यो । घोच्न थालेको छ । सिंहदरबारको कुर्सीमा पनि काँडा उम्रिसेकेको छ । त्यसले घोच्न थालेपछि पीडा हुन्छ र सहमति गर्न बाध्य बनाउँछ,’ उनको भनाइ थियो ।

२१ दिनदेखि शिक्षकहरूले जारी राखेको आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिएकी छिन् भने शिक्षक महासंघ र सरकारबिच पटक पटक छलफल भएपनि आन्दोलन रोकिन सकेको छैन् ।

प्रकाशित मितिः मङ्गलबार, ०९ वैशाख २०८२
https://jawaaf.com/storage/01JSC6X3QBC5WHG8530JG43WM6.jpg

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज (सोमवार) अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन् ।

स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । तर प्रधानमन्त्रीको सचिवालयले राजीनामाबारे जानकारी नभएको जनाएको छ ।

चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला मन्त्री भट्टराईको राजीनामा आएको हो । उनले शिक्षा ऐन पारित नभए राजीनामा दिने बताएकी थिइन् ।

प्रकाशित मितिः सोमबार, ०८ वैशाख २०८२
https://jawaaf.com/storage/01JSB8HR4QCE7ZV701T8QA8EXQ.jpg

शिक्षकहरुको आन्दोलन आज पनि जारी

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा २० औँ दिन सोमवार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् । 

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु हुने जानकारी दिएका छन् । 

उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदा झैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् ।

शिक्षकहरु गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मितिः सोमबार, ०८ वैशाख २०८२
https://jawaaf.com/storage/01JRYYR8GT0Q00B394SEHY13DT.jpg

शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी

काठमाडौँ । १५ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी छ ।

बुधवार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् ।

मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले शिक्षकहरूको माग सम्बोधन गर्न तयार रहेको बताएपछि पनि शिक्षकहरूले आन्दोलन जारी राखेका हुन् ।

मन्त्रीपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउदै आएका छन् ।

पूरा भिडियो :

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/2RyErBrYGy8?si=ZdduwuaWa9xpIcqm" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः बुधबार, ०३ वैशाख २०८२